Thursday, January 31, 2013

गोरे बहादुर खपांगी मगर....

युएईमा हुने ३१औ मगर दिवशमा गोरे बहादुर खपांगी मगरको विशेष संवोधन हुदै ! जातिय पहिचानको मुद्दा मुर्दाको भुत मात्रै !!

                 नेपाली मगर संघ युएईको आयोजनामा यही मार्च २२ मार्च २०१३ इम्पिरियल स्वीटस होटल दुबई युएईमा हुनगै रहेको नेपाल मगर संघको ३१ औ स्थापना दिवशलाई प्रमुख अथितिको रुपबाट संवोधन गर्नुहुन जातिय उत्पिडनमा विश्व इतिहाशलाई गहिरो अध्यन गर्नु भएका नेपालका  चर्चित आदिवासी जनजातिका नेता एवं नेपाल मगर संघ केन्दिय समितीका भुपु.अध्यक्ष श्रदेय नेता गोरे बहादुर  खपाङ्गी मगरज्यु आउनुहुने भन्ने समचारले युएईमा रहेका संपूर्ण उत्पिडीत जातीका प्रवासी युवा हरुमा विशेष कौतुल्यता जगाउदै फ़ेब्रुरीको अन्तिम साता देखी तातो हुने अरबी भुमीलाई करिव १ महीना पहिला  देखीनै तताएको महसुस गरिएको छ ।                                                                        २०३९ फ़ाल्गुण १५ र १६ गते तनहुको दमौलीमा प्रतिनिधि मुलकरुपमा उपस्थित भएको अधिराज्य भरका मगर अग्रजहरुको   बिशेष भेलाले श्री हेम बहादुर पुन मगरको अध्यक्षतामा भएको  प्रथम महाधिवेशनबाट विधिवत रुपमा निर्माण भएको नेपाल लाङ्ग्घाली संघलाई  २०४८ साल माघ १० र ११ मा संपन्न चौथो महाधिवेशनले  नेपाल मगर संघमा संसोधनगर्दै पहिलो पटक अध्यक्ष पदमा निर्वाचित हुनु भएका नेता खपाङ्गी  २०५१  साल २६,२७,२८ र २९ फ़ाल्गुणमा दाङ्ग घोराही भएको  पाचौ राष्ट्रिय महाधिवेशनले दोर्सो पटक,२०५४ साल १५,१६,१७ र १८ फ़ाल्गुणमा नवलपरसी कावसोती हातीखोरमा भएको छैठौ महाधिवेशनले तेर्सो पटक र २०५७ साल २१,२२,र २३ फ़ाल्गुणमा सुनसरीको धरानमा भएको सातौ राष्ट्रिय मधिवेशनले पुन: चौथो पटक निर्वाचितभै कर्रीव ९ वर्ष सम्म अविछिन्न एवं ऐतिहासीक रुपमा नेपाल   मगर संघ  केन्द्रिय कार्य समितिको अध्यक्ष जस्तो गरिमामय पद समाली सक्नु भएका नेता खपांगीलाई नेपाली मगर संघ युएईको आयोजनामा हुन थालेको संघको  स्थापना दिवशको  कार्यक्रमा प्रमुख अथितिको रुपमा निम्तायर मगर दिवश भनेको केवल रसरंगको कार्यक्रममात्रै हो मगरहरु केवल मनोरजनमा मात्रै भुल्ने गर्छन्  भन्ने गलत मान्यतालाई अप्रेसनगर्दै मगरहरु बैचारीकरुपमा पनि अगाडी छन् । सामाजिक रुपान्तरण र राजनैतिक हक अधिकार प्राप्तिकालागी आतुर छन् भनेर प्रमाणित भएको छ । यसकालागि  नेपाली मगर संघ युएई र खासगरी संघका अध्यक्ष नुन प्रसाद सोमैमगर ज्युले अतेन्तै सराहनिय काम गर्नु भएकोले उहाँ धन्यवाद्को हकदार हुनुहुन्छ । मगरहरुको  गौरवशाली इतिहासलाई नियालेर हेर्दा मगरहरू अती कठिन परिस्थीतिमा पनि  आफ़्ना नैसर्गिक हकअधिकार प्राप्तिप्रति वलिदानी पुर्ण संघर्ष गर्दै  मात्रिभुमीको राष्ट्रिय अखण्डता बचाउन अग्रेज संग  गरीएका थुप्रै युद्द्को नेतृत्वदायी भूमिकामा मगरहरु अतेन्तै साहसी,इमान्दार एवं कर्तव्य निष्टको आफ़्नो विश्व पहिचान बनाएका र यही पहिचानसाथ सहिद भएको इतिहास पाईन्छ ।  भिमसेन थापा मगर,अमर सिङ थापा मगर,भक्ति थापा मगर यसका जलन्त उदारण हुन् । बष्तुत: प्रारम्भमा मगर जातिको जातिय पहिचान र सामाजिक विकाशका लागी निर्माण भएको मगर जातिय सस्था मुलुकको राजनैतिक घटनाक्रम संगसगै आफ़्ना नैसर्गिक राजनैतिक हक अधिकारका विषय बष्तुमा पनि अति सम्वेदनशिल बनेको छ । किनकी सबै नितीको मुल निति राजनितीनै हो । चाहे त्यो सामाजिक निति होस् या आर्थिक निति …| अहिले जातिय पहिचानको आधारमा राज्यको पुनर्सम्रचना गरी देशको पुरानो मुहार बदल्ने सुधारवादी बाटो पनि असफ़ल भएको विधमान अवस्थामा यो जातिय सस्थाले आत्म निर्णयको अधिकार सहितको मगरात जातिय स्वसासनले मात्रै मगरहरुको भाषा,धर्म,सस्क्रितीको सम्रक्षण र सम्वर्धन हुन्छ । हजारौ बर्ष देखी अधिनस्त र दास जस्तै शासित जिवनबाट मुक्ती प्राप्त हुनेछ । सबैउत्पिडित जाति,वर्ग,लिङ्ग र क्षेत्रहरुको भाग्यको  फ़ैसला सुनिश्चित हुने छ भनेर आम मगर लगायत  सबै उत्पिडित जाति,वर्ग,लिङ्ग र क्षेत्रमा विविध सामाजिक रुपान्तरणाका साथै राजनैतिक जागरणको आधिवेरी ल्याउनु इटा थप्नु पर्ने लगनमा नेपाली  उखान "बनतीर जादा घरतीर मुख,घरतिर जादा बनतिर मुख" भने जस्तै नेता खपांगीज्युले केही दिन अगी  "निकाश के"? भन्ने टेलिभिजनको एक कार्यक्रममा कार्यक्रम संचालक टिकाराम यात्रीले   जातिय नामको राज्य हुनु भनेको के हो ? त्यो नेपालमा संभव छकी  छैन ? भनी सोधेको  एक प्रश्नको जवाफ़मा जातिय राज्य कुनै बेलामा थियो  अहिले  त्यो भुत छ,वर्तमानमा ल्याउने कोसिस गर्नु भयो भने स्पेस छैन ठाउँ  छैन । हे भगवान त्यो सक्ति कहाँ  होला ? जसले स्पेस बनाई दिन्छ ठाउँ  बनाई दिन्छ । मरेको लासलाई लिएर हिड्दा के भन्ला जिउदो मान्छेले …। खपान्गी के भएछ ? मैले त बाजे लिएर हिडेको हुन्छु तर अरुले त भुत देख्छ,प्रेत देख्छ,मुर्कुट्टा देख्ला इतिहासलाई वर्तमानमा ल्याउने कोसिस भयो भने…| सायद देखिने गरी त्यही कोसिस भएकोले संविधान बनेन …। भनेर दिनु भएको विचार प्रति हामी समग्र आदिवासी जनजाति युवाहरुको घोर असमती एवं  आपत्ती छ | दुई करोड आदिवासी जनजाति,मधिसेहरुको दिलको ढुकढुकी बनेको जातिय पहिचानको मुद्दालाई यसरी अतेन्तै हल्का किसिमले टिपणी गर्नु उहाँ जस्तो व्याक्तित्वलाई सुहाउने कुरा पटक्कै हुदै होइन | हामी सबैले देखे,जाने र बुझेको कुरानै हो हिजो सम्विधान सभा र गणतत्रको मुद्दालाई जवसम्म आकासमा सुर्य चन्द्र रहन्छ तवसम्म राजा रहन्छ अनि जवसम्म राजतत्र रहन्छन् तवसम्म हिन्दु राष्ट्र रहन्छ भनेर भन्ने गर्थे राजावादीहरु… | खोइत  सम्विधान सभाको निर्वाचन पनि भयो,राजतत्र पनि गयो,अनि धर्म निरपेक्ष राज्य पनि घोषणा भयो त |  उहाँलाई यो किन थाहाँ हुन सकेन  ? सम्युक्त राष्ट संघको आदिवासी जनजाति सम्वन्धी घोषणा-पत्रको पहिलो धारामानै आदिवासी जनजातिले पहिचानको अधिकार पाउनु पर्छ भनिएको छ,त्यही अधिकारको आधारमा आदिवासी जनजातिहरुलाई आत्म निर्णयको अधिकार छ त्यो अधिकार प्रयोग गरेर जातिय शुसासन गर्न पाउने व्यबस्था छ | यसै सन्दर्भमा डा.कृष्ण भट्टचन भन्नु हुन्छ आदिवासी जनजाति हरुले खोजेको ब्यक्तिगत अधिकार नभएर सामुहिक अधिकार हो, यो मानव अधिकार हो भनेर १९८९ मा सयुक्त राष्ट संघले स्विकार गरिएको छ,अहिलेको द्व्न्द ब्राम्हणवादी सोच,निती,ब्यबहार र विभेद,उत्पिडन एवम् पहिचान विचको द्वन्द हो | हुनपनी हो पहिचान विना बाच्नु भनेको सरणार्थि भएर बाच्नु हो | तसर्थ श्रदेय नेता ज्यु भुतलाई वर्तमानमा यिनै नैसर्गिक अधिकारको प्रयोग गर्दै जनताको इच्छा,चाहना,आकान्क्षाको आधिवेरीको  बलले स्पेश बनाउने छ…| फ़ेरी कसले भन्छ जातिय पहिचान मरेको भनेर... ? दुईतिहाई नेपाली जनताको ढुकढुकि कसरी मरेको भन्नु हुन्छ ? मरेको लासलाई लिएर हिड्दा के भन्ला जिउदो मान्छेले भनेर उहाले  के भन्न खोज्नु भएको हो  ? को हो जिउदो, को हो मरेको …? श्रदेय नेता खपान्गीको भनाईनुसार राज्यको सबै तह र तप्कामा जातिको जनसंख्याको समानुपातिक प्रतिनिधीत्वले जातिय मुक्ति प्राप्त हुन्छ | समग्र राष्ट्र र्  राष्ट्रियताको सवाल  जातिको ऐतिहासीक पहिचान त यि वाहुन्वादी हरुलाई स्विकार्न  गारो भैरहेको बर्तमान अवस्थामा यिनिहरुले समानताका अधिकार मागेर दिन्छन्…?  अवस्य दिदैनन्,यो त छिनेर लिनु पर्ने हुन्छ यिनीहरु विद्रोहको माग गरि रहेका छन् भन्ने कुरामा विभेदीत जाति स्पष्टहुन जरुरी छ | हुनत यो उहाँको निजी विचार हो तर पनि खपांगीजी मात्रै व्याक्ति होइन | उहाँ मगर मात्रैको नभएर समग्र आदिवासी जनजाति समुदायको साझासम्पती बनी सक्नु भएको ब्याक्तिव हो | उहाँको यो विचारले म जस्ता थुप्रै उहाँका अनुवाईहरुलाई उहाँ प्रतिको धारणा,उहाँ  प्रतिको सम्मानमा चिन्तीत बनाएको छ | यहि सन्दर्भमा म श्रदेय आदिवासी जनजाती अग्रज नेता खपांगीजीलाई यही लेखबाट निवेदन गर्न चाहन्छु अहिले मुलुकको राजनैतिक बहसको केन्द्रविन्दुमा रहेका अधिकाम्स मुद्दाहरु कुनैवेला उहाँ राष्ट्रिय जनमुक्ति पाटीको शिर्ष नेताहुँदा उहाँ द्वारा उठाइेएका मुद्दाहरु थिए र यो पन्तिकार पनी त्यही पाटीको जिल्ला तहको कार्यकर्ता थियो | तर खपांगीजीहरू आपसमा जेजसरी लडने र भिड्ने गर्नु भयो ठिक विपरीत जातिय मुक्तिको लागी बिद्रोह क्रान्ति जस्ता पर्यायवाची सब्दहरु तपाईहरुको सब्दकोषमा थिएन् | तपाईहरु छोटो बाटो कुर्चि प्राप्तिमा चिन्तन गर्नु भयो इमान्दारीका साथ भन्नु पर्दा यही भयो आदिवासी जनजाति आन्दोलनका लागि दुर्भाग्य ..| आज उहाँहरुमा धैर्य एवम् बिद्रोह क्रान्ति गर्ने आट र साहस हुन्थ्यो भने नेपाली राजनिती माओवादी पाटी र त्यो पाटीका नेताहरुको वरिपरी होइनकी राष्ट्रिय जनमुक्ति पाटी र त्यसका नेता  वरिपरी घुम्नी थियो |
              तसर्थ पहिचान विनाको जातिय मुक्ती नुन विनाको तरकारी हो, चन्द्रमा बिनाको औसीको रात हो | भन्ने कुरालाई हिर्दयङ्ग्मगरी  श्रदेय नेता गोरे बहादुर खपांगीज्यू,समक्ष आफ़्नो विचार प्रति बिनम्रताकासाथ पुन:बिचार गर्नहुन अनुरोध गर्दछु | साथै ३१ औ मगर दिवशको शुभ-उपलक्षमा संसार भरीका मगर एवम गैर मगर समुदायहरुमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु |
हरि घर्तिमगर
अध्यक्ष आदिवासी जनजाति युवा परिषद् युएई |                                                                                                       भु.पु.अध्यक्ष नेपाली मगर सन्घ युएई |

