संघीय यात्राः एक रिपोर्ट–२
– कुमार लिङ्देन ‘मिराक’
संघीय मञ्च र यससम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सदस्य रहेको ‘नेपाल संघीय जन–गणतान्त्रिक मोर्चा’ले लिम्बुवानदेखि थरुहटसम्म आयोजना गरेको गोलमेच/अन्तरक्रिया कार्यक्रमहरूको बारेमा रिपोर्ट लेखिरहेको छु । गत अङ्कमा लिम्बुवानदेखि तमुवानसम्मको लेखियो । यस अङ्कमा बाँकी यात्रा रिपोर्ट लेख्ने जमर्को गरिएको छ ।
भाद्र ७ गते पोखरामा अन्तक्र्रिया सकियो । पोखराको अन्तक्र्रियाले गोलमेचको रुप लियो । भाद्र ८ गते बिहान मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कास्की सम्पर्क समितिले तमुवान भोलेण्टियर्ससँग अनुभव आदान–प्रदान कार्यक्रम भयो । कार्यक्रम सकेर भाद्र ८ गते बिहानको बिहानको ११ बजे पाल्पाको तानसेन जाने गाडी चढियो । एउटा पोखराबाट तानसेन र अर्को पोखरादेखि नारायणगढ बुटुवलहुँदै तानसेन जानो बाटो रहेछ । पहिलो बाटो सर्टकत छ तर दोस्रोबाटो अलिक बढी सुरक्षित मान्दारहेछन् । केहीबेर गाडी यात्रा गरेपछि कास्की र स्याङ्जाको सिमानामा पुगियो । त्यसक्षेत्रको भौगोलिक अवस्थाबारे म पूरै अनभिज्ञ थिएँ । छेउको साथीहरूबाट स्याङ्जा, कास्की, पर्वत, गुल्मी, पाल्पा, नवलपरासी, कहाँकहाँ पर्छ भनेर जानकारी लिने प्रयास गरेँ । स्याङ्जाको बारेमा निकै धेरै सुनेको थिएँ । हुन पनि, नेपालको कर्मचारीतन्त्रमा स्याङ्जा र गुल्मीतिरका ब्राह्मण जातिको ठूलो बर्चस्व छ । स्याङ्जाली र झापालीहरूको बारेमा अनेक किस्साहरू पनि छन् । मनमनै सोचिरहेँ– कसरी स्याङ्जालीहरूले नेपालको कर्मचारीतन्त्रमा यतिधेरै बर्चस्व कायम गर्न सके होलान् ? हुन त, नेपालको पछिल्लो २५० वर्षे इतिहासमा नेपालका आदिवासीहरूलाई सखाप बनाउने अभियानको गुरु योजना यही स्याङ्जा, कास्की, लमजुङ र गोर्खातिर बनेको देखिन्छ । सायद, त्यसैको अवशेषको रुपमा अहिले पोखरामा तमुवान आन्दोलनलाई दबाउने षडयन्त्रहरू भइरहेका छन् । तर, अर्को कुरा त्यही पोखरामा हजारौं तमुवान भोलेण्टियर्सहरू सङ्गठित भएर तमुवान प्राप्तिको आन्दोलनमा लामवद्ध पनि भइसकेका छन् । जहाँ दमन त्यहाँ प्रतिरोध पनि हुन्छ– न्युटनको चालसम्बन्धी तेस्रो नियमले यसै भन्छ ।
माथि भनिएँझैँ आजभन्दा २५० वर्षअघि यही तमुवान क्षेत्रमा एउटा गुरुयोजना वा ‘किलिङ मिशन’ बन्यो । त्यो मिशन भनेको नेपालका आदिवासीहरूको भाषा, धर्म, संस्कृति, इतिहास, अस्तित्वलाई सदासदाको लागि ध्वस्त गर्ने थियो । त्यो मिशन अभिजात वर्गका सबै पुस्तालाई पढाइयो र उनीहरू त्यसरी नै तयार भए । ‘‘मैले जागिर खाँदाखाँदै पनि त्यो किलिङ मिशन पूरा गर्नुपर्छ, म पञ्च भएपनि, काँग्रेस भए पनि, र कम्युनिष्ट भए पनि त्यो मिशनलाई साथ दिइरहेको हुनुपर्छ’’ भन्ने कुशिक्षा ती अभिजात भनिएका वर्गका पुस्ताहरूलाई सिकाइयो । अनि, यदि कोही एकजना गृहमन्त्रालयको सचिव भयो भने उस्ले त्यही मिशनअन्तर्गत आफ्ना सारा भाइ–बन्धुहरूलाई आफू मातहतको विभागमा थुपा¥यो । यसरी नै स्याङ्जाली, गुल्मेलीहरूको पकड बन्यो– नेपालको व्युरोक्रेसीमा । अर्कोतिर, विचरा आदिवासीहरू– आफ्नै तालमा रोदी र पालाममा मात्र भूलिरहेका थिए । त्यो आफूमाथि भइरहेको किलिङ मिशनको बारेमा केही थाहा भएन । केन्द्रीकृत राजसत्ताले प्रत्येक आदिवासी जनजातिहरूको अस्तित्वको हत्या गरिरहेको छ । तर पनि तिनै आदिवासी जनजातिहरूलाई थाहा छैन । अनि कसै विद्वान अगुवाहरूले ती आदिवासीहरूलाई बुझ्ने गरी बुझाउन पनि सकेका छैनन् । कतिपयले बुझाउन खोज्छन् तर केवल दिमागले मात्रै । ग्राउण्डमा रहेका आदिवासीहरूको दिल छुने गरी कसैले बुझाउन सकेका छैनन् । ग्राउण्डमा रहेका आदिवासीहरूलाई लागेको छ– ‘‘हो हमी पीडित छौं तर हामीलाई बुझाउन आइ टोपल्ने अगुवाहरू पनि हाम्रो अनुहारलाई भ¥याङ बनाएर भत्ता र सत्ताकै लागि आएका छन् ।’’ उनीहरूको दिल÷आत्मालाई विश्वस्त पार्न सकिएको छैन । जबसम्म ती उत्पीडितहरूको आत्मालाई जगाउन सकिँदैन तबसम्म ‘सम्पूर्ण क्रान्ति’ सम्भव छैन । ती लाखौं उत्पीडित समुदायको विश्वास प्राप्त गर्न अगुवा भनिएकाहरू आत्मादेखि नै लाग्नुपर्ने हो । ‘‘मैले सांसद÷मन्त्री पाउँछु वा पाउँदिन, काठमाडौंमा मेरो महल बन्छ या बन्दैन ? त्यो प्रमुख कुरा होइन । हाम्रो समुदायले अधिकार पाउँछ कि पाउँदैन’’ भनेर लाग्नुपर्दछ । ग्रउण्डमा रहेका उत्पीडित समुदायहरूको मनस्थिति परिवर्तन गर्न चाहने आगुवाहरूले पहिले आफ्नै मनस्थिति परिवर्तन गरेर गाउँ जाने हो भने नेपालमा ‘‘सम्पूर्ण क्रान्ति’’ को सम्भावना ज्युँदो छ । नेपाल पुरानो र तर ज्युँदो देश हो । यो देशले आधुनिक शिक्षाको अभावमा दिमाग विकास गर्न सकेन होला तर नेपाली जनतासँग ‘‘ज्युँदो आत्मा’’ छ । गर्वका साथ भन्दा हुन्छ ‘‘नेपाल ज्युँदो आत्मा भएको ज्युँदो देश हो । यहाँ सम्भावनाको मूलहरू धेरै छन् ।’’
