Tuesday, December 11, 2012

[खबरदार कुहिएको घिउ को चिल्लो लाग्ला...... नव घोषित "संघीय समाजबादी" पार्टीलाई.....]

=======================
           नयाँ घोषणा गरिएको संघीय समाजबादी पार्टी आज नेपालको समय सापेक्ष आदिबासी-मुलबासी जनजाती को माग लाई प्रतिनिधित्व गर्ने उत्तम पार्टी आएको छ या उदाएको छ,यो हामी आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको निम्ति गर्वको कुरा हो र यो पार्टीलाई हामीले तनमनले समर्थन गर्नु हामी 240 वर्ष भन्दा ज्यादा एक्कल सामन्ती बाहुनबादी द्वारा दमनपूर्ण थिचिएका-मिचिएका शोषित पिडित आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको पहिलो कर्तब्य हो।
         आजको यो घडीमा हरेक आदिबासी-मुलबासी जनजाती असमान नेपालीका सन्तानले कुनै पनि बाहुनबादले ओतप्रोत एक्कल नीतिको विश्वास गर्दैनन् न त मार्क्स र लेनिन कै मकुण्डोधारी निरि मान्न नै तयार छन,यहाँ भन्ने पर्दा मार्कसिज्म नराम्रो चाहिं होइन र छैन तर हाम्रो नेपाल जस्तो असमान कोणहरुले सृजित देश,समाज यानिकी बहु-धर्म,बहु-संस्कार,संस्कृति,बहु भाषा लिपि भएको देश र समाज को लागि न त साम्यबाद नै उपभोग योग्य छ न त समाजबाद नै ठिक।साम्यबाद र समाजबाद भनेको आज आएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको लागि गिद्धले नखाएको "सिनु"साबित भएको कुरा सर्वविदित नै छ।
         नेपालमा कम्युनिज्म संस्थापन भएको आठ दशक बिती सक्दा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले खोइ के पाए?हकहित र मुक्ति को नाममा आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले ज्यान गुमाए,उदाहरण को निम्ति नाम नै लिनु परे हाम्रै महान सहिद रत्न कुमार बान्तवाको लिए काफी होला जसलाई देउमाईको किनारमा सिवाँलिको बुट्टामा  गोलि हानेर निर्मम हत्या गरियो राज्य सत्ताका पाल्तु कुकुरहरु द्वारा,यहि क्रमहरुमा मार्क्स र लेनिनका पादरीहरु या दासिहरुले विभिन्न खाले संघर्ष नगरेको भने होइन,आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले डटेर संघर्ष लडी रहे, बेफिक्रिमा ज्यान गुमाई रहे तर बाहुन बुद्धिजिबी भनाउंदा केपी,झाले,माकुने,Rk,cp जस्ता विभिन्न काइतेहरुले भने पारि बाट हेरी रहे, राज्य सत्ता बाट नै संरक्षण गरिए,संघर्षको विभिन्न उत्तरचढावहरुमा आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले डटेर लडी रहे भने बाहुन कुसुण्डा विद्वानहरु भागेर बानारस र दिल्ली पुगे संघर्षमा सयौं रत्न कुमार बन्तावाहरुले ज्यान आहुति दिई रहे कुनै लेखा जोखा भएन अन्तत:सत्तामा हालीमुहाली तिनै कुसुण्डा विद्वानहरु कै भो।
        कालान्तरमा आएर त्यो साम्यबाद र समाजबाद त कश्तुरिको विन्दा जस्तै बाहुनबादको ठाँडो हिन्दु बर्स्वस्वको बिन्दा पो साबित भो,आठ दशक लामो अन्तराल भनेको एक सताब्दीको हाराहरि हो यतिको लामो अन्तरालमा साम्यबाद र समाजबादले आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितलाई कुन मुक्ति दिएकोछ?आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले पहिचान को मुद्धा अघि बढाई आवाज उठाउन्दैमा संबिधान सभा नै तुहाये तर अहिले आएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको टड्कारो सम्बोधन गर्न नव घोषित "संघीय समाजबादी"पार्टी आएको छ या उदाएको छ यो पार्टी पनि अन्त्यमा एक्कल सामन्ती बाहुनबादी हिन्दु बर्च्वस्व मै समाहित नहोला भन्न सकिन्न, किनकी पार्टी त्यागेर बाहिरिए पछी साम्यबाद र समाजबादको च्याँखे थापेर आपसी अशन्तुष्टी र असहमति हुनु र मेरो गोरुको बाह्रै टक्का भनि रहनु को औचित्य हुन्छ आदिबासी-मुलबासी जनजाती असमान नेपालीको प्रतिनिधित्व गर्ने नाटकको मध्यान्तर नै नभई आफ्नो-आफ्नो बर्च्वस्वको बिज्ञापन गर्नु हो,यहाँ निर भन्नु पर्दा आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्तिको लागि न त साम्यबादको आबस्यकता छ न त समाजबाद कै आबस्यकता छ।मात्र कुर्सिको लालची गिद्धे दृष्टिमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीलाई कैद गर्ने दुष्प्रयास हो।यहाँ यी साम्यबादी र समाजबादी  मार्क्स-लेनिनका पादरीहरु,दासीहरु दासत्व बिना अछुत रहेर राजनैतिक पृष्ठभूमि सिर्जना गर्ने सक्दैनन् या गर्ने चाहंदैनन् भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई प्रष्ट हुनु जरुरीछ।
