"रुँदैछ नेपाल प्राइस जेलभित्र
छैनन् सुन्ने देख्ने त्यहाँको बिचित्र
छतमुनी चार गोठालोछन भित्ताहरु
लाग्छ त्यो खामेरुजको भट्किएको आत्माहरू
अनगिन्ति भाषामा कोरियेकाछ्न अक्षरहरु ति आत्मा भित्र
आफ्नै मानचित्र खोज्दैछन नजरले अक्षरहरुको भीडभित्र
निस्तायेका छन आँखाहरु सुस्ताएका हरेकका पाइलाहरु
अत्तासियेकोछ नेपाल प्राइस जेलभित्र"
========================
"अनन्तमा बिलिन क्रन्दन"
========================
सम्पूर्ण देश-विदेश भरि छरिएर रहनु हुने नेपाल आमाको सन्तानहरु,बिश्वप्रसिद्ध सगरमाथाको छत्रछायाँले ओतप्रोत सम्पूर्ण नेपाली दाजु-भाई दिदी -बाहिनी, अग्रज मान्य सबै समक्ष मैले लेखिरहेको यो सत्य कथा "अनन्तमा बिलिन क्रन्दन" भित्र बाट "एक अन्जुली"पस्केको छु मनन गर्नुस है, अंकित छन, अन्याय, असहयोग, दोष,द्वेष,व्यक्ति,व्यक्तित्व, कायर, कायेरता,वर्ण,बर्ग,हाक्किम,कामदार,मालिक,नोक्कर,{डक्टर (औषधिको नाम नजान्ने)गँवार(नपढेको काली गण्डकीको जलहारी)}जात सानो र ठुलो....यिनै बिषय-बस्तुहरु अंकित छन "अनन्तमा बिलिन क्रन्दन" भित्र....!
` यहाँ कुनै काल्पनिक पात्र छैन---यो दन्ते कथा पनि होइन--प्रश्तुत स्थान र सामग्री काल्पनिक होइनन् -सम्बाद र चिठी हु-बहु प्रश्तुतछन - नेपाली देवनागरी,इंगलिस रोमनमा,..."अनन्तमा बिलिन क्रन्दन"लाई परिमाण दिने क्रममा मेरो ध्यानाकर्षण कुनै व्यक्तिको नामको इट्टा खर्च नगरी आचरणको सिमेन्ट र बालुवा मात्र प्रयोग गरेको छु जसमा मैले भन्नै पर्ने हुन्छ मेरो यो बिसुद्ध चलिरहेको कलममा खोट देखियो र असामयिक ठेस लागेको महसुस गर्ने मेरो नजिकै बाट होस् या टाढा बाट माथि उल्लेखित डक्टर मित्र महोदयहरुलाई हजुरहरुको कन्ट्याक्ट लिस्ट बाट या मेरो प्रोफाइल बाट मेरो इ-मेइल ठेगाना या फोन नम्बर लिएर म संग ठाडै कुरा गर्न सक्नु हुनेछ येसो गरेमा मलाई नाम सार्बजनिक गर्ने दुख नहुने तपाईलाई पनि मानसिक झन्जट नहुने......!
--------------------------------------------------------------------------------
कथा,मनोबाद,अक्षरका अंसहरु यहाँबाट सुरु हुन्छन...एक म असाहय रमिते साथी र वहाँ जो क्याम्बोडियाको प्राइस जेलभित्र बेकसुर ८ सालको जेल यातनामा व्यस्त हुनु हुन्छ,बिहान हुन्छ रात पर्छ उज्यालो हुन्छ दिन महिना आइरहेकोछ बितिरहने क्रम पनि जारि नै छ यस्तै रहेछ यो स्वार्थी दुनियाको थिति...आज आज भोलि भोलि-- यसो होला कि उसो होला कि?? यसो गर्दा हुने हो कि उसो गर्दा हुने हो?यहाँ बाट पो सहयोग हुने हो कि वहाँ बाट पो सहयोग हुने हो कि`,?! नेपाल बाट फलाना मन्त्रि आयो,आएको छ,ह्युमेन राइट्सका फलाना ढिस्काना आयो,आएका छन,........ल वहाँको केश(मुद्धा) को बिषयमा कुरा राखौं लन्च या डिनरको प्रबन्ध गरौं भन्यो गरियो आफ्नो त के कुरा गराई भो र? मान्य डक्टर सापहरुको तछाड-मछाड गोडा मल्न पल्केका सैंद्वा महोदयहरु बंसिभुतको मकुण्डो मन्त्रि साहेबहरुको स्वार्थी मुखडा सामु प्रस्तुत भए---- केश(मुद्धा) को बिषयमा कुरा राखे या राखेनन् भगवानै जाने- सबै---धेरै देशद्रोही नेता-मन्त्रि आए लन्च डिनर खाए टन्न भए खिचिक्क-खिचिक्क फोटो खिचे तछाड मछाड गर्दै डक्टर मित्रहरुले,त्यस्ता थुप्रै लन्च-डिनर हावामा गए खेर गए तर वहाँको क्रन्दन खोइ कसले सुन्यो? आशा लाग्थ्यो---अब त एक नेपाल आमाका सन्तान दुर्भाग्यले भनुँ या त दसाले बेकसुर जेल यातनामा निस्सासिरहेको क्रन्दनले राहत पाउने हो कि भन्दा भन्दै सुनिदिने कोहि भएन भएर पनि नसुने झैं भएसी त्यो निस्सासिएको क्रन्दन निरिह-निस्साहार अनन्तमा बिलिन भयो बिना ठोस प्रमाण नेपाल आमाको सन्तान माथि अन्यायपूर्ण कोर्टबाट आठ सालको सजाय सुनवाई भयो,स्वस्थ स्थिति तनावको जिम्मा लागिसकेको, त्यति खेरका हृष्ट-पुष्ट व्यक्ति फुक्कीढल भैसकेको बिबश आँखाहरु आशा र अनुनयको मरिकुच्चे भारीले लोलाएको कुनै झाँक्रीलाई कम्पन सुरु भए झैं थुरुर्र काँप्दै लालाक्लुलुक असक्त पाइलाहरु प्राइस जेल तिर मानिनमानी अगाडी बढ्यो----त्यो आँखाको मूल फुटेको दिन पनि आज त दुई बर्ष पो बिती सकेछ....
