Tuesday, September 18, 2012

किरात राई जातिको इतिहास


किरात राई जातिको इतिहास
इतिहासमा किरात जात भन्नाले मंगोल समुदायमा पर्ने धिमाल दनुवार थारु मगर गुरुङ लगायत सबै पर्दछन् तर वर्तमान अवस्थामा राई लिम्बू याक्खा र सुनुवारले मात्र आफूलाई गर्वका साथ किरात भनेर स्विकारेका छन् । किरात जाति दक्षिण र दक्षिणपूर्वी एशिया क्षेत्रको आदिवासी भएको हुनाले यस जातिको इतिहास अति प्राचीन र व्यापक छ तर यहाँ किरात जातिभित्र पर्ने किरात राईहरुको बारेमा मात्र केही छोटो चर्चा गरिन्छ ।
वल्लो किरात र माझ किरातका रैथाने जाति किरात राईहरु नै हुन् । आधुनिक केन्द्रीकृत राज्य व्यवस्था स्थापना हुनु अगाडि किरात राईहरुमा संघात्मक राज्य व्यवस्था रहेको पाइन्छ । किरात राईहरु हिकिमा योङमा वर्तमान नेपालको पूर्वी भागमा सैकडौं वर्षसम्म सिमित भएर बस्नु परेता पनि उनीहरुको लोक कथा र परम्पराहरु काठमाडौं यलाखिम उपत्यकाका पटुक दरबार र विरुपाक्ष किरात शासनकालसंग जोडिएका छन् ।
त्यसैले किरात राईहरु प्राचीन नेपालका किरात राजा यलम्बरको सन्तान हो भनी गौरव गर्दछन् । तर कालान्तरमा भौगोलिक कठिनता र आर्थिक श्रोतको अभावले गर्दा किरात राईहरु सामान्य कृषक र भारतमा अंग्रेज शासनको बिस्तारपछि ुगोर्खा सैनिकु को रुपमा परिचित भएका छन् ।
किरातहरु संसारकै आदिम मूल जातिहरुमध्येका हुन भन्ने कुरामा दुई मत छैन । कालन्तरमा सोही जातिभित्र विभिन्न थरीका जातिय समुदायहरु विकसित भए र ती नै समुदाय भित्र एक समुदायको रुपमा राई जातिको उत्पत्ति भयो । त्यसपछि भन्न थालियो किरात राई । किरातभित्र राईहरुको उत्पत्ति कहिले भयो भन्ने कुराको इतिहास अत्यन्त खोजको विषय हो । तथापि यसको इतिहासलाई शाके १० शताब्दीदेखि १८ शताब्दीताका ूराईू नाम प्रचलनमा आएको कुरा उल्लेख गरेको पाइन्छ । डा।स्वामी प्रपन्नाचार्य प्राचीन किरात इतिहास पृ।६४२-६४३ त्यस्तै अर्का लेखकले ूराईू शब्द पहिलो पटक शाके १२५९ १३३७ मा जुम्लाका अपाडराजा पुण्यमल्लदेवका कनकपत्रमा ुराईको आदेशु भन्ने वाक्य देखा परेको उल्लेख गरेका छन पृष्ठ दुर्गाहाङ् याक्खाराई किरात हिजो र आज पृष्ठ ४२ । तर यो ूराईू शब्द आउन अगाडि शाके १०१७ मा नै ूरायू शब्द उल्लेख भएको कुरो भारतको गडवालमा प्राप्त शुरवीिसंह पँवारका राजदरवारी निजी पुस्तकालयमा संग्रहित भोजपत्रमा लिखित ग्रन्थहरु- काशिकाबृत्तिको टिप्पणी र काव्यसुधानिधिको रचयितामा उल्लेख भएको ूइति श्री नेपालस्य पूर्वााचल खोटाङक्षेत्रवास्तव्येन चालिङरायकुलभुषणेन हर्कबलीना वीरचिता टिप्पणी समाप्तू वाक्यबाट थाहालाग्छ पृष्ठ४० । तसर्थ ूराईू शब्द ूरायू शब्दको अपभ्रंश रुप हो । राई शब्द कुनै विशेषण विशिष्ट उपाधी वा किरातको कुनै एक वंशलाई जनाउन प्रयोग भएको पाइन्छ । यी तथ्यहरुबाट किरात र राई एक अर्कामा अन्योन्याश्रित पदावलीहरु हुन भन्ने बुझिन्छ । त्यसैले ूराईू भन्ने वित्तिकै त्यसमा ूकिरातू जोडिन्छ । अझ भन्ने हो भने ूराईू लाई जनाउने ूकिरातू शब्दलाई ूकिरातीू भन्ने शब्द पनि जनजिब्रोमा