Sunday, September 16, 2012
Wednesday, September 12, 2012
संघीय यात्राः एक रिपोर्ट– १
– कुमार लिङ्देन ‘मिराक’
नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले यही ०६९ भाद्र १ गतेदेखि पूर्व लिम्बुवानबाट सुरु गरी पश्चिम थरुहटसम्म वर्तमान राजनैतिक समस्या समाधानबारे छलफल, बहस कार्यक्रम आयोजना ग¥यो । यो मोर्चा संविधान सभा विघटनभन्दा पहिले नै निर्माण भएको हो । तर त्यसबेला यस मोर्चाको नाम ‘राष्ट्रिय जनआन्दोलन समिति’ थियो । पछि सबैको सल्लाहले यसको नामाकरण ‘‘नेपाल संघीय जनगणतान्त्रिक मोर्चा’’ राखिएको हो ।
यस मोर्चाको स्थापना कालदेखि नै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद(स.लि.रा.प.) एक सक्रिय सदस्यको रुपमा रहँदै आएको छ । खासगरी, संविधान सभामा राज्य पुनर्संरचना आयोगलाई विस्थापन गरी विज्ञ समूह बनाउने षडयन्त्रमा एमाले, काँग्रेस र माओवादिको प्रचण्ड समूह लागेपछि हामीहरू निकै आत्तिएका थियौं । किनकि, विभिन्न कारणले संविधान सभामा हाम्रो उपस्थिति न्यून थियो । संविधान सभामा विज्ञ समूहलाई रोक्ने हामीसँग बहुमत थिएन । अन्तरिम संविधानमा ‘‘आयोगको सुझाव अनुसार राज्य पुनर्संरचना गर्ने’’ भन्ने लेखिए थियो । तर त्यसलाई संशोधन गरेर एकात्मकवादीहरूले ‘‘राज्य पुनर्संरचना विज्ञ समूहको प्रस्ताव अनुसार गरिनेछ’’ भनेर अन्तरिम संविधानमा संशोधन गरी लेख्न आँटेका थिए । यो षडयन्त्रलाई तत्कालीन एमाओवादीभित्रका वैद्य–बादल पक्षका सभासदहरूले मुख्य अवरोध पु¥याएर रोकेका थिए । त्यसबेला उक्त पार्टीको सचेतक देव गुरुङ थिए । उनले ह्वीप जारी गर्न मानेनन् । यी सबै घट्नाहरूलाई हामीहरूले नजिकबाट हेरिरहेका थियौं । त्यसैले पनि एमाओवादीभित्रको वैद्य–बादल पक्षसँग मोर्चावन्दी गर्ने परिस्थिति र वातावरण बनेर आयो । सुरुमा यो मोर्चा बन्दा कट्टर कम्युनिष्टहरूसँग संघीय सह–अस्तित्ववादी लिम्बुवानहरूबीच कसरी र किन मोर्चा बनेको होला भनेर थुप्रै जिज्ञासा आरोपहरू आए । तर पनि हाम्रो मुख्य ध्येय ऐतिहासिक पृष्ठभूमिआधार सहितको लिम्बुवान, खम्बुवान...स्वायत राज्यहरूको स्थापना गर्ने भऐकोले हामी अविचलित अघि बढ्यौं । संविधान सभा विघठनअघि यस मोर्चामार्फत् मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मुख्य आयोजक भएर दमकमा विशाल आमसभा आयोजना गरेका थियौं ।
तर संविधान सभाको विघटनपछि कसरी अघि बढ्ने भनेर यस मोर्चाको घटक सदस्यहरूको आ–आफ्नै दृष्टिकोणहरू सामने आएपछि केही समयको लागि मोर्चा निष्क्रिय जस्तै रहयो । तर पछि सबैमा एउटा सहमति बन्यो– ‘‘संविधान सभाको नयाँ चुनावमा जाने भए पनि,संविधान सभा पुनस्र्थापना गर्ने भए पनि, गोलमेचमार्फत नयाँ संविधान लेख्ने र त्यसलाई निर्वाचित अङ्गले अनुमोदन गर्ने भए पनि राजनीतिक दलहरूबीच आम छलफल, बहस, सहमति त चाहिन्छ । त्यसैले गोलमेच (छलफल) को लागि पनि छलफल जरुरत हुन्छ । यस मार्चाले देशैभरि छलफलहरू चलाउँदै जाने ।’’
यही सहमति अनुसार भाद्र १ गते लिम्बुवानको विर्तामोडबाट मोर्चाको अन्तक्रिया सुरु हुनेभयो । यस कार्यक्रमको व्यवस्थापन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको जिम्मामा थियो । हाम्रो परिषदको विशेषतः झापा जिल्ला समितिले विर्तामोडको कार्यक्रमको सारै राम्रो व्यवस्थापन गरेको थियो । यस कार्यक्रममा नेकपा–माओवादीको तर्फबाट उक्त पार्टीका सचिव देव गुरुङ, नेकपा एकीकृतका तर्फबाट नगेन्द्र राई, क्रान्तिकारी कम्युनिष्ट पार्टी (मणि थापा) कोतर्फबाट आङगामी, नेपाल नागरिक पार्टीका महासचिव विजय दनुवार र लिम्बुवानको हाम्रो तर्फबाट मैले बोलेका थियौं । देव गुरुङजीले संविधान सभा विघटनको अन्तिम क्षणहरूको अवस्थाबारे सविस्तार सुनाउँदा धेरैको मनमा आक्रोस उठ्यो । वास्तवमा, संविधान सभाका सदस्यहरूले सुरुका दुई वर्ष रातदिन खटेर कार्य गरेका थिए । तर जब थप दुई वर्षमा विवादित विषयहरू मिलाउने भनेर संविधान सभा नियमावलीमा नभएको ‘‘विवाद मिलाउने समिति’’ गठन गरे र त्यसको अध्यक्षमा प्रचण्ड चुनिए । तब सम्पूर्ण बर्बादी सुरु भयो । किनकि, छलफल बहस र भोटिङमा लानुपर्ने विषयहरू यो कथित विवाद मिलाउने समितिले रोकेर राख्यो । अनि ‘‘मिलाउँछौं मिलाउँछौं’’ भन्दै दुईवर्ष विताए र संविधान सभाको विघटनको वातावरण तयार गरे । उक्त कथित समितिले विषयहरू नरोकेर संविधान सभाको हलमा भोटिङको लागि पठाएको भए वारपारको स्थिति बनिसक्थ्यो । जेष्ठ १४ गतेको अन्तिम क्षणमा सबै सभासदहरूले सुवास नेम्बाङलाई पदच्युत गरेर अर्को सभाध्यक्ष छानेर भए पनि नयाँ संविधान जारी गर्ने कि भन्नेसम्मको कुरा सभासदहरूबीच चलेको रहेछ । तर त्यसो गर्दा बावुराम–विजय सरकारले तुरुन्त सशस्त्र हस्तक्षेप गरेर संविधान सभा हल रगतको आहाल हुने निचोड पनि निस्किए छ । यी सबै घटनाहरूको अगावै थाहा पाएर माओवादीको जनमुक्ति सेनालाई जबर्जस्ती समायोजन गरेको खुलासा पनि देव गुरुङजीबाट भयो । जेहोस् उहाँबाट यति कुराहरू थाहा पाएपछि सहभागी लिम्बुवानी कार्यकर्ता लगायतलाई भोलिको रणनीति बनाउन सजिलो भयो । यस कार्यक्रममा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको झापा, इलाम, पान्थर र पाप्लिजोङसम्मका नेता कार्यकर्ताहरूको राम्रो उपस्थिति थियो । तर, यो कार्यक्रमलाई अलिक गोलमेच ढाँचा वा अन्तक्र्रियात्मक रुप दिन चाहिँ सकिएन । परम्परागत ढाचाको सानो आमसभाजस्तै भयो । यो कार्यक्रमलाई गोलमेच ढाँचा दिन सकिएको भए राम्रो हुने थियो भन्ने महासुस भयो ।
यसरी नै मोर्चाले भाद्र ३ गते विराटनगरको उपमहानगरपालिका हलमा अन्तरक्रियात्मक कार्यक्रम राख्यो । उहाँहरूले राम्रै व्यवस्थापन गर्नुभएको थियो । यस कार्यक्रममा मञ्चसम्बद्ध सलिरापका मोरङ र सुनसरीका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो । एमालेको गुरु बराल, कांग्रेसका एक जिल्ला नेता नेकपा–मओवादीका देव गुरुङ, पत्रकार महासंघ मोरङका भूपू अध्यक्ष शिव कार्की,बुद्धिजीवी दिनेश श्रेष्ठ लगायत थुप्रै वक्ताहरूले बोल्नु भयो । एमाले नेता र मेरो त जुवारी नै चल्यो । मैले भनेँ– ‘‘परिवर्तनलाई आत्मसात गर्न नसक्ने नेपालका समुदायहरू र भूमिलाई पहिचान दिन नचाहने एमाले र कांग्रेसजस्ता पार्टीहरूको अब के उपादेयता बाँकी छ ? कि त यी पार्टीहरूले ०६२/०६३ को लिम्बुवान र मधेश आन्दोलनमा मारिएका शहीदहरूलाई ज्यँदो बनाउनु प¥यो कि त यिनीहरूले लिम्बुवान खम्बुवान स्वीकार्नु प¥यो । होइन भने त्यतिकै अतार्किक रुपमा लिम्बुवानको विरोध मात्रै गरेर हुन्छ ? लिम्बुवान दिन चाहँदैनौ भने ती शहीदहरूलाई ज्यँुदो बनाऊ न त । के यी पार्टीहरूले सधैँ हामीमुहाली चल्छ ? जबसम्म एमाले कांगे्रसजस्ता पार्टीहरू देशमा भइरहन्छ तबसम्म नेपालमा खडेरी, भोकमरी लागिरहन्छ । त्यसैले, मेरो सुझाव– ‘‘ठूलो वनभोज पार्टी आयोजना गर्नोस्, नाच्नुस् गाउँनुस्, खानुस्, पिउँनुस् शोक धुनहरू बजाउनुस् र अन्तमा एमाले कांग्रेस पार्टीहरू विधिवत रुपमा विघटन भएको घोषणा गर्नुहोस् ।’’मेरो कुरालाई एमाले नेताले निकै प्रतिवाद गरे– ‘‘एमाले भनेको जातीय समस्या र वर्गीय समस्यालाई सबैभन्दा वैज्ञानिक रुपमा उठाउने पार्टी हो ।’’ तर उनको कुरालाई सहभागीहरूले पत्याएनन् । हुन पनि कसरी पत्याउने ? एमाले, कांग्रेसले संविधान सभा सिध्याउन जुन नाङ्गो नाच देखाए त्यो दुनियाँलाई थाहा छ ।
विविध कारणले गर्दा भाद्र ५ गते हेटौडा र भाद्र ६ गते भरतपुर, चितवनमा मोर्चाले तोकेको कार्यक्रम स्थगित भयो ।
भाद्र ७ गते पोखरामा हुने मोर्चाको अन्तरक्रियामा भाग लिन भाद्र ६ गते दिवा बसबाट मैले दमक–पोखरा यात्रा शुरु गरेँ । बाटोमा विभिन्न दृश्यावलोकन गर्दै र मनमा विभिन्न कुराहरू खेलाउँदै बेलुकी पोखरा पुगियो । भोलि भाद्र ७ गते बिहानै लखन थापा मगर चोकमा पुगेँ र एकापट्टि तमुवान स्वायत्त गणराज्य लेखिएको साइनबोर्ड र अर्कोतिर अखण्ड पश्चिमाञ्चल लेखिएको बोर्डको फोटोहरू खिचेँ र फेसबुकमा सेयर गरेँ । जेष्ठ १४ गते अघि पोखरामा निकै तनाब भएको थियो । तमुवान संघर्ष समितिले लाखौंको सहभागितामा तमुवान सम्मेलन आयोजना गरेको थियो । त्यसको लगतै ब्राह्मण क्षेत्री समाजले तमुवानको विरुद्धमा निकै ठूलो जुलुश प्रदर्शन ग¥यो र तमुवानको बोर्ड उखेल्ने प्रयास गर्यो । त्यसपछि, तमुवान संघर्ष समितिले तमुवान भोलेण्टियर्स गठन ग¥यो र डिफेन्स लियो । मलाई अहिले पनि लाग्छ– पोखरा नेपालकै सबैभन्दा बढी जातीय व्यालेन्सको दृष्टिकोणले संवेदननशील क्षेत्र बनेको छ । यसलाई सही ट्«याकमा ल्याउन सबैपक्ष जिम्मेवारपूर्वक लाग्नुपर्दछ ।
पोखराको उद्योग वाणिज्य संघको हलमा सुरुभएको अन्तरक्रिया साँच्चिकै गोलमेच स्टाइलको भयो । मैले त्यहाँ थाहा पाएँ– कुनै पनि कार्यक्रमहरूमा सहभागिहरूको बसाइको स्टाइलले पनि कार्यक्रमको रिजल्टमा ठूलो असर पु¥याउँदो रहेछ । त्यहाँको कुर्सी टेबलहरूको रखाई नै गोलमेच ढाँचाको थियो र बहस पनि त्यस्तै भयो । उक्त कार्यक्रममा नेकपा–माओवादीका सुरेश आले मगर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मणि थापा, एकीकृत नेकपा मओवदीका तमुवान इञ्चार्ज डिलाराम आचार्य, नेकपा एमाले पीबीएम खगराज अधिकारी, कांग्रेसका जिल्ला अध्यक्ष र म लगायतले बोलेको थियौं । मणि थापा, जो जनयुद्धको कोर गु्रपमा थिए उनले प्रचण्ड र बाबुरामबारे दिएका जानकारीहरू गम्भीर छन् । रोल्पा रुकुममा जनयुद्ध सुरु भएपछि प्रचण्डले भनेको कुरालाई मणि थापाले दोहो¥याए– ‘‘यी मगरहरू आफू आफूमा सात दिन सात रात लड्थे । यिनीहरूलाई मैले बन्दुक भिराइदिएको छु, अब यिनीहरू लड्छन्, यिनीहरूको काम नै लड्ने हो ।’’ एकदमै होच्याएर उनेले बोलेका थिएछन् । मणि थपा र खगराज अधिकारीले बोलेको कुराहरूको रेकर्ड छ । पोखराको त्यो बहस अत्यन्त सुन्न लायक छ । रेकर्ड भएकोले इच्छुक साथीहरूले एकपटक सुन्नु होला ।
एमालेका खगराज अधिकारीले भने– ‘‘कोही यो कोठामा उफ्रिएर छतमा टाउँको ठोकाएर छत छेडे पनि नेपालका एकल पहिचान सहितको संघीयता हुँदैन, आउँदैन । एमालेको ७५ वटै जिल्लामा नेटवर्क छ, हामीलाई कम नठान्नुस् र ग्रेटर लिम्बुवानको दस्तावेज मेरो हातम हाइपुगेको छ ।’’