याहाँ लेख्ने क्रममा मैले भन्नै पर्ने हुन्छ यो देशमा रहनु भएका थोर-बहुत नेपाली मनहरुले सहयोगको हात बाँटिएको तितो सत्य र बिश्व प्रसिद्ध गैर आबासीय नेपाली संगठन NRN को -एक्शन-कट- सहयोगलाई धन्यवाद नदिइ अगाडी लेख्न बढें भने दालमा नुन हाल्न पर्ने चिनी परे जस्तो होला र मैले भन्नै पर्ने हुन्छ NRN र NRN का सम्पूर्ण कार्यकारी टिमलाई एक बेकसुर नेपाली माथिको आठ साल जेल सजाय प्रति कायेरतापुर्ण टड्कारो आवाज र बिभिन्न संघ संस्था र नेपाल सरकारसंग यो मुद्धा सम्बन्धि बराबर अपडेटिंगको लागि धन्यबाद..! यितिले मात्र अधुरो रहला अरु "एक्शन-कट"हरु लेखाइको यात्रा संगै अरु सामग्रीका साथमा "अनन्तमा बिलिन क्रन्दन"ले प्रस्तुत हुँदै जानेछन..!
वहाँ अत्यन्तै मिलनसार,कहिल्यै कोहि संग पनि रिसाउन नजान्ने एक साक्षर व्यक्तित्व हुनु हुन्थ्यो, समयको चर्खा घुम्दै जाने क्रममा आज भन्दा 5 वर्ष अगाडी वहाँ र मेरो यहि क्याम्बोडियाको "बंङ्क लेक" मा क्यम्बोडियन ट्रेडिशनल कफी शोप मा भेटघाट भएको थ्यो,त्यस पश्चात वहाँ र मेरो भेट घाट कामको व्यस्तता ले पातलो भए पनि फोनमा भने हाय-हेल्लो भइ रहन्थ्यो बिशेष गरेर सनिबार आइतबार भेट घाटको क्रम बिस्तारै मित्रताको प्रगाढतासंगै बढ्दै गयो, वहाँ संगको भेटमा एउटा मैले भुल्नै नसकेको वहाँको आदत भनुँ भने आदत होइन तर मलाई देख्ने बितिक्कै भन्नु हुन्थ्यो त्यो शब्द यस्तो थ्यो,,,"ल दिपेन जी एउटा गीत चाहिं गाउनै पर्यो" वहाँको यो अनुरोध जहिल्यै मेरो कानमा गुन्जी रहन्छ, सायेद वहाँ र मेरो भेटहरुमा कहीं कतै मैले गीत गुन गुनाएको सुन्नु भएको थ्यो होला, हुन त म अलिक गितांङ्गे नै थियेछु त्यसताका, एकान्त हुनै नहुने खुब ताल पारेर बुट्टा भर्न सुरु हुन्थें थोत्रे स्वर तानी-तानी जानी नजानी>>>>कहिले कहीं वहाँको अनुरोधले मलाई निकै अप्ठेरो मा नपारेको पनि होइन तर झोल निकाली सकेको छोक्रे गीत धोक्रे स्वरमा सुनाई दिन्थें अनि वहाँले त्यो मेरो टपरामा स्सु गरे जस्तो स्वर खुब गहिरेर सुन्नु हुन्थ्यो,,,खोइ वहाँलाई के मज्जा आउंथ्यो मलाई गीत गाउन लगाएर सुन्नमा???!