Tuesday, January 29, 2013

बुद्धिशिरोमणि द्रव्यनाथ:- खगेन्द्र संग्रौला



आक्कल-झुक्कलबाहेक बुद्धिशिरोमणि द्रव्यनाथ गम्भीर पुस्तक पढ्दैन। ऊ ठान्छ- नीलो आकाशमुनिका ज्ञानगुनका सारा कुरा उसलाई कण्ठस्थ छ। र, नै त उसलाई कसैबाट ज्ञान लिनु छैन, अज्ञानी लोकलाई ज्ञान दिनुमात्र छ। उसले 'शंकर लामिछाने शंकर लामिछानेका दृष्टिमा' पढेको छैन। पढेको भए शायद ऊ आफ्नो वास्तविक आकारमा धर्ती टेकेर उभिँदो हो र उसको स्वआंकलन अलि यथार्थपरक हुँदो हो। तर कुरो उल्टो छ। ऊ शंकर लामिछानेको ठिक्कको स्वरुपबाट होइन, गीताका कृष्णजीको विराट् स्वरुपबाट प्रभावित छ। त्यसैले त ऊ आफ्नो विराट् स्वरुपको निर्माणमा कन्दनी कसेर लागिपरेको छ।
द्रव्यनाथका दुईवटा मन्त्र छन्- लोकतन्त्र र मानव अधिकार। ऊ यी दुई मन्त्र जपिरहन्छ- विपनामा पनि, सपनामा पनि। यी मन्त्रका लागि परिआए ऊ जीवन आहुति दिन पनि तत्पर छ। हाल द्रव्यनाथका दृष्टिमा लोकतन्त्र र मानव अधिकारमाथि खग्रास ग्रहण लागेको छ। ग्रहणकारी तŒव हो, सिंहदरबारमा राज गर्ने र बालुवाटारमा बास बस्ने 'रगतले हात रङ्गिएको' लाल मनुवा। द्रव्यनाथ ठान्छ- यो लाल मनुवा स्तालिन, पोलपोट, किम जोङ र फिडेल कास्ट्रोको संयुक्त औतार हो। अहो † एक चोलामा भयावह अनेकको कति सर्वनाशी औतार † सिंहदरबारको राजकाज र बालुवाटारको बासमा त गौमाताको दूधले नुहाएको, सात्विक मेवामिष्टान्न खाएको, जातको उच्च र चित्तको चोखो कुनै तागाधारी देवात्मा पो हुनुपर्ने हो। तर छ त्यस्तो आततायी दानव † अनि लोकतन्त्र र मानव अधिकारको दिव्य चेतनाले ओतप्रोत भएको द्रव्यनाथको आत्मा औडाहाले किन नजलोस्?
कोमल आत्माको असह्य ज्वलनलाई समन गर्न हिजो राति द्रव्यनाथ एक क्वाटर एन्टिक्विटी ब्लु सेवन गरेर घुप्लुक्क सुतेको थियो। ब्लु माने नीलो। द्रव्यनाथको विचारमा नीलो भनेको लाललाई तह लगाउने अचुक अस्त्र हो। त्यसैले त एन्टिक्विटी ब्लुप्रति उसमा अगाध अनुराग छ। द्रव्यनाथलाई रातभरि त ब्लुले राम्रै गर्यो । तर बिहान उठ्दा उसको कुलीन देहमा ब्लुको प्रभाव चेट् भइसकेको थियो। र, उसको आत्मा औडाहाले हनहनी जलिरहेको थियो।
द्रव्यनाथ मिल्क कफीको कप बोकेर आफ्नो विशाल हबेलीको छतमा उक्ल्यो। कफीको स्वादिष्ट घुट्को र चुरोटको तलतलमारा सर्कोस"गै उसलाई एउटा सुखदायी दिनको याद आयो। अहो † क्या अब्बल थियो त्यो दिन † संविधान सभा मारिएको दिन थियो त्यो। त्यो मारि"दा उसलाई मुटुको का"डो झिकेझै" सन्च भएको थियो। बेलुकीपख उसले छतमा उभिएर शहरको चालचोल नियाल्यो। हे, हे, हे † शहरमा मसानघाटको सन्नाटा व्याप्त थियो। म संविधानमा दुनिया"को शानदार भाग्य लेखिदिन्छु भन्दै हावादारी गफ गर्ने गाढा लाल सडकमा थिएन। मलाई छुवाछूतमुक्त जीवन चाहियो भन्दै पाखुरा सुर्किने दलित सडकमा थिएन। मलाई यो र त्यो चाहियो भन्दै अनर्थ दावी गर्ने मधेसे सडकमा थिएन। पहिचानको सम्मान नपाए म हात बा"धेर बस्दिन" भन्दै हुंकार गर्ने मतवाली सडकमा थिएन। विजयोन्मादको मुद्रामा द्रव्यनाथले गम खायो- गजप भयो † धन्य भगवान् श्री पशुपतिनाथ † तिमी छौ र नै मजस्ताको कल्याण सुनिश्चित छ।
द्रव्यनाथले तारे होटलमा भोजको चा"जो मिलायो। भोजमा उसका शिष्ट, सभ्य र सुसंस्कृत कुलीन वर्गबन्धुहरु सामेल भए। द्रव्यनाथ हर्षोन्मादले त्यसैत्यसै फुर्फुर भएको थियो। निम्तालुजनसामु उसले स्यानो मन्तव्य दियो- प्रिय बन्धुगण † आज मेरो जीवनको सबैभन्दा सुन्दर दिन हो। किनभने संविधान सभास"गै संघीयता मर्योय। र, स"गस"गै मर्योद गाढा लालको सत्ता कब्जा गर्ने कुत्सित सपना पनि। पहु"च, प्रतिष्ठा, पहिचान, अवसर आदिजस्ता गन्दे गनगन सुन्नुपर्ने दुर्दिन अब गए। संघीयताको विषाक्त तरबारले काटिएर मुलुक खण्डित हुने खड्गो अबलाई टर्योु। जातीय सद्भावमा आगो लाग्ने खतराले अब नेटो काट्यो। लौ बन्धुगण † सर्वनाशी संविधान सभाको वाञ्छित मृत्युको अपार खुशियालीमा चेयर्स †
दुर्भाग्यवश, द्रव्यनाथको हर्ष धेरै दिन टिकेन। गाढा लालको लाल गर्जन फेरि सुरु भयो। दर्जारहित दलितले फेरि मुख फोर्यो । स्वरमा विखण्डनको हरक आउने मधेसी फेरि कुर्ल्यो। जातीय कलहको ध्वजावाहक मतवाली फेरि जङ्गियो। अनि महिला, सीमान्तकृत र अरु के के हो के केहरु जताततै कराए। यसो सुन्यो, रटना पुरानै छ। उही थोत्रो संविधान सभा। उही थोत्रो सामेली। उही थोत्रो पहिचान। उही बित्थाको अस्मिता र समानता। जेमा पनि बराबरीका उनै थाङ्ने गन्थन। सुन्दै जा"दा द्रव्यनाथको टाउको पट्टै फुट्लाजस्तो भयो। र, ऊ आफ्नै परिभाषाबमोजिमको लोकतन्त्र र मानव अधिकारको ध्वजा बोकेर तुफानी अभियानमा निस्क्यो। उपद्रवी गाढा लाललाई घेरेर, ताछेर, पछारेर र लतारेर पंगु बनाउन। पिता पूर्खाले छाडिगएको गौरवमय परम्पराको बि"डो थाम्न। सनातन धर्म, रीति, विधि र व्यवहारलाई भत्कन नदिन। अखण्ड राष्ट्र र शुद्ध राष्ट्रियताको रक्षा गर्न। समानता र न्यायका नाउ"मा विवेकहीन निचा जीवात्हरुको मनपरी राज हुन नदिन।
द्रव्यनाथ चानचुने मान्छे होइन। दातृनिकायका दाताहरुस"ग उसको भाषा मिल्छ। र नै त सो निकायको द्रव्य उसका लागि आफ्नै धाराको पानीसरह छ। खा"चो पर्दा घै"टो थाप्यो, चाहिएजति थपक्क लियो। कूटनीतिक निकायको द्वार उसका लागि सदैव खुला छ। ऊ त्यहा" जान्छ र भावुक हु"दै गाढा लालको ताण्डवमा परेर लोकतन्त्र र मानव अधिकार खतरामा पर्योा प्रभु, भन्छ। र, चिताएको आशीर्वाद हातलागी गर्छ। 'हेलो' मात्र भने पुग्छ, शीतल निवास र जङ्गी अड्डामा सुटुक्क छिर्न उसलाई रोकटोक छैन। दलित, पीडित र वञ्चितहरु हकका लागि सडकमा ओर्लि"दा टायरहरु बल्छन्, वायुमण्डलमा धुवा" मडारिन्छ, परिवेशमा चित्कार पोखिन्छ। नहोस् भन्दाभन्दै धेरथोर झडप र रक्तपात पनि भइ नै हाल्छ। जब त्यो सब हुन्छ, कोमलाङ्गी सम्भ्रान्तहरुको शारीरिक स्वास्थ्य र मानसिक चैनमा आघात पर्छ। यस्तोमा द्रव्यनाथ साह्रै चिन्तित हुन्छ। अन्यायको मुहान संरचनामा छ, विभेदको कारण संरचनामा छ, विद्रोहको बीज संरचनामा छ। तर बुद्धिशिरोमणिको बुद्धि त्यतातिर जा"दैन। ऊ दातृनिकायको धारोबाट द्रव्य थापेर ल्याउ"छ। र, ऊ शान्ति र सद्भावका नाउ"मा मैनबत्ती बाल्छ, परेवा उडाउ"छ, सेता बर्दीधारीहरुको भव्य जुलुस निकाल्छ। हात चाट्नु त मह काड्नेको हक हु"दै हो। द्रव्यनाथ पनि ल्याप्प चाट्छ। ऊ यदाकदा आफूले चाटेको लित्कोपित्को दुःखीजनलाई अर्पण गर्छ। र, आफ्नै हातले लोकप्रियको पगरी गुथेको छापाले द्रव्यनाथका नाउ"मा सम्पादकीय लेख्छ- अहो † एकबारको जुनीमा मान्छे हुनु त द्रव्यनाथजस्तो पो †
द्रव्यनाथ हप्तैपिच्छे आफू सुहाउ"दो लोकतन्त्र र मानव अधिकारको रक्षार्थ पर्चा लेख्छ। पर्चाको अर्थ र प्रभाव विस्तार गर्न ऊ आफ्नो नामको छाया"मा एकाध फिका लालका नाम ट्याक्क जोड्छ। ती नामको उपयोगिता जब निखि्रन्छ, ऊ तिनलाई दूधमा परेको माखोलाई झै" हुत्त मिल्काउ"छ। एउटा फिका लाल मिल्किन्छ र अर्को फिका लाल द्रव्यनाथको मुर्गा बुन्न हाजिर हुन्छ। अजिङ्गरको अहारा त दैवले जुटाइदिन्छ नै।
द्रव्यनाथको देखिने र चिनिने एनजीओ छैन। तर अधिकांश एनजीओकर्मीहरु उसका कान्छी औ"लाको इसारामा नाच्छन्। द्रव्यनाथ यथास्थितिमुखी बृद्ध पार्टीहरुका उच्च पदमा छैन। तैपनि ऊ ती पार्टीको प्राण पनि हो, त्राण पनि हो। ऊ तिनको आशा हो, ऊ तिनको भरोसा हो। तिनको लोकतन्त्रको परिभाषा गरिदिने ज्ञानी द्रव्यनाथै हो। तिनको मानव अधिकारको अर्थ लगाइदिने विद्वान् द्रव्यनाथै हो। द्रव्यनाथ सभ्रान्त महलको अनिवार्य तŒव हो।
जहा" मानिस जुट्छन्, त्यहा" मूल्यवान् दुई शब्द दिन द्रव्यनाथ पुगिहाल्छ। पुग्दापुग्दै एक दिन ऊ लोकका भोका र नाङ्गा, शोषित र वञ्चित जनको विशाल सभामा पुग्यो। मूल्यवान् दुई शब्दले तिनका बुद्धिका द्वार खोलिदिने उसको मनसुवा थियो। फटाफट मञ्चमा उक्लिन लग्दा स्वयंसेवकले उसलाई रोकेर सोध्यो, 'हजुर कसमा?' 'म बुद्धिशिरोमणि द्रव्यनाथ,' उसले शानका साथ आफ्नो चिनारी खुलायो। 'हजुर यहा" किन?' अर्को प्रश्न आयो। 'मूल्यवान् दुई शब्द दिन,' द्रव्यनाथको उत्तर झर्योा। त्यसपछि द्रव्यनाथसामु श्रमिक जनगणको कोणबाट प्रश्नका वाणहरु छुटे। ज्ञानेन्द्रको फौजी हैकममा रोज्जा मन्त्री पद म पाए खान्छु भन्ने को हो? राजा गद्दीच्यूत हुन लाग्दा 'राजतन्त्र जनताको नासो हो, यसलाई जोगाऔ"' भन्ने को हो? सिंहासन ढल्न लाग्दा 'बेबी किङ बचाइपाऊ"' भन्दै रुने को हो? द्रव्यनाथले सबै प्रश्नको एउटै जबाफ दियो- त्यो म होइन। म त जन्मजात लोकतन्त्रवादी हु"।
तत्पश्चात् एक मङ्कोल मजदूरले प्रश्नको कडा तीर छोड्यो- द्रव्यनाथजी, हजुरले छातीमुनि लुकाएको त्यो के हो? केही छैन, केही छैन- द्रव्यनाथ टक्टकियो। सुनिस्योस् द्रव्यनाथजी- मजदूरले माइकमा छातीमुनिको व्यहोरा पढ्योः
जङ्गली, स्वा"ठे, पाखे, तीघ्रे, भुसतीघ्रे,
डोके, खर्पनेको देश हो नेपाल
भगवान्, यो यस्तै राखिदेऊ।
यिनीहरु सभ्य र शिक्षित भए
हाम्रो सिरिखुरी कहा" जाला?
मन्त्रीमण्डल जोड्दा बाहुन-क्षत्री लिनू
त्यो पनि उच्च कुलको
मतवाली कोही नहुल्नू।
व्यहोरा सकियो र मजदूरले हुंकार गर्यो्- भन् द्रव्यनाथ, तेरो छातीमुनि यो के हो? द्रव्यनाथको होस गुम भयो। कट्टु आर्द बनाउ"दै ऊ थुचुक्क बस्यो। उसका लठैतहरुले उसलाई उद्दार गरी कुदाए। द्रव्यनाथको सुकोमल देहमा कसैले छोएको थिएन। तैपनि भोलिपल्ट द्रव्यनाथको लोकप्रिय छापाले भ"गेरा टाउके अक्षरमा छाप्यो- द्रव्यनाथमाथि गाढा लालका भा"ड लडाकाहरुको सांघातिक आक्रमण। स्वनामधन्य शिरोमणिका शिरमा दश टा"का।

सभार : नागरिक न्युज

Saturday, January 26, 2013

Bride Kidnapping in Kyrgyzstan


Published on Jun 19, 2012
In rural Kyrgyzstan men still marry their women the old-fashioned way: by abducting them off the street and forcing them to be their wife. Bride kidnapping is a supposedly ancient custom that's made a major comeback since the fall of Communism and now accounts for nearly half of all marriages in some parts. We traveled to the Kyrgyz countryside to follow/aid and abet a young groom named Kubanti as he surprised his teenage girlfriend Nazgul with the gift of marriage/kidnapping.