पोखरामा मैले सरल र नरम भाषाबाट हिर्काउने प्रयास गरेँ । मैल भनेँ– ‘‘तपाइँहरू सप्तरी र वीरगञ्जमा गएर संघीयताको विरोध गर्न नसक्ने अनि पोखरा, पाल्पामा संघीयता लिम्बुवान, तमुवान, मगरातको विरोध गर्ने ? तपाइँहरूको क्रियाकलापले तपाइँहरूलाई नै अप्ठ्यारोमा पार्नसक्छ । लिम्बुवान आन्दोलन भनेको संघीय राष्ट्रवादी आन्दोलन हो । हाम्रो त चर्चित नारा नै छ र भनिरहेका छौं– ‘‘नेपाल हाम्रो देश हो र लिम्बुवान हाम्रो घर हो’’ (Limbuwan is our homeland & Nepal is our country) । के हामीले आफ्नो घरलाई घर भन्न नपाउने ? दश हजार वर्षसम्म नेपालअन्तर्गत नै लिम्बुवान रहनेछ । नेपालबाट लिम्बुवान अलग हुने सोच हामी लिम्बुवानवासीले नै अस्वीकार गर्छौं । तपाइँ एमाले कांगे्रसहरू पनि लिम्बुवान, तमुवान, मगरात नामाकरणप्रति कृपया सहज भइदिनुस् । यो नामाकरण तपाइँहरूले स्वीकार गर्नुभयो भने तपाइँहरूको पार्टीहरूलाई ठूलो फाइदा हुन्छ । तपाइँहरु हुँदै हुँदैन भन्नु हुन्छ भने हामी‘‘लिम्बुवान–तमुवान’’ को लागि हजार वर्ष लड्ने प्रण गर्छौं । मुख्य कुरा त हाम्रो आँखा उघ्रिसकेको छ ।’’
एउटा रमाइलो के भयो भने मैले बोल्दै गर्दा उद्घोषकले समय सकियो मात्र के भनेका थिए तमुवानतिरका साथीहरू जुरुक्क उठेर‘‘वहाँलाई रोक्ने तपार्इं को हो ? उहाँले अब एक घण्टा बोल्नु हुन्छ, तपाईंहरू कसरी रोक्नुहुँदो रहेछ ।’’ अन्त्यमा, मैले हाँसेर सबैलाई सहज गरेँ । मैले सोचें– तमुवानका साथीहरूको मनमा जमेको पीडाहरू उर्लिएर बाहिर आएको होला ।
जेहोस् पोखराको अन्तक्र्रिया एकदमै सार्थक रह्यो । लिम्बुवान, तमुवान नामाकरण अफैमा त्यस्तो डराउनु पर्ने र अचम्म मान्नु पर्ने विषय होइन । यसमा सबै पार्टी र जातिहरू सहमत भइयो भने आउने दिनको नेपाल सहज र सहमतिपूर्ण तरिकाले अघि बढ्नेछ भन्ने कुरामा निक्कै धेरैलाई कन्भिन्स गर्न सकियो भन्ने लाग्छ । त्यहाँको हाम्रो प्रस्तुतीलाई ‘‘रुवाको तोपबाट फलामको गोली निस्किरहेको झैँ थियो भनेर साथीहरू कमेन्ट गरे । मैले पनि सरल र नम्र भाषामा नै बोलेको थिएँ । हुन पनि लिम्बुवान, तमुवान, मगरात भनेको कुनै जाति विरोधी अभियान त हुँदै होइन । यसलाई सबै जाति र सबै पार्टीको साझा अजेण्डा बनाउन सकियोस् भन्ने मिसनमा हामी छौं ।
पोखराको अन्तरक्रियाले मार्चाको उद्देश्यझैँ साँच्चिकै गोलमेचको रुप लियो । एउटा कुरामाचाहिँ मलाई खुशी लाग्यो– एमाले र एमाओवादीका पोलिटव्युरो तहका नेताहरू कार्यक्रम विसर्जन भइञ्जेल बसे । फेरि, बौल्नु पाउनु पर्छ भनेर समय मागे । तर समयको पावन्तीले त्यो सम्भव भएन । यसरी पोखराका सबै पार्टीका नेताहरू एक ठाउँमा भेला भएर ६÷६ घण्टासम्म अन्तक्र्रिया गरेको जानकारी थिएन भनेर धेरैले भने । मोर्चाले त्यो अवसर जुटाएकोमा सबैले धन्यवाद पनि दिए ।
भोलिपल्ट भाद्र ८ गते विहान मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कास्की, पोखरा सम्पर्क समितिले ‘‘लिम्बुवान–तमुवान’आन्दोलन अनुभव आदान–प्रदान कार्यक्रम’’ आयोजना ग¥यो । लिम्बुवान पोखराका अध्यक्ष अरुण लिम्बूको सभापतित्व र सल्लाहकार गजेन्द्र माबोको उद्घोषणमा सुरुभएको उक्त कार्यक्रममा तमुवान संघर्ष समिति र तमुवान भोलेण्टियर्सका कमाण्डरहरूको सहभागिता थियो । कार्यक्रममा लिम्बुवान आन्दोलनका तीता–मीठा अनुभवहरू सुनाइयो । मैले भनेँ– ‘‘आन्दोलन विकसित हुँदै जाँदा यसका आवश्यकताहरू पनि बढ्दै जाँदो रहेछ । सुरुमा लिम्बुवान मात्र भन्दा पनि हुन्थ्यो । त्यसपछि, यसको आफ्नै फिलोसफि, आफ्नै विश्व दृष्टिकोण, आफ्नै अर्थशास्त्र, सौन्दर्यशास्त्रको आवश्यकता प¥यो । लिम्बुवानले छलफल र बहसको लागि आफ्नै संघीय सह–अस्तित्ववाद दर्शन अघि सारेको छ । तयसैले, पनि लिम्बुवान आन्दोलन अलिक फरक र सशक्त पनि छ । विस्तारै तमुवान आन्दोलनले पनि ती सबै कुराहरू माग गर्छ । अरुको दर्शनमा उभिएर वास्तविक आन्दोलन उठाउन नसकिँदो रहेछ ।’’
उक्त कार्यक्रममा तमुवान भोलेण्टियर्सका उपाध्यक्ष बहिनी हिरा गुरुङ तमूले सोधेको प्रश्न मार्मिक थियो– ‘‘हामी युवाहरू आफ्नो सबै पार्टी र आस्थाहरूलाई थाँती राखेर तमुवानको लागि वलिदान दिन तयार भएका छौं । तर हाम्रा अग्रज दाइहरू अझै पनि किन यो र त्यो पार्टी भनेर अलमलिन्छन्/अल्मलाउँछन् ?’’ मैले उनको सवालमा थपेँ– ‘‘बहिनी यो तपाईंको मात्र जिज्ञासा होइन । अलिक पढेका, बुझेका भनिएका हाम्रा समुदायका अघिल्लो पुस्तालाई अहिलेको पुस्ताको प्रश्न हो– यो ।’’ अन्तमा, लिम्बुवान र तमुवान आन्दोलनबीच सहकार्य गरेर अघि बढ्ने सल्लाह भयो । उक्त कार्यक्रम सकेर म पाल्पा जाने बस चढ्न बसपार्कतिर लम्किएँ ।
क्रमशः...
Monday, September 10, 2012
मुन्धुममा लिम्बूको इतिहास र दर्शन -आइत खजुम
मुन्धुममा लिम्बूको इतिहास र दर्शन
-आइत खजुम
याक्थुङ लिम्बूहरुको मुन्धुम, इतिहास र सँस्कृतिका अध्येता अर्जुनबाबु माबुहाङले आप्mनो तेस्रो कृतिको रुपमा ‘लिम्बू जातिको मुन्धुम र इतिहास’ प्रकाशनमा ल्याएका छन् । यस पुस्तकमा २६ वटा मुख्य शीर्षक र उपशीर्षकहरु पनिछन् । उनले यसमा लिम्बूहरुको प्राचीन ज्ञान र विश्वासको सँगोल रुप मुन्धुमबारे समाजशास्त्रीय अध्ययन र व्याख्या–विश्ले षण गरेकाछन् । वर्तमान अवस्थामा पनि लिम्बू समाज धेरै विषयमा अलमलमा छ । यस पुस्तकबाट धेरै विषयमा प्रष्ट हुन मद्दत गरी मौलिक पहिचानको खोजी गर्ने कार्यमा समेत गतिलोबल पुग्नेछ ।
लिम्बू जातिको इतिहास, धर्म, सँस्कृति जुनसुकै विषय पनि मुन्धुममा आधारित भएर नलेखिएकोले देशी–विदेशी लेखकहरुलाई आधार मान्दा अभैmसम्म पनिमौलिक धर्म–सँस्कृति, इतिहासबाट लिम्बू जातिलाई टाढा राखिएको छ । यो पुस्तक अत्यन्तै अनुसन्धानमूलक देखिन्छ । लेखकले ताप्जेजुङको मिवाखोला, तमोरखोला, माइवाखोलासम्म पुगेर त्यहाँका बूढापाका तुम्याहाङहरुलाई भेटेका छन् ।
लिम्बूहरु लाशा गोत्र र काशीगोत्रका होइनन् भनेर पुष्टि गरिएको छ । ‘गोत्र’ लिम्बू भाषाको शब्द नभई सँस्कृत भाषाको हो । लिम्बूहरुको माङ्गेना यक् (उत्पत्ति थलो वा पहिलो पुर्खा ठाउँ) मात्र हुन्छ । यहाँ लिम्बूहरुकोलुङधुङ माङ्गेना यक्ले ‘गोत्र’ कै अर्थ बोक्छ भनिएपनि गोत्रले परिवार, वंशज र पुर्खा भन्ने बढी अर्थ दिन्छ तर माङ्गेना यक्ले स्थान बुझाउँछ किनकि लिम्बूहरुमा वंशजको अर्थ दिने मिङ्स्रा हुन्छ, जसलाई आदिपुर्खा भनेर बुझिन्छ । त्यसैले यक् र गोत्रको विषयमा स्पष्ट हुन यस पुस्तकको ‘लिम्बू जातिको उत्पत्ति’ शीर्षक अत्यन्तै महत्वपूर्ण छ ।
लेखकले लिम्बू जातिहरुको जनजिब्रोमा ‘दश लिम्बू सत्र थुम’ भनेर आजपर्यन्त उच्चारण भइरहे पनि दश लिम्बू सत्र थुममात्र नभईआपुङ्गी राजाहरु धेरै रहेको उल्लेख गरेका छन् । उनले मिवाखोला थुमका थङहम्बा, मदेन्छङ, फेम्फुहाङ आदि आपुङ्गीहरुको आपुङ्गीपनको चर्चा गरेका छन् । लिम्बू समाजमा धेरै थुम वा आपुङ्गी राजा सरदारहरु थिए भन्ने स्पष्ट हुनलाई प्रत्येक लिम्बूले मिङ्स्रा (आदिपुर्खा), माङ्गेना यक् (उत्पत्ति वा आदिपुर्खाकोस्थान), चोत्लुङ चाङ्मादेन (पुर्खाले गरेको कर्मस्थल जगाउने ठाउँ) र साम्सामातेन (पितृलाई सातो पु¥याउने ठाउँ) आदिबारे र वंशावली प्रकाशनमा ल्याउन जरुरी छभन्ने विषयमा जोड दिएका छन् ।
अहिले पहिचानसहितको सङ्घीयताका बारेमा राष्ट्रिय बहस भइरहेको बेला लिम्बुवान राज्यको सीमाङ्कन महत्वपूर्ण विषय हो । सुनिँदै आइएका थुमहरुमध्ये कुन थुमको कति क्षेत्र थियो र कुन गाउँ–ठाउँहरु थिए भन्ने यस पुस्तकबाट स्पष्ट हुन्छ । त्यसैगरी बुद्धिकर्ण रायको शासन र अन्त्य कसरी भयो भन्ने विषयमा पनि लेखक माबुहाङले चर्चा गरेका छन् । गोर्खालीको प्रवेश भएपछि उनीहरुले स्थानीय स्तरमा मात्र लिम्बू तुम्याहाङहरुलाई शासकका रुपमा सुब्बा बनाए र लिम्बूहरुको पुर्खाको माटोलाई किपट भनियो । लिम्बूहरुको चुम्लुङ (सभा) लाई अमाल बनाइयो भनेरसुबाङ्गी, किपट र अमालको शुरुआतबारे चर्चा गरिएको छ ।
गोर्खालीहरुको आगमनपछि लिम्बूहरुले भोगबली र खर्चालु सँस्कार सिके भन्ने उनको भनाइ तर्कसंगतछ । लिम्बू समुदायमा मौलो गाड्ने र दशैंमा टीका थाप्ने चलन पछि नै भित्रिएका सँस्कार हुन् ।लिम्बू समाजमा तुम्याहाङहरुले दूबो ढुङ्गो छुवाउने, मुन्धुम वाचनमा पितृलाई पुकार्दा साक्षी राख्नेमात्र चलन छ। खास गरी तुम्याङहाङहरुले ज्याला दस्तुर लिने चलन कतै भनि भेटिँदैन । कन्याले फुपू र दिदीलाई नाघेर विवाह गरेमा रित बुझाउँदा सिन्का भाँचेर राख्ने चलनरहेको त्यति सुनिँदैन तर कुनै छोरीचेलीले भागेर वाघरमा खबर नदिई विवाह गरेमा उसले सिन्का भाँचेरराख्ने चलन थियो । त्यो सिन्का राख्ने ठाउँ छोरीचेली उमेर पुगेपछि कुनै निश्चित छानामा तोकिएको हुन्थ्यो वा ढुङ्ग्रोसमेत राखिएको हुन्थ्यो भन्ने भनाइ छ । जसलाई पेकोसामा (पे=गायो, को= यहाँ, सामा=हेरौं) पनि भनिन्छ ।
विजयपुरको लिम्बू नामाकरणबारे सराङ भनिएको छ । चुल्होमाथि अन्न सुकाउन प्रयोग गरिने चाल्नी वा नाङ्लो जस्तोलाई सराङ भनिन्छ । त्यस्तै साँगुरी डाँडाबाट हेर्दा त्यस्तै देखिन्छ भनिए पनि लिम्बूहरुले चुल्होमाथि राख्ने चाल्नी वा नाङ्लो जस्तोलाई काल्लाङ्मा भनिन्छ । त्यसैले सराङ नभएर साराङ कोक्मा हो । लिम्बू भाषामा साराङ÷सारा भनेको हाँगा र कोक्मा भनेको डाँडा हो । सायद हालको विजयपुर डाँडाको हाँगा जस्तो देखिएकोले यसलाई साराङ भनिएको हुनसक्छ किनकि अहिले पनि विजयपुर डाँडाछेउमा ‘साराङ्गा’ भन्ने ठाउँ छँदै छ । यो साराङ यहाँमात्र नभएर पान्थरमा आङसाराङ र साराङडाँडा गाविस नै पनि छ । त्यसैगरी सेउती खोलाको नाम शेरा (छरिएर बग्ने) को अप्रभंस हो भनिएको छ तर शेरा खोला सेउतीबाट केही पर पानमाराको शीरबाट बग्छ । सेउतीको शब्दिक अर्थ से=सफा÷सङ्लो, ओती=उज्यालो÷ टल्किने हुन्छ । त्यसकारण सफा र सङ्लो भएर बग्ने भएकोले नै लिम्बूहरुले यसलाई सेउती भनेको हुनसक्छ ।
लिम्बूहरुको धर्म किरात होइन । आर्य हिन्दूहरुले आपूmभन्दा फरक नश्ल र फरक सँस्कार–सँस्कृत ि बोकेकोसमुदायलाई किरात भनेका हुन् । किरात शब्द लिम्बूको भाषामा पाइँदैन । यो शब्द हिन्दूहरुको वेद–वेदान्त, साहित्यमा मात्र भेटिन्छ । यसरी उनीहरुले दिएको नामबाट पहिचान र अस्तित्व खोज्नुगलत हुन्छ । त्यसैले हामी लिम्बूहरुले किरातबाट पहिचान खोज्नु ठूलो भूल हुन्छ । किरात न भूगोल हो नसभ्यता । आस्था, सरकारी नाम, थर के हो भनेर छलफल बहस नगरी अहिलेसम्म ‘किरात दर्शन’ को नाममा लिम्बू समुदाय अलमलमा परिरहेको छ ।