यस्तै कुराहरू खेलाउँदै म तानसेनतिर हुँइकिरहेको थिएँ । त्यस्तो साँगुरो बाटोमा त्यत्रो स्पीडमा गाडी कुदाइरहको छ ड्राइभर निस्फिक्री ! गाडीमा चढ्ने उत्रने हाइस्कुलको नानीहरूको अनुहारहरू हेर्छु– सबै जातिका नानीहरू छन्, सबैको अनुहार कति निर्दोष छ । अनि मनमनै सोच्छु– यी निर्दोष अनुहारहरूमा आखिर केले भरिदिन्छ घृणा र सङ्कीर्णताको त्यो वीषहरू ? हाइस्कुलसम्म सबै अनुहारहरू निर्दोष हुन्छन् । जब स्कुलको तह बढ्दै जान्छ, आदिवासीहरू, दलितहरूमाथिको दृष्टिकोण रुखो, खस्रो बन्दै जान्छ । आदिवासीहरूले आफ्नो भाषा, अस्तित्वको कुरा गरे भने साम्प्रदायिक र विखण्डन हो भनेर भन्न लगाइन्छ । ‘‘यी अनुहारहरू दोषी हुन् कि अनुहारहरूको दिमागमा वीष छरिदिने संस्था÷संरचनाहरू दोषी हुन् ? अरु गहिरिएर सोच्छु । त्यसबेला झसङ्ग लिम्बुवान आन्दोलनलाई सम्झन्छु । किनकि लिम्बुवान आन्दोलनले यी प्रश्नहरूको उत्तर पहिले नै प्राप्त गरिसकेको छ । ‘‘अनुहारहरू होइनन्, अनुहारको दिमागमा अर्को जातिको विरुद्धमा वीष छरिदिने एकात्मक मिशनको दोष हो । लिम्बू जातिमा पनि धेरै राम्रा मान्छेहरू छन् । बाहुन जातिमा पनि धेरै राम्रा मान्छेहरू छन् । लिम्बू जातिमा पनि धेरै नराम्रा मान्छेहरू हुनसक्दछन् र बाहुन जातिमा पनि धेरै नराम्रा मान्छेहरू हुन सक्छन् । मुख्य कुरा, त्यो मान्छेले कस्तो खालको स्कुलिङ पाएको छ ? त्यसमा निर्भर हुँदो रहेछ । यदि उसले ‘‘संघीय सह–अस्तित्वको स्कुलिङ पाएको छ भने ऊ जुनसुकै अनुहारको भए पनि राम्रो मान्छे हुनेछ । लिम्बुवानको आन्दोलनको यो बुझाइले मात्र मन शान्त पार्यो ।
पोखरा, स्याङ्जा र पाल्पाहुँदै बुटवल जाने गाडी ठ्याक्कै तानसेनमा चाहिँ नपुग्दो रहेछ । तानसेन चोकभन्दा अलिक तल रोकेर उक्त गाडी बुटवल जाँदो रहेछ । आफू चढेको गाडीबाट ओर्लिएर तानसेन बजारतिर उकालिएँ ।
मगरात क्षेत्रको पाल्पा जिल्लामा मगरहरूको सबैभन्दा घनाबस्ती रहेछ । नेपालका अधिकांश ठाउँ, गाउँहरूमा आदिवासीहरूको घनाबस्ती भएता पनि जिल्ला सदरमुकामहरूमा उपस्थिति न्यून छ । तर, पाल्पाको सदरमुकाम तानसेनमा मगरहरूको राम्रो उपस्थिति देखेर खुशी लाग्यो । तानसेन पुगेपछि सम्पर्क व्यक्ति बसन्त घर्तीमगरजीलाई सम्पर्क गरेँ । उहाँहरू नगरपालिका हलमा भोलिको कार्यक्रमको लागि तयारी गर्दै हुनुहुन्थ्यो । नगरपालिका छेउमा कलशको ठूलो मूर्ति देखेँ । ठ्याक्कै धनकुटा हिलेको चोकमा तोङ्बाको मूर्ति राखेजस्तै र जत्रै पनि । नेकपा–माओवादीका पाल्पा जिल्ला सहइञ्चार्ज धिरज राना मगर भाइले तानसेनको सिरानतिर घुमाउनु लानुभयो । तानसेनको सिरानमा सल्लाघारी छ । त्यसलाई श्रीनगर भनिँदो रहेछ र त्यो घुम्न लायकको ठाउँ रहेछ । ‘‘तानसेन हावापानी र भौगोलिक बनावटले एसियाकै सुन्दर ठाउँ हो’’ भनेको पनि सुनेँ । त्यति धेरै त मलाई थाहा भएन । तर नेपालको सुन्दर ठाउँहरूमध्ये तानसेन एक हो । यहाँको हावापानी मन पराएर राणाहरूले पाल्पालाई पश्चिमको प्रमुख गौंडा बनाएका रहेछन् । सायद, यहाँको हावापानीको कारणले होला विदेशीहरूले पनि तानसेनलाई पहिले नै रोजेका रहेछन् । २०१२/१५ सालतिर देखि नै यहाँ ठूलो मिशन अस्पताल सञ्चालनमा रहेछ । अहिले २ वटा नर्सिङ क्याम्पस र एउटा एम्.वी.वी.एस्. क्याम्पस सञ्चालनमा रहेछ । तानसेनको शीरबाट बजारतिर हेर्दा एउटा राणाकालीन दरवार पुनः मर्मत गरेर सिध्याउनै लागेको देखेँ ।
