Monday, February 4, 2013

सम्पूर्ण देश, बिदेशमा छरिएर रहेका लिम्बुवानी याक्थुङ् सन्तानहरु

"दिपेन योङहाङ"
सम्पूर्ण देश, बिदेशमा छरिएर रहेका लिम्बुवानी याक्थुङ् सन्तानहरु,
लिम्बुवान प्रेमी,पहिचान प्रेमी,धर्म संस्कार-संस्कृति,रिति रिवाज प्रेमीहरु  चोमुलुङमा,फ़क्ताङ्लुङ्गको ओत-प्रोतमा आफ्नो पहिचानलाई सजिब राख्नु हुने भिज्ञ अनि अनभिज्ञ सबैलाई आसेवारो:- 
हामी कतिपय आफ्नै धर्म,संस्कार संस्कृति,रिति रिवाज भाषा-लिपि ऐतिहासिक पहिचानसँग अपरिचित पनि छौं। धर्म, संस्कार संस्कृति,रिति रिवाज भाषा-लिपि ऐतिहासिक पहिचान बिना हामी अधुरो रहिने रहेछ जानी राख्न अति नै आबस्यक छ र रहेछ भन्ने चेतना लाई उजागर गर्ने चिन्तन हामी सबैमा हुने पर्ने रहेछ। हामी याक्थुङ्बा, सिङ्सेवा किराँतीहरुको युगौं-युग देखि आफ्नै धर्म,संस्कार संस्कृति,रिति रिवाज भाषा-लिपि ऐतिहासिक पहिचान, इतिहासमा मात्र सिमित छैन हाम्रो समाजमा अझै  जीवित छ र यस जीवित हाम्रो धर्म, संस्कार संस्कृति,रिति रिवाज, भाषा-लिपि, ऐतिहासिक पहिचानलाई युग-युग सम्म सजिब राख्न तपाई हाम्रो ठुलो भूमिकाको अनि आफ्नो धर्म,संस्कार संस्कृति,रिति रिवाज भाषा-लिपि ऐतिहासिक पहिचान प्रतिको हाम्रो झुकाव अति आबस्यक छ,आज हाम्रो धर्म,संस्कार संस्कृति,रिति रिवाज भाषा-लिपि ऐतिहासिक पहिचानसंग हामी सचेत रहन सक्नु नै भोलिका हाम्रा सन्ततिलाई हामीले पथ निर्माण गरि दिनु हो,मुन्धुम भनेको कति पय  हामीले ताछई नमिलेको हलो जस्तो मात्र बुझेकाछौं,,,यहाँ यसो पनि भनिएको छ,,,,,,[लिम्बुहरूको भुमिसँगको प्रत्यक्ष सम्बन्ध मध्ये माङ्गेना यक पनि हो। यो माङ्गेना यक प्रत्येक लिम्बु वंश अर्थात थरहरूको आ-आफ्नै हुन्छ। माङ्गेना पुजा गर्दा लिम्बुहरू माङ्गेना यकको पुकार गर्दछन्। यो एउटा जमिनको अग्लो स्थानलार्इ मानिएको हुन्छ। यो यक लिम्बुहरूको शिर जति कै पबित्र मानिन्छ। यसले पनि के बुझिन्छ भने लिम्बुहरूको उत्पति यहि लिम्बुवानमा भएको हो। केहि लिम्बु जातिहरूको माङ्गेना यक यस प्रकार छ।
थर माङ्गेना यक
पालुङ्वा फुन्चेबुङ,हाङ्देवा
मादेन लुङ्वाङ यक,हाङ्देवा
र्इजम च्याङ्थापु,याङ्वरक
योङहाङ पाँचथर याङ्ग्रुप 
वनेम पिरिङदेन,मैवाखोला
थलङ्ग साराजामा,मैवाखोला
र्इङ्नाम यक्कुम्बा,पोमाजोङ यक,आठरार्इ
कन्दंवा वोखिम सोनुकुम्बा यक,आठरार्इ
तुम्वाहाङ्फे पोक्लावाङ्,फेदाप
खेवा ताक्लुङ् यक,छथर
आङ्बुहाङ साङ्गाङ् यक,च्याङ्थापु पान्थर  
[श्रोतःलिम्बुवान राज्यको संक्षिप्त इतिहास र पूनःस्थापना] 
यसै गरि यतिखेर मुन्धुमलाई पनि आ-आफ्नै ढंगले यसरि विश्लेषण गरिएको छ,,,,,,,,,,,,,,,