Hosted by Thomas Morton | Originally aired in 2011 on http://VICE.com

Watch Sneaking Into North Korea: http://bit.ly/Sneaking-Into-North-Korea

Subscribe to VICE: http://youtube.com/vice
Check out our full video catalog: http://www.youtube.com/user/vice/videos
Videos, daily editorial and more: http://vice.com
Like VICE on Facebook: http://fb.com/vice
Follow VICE on Twitter: http://twitter.com/vice
Read our tumblr: http://vicemag.tumblr.com

Thursday, January 24, 2013

मस्तिष्कमा नआँटेसी,,,,,,,,,,,,,!


1) एकात्मक सामन्ती बाहुनबाद को बिरोध भनेको हाम्रा छिमेकी बाहुन क्षत्री लाई बिरोध गरेकै होइन भन्दा-भन्दै यिनै बाहुनबादीहरुले र यिनै एकात्मक सत्तालिप्सी बाहुनबादी भरौटे-झोलेहरुले हाम्रा छिमेकी बाहुन क्षेत्रीहरुलाई उचाल-पछार गर्दै संघीय प्रेमीहरुमाथि खन्याउने दुस्प्रयास गरिरहेका छन।
2) साम्यबाद र समाजबाद भनेको बाहुनबादी सत्तालिप्सीहरुले बजाउने डम्फु हो भन्दाभन्दै आदिबासी मुलबासी जनजाती असमान नेपालीहरुको कदम लड़खडाइ रहेको छ,यसैको फाइदामा यी आफुलाई अजिङ्गर भनाउने एकात्मक सक्ति का ज्यानमारा हरु मुख मिठ्याउँदै चहल-पहल गर्दैछन।
3) लिम्बुवान,खम्बुवान,तमासालिंग,तमुवान,नेवा,मगरात,खसान,जडान आदि लाई बराबरी सम्बोधन गर्दै आउने केहि साथीहरु अचानक पथभ्रष्ट भै साम्यबाद र समाजबाद को डम्फुको तालमा निर्लज्ज नाच्न थाल्नु पनि यिनै एकात्मक बाहुनबादीहरु कै प्रसय गरि रहनु भन्दा कत्ति पनि फरक छैन।
4)"संघीय समाजबादी पार्टी"र "सामाजिक लोकतान्त्रिक समाजवादी पाटी" को उदय भइ आदिबासी मुलबासी जनजाती असमान नेपालीहरुको नेतृत्व गर्नु भनेको कम गौरवान्वित बिषय होइन हामी हरेक आदिबासी मुलबासी जनजाती असमान नेपालीहरुले मनमस्तिष्क बाटै स्यालुट गरेर आत्मासाथ गर्नु पर्छ तर,,,,,,,,,,,,,, "संघीय समाजबादी पार्टी"र "सामाजिक लोकतान्त्रिक समाजवादी पाटी" ले आदिबासी मुलबासी जनजाती असमान नेपालीहरुको नेतृत्व नै गर्ने हो भने लिम्बुवान,खम्बुवान,तमासालिंग,तमुवान,नेवा,मगरात, खसान, जडान आदि लाई मोर्चाबन्दिको हात बढाई सहकार्य गर्दै सबोधन गर्नु पर्नेमा आफ्नु पार्टीको आकार बढाउन  लिम्बुवान, खम्बुवान, तमासालिंग, तमुवान,नेवा,मगरात, खसान, जडान आदि लाई सम्बोधन गर्नु त परै जावोस सम्बोधन गरिरहेकालाई पनि पो पथभ्रष्ट गरि राख्या तपाई हाम्रै आँखा सामु छर्लंगै छ।
5)सञ्जुहाङ ....र.... मिक्सेकहाङ...ले लिम्बुवान मा हाँस-कुखुरा-बाख्रा-सुँगुर-भैंसी काटेर खाइ सकेसी जब गाइ गोरु काटेर खान सुरु गर्छन तब मात्र बुद्धिको बिर्को खुल्छ,,,,यी दुइ मित्र महामानव बुद्धिभ्रष्ट विद्वानहरुलाई हरेक लिम्बुवानी सन्तानहरुले बहिस्कार गर्नु पर्छ यो नै लिम्बुवानको मुक्ति हो,पद को भोकमारी लागेका जय लिम्बुवान भन्दै नयाँ पार्टी खोलि हिड्ने झोड़े हैकमबादी अबसरबादीहरुलाई हरेक लिम्बुवानी सन्तानले गालिसराप बगाई दियौँ ,,,,,न रहेगी बाँस न बजेगी बाँसुरी,,,,
6) मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिसदका सम्पर्ण कार्यकारी योद्धाहरु सक्रिय भइ बौद्धिक र बैज्ञानिक कार्यदिसा अबलम्बन गर्नु अत्यन्तै जरुरि छ,कसैले चाहिं मैले भन्या पद नै पाइन भनेर असन्तुष्ट जाहेर गरेर नयाँ पार्टी खोलेर अध्यक्ष भइ हिड्छन, कसैलाई भने 4/5 वोटा पदको भारि बोकायेर गधा माथि खच्चड बनाइएको छ, एउटा पदको कार्य बहन गर्न कत्ति गाह्रो पर्ला तर 4/5 वोटा पदको कार्य बहन गर्न त "रोबोट" पो हुन परेन र?रोबोट नभए नि दक्ष त हुनु परो नि, कि जय लिम्बुवान भन्दैमा लिम्बुवानको मुक्ति हुने हो या लिम्बुवान प्राप्ति हुने हो र?के 4/5 वोटा पद पाउदैमा "बिधान" उलंघन गर्न पाइने पनि विधानमा लेखिएको छ र?
बौद्धिक र बैज्ञानिक ढंगले पार्टी विस्तार गर्दै जानु पर्नेमा घरको कुरा पार्टीमा र पार्टीको कुरा घरमा गरेर आफु-आफु खुटा तानातान गरिरहँदा ति एकात्मक सत्तालिप्सीहरु संग विजय प्राप्त गर्न सकिएला त?यी फलाना ढिस्काना कार्यविधिहरु बिधान सम्मत भएन नि भनेर प्रश्न गर्दा "राजनीतिमा यस्तै हो" भनेर फिक्का  जबाफ दिएर राजनीतिज्ञ भनाउने मित्रहरु कि त सञ्जुहाङ ....र.... मिक्सेकहाङ जस्तै  हाँस-कुखुरा-बाख्रा-सुँगुर-भैंसी काटेर खान सुरु गर्नुस गाउँ-गाउँमा कि त बिधान नै नाघेर मनपरी तन्त्र नगर्नुस,,,,,,,,,,
यहाँ मैले येसो भनिरहँदा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिसदका सम्पर्ण कार्यकारी योद्धाहरुको बिरोध गर्र्या चाहिं हुँदै होइन श्रीब मेरो अध्यायन अनुसार सुझाब मात्र हो।
7) लिम्बुवान प्रेमी योद्धा बुद्धिजिबी मित्र फ़क्ताङ्लुङ् फोबा जी को स्टाटस को एक टुक्रा पनि यहाँ समाबेस गरेको छु,,,,,,,,[एउटा कुनै पनी लिम्बुवान प्रेमीमित्रले पार्टी , भूमी र जनाताहरुलाई सहयोग सेवा र टेवा पुग्ने खालको कार्यक्रम ल्याई अघाडी सार्यो अथबा यो भित्तोमा सेयर गर्यो भने आबस्यक सल्लाहा सुझाब दिनु कमेन्ट गर्नु त परै जावोस जयलिम्बुवान भन्ने सब्दनै रोकिन्छ !यस्तै तरिकाले हाम्रो लिम्बुवान भुमिले मुक्ति पाउला त ?के यो भित्तोमा जयलिम्बुवान लेख्दैमा र २/ ४ रुपैंयाँ सहयोग गर्दैमा लिम्बुवान आन्दोलनले निस्कर्स पाउला ?] 
यो टुक्रा तपाई लिम्बुवान प्रेमी नै हो भने दोहोर्र्याई-तेहेर्र्याई पढ्नुस अनि मनन गर्नुस,,,,,,हामी जो कोहि लिम्बुवान प्रेमी लिम्बुवानी सन्तानहरु बिदेशमा छौं र हाम्रो ऐतिहासिक पृष्ठभूमिको गहन इतिहास बोकेको  लिम्बुवान प्राप्तिको लागि सक्रिय रुपमा आवाज हरु बुलन्द हुदै गैरहेको त तपाई हाम्रै सामु यो भित्तोमा छर्लंगै छ र तपाई हामी ले यसलाई अझै बौद्धिक र बैज्ञानिक ढंगले हाम्रो आन्दोलनलाई अघि बढाउनु सकियो भने किन हाम्रो ऐतिहासिक पृष्ठभूमिको गहन इतिहास बोकेको  लिम्बुवान प्राप्ति नहोला र?तर हामी यहाँ यस्ता पनि छौं मेरै कखरा उच्चकोटिको,,,,,,मैले नै बोल्या र मेरै अभिव्यक्तिहरु सभ्य र सालिन अरुले बोलेको या अभिव्यक्ति सबै बिखन्डनबादी र असभ्य ठान्छौं यस्ताखाले हाम्रा चिन्तन लाई तिलान्जली दिनु पर्ने जरुरि छ।
यहि भित्तोका अमुर्तबोधि-दार्शनिक मित्रहरुलाई आफ्नो दार्शनिक चिन्तनले लिम्बुवानी आवाजलाई ठेस नपुर्र्याउन हुन अनुरोध गरिन्छ।


 







 

"लिम्बुवानका गिद्धहरु बाट साबधान"!

Lublihang Lingden

नेपालको सन्दर्भमा लिम्बुवानको चर्चा परिचर्चा लोकतन्त्र स्थापित पश्चात मात्र होईन् यो पुर्वकालिन समय देखि अन्याय ,अत्याचार , पिडा ,दमन सहँदै आफ्नो पहिचान र अस्तित्व कायम गराउन सफल सजिब आवाज हो ।

हाल स्थापित लोकतन्त्रको आँखामा विभिन्न किसिमका पहिचानयुक्त राज्य चस्माहरुको निर्माण प्रस्ताव आईरहेको अवस्थामा अझैं पनि षड्यन्त्र भईरहेको छ। जस्को प्रतिकार गर्...न सम्भव छ।
हिजो ति एकात्मकवादि हरुको हात बाट रतन्धो बनाईएको स्वायत्त राज्य मध्येको एउटा आँखा हो "लिम्बुवान "!
तर आज यहाँ आफ्नै सन्तति द्वरा दिन दाहाडै लिम्बुवानि माताको अस्मिता माथि खेलबाट भईरहेको पिडदायि यथार्थ घट्ना पनि घटिरहेको छ। यि र यस्तै कम्जोरि पक्षहरुविच केहि मेरा हस्ति विचारहरूको बिस्कुन फिज्याउने जमर्को लिएको छु ।
नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चातको लिम्बुवान गतिबिधिहरुलाई खलल पुर्याउने मेजर विषय लाई लिदा ;-

(१) जब संघीय लोकतान्त्रिक गणतन्त्रको विधान चुनाव प्रस्तावको वातावरण तय भई रहदाँ उक्त चुनावी प्रकृयामा भाग लिने कि नलिने भन्ने सामान्य विषय माथि सामञ्जस्यताको अभावमा "मञ्च "लाई बहिष्कार गर्ने र तिनै एकात्मक वादिहरुको भोटर , भरौटे ,कुरौटे भएर देखावटि नारा लिएर "मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद " को बाहिर छालामा एलर्जि भएर चुरिफुरि देखाउन चाहाने क्षणिक स्वार्थको खोक्रे आडम्बर लिप्त नेतृत्व द्वरा "संघिय लिम्बुवान राज्य परिषद "
नामक भाईरसको जन्म । जस्को नाईके ...................सञ्जुहाङ ..................