भाद्र ९ गते तानसेनको नगरपालिका हलमा मोर्चाको कार्यक्रम सुरुभयो । उपस्थिति एक्दमै राम्रो थियो । नेकपा एमाले नेता ठाकुर गैरेले भने– ‘‘हाम्रो एमाले पार्टीलाई त्यतिसारो गाली नगर्नुस् । हाम्रो पार्टी वैज्ञाकि दृष्टिकोणमा चल्छ । नेपाली काँग्रेसजस्तो अदालतले भ्रष्टाचारी ठह¥याएको खुमबहादुर खड्का पक्षमा कम्तीमा दाङ जिल्ला त बन्द गर्दैन ।’’ यसको प्रत्युत्तरमा नेकपा (एकीकृत) का पोलिटव्युरो सदस्य रामसिंह श्रीस मगरले भने– ‘‘एमालेले कांगे्रसकले जस्तो दाङ जिल्ला बन्द नगराए पनि विराटनगरमा पत्रकार कुट्नु ठीक छ भन्ने महेश बस्नेतहरू पक्राउ पर्दा त मज्जाले नै तोडफोट गर्छ नि होइन ?’’ यो प्रतिउत्तरमा सहभागीहरूबाट लामो ताली बजेको थियो । राष्ट्रिय जनमोर्चाका रमेश कँडेलले भने– ‘‘कुमार जी जनमोर्चालाई लिम्बुवानबाट खेद्ने तपाइँहरू नै होइन ?’’ मैले आफ्नो पालोमा भनेँ– ‘‘लिम्बुवान, तमुवान, मगरात नामहरूप्रति तपाइँहरू सहज भइदिनोस् । यहाँ तानसेन बजारमा सयवर्षअघि बनेको राणाकालीन दरवारको पुनर्मर्मत गर्न करोडौं रुपैयाँ सरकारले लगानी गरेको छ । त्यसमा तानसेनवासीको पनि समर्थन छ । किनभने, तानसेनको इतिहास नमरोस् भनेर त्यो दरवारको इतिहास नमरोस् भनेर । हिजोअस्ति वा एकसय वर्ष पहिलेको ढुङ्गा माटोको दरवारको इतिहासको माया तपाइँहरूलाई त्यति धेरै लाग्छ । अनि, यो माटोमा हजारौं वर्षअघि सिर्जिएको ‘‘मगरात’’को इतिहासको मायाचाहिँ लाग्दैन होइन त ? हजारौं वर्ष अघि सिर्जिएको ‘‘मगरात’’को इतिहास लाई माया गर्नुस् र एकसय वर्ष पहिले बनेको त्यो दरवारको इतिहासलाई पनि माया गर्नुस् । त्यसलाई ‘‘संघीय सह–अस्तित्ववाद’’ भनिन्छ ।’’ यो तर्कले पाल्पाली नेताहरूको टाउकोमा निकै गजबले प्रहार गरेझैँ लाग्यो । एमाले, कांगे्रसका जिल्लास्तरीय नेताहरूले पनि अन्त्यमा भेटेर भने– ‘‘हामीलाई पनि चित्त बुझ्यो । लिम्बुवान आन्दोलन त्यतिकै अघि बढेको होइन रहेछ । तर्क र संघीय बुझाइले पोख्त रहेछ–लिम्बुवान ।’’ छुट्टिननेबेलासम्म पनि नेकपा–माओवादीसँग सम्बद्ध मगर नेताहरूले भनिरहेका थिए– ‘‘कुमारजी, जहाँ गए पनि मगरात र तानसेनको दरवारको इतिहास भन्न नछुटाउनु होला । यस्तो तर्क त हामीले पढेको माक्र्सवादमा कही छैन । कहाँबाट आउँछ– यस्तो कुराहरू ?’’ मैले भनेँ– ‘‘साथीहरू, काली–गण्डकीभन्दा लामो छ धरती र आदिवासीको पीडा र दर्दका इतिहासहरू । त्यो पीडाभित्र डुब्नसक्नु पर्दछ !’’ जनमोर्चाको उत्तर दिँदै मैले भनेँ– ‘‘जनमोर्चालाई मात्र रोकेको होइन । लिम्बुवानमा स्ववियुको चुनवामा पनि त भएको छैन । लिम्बुवानमा निर्वाचन आयोगको फोटोसहितको मतदाचता नामावली सङ्कलनलाई पनि त हामीले एक वर्षसम्म रोक्यौं । यो आन्दोलनको संघीय क्रान्ति हो । लिम्बुवान स्थापना भइसकेपछि जनमोर्चा आउनु होला । हामी तोङ्बा दिएर स्वागत गर्नेछौं । तर लिम्बुवान प्राप्त नभइञ्जेल कोशी नकाट्नु होला ।’’
तानसेनमा कार्यक्रम सकिएको बेलुकी नै म र नेकपा (एकीकृत) का राम श्रीस मगरजी बुटवल झ¥यौं । तानसेनदेखि बुटवलको बाटो धनकुटादेखि धरानजस्तै होला भन्ने सोचेको थिएँ । तर अलि फरक रहेछ । बीचमा कही पनि उकालो पर्दैन रहेछ । दुई घण्टाको गाडी यात्रामा मनमा अनेक कुराहरू खेले– ‘‘मगरात क्षेत्रका अधिकांश साथीहरू कम्युनिष्ट स्कुलबाट स्कुलिङ भएका छन् । हामी आदिवासीहरूको दुर्दशा कहाँबाट सुरुभयो त ? जब २५० वर्षअघि मगरात, तमुवान, लिम्बुवान, राज्यहरूलाई गाोरखालीहरूले ध्वस्त गरे तब आदिवासीको समुदाय निरन्तर ध्वस्तीकरणमा छ । अर्कोतिर कम्युनिष्ट स्कुलले त्यही भन्छ– राज्यहरू चाहिँदैन, समुदाय केही होइन, वर्ग प्रमुख कुरा हो । गोरखालीहरूको एकात्मक मिशन र कम्युनिष्ट मिशन ठ्याक्कै मिल्छ । त्यसको तत्कालीन उदाहरण जनमोर्चाको चित्रबहादुर केसी हुन् । उनी कम्युनिष्ट पनि हुन् साथै एकात्मकवादी पनि हुन् । यो गुदी कुरा कसरी बुझाउने होला ? कम्तीमा तमुवान, मगरातको गाउँघरमा एकदुई वर्ष घुमफिर गर्ने हो भने केही परिणाम निस्कन्थ्यो होला ।
भाद्र १० गते बुटवलको उद्योग वाणिज्य संघको हलमा अन्तक्र्रिया कार्यक्रम सुरुभयो । हल पनि ठूलो थियो र उपस्थिति पनि भव्य नै । नेकपा–माओवादीका नेतृ उमा भुजेलका अनुसार नेपालभरमा नै सायद नयाँ माओवादी पार्टीको सबैभन्दा राम्रो पकडक्षेत्र बुटवल हो । त्यहाँको उपस्थिति देख्दा होला पनि जस्तो लाग्यो । त्यहाँ उपस्थित जनताहरूलाई पनि बौल्ने पालो दिइएको थियो । जनताहरूले प्रचण्ड र बाुरामप्रति यतिधेरै आक्रोश पोखे कि सायद सरकारबाट हटेपछि प्रचण्डलाई गाउँ जान धेरै गाह्रो पर्लाझैं । बोल्ने प्रायः वक्ताहरूको घर परिवारका सदस्यहरू युद्धको दौडानमा क्षति भएकाहरू थिए । मैले बौल्ने क्रम्मा ‘‘जय लिम्बुवान’’ भनेकोमा पनि केही मधेशी साथीहरूले आपत्ति जनाए । ‘‘यो अवध राज्यमा आएर पनि कुमारजीले ‘जय लिम्बुवान’ भन्ने ? यो भएन नि !’’ उहाँहरूको बुझाईप्रति मेरो भन्नु केही थिएन । अन्त्यमा, माओवादीका सीपी गजुरेलले भनिदिनु भयो– ‘‘हरेक आन्दोलनले केही सम्माननीय शब्दहरू जन्माउँछ । लिम्बुवान आन्दोलनले ‘‘जय लिम्बुवान’’ भन्ने शब्द जन्माएको छ, हामीले ‘‘लाल सलाम’’ भनेजस्तै ।’’
