Friday, August 24, 2012

रार्इहरु लिम्वु भएकोमा स्वागतयोग्य तथा केही प्रसंगहरु....

Profile Pictureदिपेन योङहाङ लिम्बु


दिल पालुङवा लिम्वु (नेपाल कुश्शा)

भरखरैको सनसनीपूर्ण समाचार संखुवासभाका रार्इहरु लिम्वुमा प्रवेश भन्ने कान्तीपुर लगायतको संचार माध्यमहरुले समाचार छापेपछि निकै खैलावैला मच्चिएको छ । कसैले यो राजनैतिक षडयन्त्र भने कसैले के, कसैले के भनेर साध्य छैन । आधिकारिक कुरा के हो त्यतापटिट हाम्रो मान्छेहरुको ध्यान किन हो जादैन । यसै कुरालाई केही स्वागतयोग्य मान्दै यहां केही खुराकहरु प्रदान गर्न यो लेख लेखिएको प्रसंग जानकारी गराउदछु । वास्तवमा रार्इ कसलाई मान्ने ? किनकी यो एउटा पदवी हो । सत्रौं शताव्दीतिर अहिलेका लिम्वु भनिनेहरु सवैलाई रार्इ वा राय भनिन्थ्यो । यो कलमीको पूर्खाहरु वि.सं.१८३१ अगाडिकाहरुमा ताङशोवा राय, साम्याङफुङ राय, युम्मीमा राय, युफत्ता राय ­(­पृथ्वीनारायण समकालिन)थिए । त्यस्तै अन्य लिम्वुहरुको थिए । त्यो वेला लिम्वुहरुको नामहरु लिम्वु भाषमा थिए । पृथ्वी नारायणको पालामा लिम्वुवानमा सुव्वाले ठाउ पायो । रार्इ र सुव्वाको समान अर्थ राजा भन्ने हुन्थ्यो । तर किन लिम्वु भनिनेहरुले रार्इलाई त्यागेर सुव्वा भन्न रुचाए । त्यतापटिट पनि वुझन आवश्यक छ । पृथ्वी नारायणले लिम्वुहरुलाई लिम्वुवानसंग सम्झौता गर्नु अगाडिदेखिनै सुवा भन्थे । सुवाहरु राजानै हुन् भन्थे । तर यो राजाको समानार्थी सुवामा पनि विग्रह आयो । यस शव्दलाई राणाकाल वि.सं.१९२५ मा आएर ६० मुरी धान हुने खेत र रु.३० सरकारलाई चढाई सुव्वा दर्ता हुने चलन चलाए । त्यसवेला त्यो सुव्वा कर्मचारी जस्तो भयो । तर पावरफूल थियो । उसले अन्य जातिकालाई रैती राख्न पाउथ्यो । कर उठाएर केही आफैले राखि तोकिएको प्रतिशत राणाहरुलाई वुझाउथ्यो । राणाहरुको जस्तै स्वभाव सुव्वामा थियो । त्यस्तै र्राई सुव्वा हुने नियम वि.सं.१९३५ देखि चलाईयो । यसलाई रार्इगीरी भनिन्थ्यो । यसको लागि सरकारलाई ३० मुरी हुने माटो र रु.१५ चढाउनुपथ्र्यो । यद्धपी यो कलमीको पूर्खा भर्तमान भन्ने पनि वि.सं.१८९१ देखि रार्इ गीरी सुव्वा भएको थियो । उहांको छोरा धनदलले ६० मुरी जेथा पुरयाएर सुव्वा भएको थियो । यही रोलक्रम जेठा सन्तानमा र्सर्दै गएर वि.सं.२०४५ सालतिर प्रेम वहादुर पालुङवा अन्तिम सुव्वा भएका थिए । त्यतिवेला पनि सामान्य त सुव्वा र रार्इगीरी सुव्वा हुने चलन लिम्वु जातिभित्र थियो । रार्इगीरी सुव्वा पक्का सुव्वाभन्दा निम्न कोटीको सुव्वा हुन्थ्यो । त्यस्तै लिम्वुहरुलाई रैतीले राजा मानेर सुव्वा साहव, सुव्वा राजा भन्थे । उनीहरुलाई राणा भन्दा सुव्वासंग डर हुन्थ्यो । किनकी उनीहरुको गांसवास सुव्वाको मुखमा भर पथ्र्यो । यसरी सुव्वा र रार्इमा यही ठूलो सानोको विभेदले हुन सक्छ लिम्वुहरु र्राई नभएर लिम्वुनै भए । सुव्वानै भए । यसैको प्रभाव अहिले पनि धेरै लिम्वुहरु लिम्वु वा थर नलेखेर सुव्वा लेख्छन् । अझ देश वाहिर जानेहरु सुव्वा भनेर सम्वोधन गराउन चाहान्छन् । थर लेख्ने चलन पछिवाट मात्र चलेको हो । खम्वुवानकोलाई सुव्वा वनाउने चलन थिएन । रार्इको पनि आफ्नो क्षेत्रमा उतीकै अधिकार हुन्थ्यो । तसर्थ रार्इ लेखिने समुहमा वस्ने लिम्वुहरुले पनि रार्इको प्रयोग गर्न थाले । अव नागरिकता निकाल्ने वेला भयो के गर्ने भन्दा श्रेस्तावाटनै र्राई भएकोले कतिपय लिम्वुहरु रार्इ भनिन वाध्य भए । यही मध्येका एक समुह हुन भर्खरै संखुवासभावाट रार्इ थर परित्याग गरी आफ्नो पूर्खाको थर वनेम लिम्वु हुनेहरु । प्रसंगवस यहा एउटा कुरा मिसाउन मलाई मन लाग्यो । मैले मेरो पुस्तक किरात लाजे लिम्वुवान सामान्य ज्ञानमा रार्इ वनेमको कुरा गरेको थिए । तर त्यो थाहा नहुने वनेम दाजुभाईहरुले मेरो कुराको असहमती जनाए । तव मैले भने तपाईहरुको दाजुभाईहरु एकजना वनेम लिम्वु भएर वसिरहेको र अर्को चाही रार्इ भएर वसेको छ । जातिय या थरीय कुरा मिलाउनुस भनेको थिए । लामो समय पछि यो र्सार्थक भएर आएको छ । त्यस्तै केही नेम्वाङ र मेन्याङवोहरु लगायतकाहरु पनि रार्इ नामधारी भएको कतै कतै पाईएको छ । नेम्वाङ र योङयाङको केही हांगोहरु धिमालभित्र प्रवेश भएको पाईन्छ । त्यस्तै लेप्चाभित्र पनि । यीनीहरु समाजशास्त्रीय र मानवशाश्त्रीय अनुसन्धानको