लेख्दै त छु तर मैले भन्न पर्ने पनि हुन्छ कि वहाँ को व्यक्तिगत दैनिक जीवनबारे त्यति धेरै खुलाउने जरुरि नदेख्दा-नदेख्दै पनि केहि कुरा त समाबेश गर्नै पर्छ भन्ने मेरो सोच हो,,,,सुरु हुनु पर्दा र लेख्नु पर्दा वहाँ यहि क्याम्बोडियाको कुनै एउटा इन्डियन रेष्टुरेन्टमा accountant and मार्केटिङ् मेनेजरको पोस्टमा काम गर्नु हुन्थ्यो,त्यो रेष्टुरेन्टलाई राम्ररी नै हाँक्नु भएको थिएछ भन्ने कुरा वहाँको काम गराई र रेष्टुरेन्टमा कस्टमरको चाप ले पनि प्रमाणित गर्थ्यो,आफ्नो ड्युटीमा साह्रै पक्का व्यक्तित्व हुनु हुन्थ्यो....वहाँको ड्युटी बिहानको 9 बजे सुरु भएर राति अबेरसम्म भन्दा पनि रेष्टुरेन्ट सबैको 10:30pm मा भने बन्द हुन्थ्यो तर वहाँले काम गर्ने रेष्टुरेन्ट भने कहिले 11 बज्थ्यो त कहिले 12 नै बज्थ्यो कुनै निश्चित समय नै थिएन बन्द हुन को लागि,पहिले-पहिले यो रेष्टुरेन्टमा पनि बिहान खोल्ने र साँझ बन्द गर्ने निश्चित समय नभएको भने होइन, यस्तै समयको अनिकालमा पनि रेष्टुरेन्ट बन्द गरेर वहाँ रमाइलो गर्न निस्किनु हुन्थ्यो,वहाँ नाच्नमा निकै सौखिन हुनु हुन्थ्यो र ठाउँ मात्र पाउनु भयो भने पनि वहाँ खुबै नाच्नु हुन्थ्यो,,,,,!
दिन,समय,रात अनि कर्तब्य लात्तेबुंङ् चल्दै गयो-चल्दै गयो यहि चल्दै जाने क्रमहरुमा वहाँले धेरै ठाउँमा मलाई गीत गाउन लगाएर अप्ठेरो मा पार्नु भएको थ्यो भने मैले पनि वहाँलाई धेरै ठाउँमा नचाएर पैंचो असुलेको अहिले भर्खरै जस्तो लाग्छ, यस्तै लात्तेबुंङ् कै भिडभित्र बाट एक दिन सपना जस्तो लाग्छ वहाँको नाम DJ रहन गयो यो नाम त्यहि भिडभित्र बाट कसैले दिएको हो,यो नाम महिनाहरुमा मात्र होइन बर्ष भरि नै निकै चर्चित रहयो।कहिँ भिडमा होस् या कहीं सुनसानमा होस् DJ को निकै चर्चा चल्थ्यो।
समयले कोल्टे फेर्दै जाने क्रममा समयको रंग पनि क्रमश: फेरिंदै गयो.......वहाँसंगको मेरो भेटहरु प्राय रमाईलै हुन्थ्यो, हाम्रो भेटघाटको क्रमहरु कहिले कफिसंग त कहिले बियरको क्यानसंग,कहिले ह्विश्कीसंग त कहिले कोरियन सोझुसंग कहिले गाउँले ठर्रासंग समेत भेट हुन्थ्यो,यतिका धेरै भेटहरुमा हाम्रो व्यक्तिगत कुराकानी अँ...हँ..... कहिल्यै भएन, यानिकी कसैको व्यक्तिगत बिषयलाई कोट्याउनु हुन्न भन्ने वहाँको मान्यता थियो।कसैले सोधी हालेको खण्डमा सुटुक्क बिषयबस्तु बदल्न वहाँ निकै सिपालु हुनु हुन्थ्यो,यतिका लामो समय संगै हिडियो, बसियो,खाइयो,पिइयो,गाइन्थ्यो,नाचिन्थ्यो तर मलाई खासै वहाँको बारेमा केहि थाहा भएन नै भन्छु, जस्तो घर कहाँ हो? कुन जिल्ला हो?कुन गाउँ हो?पारिवारिक बिषयमा होस् या कुनै राजनैतिक आर्थिक बिषयमा होस् तर बाहुनबाद को कुरा निक्ल्यो भने अलिकति आँखा उठाएर भन्नु हुन्थ्यो "बाहुन भनेको परदेशी भाईमारा जोगी हुन्"तर अरु पक्षमा अँ---हँ कसैलाई थाहा भएन,मैले धेरै पटक समय सापेक्ष सोध्ने प्रयास आठा-पाँजा गरेको पनि हुँ त्यस्तो अबस्थामा केहि त भन्नु नै भाथ्यो तर पनि त्यो पर्याप्त भने थिएन र भन्नु पर्दा वहाँ त्यति भावनामा बगी हाल्ने व्यक्तित्व नै हुनु हुन्न थ्यो मैले माथि पनि भनि सक्याछु।
