मुन्धुममा लिम्बूको इतिहास र दर्शन
-आइत खजुम
याक्थुङ लिम्बूहरुको मुन्धुम, इतिहास र सँस्कृतिका अध्येता अर्जुनबाबु माबुहाङले आप्mनो तेस्रो कृतिको रुपमा ‘लिम्बू जातिको मुन्धुम र इतिहास’ प्रकाशनमा ल्याएका छन् । यस पुस्तकमा २६ वटा मुख्य शीर्षक र उपशीर्षकहरु पनिछन् । उनले यसमा लिम्बूहरुको प्राचीन ज्ञान र विश्वासको सँगोल रुप मुन्धुमबारे समाजशास्त्रीय अध्ययन र व्याख्या–विश्ले षण गरेकाछन् । वर्तमान अवस्थामा पनि लिम्बू समाज धेरै विषयमा अलमलमा छ । यस पुस्तकबाट धेरै विषयमा प्रष्ट हुन मद्दत गरी मौलिक पहिचानको खोजी गर्ने कार्यमा समेत गतिलोबल पुग्नेछ ।
लिम्बू जातिको इतिहास, धर्म, सँस्कृति जुनसुकै विषय पनि मुन्धुममा आधारित भएर नलेखिएकोले देशी–विदेशी लेखकहरुलाई आधार मान्दा अभैmसम्म पनिमौलिक धर्म–सँस्कृति, इतिहासबाट लिम्बू जातिलाई टाढा राखिएको छ । यो पुस्तक अत्यन्तै अनुसन्धानमूलक देखिन्छ । लेखकले ताप्जेजुङको मिवाखोला, तमोरखोला, माइवाखोलासम्म पुगेर त्यहाँका बूढापाका तुम्याहाङहरुलाई भेटेका छन् ।
लिम्बूहरु लाशा गोत्र र काशीगोत्रका होइनन् भनेर पुष्टि गरिएको छ । ‘गोत्र’ लिम्बू भाषाको शब्द नभई सँस्कृत भाषाको हो । लिम्बूहरुको माङ्गेना यक् (उत्पत्ति थलो वा पहिलो पुर्खा ठाउँ) मात्र हुन्छ । यहाँ लिम्बूहरुकोलुङधुङ माङ्गेना यक्ले ‘गोत्र’ कै अर्थ बोक्छ भनिएपनि गोत्रले परिवार, वंशज र पुर्खा भन्ने बढी अर्थ दिन्छ तर माङ्गेना यक्ले स्थान बुझाउँछ किनकि लिम्बूहरुमा वंशजको अर्थ दिने मिङ्स्रा हुन्छ, जसलाई आदिपुर्खा भनेर बुझिन्छ । त्यसैले यक् र गोत्रको विषयमा स्पष्ट हुन यस पुस्तकको ‘लिम्बू जातिको उत्पत्ति’ शीर्षक अत्यन्तै महत्वपूर्ण छ ।
लेखकले लिम्बू जातिहरुको जनजिब्रोमा ‘दश लिम्बू सत्र थुम’ भनेर आजपर्यन्त उच्चारण भइरहे पनि दश लिम्बू सत्र थुममात्र नभईआपुङ्गी राजाहरु धेरै रहेको उल्लेख गरेका छन् । उनले मिवाखोला थुमका थङहम्बा, मदेन्छङ, फेम्फुहाङ आदि आपुङ्गीहरुको आपुङ्गीपनको चर्चा गरेका छन् । लिम्बू समाजमा धेरै थुम वा आपुङ्गी राजा सरदारहरु थिए भन्ने स्पष्ट हुनलाई प्रत्येक लिम्बूले मिङ्स्रा (आदिपुर्खा), माङ्गेना यक् (उत्पत्ति वा आदिपुर्खाकोस्थान), चोत्लुङ चाङ्मादेन (पुर्खाले गरेको कर्मस्थल जगाउने ठाउँ) र साम्सामातेन (पितृलाई सातो पु¥याउने ठाउँ) आदिबारे र वंशावली प्रकाशनमा ल्याउन जरुरी छभन्ने विषयमा जोड दिएका छन् ।
अहिले पहिचानसहितको सङ्घीयताका बारेमा राष्ट्रिय बहस भइरहेको बेला लिम्बुवान राज्यको सीमाङ्कन महत्वपूर्ण विषय हो । सुनिँदै आइएका थुमहरुमध्ये कुन थुमको कति क्षेत्र थियो र कुन गाउँ–ठाउँहरु थिए भन्ने यस पुस्तकबाट स्पष्ट हुन्छ । त्यसैगरी बुद्धिकर्ण रायको शासन र अन्त्य कसरी भयो भन्ने विषयमा पनि लेखक माबुहाङले चर्चा गरेका छन् । गोर्खालीको प्रवेश भएपछि उनीहरुले स्थानीय स्तरमा मात्र लिम्बू तुम्याहाङहरुलाई शासकका रुपमा सुब्बा बनाए र लिम्बूहरुको पुर्खाको माटोलाई किपट भनियो । लिम्बूहरुको चुम्लुङ (सभा) लाई अमाल बनाइयो भनेरसुबाङ्गी, किपट र अमालको शुरुआतबारे चर्चा गरिएको छ ।