विषयवस्तुहरु हुन् । संखुवासभावाट अझै यस्ता धेरै रार्इहरु लिम्वु हुन सक्ने देखिन्छ । यी भए लिम्वु भित्रकै कुरा । अव अर्को प्रसंग, यहा लिम्वुहरुले सधै लिम्वुकै रुपमा हेर्ने आठपहरिया रार्इ, याख्खा, देवान, मेवाहाङ र लोहरुङ पनि छन् । उनीहरु लिम्वु भनेर भन्न सकिरहेका छैनन् । उनीहरुलाई के अप्ठेरो छ । त्यो उनीहरु भित्रको कुरा हो । तर लिम्वुले हेर्ने दृष्टिकोणचाही उनीहरु लिम्वुनै हुन् । उनीहरु र लिम्वुविच सरावरी विहेवारी चल्छ । चलन उस्तै उस्तै छ । हुनत अहिले लिम्वु मानिनेहरुमा पनि केही फरकता त अवश्य छ । जय कुमार थक्लुङ लिम्वुको अनुसार थक्लुङ लिम्वु र मादीतिरका देवान मझिया,याख्खाहरुसंग सरावर विहेवारी पुस्तौ पुस्तादेखि चलिआएको हो । त्यस्तै धनकुटा त्रिसुलेका ज्ञान वहादुर खेवा लिम्वुको अनुसार अठप्रे र उनीहरुविच पुस्तौ पुस्तादेखि विहेवारी चलिआएको छ । धनकुटा चौविसको पदम चेम्जोङको अनुसार त्यो क्षेत्रमा उनीहरु र देवान याख्खाहरु विच पुस्तौ पुस्तादेखि विहेवारी चलिरहेको छ । यो कुरा गायक भगत सुव्वा पनि स्वीकार्नु हुन्छ । त्यो क्षेत्रका लिम्वु थरीहरुले माथिल्लो कक्षका लिम्वुहरु भन्दा याख्खा देवान, आठपहरिया, लहरुङ मेवाहाङसंग विहेवारी वढी गर्ने गर्छन् । भगत सुव्वाकै कथन अनुसार फेदापहाङका सन्तानहरु पहिले पहिले विवाह गर्दा पहिलो प्राथमिकता याख्खाहरुसंग हुन्थ्यो । त्यसपछि मात्र अन्यथरी लिम्वुसंग हुन्थ्योरे । हुनपनि लिम्वुहरुको विहावारीको चलन आफ्नो नजिकको मिल्ने समुहसंग मात्र विहेवारी तत्कालिन समयमा चल्थेछ । जस्तै मावोहाङ समुहको मावोहाङ समुहसंग । पापोहाङको पापोहाङसंग । फागोहाङको फागोहाङसंग । लिम्वुहरुमा यस्ता केही समुहहरु छन् । यीनीहरुमा खेवाहाङ, थेगीमहाङ, नेम्वाङहाङ, खोक्याहाङ, साम्वाहाङ, सेरिङहाङ, फेदापहाङ, खजुमहाङ आदि । यही समुहमध्ये याक्खाहाङ(यख्खोवा)र छोन्देनहाङ(आठपहरिया) हरु पनि लिम्वुहरुले आफ्नो समुह मान्ने गरेका छन् । यी समुहहरु कतिपयले हामी लिम्वु हौं भन्छन् भने कतिपयले रार्इ हौं भन्छन् । उनीहरुमा जातिय पहिचानको समस्या छ । यी समुहहरु र लिम्वुको थरहरु प्रायश मिल्ने गर्छ । जस्तै आठपहरे रार्इमा तुम्वा थर हुन्छ लिम्वुमा पनि तुम्वा थर हुन्छ । लिम्वु लिङथेप, याख्खा रार्इ लिङथेप हुन्छ । त्यस्तै अन्य समुहहरुसंग पनि थर मिल्ने गर्छ । तर अरुण पारीको खम्वुरार्इहरुसंग मिल्दैन । त्यसैले पाठकहरुले पनि यो कुरा छुटयाउन सक्नुहुनेछ यीनीहरु लिम्वु हुन् कि रार्इ ? यदी उनीहरु लिम्वु नहुदो होत किन विहेवारी यती प्रगाढसंग हुन्थ्यो । त्यसैले सवैले यी कुराहरु मनन गर्नैपर्ने हुन्छ । अरुण पारीको खम्वुरार्इ र सुनुवारसंग पनि विहेवारी चल्छ । तर व्यापकता र सहजता त्यती छैन । यी वाहेक इमेहाङ लिम्वुको सन्तानहरु लेप्चा भएको लिम्वु इतिहासले वताउछ । उनीहरु वुद्धमार्गी भएकोले यो कुरा भएको वताईन्छ । यीनीहरु मुनाहाङको सन्तानहरु हुन् । यीनीहरु लासाहाङ-मावोहाङवंशीहरुको सगोत्री हुन् । तिव्वतमा एक पटक दख्खल गरेका वंशहरु हुन् । कुमार सुव्वा झापाको अनुसार राजवंशी र धीमालले उनीहरु लिम्वुको भाई भएको स्वीकार्छन । धीमाललाईत मधेसका लिम्वुनै भनिन्छ । हुनत लिम्वुपूर्खा एक हांगो कोचुहाङ जसले लिम्वुवानको तराईप्रदेश तथा आसामक्षेत्रमा शासन गरेका थिए -का सन्तानहरु भनेर राजवंशी मेचे कोचेलाई लिम्वु इतिहासले पनि वताएको पाईन्छ । शेर्पाहरु र लिम्वुहरुमा पनि जातिय सामीप्यता देखिन्छ । धर्मको कारणले फरकता भएको देखिन्छ । संखुवासभा हेदाङनाका र्राईहरु पनि लासाहाङको नजिक हुनसक्ने देखिन्छ । अवको प्रसंग माथि उल्लेखित जातिहरुले आआफ्नो पहिचान कसरी गर्ने हो सोच्नै पर्ने वेला आएको छ । यो कुरा वर्तमान पुस्ताले वुझनु पर्ने हुन्छ । यहा एउटा विडम्वनाको कुरा के छ भने माथि उल्लेखित समुहहरुको वृद्धहरु लिम्वु हौं भन्छन् भने अहिलेका पुस्ताहरु रार्इ हौं भन्छन् भने कतिपय छुट्टै समुह हौं भन्छन् । समय आएको छ । अवत यो समुहमा पनि धेरै शिक्षित समुहहरु उत्पादन भैरहेका छन् । समाजशास्त्र तथा मानवशास्त्रको अध्येताहरु पनि छन् । उनीहरुले भविष्यमा पनि अप्ठेरो नआउने हिसावले आफ्नो जातिय पहिचान गराउने समय आएको छ । यसको लागि व्यापक छलफल गरेर निक्र्योलमा पुग्नुपर्ने हुन्छ । सेवारो ।