समयको हुइकिने क्रम जारी त थ्यो नै,यहि क्रममा त्यस्तो केहि भएको पनि होइन तर समयले अचानक फुत्केर परिस्थितिलाई जबर्जस्ति करणी गर्न सुरु गर्यो, बिबशताको कैदी जन्जिर भित्र बिलिन क्रन्दनमा समाहित हुन बिबश थियो।भन्छन नि....उधो दौडेको मृग लाइ लुते कुकुरले पनि बेजोडले खेद्छ रे भनेर..... त्यस्तै नै वहाँको पछी पनि मानवरुपी लुते कुकुरहरुको दौड सुरु भयो ...यहाँ मानवता छैन दौड मात्र छ,यहाँ दर्जाले मात्तिएको हाक्कीमको हैकम मात्र छ,यहाँ मालिकको हुक्कुम मात्र छ,यहाँ त मानवता,समानता,दया,माया भन्ने चिज छैन,यहाँ बिबशताले पिल्सिएको नग्नता माथि खुलेआम बलात्कार हुदै छ, तर त्यहाँ बिबश क्रन्दन सुन्ने कोहि छैन,हैकम र पैसाको भरमा पन्जालाई जबर्जस्ति चौका भन्न यी मानवरुपी लुते कुकुरहरु यति खेर खुब ब्यास्त थिए।
यतिखेर वहाँ कुनै एउटा रेष्टुरेन्टमा accountant and marketing manager हुनु हुन्थ्यो।यी मानवरुपिहरुको राक्षसी आँखा वहाँ माथि बलि नै सक्याछ तर वहाँलाई के थाहा?आफ्नै सुतिखेतिमा ब्यास्त हुनु हुन्छ,वहाँले कसरि थाहा पाउने?ति षड्यन्त्रमय लुते कुकुरहरुको भुकाईको इसारा मलाई नै हो भनेर?तर त्यो भुकाईले वहाँलाई नै संकेत गरिराथ्यो भने जबर्जस्ति रेष्टुरेन्ट मालिकलाई सुनाइन्दै थ्यो ह्याँङ्... ह्याँङ्.....ह्याँङ् गरेर, रेष्टुरेन्ट मालिक निकै विद्वान हुनु हुन्थ्यो तर रिमोट बिना नचल्ने थोत्रे टिबी भन्दा कमि त किन हुनु हुन्थ्यो र? धोति पुज्य आधा जीवन इन्डिया मै पाले पोसेको निकै बरिष्ठ नै भनि राखे फरक पर्दैन र भन्दा कुनै आकाश अबस्य खस्दैन, यहाँ निर यिनै बरिष्ठ मालिक र यी मानवरुपी लुते कुकुर महाशयहरुको मिटिंङ् दैनिक accountant and marketing manager लाई रेष्टुरेन्ट बाट निकाल्ने विभिन्न प्रस्ताबहरु दिनानुदिन पारित हुन्थे, बरिष्ठ मालिक महोदय त्यतिखेर निकै मानसिक तनावले रन्थनिएर वहाँ आर्थिक तनावसंगै गुज्रीरहनु भएको थियो त्यहि तनावलाई मसला बनाएर मानवरुपी यी जन्तुहरु कन्धनि कसेर हिलोआली गर्दै कुर्लिन्दै थिए, रेष्टुरेन्टमा होस् या बाहिर जहाँ भेटे पनि जतिखेर भेटे पनि पहिलो बिषयबस्तु नै त्यहि निकालेर भुक्ने क्रम तिब्र---अति तिब्र हुदै गैरहयो,बिचारा आर्थिक तनावले हैंटु भएको मालिकको कान ठाडो हुने नै भो त्यो चर्को भुकाईको अर्थ खोज्न,त्यो भुकाईको अर्थ संगै लालचका झिना-मसिना टुक्राहरू खाउँ-खाउँ गर्दै र्याल सरि यस्सो बिचारा हैटु मालिकलाई इसारा गर्दै यता-उता छोडेर पासो थाप्थे, बिचारा आर्थिक तनावले ग्रस्त मालिकको सामु...