Thursday, September 27, 2012

राष्ट्रवाद र राष्ट्रिय मुक्तिको क्रान्ति -कमल छाराहाङ्ग आठपहरिया


राष्ट्रवाद र राष्ट्रिय मुक्तिको क्रान्ति

-कमल छाराहाङ्ग आठपहरिया

‘नेताको पहिचान संकटको घडीमा हुन्छ, जसले संकटलाई सम्बोधन गर्न सक्दैन उ परिस्थितिको दास हुन्छ, दासहरुले कहिल्यै पनि मार्गप्रशस्त गर्न सक्दैनन् ।’ वास्तवमा वर्तमान नेपालको राजनैतिक अवस्थाभित्र यो भनाइ चरितार्थ हुन आएको छ । जसको कारण हिजोदेखि आजसम्म राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा नेपालीहरु राजनैतिक दासताको अवस्थाबाट मुक्त हुन सकिरहेका छैनन् । जुन अवस्थाको फाइदा राष्ट्रियरुपमा गोर्खा आन्तरिक उपनिवेशका पृष्ठपोषक र उसका मुठ्ठीभर दलालहरु जो आदिवासी, जनजाति, मधेशी, दलित, मुस्लिम र पिछडा वर्गका नाममा राजनैतिक ठगी धन्दा चलाउादै छोटे ठेकेदारको रुपमा आफूहरुलाई उभ्याउादै आएका छन् । अन्तर्राष्ट्रियरुपमा उत्तर र दक्षिणका मुलुक पर्छन्, त्यसमा पनि अत्याधिक चाप दक्षिणबाट पुगेको कुरालाई नकार्न सकिन्न । यो वस्तुगत सत्यताभित्र नेपाल विश्वकै एउटा अन्तर्राष्ट्रिय राजनीतिक गुलामीहरुको र हस्तक्षेपपूर्ण देश बन्न पुगेको छ । उदाहरणका निमित्त न्यूयोर्कस्थित एउटा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले हालै दिएको रिपोर्टमा नेपाल विदेशी हस्तक्षेप भोग्ने देशहरुमा सबैभन्दा अगाडि (एक नम्बरमा) छ जसले गर्दा पनि नेपाल र नेपालीहरुको निमित्त बाह्य वा आन्तरिक राष्ट्रिय स्वार्थ भनेको वर्तमान राजनीतिक परिस्थितिभित्र राष्ट्रिय मुक्तिको क्रान्तिभन्दा अर्को विकल्प छैन । जो शान्तिपूर्ण शैलीमा हुनुपर्छ ।

बाह्य वा आन्तरिक राष्ट्रिय मुक्तिको क्रान्तिभित्र जसको स्वाधीनता र स्वतन्त्रताको पक्षमा उभिादा हिजोदेखि आजसम्म विश्वका राष्ट्रिय मुक्तिको क्रान्तिलाई अध्ययन, चिन्तन, मनन् गहिरोरुपमा गर्नु अनिवार्य हुन्छ । हावाको भरमा ‘रे’ को आधारमा भावनामा आएर अराजक तालमा वस्तुगत सत्यताको तथ्यताभित्र पुग्न सकिादैन । विश्वको राष्ट्रिय मुक्ति क्रान्तिको इतिहासलाई फर्केर अध्ययन गर्दा भियतनामीलाई उदाहरणीयरुपमा लिन सकिन्छ । ‘जसले हजार वर्ष लडेका थिए, अरु आवश्यक पर्दा हजार वर्ष लड्ने भियतनामको निमित्त भियतनामीहरु तयार थिए ।’ जसको इतिहासमा भियतनामको निमित्त भियतनामीहरुले के दिन बााकी राखे ? सब चिज दिए । उदाहरणको निमित्त भिक्षुहरुले आफ्नो शरीरमा साम्राज्यवादको विरुद्ध मट्टितेल खन्याएर स्वयं आफूलाई जलाउादै जीवनदान गरे, आत्मदाह गरे । त्यस्तै युवतीहरुले साम्राज्यवादी समक्ष आफ्नो इज्जतलाई समर्पण गर्दै बम बनेर पड्किए । केटाकेटीहरु ग्रिनेट र छर्रा बन्दै दुश्मनका विरुद्ध चियोचासोमा भियतनामको निमित्त बचपनी जीवनको उत्सर्ग गरे, जसले गर्दा हिजो पनि भियतनाम थियो, आज पनि छ, भोलि पनि रहिरहने छ ।