पितृको आत्मालाई फेदाङ्बा साम्बा र येवालेपुकार्ने सँस्कार नै लिम्बूको धर्म हो । सबै लिम्बूहरुले परात्मादेवीका रुपमा मानिआएका तागेरा निङ्वा फुमाङ वा युमामाङको नामबाटै युमा धर्म विकास गर्नुपर्ने लेखक माबुहाङको मत छ । युमामाङलाई नमान्ने लिम्बू हुँदैनन् र छैनन् पनि । धर्म भनेको परम्परागत नीति–कानुन हो । लिम्बूहरुले अहिलेसम्म युमामाङको अनुशासनलाई पालन गर्दै आएका छन् । युमाको शाब्दिक अर्थ बोजूभनेरमात्र बुझियो भने युमाको खास अर्थ र दर्शन अपूरो हुन्छ । युमाको अर्थ साक्षात दर्शन दिने, रक्षक, उपदेशकर्ता, अनुशासनकर्ता र पथप्रदर्शक हुन् । मुन्धुममा वर्णित सोधुङ्गेन लेप्मुहाङ शिव वा महादेव, थिल्लिलुङ थाम्देनलुङ त पार्वतीलाई एउटै मानेर हिन्दू मूल्य–मान्यताअन ्तर्गत लिम्बूको पहिचान खोज्नु गलत हुन्छ । ब्राह्मण वेद, वेदान्तमा वर्णित पात्र किरातेश्वरको नामबाट लिम्बूको धर्म ‘किरात’ नामाकरण गर्नु आप्mनो पहिचानलाई धमिल्याउन खोज्नु हो भनेर प्रष्ट गरेर उनले लिम्बू जातिको इतिहास, धर्म, जीवन दर्शन रमूल्य–मान्यताला ई मौलिकतानजिक पु¥याएका छन् ।
लेखकले लिम्बूको मुन्धुमभित्र इतिहास, सँस्कार, सँस्कृति, नीति–नियम, अनुशासन, कानुन, जीवन दर्शन सबै हुन्छ भन्ने विषयलाई सविस्तार वर्णन गरेका छन्। मुन्धुममा लिम्बू जातिको उत्पत्ति, थातथलो, समाज विकास, पहिलो घर आदि इतिहाससँग सम्बन्धित हुन् । मुन्धुममा केलाङ, पक्लुङ लेप्मा (छेलो हान्नु), यालाङ आदि सँस्कृति हुन् । त्यसैगरीमुन्धुममा य?वामोमा (उभौली) र चासोक (उँधौली), साप्पोक चोमेन (गर्भ पूजा),याङदाङ फोङ्मा (न्वारान), सिमेरिङ माङ्गेना (शीर उठाउने) आदि सँस्कारहरु हुन् । लिम्बू जाति सँस्कारमा पनि धनी भएकोलेलिम्बूका सँस्कारहरु सबै मुन्धुममै आधारित छन् । मुन्धुमअन्तर्गत नै न्याय–निसाफ, कानुन–नियमसमेत पाइन्छन् । अभैmसम्म पनि लिम्बू समुदायमा तुम्याहाङको ठूलो भूमिका छ । यस पुस्तकमा तुम्याङहाङहरुले झगडा मिलाएको, पाजोइबाले घूस खुवाएर दण्डित भएको आदि मुन्धुम प्रस्तुति समेत गरिएको छ । लिम्बू जाति वा समाजको जीवन पद्धति मुन्धुममा वर्णित इतिहास,सँस्कृति, संस्कार, कानुनअन्तर्गत रहेर अहिलेसम्म जीवित रहेको उनले पुस्तकमा चर्चा गरेका छन् ।
यसरी यस पुस्तकमा मुन्धुमकेन्द्रि त रहेर मौलिक धर्म–सँस्कृति, दर्शन र इतिहासको उत्खनन्गरिएको छ । यो पुस्तक सिरिजंगा लिपिमा लेखिएको भए अझ सुन्दर हुने भए पनि अहिलेको पाठकअनुसार नै छ र प्रस्तुत मुन्धुमलाई पर्वते भाषामा उल्था गरिएकोले मुन्धुमी भाषा बुभ्mन नसक्नेहरुका लागि सरल भएको छ । शीर्षकहरु केस्रागत रुपमा छन् । लिम्बू जातिको मौलिकताको खोजी गर्ने र यसमा चासो राख्ने, चिन्तन–मनन् गर्ने जो कोही व्यक्तिलाईमूलबाटो प्रदान गरेको छ । समग्र लिम्बू जाति र समुदायको परम्परागत सँस्कार, सँस्कृति, इतिहास, सामाजिक व्यवस्था, राजनैतिक, आर्थिक व्यवस्था, धार्मिकदर्शनको विवेचना, अध्यात्म चिन्तन, सामाजिकविकाससम्बन्धी मूल बाटो हुनेछ,

Sunday, September 9, 2012
"अनन्तमा बिलिन क्रन्दन"
"रुँदैछ नेपाल प्राइस जेलभित्र
छैनन् सुन्ने देख्ने त्यहाँको बिचित्र
छतमुनी चार गोठालोछन भित्ताहरु
लाग्छ त्यो खामेरुजको भट्किएको आत्माहरू
अनगिन्ति भाषामा कोरियेकाछ्न अक्षरहरु ति आत्मा भित्र
आफ्नै मानचित्र खोज्दैछन नजरले अक्षरहरुको भीडभित्र
निस्तायेका छन आँखाहरु सुस्ताएका हरेकका पाइलाहरु
अत्तासियेकोछ नेपाल प्राइस जेलभित्र"
========================
"अनन्तमा बिलिन क्रन्दन"
========================
सम्पूर्ण देश-विदेश भरि छरिएर रहनु हुने नेपाल आमाको सन्तानहरु,बिश्वप्रसिद्ध सगरमाथाको छत्रछायाँले ओतप्रोत सम्पूर्ण नेपाली दाजु-भाई दिदी -बाहिनी, अग्रज मान्य सबै समक्ष मैले लेखिरहेको यो सत्य कथा "अनन्तमा बिलिन क्रन्दन" भित्र बाट "एक अन्जुली"पस्केको छु मनन गर्नुस है, अंकित छन, अन्याय, असहयोग, दोष,द्वेष,व्यक्ति,व्यक्तित्व, कायर, कायेरता,वर्ण,बर्ग,हाक्किम,कामदार,मालिक,नोक्कर,{डक्टर (औषधिको नाम नजान्ने)गँवार(नपढेको काली गण्डकीको जलहारी)}जात सानो र ठुलो....यिनै बिषय-बस्तुहरु अंकित छन "अनन्तमा बिलिन क्रन्दन" भित्र....!
` यहाँ कुनै काल्पनिक पात्र छैन---यो दन्ते कथा पनि होइन--प्रश्तुत स्थान र सामग्री काल्पनिक होइनन् -सम्बाद र चिठी हु-बहु प्रश्तुतछन - नेपाली देवनागरी,इंगलिस रोमनमा,..."अनन्तमा बिलिन क्रन्दन"लाई परिमाण दिने क्रममा मेरो ध्यानाकर्षण कुनै व्यक्तिको नामको इट्टा खर्च नगरी आचरणको सिमेन्ट र बालुवा मात्र प्रयोग गरेको छु जसमा मैले भन्नै पर्ने हुन्छ मेरो यो बिसुद्ध चलिरहेको कलममा खोट देखियो र असामयिक ठेस लागेको महसुस गर्ने मेरो नजिकै बाट होस् या टाढा बाट माथि उल्लेखित डक्टर मित्र महोदयहरुलाई हजुरहरुको कन्ट्याक्ट लिस्ट बाट या मेरो प्रोफाइल बाट मेरो इ-मेइल ठेगाना या फोन नम्बर लिएर म संग ठाडै कुरा गर्न सक्नु हुनेछ येसो गरेमा मलाई नाम सार्बजनिक गर्ने दुख नहुने तपाईलाई पनि मानसिक झन्जट नहुने......!
--------------------------------------------------------------------------------
कथा,मनोबाद,अक्षरका अंसहरु यहाँबाट सुरु हुन्छन...एक म असाहय रमिते साथी र वहाँ जो क्याम्बोडियाको प्राइस जेलभित्र बेकसुर ८ सालको जेल यातनामा व्यस्त हुनु हुन्छ,बिहान हुन्छ रात पर्छ उज्यालो हुन्छ दिन महिना आइरहेकोछ बितिरहने क्रम पनि जारि नै छ यस्तै रहेछ यो स्वार्थी दुनियाको थिति...आज आज भोलि भोलि-- यसो होला कि उसो होला कि?? यसो गर्दा हुने हो कि उसो गर्दा हुने हो?यहाँ बाट पो सहयोग हुने हो कि वहाँ बाट पो सहयोग हुने हो कि`,?! नेपाल बाट फलाना मन्त्रि आयो,आएको छ,ह्युमेन राइट्सका फलाना ढिस्काना आयो,आएका छन,........ल वहाँको केश(मुद्धा) को बिषयमा कुरा राखौं लन्च या डिनरको प्रबन्ध गरौं भन्यो गरियो आफ्नो त के कुरा गराई भो र? मान्य डक्टर सापहरुको तछाड-मछाड गोडा मल्न पल्केका सैंद्वा महोदयहरु बंसिभुतको मकुण्डो मन्त्रि साहेबहरुको स्वार्थी मुखडा सामु प्रस्तुत भए---- केश(मुद्धा) को बिषयमा कुरा राखे या राखेनन् भगवानै जाने- सबै---धेरै देशद्रोही नेता-मन्त्रि आए लन्च डिनर खाए टन्न भए खिचिक्क-खिचिक्क फोटो खिचे तछाड मछाड गर्दै डक्टर मित्रहरुले,त्यस्ता थुप्रै लन्च-डिनर हावामा गए खेर गए तर वहाँको क्रन्दन खोइ कसले सुन्यो? आशा लाग्थ्यो---अब त एक नेपाल आमाका सन्तान दुर्भाग्यले भनुँ या त दसाले बेकसुर जेल यातनामा निस्सासिरहेको क्रन्दनले राहत पाउने हो कि भन्दा भन्दै सुनिदिने कोहि भएन भएर पनि नसुने झैं भएसी त्यो निस्सासिएको क्रन्दन निरिह-निस्साहार अनन्तमा बिलिन भयो बिना ठोस प्रमाण नेपाल आमाको सन्तान माथि अन्यायपूर्ण कोर्टबाट आठ सालको सजाय सुनवाई भयो,स्वस्थ स्थिति तनावको जिम्मा लागिसकेको, त्यति खेरका हृष्ट-पुष्ट व्यक्ति फुक्कीढल भैसकेको बिबश आँखाहरु आशा र अनुनयको मरिकुच्चे भारीले लोलाएको कुनै झाँक्रीलाई कम्पन सुरु भए झैं थुरुर्र काँप्दै लालाक्लुलुक असक्त पाइलाहरु प्राइस जेल तिर मानिनमानी अगाडी बढ्यो----त्यो आँखाको मूल फुटेको दिन पनि आज त दुई बर्ष पो बिती सकेछ....
याहाँ लेख्ने क्रममा मैले भन्नै पर्ने हुन्छ यो देशमा रहनु भएका थोर-बहुत नेपाली मनहरुले सहयोगको हात बाँटिएको तितो सत्य र बिश्व प्रसिद्ध गैर आबासीय नेपाली संगठन NRN को -एक्शन-कट- सहयोगलाई धन्यवाद नदिइ अगाडी लेख्न बढें भने दालमा नुन हाल्न पर्ने चिनी परे जस्तो होला र मैले भन्नै पर्ने हुन्छ NRN र NRN का सम्पूर्ण कार्यकारी टिमलाई एक बेकसुर नेपाली माथिको आठ साल जेल सजाय प्रति कायेरतापुर्ण टड्कारो आवाज र बिभिन्न संघ संस्था र नेपाल सरकारसंग यो मुद्धा सम्बन्धि बराबर अपडेटिंगको लागि धन्यबाद..! यितिले मात्र अधुरो रहला अरु "एक्शन-कट"हरु लेखाइको यात्रा संगै अरु सामग्रीका साथमा "अनन्तमा बिलिन क्रन्दन"ले प्रस्तुत हुँदै जानेछन..!
वहाँ अत्यन्तै मिलनसार,कहिल्यै कोहि संग पनि रिसाउन नजान्ने एक साक्षर व्यक्तित्व हुनु हुन्थ्यो, समयको चर्खा घुम्दै जाने क्रममा आज भन्दा 5 वर्ष अगाडी वहाँ र मेरो यहि क्याम्बोडियाको "बंङ्क लेक" मा क्यम्बोडियन ट्रेडिशनल कफी शोप मा भेटघाट भएको थ्यो,त्यस पश्चात वहाँ र मेरो भेट घाट कामको व्यस्तता ले पातलो भए पनि फोनमा भने हाय-हेल्लो भइ रहन्थ्यो बिशेष गरेर सनिबार आइतबार भेट घाटको क्रम बिस्तारै मित्रताको प्रगाढतासंगै बढ्दै गयो, वहाँ संगको भेटमा एउटा मैले भुल्नै नसकेको वहाँको आदत भनुँ भने आदत होइन तर मलाई देख्ने बितिक्कै भन्नु हुन्थ्यो त्यो शब्द यस्तो थ्यो,,,"ल दिपेन जी एउटा गीत चाहिं गाउनै पर्यो" वहाँको यो अनुरोध जहिल्यै मेरो कानमा गुन्जी रहन्छ, सायेद वहाँ र मेरो भेटहरुमा कहीं कतै मैले गीत गुन गुनाएको सुन्नु भएको थ्यो होला, हुन त म अलिक गितांङ्गे नै थियेछु त्यसताका, एकान्त हुनै नहुने खुब ताल पारेर बुट्टा भर्न सुरु हुन्थें थोत्रे स्वर तानी-तानी जानी नजानी>>>>कहिले कहीं वहाँको अनुरोधले मलाई निकै अप्ठेरो मा नपारेको पनि होइन तर झोल निकाली सकेको छोक्रे गीत धोक्रे स्वरमा सुनाई दिन्थें अनि वहाँले त्यो मेरो टपरामा स्सु गरे जस्तो स्वर खुब गहिरेर सुन्नु हुन्थ्यो,,,खोइ वहाँलाई के मज्जा आउंथ्यो मलाई गीत गाउन लगाएर सुन्नमा???!
लेख्दै त छु तर मैले भन्न पर्ने पनि हुन्छ कि वहाँ को व्यक्तिगत दैनिक जीवनबारे त्यति धेरै खुलाउने जरुरि नदेख्दा-नदेख्दै पनि केहि कुरा त समाबेश गर्नै पर्छ भन्ने मेरो सोच हो,,,,सुरु हुनु पर्दा र लेख्नु पर्दा वहाँ यहि क्याम्बोडियाको कुनै एउटा इन्डियन रेष्टुरेन्टमा accountant and मार्केटिङ् मेनेजरको पोस्टमा काम गर्नु हुन्थ्यो,त्यो रेष्टुरेन्टलाई राम्ररी नै हाँक्नु भएको थिएछ भन्ने कुरा वहाँको काम गराई र रेष्टुरेन्टमा कस्टमरको चाप ले पनि प्रमाणित गर्थ्यो,आफ्नो ड्युटीमा साह्रै पक्का व्यक्तित्व हुनु हुन्थ्यो....वहाँको ड्युटी बिहानको 9 बजे सुरु भएर राति अबेरसम्म भन्दा पनि रेष्टुरेन्ट सबैको 10:30pm मा भने बन्द हुन्थ्यो तर वहाँले काम गर्ने रेष्टुरेन्ट भने कहिले 11 बज्थ्यो त कहिले 12 नै बज्थ्यो कुनै निश्चित समय नै थिएन बन्द हुन को लागि,पहिले-पहिले यो रेष्टुरेन्टमा पनि बिहान खोल्ने र साँझ बन्द गर्ने निश्चित समय नभएको भने होइन, यस्तै समयको अनिकालमा पनि रेष्टुरेन्ट बन्द गरेर वहाँ रमाइलो गर्न निस्किनु हुन्थ्यो,वहाँ नाच्नमा निकै सौखिन हुनु हुन्थ्यो र ठाउँ मात्र पाउनु भयो भने पनि वहाँ खुबै नाच्नु हुन्थ्यो,,,,,!