प्रयोगमा आइसकेको पाइन्छ । त्यसैले ुकिरातीु शब्दले चाहि खास राईहरुलाई मात्र जनाउँछ भन्नु अत्युक्ति नहोला । तर ूकिरातू मात्र भन्यो भने राई लिम्बु याक्खा सुनुवार जातिलाई समेत जनाउँछ । अत यी किरातहरु वल्लोकिरात विशेषत सुनुवारहरुको बाहुल्य भएको क्षेत्र माझकिरात राईहरुको बाहुल्य भएको क्षेत्र र पल्लोकिरात भन्नाले लिम्बुहरु बाहुल्य भएको क्षेत्र मानिन्छ । तर यी तीन नै क्षेत्र लगायत अन्य क्षेत्रहरुमा समेत राईहरु छरिएर रहेका तथ्यहरु विस्तारै खुल्दैछन । यहाँ हाम्रो सन्दर्भ तिनै किरात राईहरुको संस्कार र संस्कृतिको बारेमा चर्चा गर्न खोजिएको हो ।
किरात राईहरुको मूल थलो र बसोबास ः
काठमाडौं उपत्यकामा किरात शासन अन्त भएपछि किरातहरुको मुख्य थलो धुलीखेलदेखि पूर्व किरात प्रदेश नै हुनगयो । करीब दुई सय तीस वर्ष अगाडिदेखि पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकीकरण गर्नु अगाडि सुनकोशी नदी पूर्वतिर फैलिएको किरात प्रदेशमा किरात जातिका राई लिम्बु र सुनुवारहरुले राजकाज गर्दथे । किरात भित्रका राईजातिको मुख्य थलो किरात प्रदेश नै थियो ।
बसाइ सराईको कारणले हाल किरात राईहरु विश्वको विभिन्न भाग र मुलुकहरुमा बसोबास गर्न पुगेका छन् । हाल किरात राईहरुको जनसंख्या नेपालभित्र करीब सातदेखि साढेसात लाख र नेपाल बाहिर भारत भुटान वर्मा हङकङ थाइलैण्ड यु।sे।र अन्य मुलुकहरुमा त्यसभन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । यसरी नेपाल र नेपाल बाहिर रहेका किरात राईहरुको कुल जनसंख्या पन्ध्रलाख भन्दा बढी रहेको अनुमान गरिएको छ ।
सन् २००१ को राष्ट्रिय जनगणनाले देखाएको तथ्यांक अनुसार सो वर्षमा नेपालमा राईहरुको जनसंख्या ६३५१५१ थियो जसमध्ये २९४३३७ अर्थात् ४६।३४ प्रतिशत संखुवासभा जिल्ला लगायत माझ किरातका भोजपुर खोटाङ उदयपुर ओखलढुंगा र सोलुखुम्बू जिल्लाहरुमा बसोबास गरेका देखिन्छन् । वल्लो किरातमा पर्ने तीन जिल्लाहरु दोलखा रामेछाप र सिन्धुलीमा किरात राईहरुको जनसंख्या ५७४८ अर्थात् ०।९ प्रतिशत मात्र देखिन्छ । पल्ल्ााे किरातमा पर्ने धनकुटा तेह्रथुम पाँचथर ताप्लेजुङ र इलाम जिल्लाहरुमा किरात राईहरुको जनसंख्या १४४३१९ अर्थात् कुल जनसंख्याको २२।७२ प्रतिशत रहेको छ । पूर्वी तराइका पाँच जिल्लाहरु जस्तैः झापा मोरङ सुनसरी सप्तरी र सिराहामा राईहरुको जनसंख्या १२११५५ अर्थात् कुल जनसंख्याको २० प्रतिशत देखिन्छ । त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं ललितपुर र भक्तपुरमा २८३२५ अर्थात् कुल जनसंख्याको ४।४५ प्रतिशत देखिन आउँछ । बाँकी करीब ५ प्रतिशत राईहरु नेपालका अन्य जिल्लाहरुमा छरिएर रहेका छन् । नेपालको पुरानो बसाइ-सराइ पश्चिमदेखि पूर्वतर्फ भएको कारणले किरात राईहरु आफ्ना मूल थलोबाट पल्लो किरात प्रदेश हुँदै भारत वर्मा र थाइलैण्ड दुई शताब्दि अगाडिदेखि नै पुगेका भएता पनि नेपालको तराइ जिल्लाहरुमा भने सन् १९५० पछि औलो उन्मूलन भए पश्चात् मात्र व्यापक रुपले बसोबास गरेका हुन् ।

No comments:

Post a Comment