हाम्रो लिम्बुवान ईतिहास:-

Ashok Yonghang
 हाम्रो 
लिम्बुवान ईतिहास:-
लिम्बुवान त्यसै उत्पति भएको वा कसैले राखिदिएको कुनै जाति वा समुदायको नाम होइन । यो त किरात सभ्यतामा किरात भूमिको राजनैतिक क्रान्तिले जन्माएको नाम हो । आजको लिम्बुवान भूमिलाई लिम्बुवान भन्नुभन्दा पहिले फेदाप भनिन्थ्यो । सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व बिजुगखोला आउने सौमर किरात वंशमध्ये भाइफुट्टा (वर्तमान लिम्बु वंशका एक शाखा) वंशीले अरुणखोला तरी फेदाप पहाडका जंगल उजाड गरी बसे । यस वंशका राजालाई भाइफुट्टाहाङ भन्थे । यिनको दरबारमा च्याम्जोलो नामक एक ज्ञानी मन्त्री थिए । यिनै मन्त्रीको सहायताले भाइफुट्टाहाङले फेदाप वरिपरिका गाउँहरु वालुङ, तम्बर, मेवा, मैवा, छथर, पान्थर र चौबीसमाथि आफ्नो अधिकार जमाए । विस्तारै उनले अरुण पश्चिमका किराती गाउँले राजाहरुलाई आफ्नो पकडमा राखेर शासन चलाए । भाइफुट्टाहाङको नौ पुस्तापछि यो वंशमा जिते नामक एक राजा भए । यी राजाका पर्वते नामक एक वीर पुत्र भए । त्यसबेलाका पहाडी खण्डका वीरहरुमा यिनी सर्वश्रेष्ठ थिए । पर्वते राजाका छोरा मलयकेतु राजाका पाँच पुस्तापछि फेदापमा साम्युकहाङ राजा भए । यी राजाले आफ्नो रैयतहरुलाई अत्याचार गर्दा तराई बाट फिरेका किरातीहरुले विद्रोह गरे । तिब्बतबाट आएका लाशावंशी किरातहरुले पनि जोरतोडले तराई का किरातहरुलाई मद्दत दिए। साम्युकहाङ विद्रोहमा मारिए । र, फेदापमा भाइफुट्टाहाङ वंशी राजाहरुको अन्त भयो र इशाको ३०० वर्ष पछि फेदापमा वाजदेव नामक राजा भए । उनले लिबाङमा राजधानी बनाई शासन गरे । यो राजा पछि त्यहाँ १२ राजाहरुको क्रम प्रारम्भ भयो ।

यसरी नै इशाको सातौं शताब्दीतिर आइपुग्दा आठ आपुङगी राजाहरुले फेदापलाई विभिन्न आठ प्रान्तमा विभाजन गरी राज्य गरे । ताइश्यान वंशीहरु जो नाम्मावबाट उत्तरपश्चिम दिशा लागी बर्साई आउँथे, तिनीहरुले आफ्नो किपट पातकोई पहाड र चिन्डविन नदीको बीचमा खामति भन्ने जग्गामा बनाए । त्यहाँ तिनीहरुले धेरै पुस्तासम्म राज्य गरी बसे । इशाको छैटौं शताब्दीपछि यही खामति भन्ने जग्गाबाट दश चिनियाँ सरदारहरुले आफ्नो शाखा-सन्तान उर्ठाई पातकोई पहाडतर्फ लागी आसाम बर्साईं आए । तर, यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (वनारस)को मैदानमा आई बसे । हिन्दूस्थानमा आई बस्ने मंगोली, शक् कुशान, ग्रीक राजाहरु राजनैतिक कारण हिन्दू भई राजपूत वंशमा गाभिएका थिए । राजपूत राजाहरुले हिन्दू मतमा नआउने हुण जातिलाई देशबाट निकालेका थिए । यसो हुँदा तिनीहरुलाई काशी छोड्नु कर लाग्यो । यिनीहरु उत्तरपूर्वका पहाडी खण्डमा बसाईं आए । ती दश सरदारका साथमा तीन वर्गका पुरोहितहरु पनि थिए ।

जब यी दश सरदारहरु आसाममा आए, त्यहाँको भूमि आफ्नै वंशहरुले ओगटेको पाए । यसकारण तिनीहरु लगातार पश्चिम तराई भूमिमा आए । त्यहाँबाट अझ पूर्व नेपालको पहाडी भूमिमा आए । तर, त्यो स्थान किरात आठ प्रमुख (राजा) हरुको अधिकारमा थियो । उनीहरुले ती आठ किरात प्रमुख सन्ततिको सार्वभौमिकतामा बसोबास गर्ने अनुमति माग गरे । आठ राजाले पनि मागबमोजिम उनीहरुलाई आ-आफ्ना राज्यमा बस्न दिए ।

फेदापमा आफ्नै पाराले शासन गरिरहेका आठ प्रमुख (राजा)हरुले शानमोकवानी दश सरदारहरुलाई आफ्नो सार्वभौमिकतामा बस्न दिएपछि लिम्बुवानको अर्को इतिहास सुरु भयो । ती आठ सरदारका संख्यामा तीब्र बृद्धि हुन थाल्यो । अन्तमा, यिनीहरु अर्कै एक नयाँ जाति भए, र यिनीहरुले आफूलाई याक्थुङ बंश भन्न थाले । जे भएपनि, ती सरदारहरुका सन्तान आठ राजाहरुमै गनिन्थे । तर, यो नौलो रैयतहरुका सन्तान औधी बढेको देखी ती आठ राजाहरुका मनमा राजनैतिक विद्रोहको शंका उत्पन्न हुन थाल्यो । यिनीहरुको जनसंख्या बढेपछि अदलमा राख्न कठीन पर्छ भन्ने शंकाले ती आठ राजाहरुले सल्लाह गरी यी नौला रैयतहरुलाई हरेक तवरले दबाएर राख्ने उपाय गरे । पहिलो जमिनमा तिरो बर्ढाई दिए । दोश्रो, निष्ठुर ऐन लागू गरे । तेस्रो, तिनीहरुसित दासझैं व्यवहार गरे । यस्तो अन्याय सहन नसकी यी दश सरदारहरुका रैयतहरुले पनि मतो गर्न थाले ।

