दिपेन योङहाङ लिम्बु
वि.सं. १८३१ भन्दा अगाडि लिम्बुवानको राजनीतिक प्रारुप १० वटा प्रान्तमा
विभक्त थियो । यो संरचना सातौ आठांै शताब्दीमै आठ फेदपे राजाहरुलाई दश
सरदारहरुले पराजित गरी कायम गरेका थिए । जतिवेला दशलिम्बूहरु पल्लो किरातमा
प्रवेश गरे त्यतिबेला त्यस भू–भागमा आठ फेदापे राजाहरु शासन गर्दथे ।
तिनिहरु हुन ः
१. होन्देनहाङ २. यकितेत्हाङ ३. चेस्वीहाङ ४. लारासोयोयवोहाङ ५. खेसिवाहाङ ६. इकासोहाङ ७. खादीहाङ ८. इमेहाङ । ताइश्यान वंशका श्यानमकवानी किरात भनि त्यस प्रदेशमा प्रवेश गर्ने दशलिम्बूका सर्दार निम्न थिए । १. थोसोइङ काङलाइङहाङ २. थिङदाङ सावारोहाङ ३. थोसोदिङ हामलेवा सावारोहाङ ४. थोदिङ ताङसाक सावागेहाङ ५. मोगुपलुङमा खाम्वे सावारोहाङ ६. थोकफोदिङ सावारोहाङ ७. थोकोदिङ सावारोहाङ ८. मोगुपलुङमा लाङसोदिङ सावारोहाङ ९. थोकफोदिङ इगाङ लाइङवोहाङ १०. तातोलि तोइङवोहाङ । यी दशसरदारहरुले आफ्नो साथमा तीनजना पुरोहितहरु पनि साथै ल्याएका थिए । तिनिहरुको नाम र काम यस प्रकार थियो । १. फेजिरी फेदाङमा– कर्मकाण्ड सम्बन्धी विषेशज्ञ २. साम्वाहाङ इप्लाङहाङ–औषधि उपचार सम्बन्धी विषेशज्ञ ३. साममुन्धुम येपमुन्धुम – वंशावली तथा इतिहास विषेशज्ञ ।
यीनै राजनीतिक तथा धार्मिक नेताहरुका साथमा एउटा ठूलो हुद्दा किरात प्रदेशमा आई बसोबास गर्दै गए र उनीहरुको जनसंख्या तीव्रवृद्धि हुँदै गएपछि आठ राजाहरुलाई त्रास र शंका उत्पन्न हुँदैगयो किनभने दश सरदारका सख्या बढेपछि कुनैपनि बेला राज्यविद्रोह गरी हामीलाई सत्ताच्यूत बनाउन सक्छन भन्ने भय आठ राजाहरुलाई लागेको हुनसक्छ । त्यसकारण ती आगन्तुकहरुका सन्तानहरुलाई दमन गर्ने नीति अख्तियार गरियो । जसअनुसार कठोर कानून लागू गरी ती दशसरदारका सन्तानहरुलाई चर्काे कर र अमानवीय व्यवहार गर्न थालियो । यसबाट क्रुद्धभएर दशसरदारहरुले फेदेनको आम्बे पजःमा कामकेत्लुङमा र सुम्हेत्लुङमा भन्ने ठाउँमा चुम्लुङ (सभा) गरी तीनवटा दर्शनढुंगा (सुम्हात्लुङ) गाडि त्यसकोवीचमा तीनखालका आँपको वृक्ष रोपेर सपथ खाए । “जबसम्म हामीले यो अत्याचारी फेदापे आठ राजाहरुलाई परास्त गर्दैनौ तबसम्म हामी यहाँ फर्केर नआउने, यदि युद्धको मैदानबाट कसैले आत्मसमर्पण गरी फर्केर आएमा उ यस स्थानमा आइनपुगि भष्महोस् ।” यस्तो वाचा वन्धन गरेर धनुवाण लगायतका हातहतियार बोकी उनीहरु युद्धको मैदानमा होमिए । सुब्बा वृजहाङपति जवेगुका अनुसार फेदेनदेखि पूर्व उत्तर फेवदीनटारमा एउटी सावाहाङमा नाम गरेकी शक्तिशाली महारानी वस्थिन । उनलाई आक्रमण गर्न आउने शत्रुहरुलाई मौरी अरिङ्गाललाई तान्त्रिक शक्ति प्रयोग गरेर खन्याउथिन । एकपटक तिनलाई मार्न भनि दशसरदारहरु राती आक्रमण गर्न गए । उनी सुतेको मौका पारी आक्रमण गर्न लाग्दा अकस्मात विउझिएर पिसाब गर्दा ठूलो मेघगर्जन भएर सिंगो डाँडा नै हल्लियो र उनको पिसाबले पहाडजत्रो ढुंगानै विचमा चिरिएर गयो । त्यसपछि उनलाई आक्रमण गर्न जाने सबै सरदारहरु भागे । अद्यापि त्यो ठाउँलाई सेजेप्पा भनिन्छ । त्यसको अर्थ से–पिसाब, चेप्पा–काटिएको हो । त्यसपछि ती दश सरदारहरुले तीनवटा चुलढुंगा रोपि त्यसको विचमा तीनखालको वृक्ष रोपे र उनीहरुले वाचाबन्धन भाके । “तिमी तीनै वृक्षहरु एकैसाथ (पःजङ) बढ्दै जाउ र एकै समय एकैखालको फुल्ने र फल्ने गर, त्यसपछि त्यो सावाहाङमाको शक्ति कमजोर हुन्छ र हामी आक्रमण गर्नेछौं ।” त्यति वाचा गरेर उनीहरु अरुतिर युद्ध गर्न गए । सबैतिरको हाङहरुलाई पराजित गर्दै फर्किएपछि त्यो वृक्ष बढ्दै गएर एउटै रुख बनि आँपको फल लागेको थियो । त्यो वृक्ष १९६८ सालको आगलागीमा जलेर अहिले छैन । उनीहरुको वाचा मुताविक फल लागेपछि सावाहाङमाको तान्त्रिक शक्ति लोप भयो र उनलाई मारेपछि दश सरदारहरुको विजय भयो र लिम्बुवान राज्यको घोषणा भयो ।
(श्रोतः लिम्बुवान राजनीतिक दर्पण–छविसुब्बा सङबाङफे लिम्बू)

No comments:
Post a Comment