(२) संबिधान चुनाव पछि तत्काल पाँचथर (फेदेन)मा भएको लिम्बुवानि माहादिवेसन पश्चात नयाँ नेतृत्व चयन गर्ने विषय माथि भएको उक्त रिक्त पद पुर्तिका निम्ति बन्दसत्रको बसाईमा अध्यक्ष पदका लागि दुई नेतृत्व. कुमार नेतृत्व-/=मिक्सेकहाङ नेतृत्व-
= (अध्यक्ष +) को ,
होडबाजी चलिरहेको थियो ,बन्दसत्रमा उपस्थित सैयौँ प्रतिनिधि द्वरा निर्णय पारित गरियो जहाँ पनि दुई विषय लाइ लिईयो;- (क) सर्वसम्मत प्रणाली
(ख) बहुमतीय प्रणालि
यि दुई विषय माथि बृहत छलफल द्वरा बहुमतीय प्रणाली बाट अध्यक्ष चयन गर्ने भन्ने उपस्थित प्रतिनिधि बाट पारित गरियो र अन्ततोगत्वा नतिजा पढेर बन्दसत्र हलमा सुनाईयो :- नव निर्वाचित अध्यक्ष पदका लागि विजयी नेतृत्व कुमार लिङ्देन 'मिराक' र पराजित नेतृत्व मिक्सेकहाङ जहाँ निःसन्देह समिक्षा गरि रहनु पर्ने विषय नै रहेन ।
अब सुरु भयो राम कहानि जहाँ अध्यक्ष पदका लागि दावेदार गर्न चाहाने पुर्व महासचिव मिक्सेकहाङ पराजितभए पश्चात उहाँ स्वयं पम्प चर भएको टायर झै फुस्स हुनु पर्यो ,र प्रतिशोधको आवेग-उद्वेलित हुदै उहाको प्रतिवेदन समिक्षा माथि पुर्णता नहुदै विधान र घोषणा पत्र फ्यालेर बन्दसत्र
कक्ष बाट क्रान्तिकारी विचार समुहको धम्की दिदै गहभरि पराजित आँसुका थोपाहरू बोकेर हल बाट बाहिरको वास्तविक घट्ना हो ।
र "क्रान्तिकारी लिम्बुवान "बनेर संगठन निर्माण गरेका थिए जस्का नेतृत्वको जिम्मा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद बाट उछिटिएर गएका तिनै व्यक्ति हुन मिक्सेकहाङ क्रान्तिकारी लिम्बुवानका नाईके त बन्न खोजे तर जानता बाट समर्थन नआए पछि पुङमाङ हुनुपर्ने बाध्यता सिर्जना भयो ।

यसरि नै सस्तो लोकप्रियता कमाउन चाहाने दिवास्वप्नाको शिद्दान्तमा भ्रमको खेति गर्ने यि तत्वहरु हुन जुन थाल मा खाएर त्यहीँ थालमा चुठ्ने बानि परेका काउछोहरु :-

(३) लोकतान्त्रिक लिम्बुवान
(४)संघीय लिम्बुवान (प्रगतिशील )

यि क्षणिक समयका लागि आफ्नो पदिय स्वार्थ र अन्य आत्मिक स्वार्थको निम्ति खोलिएका देउसी ,भैलो खेल्नका लागि बनाईएको क्लवमा लिम्बुवान मुक्ति असम्भव छ।
लिम्बुवानि भुमिमाताको छातिमा लात हान्ने काम यस्ता उताउला अनुहार र पुङमाङ संगठन हरु बाट भईरहेको छ ,तपाई हरुको लोकतान्त्रिक /प्रगतिशील या अन्य कुनैपनि नाम दिएर भावि लिम्बुवानि आन्दोलनलाई चरम स्थानमा पुर्याउन सक्नु हुन्न यो सबै सामु ग्यारेन्टीको विषय हो ।
तपाई हरुले संगठन त निर्माण गर्नुभयो तर तपाई हरुको संगठनले आगामी दिनहरुमा कुनै कोणबाट पनि लिम्बुवानि आन्दोलनको दिशाबोध उदेश्य सफल्ता हात पार्न सक्दैन अन्ततोगत्वा त्यहीँ एकात्मक वादिहरुको झिँगा धपाउने नोकर हुनु पर्ला । तपाई हरुको यस्ता सोच र संगठन बाट विकसित शक्तिहरुको स्रोत नभई लिम्बुवानि आन्दोलन तुहाउने कुचेष्टा बोकेको खरि जुकाको स्वरुप हो । जुन मुखले खायो त्यही मुखले दिसा गर्ने परिपार्टि र विचार समुहको जम्काभेट चौतारी कार्यक्रममा सहभागी भएको संगठनले कुनै परिधिबाट पनि लिम्बुवानि आन्दोलनको न्यायोचित पक्ष बारे प्रष्ट पार्न सक्दैन । यस्ता किसिमका हावादारि संगठन लिएर गाँउ बस्ति छिर्ने चेष्टा गर्नु भन्दा तथष्ट बस्नु नै उचित हुनेछ ।
याद रहोस् जबकि मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदका नेतृत्व पंति माथि एउटा आरोप ,प्रत्यारोप बिषयलाई लिएर पानि माथिको ओभानो हुने कुचेष्टा गर्नु भनेको आकाशमा फर्किएर थुक्दा थुकको छिटो आफ्नै अनुहारमा पर्छ भने फेरि किन आफ्नो चरित्र हत्याको वकालत गरि रहनु परेको ?? हो त्यसैले हामिहरुलाई प्रष्ट थाहा छ को कतिको कस्तो आचरणको कस्तो स्वभावले ग्रसित व्यक्तीहरु हुन भनेर ।

त्यसैले तपाई सम्पुर्णमा यो अवगत गराउ कि यस्ता किसिमका झुण्ड-झुण्डमा जति पनि लिम्बुवान संगठनमा बाँधिएर आए भने कति पनि बिचल्लित हुनु पर्ने खास कारण छैन। यस्ता लिम्बुवानि आमाको अस्मिता बेचेर जिवन धान्न खोज्ने अपराधी तत्वहरु तिनै एकात्मक राज्य सत्ता बाट सञ्चालित दलाल हरु हुन भुलेर पनि यस्ता उताउला किसिमका अनुहार र संगठन लाइ कुनै दोस्रो ग्रहको नौलो मखुण्डो नसोच्नुहोला हिजो तिनै संगठनको अक्ष र कक्ष रुप रेखा घुम्न नजान्दा उछिटिएर भग्नावशेष भएको खागको स्वरुपहरु हुन ।
खबरदा लिम्बुवान भुमि मुक्ति का लागि भनेर लिम्बुवानि शब्दको जनै भिरेर मागि खाने स्रोत बनाउन खोज्ने जो कोहिलाई पनि अब लिम्बुवानवासि जनताहरुले बाँकी राख्ने वाला छैनन ।