भाद्र ११ गते दाङको घोराही लाग्ने गाडीमा चढेँ । फेरि, मनभरि कुराहरू खेले– ‘‘थरुहट आन्दोलन के हुँदै होला । एकपल्ट उचाइमा पुगेको आन्दोलन तर नेतृत्वहरूको सही अडान नहुँदा धेरै खस्केको छ भन्ने सुनेको छु । म मञ्चको महासचिव हुँदा ०६३ सालतिर दाङको लमही आएको थिएँ । लमहीमा खाजा खान गाडी रोकिँदा ती दिनहरूको याद आयो । के गर्ने ? हामी विभिन्न बुझाई, विभिन्न पृष्ठभूमि र स्कुलिङबाट यो पहिचानसहितको संघीय आन्दोलनमा आएका छौं । चाहँदा चाहँदै पनि एकरुपता हुँदैन । मञ्चबाट थरुहटका साथीहरू अलगिन आँट्दा मैले भनेको थिएँ– ‘‘इतिहासमा सबैभन्दा उत्पीडित थारु समुदायका तपाइँ नेताहरू कसैले बहकाउँदैमा नबहकिनोस् । किनकि, हामीहरू वास्तविक मुक्ति चाहनेहरूको भेट भएको छ । यो एकतालाई नतोडौं । तर उहाँहरूले सुन्नु भएन र मञ्चबाट÷लिम्बुवानसँग सम्बन्ध तोड्नु भयो ।’’
घोराही पुग्दा नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तिलबहादुर पुन मगरजी लिन आउनु भएको थियो । उहाँसँगै गएर होटलमा बस्यौं । धेरै कुराकानीहरू भए । तिलबहादुर जीले विश्लेषण गर्नुभयो– ‘‘दाङमा थरुहट आन्दोलन अझै सशक्त नहुनुको कारणहरूमध्ये थारु नेताहरूले हामीजस्ता आदिवासीहरूलाई समेट्न नसक्नु वा नखोज्नु हो । थरुहट राज्य परिषदको केन्द्रीय समतिमिा हामी मगरलाई पनि राख्नु भनेकै हो । तिमीहरू मात्र भयौ भने धेरै झगडा हुन्छ, हामी पनि भयौं भने सन्तुलित हुन्छ र आन्दोलन पनि मजबुत हुन्छ ।’’ तिलबहादुरज्युले भनेका कुरामा केही प्रतिशत सत्यता छ । लिम्बुवान आन्दोलनको अनुभवबाट पनि प्रष्ट छ– कम्तीमा लिम्बुवान, थरुहट चाहने सबैलाई समेट्न सक्नु राम्रो हुँदो रहेछ ।
भाद्र १२ गते घोराहीको नगरपालिका हलमा अन्तक्र्रिया सुरुभयो । कार्यक्रमो सुरुमा नै नयाँ माओवादी र एमाओवादीको तिखो शब्द प्रहार सुरुभयो । सीपीजीले प्रचण्डलाइ दह्रो झटारो हाने । पद, पैसा र सुविधामा प्रचण्ड चुर्लुम्म डुबेका छन् भने । उता, एमाओवादीका नेताले भने– ‘‘सिपीजी तपाइँ त्यति तल झरेर प्रचण्डलाई गाली नगर्नुस् । सुविधा त सबैले उपभोग गरेकै छौं । सत्तामा गएपछि त्यो हँुदो नै रहेछ । तपाइँ पनि पजेरो चढेर घोराही आउनु भएको छ । के तपाइँ हिँडेर घोराही आउनुसक्नु हुन्छ ?’’ मैले मनमनै सोचेँ– ‘‘जब ठूलो आन्दोलन वा क्रान्तिबाट मुख्य नेताहरू विमुख हुन्छन् तब उसका आउरे भाउरेहरू यस्तै सानातिना तर्कले आफ्नो टिमलाई सही देखाउने दुष्प्रयास गरिरहन्छन् ।’’ घोराहीको अन्तक्र्रिया निकै चर्कियो । जनमोर्चा दाङको अध्यक्ष खुमबहादुर विष्टले भने– ‘‘हेर्नुस् त अहिले कति शान्ति छ । जेष्ठ १४ अघि विभिन्न जातीय पार्टीहरूले आन्दोलन गरेर झण्डै बर्बाद गरे नि ।’’ आफ्नो पालोमा मैले भनेँ– हामी सबै जातिहरूको सह–अस्तित्वको कुरा गर्नेचाहिँ साम्प्रदायिक र विखण्डनकारी हुने अरे । अनि एउटै जाति, भाषाको वर्चश्वको कुरा गर्ने जनमोर्चा र राप्रपा नेपालहरूचाहिँ राष्ट्रिवादी हुने अरे ! जनमोर्चाहरूको राष्ट्रवाद भनेको मण्डले राष्ट्रवाद हो । जनमोर्चाजस्ता पार्टीहरू बढ्दै जानु भनेको नेपाल टुक्रिँदै जानु हो । त्यसैले तपाइँहरू साँच्चिकै नेपाललाई माया गर्नु हुन्छ भने जनमोर्चाजस्ता पार्टीहरूबाट राजनीनामा दिएर देश र जनतालाई सहयोग नर्गुस् ।’’ मैले फेरि भनेँ– ‘‘अस्ति बाबुरामले मुख्य सचिव बनाउँदा मुख्य सचिव बन्न नपाएको झाँेकमा अरु ६ जना उच्च सचिवहरूले राजीनामा दिए । मन्त्रालायको सचिव भनेको धेरै ठूलो कुरा हो । तर, त्यो मन्त्रालयको सचिवलाई पनि मुख्य सचिव हुन नपाउँदा चित्त दुख्दो रहेछ, मन रुँदो रहेछ, छात्तिमा असहैय पीडा हुँदो रहेछ, र अन्तमा पीडा थाम्न नसकेर राजीनामा दिँदो रहेछ । मुख्य सचिव नहुँदा उच्च सचिवहरूको मन त्यति धेरै दुख्दो रहेछ, त्यस्तै हो भने २४० वर्षदेखि नेपालका आदिवासीहरू आफ्नै बल÷तागतले पियनसम्म पनि हुन सकिरहेका छैनन् । उनीहरूको मन कति दुखेको होला । यो देश, यहाँका राजनैतिक पार्टीहरू, यहाँका जनमोर्चाहरूले त्यो अनुभूति गर्न सक्छ ? सक्छ हाम्रा पीडाहरूलाई नाप्न ?’’ हलमा लामो समय ताली बज्यो । मैले थपेँ– ‘‘त्यसैले, लिम्बुवान, खम्बुवान, तामाङसालिङ, नेवाः, तमुवान, मगरात, आदि नामहरूमा सहमत भइदिनुस् ।’’