दिन,समय,रात अनि कर्तब्य लात्तेबुंङ् चल्दै गयो-चल्दै गयो यहि चल्दै जाने क्रमहरुमा वहाँले धेरै ठाउँमा मलाई गीत गाउन लगाएर अप्ठेरो मा पार्नु भएको थ्यो भने मैले पनि वहाँलाई धेरै ठाउँमा नचाएर पैंचो असुलेको अहिले भर्खरै जस्तो लाग्छ, यस्तै लात्तेबुंङ् कै भिडभित्र बाट एक दिन सपना जस्तो लाग्छ वहाँको नाम DJ रहन गयो यो नाम त्यहि भिडभित्र बाट कसैले दिएको हो,यो नाम महिनाहरुमा मात्र होइन बर्ष भरि नै निकै चर्चित रहयो।कहिँ भिडमा होस् या कहीं सुनसानमा होस् DJ को निकै चर्चा चल्थ्यो।
समयले कोल्टे फेर्दै जाने क्रममा समयको रंग पनि क्रमश: फेरिंदै गयो.......वहाँसंगको मेरो भेटहरु प्राय रमाईलै हुन्थ्यो, हाम्रो भेटघाटको क्रमहरु कहिले कफिसंग त कहिले बियरको क्यानसंग,कहिले ह्विश्कीसंग त कहिले कोरियन सोझुसंग कहिले गाउँले ठर्रासंग समेत भेट हुन्थ्यो,यतिका धेरै भेटहरुमा हाम्रो व्यक्तिगत कुराकानी अँ...हँ..... कहिल्यै भएन, यानिकी कसैको व्यक्तिगत बिषयलाई कोट्याउनु हुन्न भन्ने वहाँको मान्यता थियो।कसैले सोधी हालेको खण्डमा सुटुक्क बिषयबस्तु बदल्न वहाँ निकै सिपालु हुनु हुन्थ्यो,यतिका लामो समय संगै हिडियो, बसियो,खाइयो,पिइयो,गाइन्थ्यो,नाचिन्थ्यो तर मलाई खासै वहाँको बारेमा केहि थाहा भएन नै भन्छु, जस्तो घर कहाँ हो? कुन जिल्ला हो?कुन गाउँ हो?पारिवारिक बिषयमा होस् या कुनै राजनैतिक आर्थिक बिषयमा होस् तर बाहुनबाद को कुरा निक्ल्यो भने अलिकति आँखा उठाएर भन्नु हुन्थ्यो "बाहुन भनेको परदेशी भाईमारा जोगी हुन्"तर अरु पक्षमा अँ---हँ कसैलाई थाहा भएन,मैले धेरै पटक समय सापेक्ष सोध्ने प्रयास आठा-पाँजा गरेको पनि हुँ त्यस्तो अबस्थामा केहि त भन्नु नै भाथ्यो तर पनि त्यो पर्याप्त भने थिएन र भन्नु पर्दा वहाँ त्यति भावनामा बगी हाल्ने व्यक्तित्व नै हुनु हुन्न थ्यो मैले माथि पनि भनि सक्याछु।
समयको हुइकिने क्रम जारी त थ्यो नै,यहि क्रममा त्यस्तो केहि भएको पनि होइन तर समयले अचानक फुत्केर परिस्थितिलाई जबर्जस्ति करणी गर्न सुरु गर्यो, बिबशताको कैदी जन्जिर भित्र बिलिन क्रन्दनमा समाहित हुन बिबश थियो।भन्छन नि....उधो दौडेको मृग लाइ लुते कुकुरले पनि बेजोडले खेद्छ रे भनेर..... त्यस्तै नै वहाँको पछी पनि मानवरुपी लुते कुकुरहरुको दौड सुरु भयो ...यहाँ मानवता छैन दौड मात्र छ,यहाँ दर्जाले मात्तिएको हाक्कीमको हैकम मात्र छ,यहाँ मालिकको हुक्कुम मात्र छ,यहाँ त मानवता,समानता,दया,माया भन्ने चिज छैन,यहाँ बिबशताले पिल्सिएको नग्नता माथि खुलेआम बलात्कार हुदै छ, तर त्यहाँ बिबश क्रन्दन सुन्ने कोहि छैन,हैकम र पैसाको भरमा पन्जालाई जबर्जस्ति चौका भन्न यी मानवरुपी लुते कुकुरहरु यति खेर खुब ब्यास्त थिए।
यतिखेर वहाँ कुनै एउटा रेष्टुरेन्टमा accountant and marketing manager हुनु हुन्थ्यो।यी मानवरुपिहरुको राक्षसी आँखा वहाँ माथि बलि नै सक्याछ तर वहाँलाई के थाहा?आफ्नै सुतिखेतिमा ब्यास्त हुनु हुन्छ,वहाँले कसरि थाहा पाउने?ति षड्यन्त्रमय लुते कुकुरहरुको भुकाईको इसारा मलाई नै हो भनेर?तर त्यो भुकाईले वहाँलाई नै संकेत गरिराथ्यो भने जबर्जस्ति रेष्टुरेन्ट मालिकलाई सुनाइन्दै थ्यो ह्याँङ्... ह्याँङ्.....ह्याँङ् गरेर, रेष्टुरेन्ट मालिक निकै विद्वान हुनु हुन्थ्यो तर रिमोट बिना नचल्ने थोत्रे टिबी भन्दा कमि त किन हुनु हुन्थ्यो र? धोति पुज्य आधा जीवन इन्डिया मै पाले पोसेको निकै बरिष्ठ नै भनि राखे फरक पर्दैन र भन्दा कुनै आकाश अबस्य खस्दैन, यहाँ निर यिनै बरिष्ठ मालिक र यी मानवरुपी लुते कुकुर महाशयहरुको मिटिंङ् दैनिक accountant and marketing manager लाई रेष्टुरेन्ट बाट निकाल्ने विभिन्न प्रस्ताबहरु दिनानुदिन पारित हुन्थे, बरिष्ठ मालिक महोदय त्यतिखेर निकै मानसिक तनावले रन्थनिएर वहाँ आर्थिक तनावसंगै गुज्रीरहनु भएको थियो त्यहि तनावलाई मसला बनाएर मानवरुपी यी जन्तुहरु कन्धनि कसेर हिलोआली गर्दै कुर्लिन्दै थिए, रेष्टुरेन्टमा होस् या बाहिर जहाँ भेटे पनि जतिखेर भेटे पनि पहिलो बिषयबस्तु नै त्यहि निकालेर भुक्ने क्रम तिब्र---अति तिब्र हुदै गैरहयो,बिचारा आर्थिक तनावले हैंटु भएको मालिकको कान ठाडो हुने नै भो त्यो चर्को भुकाईको अर्थ खोज्न,त्यो भुकाईको अर्थ संगै लालचका झिना-मसिना टुक्राहरू खाउँ-खाउँ गर्दै र्याल सरि यस्सो बिचारा हैटु मालिकलाई इसारा गर्दै यता-उता छोडेर पासो थाप्थे, बिचारा आर्थिक तनावले ग्रस्त मालिकको सामु...मालिक महोदयको त्यो तनाव रेष्टुरेन्ट नचलेर भने थिएन- रेष्टुरेन्ट त राम्रो चल्या थ्यो,भन्ने नै हो भने त्यो रेष्टुरेन्ट क्याम्बोडिया-फ्नोम पेन्ह सिटि भरिकै नामी रेष्टुरेन्टहरुमा गनिन्थ्यो त्यतिको रेष्टुरेन्टको मालिक हुन त धेरै कम मान्छेलाई नसिव हुन्छ त्यसैले त मानवरुपी लुते कुकुरहरुको सिकारी आँखा त्यहाँ पर्या हुनसक्छ भन्दा संका गर्ने ठाउं नै छैन,,,लुते-निर्बल कुकुरले जहिले पनि असाहय माथि नै आक्रमण गर्छ भन्ने चरितार्थ यहाँ अंकित खुस्केको मोतिले उजागर गरेको छ, ठिक त्यस्तै यहाँको आक्रमण एक असाहय आर्थिक तनाव ग्रस्त मालिक माथि छ भने तिनै मालिकका स्टाफ accountant and marketing manager माथि हेर्नुस्त?कस्तो गिद्धे दृष्टि?भन्नु नै पर्दा यहाँ लालचका टुक्राहरुको विवरण यस्तो थ्यो....तनाव ग्रस्त मालिक लाई 50% शेयर लगाएर ऋण मुक्त गर्ने तर accountant and marketing manager लाई त्यो रेष्टुरेन्ट बाट तुरुन्तै हटाउनु पर्ने..... अब भने बिचरा तनाव ग्रस्त मालिकको "चाक" अकबरे खुर्सानिले पोल्या झैं हुन थाल्यो, एकातिर ऋण मुक्तिको झर्रा सपना छ त अर्को तिर स्टाफ नै हुइकाउनु पर्ने द्विविधा-... बरा......बिचरा तनाव ग्रस्त मालिकले के नै गर्न सकुन? यहाँ मानवरुपी जनावरहरुको दवाबले बिचरा तनाव ग्रस्त मालिक रनभुल्लमा परे-"हेरेर मर्नु भन्दा छेरेरै मर्नु बेस" भन्या सैपरी ऋण मुक्त हुने सपनाको अगाडी accountant and marketing manager को भविष्यको कुनै औचित्य रहेन, आखिर त्यो स्टाफ पनि त मानव नै हो,उसको पनि इज्जत छ,उसको पनि भविष्य छ,सपना छ,तर यहाँ त्यसको मतलव भएन मतलव भयो त श्रीब 50% शेयर हालेर ऋण मुक्त हुनेको र गर्नेको तर यहाँ उनीहरुको चाहनामा कसैको भविष्यको इज्जत लुटिदैछ त्यो कसैको भविष्यसँग मतलव छैन यहाँ!...accountant and marketing manager को त्यो रेष्टुरेन्ट प्रतिको योगदान र कामको कुनै मूल्य भएन, यहाँ त बिचारा तनाव ग्रस्त मालिकले ति सबै कुरा बिर्सेर यी मानवरुपी जनावरहरुले बजाएको बेतालको मादलको तालमा मच्चिनु नै मालिकको भबिस्य भो भने बिचरा बिबशाताको अगाडी कसको के नै लाग्दो रहेछ र? त्यतिखेरको सम्बाद अलिकति यहाँ जस्ता तस्तै राख्ने जमर्को गर्याछु।>>हेर्नुस तपाईको रेष्टुरेन्ट यो मान्छेले गर्दा डुब्न लग्याछ अझ चुप बसेर हाम्रो कुरा सुन्नु भएन भने तपाईले यो रेष्टुरेन्ट त गुमाउनु हुन्छ नै तर ऋणले तपाईको उठिबास लाग्छ<< बिचरा तनाव ग्रस्त मालिक,,,, हो न हो झैं कान ठाडो-ठाडो पर्दै सुन्न ब्यास्त हुन्छ।अर्को सम्बाद जस्ताको तस्तै>>हामीले तपाइको रेष्टुरेन्टमा पैसा लगानी गर्नु पर्छ भने यसलाई पहिले रेष्टुरेन्ट बाट निकाल्नुस<<हो न हो बिचरा तनाव ग्रस्त मालिक,,,, "टेक्ने न समाउने""भीरको चिण्डो उधो न उभो'भन्या सैपरी उसको आर्थिक ज्वरो 103 डिग्री पुग्या बेलामा मोति नखुस्किने त कुरै भएन, अब त्यो खुस्केको मोतीले हरेक भए-नभएको विभिन्न आरोप-प्रत्यारोप ओकल्न सुरु गर्यो बाबै क्यार्ने अब?यस्तो क्रम दिन गुना चार भएर बढ्दै गयो, मानवरुपी जनावरहरुको धोति पनि केहि हल्का भए झैँ त्यो दृश्य हेरेर सिगरेटको ध्वाँ संगै मुसुक्क-मुसुक्क रुखो मुस्कान छोडेको भर्खरै जस्तो लाग्छ। यी जन्तुहरु बाट दिनानुदिन दियोको सलेदो उकास्ने काम भै रहयो यो संगै यहाँ अलिक हस्यास्पद कुरा पनि छ त्यो पनि मैले प्रस्तुत गर्नै पर्छ === रेष्टुरेन्टमा लगानी गर्ने भएसी रेष्टुरेन्टमा दिनानुदिन उपस्थिति पनि नहुने कुरै भएन,उपस्थितिसंगै एउटा देशी रक्सीको बोतल पनि साथमा लिएर आउन थाले नभई सकेका नयाँ अबिछिन्न मालिकहरुले त,,,,,यो देशी रक्सि रेष्टुरेन्टमा भन्दा बाहिर खुद्रा मुल्यमा अलिक काम मुल्यमा पाउँछ यो सर्वबिदितै छ,यहाँ सुरु भयो देशी रक्सीको साथमा दिनानुदिन हाँजिर नयाँ अबिछिन्न मालिकहरुको, देशी रक्सि बाहिर बाट र 2/4 प्लेट पकोड़ा र फ्रि पापड-चटनी-सलाद रेष्टुरेन्टको, बुङ्ग -बुङ्ग चुरोटको ध्वाँ उडाकोछ---देशी निम्नकोटि रक्सीको तालमा रेष्टुरेन्टमा पाइने फ्रि पापड-चटनी-सलादको अडर छिन-छिन मै गरयाछ,खाछ,अन्य कस्टमरलाई असामयिक डिस्टर्व भइराछ तर कुनै मतलव छैन,बिचरा तनाव ग्रस्त मालिकको हालत यतिखेर बर्णन गरि साध्य छैन,तिनै नभई सकेका अविछिन्न पार्टनरहरुको हजुरीमा लिन छ।के गरुन त बिचराले बाध्यताको हातकडी मन भरि तन भरि अनि मस्तिष्क भरि जकडिएर खबरदार,,, केहि बोल्लास भनेर चेतावनी दिइरहेको छ,,,,बोल्यो नै भने पनि ऋण मुक्त हुने सपना एकै छाक हुने हो कि?,,,,क्यार्ने र बिबशताले पछारे पछी आइया न आत्था.....!
समय बित्दै जान्छ,,,घडी आफ्नै अस्तित्वमा घुमी रहन्छ,6 बजे देखि 8 बज्छ एबम रितले 9-10-11 बज्दै जान्छ, सामान्य रेष्टुरेन्टहरु रातको 10 बजे या रातको 10:30 बजेको हाराहारिमा बन्द भइसक्छन फ्नोम पेन्ह सिटीमा तर त्यो रेष्टुरेन्टको त कुनै निश्चित बन्द हुने समय नै पो हुन छोड्यो,यतिखेर रातिको 11:30 बजेको हुँदो हो,,रेष्टुरेन्टमा कुनै कस्टमर छैनन् , छ त त्यहि एउटा टेबल,जहाँ 6 बजे बाट नभई सकेका50%का अबिछिन्न मालिकहरु बसेर मदिरापानमा ब्यास्त छन,बिचरा ति थकित स्टाफहरु घर कोठा तिर जान को हतारले भित्र- बाहिर गरि रहन्छन,किचेनमा पसिनाले निथ्रुक्कै भएको ज्यान पखालेर सुत्न चाहन्छन तर यहाँ यी स्टाफहरुको चाहना कसले बुझ्ने र? रेष्टुरेन्ट खाली भए पो स्टाफले छुट्न पाउन? रातिको 12 बज्नै लाग्यो बल्ल पो सोध्दै छन बिल दिनुस भनेर,एक्कौंटटेन्टले बिल बनाएर दिन्छ,,,सबै स्टाफले हर्षको सास फेर्छन,बिल टेबलमा पुग्छ जम्मा 15.00$ पुगेको हुँदो हो,,,,टेबलमा 5 जना बसेर खाएको बिल ..यहाँ निर रेष्टुरेन्टका एक्काउन्टेन्टसंग को सम्बाद जस्ता को तस्तै समाबेस गरेकोछु,,,
नभईसकेका 50%का अबिछिन्न मालिक>>>>यो बिल कसले काटेको हो?
एक्काउन्टेन्ट>>>>मैले काटेको हो सर......
50%का अबिछिन्न मालिक>>>>यो आइटम किन ज्यादा लेख्या?