अब, तिनीहरुले पान्थरको आम्बेपोजो-मा कामकेत लाङ्मा र सुमहेत्लुङ्मा भन्ने (फेदेन गढी) स्थानमा सभाको आयोजना गरे । सो भेलामा गम्भीर छलफलपछि सामन्ती शासनको विरुद्धमा विद्रोह गर्ने निर्णय गरे । तिनीहरु संगठित भई तीनवटा आँपको विरुवा रोपी पूजा गर्दै पवित्र पानी सिञ्चन गरेपछि प्रत्येक योद्धाले कसम खाए, सपथ लिए कि म युद्धमा विजय हासिल गर्नेछु वा मर्नेछु, युद्ध भूमिबाट तबसम्म घरमा फिर्ने छैन जबसम्म यो देशबाट ती सामन्ती राजाहरुलाई धपाउने छैन । कतै युद्धभूमि छाडी भागेमा तुरुन्त मृत्यु होस् भन्दै प्रत्येक ब्यक्तिले त्यो पवित्र स्थलमा सपथ ग्रहण गरे । अन्त्यमा, आफ्नै निर्णय र वाचा अनुसार नै कतिलाई मारे त कतिलाई देशबाहिर भगाए । यसरी, ती शानमोकवानी जनताले त्यो देशलाई तिनीहरु आफ्नैजस्तो गरी जफत गरे । यसपछि, फेरि तिनीहरुले त्यही आम्बेपोजो-मा भन्ने ठाउँमै ठूलो सभा गरे । आठ राजा मासिए । अब यो मुलुकको राजानेता को हुने? मुलुकको नाउँ के राख्ने भन्ने विषयमा व्यापक छलफल भयो । सभामा र्सवप्रथम, • त्यो देशलाई धनुवाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बुवान (लि- धनु, आबु-हान्ने, वान्- नाउँ लाउनु, अर्थात् लिम्बु भाषामा धनुवाणले जितिएको देश लिम्बुवान) राखे । • दोस्रो निर्णयानुसार, त्यो देश दश सरदारले मिली जितेको हुनाले बराबर दश मागमा विभक्त गरी शासन गर्नु पर्छ भन्ने राय बसाए । • तेस्रो, यो दश प्रदेश लिम्वुवानका बासिन्दाहरुलाई त्यसउप्रान्त दश लिम्बुका वंश हौं भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर्याए । • चौंथो, देशको साँध सीमाना लगाउनु पर्छ भन्ने निश्चय गरे, र लिम्बुवानको सीमाना उत्तरमा तिब्बत, दक्षिणमा मधेश, पूर्वमा मेची खोला र पश्चिममा अरुण नदी निर्धारण गरे ।

साथै, आ-आफ्ना राज्यमा शासन गर्न ४४ बुँदे राजनैतिक थिति संविधान, छ बुँदे धार्मिक नीति, १० बुँदे कृषि ऐन, र ४ बुँदे सामाजिक थितिसमेत तयार गरे । यी सबैलाई दश लिम्बुवानको थिति मानिन्छ ।
शाह र राणाका लिम्बुवानमा आक्रमणहरु

वि.सं. १८२९ को साउन महिनामा गोरखाका राजा पुथ्बीनारायण शाहले किरात राज्यहरुको विरुद्ध आक्रमण गर्ने योजना बनाए । वि.सं. १८३०मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्यो । यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरुको ज्यान गयो । वि. सं. १८३१ बैसाक २५ गते गोर्खाली सेना रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो । वीरताका साथ लडिरहेको काङसोरेको षडयन्त्रपूर्वक हत्या भयो । वि. सं.१८३१ साउन २२ गते गोर्खाली सेना र लिम्बुबीचमा ऐतिहासिक सन्धि भयो । वि.सं.१८३३ मा विजयपुरे राजा बुद्धिकर्णको हत्या भयो । वि.सं.१८३७ मा नेपाल र अंग्रेजबीचको सुगौली सन्धि भयो । यसपछि लिम्बु तथा लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङ भयो । वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो । चन्द्रसमशेरको पालामा लिम्बुहरुको मुन्धुम र धर्मग्रन्थहरु चैनपुरमा लगेर जलाइयो । वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरुको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरुलाई आफ्नो कर्मचारीसरह बनाए ।

वि.सं.१९५२ को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजिक पात्लेको रुखमा झुण्ड्याएर मारियो । वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरु इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो । यिनै क्षेत्रहरुलाई योभन्दा पहिले पल्लो किरात लिम्बुवान भनिन्थ्यो । वि.सं. २०२१ सालमा लिम्बुहरुको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो । पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो ।
विगतमा लिम्बूवानको अस्तित्व

तत्कालिन राजा महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पूर्णरुपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ । र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरुप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो । सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान संघ २०३६ सालमा स्थापना भई झिनोरुपमा भाषा, धर्म, साहित्यको कार्य सुरुवात भयो । राज्यले एकाधरुपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराए पनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी, बुहसांस्कृतिक नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो ।

मानव समाज वर्गीय र लैंगिक आधारमा मात्र नभई सांस्कृतिक रुपमा पनि विभाजित छ । नेपाली समाज ब्राम्हण, क्षेत्री, राई, लिम्बु, मगर, गुरुङ आदि जातीय आधारमा सांस्कृतिक रुपले बेग्लै पहिचान राख्दछ । सोही अनुरुप आज लिम्बु युवा तथा विद्यार्थीहरु मानव समाज भित्र आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्षरत छन् । यद्यपि, नेपाल अधिराज्य मात्र भएको, तर राष्ट्र हुन नसकेको अवस्था छ । शतब्दिऔको गौरवान्वित इतिहास बोक्ने लिम्बु जातिले आफ्नै भूमिमा दोस्रो दर्जाका नागरिकको व्यवहार झेल्नु पर्ने अवस्था छ । युवाहरु व्यावहारिक र वैज्ञानिक शिक्षा लिएर पनि राष्ट्र विकास, एकता कायम गर्नबाट बञ्चित भई लाहुर, मुग्लान र अरब जस्ता ठाउँहरुमा परदेशिनु पर्ने बाध्यता छ । फलतः सांस्कृतिक पहिचानको फैलावट र विकासको साटो सांस्कृतिक विकृति बढ्नुको साथै पश्चिमीकरणले व्यापकता पाएको छ । राज्यको विभेदकारी नीतिका कारण सरकारी र प्रशासन सेवामा लिम्बुहरुको उपस्थिति शुन्य छ । सरकारी कामकाजको भाषा केवल खस नेपाली भाषा मात्र राज्यले परिभाषित गरेको र राज्यले पूर्णतः मौलिक याक्थुङ भाषा बोल्न नसक्ने अवस्थामा पुर्याएको छ । लिम्बु युवाहरुलाई विदेशी सेवामा कार्य गर्ने वातावरण बनाई आर्थिकरुपमा पराधीन तुल्याइएको र लिम्बु समाज विशेषतः कृषि र पशुपालनमा निर्भर भएकोले उनीहरुको जीवनस्तर उकास्न राज्यले वैज्ञानिक कृषि प्रणाली र कार्यक्रम अगाडि नल्याउनुले लिम्बुहरु प्रति राज्यको आर्थिक विभेद नीति रहेको बुझिन्छ ।