नेकपा–माओवादीको केन्द्रीय बैठकको कारणले भाद्र १४ सुर्खेत र १५ महेन्द्रनगरमा हुने कार्यक्रम स्थगित भयो । तर, मलाई पश्चिम क्षेत्रको भू–राजनीतिक भ्रमणको इच्छा भएकोले भाद्र १३ गते घोराहीबाट नेपालगञ्जतिर हिँडे । राजमार्गको कोहलपुरबाट दक्षिण जाँदा नेपालगञ्ज पुगिँदो रहेछ र त्यहाँबाट उत्तर जाँदा सुर्खेत पुगिँदो रहेछ । नेपालगञ्जमा पाइलासम्म राखियो तर त्यहाँको बारेमा धेरै कुरा बुझ्ने मौका पाइएन । म, भाद्र १३ गते नै नेपालगञ्जबाट कैलालीको सदरमुकाम धनगढीतिर लागेँ ।
राजमार्गको अत्तरिया भन्ने ठाउँबाट दक्षिण गएपछि धनगढी पुगियो । भोलि भाद्र १४ गते बिहान धनगढी बजार घुमेँ । थरुहटकोबीचबाट कसरी अखण्ड सुदुरपश्चिम आन्दोलनको सुरुभयो यही धनकढीबाट ? मनमा अनेक प्रश्नहरू खेले । धनगढीका ९८ प्रतिशत दोकानहरू सुदुर पश्चिमका पहाडबाट झरेका मान्छेहरूको नै रहेछ । त्यहाँको अञ्चल अस्पतालको गेटमा ‘‘सुदुरपश्चिम स्वायत्त सरकार’’ लेखेको थियो, त्योबाहेक केही लेखेको देखिन । धनगढीमा आदिवासी जनजाति महासंघका अध्यक्ष लक्ष्मण तुलाचन थकालीज्युसँग पनि भेटघाट भयो । अखण्ड आन्दोलन चलेको बेला उहाँकै घरमा भएको महासंघको कार्यालयमा पनि ढुङ्गामुढा भएछ । तर पनि उहाँ निडर स्वभावको भएकोले पछि हट्नु भएनछ । थरुहट आन्दोलनको बारेमा पनि उहाँसँग धेरै कुराहरू भयो ।
भाद्र १४ गते दिनको १२ बजे कञ्चनपुरको महेन्द्रनगरका पश्चिमी सिमानातिर लागेँ । महेन्द्रनगर मैले सोचेजस्तो रहेन रहेछ । महेन्द्रनगरबाट पन्ध्र रुपैयाँ भाडा तिरेर महाकाली सिमाना पुगियो । मेची नदीजस्तै बीचमा नेपाल भारतको सीमाना छ होला भनेको त नदीको वल्लो किनारामा नै पो सिमाना रहेछ । त्यसपछि, किन हो महाकानली पुल हेर्न जानै मन लागेन । सीमास्तम्भहरूमा फोटो खिचेँ र फर्किएँ । भाद्र १४ बेलुकी रात्रीबस चढेर भोलि बिहान भाद्र १५ गते बुटवल आइपुगेँ । बुटवलबाट बुद्धको जन्मस्थान लुम्बिनी गएँ, मायादेवी मन्दिर हेरेँ, अशोक स्तम्भको फोटो खिचेँ र फर्किएँ । भाद्र १५ गते बेलुकी बुटवलदेखि रात्रीबस चढेर १६ गते दमक आइपुगेँ । १६ गते दमकमा नेकपा–माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको राष्ट्रिय भेलामा अतिथि भइयो । उक्त मोर्चाको अध्यक्ष धु्रव आङ्देम्बेजी हुनुहुन्छ । भाद्र १५ गते बेलुकी नै दमकबाट रात्रीबस चढेर काठमाडौं गइयो । भाद्र १७ गते किरात याक्थुङ चुम्लुङको स्थापना दिवशमा सहभागी हुने निम्तो थियो । सधैँ चुम्लुङले सुवास नेम्बाङलाई प्रमुख अतिथि ल्याउँथ्यो । तर, यसपल्ट संस्कृतिविद् सत्यमोहन जोशीलाई बोलाइएको रहेछ । अनि पो लामो श्वास फेर्न मन लाग्यो– ‘‘होइन, हामीहरूले रात दिन नभनी खटेको यी संघीय यात्राहरूले कही कतै काम त गर्दैरहेछ । मान्छेहरूको सोचाइहरूमा विस्तारै परिवर्तन आउँदै रहेछ ।’’
kumarlingden@gmail.com
नेपाली समाचार राष्ट्रिय साप्ताहिक वर्ष- १, अंक- ९, सेप्टेम्बर १०, २०१२ मा प्रकाशित

संघीय यात्राः एक रिपोर्ट– १
– कुमार लिङ्देन ‘मिराक’
नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले यही ०६९ भाद्र १ गतेदेखि पूर्व लिम्बुवानबाट सुरु गरी पश्चिम थरुहटसम्म वर्तमान राजनैतिक समस्या समाधानबारे छलफल, बहस कार्यक्रम आयोजना ग¥यो । यो मोर्चा संविधान सभा विघटनभन्दा पहिले नै निर्माण भएको हो । तर त्यसबेला यस मोर्चाको नाम ‘राष्ट्रिय जनआन्दोलन समिति’ थियो । पछि सबैको सल्लाहले यसको नामाकरण ‘‘नेपाल संघीय जनगणतान्त्रिक मोर्चा’’ राखिएको हो ।
यस मोर्चाको स्थापना कालदेखि नै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद(स.लि.रा.प.) एक सक्रिय सदस्यको रुपमा रहँदै आएको छ । खासगरी, संविधान सभामा राज्य पुनर्संरचना आयोगलाई विस्थापन गरी विज्ञ समूह बनाउने षडयन्त्रमा एमाले, काँग्रेस र माओवादिको प्रचण्ड समूह लागेपछि हामीहरू निकै आत्तिएका थियौं । किनकि, विभिन्न कारणले संविधान सभामा हाम्रो उपस्थिति न्यून थियो । संविधान सभामा विज्ञ समूहलाई रोक्ने हामीसँग बहुमत थिएन । अन्तरिम संविधानमा ‘‘आयोगको सुझाव अनुसार राज्य पुनर्संरचना गर्ने’’ भन्ने लेखिए थियो । तर त्यसलाई संशोधन गरेर एकात्मकवादीहरूले ‘‘राज्य पुनर्संरचना विज्ञ समूहको प्रस्ताव अनुसार गरिनेछ’’ भनेर अन्तरिम संविधानमा संशोधन गरी लेख्न आँटेका थिए । यो षडयन्त्रलाई तत्कालीन एमाओवादीभित्रका वैद्य–बादल पक्षका सभासदहरूले मुख्य अवरोध पु¥याएर रोकेका थिए । त्यसबेला उक्त पार्टीको सचेतक देव गुरुङ थिए । उनले ह्वीप जारी गर्न मानेनन् । यी सबै घट्नाहरूलाई हामीहरूले नजिकबाट हेरिरहेका थियौं । त्यसैले पनि एमाओवादीभित्रको वैद्य–बादल पक्षसँग मोर्चावन्दी गर्ने परिस्थिति र वातावरण बनेर आयो । सुरुमा यो मोर्चा बन्दा कट्टर कम्युनिष्टहरूसँग संघीय सह–अस्तित्ववादी लिम्बुवानहरूबीच कसरी र किन मोर्चा बनेको होला भनेर थुप्रै जिज्ञासा आरोपहरू आए । तर पनि हाम्रो मुख्य ध्येय ऐतिहासिक पृष्ठभूमिआधार सहितको लिम्बुवान, खम्बुवान...