त्यस्तै चीनकै विषयमा जसले जुनसुकै रुपमा व्याख्या विश्लेषण गरुन्, स्वयम् चीनले आफ्नो अर्थ जसरी लगाओस्, यी सबै आफ्नै ठाउामा छ, तर कोमेन्ताङ र चिनियाा जनवादी कम्युनिष्ट पार्टीले जापानको आक्रमणविरुद्ध संयुक्त मोर्चाबन्दी गरेर लड्नु भनेको चीनको रक्षा गर्दै स्वाधीनता र स्वतन्त्रताको लागि जापानको आक्रमणबाट मुक्त गर्नु भनेको राष्ट्रिय मुक्तिको क्रान्तिभन्दा अर्को होइन । त्यसकारण यी यावत् सवालहरुले वर्तमान नेपालीहरुको पहिलो र अनिवार्य शर्त भनेको राष्ट्रिय मुक्तिको क्रान्ति नै हो । जुन क्रान्ति तपाई जुनसुकै शैलीमा पनि लड्न सक्नुहुन्छ । त्यो तपाईको वस्तुगत परिस्थितिको आधारमा आत्मगत शक्तिमा निर्भर पर्ने कुरा हो । तर वर्तमान परिस्थितिमा शान्तिपूर्ण युद्धभन्दा अर्को विकल्प देखिंदैन, यो ध्रुवसत्य हो ।

अर्को भारत लगभग २ सय वर्षसम्म ब्रिटिस साम्राज्यको उपनिवेशी जञ्जीरको बन्धनमा बााधिनु पर्दा जसको विरुद्धमा सन् १८५७ को महान् सिपाही विद्रोहको शुरुआतले लगभग १ सय वर्ष लड्नु पर्‍यो, जसको कारण भारतले आफ्नो स्वाधीनता स्वतन्त्रतालाई प्राप्त गर्‍यो र पनि भारत आन्तरिक उपनिवेशी बन्धनबाट मुक्त हुन नसकेको आजको अवस्था हो । जुन अवस्थाभित्र उदाहरणको रुपमा नागाहरुको आन्दोलनलाई लिउा, अगस्ट १४ सन् १९४७ मा बेलायतीहरुले भारत छोड्दा उनीहरुले नागालैण्डको स्वतन्त्रता घोषणा गरेका थिए । कहिल्यै भारतको थिएन । तात्कालीन अवस्थामा नागाहरुको दुई नेता (काइतो र मिक) थिए । अर्का नेता एजेङ फिजोले महात्मा गान्धीलाई भेटेर सम्पूर्ण कुराको बोध गराएका थिए । आज नागाहरु विगत ६० वर्षयता आफ्नो माटोको लागि युद्धरत् छन् । यस्ता उदाहरणहरु भारतमा धेरै भए पनि यसकै सेरोफेरोभित्र हिजोको लिम्बुवान देशअन्तर्गत वर्तमान नेपालको लिम्बुवान स्वायत्तताभित्र ग्रेटर लिम्बुवानको सवाल उठेको हो । जसको इतिहास मेटियो भने वर्तमान लिम्बुवान नरहन पनि सक्छ । त्यसकारण यस मानेमा लिम्बुवानवासी सजग र सचेत हुन धेरैभन्दा धेरै आवश्यक छ ।

वर्तमान नेपालको राष्ट्रिय समस्याको जड भनेको अनेकताभित्र एकताको खोजी हो, जुन खोजीभित्र हामी पुग्न सकिएन भने देश र देशवासीहरुले ढिलोछिटो अकल्पनीय दुर्भाग्यको सामना गर्नुपर्ने यदाकदा त्यस्तो लक्षण देखा पर्दैछ । जुन लक्षणभित्र सिंगो नेपाल रहनैपर्छ भन्ने मान्यता नहुन पनि सक्छ । त्यो अवस्था भनेको नेपाल र नेपालीको पहिचान मेटिनु हो । त्यस्तो अवस्थाभित्र पशुपतिनाथले कल्याण गर्न गाह्रो पर्छ । यस मानेमा कसैले आफ्नो दम्भ जाहेर गर्नुपर्ने देखिन्न । त्यसकारण अनेकतामा एकताको खोजी भनेको गोर्खा आन्तरिक उपनिवेशबाट मुक्त हुनु हो । मुक्त हुनुको अर्थ स्वतन्त्र मुलुक निर्माण गर्नु होइन, जसको पुर्खाले जुन भूभागको भूमिपुत्र बन्ने हैसियत निर्माण गर्‍यो, त्यसको ऐतिहासिक पृष्ठभूमिको आधारमा शासकीय भूगोलको निर्माण भयो । त्यो भूगोलहरुभित्र पूर्ण संघीय शासन व्यवस्थाअन्तर्गत भोलिको संघीय नेपाल निर्माण गर्नु हो । जसलाई राष्ट्रिय मुक्तिको क्रान्तिले सम्बोधन गरिनु पर्छ ।