(स्रोत मुन्धुम "बिरही काइला ") लगभग साडे चार अर्ब वर्षअघि प्रिथ्वीको स्रिष्टी भएको थियो । तेसको करोडौ वर्षपछि बल्ल सुश्म प्राणीको स्रिष्टी हुंदा सम्म मानवको कुनै अस्तित्व थिएन । तर पनि लिम्बुका तुमया, फेया,साया,र येयाले उक्त घटनाक्रमलाई आफ्नै आँखाले देखे सरह चइ:त मुन्धुम अर्थात स्रिष्टीको वर्णन गाउँदै आएका छन । यो क्रम टुटेको छैन । लिम्बुहरु यसैलाई मुन्धुम भन्ने गर्दछन् । मुन्धुम ज्ञान हो । यसर्थ बिना आध्यात्मिक ज्ञान  मुन्धुमलाई बुझ्नु भनेको सुन्तलाको बोक्रा चपाएर फलभित्र भएको रसको स्वाद थाहा पाएँ भन्नु बराबर हो ।
चइ:त मुन्धुममा पोरोक्मीबा यम्फामीबाले मानव बनाउदा प्रयोग गरेका "सीङदुम पंक्वा" अर्थात रुखको टोड्कामा जमेको पानीको तत्व लाहीलाई खरानी अनि "लुङदुम पंक्वा" अर्थात ढुङ्गाको खोपिल्टामा जमेको पानीको तत्व वाहीलाई सुली भनियो । सामको शाब्दिक अर्थ आत्मा हो । माङको शाब्दिक अर्थ ईश्वर हो । यस अर्थमा सामको पनि माङ साम‌ ‌‍‍‍‍‌‌‍+ माङ = साम्माङ सबै आत्माहरुको ईश्वर हो । यिनै ईश्वर अर्थात साम्माङको नाम तागेरा नीङवा फुमाङ हो ।लिम्बुहरु साम अर्थात आत्मालाई मान्दछन। यिनै आत्मावादलाई साम्योइजम भनिएको हो । साम्योइजममा आफू जस्तै प्रकितिमा पनि आत्मा हुन्छ भन्ने विश्वास गरिन्छ ।
"केसामी नु नाम्सामी ढुंगा खोजकर्ताको आँखामा ओझेल
आफ्नै मनोरम कथा र इतिहासमा जंगल भित्र अबस्थित"
 
(स्रोत मुन्धुम "यूकहाङ् युम्बाहाङ्फे")सेवारो केरेक याक्थुम्बामा तेङ्जुम्से!!! पहिला सुरु त हाम्रो मुन्धूमले सधैं भन्ने गर्छ कि:.................>
१। उन्छोन नु उन्छोन इक्सा आङ होप्ते मु, खम्बेक आङ होप्ते मु, तरङ आङ होप्ते मु, ताङ्साङ्ग आङ होप्ते मु।।। जस्को अर्थ हो "उहिले उहिले धर्ती पनि थिएन, माटो-ढुङा पनि थिएन, आकाश-पातल पनि थिएन।।।।यसको  अर्थ सिधै "प्रिथ्वी नै नभएको भन्ने बुझिन्छ"।।। 
२। वरक आङ होप्ते मु, थो हङ्लिङ नेस्से मु, यो हङ्लिङ नेस्से मु।।। जस्को अर्थ हो "पोखरी थिएन, माथि पनि अन्धकार थियो, मुनी पनि अन्धकार थियो"।।। एश हरफले सिधै "घम, जुन, तारा, पोखरी या धर्तीलाई सजाउने ५ किसिमका तत्व केही नभएर अन्धकार मात्रा थियो"।।।
३। हेकेले ग त-त र तागेरा-निङ्वाभु माङरे पोरोकमी थासुमु, याम्फामी थासुमु। पोरोकमी थासुले याम्फामी थासुले इक्सा आङ पोक्से मु, खाम्बेक आङ पोक्से मु, तरङ आङ पोक्से मु, ताङ्साङ आङ पोक्से मु, वरक आङ पोक्से मु।।। जस्को अर्थ हो "अदृश्य अल्पब्यापी भगवान "तागेरा निङ्वाभुमाङ्" ले यो अन्धकारै अन्धकार देखेर चित्त नबुझेको हुनाले २ जना मानबी रुपको भगवान (सृष्टिकर्ता) "पोरक्मी र याम्फामी" लाई जन्म दिएर