गोर्खालीहरुको आगमनपछि लिम्बूहरुले भोगबली र खर्चालु सँस्कार सिके भन्ने उनको भनाइ तर्कसंगतछ । लिम्बू समुदायमा मौलो गाड्ने र दशैंमा टीका थाप्ने चलन पछि नै भित्रिएका सँस्कार हुन् ।लिम्बू समाजमा तुम्याहाङहरुले दूबो ढुङ्गो छुवाउने, मुन्धुम वाचनमा पितृलाई पुकार्दा साक्षी राख्नेमात्र चलन छ। खास गरी तुम्याङहाङहरुले ज्याला दस्तुर लिने चलन कतै भनि भेटिँदैन । कन्याले फुपू र दिदीलाई नाघेर विवाह गरेमा रित बुझाउँदा सिन्का भाँचेर राख्ने चलनरहेको त्यति सुनिँदैन तर कुनै छोरीचेलीले भागेर वाघरमा खबर नदिई विवाह गरेमा उसले सिन्का भाँचेरराख्ने चलन थियो । त्यो सिन्का राख्ने ठाउँ छोरीचेली उमेर पुगेपछि कुनै निश्चित छानामा तोकिएको हुन्थ्यो वा ढुङ्ग्रोसमेत राखिएको हुन्थ्यो भन्ने भनाइ छ । जसलाई पेकोसामा (पे=गायो, को= यहाँ, सामा=हेरौं) पनि भनिन्छ ।
विजयपुरको लिम्बू नामाकरणबारे सराङ भनिएको छ । चुल्होमाथि अन्न सुकाउन प्रयोग गरिने चाल्नी वा नाङ्लो जस्तोलाई सराङ भनिन्छ । त्यस्तै साँगुरी डाँडाबाट हेर्दा त्यस्तै देखिन्छ भनिए पनि लिम्बूहरुले चुल्होमाथि राख्ने चाल्नी वा नाङ्लो जस्तोलाई काल्लाङ्मा भनिन्छ । त्यसैले सराङ नभएर साराङ कोक्मा हो । लिम्बू भाषामा साराङ÷सारा भनेको हाँगा र कोक्मा भनेको डाँडा हो । सायद हालको विजयपुर डाँडाको हाँगा जस्तो देखिएकोले यसलाई साराङ भनिएको हुनसक्छ किनकि अहिले पनि विजयपुर डाँडाछेउमा ‘साराङ्गा’ भन्ने ठाउँ छँदै छ । यो साराङ यहाँमात्र नभएर पान्थरमा आङसाराङ र साराङडाँडा गाविस नै पनि छ । त्यसैगरी सेउती खोलाको नाम शेरा (छरिएर बग्ने) को अप्रभंस हो भनिएको छ तर शेरा खोला सेउतीबाट केही पर पानमाराको शीरबाट बग्छ । सेउतीको शब्दिक अर्थ से=सफा÷सङ्लो, ओती=उज्यालो÷ टल्किने हुन्छ । त्यसकारण सफा र सङ्लो भएर बग्ने भएकोले नै लिम्बूहरुले यसलाई सेउती भनेको हुनसक्छ ।
लिम्बूहरुको धर्म किरात होइन । आर्य हिन्दूहरुले आपूmभन्दा फरक नश्ल र फरक सँस्कार–सँस्कृत ि बोकेकोसमुदायलाई किरात भनेका हुन् । किरात शब्द लिम्बूको भाषामा पाइँदैन । यो शब्द हिन्दूहरुको वेद–वेदान्त, साहित्यमा मात्र भेटिन्छ । यसरी उनीहरुले दिएको नामबाट पहिचान र अस्तित्व खोज्नुगलत हुन्छ । त्यसैले हामी लिम्बूहरुले किरातबाट पहिचान खोज्नु ठूलो भूल हुन्छ । किरात न भूगोल हो नसभ्यता । आस्था, सरकारी नाम, थर के हो भनेर छलफल बहस नगरी अहिलेसम्म ‘किरात दर्शन’ को नाममा लिम्बू समुदाय अलमलमा परिरहेको छ ।