मालिक महोदयको त्यो तनाव रेष्टुरेन्ट नचलेर भने थिएन- रेष्टुरेन्ट त राम्रो चल्या थ्यो,भन्ने नै हो भने त्यो रेष्टुरेन्ट क्याम्बोडिया-फ्नोम पेन्ह सिटि भरिकै नामी रेष्टुरेन्टहरुमा गनिन्थ्यो त्यतिको रेष्टुरेन्टको मालिक हुन त धेरै कम मान्छेलाई नसिव हुन्छ त्यसैले त मानवरुपी लुते कुकुरहरुको सिकारी आँखा त्यहाँ पर्या हुनसक्छ भन्दा संका गर्ने ठाउं नै छैन,,,लुते-निर्बल कुकुरले जहिले पनि असाहय माथि नै आक्रमण गर्छ भन्ने चरितार्थ यहाँ अंकित खुस्केको मोतिले उजागर गरेको छ, ठिक त्यस्तै यहाँको आक्रमण एक असाहय आर्थिक तनाव ग्रस्त मालिक माथि छ भने तिनै मालिकका स्टाफ accountant and marketing manager माथि हेर्नुस्त?कस्तो गिद्धे दृष्टि?भन्नु नै पर्दा यहाँ लालचका टुक्राहरुको विवरण यस्तो थ्यो....तनाव ग्रस्त मालिक लाई 50% शेयर लगाएर ऋण मुक्त गर्ने तर accountant and marketing manager लाई त्यो रेष्टुरेन्ट बाट तुरुन्तै हटाउनु पर्ने..... अब भने बिचरा तनाव ग्रस्त मालिकको "चाक" अकबरे खुर्सानिले पोल्या झैं हुन थाल्यो, एकातिर ऋण मुक्तिको झर्रा सपना छ त अर्को तिर स्टाफ नै हुइकाउनु पर्ने द्विविधा-... बरा......बिचरा तनाव ग्रस्त मालिकले के नै गर्न सकुन? यहाँ मानवरुपी जनावरहरुको दवाबले बिचरा तनाव ग्रस्त मालिक रनभुल्लमा परे-"हेरेर मर्नु भन्दा छेरेरै मर्नु बेस" भन्या सैपरी ऋण मुक्त हुने सपनाको अगाडी accountant and marketing manager को भविष्यको कुनै औचित्य रहेन, आखिर त्यो स्टाफ पनि त मानव नै हो,उसको पनि इज्जत छ,उसको पनि भविष्य छ,सपना छ,तर यहाँ त्यसको मतलव भएन मतलव भयो त श्रीब 50% शेयर हालेर ऋण मुक्त हुनेको र गर्नेको तर यहाँ उनीहरुको चाहनामा कसैको भविष्यको इज्जत लुटिदैछ त्यो कसैको भविष्यसँग मतलव छैन यहाँ!...accountant and marketing manager को त्यो रेष्टुरेन्ट प्रतिको योगदान र कामको कुनै मूल्य भएन, यहाँ त बिचारा तनाव ग्रस्त मालिकले ति सबै कुरा बिर्सेर यी मानवरुपी जनावरहरुले बजाएको बेतालको मादलको तालमा मच्चिनु नै मालिकको भबिस्य भो भने बिचरा बिबशाताको अगाडी कसको के नै लाग्दो रहेछ र? त्यतिखेरको सम्बाद अलिकति यहाँ जस्ता तस्तै राख्ने जमर्को गर्याछु।>>हेर्नुस तपाईको रेष्टुरेन्ट यो मान्छेले गर्दा डुब्न लग्याछ अझ चुप बसेर हाम्रो कुरा सुन्नु भएन भने तपाईले यो रेष्टुरेन्ट त गुमाउनु हुन्छ नै तर ऋणले तपाईको उठिबास लाग्छ<< बिचरा तनाव ग्रस्त मालिक,,,, हो न हो झैं कान ठाडो-ठाडो पर्दै सुन्न ब्यास्त हुन्छ।अर्को सम्बाद जस्ताको तस्तै>>हामीले तपाइको रेष्टुरेन्टमा पैसा लगानी गर्नु पर्छ भने यसलाई पहिले रेष्टुरेन्ट बाट निकाल्नुस<<हो न हो बिचरा तनाव ग्रस्त मालिक,,,, "टेक्ने न समाउने""भीरको चिण्डो उधो न उभो'भन्या सैपरी उसको आर्थिक ज्वरो 103 डिग्री पुग्या बेलामा मोति नखुस्किने त कुरै भएन, अब त्यो खुस्केको मोतीले हरेक भए-नभएको विभिन्न आरोप-प्रत्यारोप ओकल्न सुरु गर्यो बाबै क्यार्ने अब?