आकाश, पातल, धर्ती, ढुङ्गा-माटो, पोखरी, हावा सबै बनाएर पृथ्वीलाई जन्म दिए। सबै याक्थुम्बाहरुले बुझ्नु जरुरी पनि छ। मानब उत्पत्ती हुँदा तागेरा-निङ्वाभु माङ्को सुझाब अनुसार पोरक्मी-याम्फामिले पृथ्वीको सब्से जेठो पन्छी कालिज र लुइचे चरामा लुइचेको सुलि र लेखको मालिङ्गो बाशलाई पोलेको खरानीद्वारा  सृस्‍टिकर्ताले मानब बनाएको हो भन्ने कुरा पनि छ, यो सहि हो कि गलत हो त आदङ्बसे??? "सिङ्:धुङ, लुङ्:धुङ खेवा हि" यानी जङ्गली कुखुरा "लुइचेको सुली" र "सिमिक्:ला खापु", "पकमिलो (लेखको मलिङ्गो पोलेको खरानी" भन्ने कुरा पनि गरेका छन सा:बाहरुले।अब तपाईंहरु आँफै भन्नुस के मुन्धुमले गलत बोलेको हो त??? होइन भने किन पन्थीहरुको हिसाब किताबले जोखेको जोखनालाई मुन्धुम भनिदै छ त????? कुरा
स्पस्ट बुझ्दा कुन जेठो र कुन कान्छो भन्ने कुरा त सिधै मुन्धुमको पहिलो हरफले नै बाताइ सकेको छ त।।। मैले त स्रिफ छोट्करिमा मात्र ब्यक्ख्य गरेको हुँ, पुरै लेख्नु अली समय लाग्छ। यदी हामी याक्थुङ्बा हौ या तपाईं यक्थुङ्बा हुँ भनेर गर्ब गर्नु हुन्छ भने हाम्रो मौलिक्ता के हो? त्यस कुरालाई अर्थ्याउनु किन लाज मान्ने??? "याक्थुङ्बा खाम्बोक सा, लुम्बोक सा" यानी "लिम्बुहरु माटो, ढुङ्गा संगै जन्म लिएका हुन" भनेर मुन्धूमले आँफै बताइ राखेको छ भने किन अहिलेका मुन्धुमहरुसँग आफुलाई दाज्ने? सत्य कुरा बोल्नेलाई "हत्यहाङ्मा" र राजनीति खेल खेल्नेलाई "सत्यहाङ्मा " भन्नु कतिको औचित्त्य होला???
[मुन्धुमलाई तर्कले तार्किक नबनाएको भने छैन,,,यी सबै हुनुको पछि हामी लिम्बुहरुको गल्ति कमजोडी केहि छैन,अब हामीले यो कुरामा प्रष्ट हुन जरुरि कि 250 बर्ष अगाडी सम्म हाम्रो धर्म-कर्म रितिरिवाज,ससि मुन्धुम, भाषा लिपि र  भेष भुषामा कुनै बाधा अबरोध थिएन र हाम्रो धर्म-कर्म रितिरिवाज,भाषा लिपि र  भेष भुषासँग हामी लिम्बु जाति किराँती सन्तानहरु स्वतन्त्र थियौं भन्न सजिलै सकिन्छ,जब नेपालमा एक तन्त्रिय सासन सत्ता  हामी माथि लादियो। हाम्रो भाषा लिपि,हाम्रो ऐतिहासिक दस्ताबेजहरु यिनै बाहुनबादी हिन्दु बर्च्व्स्वद्वारा नष्ट गरियो। आफ्नो भाषा लिपि अध्यायन गर्न रोक लगाइयो यिनै सत्तालिप्सी बाहुनबादी हिन्दु बर्च्व्स्वद्वारा तब हामी आफ्नै धर्म कर्म संस्कार संस्कृति रिति रिवाज भाषा लिपि बाट हामीले नचाहेरै टाढा भएका हौँ,बनाइएका हौँ,त्यहि भएर आज हामी आफ्नो धर्म कर्म संस्कार संस्कृति रिति रिवाज प्रति अर्धज्ञानी भएका हौँ र छौं यो नै कटुसत्य हो। एक तन्त्रिय सत्तालिप्सी एकात्मक बाहुनबादीहरुको देशमा भरि ढलिमली र र देशलाई खोक्रो पारिसकेको अबस्थाले दिनानुदिन बेरोजगारी,आर्थिक