जय लिम्बुवान !
लुब्लिहाङ

Friday, January 18, 2013

इमानिसंह चेम्जोङका बहुशआयामहरु : प्राञ्य अमर तुम्याहाङ,



प्रितिलपी : Padam Chenji Mabo,
विषय प्रवेशकिरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङको ११०औँ जन्मजयन्ती तथा इमानसिंह चेम्जोङ पुरस्कार वितरण समारोहमा प्रस्तुत भएको सम्भाषणीय यस लेखमा मूलतः इमानसिंह चेम्जोङका व्यक्तित्वका विभिन्न आयामहरुबारेमा संक्षेपमा बुँदागत रुपमा प्रकाश पार्ने जमर्को गरिएको छ । प्रसङ्गवशसन् २०१२ का साहित्य विधाको नोबल पुरस्कार विजेता प्रथम कम्युनिस्ट चिनिया साहित्यकार मो यानले पुरस्कार ग्रहण गरेपछिको आफ्नो सम्मति सम्भाषणमा बोल्नेक्रममा “बोलेको हावाले उडाउँछ, लेखेको अमर हुन्छ” भनेको कुराले लेखन र पतुराइ कुन बढी दीर्घकालीन हुन्छ भन्ने उनको अनुभव अभिव्यक्त गर्दछ । यसरी नै आयामेली साहित्यकार स्व. ईश्वर बल्लभको “वादविवाद बोलेर होइन लेखेर गर” भन्ने भनाइबाट बोल्नु र लेख्नु कुन बढी चिरस्थायी हुन्छ भन्ने कुरा मुखरित हुन्छ । लिम्बू गाउँघरका मान्यवर लिम्बू बूढाबूढीले भन्ने गरेको “युङ्माआङ पाःप्माल्ले हाःत्लेआङ मेङ्घेÞप्सुन् येÞप्माआङ् पाःप्मेल्ले सुरित्तिल्लेÞ पक्सुदेरु” अर्थात् बसेर बोल्यो कसैले सुन्दैन, उठेर बोल्यो हावाले उडाउँछ भन्ने भनाइले पनि बोलेको वचन क्षणिक र अस्थायी हुन्छ भन्ने आशय नै अर्थिन्छ । यसको मतलब समाजका केही दूरदर्शी व्यक्ति अथवा अनुभवी व्यक्तिहरुले लेखनको महत्व बुझेका हुन्छन् अनि त्यही बुझाइलाई उनीहरुको जीवनकालमा व्यवहारमा उतारेका हुन्छन् । लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन् : किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङ । यिनै किरातोलोजिस्ट इमानसिंह चेम्जोङको गुरु मन्त्र थियोः भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो सम्पूर्ण जीवन किराती भाषा, संस्कृति र इतिहासको खोजीमा समर्पित गरे । यसर्थ पनि उनी मुलुककै निम्ति एक सम्मानित विभूति हुन् ।लिम्बू जातिका विभूतिहरुलिम्बू जातिका विभूतिहरुलाई कालक्रमको आधारमा दुई समूहमा राखेर हेर्न सकिन्छ ।(क) आदिविभूतिहरुः मुन्धुम मनीषी येहाङ, मुक्ति–ज्ञानदाता सोधुङ्गेÞन लेÞप्मुहाङ, धार्मिक पथप्रदर्शक माबोहाङ अनि राजनीतिक दर्शन प्रयोक्ता सिरिजङ्गाहाङ लगायतका लिम्बू सभ्याताका पथप्रदर्शकहरुलाई आदिविभूतिका रुपमा लिन सकिन्छ । यिनैले दिएका जीवन दर्शन, धर्म, संस्कृति, कला, शिक्षाले लिम्बू समाजको विसद् सभ्यताको प्रस्तापन सम्भव भयो ।(ख) आधुनिककालीन विभूतिहरुः त्येÞअङ्सी सिरिजङ्गा (सन् १७०४-१७४१), फाल्गुनन्द (वि.सं. १९४२–२००५) र इमानसिंह चेम्जोङ (सन् १९०४ जनवरी १, १९७६ अक्टोबर ८), गोर्खालीहरु विरुद्धको युद्धमा लिम्बुवानका सेनाहरुको नेतृत्व गरेका सेनापति काङ्सोरे आदि आधुनिककालीन लिम्बू विभूतिहरु हुन् । इमानसिंहको जन्म सन् १९०४ जनवरी १ मा कालेबुङमा पिता मेघवरसिंह र माता दावापुहाङ्माको छैटौँ अर्थात् जन्तरे छोराको रुपमा भएको थियो । उनले कालेबुङकै स्थानीय स्कुलबाट म्याट्रीकुलेसन र कलकताको सेन्टजेभियर कलेजबाट आई. ए. उतीर्ण गरे । उनलाई पढाउने क्रममा “किरातीहरु जङ्गली हुन्छन्” भनी शिक्षकले प्रयोग गरेको वाक्यांशले उनको हृदयमा ठूलो चोट पु¥यायो र उनी किरातीहरुको इतिहास र सभ्यता खोजीमा अविश्रान्त लाग्ने अठोट गरे । किरातोलोजिस्ट इमानसिंह चेम्जोङले अध्ययन तथा खोजीकर्ता र केही हदसम्म जागिजरेका रुपमा कालेबुङ, सिक्किम, लिम्बुवान र काठमाडौँमा आफ्नो समय व्यतीत गरेका थिए । आजीवन आफू र आफ्नो पारिवारिक हित, सुख र यशलाई तिलाञ्जली दिएर सदासर्वदा सजातीय तथा मुलुकको हितमा समर्पित स्व. इमानसिंह चेम्जोङको टडकारो व्यक्तित्वका आयामहरु निम्नअनुसरा खुट्याउन सकिन्छ । १) गुरुका रुपमा इमानसिंहः सुयोसी तोबा सम्झन्छन्, “इमानसिंह चेम्जोङ र मेरो सम्बन्ध गुरु र शिष्यका रुपमा लामो समयसम्म रहयो” (२०६१: १०४) । हुन पनि उनको समयमा इमानसिंह चेम्जोङलाई अगुवाको रुपमा या एउटा शिक्षकका रुपमा मात्र होइन गुरुत्वपूर्ण “गुरु” का रुपमा धेरैले सम्मान गर्ने गरेको पाइन्छ । उनी वास्तवमा केही व्यक्ति वा अध्येताहरुको मात्र गुरु थिएनन् सिङ्गै समाजलाई एउटा सही दिशा दिन सक्ने दूरदर्शी गुरु थिए । यो उनको गुरु व्यक्तित्व सुकेपोखरीको विद्यालयमा हेड मास्टर भएर काम गर्दा आरम्भ भएको थियो भने सिक्किमको गेजिङ र गान्टोकको टासी नाम्ग्याल महाविद्यालयमा पठनपागन गर्दा अनि पान्थरको मेहेलबोटेको श्री जयनारायण आदर्श आधार हाइस्कूलमा पठनपाठन गर्दा अझ झ्याँगिने अवसर पायो । यसरी उनको व्यक्तित्व शिक्षकबाट क्रमशः गुरुका रुपमा विकास भयो । २) इतिहासकारः काशीनाथ तमोटका विचारमा इमानसिंह चेम्जोङ इतिहासकारका रुपमा राष्ट्रिय प्रतिभा (२०६१:३४) हुन् । किरातीकै सन्तानका रुपमा रहेका इमानसिंह चेम्जोङले २,००० वर्ष हाराहारी राज्य गर्ने शासक किरातहरुको इतिहासको खोजी र लेखन गरे र आफूलाई किरात इतिहासका पिताका रुपमा स्थापित गराए । यस प्रकारको खोज तथा अनुसन्धानका क्रममा उनले किरात इतिहास (सन् १९४८ वि.सं. २००५), किरात साहित्यको इतिहास (सन् १९५६ वि.सं. २०१३), किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (सन् १९७४ वि.सं. २०१३), History and Culrure of The Kirat People(सन् १९६७ वि.सं. २०२४) आदि गहन पुस्तकहरु प्रकाशनमा ल्याए । सन् १९३७ बाट आरम्भ भएको नेपालको आधुनिक इतिहास लेखनको परम्पराले लिच्छवीकालसम्म नेपाली इतिहासलाई अध्ययन गरी प्रामाणिक बनाउने काम गरेको थियो भने त्यसअघि रहेको नेपाली इतिहासको अज्ञात कालखण्डलाई इमानसिंह चेम्जोङले उत्खनन् गर्ने ऐतिहासिक काम गरे ।३) मुन्धुमवेता तथा दर्शनशास्त्रीः इमानसिंह चेम्जोङको व्यक्तित्वको अर्को आयाम भनेको मुन्धुमवेता तथा किरातदर्शनशास्त्रका ज्ञाता हुनु हो । उनले किराती मुन्धुमलाई लेख्य परम्परामा ढाले, खस नेपाली र अङ्ग्रेजीमा अनुवाद गरी अध्येताहरुसमक्ष सहज पहुँच बनाइदिए । त्यही मुन्धुमलाई सामान्य विषयवस्तुका रुपमा मात्र नहेरी विश्वमा प्रचलित विविध दर्शनहरुमध्ये एक हो भनी स्थापित गर्ने काम पनि उनले गरे । मुन्धुममा रहेका जटिलतम शब्दहरुको सरल व्याख्याको पनि उनीबाटै पहिलो पटक भएको छ । मुन्धुम संस्कारका क्रममा पतुरने भाषा मात्र होइन यो त गम्भीर भाष्य सहितको दर्शन हो भनी उनले पहिचान गरे । यसै क्रममा किरात मुन्धुम (वेद) (सन् १९६१ वि.सं. २०१८), किरात मुन्धुम खाहुन (सन् १९६५ वि.सं. २०२२), किरात दर्शनको सारांश (सन् १९६९ वि.सं. २०२६) उनका मुन्धुम र दर्शन सम्बन्धी पुस्तकहरु प्रकाशनमा आए । ४) राजनीतिज्ञः अहिले मुलुक सङ्घीयताको बहस र यसको अभ्यासका लागि जीवनमरणको सङ्घर्षबाट गुज्रिरहेको छ । यही विषयलाई लिएर मुलुकका राजनीतिक पार्टीहरु फुट, ध्रुवीकरण वा नयाँ पार्टी निर्माणका प्रक्रियाबाट अगाडि गुज्रिरहेका छन् । तर आश्चर्यको विषय के छ भने यस विषयमा इमानसिंह चेम्जोङले यो शदाब्दीका पहिलो दशकमा नै अखिल लिम्बुवान सुधार सङ्घ गठन गरी स्वायत्तता र सङ्घीयताको व्यवहारिक प्रयोगको शिलान्यास गरिसकेका थिए । उनले लिम्बुवान सुधार सङ्घको प्रधानमन्त्री अर्थात् महामन्त्रीमा तेजबहादुर प्रसाईँलाई चुनेर समावेशीकरणको पनि राम्रै उदाहरण पेश गरिसकेका थिए । अहिंसात्मक सिद्धान्तका पक्षपाती इमानसिंहको तत्कालीन राजनीतिक प्रयोग, प्रस्थापना, अवधारणालाई हेर्ने हो भने उनी दूरदर्शी राजनीतिज्ञ समेत थिए भन्न सकिन्छ ।५) किरात छाताभित्र आदिवासी जनजातिको वैचारिक नेतृत्वः नेपाल मुलुकका आदिम बासिन्दाहरु वर्तमान नेपालका आदिवासी जनजातिहरुका रुपमा चिनिन्छन् । तर यो पदावली मूलतः २०४६ सालपछि प्रयोग र प्रचलनमा आएको हो । यसअघि मूलतः नेपालका आदिमवासीहरु किरात भनेर चिनिन्थे । त्यसको अध्ययन, अनुसन्धान र प्रयोग गर्ने काम उनै इमानसिंह चेम्जोङले नेतृत्व गरेका थिए । पछिल्लो समयमा आएर उनको सोही विचार महाकिरातको अवधारणाका रुपमा डा.जर्ज भ्यान्ड्रिम (सन् १९९२) ले अगाडि बढाएका छन् । यसरी तत्कालीन नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुलाई किराती छाताभित्र वैचारिक नेतृत्व दिने काम उनीबाटै भएको थियो । ६) इमानसिंह चेम्जोङको अर्को विराट् व्यक्तित्व भाषा, लिपि, व्याकरण आदिसँग जोडिएको छ । किरात सिरिजङ्गा लिपि, चन्द्रपुलिङ लिपि, रोङ लिपि आदिको विज्ञ क्यालियोग्राफर थिए । यसरी नै उनी लिम्बू, राई वान्तावा, लाप्चा आदि भाषाका मर्मज्ञ भाषा वैज्ञानिक पनि थिए । पुस्तकाकार रुपमा किरात व्याकरण (सन् १९७०÷ वि.सं. २०२७) प्रकाशन गर्ने उनी पहिलो किराती व्यकरणकार हुन् । यसर्थ उनी एक व्यकरणविद पनि हुन् भन्न सकिन्छ । उनले लिम्बू, लाप्चा, राई वान्तावा (अप्रकाशित) को शक्दकोश तयार पराका थिए । यसर्थ उनी आफ्नो समयका कुसल कोशकार पनि थिए भन्न सकिन्छ । ७) लोक साहित्यकार, संस्कृतिविद अर्थात् फोक्लोरिस्टः इमानसिंह चेम्जोङले दार्जिलिङ, सिक्किम, लिम्बुवान, खम्बुवान आदि ठाउँहरुको पैदल यात्रा गरी विभिन्न लोककथा, लोकगाथा, मुन्धुमहरु, इतिहास, संस्कृतिहरुको खोज र सङ्कलन गर्ने काम गरे । किरात समाजमा रहेका लोककथाहरुको सङ्गालो किराती दन्त्यकथा (सन् १९६५÷२०२१) उनले प्रकाशनमा ल्याएका थिए । किराती संस्कृतिका उनी धरोहर नै हुन् । ८) अनुसन्धाता÷अन्वेषकः तत्कालीन इनास (हालको सिनास) मा किरात इतिहास तथा संस्कृतिविदको रुपमा तत्कालीन नेपाल सरकारबाट नियुक्त भई अध्ययन, अनुसन्धान र अन्वेषणमा कार्य गरेका उनी प्रथम किराती अध्येता हुन् । यसरी इमानसिंह चेम्जोङको व्यक्तित्व अष्टभुजीय विराट व्यक्तित्वको रुपमा अनुभूत गर्न सकिन्छ । यसर्थ पनि उनी किरातालोजिस्टका उपनामले सम्मानित छन्, समाजमा । इमानसिंह चेम्जोङको सम्मानमा स्वदेश तथा विदेशमा गरिएका कार्यहरु १) नेपाल सरकारले २०५५ सालमा तस्बिर टिकट प्रकाशित गरेको ।२) नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा १० को नेपाली किताबमा इमानसिंह चेम्जोङको जीवनी छापिएको ।३) सिक्किम सरकारबाट पश्चिम गेजिङमा इमानसिंह मेमोरियल भवन निर्माणाधीन ।४) विगत २ दशकदेखि सिक्किममा इमानसिंह जयन्ती मनाइने गरेको छ भने सुक्खिम याक्थुङ साप्लन चुम्भोले हरेक वर्ष इमानसिंह विशिष्ट पुरस्कार र इमानसिंह साहित्यिक पुरस्कार प्रदान गर्ने गरेको छ ।५) किरात याक्थुङ चुम्लुङ नेपालले वि.सं. २०५४ मा इमानसिंह चेम्जोङ पुरस्कार कोष खडा गरी हरेक २ वर्षमा इमामानसिंह साहित्य पुरस्कार प्रदान गर्दै आएको ।६) इमानसिंह चेम्जोङको सालिक मोरङ पथरी गा.वि.स. वडा नं. ४ साथै पान्थर घुर्बिसे पञ्चमी बजारमा यस अघि स्थापना गरिसकिएको । ७) भेडेटार धनकुटामा पूर्ण कदको इमासिंह चेम्जोङको मूर्ति २०१३ जनवरी १ तदनुसार २०६९ पुस १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाको बाहुलीबाट अनावरण ।८) पान्थरमा इमानसिंह चेम्जोङ प्रतिष्ठान र काठमाडौँमा इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेसन स्थापना भई क्रियाशील रहेको ।९) कवि अमर तुम्याहाङ रचित सोधुङ्गन इमानसिंह चोःत्लुङ (महाकाव्य) २०६० मा विश्वासदीप तिगेला र बानेश्वर नेम्बाङबाट प्रकाशित । टुङ्ग्याउनीविज्ञान प्रविधि, यातायात, स्रोतसाधनको हिसाबले निकै सीमित अवसरहरु भएको बेला इमानसिंह चेम्जोङले गहनतम् कार्यहरु गरेका थिए । उनले दिशाहीन किरात समुदाय तथा आदिवासी जनजातिहरुलाई सही बाटो देखाउने काम गरे । नेपालको इतिहासलाई पूर्णता दिने काममा उनले अतुलनीय योगदान गरे । वास्तवमा किरात समुदाय अर्थात् आदिवासी जनजातिहरु अगाडि बढ्नका लागि आफ्नो गन्दव्य बोध गर्न उनले तान्छोप्पा ताराकै रुपमा काम गरे । विज्ञान, प्रविधिको यो सुलभ जमानामा हामीले उनले गरेको जस्तो गहन कार्यहरु गर्न सकूँला या नसकूँला, त्यो त पृथक पक्ष हो । हामीले उनले छोडेर गएका ज्ञानका केही अंश मात्रै भए पनि अनुसरण र उनले देखाएको अध्ययनशीलता, आफ्नो पहिचानप्रतिको समर्पण र त्यागको मार्गलाई केही मात्रामा अबलम्बन मात्र गर्न सक्यौँ भने उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

Thursday, January 17, 2013

सेनालाई मान्छे मार्न लगाउने कांग्रेस-एमाले नै हुन्

४ माघ, काठमाडौ । नेपाली कांग्रेस र नेकपा एमालेलगायत संसदवादी दलहरुले द्वन्द्वकालका हत्याका मुद्दा उठाउनुपर्ने माग गर्न थालेकै बेला नेपाली सेनाका एक जर्नेलले आक्रोश पोख्दै भनेका छन्- ‘हामीलाई मान्छे मार्न लगाउने यिनै कांग्रेस, एमाले लगायतका सात दल हुन् ।’
‘हामी ब्यारेकभित्र बसिराखेका बेला कांग्रेस, एमाले, राप्रपा, जनमोर्चा लगायतका दलले आतंकारी अध्यादेश ल्याएर हामीलाई ब्यारेक बाहिर निकालेका हुन् र माओवादीलाई आतंकारी घोषणा गर्दै मार्न लगाएका हुन् ।’ नेपाली सेनाका एक अवकाश प्राप्त जर्नेलले बिहीबार अनलाइनखबरसँगको कुराकानीका क्रममा भने- ‘अहिले द्वन्द्वकालका केही घटनालाई लिएर सेनामाथि कारवाही गर्ने कुरा गरिन्छ भने कांग्रेस, एमालेलाई सेनाले यत्तिकै छाड्नेवाला छैन । हामीलाई मान्छे मार्न लगाउनेहरु को हुन् भन्ने सेनाले राम्रोसित नोट गरेर राखेको छ ।’
युद्धकालमा नेपाली सेनाको महत्वपूर्ण जिम्मेवारीमा रहेका जर्नेल भन्छन्-’युद्धका बेलामा केही निर्दाेषहरु पनि परेका हुन सक्छन्, कसैले अलिकति यातना पाएको हुन सक्छ । चिया खुवाएर कसैले पनि वयान दिँदैन ।’ जर्नेलको प्रश्न छ- अहिले मन्दिरा शर्मा र सुशील प्याकुरेलको घरमा चोरी भयो भने चोरलाई चिया खुवाएर वयान लिने कि दुईचार थप्पड हान्ने ?’
कांग्रेस, एमालेका नेताहरुले सेनालाई ब्यारेकबाट बाहिर निकालेर माओवादी मार्न लगाएको मात्र नभई आफ्नो सत्ता रक्षाका लागि माओवादीलाई उचालेर सुरक्षाकर्मीलाई समेत मारेको सेनाका ती जर्नेलको आरोप छ । ‘थानकोट हान्न गिरिजाले नै प्रचण्डलाई भनेका थिए । १२ बुँदेपछि गिरिजाले सेनामाथि आक्रमण गर्न माओवादीलाई निर्देशन दिएको हामीलाई राम्रोसँग स्मरण छ ।’-उनले भने ।
‘सेनालाई ब्यारेकबाट निकालेर आफैं युद्धमा पठाउने अनि अहिले त्यही युद्धकालका केही घटनालाई लिएर दलहरुले सेनामाथि दोष थोपर्न खोज्छन् भने सहेर बसेको नेपाली सेनाले त्यसै छाड्दैन, कारवाहीको धम्की दिइयो भने भैरबनाथ गण पनि बाहिर निस्कन्छ, त्यतिबेला देशमा जंगी शासन स्थापना हुन्छ ।’ पूर्वजर्नेलले आक्रोशित हुँदै भने- ‘मानवअधिकारवादीले रगत बगाउनुपरेको छैन, उुनीहरुलाई युद्धकालमा कुनै क्षति भएन, हाम्रा हजारौं सैनिक मरेका छन्, हजारौं घाइते भएका छन्, यस्तो बेलामा दुईचार थप्पड हानेका घटना र केही निर्दोष मारिएका घटनालाई उचालेर सेनामाथिको कारवाही कुरा गरिन्छ भने हामीलाई सैह्य हुने छैन ।