यस्तो क्रम दिन गुना चार भएर बढ्दै गयो, मानवरुपी जनावरहरुको धोति पनि केहि हल्का भए झैँ त्यो दृश्य हेरेर सिगरेटको ध्वाँ संगै मुसुक्क-मुसुक्क रुखो मुस्कान छोडेको भर्खरै जस्तो लाग्छ। यी जन्तुहरु बाट दिनानुदिन दियोको सलेदो उकास्ने काम भै रहयो यो संगै यहाँ अलिक हस्यास्पद कुरा पनि छ त्यो पनि मैले प्रस्तुत गर्नै पर्छ === रेष्टुरेन्टमा लगानी गर्ने भएसी रेष्टुरेन्टमा दिनानुदिन उपस्थिति पनि नहुने कुरै भएन,उपस्थितिसंगै एउटा देशी रक्सीको बोतल पनि साथमा लिएर आउन थाले नभई सकेका नयाँ अबिछिन्न मालिकहरुले त,,,,,यो देशी रक्सि रेष्टुरेन्टमा भन्दा बाहिर खुद्रा मुल्यमा अलिक काम मुल्यमा पाउँछ यो सर्वबिदितै छ,यहाँ सुरु भयो देशी रक्सीको साथमा दिनानुदिन हाँजिर नयाँ अबिछिन्न मालिकहरुको, देशी रक्सि बाहिर बाट र 2/4 प्लेट पकोड़ा र फ्रि पापड-चटनी-सलाद रेष्टुरेन्टको, बुङ्ग -बुङ्ग चुरोटको ध्वाँ उडाकोछ---देशी निम्नकोटि रक्सीको तालमा रेष्टुरेन्टमा पाइने फ्रि पापड-चटनी-सलादको अडर छिन-छिन मै गरयाछ,खाछ,अन्य कस्टमरलाई असामयिक डिस्टर्व भइराछ तर कुनै मतलव छैन,बिचरा तनाव ग्रस्त मालिकको हालत यतिखेर बर्णन गरि साध्य छैन,तिनै नभई सकेका अविछिन्न पार्टनरहरुको हजुरीमा लिन छ।के गरुन त बिचराले बाध्यताको हातकडी मन भरि तन भरि अनि मस्तिष्क भरि जकडिएर खबरदार,,, केहि बोल्लास भनेर चेतावनी दिइरहेको छ,,,,बोल्यो नै भने पनि ऋण मुक्त हुने सपना एकै छाक हुने हो कि?,,,,क्यार्ने र बिबशताले पछारे पछी आइया न आत्था.....!
समय बित्दै जान्छ,,,घडी आफ्नै अस्तित्वमा घुमी रहन्छ,6 बजे देखि 8 बज्छ एबम रितले 9-10-11 बज्दै जान्छ, सामान्य रेष्टुरेन्टहरु रातको 10 बजे या रातको 10:30 बजेको हाराहारिमा बन्द भइसक्छन फ्नोम पेन्ह सिटीमा तर त्यो रेष्टुरेन्टको त कुनै निश्चित बन्द हुने समय नै पो हुन छोड्यो,यतिखेर रातिको 11:30 बजेको हुँदो हो,,रेष्टुरेन्टमा कुनै कस्टमर छैनन् , छ त त्यहि एउटा टेबल,जहाँ 6 बजे बाट नभई सकेका50%का अबिछिन्न मालिकहरु बसेर मदिरापानमा ब्यास्त छन,बिचरा ति थकित स्टाफहरु घर कोठा तिर जान को हतारले भित्र- बाहिर गरि रहन्छन,किचेनमा पसिनाले निथ्रुक्कै भएको ज्यान पखालेर सुत्न चाहन्छन तर यहाँ यी स्टाफहरुको चाहना कसले बुझ्ने र? रेष्टुरेन्ट खाली भए पो स्टाफले छुट्न पाउन? रातिको 12 बज्नै लाग्यो बल्ल पो सोध्दै छन बिल दिनुस भनेर,एक्कौंटटेन्टले बिल बनाएर दिन्छ,,,सबै स्टाफले हर्षको सास फेर्छन,बिल टेबलमा पुग्छ जम्मा 15.00$ पुगेको हुँदो हो,,,,टेबलमा 5 जना बसेर खाएको बिल ..यहाँ निर रेष्टुरेन्टका एक्काउन्टेन्टसंग को सम्बाद जस्ता को तस्तै समाबेस गरेकोछु,,,
नभईसकेका 50%का अबिछिन्न मालिक>>>>यो बिल कसले काटेको हो?
एक्काउन्टेन्ट>>>>मैले काटेको हो सर......
50%का अबिछिन्न मालिक>>>>यो आइटम किन ज्यादा लेख्या?
एक्काउन्टेन्ट>>>>कुन आइटम हो सर? (एक्काउन्टेन्ट छेउमा आएर सोध्छ)
50%का अबिछिन्न मालिक>>>>यो "पनिर पकोड़ा" हामीले अर्डर गरेकै होइन तुरुन्तै क्यान्सिल गर्नुस......
एक्काउन्टेन्ट>>बिल त अर्डर अनुसार नै बनाको हो,ठिकै छ,क्यान्सिल गरि दिन्छु भन्न बाध्य छन- -एक्काउन्टेन्ट
(अब बिल बाट "पनिर पकोडा" क्यान्सिल गरे पछी 11.00$को बिल तयार भएर टेबलमा आउँछ)
50%का अबिछिन्न मालिक>>>>डिस्काउन्ट पाइन्दैन?