झमेलाका कारण तपाई हामी बिदेशिनु हाम्रो बिबशता बनेको छ,यस्तै क्रमहरुमा विभिन्न अरुखाले समस्याहरु बाट ठक्कर-हण्डर खानु त स्वाभाविकै हो तर बिदेश मै हुँदा हामी कत्तिले बाउ-आमा आफ्नो-आफन्त गुमाउँछौं, त्यो अबस्थामा  धर्म कर्म संस्कार संस्कृति रिति रिवाज प्रति पर्र्याप्त ज्ञान नहुनाले कागती निचोरे झैँ आफै निचोरिनु पर्ने तितो सत्य सर्वबिदितै छ,आफै गरौँ भन्दा धर्म कर्म संस्कार संस्कृति रिति रिवाज बारे पर्र्याप्त ज्ञान छैन,कसैलाई गुहार मागौन त भन्दा पनि कसलाई माग्ने बिरानो देशमा?कसै-कसैले सहयोग गर्न सक्छन,सकिन्छ तर सबैले सम्भव हुन सक्दैन ड्युटी र टाढा-टाढाको बसाइको कारणले!यस्तै नै यहाँ यिनै बिषयबस्तु संगै मिल्ने एक जना बहिनि कमला योङहाङको मनको भोगाइसँगको तरङ्ग,बिदेशमा बसेर धर्म,संस्कार-संस्कृति रितिरिवाज भाषा-लिपि प्रति अज्ञानताको तितो अनुभव साथै आफ्नो धर्म कर्म संस्कार संस्कृति रिति रिवाज भाषा लिपि माथिको आस्था, पराइ देशमा बसेर पनि त्यहाँको बाताबरणलाई आफ्नै देशका धार्मिक स्थल,सहर,पाखा,पखेरा, झर्नाखोलासँग दाँजेर वाहाँको आफ्नै शब्दहरुसँग लुकामारी खेल्ने क्रममा कहिँ आफ्नै धर्म-कर्म रितिरिवाज र भेष भुषाको अल्प ज्ञान हुँदा  दुखित त कहिँ हर्षविभोर हुँदै अक्षरहरुमा यसरि प्रष्टिन्छिन्,,,,,,,,,,,,,,,,,,,,   
                               सेवारो,

"धर्म कर्म सजीव होस् भन्छन् यी दुई मित्रहरु"
म कमला योङहाङ् , बिगत ३ वर्ष यता इटलीको पियाचेन्ज़ा सहरमा मेरो श्रीमान सँग बसोबास गर्दै आएकिछु। ३वर्ष यता म मा यस्तो कुनै उमङ्ग र तरङ्ग छाएको थिएन तर एसो उसो आखिर त्यो दिन पनि दुखैसँग भए पनि आएरै छोड्यो, 
जुन दिनले मलाई एक अननिय मित्र उपहार स्वरूप दियो यो उपहार मैले ग्रहण गर्दाको मज्जा बिस्तारै यहीं मेरो तरंगित उमङ्गले सिर्जित अक्षरहरुसँगै प्रस्ट्याउँदै जानेछु,,,,,
एकछिन है,,,,,,?म त वाहाँको परिचय दिन पो आत्तुरी भै सकेँ, मेरो उपहार,मेरि अननिय मित्र हुनु हुन्छ "हाङमा इजम" वाहाँको जन्म घर सिक्किम तर वाहाँ बिगत १५ वर्ष देखि इटलीको तोरिनो सहरमा बसोबास गर्दै आउनु भएको छ।वाहाँ र मेरो यो नै थियो पहिलो भेट,,,यो भन्दा अगाडी हाम्रो वाहाँसँग टेलिफोन बार्ता र अनौपचारीक परिचय सम्म भने भएको थ्यो,अर्काको देश अपरिचित ठाउँ,त्यो माथि इटालीमा हामी लिम्बुहरु साह्रै कम छौं भेटघाट हुन पनि सकिन्न टाढा-टाढा बसोबास र कामको कारणले,,,,! आज एउटा आपत्ति यसरी आइलाग्यो एक जना परिचित ताप्लेजुङ्ग घर भइ यहीं इटालीमा कार्यरत भाईको पापा नेपालमा बित्नु भएछ र वाहाँको पापाको बर्खान्त (काजक्रिया) हामी लिम्बुहरुकै रितिरिवाज अनुसार मेरै घरमा गर्नु पर्ने भयो तर बिडम्बना हेर्नुस्न,,,,,हाम्रो रितिरिवाज अनुसार गर्नु पर्ने कर्मको बिधि न त मलाई नै आउँथ्यो न त तिनी भाइलाई नै आउने?