स्वायत राज्यहरूको स्थापना गर्ने भऐकोले हामी अविचलित अघि बढ्यौं । संविधान सभा विघठनअघि यस मोर्चामार्फत् मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मुख्य आयोजक भएर दमकमा विशाल आमसभा आयोजना गरेका थियौं ।
तर संविधान सभाको विघटनपछि कसरी अघि बढ्ने भनेर यस मोर्चाको घटक सदस्यहरूको आ–आफ्नै दृष्टिकोणहरू सामने आएपछि केही समयको लागि मोर्चा निष्क्रिय जस्तै रहयो । तर पछि सबैमा एउटा सहमति बन्यो– ‘‘संविधान सभाको नयाँ चुनावमा जाने भए पनि,संविधान सभा पुनस्र्थापना गर्ने भए पनि, गोलमेचमार्फत नयाँ संविधान लेख्ने र त्यसलाई निर्वाचित अङ्गले अनुमोदन गर्ने भए पनि राजनीतिक दलहरूबीच आम छलफल, बहस, सहमति त चाहिन्छ । त्यसैले गोलमेच (छलफल) को लागि पनि छलफल जरुरत हुन्छ । यस मार्चाले देशैभरि छलफलहरू चलाउँदै जाने ।’’
यही सहमति अनुसार भाद्र १ गते लिम्बुवानको विर्तामोडबाट मोर्चाको अन्तक्रिया सुरु हुनेभयो । यस कार्यक्रमको व्यवस्थापन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको जिम्मामा थियो । हाम्रो परिषदको विशेषतः झापा जिल्ला समितिले विर्तामोडको कार्यक्रमको सारै राम्रो व्यवस्थापन गरेको थियो । यस कार्यक्रममा नेकपा–माओवादीको तर्फबाट उक्त पार्टीका सचिव देव गुरुङ, नेकपा एकीकृतका तर्फबाट नगेन्द्र राई, क्रान्तिकारी कम्युनिष्ट पार्टी (मणि थापा) कोतर्फबाट आङगामी, नेपाल नागरिक पार्टीका महासचिव विजय दनुवार र लिम्बुवानको हाम्रो तर्फबाट मैले बोलेका थियौं । देव गुरुङजीले संविधान सभा विघटनको अन्तिम क्षणहरूको अवस्थाबारे सविस्तार सुनाउँदा धेरैको मनमा आक्रोस उठ्यो । वास्तवमा, संविधान सभाका सदस्यहरूले सुरुका दुई वर्ष रातदिन खटेर कार्य गरेका थिए । तर जब थप दुई वर्षमा विवादित विषयहरू मिलाउने भनेर संविधान सभा नियमावलीमा नभएको ‘‘विवाद मिलाउने समिति’’ गठन गरे र त्यसको अध्यक्षमा प्रचण्ड चुनिए । तब सम्पूर्ण बर्बादी सुरु भयो । किनकि, छलफल बहस र भोटिङमा लानुपर्ने विषयहरू यो कथित विवाद मिलाउने समितिले रोकेर राख्यो । अनि ‘‘मिलाउँछौं मिलाउँछौं’’ भन्दै दुईवर्ष विताए र संविधान सभाको विघटनको वातावरण तयार गरे । उक्त कथित समितिले विषयहरू नरोकेर संविधान सभाको हलमा भोटिङको लागि पठाएको भए वारपारको स्थिति बनिसक्थ्यो । जेष्ठ १४ गतेको अन्तिम क्षणमा सबै सभासदहरूले सुवास नेम्बाङलाई पदच्युत गरेर अर्को सभाध्यक्ष छानेर भए पनि नयाँ संविधान जारी गर्ने कि भन्नेसम्मको कुरा सभासदहरूबीच चलेको रहेछ । तर त्यसो गर्दा बावुराम–विजय सरकारले तुरुन्त सशस्त्र हस्तक्षेप गरेर संविधान सभा हल रगतको आहाल हुने निचोड पनि निस्किए छ । यी सबै घटनाहरूको अगावै थाहा पाएर माओवादीको जनमुक्ति सेनालाई जबर्जस्ती समायोजन गरेको खुलासा पनि देव गुरुङजीबाट भयो । जेहोस् उहाँबाट यति कुराहरू थाहा पाएपछि सहभागी लिम्बुवानी कार्यकर्ता लगायतलाई भोलिको रणनीति बनाउन सजिलो भयो । यस कार्यक्रममा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको झापा, इलाम, पान्थर र पाप्लिजोङसम्मका नेता कार्यकर्ताहरूको राम्रो उपस्थिति थियो । तर, यो कार्यक्रमलाई अलिक गोलमेच ढाँचा वा अन्तक्र्रियात्मक रुप दिन चाहिँ सकिएन । परम्परागत ढाचाको सानो आमसभाजस्तै भयो । यो कार्यक्रमलाई गोलमेच ढाँचा दिन सकिएको भए राम्रो हुने थियो भन्ने महासुस भयो ।