एक्काउन्टेन्ट>>>>कुन आइटम हो सर? (एक्काउन्टेन्ट छेउमा आएर सोध्छ)
50%का अबिछिन्न मालिक>>>>यो "पनिर पकोड़ा" हामीले अर्डर गरेकै होइन तुरुन्तै क्यान्सिल गर्नुस......
एक्काउन्टेन्ट>>बिल त अर्डर अनुसार नै बनाको हो,ठिकै छ,क्यान्सिल गरि दिन्छु भन्न बाध्य छन- -एक्काउन्टेन्ट
(अब बिल बाट "पनिर पकोडा" क्यान्सिल गरे पछी 11.00$को बिल तयार भएर टेबलमा आउँछ)
50%का अबिछिन्न मालिक>>>>डिस्काउन्ट पाइन्दैन?
हस्यास्पद कुरो त यहाँ निर पो आयो....बेलुका 6 बजे बाट रातिको 12 बजे सम्म बसेर बाहिरै बाट ल्याएको निम्नकोटिको देशी रक्सिसंग खाएको बिल जेनतेन 15.00$ भएको पनि "पनिर पकोडा"क्यान्सिल भयो त्यहाँ फ्रि पापड-चटनी-सलाद लगभग 3kg खाये होलान त्यसको हिसाब-किताब नै छैन,अब भएको 11.00$ मा पनि पो डिस्काउन्ट चाहियो रे.....10 बजे राति या 10:30 बजे राति छुट्ने स्टाफहरु 12 बजे सम्म हायी काड्दै बस्याछंन कुरेर,,,बिल बक्समा 1$ टिप्स छोड्नु त परै जावस लाजै बिना एस्सो पो रे>>>>सर्भिस थर्ड क्लास भयो<<<<रे>>>यहाँ यो अबस्थामा ति 12 बजे सम्म पर्खेर बसिरहने स्टाफ माथि कस्तो खालको असामयिक चोट पर्यो होला?त्यसको स्वाद त तिनै स्टाफलाई थाहा छ।एबम रितले देशी दारु बाहिर बाट बोकेर ल्याउने अनि त्यस्ता 15/20$को बिलमा पनि कैयौं पटक क्यान्सिल र डिस्काउन्ट लिने दिने काम र स्टाफले कुरेर बसि रहने क्रम पनि दिन हप्ता हुँदै महिनौं बिती सक्यो,तर बिचरा तनाब ग्रस्त मालिकको नयाँ पार्टनरहरुले 50% शेयर लगाउलान र ऋण मुक्त हौंला भन्ने सपना या आशाको बाँध टुट्दै जोडिंदै कति मर्माहत भयो होला यी मालिकलाई ? रेष्टुरेन्टमा आधा शेयर लगाउने मानवरुपी आशक्ति जन्तुहरुको विभिन्न प्रकारको लेक्चर सुन्दाको हैरान छ बिचरा तनाव ग्रस्त मालिक.....जतिखेर पनि यसो भन्ने गर्छन>>>"होइन त्यो तपाइको एक्काउन्टेन्टलाई किन ननिकालेको?तपाइको यस्तै चाला हो भने खोइ के पैसा फसाई भो र? त्यसलाई तुरुन्तै निकाल्नुस नत्र खान पनि आउन छोड्छौं मात्र होइन यसैको कारणले अरु नेपाली कस्टमर पनि गुमाउनु हुन्छ तपाइले ...अरु नेपालीहरुलाई पनि हामी यो रेष्टुरेन्टमा आउन रोक लगाई दिन्छौं"<< त्यो अबस्थामा बिचरा मालिकलाई कति पिरोलो भयो होला मन?यो क्याम्बोडियामा रेस्टुरेन्ट मालिकहरुले यो कहिल्यै सोच्या हुन्नन् कि "मेरो रेष्टुरेन्टमा नेपालीहरु आएर खाइ दिन्छन अनि मैले पैसा कमाउँछु"भनेर...यहाँ निर मैले नेपाली संग रेष्टुरेन्टमा बसेर खाने हैगत हुन्न भन्न खोजेको चाही होइन र हामी नेपालीहरुको प्राय कोठा मै आफ्नै तरिकाको खाना बनाएर खाने चलन छ,आठा-पाँजा रेष्टुरेन्टमा गएर नखाइने पनि होइन, तर यहाँ केहि डक्टर मित्रहरुको खुस्केको मोतिलाई उजागर गर्न खोज्या मात्र हुँ, जसले पाठक बृन्दमा असामयिक ठेस पर्ने महसुस गर्याछु जसको निम्ति पाठकसँग माफी चाहन्छु असन्तुलित ठेस लाग्न गएमा।यसरि नै विभिन्न नाटकबाजी चल्दै गयो-चली नै रहयो, यतिखेर लगानी कर्ताको नाटकबाजीको पर्दा बन्द हुने छाँटै देख्न छोडी सक्यो बिचरा मालिकले...! हुँदा-हुँदा एक दिन अर्को नाटक जोडियो त्यहाँ-- पैसा लगानी र तमसुक लेखाइको...बिचारा तनाव ग्रस्त मालिक लाई बाध्य नै बनाइयो उनको त्यो एक्काउन्टेन्टलाइ निकाल्न.....आखिरी यी एक्काउन्टेन्टले यीनि मानवरुपी लुते कुकुरहरुको के नै बिगार्या थ्यो होला र?आखिर यी एक्काउन्टेन्ट पनि त नेपाली नै हुन्,यिनले पनि यिनै मोति भ्रस्टहरुले जति नै पढ्या छन,न त पढाइमा कम छन न त बुद्धि मै?असन्तुलित फरक के मा छ त? भन्दा खेरि उनीहरु कहीं कुनै कम्पनीमा हाक्किम छन प्रसस्त पैसा छ तर वहाँ रेष्टुरेन्टमा काम गर्नु हुन्छ उनीहरुको जस्तो प्रसस्त पैसा छैन फरक बस यति नै मात्र हो,,के हाक्किम र पैसा हुनेले जे गरे-बोले पनि हुने र वहाँ जस्तो रेष्टुरेन्टमा काम गर्ने कम कमाइ हुनेले केहि गर्न र बोल्नै नहुने?यो भनेको यी मानवरुपी जन्तुहरुको उदांगो आचरणको रंग हो ...कति निर्मम छ,कति निर्दयी छ, कति शोषण र दमनको गन्धगी भरिएको छ...?!
एक दिन समयले निकै नेटो कति सकेको अबस्थामा 50%का अबिछिन्न मालिकहरुले तनाव ग्रस्त मालिकलाई कहीं अन्तै सुटुक्क आउन खबर गरे, तनाव ग्रस्त मालिक उनीहरुले भने जसरि नै सुटुक्कै गयो त्यो उसको नियती नै थियो, जब तनाव ग्रस्त मालिक त्यहाँ पुग्यो र देख्यो त्यहाँ त अघि नै अरु 2/3 जना मानव दलालहरुको उपस्थिति भै सकेको रहेछ,जे होस् उसकै प्रतिक्षामा बस्या रहेछन,अब कुरो सुरु भयो लेखाइ बाट मासाकमुसुक यता उता हेराहेर गरे तमसुक तयार गरे,त्यो तमसुक भनाइ मात्र रेष्टुरेन्टको 50% पार्टनर भन्ने थियो तर लेखिएको थियो ऋण लिएको दिएको भनेर, बिचरा आर्थिक तनावले खिन्न भएको मालिकले त्यो लेखिएको तमसुक अस्विकार गर्ने त कुरै भएन,यो भएन उ भएन भन्ने कुरै भएन,बोल्यो भने ऋण मुक्त नहुने नियतिले निचोरी राख्य थ्यो चुपचाप रहन नै उसको बिबसता थियो,तमसुक लेखि सकियो दायाँ-बाँया सहिछाप लाग्यो तर रकम अरु नै दिन लिउँला दिउँला भन्ने सहमति भयो,यसैको साथमा एक्काउन्टेन्टलाई रेष्टुरेन्टबाट निकाल्ने मुहुर्त:पनि तयार भयो,वहाँलाई बेवास्ता गर्ने र आरोपप्रत्यारोप लगाउने काम त पहिले नै सुरु भाइसकेको थियो जति खेर देखि मानवरुपी लुते कुकुरहरुको आदम्य भुकाइ सुरु भएको थियो।
दिनहरु बित्ने क्रम जारी छ,आज त्यो रेष्टुरेन्टका एक्काउन्टेन्ट मार्केटिंग मेनेजरको त्यहाँ काम गर्ने अन्तिम दिन आएकोछ,त्यति खेर को सम्बाद एक टुक्रा जस्ता को तस्तै यहाँ प्रस्तुत छ,..................
रेष्टुरेन्ट मालिक>>> दाई आज देखि तपाईले आफ्नो हिसाब-किताब लिएर यहाँ बाट बिदा लिए भयो,अब तपाईलाई राख्न सक्दिन माफ गर्नोस अरु तिरै अन्त कतै काम खोजेर गर्नुस....
वहांको अनभिज्ञ सोधाई थियो>>>> किन र?के गल्ति भयो र म बाट?
रेष्टुरेन्ट मालिकको वहाँलाई उत्तर थियो>>> राम्रो काम नगरेको,हिसाब किताब भताभुङ्ग पारेको,कुनै नेपाली कस्टमरले मन नपराएको आदि इत्यादी.......वहाँले गर्दा नेपाली कस्टमर पो गुम्ने रे खोइ को गुम्थ्यो होला र?गुम्थ्यो त त्यहि मानवरुपी राक्षसहरु गुम्थे होलान् र ऋण मुक्त हुने सपना साँढेको हुन्थ्यो होला.....वहाँले खोइ कस्तो काम गर्नु पर्ने थ्यो र?राम्रै त काम गरि रहनु भाथ्यो,रेष्टुरेन्टको पब्लिसिटी,खाना को मात्रा,खानाको रंग स्वाद देखि लिएर रेष्टुरेन्टमा हुनु पर्ने सर-सफाई, डेकोरेशन,कस्टमर केयर,डिलिंग,डेलिभरी,अर्डर,कस्टमर संग हाय-हेल्लो यी इतिश्री सबै वहाँले दक्षताको साथ नै गरि रहनु भाथ्यो...........अब मैले यहाँ भन्नै पर्दा.....रेष्टुरेन्ट फिल्डको यो दुनियाँमा जो कोहि हुनु हुन्छ-छन-छौं वहांको जस्तो रेष्टुरेन्ट फिल्डमा दक्षता,बिजनेस कन्सेप्ट र इअमन्दारिता सयेदै होलान र छौं छन् होला कुनै पनि स्टाफले मालिकको व्यक्तिगत खोट माथि मल्हम लगाउन सक्दैन,
Saturday, September 8, 2012
' लुकाइएको नेपाली इतिहास ' : खस-नेपाली भाषाको अनुवाद - by Pro. Dr. Hans-Georg Behr
by Jeki Chapcha
on Thursday, April 5, 2012 at 8:42pm ·
लुकाइएको नेपाली इतिहास
by Jwajalapaa Sakasita on Friday, January 13, 2012 at 1:13am ·
प्रा.डा. एच.जी.बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको विचारोत्तेजक सन्दर्भ हरु हरेक नेवारले पढनै पर्दछ | कृपया एक पल्ट पढ्नु होला |
राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ | तर वास्तविक इतिहास लुकाइएको छ | यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ | पृथ्वी नारायण शाह सम्बन्धि केहि पानाहरु यहा म प्रस्तुत गर्दै छु | वास्तविकता थाहा पाएपछी निश्चित रुपमा पृथ्वी नारायण शाहका अन्ध भक्त हरु मर्माहत हुने छन् | त्यसैले अन्धभक्त हरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु |
सम्बत १७१६ सम्म पनि गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी)मा बस्थे | उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो | नेपाल (हाल काठमाडौँ पाटन भक्तपुर)का राजाहरु चांदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए | उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले |
शक्तिशाली रजौटासित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटालाई कज्याउने राजनीति पछ्याउदै सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देस्य लिएर उनले धेरै पल्ट बिहे गरे | तर उनि सफल भएनन् | अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे | सम्बत १७३२मा उनले आफ्नो छोरा पृथ्वी नारायणलाइ भक्तपुरको राजासित बस्न पठाए |
त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेको थिए |तर उनको वास्तविक उद्देस्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो | छोरा नेपाल दर्बार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो |
(अन्य स्रोत बात जानकारी बटुलेर थपेको) : हुन त राजा नरभूपालले यस्तो प्रस्ताब काठमाडौँ र पाटन को राजालाई पनि पठाएका थिए | तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्व:मा राखेर हुर्काउने पढाउने भए सहयोग गरुम्ला भनि मौखिक जवाफ दिएर पठाए | न्वाक्व: भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे | काठमाडौँ र पाटनको राजाहरुको एस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे | तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमंत्रना दिइ शिक्षा दिक्षा दिन स्विकार गरे |
(फेरी मूल पुस्तक बाटै):
भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत व्यवहार देखाउदै बालक पृथ्वी नारायण शाहलाई दरबारमा पाहुनाको रुपमा स्वीकारे | उनलाई दरवारको सबै कुना कुना देखाए | उनका राजकुमार राजकुमारीहरुलाइ पृथ्वी नारायण सित खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे | धर्मको काम भन्ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरि उत्कृस्ट शिक्षा दिक्षा दिएर राखे | यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन |
पृथ्वी नारायण शाह स्मरण शक्तिमा तेज थिए | एकपल्ट देखेको कुरा हम्मेशी नबिर्सने | उनले भाषा पनि छिटै सिके र दरबारमा प्यारो बनेर हुर्किए | पाँच वर्ष पछी उनि आफ्नो गृह नगर गोरखा फर्किए | उनले मल्लकालीन दरबारका धेरै जानकारीहरु बटुलेका थिए | मल्ल खानदान भित्रका कलहलाइ नजीकबाट नियालेका थिए | के कुरामा तिनीहरु मिल्छन, के कुरामा झगडा गर्छन, के कुरामा इर्श्या गर्छन, के कुरामा रीस गर्छन, ती सबै कुरो बुझेका थिए | त्यस्तै गरि कति सेना छन्, कति हतियार छन् र सामरीक महत्वका ठाउँहरु कता कता छन त्यो जानकारी पनि बटुलेका थिए |
फर्केर गएपछि पृथ्वी नारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनि निश्चित जसो थिए | काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले | तर युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा राजा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्रो हारको सामना गरे |
त्यो बेला देखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक बर्ष जसो आक्रमण जारी राखे | गोरखाली आक्रमण संधैजसो मनसुन सिजन पश्चात हुन्थ्यो | मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धनसम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो | त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्य तिर (भदौ असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ | तर यो आक्रमण कहिलेपनि सफल भएको देखिन्न | यस्तो लुटमार गर्ने उद्देस्स्यले आक्रमण गर्ने र असफल भै फर्कने क्रम सम्बत १७६४ सम्म जारी रह्यो |
तत्पश्चात पृथ्वी नारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरु तर्फ पठाए | अन्त्यहीन जस्तो बार्षिक लडाई र प्रतिरोधले मल्ल राजाहरु दिक्दार थिए | त्यो भन्दा पनि एस्तो सानो सानो स्तरको लडाइले त्यो बेला नेपालको अन्तररास्ट्रिय बन्दब्यापार (तिब्बत भारत तिरको ब्यापार)लाइ नोक्सान पुगी राखेको थियो | मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्ताव सित वास्तवमा खुशी भएका थिए |
तर पृथ्वी नारायणको प्रस्ताव बास्तवमा एउटा चलाखी मात्र थियो | उनले वास्तविक शान्ति चाहेका थिएनन | जव गोर्खाले उत्तरतिर रहेको व्यापार मार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले | साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए | मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए | लडाई अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्लराजाहरु गोरखाले वर्षेनी लडाई लड्न पैसाको जोहो कताबाट गर्छन, गोरखा बाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुदै थियो भन्ने सोचेर चकित परेका थिए |
गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो | तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ | यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पानी लण्डनमा सुरक्षित छ | इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो छ |
मैले उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने (Captain Ceane) को दस्तखत छ | जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नु पर्ने सम्झौता भएको थियो | यो त्यहि ब्यापारिक मार्ग हो जहाँ बाट हालको भारत र चीन बीच नेपाल भै ब्यापार चलेको थियो |
भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजा सित मिलेर ब्यापार बढाउदै थिए | बेलायतको अनुमानमा झन्डै ३०% मुगल सम्पत्तिको मुख्य श्रोत नै उत्तरसित रहेको यो व्यापार थियो | त्यसैले बेलायतिहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानि बढाउन चाहन्थे |
लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वी नारायण शाहका सेनाले ८०० वटा काँधमा राखेर प्रहार गर्नु पर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायति सैन्य सल्लाहकार प्राप्त गरे | सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोरखाले किर्तिपुर कठिन युद्द गरि जिते | कीर्तिपुरले अदम्य शाहस देखाउदा देखाउदा पानी उच्चस्तरीय हतियार सामु टिक्न सकेनन | त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए |
हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे | आजसम्म पानी त्यो ठाउ "नाक नभएको मान्छेको गाँउ" भनेर परिचित छ | यो घटना घटिसकेपछी बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए |
जय प्रकाश मल्ल, काठमाडौँका राजा, एक विद्वान शासक थिए | उनले इस्ट इंडिया कम्पनीलाई गोरखाको आक्रमण बिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे | इस्ट इंडिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य टुकडी क्याप्टेन किनलोक (Kinloch)को नेतृत्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए | यी क्याप्टेन असाध्यै मदिराप्रेमी थिए |
क्याप्टेन किनलोक नेतृत्वको बेलायती सेना जव काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे तिनले गोर्खालीसित लडाई लडेको नाटक गरे र उक्त लडाइमा बेलायती सेना हारेको भनि गलत प्रचार गरे | गोर्खाली आक्रमणमा परि क्याप्टेन आफै घाइते बनेको प्रचार गरे | यो घटना "म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर" भन्ने नेपाली उखानसित मिल्दोजुल्दो छ | यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केहि गर्न सक्तैनौ भनि बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे |
बेलायती सहयोगको आश मरेपछि जय प्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले | एक जोतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनि बताईदिए | राज्य बचाउने आशमा सम्बत १७६८मा उनले कुमारी माताको भब्य पुजा गर्दै इन्द्र जात्रा धुमधाम मनाए | त्यो बर्ष सेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए |
जात्रामा मस्त राजा र जनताले गोरखा सेनाले चारैतिरबाट शहर घेरेको चालै पाएनन् | जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकार मच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन | रथमा सवार जयप्रकाश रथबाटै हाम फाले | उनका दुइ श्रीमती पनि उनकै पछी पछी लागे र पाटन तिर सकुशल भागे |
अशान्त भीडका बीचबाट पृथ्वी नारायण शाह अगाडी बढे र चिच्चाए - "म तिमीहरुको राजा हुँ, जात्रा जारी राख्नु" |
मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडी झन् धेरै मदिरा पिए | हात हातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेना सामुन्ने थिए | कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए | निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन |
त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे | ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन | त्यहाबाट लखेटिएका मल्लहरु अब भक्तपुरमा जम्मा भए | भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो | तत्पश्चात बेलायति सल्लाहकारको योजना मुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो |
तीन बर्षको नाकाबन्दी पछी भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो | अभाव सितै त्यहाँ दर्बार भित्र बेचैनी पनि बढ्दै थियो | त्यहि बीच एक रात एक मल्लका ल्याइते सन्तानले शहर पस्ने धोकाको चुकुल खोलिदिए | गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके | जय प्रकाश मल्लले आत्म हत्या गरे | उनि प्रति उदारता देखाउदै पृथ्वी नारायणले उनको शवलाई पशुपतिमा दाहसंस्कार गर्ने ब्यबस्था मिलाई दिए |
भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वी नारायण शाहलाइ पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे | उनि मारिएनन तर उनको आँखा फोडियो र हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो | ललितपुरका राजा तेज नरसिंग मल्ल पृथ्वी नारायण शाह सित कुनै शब्द बोल्न चाहदैन थिए र मौन मात्रै बसी रहे | तेज नरसिंगलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियो - त्यहाँ सानो प्वाल थियो, जहा बाट दिनको एक कटौरा भात छिराउथ्यो | केहि दिन पछी त्यो कतौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इटाले छोपी टालियो |
पृथ्वी नारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे | उनले पृथ्वी नारायणलाई भनेका थिए - "नेपालका जनता ज्यादै मेहनती र बुद्धिमान छन | त्यसैले तिनीहरु एकदम खतरनाक छन् | तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरि आतंक फैलाउन सक्नु पर्छ | उनीहरुलाई अबको कयौं शताब्दि सम्म पनि शासन सत्तामा आउन दिनु हुदैन | शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ | यस्तो गर्न कडा नियम र तरवार (हत्या हिँसा)को साथ लिनै पर्छ |"
तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्न बाट बन्चित गरियो | नया निर्माण कार्य गर्न रोक लगाइयो | भत्केको घर मन्दीर पुनर्निर्माण गर्न पनि रोक लगाइयो | व्यापार ब्यबसायमा नियन्त्रण गरियो | सम्बत १७६७को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी र फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन | स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो | सम्बत १७७० मा मात्रै पनि २५०० नेवारहरु संजायको नाममा मारियो | यस्तो व्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थाले | दमन र अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो | तेस्रो पुस्ताका नेवार सम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाकि रहेनन् र ती कुराहरु बिर्सन थाले |
पृथ्वी नारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो | श्रीजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो | तत्पश्चात बेला बेला भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाचो पर्यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेता पनि ती शहरहरुको जीवन्तता फेरी कहिलेइ फर्किएन |
बेलायतीहरुको हिंश्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे | सम्बत १७७८ मा मुगल साम्राज्य टाट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे | यसको असर समग्र मध्य एशियामा पर्यो | पृथ्वी नारायणलाइ हतियार बनाइ त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो |
यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो | फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भर पर्नु पर्यो जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछायामा सामन्ती व्यवस्था फस्टाउन पुग्यो | यस्तो नकारात्मक असर तिब्बत मात्र हैन उत्तरी चीन सम्म पनि बिस्तृत भएको थियो |
पछिल्लो समयमा बेलायतिहरु गोरखा सित खुशी रहेनन् | गोरखाले रगतको स्वाद चाखी सकेको थियो र जीतको उन्माद तिब्र थियो | उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए | त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले | त्यस्तै आफुले जितेका क्षेत्रलाइ "निषेधित इलाका" मा परिणत गर्दै गए | उनीहरुको पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन | तर सम्बत १७८९ मा उनीहरु युद्दउन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउहरुमा समेत हमला गर्न थाले |
बेलायतका जनरल अक्टरलोनीले लेखेका छन् - "हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस |"
लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन् - "नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा |"
यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो | गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार)लाइ दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो |
गोर्खाली जवानहरु देश छोडदै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलात्मक रुपमा शान्ति देखिन थालियो | तर दरबार भित्र भने शान्ति आएन | शाहहरु एक आपसमा भिड्न थाले | उनीहरुले देश र जनताको बारेमा खासै चासो लिदैन थिए | तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएका थिए |
यस्तै घटनाक्रम संगै कोट पर्व भयो | यस पछाडी जंग बहादुर राना शक्तिशाली बनि निस्किए र उनले शाह राजा सित शक्ति खोसेर शासन चलाए |
---- यस्पछादी के भयो आफै किताब खोजेर पढ्नु होला |
Nepal: Geschenk der Götter (Nepal Gifts of the Gods), by Hans-Georg Behr
*** यो लेख मैले, ज्वजलपा सकासिता 'पास्सा' को 'नोट्स'बाट उहाको अनुमति लिएर साभार गरेको हुँ | - चाप्चा

Friday, August 24, 2012
रार्इहरु लिम्वु भएकोमा स्वागतयोग्य तथा केही प्रसंगहरु....
दिपेन योङहाङ लिम्बु
दिल पालुङवा लिम्वु (नेपाल कुश्शा)
भरखरैको सनसनीपूर्ण समाचार संखुवासभाका रार्इहरु लिम्वुमा प्रवेश भन्ने कान्तीपुर लगायतको संचार माध्यमहरुले समाचार छापेपछि निकै खैलावैला मच्चिएको छ । कसैले यो राजनैतिक षडयन्त्र भने कसैले के, कसैले के भनेर साध्य छैन । आधिकारिक कुरा के हो त्यतापटिट हाम्रो मान्छेहरुको ध्यान किन हो जादैन । यसै कुरालाई केही स्वागतयोग्य मान्दै यहां केही खुराकहरु प्रदान गर्न यो लेख लेखिएको प्रसंग जानकारी गराउदछु । वास्तवमा रार्इ कसलाई मान्ने ? किनकी यो एउटा पदवी हो । सत्रौं शताव्दीतिर अहिलेका लिम्वु भनिनेहरु सवैलाई रार्इ वा राय भनिन्थ्यो । यो कलमीको पूर्खाहरु वि.सं.१८३१ अगाडिकाहरुमा ताङशोवा राय, साम्याङफुङ राय, युम्मीमा राय, युफत्ता राय (पृथ्वीनारायण समकालिन)थिए । त्यस्तै अन्य लिम्वुहरुको थिए । त्यो वेला लिम्वुहरुको नामहरु लिम्वु भाषमा थिए । पृथ्वी नारायणको पालामा लिम्वुवानमा सुव्वाले ठाउ पायो । रार्इ र सुव्वाको समान अर्थ राजा भन्ने हुन्थ्यो । तर किन लिम्वु भनिनेहरुले रार्इलाई त्यागेर सुव्वा भन्न रुचाए । त्यतापटिट पनि वुझन आवश्यक छ । पृथ्वी नारायणले लिम्वुहरुलाई लिम्वुवानसंग सम्झौता गर्नु अगाडिदेखिनै सुवा भन्थे । सुवाहरु राजानै हुन् भन्थे । तर यो राजाको समानार्थी सुवामा पनि विग्रह आयो । यस शव्दलाई राणाकाल वि.सं.१९२५ मा आएर ६० मुरी धान हुने खेत र रु.३० सरकारलाई चढाई सुव्वा दर्ता हुने चलन चलाए । त्यसवेला त्यो सुव्वा कर्मचारी जस्तो भयो । तर पावरफूल थियो । उसले अन्य जातिकालाई रैती राख्न पाउथ्यो । कर उठाएर केही आफैले राखि तोकिएको प्रतिशत राणाहरुलाई वुझाउथ्यो । राणाहरुको जस्तै स्वभाव सुव्वामा थियो । त्यस्तै र्राई सुव्वा हुने नियम वि.सं.१९३५ देखि चलाईयो । यसलाई रार्इगीरी भनिन्थ्यो । यसको लागि सरकारलाई ३० मुरी हुने माटो र रु.१५ चढाउनुपथ्र्यो । यद्धपी यो कलमीको पूर्खा भर्तमान भन्ने पनि वि.सं.१८९१ देखि रार्इ गीरी सुव्वा भएको थियो । उहांको छोरा धनदलले ६० मुरी जेथा पुरयाएर सुव्वा भएको थियो । यही रोलक्रम जेठा सन्तानमा र्सर्दै गएर वि.सं.२०४५ सालतिर प्रेम वहादुर पालुङवा अन्तिम सुव्वा भएका थिए । त्यतिवेला पनि सामान्य त सुव्वा र रार्इगीरी सुव्वा हुने चलन लिम्वु जातिभित्र थियो । रार्इगीरी सुव्वा पक्का सुव्वाभन्दा निम्न कोटीको सुव्वा हुन्थ्यो । त्यस्तै लिम्वुहरुलाई रैतीले राजा मानेर सुव्वा साहव, सुव्वा राजा भन्थे । उनीहरुलाई राणा भन्दा सुव्वासंग डर हुन्थ्यो । किनकी उनीहरुको गांसवास सुव्वाको मुखमा भर पथ्र्यो । यसरी सुव्वा र रार्इमा यही ठूलो सानोको विभेदले हुन सक्छ लिम्वुहरु र्राई नभएर लिम्वुनै भए । सुव्वानै भए । यसैको प्रभाव अहिले पनि धेरै लिम्वुहरु लिम्वु वा थर नलेखेर सुव्वा लेख्छन् । अझ देश वाहिर जानेहरु सुव्वा भनेर सम्वोधन गराउन चाहान्छन् । थर लेख्ने चलन पछिवाट मात्र चलेको हो । खम्वुवानकोलाई सुव्वा वनाउने चलन थिएन । रार्इको पनि आफ्नो क्षेत्रमा उतीकै अधिकार हुन्थ्यो । तसर्थ रार्इ लेखिने समुहमा वस्ने लिम्वुहरुले पनि रार्इको प्रयोग गर्न थाले । अव नागरिकता निकाल्ने वेला भयो के गर्ने भन्दा श्रेस्तावाटनै र्राई भएकोले कतिपय लिम्वुहरु रार्इ भनिन वाध्य भए । यही मध्येका एक समुह हुन भर्खरै संखुवासभावाट रार्इ थर परित्याग गरी आफ्नो पूर्खाको थर वनेम लिम्वु हुनेहरु । प्रसंगवस यहा एउटा कुरा मिसाउन मलाई मन लाग्यो । मैले मेरो पुस्तक किरात लाजे लिम्वुवान सामान्य ज्ञानमा रार्इ वनेमको कुरा गरेको थिए । तर त्यो थाहा नहुने वनेम दाजुभाईहरुले मेरो कुराको असहमती जनाए । तव मैले भने तपाईहरुको दाजुभाईहरु एकजना वनेम लिम्वु भएर वसिरहेको र अर्को चाही रार्इ भएर वसेको छ । जातिय या थरीय कुरा मिलाउनुस भनेको थिए । लामो समय पछि यो र्सार्थक भएर आएको छ । त्यस्तै केही नेम्वाङ र मेन्याङवोहरु लगायतकाहरु पनि रार्इ नामधारी भएको कतै कतै पाईएको छ । नेम्वाङ र योङयाङको केही हांगोहरु धिमालभित्र प्रवेश भएको पाईन्छ । त्यस्तै लेप्चाभित्र पनि । यीनीहरु समाजशास्त्रीय र मानवशाश्त्रीय अनुसन्धानको विषयवस्तुहरु हुन् । संखुवासभावाट अझै यस्ता धेरै रार्इहरु लिम्वु हुन सक्ने देखिन्छ । यी भए लिम्वु भित्रकै कुरा । अव अर्को प्रसंग, यहा लिम्वुहरुले सधै लिम्वुकै रुपमा हेर्ने आठपहरिया रार्इ, याख्खा, देवान, मेवाहाङ र लोहरुङ पनि छन् । उनीहरु लिम्वु भनेर भन्न सकिरहेका छैनन् । उनीहरुलाई के अप्ठेरो छ । त्यो उनीहरु भित्रको कुरा हो । तर लिम्वुले हेर्ने दृष्टिकोणचाही उनीहरु लिम्वुनै हुन् । उनीहरु र लिम्वुविच सरावरी विहेवारी चल्छ । चलन उस्तै उस्तै छ । हुनत अहिले लिम्वु मानिनेहरुमा पनि केही फरकता त अवश्य छ । जय कुमार थक्लुङ लिम्वुको अनुसार थक्लुङ लिम्वु र मादीतिरका देवान मझिया,याख्खाहरुसंग सरावर विहेवारी पुस्तौ पुस्तादेखि चलिआएको हो । त्यस्तै धनकुटा त्रिसुलेका ज्ञान वहादुर खेवा लिम्वुको अनुसार अठप्रे र उनीहरुविच पुस्तौ पुस्तादेखि विहेवारी चलिआएको छ । धनकुटा चौविसको