पर्यो बित्यास,,,,समस्या जहिल्यै समाधान संगै आउँछ रे भने जस्तै सुनेको थिएँ मेरी अननिय मित्र "हाङमा इजम"हामी लिम्बुहरुको काजक्रिया कर्म गराउन भिज्ञ हुनु हुन्छ रे भनेर,,,,,हो नै रहेछ, वाहाँलाई यहि काजक्रिया कर्म कै निम्ति फोन गरेर बोलाएँ र वाहाँ मेरो घरमा आउनु भयो र तिनी भाईको पापाको काजक्रियाको कर्म विधिपूर्वक गरिदिनु भयो,यहि सिलसिलामा वहाँ मेरो घरमा दुई दिन बस्नु भयो, यो दुई दिनको बसाइ पछि वाहाँले मलाई पनि तोरिनो सहर घुम्न जाने आग्रह गर्नु भयो, वाहाँको आग्रहलाई स्वीकार गर्दै आखिर समस्या त समाधान भइसक्यो वाहाँको पछि लागेँ तोरिनो सहर घुम्न सरररर,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,! 
"इटालीको सुपेर्गामा यी तिन स्तुपा ज्यादै मनमोहक छन्" 
      यात्रा सँगै मनमा उमङ्ग त थियोनै साथसाथै मेरो मन प्रफुल्ल तथा हर्सित भएको आभास तोरिनो सहरले प्रदान नगरेको भने होइन साँझको झिलिमिली सँगै। हामी उहाँको घर तोरिनो(इटली) सहर साँझ पुग्यौं। तोरिनोको प्रथम पाईलामै म आनन्दित थिएँ  नै, मानौ म स्वर्गमा छु र म सँग जो स्वर्ग कि परी छिन, ज्ञान कि भण्डार छिन। मैले सबैलाई बिर्सें र म त्यहि संसारमा हराए। भोलिपल्ट देखी मेरो घुमाई सुरु भो एउटा टुरिस्ट जस्तो, म बिन्दाश थिएँ। इटालीको तोरिनो शहरको त्यो सुपेर्गा डाँडोमा पुग्दा झन् झन् मेरो मन आनन्दीत भयो! सुर्यस्तको साथ साथै त्यो डाँडाबाट चारै तिर हेर्दा मेरो बिगतका  क्षणहरु नजर भरि मन मस्तिष्क भरि आलो र सजीव हुन पुग्यो ! आज भन्दा १५ वर्ष अगाडी म हङ कङ मा थिएँ जुन त्यो हङ कङ को याद तोरिनोको सुपेर्गा डाँडाले दिलायो, साच्चै अचम्म लाग्छ !त्यो सुपेर्गा को डाँडा सम्झिंदा कता कता हाम्रो नेपालको स्वयम्भुनाथ बौद्ध मन्दिरको डाँडाबाट काठमाडौँ उपत्त्यकाको दृष्यपान  गरिरहे जस्तो लाग्थ्यो ! जे होस् त्यो डाँडाले मेरो मन सारै मोहित गराएको थियो। हामी हर्षित थियौ। स्वयम्भु जस्तै डाँडोको टुप्पो बाट तोरिनो सहरको मनोमहक दृष्य हेर्दा लाग्थ्यो म अर्कै संसारमा थिएँ यानी काठमाडौँ शहर हेरि राख्या थिएँ। सुर्यास्त सँगै त्यो दृष्य साह्रै हेर्न लाएक मात्र थिएन बिगत र वर्तमान तछाड-मछाड गर्दै तरंगीएको मज्जा अर्कै थियो र साथसाथै दुई घण्टा जतिको पैदल यात्राले यो मेरो मन थकित त थियो नै तर अहँ,,,,,,,कहाँ थकित हुनु नि?हर्षविभोर साह्रै नै चंगा बनाएको थियो त्यहाँको मनमोहक दृष्यले! मेरी साथी हाङमा इजम साह्रै सिलस्वभावकी, बिबेकसिल, परिश्रमी र हसिलो मिजासकी जो मसंगै थिइन्। उनले हरेक पाईलामा मलाई सिकाउदै, देखाउदै र त्यस पुरातात्वतिक सहरको ब्याख्या गर्दै थिइन्।