यसरी नै मोर्चाले भाद्र ३ गते विराटनगरको उपमहानगरपालिका हलमा अन्तरक्रियात्मक कार्यक्रम राख्यो । उहाँहरूले राम्रै व्यवस्थापन गर्नुभएको थियो । यस कार्यक्रममा मञ्चसम्बद्ध सलिरापका मोरङ र सुनसरीका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो । एमालेको गुरु बराल, कांग्रेसका एक जिल्ला नेता नेकपा–मओवादीका देव गुरुङ, पत्रकार महासंघ मोरङका भूपू अध्यक्ष शिव कार्की,बुद्धिजीवी दिनेश श्रेष्ठ लगायत थुप्रै वक्ताहरूले बोल्नु भयो । एमाले नेता र मेरो त जुवारी नै चल्यो । मैले भनेँ– ‘‘परिवर्तनलाई आत्मसात गर्न नसक्ने नेपालका समुदायहरू र भूमिलाई पहिचान दिन नचाहने एमाले र कांग्रेसजस्ता पार्टीहरूको अब के उपादेयता बाँकी छ ? कि त यी पार्टीहरूले ०६२/०६३ को लिम्बुवान र मधेश आन्दोलनमा मारिएका शहीदहरूलाई ज्यँदो बनाउनु प¥यो कि त यिनीहरूले लिम्बुवान खम्बुवान स्वीकार्नु प¥यो । होइन भने त्यतिकै अतार्किक रुपमा लिम्बुवानको विरोध मात्रै गरेर हुन्छ ? लिम्बुवान दिन चाहँदैनौ भने ती शहीदहरूलाई ज्यँुदो बनाऊ न त । के यी पार्टीहरूले सधैँ हामीमुहाली चल्छ ? जबसम्म एमाले कांगे्रसजस्ता पार्टीहरू देशमा भइरहन्छ तबसम्म नेपालमा खडेरी, भोकमरी लागिरहन्छ । त्यसैले, मेरो सुझाव– ‘‘ठूलो वनभोज पार्टी आयोजना गर्नोस्, नाच्नुस् गाउँनुस्, खानुस्, पिउँनुस् शोक धुनहरू बजाउनुस् र अन्तमा एमाले कांग्रेस पार्टीहरू विधिवत रुपमा विघटन भएको घोषणा गर्नुहोस् ।’’मेरो कुरालाई एमाले नेताले निकै प्रतिवाद गरे– ‘‘एमाले भनेको जातीय समस्या र वर्गीय समस्यालाई सबैभन्दा वैज्ञानिक रुपमा उठाउने पार्टी हो ।’’ तर उनको कुरालाई सहभागीहरूले पत्याएनन् । हुन पनि कसरी पत्याउने ? एमाले, कांग्रेसले संविधान सभा सिध्याउन जुन नाङ्गो नाच देखाए त्यो दुनियाँलाई थाहा छ ।
विविध कारणले गर्दा भाद्र ५ गते हेटौडा र भाद्र ६ गते भरतपुर, चितवनमा मोर्चाले तोकेको कार्यक्रम स्थगित भयो ।
भाद्र ७ गते पोखरामा हुने मोर्चाको अन्तरक्रियामा भाग लिन भाद्र ६ गते दिवा बसबाट मैले दमक–पोखरा यात्रा शुरु गरेँ । बाटोमा विभिन्न दृश्यावलोकन गर्दै र मनमा विभिन्न कुराहरू खेलाउँदै बेलुकी पोखरा पुगियो । भोलि भाद्र ७ गते बिहानै लखन थापा मगर चोकमा पुगेँ र एकापट्टि तमुवान स्वायत्त गणराज्य लेखिएको साइनबोर्ड र अर्कोतिर अखण्ड पश्चिमाञ्चल लेखिएको बोर्डको फोटोहरू खिचेँ र फेसबुकमा सेयर गरेँ । जेष्ठ १४ गते अघि पोखरामा निकै तनाब भएको थियो । तमुवान संघर्ष समितिले लाखौंको सहभागितामा तमुवान सम्मेलन आयोजना गरेको थियो । त्यसको लगतै ब्राह्मण क्षेत्री समाजले तमुवानको विरुद्धमा निकै ठूलो जुलुश प्रदर्शन ग¥यो र तमुवानको बोर्ड उखेल्ने प्रयास गर्यो । त्यसपछि, तमुवान संघर्ष समितिले तमुवान भोलेण्टियर्स गठन ग¥यो र डिफेन्स लियो । मलाई अहिले पनि लाग्छ– पोखरा नेपालकै सबैभन्दा बढी जातीय व्यालेन्सको दृष्टिकोणले संवेदननशील क्षेत्र बनेको छ । यसलाई सही ट्«याकमा ल्याउन सबैपक्ष जिम्मेवारपूर्वक लाग्नुपर्दछ ।
पोखराको उद्योग वाणिज्य संघको हलमा सुरुभएको अन्तरक्रिया साँच्चिकै गोलमेच स्टाइलको भयो । मैले त्यहाँ थाहा पाएँ– कुनै पनि कार्यक्रमहरूमा सहभागिहरूको बसाइको स्टाइलले पनि कार्यक्रमको रिजल्टमा ठूलो असर पु¥याउँदो रहेछ । त्यहाँको कुर्सी टेबलहरूको रखाई नै गोलमेच ढाँचाको थियो र बहस पनि त्यस्तै भयो । उक्त कार्यक्रममा नेकपा–माओवादीका सुरेश आले मगर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मणि थापा, एकीकृत नेकपा मओवदीका तमुवान इञ्चार्ज डिलाराम आचार्य, नेकपा एमाले पीबीएम खगराज अधिकारी, कांग्रेसका जिल्ला अध्यक्ष र म लगायतले बोलेको थियौं । मणि थापा, जो जनयुद्धको कोर गु्रपमा थिए उनले प्रचण्ड र बाबुरामबारे दिएका जानकारीहरू गम्भीर छन् । रोल्पा रुकुममा जनयुद्ध सुरु भएपछि प्रचण्डले भनेको कुरालाई मणि थापाले दोहो¥याए– ‘‘यी मगरहरू आफू आफूमा सात दिन सात रात लड्थे । यिनीहरूलाई मैले बन्दुक भिराइदिएको छु, अब यिनीहरू लड्छन्, यिनीहरूको काम नै लड्ने हो ।’’ एकदमै होच्याएर उनेले बोलेका थिएछन् । मणि थपा र खगराज अधिकारीले बोलेको कुराहरूको रेकर्ड छ । पोखराको त्यो बहस अत्यन्त सुन्न लायक छ । रेकर्ड भएकोले इच्छुक साथीहरूले एकपटक सुन्नु होला ।
एमालेका खगराज अधिकारीले भने– ‘‘कोही यो कोठामा उफ्रिएर छतमा टाउँको ठोकाएर छत छेडे पनि नेपालका एकल पहिचान सहितको संघीयता हुँदैन, आउँदैन । एमालेको ७५ वटै जिल्लामा नेटवर्क छ, हामीलाई कम नठान्नुस् र ग्रेटर लिम्बुवानको दस्तावेज मेरो हातम हाइपुगेको छ ।’’
