Monday, July 2, 2012

विराटनगर कब्जाविसं २००७




विराटनगर कब्जाविसं २००७ मा बैरगनिया सम्मेलनले संघर्षको उद्घोष गरेपछि नेपाली कांग्रेसले सशस्त्र संघर्ष सुरु गर्‍यो। १० र ११ असोज गरी दुई दिन चलेको त्यस सम्मेलनले क्रान्ति वा सशस्त्र संघर्ष भनेर किटान भने गरेको थिएन। तर, संघर्षको रूप छनोट गर्ने क्रममा हामीले सशस्त्र क्रान्ति रोज्यौँ। त्यसबेला पार्टी अध्यक्ष मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो। बीपी कोइरालाले 'सशस्त्र क्रान्ति गर्ने हो भने अध्यक्षमा सर्वोच्च अधिकार हुनुपर्छ' भनेर प्रस्ताव राख्दा केआई सिंहहरूले चर्को विरोध गर्नुभयो। तर, अन्ततः सुपि्रम कमान्डर मातृकाप्रसाद कोइरालाकै नेतृत्वमा नेपाली कांग्रेस क्रान्तिमा होमियो।


राजा त्रिभुवनलाई हाम्रो पकड भएका पाल्पा र विराटनगरमध्ये कुनै एक स्थानमा सुरक्षितसाथ पुर्‍याउने भन्ने हाम्रो अभियान सफल हुन सकेन। अनि, राजा त्रिभुवन १० कात्तिकका दिन भारततर्फ लागेपछि यहाँ क्रान्तिको विगुल नै फुकियो। सञ्चार सुविधाको अभावले तत्काल सूचना आदान-प्रदान गर्न हामी असमर्थ थियौँ। त्यसैले देशव्यापी रूपमा एकैपटक सशस्त्र क्रान्ति सुरु गर्ने हाम्रो अभियान सफल हुन सकेन। तोकिएको मितिअगावै वीरगन्जमा सशस्त्र क्रान्ति सुरु भयो। त्यसपछि राणाहरूले देशव्यापी रूपमा दमन अभियान तीव्र पारे।

२७ कात्तिक ००७ को कुरा हो। विराटनगरका बडाहाकिम उत्तमविक्रम राणालाई हामीले धेरै सम्झायौँ। व्यक्तिगत रूपमा मैले उनलाई 'पाल्पाका बडाहाकिमले जसरी तिमीले पनि आत्मसमर्पण गर' भनेर पनि सम्झाएँ। तर, उनले मानेनन्। उनका छोरा र मैले वनारस हिन्दु विश्वविद्यालयमा सँगै पढेकाले छोरामार्फत पनि मैले उनलाई सम्झाउने प्रयास गरेँ। तर, केही लागेन। त्यसपछि मैले भनेँ, "त्यसो भए एक्सन गर्नैपर्छ।"

गोस्वारा, जसलाई हामीले सबैभन्दा पहिले कब्जामा लिएर आफ्नो आश्रयस्थल बनाउने र त्यहाँबाट अन्यत्र धावा बोल्ने भन्ने योजना बनाएका थियौँ, त्यसलाई उनीहरूले चारैतिरबाट घेरा हाले र आफ्नो पल्टन रहेको ब्यारेकलाई पनि चारैतिरबाट घेरेर राखे। त्यसपछि हामीले निसाना फेर्‍यौँ र राती अन्धकारमा माल अड्डा, बन्दीगृहजस्ता स्थानमा धावा बोल्यौँ। जेलका कैदी र राजबन्दीहरूको भागाभाग भयो। त्यत्तिकैमा हामी माल अड्डामा रहेको थाहा पाई हामीमाथि गोस्वारापट्टबिाट फायरङि् भयो, हामीले पनि फायरङि् गर्‍यौँ। हाम्रा साथी तुलाराम तामाङको घटनास्थलमै मृत्यु भयो भने बिक्कु बाबु अर्थात् गेहेन्द्रहर िशर्मा -बीपी कोइरालाका सानीआमाका छोरा)को जाँघमा गोली लाग्यो। त्यस घटनापछि हामी केही 'डिस्टर्ब' भयौँ। एक किसिमले असफलजस्तो भएपछि हामी रंगेलीतर्फ लाग्यौँ। रंगेली पुलिस चौकीमा आक्रमण गरी केही हतियार आफ्नो कब्जामा लियौँ। व्यापारी वर्गसँग पनि केही चन्दा उठायौँ।