हस्यास्पद कुरो त यहाँ निर पो आयो....बेलुका 6 बजे बाट रातिको 12 बजे सम्म बसेर बाहिरै बाट ल्याएको निम्नकोटिको देशी रक्सिसंग खाएको बिल जेनतेन 15.00$ भएको पनि "पनिर पकोडा"क्यान्सिल भयो त्यहाँ फ्रि पापड-चटनी-सलाद लगभग 3kg खाये होलान त्यसको हिसाब-किताब नै छैन,अब भएको 11.00$ मा पनि पो डिस्काउन्ट चाहियो रे.....10 बजे राति या 10:30 बजे राति छुट्ने स्टाफहरु 12 बजे सम्म हायी काड्दै बस्याछंन कुरेर,,,बिल बक्समा 1$ टिप्स छोड्नु त परै जावस लाजै बिना एस्सो पो रे>>>>सर्भिस थर्ड क्लास भयो<<<<रे>>>यहाँ यो अबस्थामा ति 12 बजे सम्म पर्खेर बसिरहने स्टाफ माथि कस्तो खालको असामयिक चोट पर्यो होला?त्यसको स्वाद त तिनै स्टाफलाई थाहा छ।एबम रितले देशी दारु बाहिर बाट बोकेर ल्याउने अनि त्यस्ता 15/20$को बिलमा पनि कैयौं पटक क्यान्सिल र डिस्काउन्ट लिने दिने काम र स्टाफले कुरेर बसि रहने क्रम पनि दिन हप्ता हुँदै महिनौं बिती सक्यो,तर बिचरा तनाब ग्रस्त मालिकको नयाँ पार्टनरहरुले 50% शेयर लगाउलान र ऋण मुक्त हौंला भन्ने सपना या आशाको बाँध टुट्दै जोडिंदै कति मर्माहत भयो होला यी मालिकलाई ? रेष्टुरेन्टमा आधा शेयर लगाउने मानवरुपी आशक्ति जन्तुहरुको विभिन्न प्रकारको लेक्चर सुन्दाको हैरान छ बिचरा तनाव ग्रस्त मालिक.....जतिखेर पनि यसो भन्ने गर्छन>>>"होइन त्यो तपाइको एक्काउन्टेन्टलाई किन ननिकालेको?तपाइको यस्तै चाला हो भने खोइ के पैसा फसाई भो र? त्यसलाई तुरुन्तै निकाल्नुस नत्र खान पनि आउन छोड्छौं मात्र होइन यसैको कारणले अरु नेपाली कस्टमर पनि गुमाउनु हुन्छ तपाइले ...अरु नेपालीहरुलाई पनि हामी यो रेष्टुरेन्टमा आउन रोक लगाई दिन्छौं"<< त्यो अबस्थामा बिचरा मालिकलाई कति पिरोलो भयो होला मन?यो क्याम्बोडियामा रेस्टुरेन्ट मालिकहरुले यो कहिल्यै सोच्या हुन्नन् कि "मेरो रेष्टुरेन्टमा नेपालीहरु आएर खाइ दिन्छन अनि मैले पैसा कमाउँछु"भनेर...यहाँ निर मैले नेपाली संग रेष्टुरेन्टमा बसेर खाने हैगत हुन्न भन्न खोजेको चाही होइन र हामी नेपालीहरुको प्राय कोठा मै आफ्नै तरिकाको खाना बनाएर खाने चलन छ,आठा-पाँजा रेष्टुरेन्टमा गएर नखाइने पनि होइन, तर यहाँ केहि डक्टर मित्रहरुको खुस्केको मोतिलाई उजागर गर्न खोज्या मात्र हुँ, जसले पाठक बृन्दमा असामयिक ठेस पर्ने महसुस गर्याछु जसको निम्ति पाठकसँग माफी चाहन्छु असन्तुलित ठेस लाग्न गएमा।यसरि नै विभिन्न नाटकबाजी चल्दै गयो-चली नै रहयो, यतिखेर लगानी कर्ताको नाटकबाजीको पर्दा बन्द हुने छाँटै देख्न छोडी सक्यो बिचरा मालिकले...! हुँदा-हुँदा एक दिन अर्को नाटक जोडियो त्यहाँ-- पैसा लगानी र तमसुक लेखाइको...बिचारा तनाव ग्रस्त मालिक लाई बाध्य नै बनाइयो उनको त्यो एक्काउन्टेन्टलाइ निकाल्न.....आखिरी यी एक्काउन्टेन्टले यीनि मानवरुपी लुते कुकुरहरुको के नै बिगार्या थ्यो होला र?आखिर यी एक्काउन्टेन्ट पनि त नेपाली नै हुन्,यिनले पनि यिनै मोति भ्रस्टहरुले जति नै पढ्या छन,न त पढाइमा कम छन न त बुद्धि मै?असन्तुलित फरक के मा छ त? भन्दा खेरि उनीहरु कहीं कुनै कम्पनीमा हाक्किम छन प्रसस्त पैसा छ तर वहाँ रेष्टुरेन्टमा काम गर्नु हुन्छ उनीहरुको जस्तो प्रसस्त पैसा छैन फरक बस यति नै मात्र हो,,के हाक्किम र पैसा हुनेले जे गरे-बोले पनि हुने र वहाँ जस्तो रेष्टुरेन्टमा काम गर्ने कम कमाइ हुनेले केहि गर्न र बोल्नै नहुने?यो भनेको यी मानवरुपी जन्तुहरुको उदांगो आचरणको रंग हो ...कति निर्मम छ,कति निर्दयी छ, कति शोषण र दमनको गन्धगी भरिएको छ...?!