पितृको आत्मालाई फेदाङ्बा साम्बा र येवालेपुकार्ने सँस्कार नै लिम्बूको धर्म हो । सबै लिम्बूहरुले परात्मादेवीका रुपमा मानिआएका तागेरा निङ्वा फुमाङ वा युमामाङको नामबाटै युमा धर्म विकास गर्नुपर्ने लेखक माबुहाङको मत छ । युमामाङलाई नमान्ने लिम्बू हुँदैनन् र छैनन् पनि । धर्म भनेको परम्परागत नीति–कानुन हो । लिम्बूहरुले अहिलेसम्म युमामाङको अनुशासनलाई पालन गर्दै आएका छन् । युमाको शाब्दिक अर्थ बोजूभनेरमात्र बुझियो भने युमाको खास अर्थ र दर्शन अपूरो हुन्छ । युमाको अर्थ साक्षात दर्शन दिने, रक्षक, उपदेशकर्ता, अनुशासनकर्ता र पथप्रदर्शक हुन् । मुन्धुममा वर्णित सोधुङ्गेन लेप्मुहाङ शिव वा महादेव, थिल्लिलुङ थाम्देनलुङ त पार्वतीलाई एउटै मानेर हिन्दू मूल्य–मान्यताअन ्तर्गत लिम्बूको पहिचान खोज्नु गलत हुन्छ । ब्राह्मण वेद, वेदान्तमा वर्णित पात्र किरातेश्वरको नामबाट लिम्बूको धर्म ‘किरात’ नामाकरण गर्नु आप्mनो पहिचानलाई धमिल्याउन खोज्नु हो भनेर प्रष्ट गरेर उनले लिम्बू जातिको इतिहास, धर्म, जीवन दर्शन रमूल्य–मान्यताला ई मौलिकतानजिक पु¥याएका छन् ।
लेखकले लिम्बूको मुन्धुमभित्र इतिहास, सँस्कार, सँस्कृति, नीति–नियम, अनुशासन, कानुन, जीवन दर्शन सबै हुन्छ भन्ने विषयलाई सविस्तार वर्णन गरेका छन्। मुन्धुममा लिम्बू जातिको उत्पत्ति, थातथलो, समाज विकास, पहिलो घर आदि इतिहाससँग सम्बन्धित हुन् । मुन्धुममा केलाङ, पक्लुङ लेप्मा (छेलो हान्नु), यालाङ आदि सँस्कृति हुन् । त्यसैगरीमुन्धुममा य?वामोमा (उभौली) र चासोक (उँधौली), साप्पोक चोमेन (गर्भ पूजा),याङदाङ फोङ्मा (न्वारान), सिमेरिङ माङ्गेना (शीर उठाउने) आदि सँस्कारहरु हुन् । लिम्बू जाति सँस्कारमा पनि धनी भएकोलेलिम्बूका सँस्कारहरु सबै मुन्धुममै आधारित छन् । मुन्धुमअन्तर्गत नै न्याय–निसाफ, कानुन–नियमसमेत पाइन्छन् । अभैmसम्म पनि लिम्बू समुदायमा तुम्याहाङको ठूलो भूमिका छ । यस पुस्तकमा तुम्याङहाङहरुले झगडा मिलाएको, पाजोइबाले घूस खुवाएर दण्डित भएको आदि मुन्धुम प्रस्तुति समेत गरिएको छ । लिम्बू जाति वा समाजको जीवन पद्धति मुन्धुममा वर्णित इतिहास,सँस्कृति, संस्कार, कानुनअन्तर्गत रहेर अहिलेसम्म जीवित रहेको उनले पुस्तकमा चर्चा गरेका छन् ।
यसरी यस पुस्तकमा मुन्धुमकेन्द्रि त रहेर मौलिक धर्म–सँस्कृति, दर्शन र इतिहासको उत्खनन्गरिएको छ । यो पुस्तक सिरिजंगा लिपिमा लेखिएको भए अझ सुन्दर हुने भए पनि अहिलेको पाठकअनुसार नै छ र प्रस्तुत मुन्धुमलाई पर्वते भाषामा उल्था गरिएकोले मुन्धुमी भाषा बुभ्mन नसक्नेहरुका लागि सरल भएको छ । शीर्षकहरु केस्रागत रुपमा छन् । लिम्बू जातिको मौलिकताको खोजी गर्ने र यसमा चासो राख्ने, चिन्तन–मनन् गर्ने जो कोही व्यक्तिलाईमूलबाटो प्रदान गरेको छ । समग्र लिम्बू जाति र समुदायको परम्परागत सँस्कार, सँस्कृति, इतिहास, सामाजिक व्यवस्था, राजनैतिक, आर्थिक व्यवस्था, धार्मिकदर्शनको विवेचना, अध्यात्म चिन्तन, सामाजिकविकाससम्बन्धी मूल बाटो हुनेछ,

No comments:
Post a Comment