सुरुदेखि मुन्धुम निर्देशित किरात धर्म मान्ने आदिवासी किराती लिम्बुहरुलाई पूर्णतः बेवास्ता गरी नेपाल केवल हिन्दुहरुको राज्य भनि संविधानतः हिन्दू अधिराज्य भनेर व्याख्या गरेकोले पनि दोस्रो दर्जाको धर्मावलम्बी भन्ने बुझिन्छ । मृत प्रायः संस्कृत भाषा जो कसैले पनि बोल्दैन अथवा अत्यन्त अव्यावहारिक भाषाका नाममा वर्षोनी करोडौं रुपैयाँ राज्यकोष खर्च गरिनु, तर आफ्नै श्रोत साधनमा प्राथमिक तहको लागि तय गरिएको याक्थुङ भाषाको आनिपान पुस्तक नकामको भनि ताप्लेजुङ जिल्ला शिक्षा कार्यालयले जलाउनु जस्ता आपत्तिजनक राज्यको व्यवहार स्पष्ट छ । लिम्बु मातृभाषीहरु नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । राज्यको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जस्ता संवैधानिक निकाय, निजामति र प्रशासनिक क्षेत्रका निर्णायक तहमा लिम्बु जातिको शुन्य उपस्थितिले राज्यमा शुन्यको हिस्सा पाएको स्पष्ट छ । आज लिम्बु युवा दृष्टिकोणमा भविष्य नेपालमा नदेख्नु र विदेश पलायनको मनस्थितिले पनि नेपाल आफ्नो राष्ट्र भएको महसुस गर्न नसक्नु हो, फलतः नेपाल केवल राज्य मात्र भएको तर व्यवहारिकरुपमा राष्ट्र हुन नसक्नु हो ।

यसरी, जातीय संस्कृतिहरुप्रति राज्यको बेवास्ता र विभेदित नीतिले गर्दा मौलिक पहिचान र चिनारीको संस्कृति संकटमा परेको र पश्चिमीकरणले व्यापकता पाउन सजिलो भएको छ ।

वास्तवमा मौलिक पहिचान र अस्तित्वको विकाससँगै समाज र राष्ट्र समृद्ध बनेको हुन्छ । एकल जातिको राज्य र विकासले सामाजिक द्वन्द्व बढाउँछ । आजको विद्यमान द्वन्द्व शदियौंदेखि नेपाली समाजलाई गरिएको व्यवहारको परिणाम हो । अतः यहाँका हरेक व्यक्ति, समाज, वर्ग, लिंग, जातजाति, सम्प्रदाय, धर्म, भाषा र संस्कृतिले फल्नु, फुल्नु पर्दछ । यसबाट सिंगो नेपाल सम्भ्रान्त बन्दछ, जसको निम्ति समावेशी समाजको निर्माण हुनु पर्दछ । यसको संरचनाबारे स्पष्ट किटान हुनुपर्दछ । हालसम्म गरिएको व्याख्याले एकलाई चोट पुर्‍याएको छ भने अर्कोलाई खुशी बनाएको छ । तर्सथ, राज्यको व्याख्या सच्याएर सबैलाई समान रुपले सम्मान गरी पुनर्व्याख्या र पुनर्लेखन गर्नुपर्दछ । पुनर्व्याख्यामा सबै जाति, वर्ग, लिंग समावेश हुनुपर्दछ र पुनर्संरचना गर्नुपर्दछ । यसबाट लिम्बु जातिको मौलिक पहिचान गराउने भाषा, धर्म, संस्कृतिको विकास, पुनरुत्थान हुनेछ ।
लिम्बूवानमा लिम्बू जातिको योगदान

बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु आदिवासी किराती जाति हो । मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरु नेपालको पल्लो किरात वा अरुण नदी पूर्वको पहाडी भू-भागमा बसोबास गर्दछन् । नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुर लगायत विभिन्न ठाउँहरुमा छरिएर रहेका छन् । आफ्नै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक स्वरुप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ । मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरु हुन् । त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरु हुने गर्दछन् ।

लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त ऐतिहासिक यात्रा तय गरेको पाइन्छ । मानवशास्त्री र इतिहासविद्हरुका अनुसार मानव एक चलायमान जाति हो । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन् । यही क्रममा लिम्बुहरु चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरु थाइलैण्ड, भियतनाम हुँदै म्यानमारको उत्तरी भागमा बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ । म्यानमारको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरुसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरु आसामको कमरुप हुँदै आजको किरात प्रदेशमा बसोबास गर्न थालेका हुन् । तथापि, यिनीहरु चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरु हुन् । उनीहरु मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजिकको सम्बन्ध छैन । इण्डो-मंगोलोइड नश्लका किरातीहरुको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए । किरातीहरुले पश्चिममा काठमाण्डौ उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरु सञ्चालन गरेका थिए । विशेषतः पूर्वी पहाडी इलाकाहरु तामाकोशी, अरुणकोशी, तमोर उपत्यकाहरुमा भस्मे फाँडी मलिलो जग्गाहरुमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरु घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए । काठमाण्डौको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए । यही समयमा काठमाण्डौ उपत्यकामा खसहरु गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे । उपत्यका भित्र किराती गोत्रका भोट बर्मेली भाषा बोल्नेहरु र खसहरुबीच सामाजिक सम्बन्ध सुमधुर थियो । खसहरु (गोपालवंशी पनि भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए । यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरु घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो ।

यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले काठमाण्डौ उपत्यकामा शासन गरेका थिए । बौद्ध दर्शनबाट किराती राजाहरु प्रभावित भएका थिए । सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरु बनाएको भनिन्छ । किरात वंशलाई लिच्छवीहरुले धपाएपछि पूर्वतिर लागेका हुन् । यसरी पूर्व लाग्नेहरु राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन् । त्यसताका काठमाण्डौ एउटै किरात प्रदेश थियो । वल्लो किरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ । किराती शब्द समूहवाचक वा राजकीय हो भने विभिन्न मूल्य, मान्यता, भौगोलिक, सांस्कृतिक स्थिति, भाषिकरुपले गर्दा खम्बु, लिम्बु, याक्खा, सुनुवार, जिरेल, सुरेल, मेचे, कोचे र धिमालको रुपमा विभाजित भएका हुन् । तर, धेरै सामाजिक मूल्य, मान्यतामा सामिप्यता रहेको छ । यसरी, अरुण नदी पूर्व रहेका किरातीहरुमध्ये लिम्बु जातिहरुमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संरचना रहन गएको हो । उनीहरुमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै आपुंगी राजनीतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो । जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशाली रुपमा रहेको थियो । विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरुलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ । तमर खोला, माइ खोला, मेवा खोला, याङरुप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथर जस्ता थुमहरुले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरुमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणाली अनुरुप सञ्चालन भएको पाइन्छ ।

लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक, आर्थिक, राजनीतिक अवस्था कमजोर हुन पुग्यो । भनिन्छ, भोटबाट आउने लामाहरुले किराती पुरुषहरुलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरुले आफ्ना पुरुषहरुलाई लुकाएर बचाएका हुन् । लामाहरुको भेषमा डमरु र घण्टी बजाउँदै घरघर चहारेको भन्ने मत रहेको छ । त्यस्तै, सिक्किमका लाप्चाहरुले पनि धेरैपटक आक्रमण गरेको पाइन्छ । तथापि, समय समयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरु भएका थिए । त्यसताका वस्तु विनिमय प्रणाली थियो । लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरु हुन्थे ।

लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक थियो । मुन्धुम मुख्य स्रोत वा अलिखित कानून सरह थियो । यसलाई येत्हाङहरुले समय समयमा परिभाषित गरेको अनुमान छ । येत्हाङहरु को थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरु हुन् । सामाजिक व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय, प्राकृतिक श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम निर्माण गर्ने कार्य तुम्याहाङहरुको निर्णयमा आधारित हुन्थ्यो । यदि एक जना तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो ।

इशाको एघारौं शताब्दीमा लिच्छवी राज्य टुक्रेर धेरै राज्यहरु बन्न थाले । चौधौं शताब्दीमा मल्लहरुले काठमाण्डौ कब्जा गरे । यहीबेला मल्ल राजा जयस्थिति मल्लले हिन्दु दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातमा विभाजन गरे । चौधौं शताब्दीमा भारतमा ईश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरु नेपालको पश्चिम कर्णाली इलाकाहरुमा खसहरुसँग शरण लिई लुक्न थाले । त्यस्तै, द्रव्य शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाण्डौ उपत्यकाको शासक भए पश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरुको समेत महाराजा हुने चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी, विजयपुर हात पारेपछि लिम्बुवान पनि हात पारे । कतिपय थुमहरुले सम्झौता गरे भने कयौंपटक लिम्बुवानसँग हार खानु पर्यो । यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको थियो ।

लिम्बुवानका सेनापति काङसोरे थिए भने गोरखातर्फा रघुवीर राणा थिए । रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए । अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरु बिनाहतियार उपस्थित भए । तर, तत्कालै गोरखा सेनाहरुले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो । र, पुनः भीषण युद्ध भयो । यसरी, विभिन्न कारणवश वि.सं. १७७४ मा लिम्बुवान नेपालमा गाभियो । त्यसताका हिन्दुकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणाली अन्तर्गत सम्झौता भएको थियो । जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो । उनीहरुले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो । न्यूनरुपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो । तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरु चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरुवात भयो । विभिन्न प्रलोभनहरु देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो । जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरुले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरुवात भयो ।

यसरी धेरै लिम्बुहरु सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए । लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो । त्यहीबेला पाचथरका ५२ सुब्बाहरु योङहाङ सुब्बाको नेतृत्वमा काठमाण्डौ आई राजा रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे । रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शंख, नरसिंगा मौलो थापी दशैको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए । यो पहिलो पटकको सांस्कृतिक अतिक्रमण थियो । दशैको कर पनि असुल्न थालियो । मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो । वि.सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमान जनकरुपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानुन ल्याइए पश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरीन थालियो । छथर थुमका आठ पहरिया राईहरुले दशै नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा मारिए । २००७ सालमा जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङ र रामप्रसाद राई जस्ता जनसेनानीहरुले क्रान्तिको अगुवाई गरेका थिए । तर, उनीहरुलाई केवल सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो । राणा शासनकालमा भाषा, धर्म, साहित्य, संस्कृतिको जगेर्ना र विकासको सवाल गम्भीर अपराध सरह थियो । तथापि, दोस्रो विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरु भएका छन् । इमानसिं चेम्जोङद्वारा गरिएको इतिहास, भाषा, साहित्य प्रतिको योगदान, लिम्बुवान सुधार संघ, फाल्गुनन्दद्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको भाषा प्रचार प्रसार र सम्बर्दन सम्बन्धी योगदान लिम्बु जातिको पहिचान र अस्तित्वसँग जोडिएको छ ।
लिम्बूवानको सीमा सम्बन्धी अवधारणा

१) लिम्वुवानको पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला अरुण नदी हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको नेपालको ९ जिल्लाहरु १) ताप्लेजुङ २) पाचथर ३) ईलाम ४) झापा ५) संखुवासभा ६) तेह्रथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ यी क्षेत्र ऐतिहासिक आधारमा लिम्वुवान भएकोले लिम्वुवान स्वायत्त राज्य हुंदा उक्त उल्लेखित क्षेत्र लिम्वुवान राज्य हो।
लिम्बूवान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल

लिम्बुवानलाई विगतका एकात्मक सामन्ती सत्ताले जकड्नु अघि लिम्बुवान संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अग्रसर थियो । सातौं शताब्दीमै फेदापका आठ राजा र शानमोकवानी याक्थुङहरु बीचमा भएको क्रान्तिपछिको दश लिम्बुवानको थितिलाई प्रमाणको रुपमा लिन सकिन्छ । तर्सथ, अबको लिम्बुवान पनि एक्काइसौं शताब्दी अनुरुपको संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नै भएको बलियो प्रमाण हो ।

नेपालमा रहेका लिम्बुवान र लिम्बुवान जस्ता दर्जनौं प्रदेशहरुका लागि लोकतान्त्रिक गणतन्त्र वा गणतन्त्र मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था हुनुपर्दछ । लोकतन्त्र सहितको गणतन्त्र र संघात्मक शासन व्यवस्था भएको लोकतान्त्रिक गणतन्त्रले लिम्बुवान र लिम्बुवानजस्ता प्रदेशको उज्वल भविष्य सुनिश्चित गर्दछ । त्यसैले, सम्पूर्ण लिम्बु तथा लिम्बुवानवासीहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान जातीय स्वायत्तताको प्राप्तिको लागि अग्रसर भएका छन । यसप्रकार राष्ट्रिय एकता र नेपाली राष्ट्रको गरिमालाइ कायम राख्दै संघीय शासनप्रणालीमा लिम्बूवान प्रान्त सम्बन्धी अवधारणाको तर्कलाइ पेश गरिएको छ र लिम्बूवान नेपालको एक स्वायत्त प्रान्तको रूपमा रहन सक्छ भन्नेमा कुनै दुइमत छैन यधपी शिक्षा, स्वास्थ्य, पर्यटन, विकासका अवधारणाहरूलाइ यहाँ प्रस्तुत गर्न सम्भव नभएकोले ब्लगमा विस्तृत छलफल गर्नका लागि स्वागत छ ।

सन्दर्भः विभिन्न लेखहरू (डिवी आङवुङ, नवीन वनेम) mythohacker@yahoo.com

Wednesday, August 22, 2012

राखी त्यौहारसंग मगरको गोरु बेचेको साईनो !