Tuesday, January 15, 2013

किरात येले संवतको व्यवहारिक पात्रो निर्माणका लागि प्रस्तावित पात्रो

  • प्राज्ञ अमर तुम्याहाङ
    यस लेखमा किरात येले संवत् र त्यसको आधारमा व्यवहारिक पात्रो निर्माणका लागि प्रस्तावित पात्रो प्रयोगको सम्बन्धमा चर्चा गरिने छ। संवतका विषयमा कालगणनाका आधार र प्रामाणिकता,राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरू,संवत् प्रयोगमा देखिएका समस्याहरू र सम्भावित उपायहरु,छलफलका लागि प्रस्तावित पात्रोको उल्लेख हुनेछ भने पात्रोको सम्बन्धमा यससँग सम्बन्धित विभिन्न पक्षको सन्दर्भ पनि चर्चा गरिने छ।
    किरात येले संवतको कुरा प्रथम किरात राजा यलम्वरको स्मृतिमा प्रयोगमा आएको किरात येले संवत् स्मारक संवत् (खम्बु र अन्य,२०१०) हो। मिथकीय आधारमा यस संवत्को गणना पाँचहजार वर्षभन्दा माथि मानिने विषय यस संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्नुपर्दा यसको राष्ट्रिय आधारशीला गुम्ने,ऐतिहासिक एवम् पुरातात्विक आधार नहुने जस्ता समस्याहरू हाम्रासामु खडकिने कुरा विद्यमान छन्। यसो गरेमा नेपाल मुलुकमा रहेको किरातहरूको तथ्यपरक अकण्टक इतिहास बेवारिसे हुने विषय पनि विचारणीय पक्ष हो भने विश्वका ऐतिहासिक घटनाक्रमहरूसँग पनि यसको कालक्रमिक नाता अश्वभागिक त हुनु भएन नै। यो युग कल्पनातीत वा मिथकमा भन्दा ठोस प्रमाणमा बढी विश्वास गर्ने युग भएकाले नेपाल राष्ट्रका पुरातात्विक र ऐतिहासिक प्रमाणहरूको कसी लगाएर किरात येले संवत् पुनर्प्रचलन गर्नु लोकसम्मत प्राज्ञिक कार्य हो भनिरहनु परोइन।
    किरात येले संवत् पुनर्गणनाका आधार र प्रामाणिकता किरात येले संवत्को कालगणनाको आधार के हो? यो प्रश्न जनचासोको स्वभाविक विषयमात्र होइन,गम्भीर अध्ययन र चिन्तन मननको प्रसङ्ग पनि हो।
    आपदको बेलामा तेन्द्रोको सहारा भनेजस्तै पहिचान र अस्तित्व भासको भूमरीमा परेका वि.सं.२०४६ को परिवर्तनपछिका नेपालका किरातहरूले सिक्किमका जसहाङ मादेनले सुरु गरेको किरात येले संवत्लाई अपनाउनु एउटा भरोसा लिनुको कार्यभाव थियो। त्यसको आसय यो होइन कि त्यसलाई हाम्रो ऐतिहासिक प्रमाण र पुरातावित्वक कसीमा घोट्नै हुन्न,मिथकमा मात्रै भर पर्नुपर्छ। यसो भन्न खोजिए यो प्रतीत हुन्छ कि “त्यसो गर्नु ठूलो अपराध हो ” तर हामी विज्ञान र प्रविधिको युगमा बाँचिरहेका छौँ । कथामा मात्र आधारित भएर होइन आवश्यकता अनुसार ल्याबमा आधारित परीक्षण–परिणाममा आस्वस्त हुन अभ्यस्त छौँ। यसर्थ पनि किरात येले संवत्को कालगणना लामो समयदेखि छलफल र बहसको विषय बन्दै आएको कुरा कसैबाट छिपेको छैन।
  • Manuraj Ningleku Limbu Ma pani dodhar ma chhu ,tei bhayera naya barsa yati bhani subhakamana dina sakina.
  • Tanka Wanem प्राज्ञ(वर्तमान कूलपति,नेपाल प्रज्ञा–प्रतिष्ठान) वैरागी काइँलाको किराती संवत्देखि येले संवत्सम्म (तान्छोप्पा पत्रिका,वर्ष १३,अङ्क १,माघ २०६४ मा प्रकाशित)लेखको आधारमा नवयमन्वय द्वैमाषिक पत्रिकाले २०६५ माघ १८ गते येले संवत् ऐतिहासिकता समसामयिक सन्दर्भ विषयक अन्तरक्रियापछि आरम्भ भएको किरात येले संवत्को कालगणनाको बहसले बृहत् अभियानको रुप लियो। १४ र १५ नोभेम्बर,२००९ मा प्राज्ञ वैरागी काइँलाको अगुवाइमा किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी नै सम्पन्न भयो। यस ऐतिहासिक गोष्ठीले जारी गरेको किरात येले संवत् घोषणापत्र–२००९ र यसले निकालेका निष्कर्षको आधारभूमिलाई टेकेर येले संवत्को कालगणनाको ऐतिहासिक प्रमाणको आधारमा टुङ्गोमा पुर्‍याउने काम एउटा कोणबाट गरेको छ। किरात येले संवत् अध्ययन समन्वय समितिको पहलमा सम्बन्धित विषय विशेषज्ञहरूले किरात येले संवत्को कालगणना निर्णय गरेको र त्यसलाई समितिको तर्फबाट किरात समन्वय समितिलाई बुझाएको निर्णयको अंश निम्न अनुसार रहेको छः
    १४ डिसेम्बर,२०१०(२०६७ मङ्सिर २८ गते) मङ्गलबार ... भएको किरात येले संवत् काल निर्धारणसम्बन्धी अन्तरक्रिया कार्यक्रमले किरात येले संवत्को काल निर्धारण गर्नका लागि गोपालराजवंशावलीलाई मुख्य आधार मान्ने निर्णय गर्दै प्रा. डा. जगदीशचन्द्र रेग्मीबाट १४–१५ नोभेम्बर,२००९ (कात्तिक २८–२९, २०६६) मा प्रस्तुत भएको किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमा उल्लेख भएको ३१ औँ किरात राजा खुरांजको शासन काल १८ वर्ष उल्लेख भएको तर मञ्जुल याक्थुम्बाबाट सो शासन काल १८ वर्ष नभई ७८ वर्ष हुनुपर्ने राय अगाडि अएकाले उल्लेखित १८ वा ७८ वर्षमध्ये कुन हो सत्यतथ्य प्रमाण हेरी स्रोत व्यक्तिहरू र किरात येले संवत् अध्ययन समन्वय समितिको संयुक्त पहलमा किटान गरी किरात समन्वय समितिमा पेश गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम २३ डिसेम्बर, २०१० बिहीबाको दिन प्रा. डा. जगदीशचन्द्र रेग्मी,मञ्जुल याक्थुम्बा र शङ्कर साम्पाङ राई राष्टिय अभिलेखालयमा गई माथि उल्लेखित ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष वा ७८ वर्ष हो भन्ने बारेमा इतिहासकार तथा लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा,लिपि विशेषज्ञ सिद्धिरत्न शाक्य,अभिलेखालय प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिमालको रोहबरमा बसेर गरिएको गोपालराजवंशावलीको मूलप्रतिको परीक्षण पश्चात् ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष नभई ७८ वर्ष नै रहेको पुष्टी भयो।
    काठमाडौँ मालीगाउँबाट पाइएको मूर्तिमा लेखिएको शिलालेखबाट संवत् १०७ मा राजा जयवर्माको नाम लेखिएको पाइएको हुनाले र गोपालराजवंशावलीको वर्णनमा ३२ पुस्ता किराती राजापछि वर्मावंशी राजाहरूको नामावली पाइनेमा यिनै जयवर्मा नामको राजाले आफ्नो राज्यस्थापना गरेको उपलक्ष्यमा आफ्नो सालिक सो मितिमा खडा गरेको बुझन आउँछ।
  • Tanka Wanem यस आधारबाट किरात शासनको अन्त्य संवत् १०७ (ई.सं. १८५) मा भएको र वर्मावंशको शासन सुरु भएको देखिन आउँछ। यस कालगणनाको आधारमा गोपालराजवंशावलीमा वर्णित ३२ पुस्ता किरात राजाहरूको शासन वर्षका अङ्कहरू सबै जोडेर हिसाब गर्दा हुन आउने काल गणनालाई किरात राजवंशको शासन अवधि मान्नु पर्ने देखिन्छ। उल्लेखित ई.सं. १८५ बाट पूर्व काल गणना गरेर हिसाब गर्दा निस्कने अङ्क १९६४ (१९६३ वर्ष ८ महिना) मा १८५ घटाएपछि हुनआउने १७७९ (१७७८ वर्ष ८ महिना) योगफलमा २०११ जोडेपछि हुनआउने समग्र योगफल ३७९० (३७८९ वर्ष ८ महिना) हुन आउँछ। यसअनुसार किरात राजा एलम्/येलुङ/यलम्वरको शासन आरम्भ वर्ष ई.पू. १७७९ (१७७८ वर्ष ८ महिना) पूर्व भएको मान्नुपर्ने देखिन्छ (खम्बु र अन्य पूर्वत्, २०१०;२२७–२२८)।
    यसका आधारमा सन् २०१३ मा किरात येले संवत् ३७९२ हुन आउँछ।
    यी अंशमा उल्लेखित प्रमाणहरू नेपालको इतिहासका सबैभन्दा पुराना र भरपर्दा हुन् जो अभिलेखायल र सङ्ग्रहालयमा अद्यावधि उपलब्ध रहेका छन्। यी प्रमाणहरूको आधारमा निर्धारण गरिएको किरात येले संवत्को काल गणना सबैभन्दा विश्वासनीय र प्रमाणिक हो भनेर भनिरहनु परोइन।
    गोपालराजावंशावलीका आधारमा किरात राजाहरुको शासनक्रम अनुसारको शासन वर्ष र त्यसको अवधि (ईसापूर्वबाट ईस्वी संवत्को क्रममा) निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ।
    क्र.सं. राजाहरुको नाम शासन वर्ष ई.पू. र ई.सं.मा शासन अवधि
    १.राजा श्रीएलम् (यलम्बर) ९० वर्ष १७७९–१६८९ ई.पू"=(1779-1689 B.C.)
    २.राजा श्रीपेलम् ८१ वर्ष १६८९–१६०८ ई.पू.(1689-1608 B.C.)
    ३.राजा श्रीमेलम् ८९ वर्ष १६०८–१५१९ ई.पू.(1608-1519 B.C.)
    ४.राजा श्रीचंमिं ४२ वर्ष १५१९–१४७७ ई.पू.(1519-1477 B.C.)
    ५.राजा श्रीधस्कं ३७ वर्ष १४७७–१४४० ई.पू.(1477-1440 B.C.)
    ६.राजा श्रीवलुंच ३१ वार्ष ६ महिना १४४०–१४०८ ई.पू.(1440-1408 B.C.)
    ७.राजा श्रीहुंतिं ४० वर्ष ८ महिना १४०८–१३६७ ई.पू.(1408-1367 B.C.)
    ८.राजा श्रीहुरमा ५० वर्ष १३६७–१३१७ ई.पू.(1367-1317 B.C.)
    ९.राजा श्रीतुस्के ४१ वर्ष ८ महिना १३१७–१२७५ ई.पू.(1317-1275 B.C.)
    १०.राजा श्रीप्रसफुं ३८ वर्ष ६ महिना १२७५–१२३७ ई.पू.(1275-1237 B.C.)
    ११.राजा श्रीपव ४६ वर्ष १२३७–११९१ ई.पू.(1237-1191 B.C.)
    १२.राजा श्रीदास्ती ४० वर्ष ११९१–११५१ ई.पू.(1191-1151 B.C.)
    १३.राजा श्रीचम्ब ७१ वर्ष ११५१–१०८० ई.पू.(1151-1080 B.C.)
    १४.राजा श्रीकंकं ५४ वर्ष १०८०–१०२६ ई.पू.(1080-1026 B.C.)
    १५.राजा श्रीस्वनन्द ४० वर्ष ६ महिना १०२६–९८५ ई.पू.(1026-985 B.C.)
    १६.राजा श्रीफुकों ५८ वर्ष ९८५–९२७ ई.पू.(985-927 B.C.)
    १७.राजा श्रीशिंघु ४९ वर्ष ६ महिना ९२७–८७७ ई.पू.(927-877 B.C.)
    १८.राजा श्रीजुलम् ७३ वर्ष ३ महिना ८७७–८०४ ई.पू.(877-804 B.C.)
    १९.राजा श्रीलुकं ४० वर्ष ८०४–७६४ ई.पू.(804-764 B.C.)
    २०.राजा श्रीथोरम् ७१ वर्ष ७६४–६९३ ई.पू.(764-693 B.C.)
    २१.राजा श्रीथुको ८३ वर्ष ६९३–६१० ई.पू.(693-610 B.C.)
    २२.राजा श्रीवर्म्म ७३ वर्ष ६ महिना ६१०–५३७ ई.पू.(610-537 B.C.)
    २३.राजा श्रीगुंजं (गुंजंको अर्को नाम गस्ती)८ ७२ वर्ष ७ महिना ५३६–४६३ ई.पू.(536-463 B.C.)
    २४.राजा श्रीपुष्क (पुष्कको अर्को नाम पटुक)८ ८१ वर्ष ४६३–३८२ ई.पू.(463-382 B.C.)
    २५.राजा श्रीत्यपमि ५४ वर्ष ३८२–३२८ ई.पू.(382-328 B.C.)
    २६.राजा श्रीमुगमम् ५८ वर्ष ३२८–२७० ई.पू.(328-270 B.C.)
    २७.राजा श्रीशसरु ६३ वर्ष २७०–२०७ ई.पू.(270-207 B.C.)
    २८.राजा श्रीगुंणं ७४ वर्ष २०७–१३३ ई.पू.(207-133 B.C.)
    २९.राजा श्रीखिम्बुं ७६ वर्ष १३३–५७ ई.पू.(133-57 B.C.)
    ३०.राजा श्रीगिरिजं ८१ वर्ष ५७ ई.पू.–२२ ई.सं.(57 B.C.-22 B.C)
    ३१.राजा श्रीखुरांज ७८ वर्ष २२–१०० ई.सं.(22-100 A.D.)
    ३२.राजा श्रीखिगु ८५ वर्ष १००–१८५ ई.सं.(100-185 A.D.)
    जम्मा वर्ष र महिना १९६३ वार्ष ८ महिना अर्थात् १९६४ वर्ष
    (नोटः राजाहरुको नाम गोपालराजावंशालीमा उल्लेख भएअनुसार जस्ताको तस्तै छ।)राखिएकोछ
  • Tanka Wanem किरात येले संवत् राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरू
    यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउनका लागि किरात येले संवत् अध्ययन समन्वय समितिका संयोगक प्राज्ञ वैरागी काइँलाको अगुवाइ तथा चार किरातजन्य संस्थाहरूको संयुक्त पहलमा राज्यका प्रमुख अङ्गहरूमा मागपत्र,स्मरणपत्र र ज्ञापनपत्रहरू बुझाउने काम भएको छ। यसैक्रममा तत्कालीन प्रधामन्त्री माधवकुमार नेपालसमक्ष २०६६ साल पुस ३० गते ज्ञापनपत्र प्रस्तुत गरियो भने तत्कालीन संस्कृतिमन्त्री मिनेन्द्र रिजालसमक्ष २०६६ माघ १२ गते मागपत्र बुझाइ येले संवत्लाई राष्ट्रिय मान्यता दिनको लागि पहल गरिदिन अनुरोध गरिएको थियो। यसरी नै २०६६ साल माघ १० गते राष्ट्रपति डा.रामवरण यादवसमक्ष स्मरणपत्र,२०६६ माघ ११ गते संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसमक्ष स्मरणपत्र र २०६६ माघ ७ गते तत्कालीन प्रमुखप्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'समक्ष स्मरणपत्र बुझाउने काम भएको थियो। यसरी नयाँ बन्ने संविधानको अनुसूचीमा किरात येले संवत्लाई राखियोस् भनी तत्कालीलन संविधान अवधारणपत्र तथा प्रारम्भिक मस्यौदा अध्ययन समितिका संयोजक अग्नि खरेललाई समेत मागपत्र बुझाइएको थियो।
    किरात येले संवत्को व्यवहारिक प्रयोगका क्रममा देखिएका समस्य र अवलम्बन गरिएका उपायहरु
    किरात समाजको सांस्कृतिक ढुकढुकीका रुपमा रहेको किरात येले संवत् (खम्बू र अन्य पूर्ववत्) को अविछिन्न प्रयोग किरात जातिको जीवनपद्दति नै भएको छ। यसैमा किराती जाति गर्व गर्दछ। तर किरात येले संवत्को व्यवहारिक प्रयोगका क्रममा केही आधारभूत समस्याहरू देखिएका छन्। लामो समयसम्म यसको कालगणनालाई प्रामाणिक बनाउने प्रयास नै भएन। पछिल्लो समयमा आएर यस विषयमा विसद् छलफल भएको छ र छलफलले प्रामाणिक परिणाम पनि दिएको छ।
    किरात येले संवत् चन्द्रमा पात्रोमा आधारित संवत् हो भन्ने कुरामा जनविश्वास भए पनि यसबारेमा आधिकारिक निर्णय भएको छैन। करिब एक दशकदेखि किरात येले संवत्को नयाँ वर्ष माघ महिनाबाट आरम्भ हुन्छ भनी मान्न थालिएको छ। यो पद्दति चन्द्रमा पात्रोको विपरीत सौर्य पात्रोको प्रचलन हो। तर वर्तमानमा प्रचलित सौर्य पात्रो पद्दतिसमेतलाई ध्यानमा राखी किरात येले संवत्को छलफलका लागि प्रस्तावित पात्रो चान्द्र–सौर्य पद्दतिअनुसार निर्माण गरिने भएको छ।
