एउटै डुङ्गामा सवार गर्न नसक्ने नेताहरुले आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको प्रतिनिधित्व गर्लान त?
जर्जर सामन्ती बाहुनबादको चङ्गुल बाट खोसेर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई मुक्ति देलान त?
नव घोषित "संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"विद्वानहरुको कसरत बाहुनबाद भन्दा कति इन्च फरक होला?
"संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"भबिस्यमा एकीकृत हुने सम्भावना कति भित्ता(कुरेत)होला?
"संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"को अन्त्येष्टि काँसीमा हुन सक्ला कि चोमुलुलुङमा,फक्तालुङ को सिरमा हुन सक्ला?
================================================================
आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्तिको लागि न त साम्यबादको आबस्यकता छ न त समाजबाद कै आबस्यकता छ।मात्र कुर्सिको लालची गिद्धे दृष्टिमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीलाई कैद गर्ने दुष्प्रयास हो।यहाँ मैले यो भन्नु को अर्थ हो लिम्बुवान, खम्बुवान,तमासेलिंग,नेवा,मगरात, तमुवान,खसान,मैथिल, थरुहट लाई न त साम्यवादको खाँचो छ न त समाजबाद कै खाँचो छ,,,,लिम्बुवानको लागि साम्यवाद र समाजबादले कुनै माने राख्दैन,लिम्बुवान क्रान्ति र प्राप्ति को निम्ति कुनै मर्क्सिज्मका किताबका ठेली पल्टाउनु पर्दैन, 240 वर्ष सम्मको एकात्मक बाहुनबादी हिन्दु बर्च्व्स्व्को दमनपूर्ण पिंडा द्वारा सिकिएको पाठ मर्क्सिज्मका किताबका ठेली भन्दा हजारौं गुणा महत्वपुर्ण छ,देश र समाजको मुक्ति को लागि साम्यबाद र समाजबाद नै हुनु पर्छ भन्ने मुर्ख पण्डितहरुलाई साम्यबाद र समाजबाद बिना नै लिम्बुवान सिंगापुर-अस्ट्रेलिया बनाएर देखाउने च्यालेन्ज गर्न लिम्बुवानी सन्तानहरु एक जुट हौँ।
नव घोषित "संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"प्रतिको मेरो धारणा,साम्यबादी र समाजबादी मार्क्स-लेनिनका पादरीहरु,दासीहरु दासत्व बिना अछुत रहेर राजनैतिक पृष्ठभूमि सिर्जना गर्नै सक्दैनन् या गर्नै चाहंदैनन् भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई प्रष्ट हुनु जरुरीछ।यी पादरिहरुले यदि साच्चैको आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्ति नै चाहेका हुन् भने र प्रतिनिधित्व नै गर्ने हुन् भने लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा, तमुवान,थरुहट,मगरात,मैथिल, खसान,जडान,शेर्पावान भनेर सम्बोधन गर्न किन हिचकिचाउन्छन् ?किन चाहिं कन्जुस्याई गरिराछन् हाम्रा उच्च साम्यबादी र समाजबादी पादरीहरु? लिम्बुवान,खम्बुवान, तमासेलीङ्ग,नेवा,तमुवान, थरुहट,मैथिल, खसान ,जडान,शेर्पावान भनेर सम्बोधन गर्दैमा साम्यबाद र समाजबाद कै अपमान ठान्ने पादरी दासीहरु "संघीय समाजबादी" र"सामाजिक लोकतान्त्रिक"पार्टीको लगाम समाएर आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितको हकहित र मुक्तिको प्रतिनिधित्वको नाटक गरेर एक्कल सामन्ती बाहुनबादीहरु कै असली दासी नहोलान भन्ने ठाउँ पनि अत्यन्तै साँघुरो छ र यिनीहरु लिम्बुवान, खम्बुवान, तमासेलीङ्ग,नेवा, तमुवान, थरुहट,मगरात,मैथिल, खसान,जडान,शेर्पावानको माग प्रति बुझ पचाउने काम गर्दैनन् भन्ने संका छैन।हाम्रो नेपालका जनजाती उपल्ला नेताहरुले संघियता बिरोधि पार्टी त्यागेर आदिबासी-मुलबासी जनजातीको आँगनमा आउनु भनेको नै साम्यबाद र समाजबाद भनेको हाम्रो जस्तो देशमा अपाङ्ग को भाँचिएको बैसाखी भन्नु नै हो।
नेपालमा कम्युनिज्म संस्थापन भएको आठ दशक बिती सक्दा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुले खोइ के पाए? हकहित र मुक्ति को नाममा आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले ज्यान गुमाए,उदाहरण को निम्ति नाम नै लिनु परे हाम्रै महान सहिद रत्न कुमार बान्तवाको लिए काफी होला जसलाई देउमाईको किनारमा सिवाँलिको बुट्टामा गोलि हानेर निर्मम हत्या गरियो राज्य सत्ताका पाल्तु कुकुरहरु द्वारा,यहि क्रमहरुमा मार्क्स र लेनिनका पादरीहरु या दासिहरुले विभिन्न खाले संघर्ष नगरेको भने होइन,आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले डटेर संघर्ष लडी रहे, बेफिक्रिमा ज्यान गुमाई रहे तर बाहुन बुद्धिजिबी भनाउंदा केपी,झाले,माकुने,Rk,cp जस्ता विभिन्न काइतेहरुले भने पारि बाट हेरी रहे, राज्य सत्ता बाट नै संरक्षण गरिए,संघर्षको विभिन्न उत्तरचढावहरुमा आदिबासी-मुलबासी जनजाती असमान नेपाली विद्वान बुद्धिजिबिहरुले डटेर लडी रहे भने बाहुन कुसुण्डा विद्वानहरु भागेर बानारस र दिल्ली पुगे संघर्षमा सयौं रत्न कुमार बन्तावाहरुले ज्यान आहुति दिई रहे कुनै लेखा जोखा भएन अन्तत:सत्तामा हालीमुहाली तिनै कुसुण्डा विद्वानहरु कै भो।
हाम्रा अग्रज बुद्धिजिबी,विद्वान,नेताहरु किन आफैं मार्क्स-लेनिन या माओत्से तुङ् भएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्ति प्रतिनिधित्व हुने गरि कुनै एउटा "सिद्धान्त"को प्रतिस्थापन गर्न तम्सिन्दैनन् ? किनकि साम्यबाद र समाजबादको अपबादमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरु को हकहित र मुक्तिको नेतृत्व गर्ने सिद्धान्तको प्रतिस्थापन गर्नु भनेको नै बाहुनबादको अन्त्य हो,बाहुनबादको अन्त्य भयो भने देश सुध्रन्छ,देशमा विकास हुन्छ,देशले विकासक्रममा छलाङ्ग मारिसके पछी बुझेर या बुझ पचाएर गनिएका पादरिहरुको झोले राजनीति पनि साँढे गोरु कै हुन्छ भन्ने डरले ग्रसित छन दासिहरु,बाहुनबादी दासत्वको झोलमा पल्केका पादरीहरु,,,,,,,,,,
<,,,,,,,,,दिपेन योङहाङ,,,,,,,,,>
No comments:
Post a Comment