                 Profile Pictureदिपेन योङहाङ लिम्बु
                                                                                 
 kumar Tumbapo
केहि समययता मगर समुदायबीच तिनका भाषा, धर्म, सँस्कृति, चालचलन र राजनीति सम्बन्धमा अमेरिकाबाट मल्टिमीडीया बहस र अन्र्तक्रिया चलाँउदै आउनुभएका मगर बुद्धिजिवी विके राना ज्यूले आफ्नी बहिनीले यूकेबाट पठाएको ‘राखी’ बारे एउटा टुक्रा लेखेर त्यसको महिमागान वेवसंजालमा छर्नुभएकोछ । पाल्पा स्थित

बलढेंगडी (बल्ढ्याङगडी) का मगर ? राजा वलिहाङ ( जसलाई हिन्दुधर्मका आराध्य विष्णुको प्रशस्तिगान गाउन लेखिएको उपन्यास विष्णु पुराणमा बलि ( बलिहाङ) राजा जसलाई विष्णुले पातालमा धसाईदिएको सन्दर्भ दिएर विष्णुको पुरुषार्थ देखाईएकोछ । ) संग सम्बन्ध जोड्न खोज्नु भएकोछ । तर बलिहाङ र ‘राखी त्यौहार’ बीच के कस्तो सम्बन्ध थियो र छ भन्ने कुरा वहाँको त्यो टिपोटमा कतै खुल्दैन । बरु वहाँले तत्कालिन भारतद्धिपको असान्दर्भिक राजचरित ल्याएर राखीको महत्ता दर्शाउन खोज्नुभएकोछ ।

सन १५५३ मा चितौरगढ ( केहि बुद्धिजिवीहरु चितौरगढका राणाहरुसंग नेपालको राणाको सम्बन्ध खुट्याउन खोज्छन् । पछिल्लो समय विकेज्यूहरु ती राणा शासकहरुमा मगरका राना थरको बंशावली पहिल्याउन लाग्नुभएको हो कि जस्तो लाग्छ ।) की विधवा रानी कर्णावतीले मुगल बादशाह ह्युमायुलाई राखी पठाएर मद्दत मागेको बेतुके प्रसंग जोड्नुभएकोछ । बेतुके यसर्थ कि कुनै पर्वलाई कुनै जातिसंग साईनो रहेको देखाउन खोजिएपछि त्यसको पुष्ट्याई गर्न जरुरीछ । नसके केहि तथ्यको काँधमा चढी तर्क गर्न सकिन्छ । किनकी जातीय प्रश्न उठ्नासाथ त्यसले समग्र समाजको कथा र ऐतिहासिकताको सम्बन्धमाथि विमर्श शुरु गर्दछ । यहाँ प्रश्न चितौरगढको रानी र मुगल बादशाहको दाज्यू–बहिनीको ममतामयी बीरगाथामाथि प्रश्न उठाउन खोजिएको होइन । प्रश्न तत्कालिन युद्धगाथा र राखीबीचको सम्बन्ध मगर समुदायमा कहाँनेर आएर फिट हुन्छ भन्ने पहिल्याउन खोजिएको मात्र हो ।
विके ज्यूले टिपोटमा राखी त्यौहारलाई जर्वदस्ती मगरको साँस्कृतिक पर्व हो भनि बौद्धिक मुढेतर्क राखेको जस्तो देखिन्छ । त्यसपछि स्वाभाविक रुपमा यस्तो प्रश्न उठेकोहो । भारतको हिन्दीभाषी हिन्दुहरुको ठुलो त्यौहार राखी पर्व नेपालमा भित्रिएको धेरै भएकोछैन । वलिउडी फिल्म र बिना सेन्सर बेडरुममा छिर्ने टिभी सोपेराहरु जसको मुख्य ध्येय महिलाहरु मार्फत ब्यापारसंगै हिन्दुधर्म, राष्ट्रवाद, भाषा, संस्कृति र सँस्कारको प्रवद्र्धन गर्ने रहेकोछ, राखी जस्ता पर्वका बारेमा देखाईने काल्पनिक कथावाचनको प्रभावबाट हाम्रा दिदिबहनीहरुले त्यस्ता पर्व कपी गरेकाहुन् । विके ज्यूको बहिनी अनिताले पनि त्यहि फेशनलाई सगर्व आत्मसात गरेकिहुन् । कुनै पनि मगर समुदायमा राखी बाँधेर भाई र बहिनीको अपार प्रेम सम्बन्धको दिर्घायुको कामना गरिएकोछैन । त्यसका निम्ति मगर लेखकहरुले आफ्नो दावी गरेको बलि राजासंग सम्बन्धित भैलोको अवसर नै कुरिन्छ । त्यस दिन भाईटिका लगाईन्छ । तिनका दिर्घायुको कामना गरिन्छ । यो झर्रा नेपालीपर्व हो । तर त्यो भाईटिकाको कथापुराण पनि यमराजसंग जोडिएको हुनाले त्यसको विश्वस्नियता पनि धुमिल पारिएकोछ । बरु विकेज्यूहरुले त्यसमा आफ्नो दिमाग खर्चेर त्यसको ऐतिहासिकता पहिल्याउने प्रयास गरे समाजलाई राम्रो योगदान हुनेथियो । विकेज्यूले उल्लेख गर्न खोज्नुभएको बलि राजा त्यहि भैलोसंग ( हाल देउसी, तिहार, भाइटिका ) सम्बन्धित हुन सक्छन् । त्यसबारेमा एउटा कथा मगर समुदायमा दन्त्यकथाको रुपमा अद्यापि गाँउघरतिर सुनिने कुरा मगर इतिहासकारहरुले उल्लेख गरेकाछन् । तर त्यो साउनमा पर्ने राखी त्यौहारको महिमागान नभई कार्तिकतिर पर्ने भाइटिकाको हो, जसको आफ्नै सौन्दर्य छ । ऐतिहासिकता छ । एउटा के तर्क गर्न सकिन्छ भने यदि साच्चिकै बलि राजा मगर हुन् र तिनले राखी चलाएकाहुन् भने मगर समुदायमा किन छैन राखीको प्रचलन ? किन भाईटीका मार्फत दिदी बहिनीले दाजु भाईको दिर्घायुको कामना गर्छन् ? वहाँहरुले यस्ता प्रश्नको जवाफ खोज्नुपर्यो ।
विकेज्यूले चितौरगढका शासकसंग ( राणा या राना ?) नाता पहिल्याउन खोज्दा भावुकतावश यथार्थको बांगोटिंगो प्रस्तुति हुन गएको पनि हुनसक्छ वा आफ्नो वंशलाई माथि उकास्न ( केहि मगरहरु आफुलाई क्षेत्री कहलाउन गर्व गर्ने इतिहास खोज्न धेरै पछाडि फर्कनु पर्देन । तिनले जनै समेत लगाएका उदाहरण छन् । सत्तासंग नजिक रहन र त्यसको स्वाद चाख्न यस्तो गरिनुलाई समाजशास्त्री र मानवशास्त्रीहरु अन्यथा ठान्दैनन् । नेपालमा यस्ता जात परिवर्तनका विचलित ‘रामकहानी’ मगर समुदायमा थुप्रा छन् । त्यसैले पनि होला केहि मानवशास्त्रीहरु जाति स्थिर हुदैंन चलायमान हुन्छ भनि तर्क गर्छन । ) केहि तथ्यलाई ट्विस्ट गरिएको पनि हुनसक्छ । नियतबश वा अन्जानवश । तर मगर समाज र इतिहासका निम्ति दुबै घातक छन् ।
बरु नेपाली हिन्दुहरु ( त्यसमा पनि बाहुन क्षेत्री ) ले जनै फेर्ने दिन रक्षाबन्धन ( भारतीय हिन्दु पर्व ) लाई जनैपुर्णिमा भनेर नेपाली पात्रो र कानुनले समेत चिन्दछ । त्यसलाई त्यसरी नै बुझ्नु उपर्युक्त हुनेछ । रक्षाबन्धन र जनैपुर्णिमाबीचको सम्बन्ध कसरी भो र के अन्तरसम्बन्ध छ बरु त्यतातिर घोत्लिने हो कि ? त्यसो गर्दा नेपाली जातीय समुदाय र भारतीय समुदायबीचको बंशानुगत सम्बन्धको केहि तथ्य उजागर हुन्छ कि ? अर्काे एउटा तथ्य विके ज्यूलाई स्मरण गराउन चाहन्छु । मगरले कम्मरमा कन्ननी ( सुताको एक खालको जनै ) बाँध्ने प्रचलन पश्चिमा मगरहरुमा छ । तर त्यो सुता यहि राखी या जनैपुर्णिमाकै दिन किन फेरिदैन ? किन बाँधिन्छ ? त्यो भने सोधको विषय हुनसक्छ । किनकी कन्ननीको प्रचलन २० बर्ष यता लगभग हराउदै गैरहेकोछ । बरु त्यसको ऐतिहासिक तथ्य खोतल्दा केहि रहस्य उद्घाटित हुने पो थियो कि ?