    तेस्रो समस्या भनेको किराती दर्शनमा आधारित ज्योतिषहरूको खडेरी हो। किरात ज्योतिष सङ्घको नाममा स्थापित संस्थाका ज्योतिषहरू पनि हिन्दू दर्शनबाट ओत्प्रोत् छन्। उनीहरू हिन्दू दर्शनमा आधारित ज्योतिष परम्पराबाट मुक्त हुनु अर्को विकराल अवस्था हो। ज्योतिषका सबै विधाका व्यक्तिहरू अनिकाल हुनु अर्को समस्या छन्। यसका साथै किरात भाषाको शास्त्रीय बार,दिन,तिथि,मितिको खोजको अभावमा आआफ्नो भाषाबाट ती प्राविधिक शब्दहरू खोज्दाखोज्दै,प्रयोगको अभ्यास गर्दा गर्दै घुमिफिरी रुम्जाटारे नियति हाम्रोसामु त्रासद मुख बाएर बसेको छ। यद्यपि हाललाई हामीसँग जेजस्तो आधार छ त्यसैलाई टेकेर अगाडि बढ्नुको विकल्प छैन। त्यही आधारभूमिलाई टेकेर त्यसलाई क्रमागत पूर्णतातिर लाग्नु मानवीय बाध्यता हो।
  • Tanka Wanem पात्रो प्रचलनको उद्देश्य
    पात्रो प्रचलनको सामान्य उद्देश्य भनेको विगत र आगत समयको गणना (reckon) मा सघाउ पुर्‍याउनु हो। बालीनाली थन्क्याउने समय,महत्वपूर्ण चाडपर्व,विशिष्ट घटनाहरूको सम्झना गराउने काम पनि यसले गर्दछ।
    आदिम कालका बनेका क्यालेन्डर वा पात्राहरू ती पात्राहरू बनाउने व्यक्ति बसोबास गर्ने भूगोलबाट पूरापुर प्रभावित थिए। ठन्डी भेगीय मुलुकमा वर्ष निर्धारणको अवधारणा जाडो या हिउँद याम या ऋतुको अन्त्यसँग सम्बन्धित थियो भने गर्मी भेगीय मुलुकमा ऋतुको बदलामा चन्द्रमा समय गणनाको आधारभूत तत्व बनेको पाइन्छ। “दिन गणनाका लागि चन्द्रमाको सृष्टि भएको हो” भन्ने जुहरूको पुरानो किताबमा लेखिएबाट पनि पछिल्लो कुरालाई थप पुट दिन्छ।
    भनिन्छ, पात्रो सांस्कृतिक संविधान हो जसको अभावमा समाज एककदम पनि अगाडि बढ्न सक्दैन। यसर्थ पात्रो बनाउनु भनेको समाजलाई सहज रुपमा डोर्‍याउने स्वभाविक यत्न हो।
    पात्रो तथा संवत्का आधारहरू
    संसारमा चलनमा रहेका संवत्हरूको गणनाको मूल आधार दुई वटा देखिन्छन्; चन्द्रमाको गति र सूर्यको गति। यी दुईको संयुक्त रुपको आधारमा पनि पात्रो निर्माण भएको देखिन्छ जसलाई चान्द्र–सौर्य पात्रो भनिन्छ जसको मूल आधार ऋतु हो भन्ने कुरा परिभाषामा पाइन्छ। चन्द्रमाको गतिको आधारमा चलेका संवत्हरूलाई चान्द्र पात्रो ९गिलबच अबभिलमबच० र सूर्यको गतिको आधारमा चलेका संवत्हरूलाई सौर्य पात्रो (solar calendar) भनिन्छ। चान्द्र पात्रो तिथिमा आधारित हुन्छ भने सौर्य पात्रो गतेमा आधारित हुन्छ। गतेको मूल आधार सूर्य ग्रहहरूमा क्रमैसँग सङ्क्रमण हुने आधारमा निर्धारण हुने गर्दछ। इजिप्टका क्लाउडियस टोलेमी(Claudius Ptolemy)ले २०० बी.सी. अर्थात् आजभन्दा २२ सय वर्षजति अघि राशीहरू पत्ता लगाए अनि जनावर र मिथकीय पात्रहरूको नामको आधारमा तिनको नामाकरण(Illustrated Science Encyclopedia 2010: 132, 133, 174)गरेको मानिन्छ। यसको आधारमा सौर्य पात्रो या गतेमा आधारित पात्रो प्रणाली कान्छो र तिथि वा चान्द्रमा आधारित पात्रो पुरानो मानिन्छ।
    तर चान्द्र वर्षमा पनि दुई प्रकारको गणना पाइन्छ। भारतीय कालचक्रतन्त्रमा आधारित तिब्बती कार्ची पात्रोमा ३६० दिनको एक चान्द्रवर्ष मानिन्छ भने चिनियाँ पात्रो र हिजरी पात्रोमा ३५४ दिनको एक वर्ष मानिन्छ। ३६० दिनको पात्रो अनुसरण गर्नेको नयाँ वर्ष फागुन शुक्लपक्ष परेवाका दिन र ३५४ दिनको पात्रो मान्नेहरूको नयाँ वर्ष माघ शुक्लपक्ष प्रतिपदाको दिन पर्दछ जसलाई वसन्त उत्सवको रुपमा मनाइन्छ (तामाङ,२०१२)।
  • Tanka Wanem प्राचीन कालमा पात्रो (संवत्) को प्रचलन प्टवासीहरूले हरेक महिना ३० दिन हुने र १२ महिनाको एक वर्ष कायम हुने पात्रो चलाएको पाइन्छ। यसको आधारमा ३६० दिनको एक वर्ष हुन आउँथ्यो। यो सौर्य गतिमा आधारित पात्रो थियो। पछि आएर ४,००० बी.सी.मा उनीहरूले ५ दिन थपेर ३६५ दिनको एक वर्ष बनाए। यसबाहेक इजिप्टबासीले २९ १/२ (२९ दिन र आधा दिन) दिनको चान्द्र धार्मिक पात्रो पनि प्रयोग गर्दथे। यो कृषि चक्रमा आधारित थियो।
    तर रोमनहरूले जोडा दिनहरू अशुभ हुन्छन् भन्ने अन्धविश्वास राख्थे र उनीहरूले उक्त ३० दिने महिनाहरूलाई २९ र ३१ दिने बनाए भने फेब्रुअरी एउटालाई २८ दिने बनाए। यसपछि उनीहरूको ३५५ दिनको वर्ष हुन गयो। यसको साथमा मर्सिडोनियस नामको २२ वा २३ दिनको थप महिना पनि बनाए जुन हरेक दोस्रो वर्षमा जोडिने गरिन्थ्यो। यस प्रकारको समस्यालाई समाधान गर्नका लागि जुलियस सिजर(Julius Caesar)ले राजआज्ञा पत्र (imperial decree) जारी गरी ऋतुको आधारमा सौर्य पात्रो बनाउन लगाए जसअनुसार ३६५ दिन ६ घण्टाको एक वर्ष हुन गयो। यस प्रकारको सुधारपछि पनि सूर्यको वास्तविक गतिभन्दा यो पात्रोको सौर्य वर्ष ११ १/२ मिनेटले लामो हुन गयो। यस काल गणनालाई जुलियन क्यालेन्डर वा पात्रो भनियो।
    जर्मन खगोलविज्ञ रेजियोमोन्टानस(Regiomontanus) को सहयोगमा पोप सिस्टस चौथा(Pope Sixtus IV) ले पूरा गर्न नसकेको यही जुलियन क्यालेन्डरको सुधार कार्य पूरा गर्नका लागि फादर क्रिस्टोफर क्लाभियले सम्पूर्ण गणितीय र खगोलशास्त्रीय काम गरे। त्यसपछि तिनै फादर क्रिस्टोफरको सल्लाह अनुसार पोप ग्रिगोरी तेह्रौँ(Pope Gregory XIII)ले आदेश जारी गरेः १५८२ अक्टोबर ४ बिहीबार जुलियन क्यालेन्डरको अन्तिम दिन हुने छ र अर्को दिन अर्थात् अक्टोबर ५ शुक्रबार हुने छ। यस अनुसार हरेक शताब्दी पूरा नहुन्जेल प्रत्येक चार वर्षमा मलमास(Leap year)हुने भयो। यसपछि पहिला जुलियन क्यालेन्डर भनिएको संवत्लाई ग्रिगोरियन क्यालेन्डर भन्न थालियो। यस क्यालेन्डरलाई १५८२ मा क्याथोलिक मुलुकहरू इटली, पोर्जुगल, स्पेन, बेल्जियम, हल्यान्ड र पोल्यान्डले स्वीकार गरे पनि बाँकी मुलुकले पछि मात्रै स्वीकार गर्दै गए। १५८४ मा क्याथोलिक जर्मन र स्वीसले १५८७ मा हङ्गेरीले १७०० मा प्रोटेस्टेन्ट जर्मन,स्वीस, डच राज्यहरू, डेनमार्क, नर्वे १७५२ बेलायत र यसका उपनिवेशरुले; १८७३ मा जापानले १८७५ मा इजिप्टले १९१८ मा रुसले; १९२४ मा ग्रीसले १९२६ मा टर्कीले र १९४९ मा चीनले स्वीकार गरी चलाएको इतिहास पाइन्छ।
  • Tanka Wanem केही मुलुकका संवत्हरू र तिनका महिनाहरू
    मुस्लिम मुलुकहरूमा हिजरी संवत् प्रचलनमा रहेको पाइन्छ। हिजरी संवत्का महिनाहरूमा पहिलो महिना मोहररम,सफर,रबिउल अब्बल,रबिउस्सानी,मजादिल अब्बल, मजादिलस्सानि, रजब, शाबान, रमजान, शब्वाल, जिकादा र जिल्हिज्जा हुन भने यी सबै महिनाहरू २९ वा ३० दिनका हुने गर्दछन्। भारतमा शक संवत्लाई राष्ट्रिय संवत्को रुपमा मानिन्छ। चान्द्र तथा सौर्य वर्षमा आधारित शक संवत्लाई भारतीय सरकारले सन् १९५७ मा राष्ट्रिय संवत्को मान्यता दिएको थियो। यो संवत्का महिनाका नामहरू र दिन सङ्ख्यामा चैत्र ३० दिन, वैशाख ३१ दिन, ज्येष्ठ ३१ दिन, आषाढ ३१ दिन, श्रावन ३१ दिन, भाद्र ३१ दिन, आश्विन ३० दिन, कार्तिक ३० दिन, अग्रहायन ३० दिन, पौष ३० दिन, माघ ३० दिन र फाल्गुन ३० दिनका रहेका छन्। यसरी नै सबैभन्दा पुरानो जेविस पात्रो (Jewish calendar) का महिनाहरूमा निसान (मार्च–अप्रिल, यही क्रमअनुसार ईस्वी संवत्का महिनाहरू पर्न जान्छन्) ३० दिन, लियार २९ दिन, सिवान ३० दिन, तामुज २९ दिन, एइभ ३० दिन, तिस्री ३० दिनका महिना हुन्। यसका साथै क्रमशः हेस्वान, किस्लेभ, टेभट, सेभट, अदार २९ र ३० दिनका महिना हुन भने अन्तिम महिना आदरशेनी पनि २९ दिनको हुन्छ। जसहाङ मादेनकृत येले संवत्को पात्रोमा उल्लेख भएका महिनाहरू कःक्फे;क्वा, साप्फे;क्वा, चेरेंनाम्,थेरेङ्नाम, काप्मे;प्पा, थक्मेःप्पा,सिसेःक्पा,थेसेःक्पा,सिसेःक्रो,थेसेःक्रो,सेन्छेङ्ला र सिसेःक्ला रहेका छन्।
    विश्वमा चलेका केही पुराना संवत्हरूको वर्तमान उमेर
    संसारमा प्रचलनमा रहेका संवत्हरूमध्ये चान्द्र तथा सौर्य दुवै प्रणालीमा आधारित जेविस संवत्(Jewish calendar) को वर्ष गणना सन् २०११ मा ५७७१–५७७२ थियो भने सन् २०१३ मा यो ५७७३–५७७४ हुन आउँछ। यसरी नै चन्द्रमा वर्षमा आधारित चिनिया संवत् सन् २०११ मा ४७०८–४७०९ थियो भने सन् २०१३ मा यो ४७१०–४७११ हुन आउँछ। यसरी नै आदि कोरियाली राष्ट्र निर्माता ताङ्गुन (२,३३३ बी.सी.) (ल्यु, २००६;६) को आधारमा कोरियाली संवत् सन् २०१३ मा ४३४६ तथा किरात येले संवत् ३७९२ हुन आउँछ। बुद्ध संवत् सन् २०१३ मा २५५६–२५५७ हुन्छ भने सौर्य र चन्द्र वर्षमा आधारित भारतीय राष्ट्रिय संवत् मानिएको शक संवत् सन् २०१३ मा १९३४–१९३५ हुन आउँछ। यसरी नै यही सन् २०१३ सालमा विक्रम संवत् २०६९–२०७०, हिजरी संवत् १४३३–१४३४ हुन आउँछ। माया पात्रो आनुसार सन् २०१३ मा ५,१२५ (ब्रुस The Long and Short of the Mayan Calendar लेखमा उल्लेख गरेको आधारमा)(- httpwww.onereed.comarticlesMayan_Calendar_TMA.pdf_ वर्ष हुन आउँछ। यो गणना माया क्लेन्डर अनुसार एउटा पूर्ण गणनावृत्तको अन्त्य हो। यो पात्रोको अन्त्यसँगै संसार पनि अन्त्य हुन्छ भन्ने विश्वासका कारण २१ डिसेम्बर २०१२ मा पृथ्वीको अन्त्य हुन्छ भन्ने हङ्गामाले ठूलै रुप लिएको विदितै छ।
  • Tanka Wanem किरात् येले संवत्को पात्रोको आधार चन्द्र वर्ष
    किरातीहरूको ठूला चाडहरू उधौली तथा उभौली पूर्णिमाको आधारमा मानिँदै आएको छ। यसरी नै बलिहाङ चाड पनि औँसी अर्थात् तिथिमा आधारित छ। यी परम्पराहरूले किरात येले संवत् चन्द्र वर्षमा आधारित हो भन्न सकिन्छ भने सामान्यत यो संवत् चन्द्र वर्षमा आधारित संव्त (द काठ्मान्डू पोस्ट, नोभेम्बर १५ र १७, २०६७) रहेको विश्वास जनमानसमा रहेको छ। टोलेमीले राशीहरू पत्ता लगाएपछि र सौर्य वर्षमा आधारित क्रिस्चियन संवत् विश्वमा हावी भएपछि र दक्षिण एसियामा विक्रम संवत् तथा शक संवत् प्रवाही भएपछि गतेमा आधारित पात्रोमा नेपालीहरू अभ्यस्त हुने क्रममा किरातीहरू अछुतो रहने कुरै भएन। यसउसले पछिल्ला किराती पुस्ताले चन्द्र वर्ष या तिथिको आधारमा पात्रो चलाउन नै बिर्सिए। यसो भए पनि किराती समुदायमा रहेको कृषि कर्ममा आधारित व्यहारहरूलाई हृदयङ्गम गर्दा माघ शुक्लपक्ष प्रतिपदादेखि परापूर्वकालबाट धुरपूजा भनेर मनाइने यक्वा पूजा वा उभौली पर्व अर्थात् चण्डी पूर्णिमासम्मको समयको लहरमा किरातीहरूको नयाँ वर्ष आरम्भ हुने दिन यतै कतै पर्ने गरेको हुनुपर्छ। जसहाङ मादेनकृत येले संवत् पात्रोमा साप वर्षको याक्थुङ पञ्चाङ्ग (असेक तङ्बेलेन् याक्थुङ येनलन्) ले पनि यही कुरालाई प्रमाणित गर्दछ। अथवा पछिल्लो समयका अपनाइएको सौर्य पात्रोमा आधारित व्यवहार र परापूर्व कालमा प्रयोग गरिएको चन्द्र पात्रोको समिश्रणको बाटो पनि सहज हुने हो कि? यही कुरालाई मध्यनजरमा राखेर छलफलका लागि प्रस्तावित किरात येले संवत्को पात्रो चान्द्र–सौर्य आधारमा निर्माण गर्न लागिएको माथि नै उल्लेख गरिएको छ।
    छलफलका लागि प्रस्तावित पात्रो निर्माणका लागि अङ्गिकार गरिएका कुराहरू
    किरात येले संवत्को व्यहारिक पात्रो निर्माण र प्रयोगका लागि किरातजन्य संस्थाले केही आधारभूतकामहरू सामूहिक र औपचारिक रुपमा गर्नु वाञ्छनीय छ। यसो भए पनि यलम्बर फाउन्डेसनको निर्णय अनुसार नेपाल पञ्चाङ्ग–पत्र निर्माण,व्यवस्थापन तथा प्रकाशन समिति मार्फत् निम्न अनुसारका बुँदाहरुको आधारमा प्रस्तावित पात्रो निर्माण गर्न लागिएको छः
    (क) किरात येले संवत्को कालगणना ३७९२ (साविकको ५०७३)।
    (ख) चान्द्र–सौर्य पात्रोको आधारमा येले संवत्को पात्रो निर्माण गर्ने।
    (ग) किरात येले संवत्को नयाँ वर्ष आरम्भको दिन माघशुक्ल प्रतिपदालाई मान्ने।
    (घ) किरात येले संवत्को समयको आधार विन्दु पाटनको पटुकोढोँलाई मान्ने।
    (ङ) सुरुमा संस्कृत वा खस पदावलीहरुलाई उपयोग गरे पनि किरातभाषाहरूको तिथि, महिना, बार आदि अनुसूचीमा राख्ने र क्रमशः सम्बन्धित भाषामा पूर्णता दिँदै जाने/सम्भव भएमा साझा पदावली खोज्ने।
    (च) सबै किराती समुदायबाट प्रतिनिधित्व हुने गरी अविछिन्न रुपमा कार्य गर्ने गरी किरात ज्योतिष सङ्घको आरम्भ तत्काललाई यलम्बर फाउन्डेसनको एउटा इकाईबाट गर्ने आदि।
  • Tanka Wanem टुङ्ग्याउनी
    किरात येले संवत्को पात्रो प्रयोगका लागि किरात जातिहरू आतुर छन् तर तिनका अगुवा संस्था वा व्यक्तिहरू यसप्रति या त अनभिज्ञ छन् कि त असमर्थ वा अकमर्णय छन्। तर अब कुनै बहानाबाजीले काम गर्ने अवस्था छैन। यससम्बन्धी केही प्राज्ञिक कार्यहरू नभएका होइनन्। किरातजन्य संस्थाहरू यसप्रति उपेक्षा भावमा रहेको देखिन्छन्। अबको विकल्प अध्ययन क्रममा पत्ता लागेका सत्यतथ्य स्वीकार गरी समाजलाई गुमराहमा राखिनु हुन्न कि त उनीहरूले त्यसलाई तथ्यगत आधारमा चुनौती दिन सक्नुपर्छ र विकल्पको बाटो खुला गर्नुपर्छ। समय कसैको बसमा हुन्न। यसर्थ समयले सुम्पेको कर्तव्यको बोध गर्नु, जिम्मेवारी बहन गर्नु र क्रमैसँग काम गर्दै जानुमा हामी सबैको कर्मनिष्ठ समीचीनता निहीत छ भन्नु सुशोभनीय नै हुन्छ। यही दायित्वबोधका साथ तत्कालका लागि यलम्बर फाउन्डेसनको तर्फबाट किरात येले संवत्को छलफलका लागि प्रस्तावित पात्रो निर्माण गरी अगाडि बढ्नु सबैभन्दा उत्तम विकल्प हुनेछ।