एक दिन समयले निकै नेटो कति सकेको अबस्थामा 50%का अबिछिन्न मालिकहरुले तनाव ग्रस्त मालिकलाई कहीं अन्तै सुटुक्क आउन खबर गरे, तनाव ग्रस्त मालिक उनीहरुले भने जसरि नै सुटुक्कै गयो त्यो उसको नियती नै थियो, जब तनाव ग्रस्त मालिक त्यहाँ पुग्यो र देख्यो त्यहाँ त अघि नै अरु 2/3 जना मानव दलालहरुको उपस्थिति भै सकेको रहेछ,जे होस् उसकै प्रतिक्षामा बस्या रहेछन,अब कुरो सुरु भयो लेखाइ बाट मासाकमुसुक यता उता हेराहेर गरे तमसुक तयार गरे,त्यो तमसुक भनाइ मात्र रेष्टुरेन्टको 50% पार्टनर भन्ने थियो तर लेखिएको थियो ऋण लिएको दिएको भनेर, बिचरा आर्थिक तनावले खिन्न भएको मालिकले त्यो लेखिएको तमसुक अस्विकार गर्ने त कुरै भएन,यो भएन उ भएन भन्ने कुरै भएन,बोल्यो भने ऋण मुक्त नहुने नियतिले निचोरी राख्य थ्यो चुपचाप रहन नै उसको बिबसता थियो,तमसुक लेखि सकियो दायाँ-बाँया सहिछाप लाग्यो तर रकम अरु नै दिन लिउँला दिउँला भन्ने सहमति भयो,यसैको साथमा एक्काउन्टेन्टलाई रेष्टुरेन्टबाट निकाल्ने मुहुर्त:पनि तयार भयो,वहाँलाई बेवास्ता गर्ने र आरोपप्रत्यारोप लगाउने काम त पहिले नै सुरु भाइसकेको थियो जति खेर देखि मानवरुपी लुते कुकुरहरुको आदम्य भुकाइ सुरु भएको थियो।
दिनहरु बित्ने क्रम जारी छ,आज त्यो रेष्टुरेन्टका एक्काउन्टेन्ट मार्केटिंग मेनेजरको त्यहाँ काम गर्ने अन्तिम दिन आएकोछ,त्यति खेर को सम्बाद एक टुक्रा जस्ता को तस्तै यहाँ प्रस्तुत छ,..................
रेष्टुरेन्ट मालिक>>> दाई आज देखि तपाईले आफ्नो हिसाब-किताब लिएर यहाँ बाट बिदा लिए भयो,अब तपाईलाई राख्न सक्दिन माफ गर्नोस अरु तिरै अन्त कतै काम खोजेर गर्नुस....
वहांको अनभिज्ञ सोधाई थियो>>>> किन र?के गल्ति भयो र म बाट?
रेष्टुरेन्ट मालिकको वहाँलाई उत्तर थियो>>> राम्रो काम नगरेको,हिसाब किताब भताभुङ्ग पारेको,कुनै नेपाली कस्टमरले मन नपराएको आदि इत्यादी.......वहाँले गर्दा नेपाली कस्टमर पो गुम्ने रे खोइ को गुम्थ्यो होला र?गुम्थ्यो त त्यहि मानवरुपी राक्षसहरु गुम्थे होलान् र ऋण मुक्त हुने सपना साँढेको हुन्थ्यो होला.....वहाँले खोइ कस्तो काम गर्नु पर्ने थ्यो र?राम्रै त काम गरि रहनु भाथ्यो,रेष्टुरेन्टको पब्लिसिटी,खाना को मात्रा,खानाको रंग स्वाद देखि लिएर रेष्टुरेन्टमा हुनु पर्ने सर-सफाई, डेकोरेशन,कस्टमर केयर,डिलिंग,डेलिभरी,अर्डर,कस्टमर संग हाय-हेल्लो यी इतिश्री सबै वहाँले दक्षताको साथ नै गरि रहनु भाथ्यो...........अब मैले यहाँ भन्नै पर्दा.....रेष्टुरेन्ट फिल्डको यो दुनियाँमा जो कोहि हुनु हुन्छ-छन-छौं वहांको जस्तो रेष्टुरेन्ट फिल्डमा दक्षता,बिजनेस कन्सेप्ट र इअमन्दारिता सयेदै होलान र छौं छन् होला कुनै पनि स्टाफले मालिकको व्यक्तिगत खोट माथि मल्हम लगाउन सक्दैन,
No comments:
Post a Comment