हामी त्यहाँबाट जंगलैजंगल दुई दिन हिँडेर झापासम्म पुग्यौँ। र, सीधै माल अड्डामा धावा बोल्यौँ। दुर्भाग्य उनीहरूले हामी आउने छनक पाइसकेका रहेछन् र घेरा हालेर बसेका रहेछन्। हामीले फायरङि् खोल्नासाथ दोहोरो फायरिङ् सुरु भइहाल्यो। हाम्रा साथीहरूसँग त सीमित मात्रामा हतियार थिए। एकछिन लड्यौँ तर जब केही सीप लागेन, हाम्रा मान्छे पछि हट्न थालेछन्। म ट्रेन्चमा थिएँ, साथीहरू पछि हटेको थाहा नै भएन। मेरो दायाँबायाँ दुई जना थिए। एक जना टाउको उठाउँदै थिए, 'टाउको नउठाऊ' भन्न के भ्याएको थिएँ गोली लागेर त्यहीँ ढलिहाले। बायाँतर्फका व्यक्ति पेटमा गोली लागेर छटपटाइरहेका थिए। केहीछिनपछि उनी पनि मरे।

फायरङि् कम हुन थाल्यो। हाम्रातर्फबाट फायरङि् बन्द भएकाले एक 'जम्प' लिएँ भने अवश्य बाँच्न सक्छु होला भन्ने लागेर कोट फुकाली आफूसँग भएका कागजपत्र खाल्टो खनेर पुरेँ र 'जम्प' गरेँ। दुस्मनहरू सुइँको पाएर चिच्याए, त्यत्तिकैमा म अर्कोतर्फ 'जम्प' गरेँ। 'कर्लिङ्' अर्थात् गोही हिँडेजस्तै गरी अघि बढेँ। उनीहरूलाई पनि हाम्रा मान्छे कतै लुकेर बसेका छन् कि भन्ने भ्रम परेछ र दौडेर मेरो पछि आएनन्। तर, गोली भने चलाए। गोली मेरा खुट्टानजिकैबाट गए। उठेर भाग्न खोजेको थिएँ, फेर िगोली चलाइहाले। मैले फेर िपूर्ववत् 'कर्लिङ्'बाट अघि बढ्ने कोसिस गरेँ। उनीहरूलाई लागेछ, अब मर्‍यो। त्यसपछि उनीहरूले गोली चलाउन छोडे। अलिक पर पुगेपछि म उठेर हिँड्न थालेँ। त्यत्तिकैमा एक जना मान्छेले साथीहरू भारतीय सीमातिर गएको बताए। साथीहरूले मेरो दायाँबायाँका मानिस गोली लागेर चिच्चाएको सुनेकाले म पनि मरेँ भन्ठानेछन्।

त्यसबेला हाम्रो हेडक्वार्टर पटनामा थियो। त्यहाँ सम्पर्क गर्दा सबै घाइतेलाई त्यहीँ ल्याउन र क्रान्तिमा होमिएका सबैलाई बोलावट भयो। हामीसँग भएका सबै हतियार बोर्डरनजिकैको खोलाको किनारमा खाल्टो खनेर पुर्‍यौँ र हामी सबै पटनातर्फ लाग्यौँ।