पदम चेम्जोङको अनुसार त्यो क्षेत्रमा उनीहरु र देवान याख्खाहरु विच पुस्तौ पुस्तादेखि विहेवारी चलिरहेको छ । यो कुरा गायक भगत सुव्वा पनि स्वीकार्नु हुन्छ । त्यो क्षेत्रका लिम्वु थरीहरुले माथिल्लो कक्षका लिम्वुहरु भन्दा याख्खा देवान, आठपहरिया, लहरुङ मेवाहाङसंग विहेवारी वढी गर्ने गर्छन् । भगत सुव्वाकै कथन अनुसार फेदापहाङका सन्तानहरु पहिले पहिले विवाह गर्दा पहिलो प्राथमिकता याख्खाहरुसंग हुन्थ्यो । त्यसपछि मात्र अन्यथरी लिम्वुसंग हुन्थ्योरे । हुनपनि लिम्वुहरुको विहावारीको चलन आफ्नो नजिकको मिल्ने समुहसंग मात्र विहेवारी तत्कालिन समयमा चल्थेछ । जस्तै मावोहाङ समुहको मावोहाङ समुहसंग । पापोहाङको पापोहाङसंग । फागोहाङको फागोहाङसंग । लिम्वुहरुमा यस्ता केही समुहहरु छन् । यीनीहरुमा खेवाहाङ, थेगीमहाङ, नेम्वाङहाङ, खोक्याहाङ, साम्वाहाङ, सेरिङहाङ, फेदापहाङ, खजुमहाङ आदि । यही समुहमध्ये याक्खाहाङ(यख्खोवा)र छोन्देनहाङ(आठपहरिया) हरु पनि लिम्वुहरुले आफ्नो समुह मान्ने गरेका छन् । यी समुहहरु कतिपयले हामी लिम्वु हौं भन्छन् भने कतिपयले रार्इ हौं भन्छन् । उनीहरुमा जातिय पहिचानको समस्या छ । यी समुहहरु र लिम्वुको थरहरु प्रायश मिल्ने गर्छ । जस्तै आठपहरे रार्इमा तुम्वा थर हुन्छ लिम्वुमा पनि तुम्वा थर हुन्छ । लिम्वु लिङथेप, याख्खा रार्इ लिङथेप हुन्छ । त्यस्तै अन्य समुहहरुसंग पनि थर मिल्ने गर्छ । तर अरुण पारीको खम्वुरार्इहरुसंग मिल्दैन । त्यसैले पाठकहरुले पनि यो कुरा छुटयाउन सक्नुहुनेछ यीनीहरु लिम्वु हुन् कि रार्इ ? यदी उनीहरु लिम्वु नहुदो होत किन विहेवारी यती प्रगाढसंग हुन्थ्यो । त्यसैले सवैले यी कुराहरु मनन गर्नैपर्ने हुन्छ । अरुण पारीको खम्वुरार्इ र सुनुवारसंग पनि विहेवारी चल्छ । तर व्यापकता र सहजता त्यती छैन । यी वाहेक इमेहाङ लिम्वुको सन्तानहरु लेप्चा भएको लिम्वु इतिहासले वताउछ । उनीहरु वुद्धमार्गी भएकोले यो कुरा भएको वताईन्छ । यीनीहरु मुनाहाङको सन्तानहरु हुन् । यीनीहरु लासाहाङ-मावोहाङवंशीहरुको सगोत्री हुन् । तिव्वतमा एक पटक दख्खल गरेका वंशहरु हुन् । कुमार सुव्वा झापाको अनुसार राजवंशी र धीमालले उनीहरु लिम्वुको भाई भएको स्वीकार्छन । धीमाललाईत मधेसका लिम्वुनै भनिन्छ । हुनत लिम्वुपूर्खा एक हांगो कोचुहाङ जसले लिम्वुवानको तराईप्रदेश तथा आसामक्षेत्रमा शासन गरेका थिए -का सन्तानहरु भनेर राजवंशी मेचे कोचेलाई लिम्वु इतिहासले पनि वताएको पाईन्छ । शेर्पाहरु र लिम्वुहरुमा पनि जातिय सामीप्यता देखिन्छ । धर्मको कारणले फरकता भएको देखिन्छ । संखुवासभा हेदाङनाका र्राईहरु पनि लासाहाङको नजिक हुनसक्ने देखिन्छ । अवको प्रसंग माथि उल्लेखित जातिहरुले आआफ्नो पहिचान कसरी गर्ने हो सोच्नै पर्ने वेला आएको छ । यो कुरा वर्तमान पुस्ताले वुझनु पर्ने हुन्छ । यहा एउटा विडम्वनाको कुरा के छ भने माथि उल्लेखित समुहहरुको वृद्धहरु लिम्वु हौं भन्छन् भने अहिलेका पुस्ताहरु रार्इ हौं भन्छन् भने कतिपय छुट्टै समुह हौं भन्छन् । समय आएको छ । अवत यो समुहमा पनि धेरै शिक्षित समुहहरु उत्पादन भैरहेका छन् । समाजशास्त्र तथा मानवशास्त्रको अध्येताहरु पनि छन् । उनीहरुले भविष्यमा पनि अप्ठेरो नआउने हिसावले आफ्नो जातिय पहिचान गराउने समय आएको छ । यसको लागि व्यापक छलफल गरेर निक्र्योलमा पुग्नुपर्ने हुन्छ । सेवारो ।
हाम्रो लिम्बुवान ईतिहास:-
Ashok Yonghang
हाम्रो लिम्बुवान ईतिहास:-
लिम्बुवान त्यसै उत्पति भएको वा कसैले राखिदिएको कुनै जाति वा समुदायको नाम होइन । यो त किरात सभ्यतामा किरात भूमिको राजनैतिक क्रान्तिले जन्माएको नाम हो । आजको लिम्बुवान भूमिलाई लिम्बुवान भन्नुभन्दा पहिले फेदाप भनिन्थ्यो । सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व बिजुगखोला आउने सौमर किरात वंशमध्ये भाइफुट्टा (वर्तमान लिम्बु वंशका एक शाखा) वंशीले अरुणखोला तरी फेदाप पहाडका जंगल उजाड गरी बसे । यस वंशका राजालाई भाइफुट्टाहाङ भन्थे । यिनको दरबारमा च्याम्जोलो नामक एक ज्ञानी मन्त्री थिए । यिनै मन्त्रीको सहायताले भाइफुट्टाहाङले फेदाप वरिपरिका गाउँहरु वालुङ, तम्बर, मेवा, मैवा, छथर, पान्थर र चौबीसमाथि आफ्नो अधिकार जमाए । विस्तारै उनले अरुण पश्चिमका किराती गाउँले राजाहरुलाई आफ्नो पकडमा राखेर शासन चलाए । भाइफुट्टाहाङको नौ पुस्तापछि यो वंशमा जिते नामक एक राजा भए । यी राजाका पर्वते नामक एक वीर पुत्र भए । त्यसबेलाका पहाडी खण्डका वीरहरुमा यिनी सर्वश्रेष्ठ थिए । पर्वते राजाका छोरा मलयकेतु राजाका पाँच पुस्तापछि फेदापमा साम्युकहाङ राजा भए । यी राजाले आफ्नो रैयतहरुलाई अत्याचार गर्दा तराई बाट फिरेका किरातीहरुले विद्रोह गरे । तिब्बतबाट आएका लाशावंशी किरातहरुले पनि जोरतोडले तराई का किरातहरुलाई मद्दत दिए। साम्युकहाङ विद्रोहमा मारिए । र, फेदापमा भाइफुट्टाहाङ वंशी राजाहरुको अन्त भयो र इशाको ३०० वर्ष पछि फेदापमा वाजदेव नामक राजा भए । उनले लिबाङमा राजधानी बनाई शासन गरे । यो राजा पछि त्यहाँ १२ राजाहरुको क्रम प्रारम्भ भयो ।
यसरी नै इशाको सातौं शताब्दीतिर आइपुग्दा आठ आपुङगी राजाहरुले फेदापलाई विभिन्न आठ प्रान्तमा विभाजन गरी राज्य गरे । ताइश्यान वंशीहरु जो नाम्मावबाट उत्तरपश्चिम दिशा लागी बर्साई आउँथे, तिनीहरुले आफ्नो किपट पातकोई पहाड र चिन्डविन नदीको बीचमा खामति भन्ने जग्गामा बनाए । त्यहाँ तिनीहरुले धेरै पुस्तासम्म राज्य गरी बसे । इशाको छैटौं शताब्दीपछि यही खामति भन्ने जग्गाबाट दश चिनियाँ सरदारहरुले आफ्नो शाखा-सन्तान उर्ठाई पातकोई पहाडतर्फ लागी आसाम बर्साईं आए । तर, यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (वनारस)को मैदानमा आई बसे । हिन्दूस्थानमा आई बस्ने मंगोली, शक् कुशान, ग्रीक राजाहरु राजनैतिक कारण हिन्दू भई राजपूत वंशमा गाभिएका थिए । राजपूत राजाहरुले हिन्दू मतमा नआउने हुण जातिलाई देशबाट निकालेका थिए । यसो हुँदा तिनीहरुलाई काशी छोड्नु कर लाग्यो । यिनीहरु उत्तरपूर्वका पहाडी खण्डमा बसाईं आए । ती दश सरदारका साथमा तीन वर्गका पुरोहितहरु पनि थिए ।
जब यी दश सरदारहरु आसाममा आए, त्यहाँको भूमि आफ्नै वंशहरुले ओगटेको पाए । यसकारण तिनीहरु लगातार पश्चिम तराई भूमिमा आए । त्यहाँबाट अझ पूर्व नेपालको पहाडी भूमिमा आए । तर, त्यो स्थान किरात आठ प्रमुख (राजा) हरुको अधिकारमा थियो । उनीहरुले ती आठ किरात प्रमुख सन्ततिको सार्वभौमिकतामा बसोबास गर्ने अनुमति माग गरे । आठ राजाले पनि मागबमोजिम उनीहरुलाई आ-आफ्ना राज्यमा बस्न दिए ।
फेदापमा आफ्नै पाराले शासन गरिरहेका आठ प्रमुख (राजा)हरुले शानमोकवानी दश सरदारहरुलाई आफ्नो सार्वभौमिकतामा बस्न दिएपछि लिम्बुवानको अर्को इतिहास सुरु भयो । ती आठ सरदारका संख्यामा तीब्र बृद्धि हुन थाल्यो । अन्तमा, यिनीहरु अर्कै एक नयाँ जाति भए, र यिनीहरुले आफूलाई याक्थुङ बंश भन्न थाले । जे भएपनि, ती सरदारहरुका सन्तान आठ राजाहरुमै गनिन्थे । तर, यो नौलो रैयतहरुका सन्तान औधी बढेको देखी ती आठ राजाहरुका मनमा राजनैतिक विद्रोहको शंका उत्पन्न हुन थाल्यो । यिनीहरुको जनसंख्या बढेपछि अदलमा राख्न कठीन पर्छ भन्ने शंकाले ती आठ राजाहरुले सल्लाह गरी यी नौला रैयतहरुलाई हरेक तवरले दबाएर राख्ने उपाय गरे । पहिलो जमिनमा तिरो बर्ढाई दिए । दोश्रो, निष्ठुर ऐन लागू गरे । तेस्रो, तिनीहरुसित दासझैं व्यवहार गरे । यस्तो अन्याय सहन नसकी यी दश सरदारहरुका रैयतहरुले पनि मतो गर्न थाले ।
अब, तिनीहरुले पान्थरको आम्बेपोजो-मा कामकेत लाङ्मा र सुमहेत्लुङ्मा भन्ने (फेदेन गढी) स्थानमा सभाको आयोजना गरे । सो भेलामा गम्भीर छलफलपछि सामन्ती शासनको विरुद्धमा विद्रोह गर्ने निर्णय गरे । तिनीहरु संगठित भई तीनवटा आँपको विरुवा रोपी पूजा गर्दै पवित्र पानी सिञ्चन गरेपछि प्रत्येक योद्धाले कसम खाए, सपथ लिए कि म युद्धमा विजय हासिल गर्नेछु वा मर्नेछु, युद्ध भूमिबाट तबसम्म घरमा फिर्ने छैन जबसम्म यो देशबाट ती सामन्ती राजाहरुलाई धपाउने छैन । कतै युद्धभूमि छाडी भागेमा तुरुन्त मृत्यु होस् भन्दै प्रत्येक ब्यक्तिले त्यो पवित्र स्थलमा सपथ ग्रहण गरे । अन्त्यमा, आफ्नै निर्णय र वाचा अनुसार नै कतिलाई मारे त कतिलाई देशबाहिर भगाए । यसरी, ती शानमोकवानी जनताले त्यो देशलाई तिनीहरु आफ्नैजस्तो गरी जफत गरे । यसपछि, फेरि तिनीहरुले त्यही आम्बेपोजो-मा भन्ने ठाउँमै ठूलो सभा गरे । आठ राजा मासिए । अब यो मुलुकको राजानेता को हुने? मुलुकको नाउँ के राख्ने भन्ने विषयमा व्यापक छलफल भयो । सभामा र्सवप्रथम, • त्यो देशलाई धनुवाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बुवान (लि- धनु, आबु-हान्ने, वान्- नाउँ लाउनु, अर्थात् लिम्बु भाषामा धनुवाणले जितिएको देश लिम्बुवान) राखे । • दोस्रो निर्णयानुसार, त्यो देश दश सरदारले मिली जितेको हुनाले बराबर दश मागमा विभक्त गरी शासन गर्नु पर्छ भन्ने राय बसाए । • तेस्रो, यो दश प्रदेश लिम्वुवानका बासिन्दाहरुलाई त्यसउप्रान्त दश लिम्बुका वंश हौं भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर्याए । • चौंथो, देशको साँध सीमाना लगाउनु पर्छ भन्ने निश्चय गरे, र लिम्बुवानको सीमाना उत्तरमा तिब्बत, दक्षिणमा मधेश, पूर्वमा मेची खोला र पश्चिममा अरुण नदी निर्धारण गरे ।
साथै, आ-आफ्ना राज्यमा शासन गर्न ४४ बुँदे राजनैतिक थिति संविधान, छ बुँदे धार्मिक नीति, १० बुँदे कृषि ऐन, र ४ बुँदे सामाजिक थितिसमेत तयार गरे । यी सबैलाई दश लिम्बुवानको थिति मानिन्छ ।
शाह र राणाका लिम्बुवानमा आक्रमणहरु
वि.सं. १८२९ को साउन महिनामा गोरखाका राजा पुथ्बीनारायण शाहले किरात राज्यहरुको विरुद्ध आक्रमण गर्ने योजना बनाए । वि.सं. १८३०मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो । यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरुको ज्यान गयो । वि. सं. १८३१ बैसाक २५ गते गोर्खाली सेना रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो । वीरताका साथ लडिरहेको काङसोरेको षडयन्त्रपूर्वक हत्या भयो । वि. सं.१८३१ साउन २२ गते गोर्खाली सेना र लिम्बुबीचमा ऐतिहासिक सन्धि भयो । वि.सं.१८३३ मा विजयपुरे राजा बुद्धिकर्णको हत्या भयो । वि.सं.१८३७ मा नेपाल र अंग्रेजबीचको सुगौली सन्धि भयो । यसपछि लिम्बु तथा लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङ भयो । वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो । चन्द्रसमशेरको पालामा लिम्बुहरुको मुन्धुम र धर्मग्रन्थहरु चैनपुरमा लगेर जलाइयो । वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरुको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरुलाई आफ्नो कर्मचारीसरह बनाए ।
वि.सं.१९५२ को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजिक पात्लेको रुखमा झुण्ड्याएर मारियो । वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरु इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो । यिनै क्षेत्रहरुलाई योभन्दा पहिले पल्लो किरात लिम्बुवान भनिन्थ्यो । वि.सं. २०२१ सालमा लिम्बुहरुको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो । पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो ।
विगतमा लिम्बूवानको अस्तित्व
तत्कालिन राजा महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पूर्णरुपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ । र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरुप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो । सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान संघ २०३६ सालमा स्थापना भई झिनोरुपमा भाषा, धर्म, साहित्यको कार्य सुरुवात भयो । राज्यले एकाधरुपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराए पनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी, बुहसांस्कृतिक नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो ।
मानव समाज वर्गीय र लैंगिक आधारमा मात्र नभई सांस्कृतिक रुपमा पनि विभाजित छ । नेपाली समाज ब्राम्हण, क्षेत्री, राई, लिम्बु, मगर, गुरुङ आदि जातीय आधारमा सांस्कृतिक रुपले बेग्लै पहिचान राख्दछ । सोही अनुरुप आज लिम्बु युवा तथा विद्यार्थीहरु मानव समाज भित्र आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्षरत छन् । यद्यपि, नेपाल अधिराज्य मात्र भएको, तर राष्ट्र हुन नसकेको अवस्था छ । शतब्दिऔको गौरवान्वित इतिहास बोक्ने लिम्बु जातिले आफ्नै भूमिमा दोस्रो दर्जाका नागरिकको व्यवहार झेल्नु पर्ने अवस्था छ । युवाहरु व्यावहारिक र वैज्ञानिक शिक्षा लिएर पनि राष्ट्र विकास, एकता कायम गर्नबाट बञ्चित भई लाहुर, मुग्लान र अरब जस्ता ठाउँहरुमा परदेशिनु पर्ने बाध्यता छ । फलतः सांस्कृतिक पहिचानको फैलावट र विकासको साटो सांस्कृतिक विकृति बढ्नुको साथै पश्चिमीकरणले व्यापकता पाएको छ । राज्यको विभेदकारी नीतिका कारण सरकारी र प्रशासन सेवामा लिम्बुहरुको उपस्थिति शुन्य छ । सरकारी कामकाजको भाषा केवल खस नेपाली भाषा मात्र राज्यले परिभाषित गरेको र राज्यले पूर्णतः मौलिक याक्थुङ भाषा बोल्न नसक्ने अवस्थामा पुर्याएको छ । लिम्बु युवाहरुलाई विदेशी सेवामा कार्य गर्ने वातावरण बनाई आर्थिकरुपमा पराधीन तुल्याइएको र लिम्बु समाज विशेषतः कृषि र पशुपालनमा निर्भर भएकोले उनीहरुको जीवनस्तर उकास्न राज्यले वैज्ञानिक कृषि प्रणाली र कार्यक्रम अगाडि नल्याउनुले लिम्बुहरु प्रति राज्यको आर्थिक विभेद नीति रहेको बुझिन्छ ।