पोखरामा मैले सरल र नरम भाषाबाट हिर्काउने प्रयास गरेँ । मैल भनेँ– ‘‘तपाइँहरू सप्तरी र वीरगञ्जमा गएर संघीयताको विरोध गर्न नसक्ने अनि पोखरा, पाल्पामा संघीयता लिम्बुवान, तमुवान, मगरातको विरोध गर्ने ? तपाइँहरूको क्रियाकलापले तपाइँहरूलाई नै अप्ठ्यारोमा पार्नसक्छ । लिम्बुवान आन्दोलन भनेको संघीय राष्ट्रवादी आन्दोलन हो । हाम्रो त चर्चित नारा नै छ र भनिरहेका छौं– ‘‘नेपाल हाम्रो देश हो र लिम्बुवान हाम्रो घर हो’’ (Limbuwan is our homeland & Nepal is our country) । के हामीले आफ्नो घरलाई घर भन्न नपाउने ? दश हजार वर्षसम्म नेपालअन्तर्गत नै लिम्बुवान रहनेछ । नेपालबाट लिम्बुवान अलग हुने सोच हामी लिम्बुवानवासीले नै अस्वीकार गर्छौं । तपाइँ एमाले कांगे्रसहरू पनि लिम्बुवान, तमुवान, मगरात नामाकरणप्रति कृपया सहज भइदिनुस् । यो नामाकरण तपाइँहरूले स्वीकार गर्नुभयो भने तपाइँहरूको पार्टीहरूलाई ठूलो फाइदा हुन्छ । तपाइँहरु हुँदै हुँदैन भन्नु हुन्छ भने हामी‘‘लिम्बुवान–तमुवान’’ को लागि हजार वर्ष लड्ने प्रण गर्छौं । मुख्य कुरा त हाम्रो आँखा उघ्रिसकेको छ ।’’
एउटा रमाइलो के भयो भने मैले बोल्दै गर्दा उद्घोषकले समय सकियो मात्र के भनेका थिए तमुवानतिरका साथीहरू जुरुक्क उठेर‘‘वहाँलाई रोक्ने तपार्इं को हो ? उहाँले अब एक घण्टा बोल्नु हुन्छ, तपाईंहरू कसरी रोक्नुहुँदो रहेछ ।’’ अन्त्यमा, मैले हाँसेर सबैलाई सहज गरेँ । मैले सोचें– तमुवानका साथीहरूको मनमा जमेको पीडाहरू उर्लिएर बाहिर आएको होला ।
जेहोस् पोखराको अन्तक्र्रिया एकदमै सार्थक रह्यो । लिम्बुवान, तमुवान नामाकरण अफैमा त्यस्तो डराउनु पर्ने र अचम्म मान्नु पर्ने विषय होइन । यसमा सबै पार्टी र जातिहरू सहमत भइयो भने आउने दिनको नेपाल सहज र सहमतिपूर्ण तरिकाले अघि बढ्नेछ भन्ने कुरामा निक्कै धेरैलाई कन्भिन्स गर्न सकियो भन्ने लाग्छ । त्यहाँको हाम्रो प्रस्तुतीलाई ‘‘रुवाको तोपबाट फलामको गोली निस्किरहेको झैँ थियो भनेर साथीहरू कमेन्ट गरे । मैले पनि सरल र नम्र भाषामा नै बोलेको थिएँ । हुन पनि लिम्बुवान, तमुवान, मगरात भनेको कुनै जाति विरोधी अभियान त हुँदै होइन । यसलाई सबै जाति र सबै पार्टीको साझा अजेण्डा बनाउन सकियोस् भन्ने मिसनमा हामी छौं ।
पोखराको अन्तरक्रियाले मार्चाको उद्देश्यझैँ साँच्चिकै गोलमेचको रुप लियो । एउटा कुरामाचाहिँ मलाई खुशी लाग्यो– एमाले र एमाओवादीका पोलिटव्युरो तहका नेताहरू कार्यक्रम विसर्जन भइञ्जेल बसे । फेरि, बौल्नु पाउनु पर्छ भनेर समय मागे । तर समयको पावन्तीले त्यो सम्भव भएन । यसरी पोखराका सबै पार्टीका नेताहरू एक ठाउँमा भेला भएर ६÷६ घण्टासम्म अन्तक्र्रिया गरेको जानकारी थिएन भनेर धेरैले भने । मोर्चाले त्यो अवसर जुटाएकोमा सबैले धन्यवाद पनि दिए ।
भोलिपल्ट भाद्र ८ गते विहान मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कास्की, पोखरा सम्पर्क समितिले ‘‘लिम्बुवान–तमुवान’आन्दोलन अनुभव आदान–प्रदान कार्यक्रम’’ आयोजना ग¥यो । लिम्बुवान पोखराका अध्यक्ष अरुण लिम्बूको सभापतित्व र सल्लाहकार गजेन्द्र माबोको उद्घोषणमा सुरुभएको उक्त कार्यक्रममा तमुवान संघर्ष समिति र तमुवान भोलेण्टियर्सका कमाण्डरहरूको सहभागिता थियो । कार्यक्रममा लिम्बुवान आन्दोलनका तीता–मीठा अनुभवहरू सुनाइयो । मैले भनेँ– ‘‘आन्दोलन विकसित हुँदै जाँदा यसका आवश्यकताहरू पनि बढ्दै जाँदो रहेछ । सुरुमा लिम्बुवान मात्र भन्दा पनि हुन्थ्यो । त्यसपछि, यसको आफ्नै फिलोसफि, आफ्नै विश्व दृष्टिकोण, आफ्नै अर्थशास्त्र, सौन्दर्यशास्त्रको आवश्यकता प¥यो । लिम्बुवानले छलफल र बहसको लागि आफ्नै संघीय सह–अस्तित्ववाद दर्शन अघि सारेको छ । तयसैले, पनि लिम्बुवान आन्दोलन अलिक फरक र सशक्त पनि छ । विस्तारै तमुवान आन्दोलनले पनि ती सबै कुराहरू माग गर्छ । अरुको दर्शनमा उभिएर वास्तविक आन्दोलन उठाउन नसकिँदो रहेछ ।’’
उक्त कार्यक्रममा तमुवान भोलेण्टियर्सका उपाध्यक्ष बहिनी हिरा गुरुङ तमूले सोधेको प्रश्न मार्मिक थियो– ‘‘हामी युवाहरू आफ्नो सबै पार्टी र आस्थाहरूलाई थाँती राखेर तमुवानको लागि वलिदान दिन तयार भएका छौं । तर हाम्रा अग्रज दाइहरू अझै पनि किन यो र त्यो पार्टी भनेर अलमलिन्छन्/अल्मलाउँछन् ?’’ मैले उनको सवालमा थपेँ– ‘‘बहिनी यो तपाईंको मात्र जिज्ञासा होइन । अलिक पढेका, बुझेका भनिएका हाम्रा समुदायका अघिल्लो पुस्तालाई अहिलेको पुस्ताको प्रश्न हो– यो ।’’ अन्तमा, लिम्बुवान र तमुवान आन्दोलनबीच सहकार्य गरेर अघि बढ्ने सल्लाह भयो । उक्त कार्यक्रम सकेर म पाल्पा जाने बस चढ्न बसपार्कतिर लम्किएँ ।
क्रमशः....
E-mail: kumarlingden@gmail.com
मूलस्रोत: नेपाली समाचार साप्ताहिक वर्ष- १, अंक- ८, ०३ सेप्टेम्बर २०१२ मा प्रकाशित

No comments:
Post a Comment