           यी पादरिहरुले यदि साच्चैको आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्ति नै चाहेका हुन् भने र प्रतिनिधित्व नै गर्ने हुन् भने लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान भनेर सम्बोधन गर्न किन हिचकिचाउन्छन् ?किन चाहिं कन्जुस्याई गरिराछन् हाम्रा उच्च साम्यबादी र समाजबादी पादरीहरु? लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान भनेर सम्बोधन गर्दैमा साम्यबाद र समाजबाद कै अपमान ठान्ने पादरी दासीहरु "संघीय समाजबादी"पार्टीको लगाम समाएर  आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितको हकहित र मुक्ति र प्रतिनिधित्वको नाटक गरेर एक्कल सामन्ती बाहुनबादीहरु कै असली दासी नहोलान भन्न्भंने ठाउँ पनि अत्यन्तै साँघुरो छ।
            साम्यबाद र समाजबादले लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान को सम्बोधन न त यो भन्दा अगाडी को 60/80 बर्ष मा गर्र्याथ्यो न त आउने दिन मै गर्न खोजिराछन् यो कुरा लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान प्रेमीले र आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितले बुझ्न अत्यन्तै जरुरि छ, संघिय समाजबादी पार्टीले यदि आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडित कै प्रतिनिधित्व गर्ने हो भने खमुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसान गएर आदिबासी, जनजाति, मुलबासीको अधिकारको लागि क्रान्तिको थालनी गर्नु पर्यो,लिम्बुवानको शान्तिपूर्ण ऐतिहासिक क्रान्ति जस्तै खमुवान, तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मैथिल, खसानमा पनि शान्तिपूर्ण क्रान्तिको बिगुल फुक्नुस,कि यसो गर्न साम्यबाद र समाजबादको अपमान हुन्छ?अगर हुन्छ भने तपाई साम्यबादी अनि समाजबादी दासिहरुको  आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई आबस्यकता छैन।
        यो नव घोषित "संघीय समाजबादी"पार्टीको नेतृत्व गर्नलाई र आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको प्रतिनिधित्व गर्नलाई किन साम्यबाद र समाजबाद नै चाहियो र? आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको नाममा साम्यबाद र समाजबादको लुछाछुन्दी मन्त्र जपिरहनु भनेको नै बाहुनबादको मरिसक्या जरामा मध्यरातमा सुटुक्कै मलपानी लगाउनु हो,यो एकात्मक बाहुनबादलाइ यथाजिबित राख्न नै साम्यबाद र समाजबादको अन्तर्नाद भैरहेको छ भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले बुझिसकेका छन।
          हाम्रा अग्रज बुद्धिजिबी,विद्वान,नेताहरु किन आफैं मार्क्स-लेनिन या माओत्से तुङ् भएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्ति प्रतिनिधित्व हुने गरि कुनै एउटा "सिद्धान्त"को प्रतिस्थापन गर्न तम्सिन्दैनन् ? किनकि साम्यबाद र समाजबादको अपबादमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको नेतृत्व गर्ने सिद्धान्तको प्रतिस्थापन गर्नु भनेको नै बहुन्बद्को अन्त्य हो,बहुन्बद्को अन्त्य भयो भने देश सुध्रन्छ,देशमा विकास हुन्छ,देशले विकासक्रममा छलाङ्ग मारिसके पछी बुझेर या बुझ पचाएर गनिएका पादरिहरुको झोले राजनीति पनि साँढे गोरु कै हुन्छ भन्ने डरले ग्रसित छन दासिहरु,यो नै मान्न सकिन्छ सत्य कुरा,,,,,,वर्तमान परिपेक्षकोको रंग मंचलाई छेरेर,छादेर पादरिहरुको निर्लज्जताको बिश्कुन अनुसार।
          आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले यस्ता[कको चेष्टा बको ध्यानम्: स्वाँन निन्द्रा तथै वच:]को मन्त्र जप्ने पादरिहरुलाई चिन्न र समय मै बुझ्न आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको निम्ति अर्को महत्वपूर्ण बिषय हो।  

         
          











   

No comments:

Post a Comment