सुरुदेखि मुन्धुम निर्देशित किरात धर्म मान्ने आदिवासी किराती लिम्बुहरुलाई पूर्णतः बेवास्ता गरी नेपाल केवल हिन्दुहरुको राज्य भनि संविधानतः हिन्दू अधिराज्य भनेर व्याख्या गरेकोले पनि दोस्रो दर्जाको धर्मावलम्बी भन्ने बुझिन्छ । मृत प्रायः संस्कृत भाषा जो कसैले पनि बोल्दैन अथवा अत्यन्त अव्यावहारिक भाषाका नाममा वर्षोनी करोडौं रुपैयाँ राज्यकोष खर्च गरिनु, तर आफ्नै श्रोत साधनमा प्राथमिक तहको लागि तय गरिएको याक्थुङ भाषाको आनिपान पुस्तक नकामको भनि ताप्लेजुङ जिल्ला शिक्षा कार्यालयले जलाउनु जस्ता आपत्तिजनक राज्यको व्यवहार स्पष्ट छ । लिम्बु मातृभाषीहरु नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । राज्यको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जस्ता संवैधानिक निकाय, निजामति र प्रशासनिक क्षेत्रका निर्णायक तहमा लिम्बु जातिको शुन्य उपस्थितिले राज्यमा शुन्यको हिस्सा पाएको स्पष्ट छ । आज लिम्बु युवा दृष्टिकोणमा भविष्य नेपालमा नदेख्नु र विदेश पलायनको मनस्थितिले पनि नेपाल आफ्नो राष्ट्र भएको महसुस गर्न नसक्नु हो, फलतः नेपाल केवल राज्य मात्र भएको तर व्यवहारिकरुपमा राष्ट्र हुन नसक्नु हो ।
यसरी, जातीय संस्कृतिहरुप्रति राज्यको बेवास्ता र विभेदित नीतिले गर्दा मौलिक पहिचान र चिनारीको संस्कृति संकटमा परेको र पश्चिमीकरणले व्यापकता पाउन सजिलो भएको छ ।
वास्तवमा मौलिक पहिचान र अस्तित्वको विकाससँगै समाज र राष्ट्र समृद्ध बनेको हुन्छ । एकल जातिको राज्य र विकासले सामाजिक द्वन्द्व बढाउँछ । आजको विद्यमान द्वन्द्व शदियौंदेखि नेपाली समाजलाई गरिएको व्यवहारको परिणाम हो । अतः यहाँका हरेक व्यक्ति, समाज, वर्ग, लिंग, जातजाति, सम्प्रदाय, धर्म, भाषा र संस्कृतिले फल्नु, फुल्नु पर्दछ । यसबाट सिंगो नेपाल सम्भ्रान्त बन्दछ, जसको निम्ति समावेशी समाजको निर्माण हुनु पर्दछ । यसको संरचनाबारे स्पष्ट किटान हुनुपर्दछ । हालसम्म गरिएको व्याख्याले एकलाई चोट पुर्याएको छ भने अर्कोलाई खुशी बनाएको छ । तर्सथ, राज्यको व्याख्या सच्याएर सबैलाई समान रुपले सम्मान गरी पुनर्व्याख्या र पुनर्लेखन गर्नुपर्दछ । पुनर्व्याख्यामा सबै जाति, वर्ग, लिंग समावेश हुनुपर्दछ र पुनर्संरचना गर्नुपर्दछ । यसबाट लिम्बु जातिको मौलिक पहिचान गराउने भाषा, धर्म, संस्कृतिको विकास, पुनरुत्थान हुनेछ ।
लिम्बूवानमा लिम्बू जातिको योगदान
बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु आदिवासी किराती जाति हो । मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरु नेपालको पल्लो किरात वा अरुण नदी पूर्वको पहाडी भू-भागमा बसोबास गर्दछन् । नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुर लगायत विभिन्न ठाउँहरुमा छरिएर रहेका छन् । आफ्नै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक स्वरुप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ । मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरु हुन् । त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरु हुने गर्दछन् ।
लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त ऐतिहासिक यात्रा तय गरेको पाइन्छ । मानवशास्त्री र इतिहासविद्हरुका अनुसार मानव एक चलायमान जाति हो । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन् । यही क्रममा लिम्बुहरु चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरु थाइलैण्ड, भियतनाम हुँदै म्यानमारको उत्तरी भागमा बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ । म्यानमारको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरुसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरु आसामको कमरुप हुँदै आजको किरात प्रदेशमा बसोबास गर्न थालेका हुन् । तथापि, यिनीहरु चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरु हुन् । उनीहरु मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजिकको सम्बन्ध छैन । इण्डो-मंगोलोइड नश्लका किरातीहरुको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए । किरातीहरुले पश्चिममा काठमाण्डौ उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरु सञ्चालन गरेका थिए । विशेषतः पूर्वी पहाडी इलाकाहरु तामाकोशी, अरुणकोशी, तमोर उपत्यकाहरुमा भस्मे फाँडी मलिलो जग्गाहरुमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरु घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए । काठमाण्डौको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए । यही समयमा काठमाण्डौ उपत्यकामा खसहरु गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे । उपत्यका भित्र किराती गोत्रका भोट बर्मेली भाषा बोल्नेहरु र खसहरुबीच सामाजिक सम्बन्ध सुमधुर थियो । खसहरु (गोपालवंशी पनि भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए । यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरु घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो ।
यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले काठमाण्डौ उपत्यकामा शासन गरेका थिए । बौद्ध दर्शनबाट किराती राजाहरु प्रभावित भएका थिए । सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरु बनाएको भनिन्छ । किरात वंशलाई लिच्छवीहरुले धपाएपछि पूर्वतिर लागेका हुन् । यसरी पूर्व लाग्नेहरु राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन् । त्यसताका काठमाण्डौ एउटै किरात प्रदेश थियो । वल्लो किरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ । किराती शब्द समूहवाचक वा राजकीय हो भने विभिन्न मूल्य, मान्यता, भौगोलिक, सांस्कृतिक स्थिति, भाषिकरुपले गर्दा खम्बु, लिम्बु, याक्खा, सुनुवार, जिरेल, सुरेल, मेचे, कोचे र धिमालको रुपमा विभाजित भएका हुन् । तर, धेरै सामाजिक मूल्य, मान्यतामा सामिप्यता रहेको छ । यसरी, अरुण नदी पूर्व रहेका किरातीहरुमध्ये लिम्बु जातिहरुमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संरचना रहन गएको हो । उनीहरुमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै आपुंगी राजनीतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो । जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशाली रुपमा रहेको थियो । विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरुलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ । तमर खोला, माइ खोला, मेवा खोला, याङरुप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथर जस्ता थुमहरुले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरुमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणाली अनुरुप सञ्चालन भएको पाइन्छ ।
लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक, आर्थिक, राजनीतिक अवस्था कमजोर हुन पुग्यो । भनिन्छ, भोटबाट आउने लामाहरुले किराती पुरुषहरुलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरुले आफ्ना पुरुषहरुलाई लुकाएर बचाएका हुन् । लामाहरुको भेषमा डमरु र घण्टी बजाउँदै घरघर चहारेको भन्ने मत रहेको छ । त्यस्तै, सिक्किमका लाप्चाहरुले पनि धेरैपटक आक्रमण गरेको पाइन्छ । तथापि, समय समयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरु भएका थिए । त्यसताका वस्तु विनिमय प्रणाली थियो । लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरु हुन्थे ।
लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक थियो । मुन्धुम मुख्य स्रोत वा अलिखित कानून सरह थियो । यसलाई येत्हाङहरुले समय समयमा परिभाषित गरेको अनुमान छ । येत्हाङहरु को थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरु हुन् । सामाजिक व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय, प्राकृतिक श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम निर्माण गर्ने कार्य तुम्याहाङहरुको निर्णयमा आधारित हुन्थ्यो । यदि एक जना तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो ।
इशाको एघारौं शताब्दीमा लिच्छवी राज्य टुक्रेर धेरै राज्यहरु बन्न थाले । चौधौं शताब्दीमा मल्लहरुले काठमाण्डौ कब्जा गरे । यहीबेला मल्ल राजा जयस्थिति मल्लले हिन्दु दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातमा विभाजन गरे । चौधौं शताब्दीमा भारतमा ईश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरु नेपालको पश्चिम कर्णाली इलाकाहरुमा खसहरुसँग शरण लिई लुक्न थाले । त्यस्तै, द्रव्य शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाण्डौ उपत्यकाको शासक भए पश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरुको समेत महाराजा हुने चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी, विजयपुर हात पारेपछि लिम्बुवान पनि हात पारे । कतिपय थुमहरुले सम्झौता गरे भने कयौंपटक लिम्बुवानसँग हार खानु पर्यो । यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको थियो ।
लिम्बुवानका सेनापति काङसोरे थिए भने गोरखातर्फा रघुवीर राणा थिए । रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए । अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरु बिनाहतियार उपस्थित भए । तर, तत्कालै गोरखा सेनाहरुले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो । र, पुनः भीषण युद्ध भयो । यसरी, विभिन्न कारणवश वि.सं. १७७४ मा लिम्बुवान नेपालमा गाभियो । त्यसताका हिन्दुकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणाली अन्तर्गत सम्झौता भएको थियो । जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो । उनीहरुले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो । न्यूनरुपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो । तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरु चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरुवात भयो । विभिन्न प्रलोभनहरु देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो । जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरुले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरुवात भयो ।
यसरी धेरै लिम्बुहरु सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए । लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो । त्यहीबेला पाचथरका ५२ सुब्बाहरु योङहाङ सुब्बाको नेतृत्वमा काठमाण्डौ आई राजा रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे । रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शंख, नरसिंगा मौलो थापी दशैको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए । यो पहिलो पटकको सांस्कृतिक अतिक्रमण थियो । दशैको कर पनि असुल्न थालियो । मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो । वि.सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमान जनकरुपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानुन ल्याइए पश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरीन थालियो । छथर थुमका आठ पहरिया राईहरुले दशै नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा मारिए । २००७ सालमा जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङ र रामप्रसाद राई जस्ता जनसेनानीहरुले क्रान्तिको अगुवाई गरेका थिए । तर, उनीहरुलाई केवल सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो । राणा शासनकालमा भाषा, धर्म, साहित्य, संस्कृतिको जगेर्ना र विकासको सवाल गम्भीर अपराध सरह थियो । तथापि, दोस्रो विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरु भएका छन् । इमानसिं चेम्जोङद्वारा गरिएको इतिहास, भाषा, साहित्य प्रतिको योगदान, लिम्बुवान सुधार संघ, फाल्गुनन्दद्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको भाषा प्रचार प्रसार र सम्बर्दन सम्बन्धी योगदान लिम्बु जातिको पहिचान र अस्तित्वसँग जोडिएको छ ।
लिम्बूवानको सीमा सम्बन्धी अवधारणा
१) लिम्वुवानको पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला अरुण नदी हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको नेपालको ९ जिल्लाहरु १) ताप्लेजुङ २) पाचथर ३) ईलाम ४) झापा ५) संखुवासभा ६) तेह्रथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ यी क्षेत्र ऐतिहासिक आधारमा लिम्वुवान भएकोले लिम्वुवान स्वायत्त राज्य हुंदा उक्त उल्लेखित क्षेत्र लिम्वुवान राज्य हो।
लिम्बूवान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल
लिम्बुवानलाई विगतका एकात्मक सामन्ती सत्ताले जकड्नु अघि लिम्बुवान संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अग्रसर थियो । सातौं शताब्दीमै फेदापका आठ राजा र शानमोकवानी याक्थुङहरु बीचमा भएको क्रान्तिपछिको दश लिम्बुवानको थितिलाई प्रमाणको रुपमा लिन सकिन्छ । तर्सथ, अबको लिम्बुवान पनि एक्काइसौं शताब्दी अनुरुपको संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नै भएको बलियो प्रमाण हो ।
नेपालमा रहेका लिम्बुवान र लिम्बुवान जस्ता दर्जनौं प्रदेशहरुका लागि लोकतान्त्रिक गणतन्त्र वा गणतन्त्र मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था हुनुपर्दछ । लोकतन्त्र सहितको गणतन्त्र र संघात्मक शासन व्यवस्था भएको लोकतान्त्रिक गणतन्त्रले लिम्बुवान र लिम्बुवानजस्ता प्रदेशको उज्वल भविष्य सुनिश्चित गर्दछ । त्यसैले, सम्पूर्ण लिम्बु तथा लिम्बुवानवासीहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान जातीय स्वायत्तताको प्राप्तिको लागि अग्रसर भएका छन । यसप्रकार राष्ट्रिय एकता र नेपाली राष्ट्रको गरिमालाइ कायम राख्दै संघीय शासनप्रणालीमा लिम्बूवान प्रान्त सम्बन्धी अवधारणाको तर्कलाइ पेश गरिएको छ र लिम्बूवान नेपालको एक स्वायत्त प्रान्तको रूपमा रहन सक्छ भन्नेमा कुनै दुइमत छैन यधपी शिक्षा, स्वास्थ्य, पर्यटन, विकासका अवधारणाहरूलाइ यहाँ प्रस्तुत गर्न सम्भव नभएकोले ब्लगमा विस्तृत छलफल गर्नका लागि स्वागत छ ।
सन्दर्भः विभिन्न लेखहरू (डिवी आङवुङ, नवीन वनेम) mythohacker@yahoo.com

Subscribe to:
Posts (Atom)