"स्वयम्भुनाथको सिरमा बौद्ध गुम्बा "
म एक लिम्बुकी छोरी, बुहारी त हुँ तर म मा आफ्नो लिम्बु सस्कृती, भाषा, रितिरिवाज र भेसभुशाको अल्प ज्ञान थियो तर उनि (हाङमा) सिकीमको भएतापनि हाम्रो धर्म संस्कार सस्कृती, भाषा, लिपि, रितिरिवाज र भेषभुषाको प्रशस्त ज्ञान गुन भएकी पाउदा मलाई साह्रै खुसि लाग्यो । उनिसँगको भेटमा मैले आफ्नो लिम्बुको बारेमा जन्म देखि मरणसम्मको गर्नु पर्ने नियम र चलनको ज्ञान पाएँ। उनको त्यो लगनसिलताबाट म धेरै नै प्रभावित भएकोछु।हामी लिम्बु जाति परापुर्ब कालदेखि नेपालको पूर्वी भेग देखि भारतको बिभिन्न स्थानहरुमा फैलिएर बसेको पाइन्छ।आज आएर पेशाको कारणले गर्दा संसारको कुना कुना मा फैलिएर बसेका छन्,छौं।हाम्रो देशमा हामी याक्थुङ्ग जातिहरु आफ्नै धर्म रितिरिवाज कला संस्कार  सस्कृतीले धनी भएतापनि हामीले यसको जगेर्ना र अनुसरण नगरेको कारणले गर्दा म जस्तै धेरै लिम्बुहरु आफ्नै रितिरिवाजसँग अनभिज्ञ र अलमलमा परेका छन्,छौँ। त्यसैले हामी जस्तोलाई हाम्रो जातको उत्थानको लागि धेरै स:हृदयी मेरी अननिय मित्र "हाङमा" जस्तो महान व्यक्तित्वहरुको आवस्यक्ता पर्दछ।साथसाथै हामी आफैले पनि संगठित भएर अनी जागरुक्ताका साथ हाम्रा रितिरिवाज प्रती मुल्य र मानयताको अनुशरण गर्नु अनिबार्र्य देखिन्छ तब मात्र हाम्रो उत्थान पहिचान सम्भब छ।
"कूम्मा यक कुस्सा यक युमा माङहिम यासोक आत्मनन्द मिङ्सो माङहिम मोरंग"  
   (हाङमा) एक यस्ती नारी हुन्  जसले आज बिदेशमा भएर पनि अनुसरण गर्नुको साथसाथै अरुलाई पनि ज्ञान बाडदै सिकाउदै र कर्म चलाउदै आउनु भएको छ। त्यसैले गर्दा आज यो मौका मलाई मिलेको छ । मैले त्यो भ्रमणमा उनीबाट आफ्नो धर्म संस्कार संस्कृती, भाषा, लिपि, रिति-रिवाज र भेसभुशाको थोरै भएपनि ज्ञान हासिल गर्ने मौका पाएँ र पछि पनी अनुसरण गर्ने बाचा गरेँ। त्येसैले गर्दा आज म खुसि र गौरवान्वित पनि छु। नेपाली भएर पनी नेपालमा आफ्नो लिम्बु भाषा, संस्कृतिको बारेमा जानकारी नपाउदा जति दु:ख लाग्यो त्यति आज म उनीबाट त्यही कुरा सिक्दा धेरै खुशी भएको छु। म आफ्नो धर्म ,भाषा र संस्कृतिलाई देश विदेशको कुनै कुनामा गएर पनी बिर्सने छैन र माया गरिरहने छु र सम्पूर्ण लिम्बुवान मित्रहरुलाई यहि कुरा भन्न चाहन्छु । 
अन्त्यमा धन्यवाद छ मेरी अननिय मित्र हाङमा लगायत वाहाँको परिवारलाइ,,,,,त्यो माया र सदभाबको लागि म आजीवन ऋणी छु।आसेवारो नुगेन,,,,,,!

No comments:

Post a Comment