वास्तवमै आजको विश्व राष्ट्रवादको युग हो । यस मानेमा कुनै पनि मुलुक अछुत रहन सक्दैन । वर्तमान नेपालका नवराष्ट्रवादीहरुको उदय भनेको तात्कालीन गोर्खा राज्यको बिस्तारित अवस्थाले जन्माएको मानसिकताको उपज हो । जसको राष्ट्रवादले राष्ट्र र राष्ट्रियताको नाममा विदेशी दाताहरुसाग मागिखाने भााडो बनाएको छ भने अर्कोतिर बाघको छालामा स्यालहरुको रजाईं छ । जसले गर्दा संविधानसभाको चुनावबाट यी देशी–विदेशी तत्वहरुलाई फाइदा नपुग्ने लक्षण देखा पर्दा संयुक्त मिलोमतोमा कोही रोएको जस्तो, कोही कुटेजस्तो, कोही रमिते जस्तोको भिडम्भिडको जमातमा नाटकको मञ्चन गर्दै संविधानसभाको हत्या गरियो । यो देश र देशवासीको सामु घामजत्तिकै छर्लङ्ग छ । तत्पश्चात् आ–आफ्ना पाल्तु राजनैतिक प्राणीहरुलाई विभिन्न बहानामा दिल्ली र बेईजिङ बोलाउने क्रम जारी छ । जुन बोलाउने क्रममा आ–आफ्नै स्वार्थअनुकूल प्रशिक्षित तुल्याउने काम भइरहेको छ । यो वास्तविक राष्ट्रवाद र यहााका स्वाभिमानी भूमिपुत्रहरुको हितमा छैन ।

यही सेरोफेरोभित्र वर्तमान नेपालमा पार्टीको नेता र जनताहरुबीचको अन्तर भनेको हिन्दूहरुको कथामा आधारित महाभारतको पात्र पाण्डव, कौरव र द्रौपदीभन्दा फरक देखिएन । पाण्डव र कौरवहरु चाहे तराई मधेश वा हिमाल मध्यपहाड जहाासुकै जुनसुकै भौगोलिक, राजनीतिक नाम संघसंगठनबाट प्रतिनिधित्व गरिरहेको भए पनि, जसले जेसुकै शर्त र सहमतिभित्र मोर्चाबन्दी, गठबन्धन जे गरुन् केही फरक परेन नेपाल र नेपाली जनतालाई । किनकि वास्तवमै नेपाल र नेपाली जनता आजको अवस्थामा द्रौपदी हुन पुगे । पाण्डवहरुको निमित्त द्रौपदी एउटा मनोरञ्जनको साधन जो जुवाको खालमा थापिन्छ, कौरवहरुले जित्दा उनको चीर हरण हुन्छ, त्यस्तो परिस्थितिको चेपारोभित्र नेपाल र नेपालीहरु बााच्नु परेको अवस्था छ । यो राजनीतिको नाममा निकृष्ट ताण्डव नृत्य अति भइसक्यो । यसैले भन्छन्, अति रूपको कारण सीताको हरण भयो । अति गर्व र घमण्डको कारण रावण मारियो । अति दानको कारण राजा बलि बन्धक बन्नु पर्‍यो । त्यसकारण अतिले खतिभन्दा अर्को निम्त्याउादैन, त्यसैले भनिन्छ, ‘अति सर्वत्र वर्जयेत् ।’

अन्त्यमा, विद्वानहरु भन्छन्, ‘जसको नियत राम्रो छैन, त्यसबाट कदापि महान कार्य सिद्ध हुन सक्दैन’ । वास्तवमा उ जतिसुकै बुद्धिजीवी ९त्तगबषिष्भम० किन नहोस्, उसको नियत ठीक छैन भने त्यस्तो व्यक्तिहरुले देश र देशवासीको त कुरै छाडौं, आफ्नै घर सम्हाल्नुको साटो जलाउनेतिर लाग्छ । जसको प्रत्यक्ष उदाहरण वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई बन्न पुगेका छन् । अर्को ‘कहीं नभएको जात्रा हााडीगाउामा’ भनेजस्तै जोसुकै मिलाएर मोर्चा बााधिए पनि नाम मात्रको राष्ट्रिय मोर्चाको सरकार छ, त्यसमा एउटै पार्टीका प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री छन् । आफ्नै सरकारको निर्णयमा राष्ट्रको नगदनारायणको खोलो बगाएर औपचारिक दलबलसहित प्रधानमन्त्री, उपप्रधानमन्त्री भट्टराई र नारायणकाजी श्रेष्ठ विदेश सवार हुन्छन् । अनि फीर्ति सवारीमा आफ्नो निवास पुग्नुपूर्व विमानस्थलको अतिविशिष्ट सभाकक्षमा आफ्नो मतमतान्तरका विष वमन गर्छन्, यो कुरा कसले पत्याउने ? यसकारण तैंले कुटेजस्तो म रोएजस्तो नभए अर्को के हुन सक्छ ? यसलाई भन्नैपर्दा एक अर्कामा तरबार र घिउ साट्ने ठगहरुदेखि देशवासी सावधान हुन जरुरी छ ।

(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका अध्यक्ष हुन्)

समाचार प्रकाशित मिती : Tuesday, 25 September, 2012 (लेखक)

No comments:

Post a Comment