    End Note
    *मञ्जुल याक्थुम्बा, किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी नियाल्दा, किरात येले संवत् अभिलेख (२०१०) पृ.९७।
    थप जानकारीका लागि पढ्नुपर्ने सामग्री
    किरात येले संवत् अभिलेख। सन् २०१०। प्रकाशकः किरात येले संवत् अध्ययन समन्वय समिति।
    पर्वसुधारका आधारहरु। वि.सं. २०६८। प्रकाशकः नेपाल सरकार, सङ्घीय मामला, संविधानसभा, संस्दीय व्यवस्था तथा संस्कृति मन्त्रालय, पर्वसुधार राष्ट्रिय कार्यान्वयन समिति, नेपाल।
    प्राचीन तत्वीय संवत् ल्होकोर च्युङ्नी। सन् २०१२। लेखकः अजितमान तामाङ।

    सन्दर्भ सामग्रीहरु
    खम्बु, बलिराज र अन्य (संपादक)। २०१०। किरात येले संवत् अभिलेख (किरात येले अन्तर्राष्ट्रिय विशेष विचारगोष्ठी, १४–१५, नोभेम्बर, २००९)। प्रकाशकः किरात येले संवत् अध्ययन समवन्वय समिति,अनामनगर,काठमाडौँ, नेपाल।
    कन्दङ्वा, देवी प्रसाद।२०६८। परम्परागत येले संवत् रहोस्। निङवा?सो, स्मारिका, वर्ष ४, अङ्क ४, लिवि मञ्च त्रि.वि. शाखा समिति (सम्पादक भीमा माबो र अन्य)।
    तामाङ, अजितमान। जनवरी २०१२। प्रातीन तत्वीय संवत् ल्होकोर च्युङ्नी (तत्वीय खगोलशास्त्रमा आधारित ल्होछार पर्वको परिचय)। प्रकाशकः रीमठीम नेपाल, काठमाण्डौं

    Illustrate Science Encyclopedia. 2010. Pub. by BPI Worldwide, United Kingdom.
    Lew, Young Ick. 2000. BRIEF HISTORY OF KOREA: A Bird's-EyeView. Pub. by The Korea Society, New York.
    httpwww.hebrew4christians.comHolidaysCalendarCalendarIntro.pdf. Visited on March 22, 2012.
    httpwww.mayanmajix.comMayan 20Calendar 20Comes20North.pdf. Visited on March 25, 2012.
    httpwww.onereed.comarticlesMayan_Calendar_TMA.pdf. Visited on March 25, 2012.
    httpwww.rabten.eudownloadscalendar.pdf. Visited on March 22, 2012.
    httpwww.templesanjose.orgJudaismInfotimeHebrew_Calendar.pdf. Visited on March 22, 2012