हेडक्वार्टरमा भएको छलफल तालिमप्राप्त सैनिक नै आवश्यक पर्छ भन्ने निष्कर्षमा पुगेपछि भूतपूर्व सैनिक र आजाद हिन्द फौजका मानिसहरू, जो वीरगन्ज र ठोरीमा क्रियाशील थिए, तिनीहरूमध्येकै केहीलाई लिएर विराटनगरमा पुनः धावा बोल्ने निर्णय भयो। हामी फेर िपटना हेडक्वार्टरबाट विराटनगरका लागि 'मुभ' भयौँ।

मिलिटरी कमान्ड ज्ञानबहादुर याक्थुम्बाको नेतृत्वमा थियो भने राजनीतिक नेतृत्व केशवप्रसाद कोइराला र मेरो मातहत थियो। त्यसबेला हामीले विराटनगरमा समानान्तर सरकार पनि चलाएका थियौँ, जसको मिलिटरी गभर्नर कोइराला थिए भने गृहमन्त्री म स्वयं थिएँ। सैनिक तालिम प्राप्त व्यक्तिको सहयोग भएपछि विराटनगरको बाहिरी भाग कब्जा गर्न हामीलाई धेरै माथापच्ची गररिहनुपरेन। तर, मुख्य भाग गोस्वारा भने उनीहरूको घेराबन्दीमा थियो।

२५ मंसिरको राती जुटमिलको ट्रयाक्टरलाई हामीले ट्यांकका रूपमा प्रयोग गर्‍यौँ। त्यसैको सहयोगले बडाहाकिमको कम्पाउन्डको पर्खाल तोड्ने काम भयो। बडाहाकिमको क्याम्पलाई चारैतिरबाट मुक्तिसेनाका जवानले घेरेर राखे। घेरा हालेको तेस्रो दिनको कुरा हो, आत्मसमर्पणको कुरा आयो भनी हाम्रोतर्फबाट भित्र पस्न खोज्दा भित्रबाट एकाएक फायर हुन थाल्यो। त्यसपछि हामी पनि सतर्क भयौँ। त्यस विश्वासघाती कदमपछि करबि ११ दिनसम्म हामीले बडाहाकिमलाई उनकै निवासमा घेरेर राख्यौँ।

८ पुसका दिन बडाहाकिमको निवासमा सेतो झन्डा फहराइयो। त्यसपछि याक्थुम्बाको नेतृत्वको सैनिक टोली बडो बेगका साथ भित्र पस्यो। सेतो झन्डा देखाएपछि त तिनीहरूको संरक्षण गर्नुपथ्र्यो तर हाम्रा साथीहरू रसिले यति चूर भएका थिए कि कसले सम्झाउने? सम्झाएको कसले मान्ने? बडाहाकिमका कान्छा छोरा सुदर्शनविक्रम उत्तरतिर भाग्दै गर्दा गोलीको सिकार भए भने अर्का छोरा गोली लागेर छट्पटिरहे। मानिसहरू उनलाई कुल्चेर माथि चढिरहेका थिए। बीपी कोइराला अगाडि नै हुनुहुन्थ्यो, उहाँले आदेश दिनुभयो, "यसलाई फस्र्ट-एड -प्राथमिक उपचार) गर।" उनको उपचार त्यहाँको मेडिकल क्याम्पमा सम्भव नभएपछि बीपीले नै उनलाई विमान मगाई पटनासम्म पुर्‍याएर उपचारको प्रबन्ध मिलाइदिनुभयो। बीपी नभएका भए बडाहाकिम र उनको परविार त्यहाँ एकैचिहान हुन्थ्यो। बीपीले नै उनीहरूलाई युद्धबन्दीको व्यवहार गर्दै क्याम्पमा राखिदिनुभयो।

त्यस रात म बडाहाकिमको त्यस क्याम्पमा बसेँ। क्याम्पभित्र गोलीगाँठासम्म आउने गरी रगतको आहाल जमेको थियो। त्यो दृश्य अहिले पनि म बरोबर सम्भिmन्छु ।

No comments:

Post a Comment