ऐतिहासिक कालखण्डमा मगरहरु समुदायगत रुपमा हिन्दु थिए भन्ने प्रमाण खुल्दैन । बरु प्राकृत र बौद्ध अनुयायीहरु देखिन्छन् । कालान्तरमा मगरहरु सत्ताका कारण हिन्दुकृत भएकाहुन् । केहि सिमित ब्यक्ति र परिवार आफ्नो सत्तासम्बन्ध सुदृढ गर्न र त्यसको रस्वादन गर्न । धेरै सत्ताको नीतिगत डण्डाको कारण त्यसरी हिन्दुकरण भएकाछन् । कन्ननी फालेर काशी गएर जनै बाँध्ने पृथ्विनारायण शाह र क्षेत्री उपाधि थाप्ने जंगबहादुर राणाहरु सत्ताका लागि जातच्यूत ( उनीहरु पदोन्नति ठान्छन् ) भए भने तिनले काब्यकुन्ज बाहुन तथा श्री ६ देखि श्री १००० सम्मको सल्लाहमा बनाएका निति नियमहरुको जालोमा परि बहुसंख्यक मगरहरु कालान्तरमा हिन्दु बनाइएकाहुन् । त्यसैले धेरै पछाडि लेखिएका हिन्दु आराध्यहरुको स्तुतिगानमा यो महाद्धिपमा उहिल्यै देखि बसोबास गर्दे आइरहेको मगर जातिको समग्रता ( केहि हदमा यथार्थपूर्ण इतिहास ) भेट्न सकिदैन । त्यसका निम्ति हाम्रो समुदायमा चलेका श्रुति, कथा, भाषा, संस्कार र संस्कृतिभित्र घोत्लिनु जरुरी छ । केहि हिन्दु इतिहासकारहरुले नेपालमा त्यसरी लेखिएका स्तुतिगानमा मगर जाति हिन्दु थिए भनि पुष्ट्याई गर्न खोजेकाछन् । त्यो उनीहरुको स्वार्थ र बाध्यता दुबै हो । विके राना ज्यूको राखी सन्दर्भ पनि उनीहरुसंग कताकति मिलेको भान हुन्छ । तर मगर लेखकले स्वंय यस्तो सिद्धान्त स्थापित किन गराउनु पर्यो भन्ने कुरा भने सोचनिय छ ।
जातीयचेत र राजनीतिक चेतना नहुने मानवप्राणीहरुले पछिल्लो समय भैरहेको भु–उपग्रह र साईबर हस्तक्षेपबारे बुझ्न नसक्नु स्वाभाविक हो । तर बौद्धिकहरुले यस्तो महत्वपूर्ण परिवर्तनलाई उपेक्षा गर्नुहुदैंन । भु–उपग्रहमार्फ हाम्रो शयनकक्षमा बेरोकटोक छिर्ने भारतीय सिरियलहरुले हामीलाई यस्तो परिवार दिइरहेकोछ, जसको सोंचाई, लवाई, खवाई र मानसिकता सबै हिन्दुधर्म वर्णित पुराण अनुरुपको छ । अर्थात महिला पीडक मानसिकताको छ । विशांल नयंन सुन्दर भवति......छातीमा रौं भएका पुरुषहरु मर्द हुन् ......अग्ला पुरुषमा शक्ति हुन्छ......लिंग लामो पुरुषले मात्र चरमोकत्कर्षमा पुर्याउन सक्छ... आदि इत्यादि मान्यतालाई स्थापित गराउन रचिएका साहित्य र बनाइएको श्रब्यदृष्यहरु माथि हाम्रा बुद्धिवाजहरु धेरै घोत्लिएका छैनन् । यस्ता फेहरिस्ट टन्न छन् । यी माथिका सबै कुरा झुठको बुनियादमा खडा छन् र ति सबै अबैज्ञानिक छन् भनि प्रमाणित गर्न सकिन्छ । तर यस्तो गलत सम्प्रेणले हाम्रो समाजले कस्तो दुख र असर भोग्नुपरिरहेकोछ भन्ने कुरामाथि भने रत्तिभर विमर्श गरिदैन ।
यी सबै एउटा जाति, धर्म, सम्प्रदायको मनोबल उच्च बनाउन र तिनको रजगज चलाउन तत् समुदायका कलमबाजहरुले श्रृजना गरेकाहुन् भन्ने कुरा हाम्रा बुद्धिवाजहरुले छिटै बुझे समाजले चेतना छिटो प्राप्त गर्न सक्नेछ । यी प्रायशः जसो साहित्य राजनीतिक हुन् भन्ने कुरामा प्रष्ट हुन जरुरी छ । त्यसैले राखी जस्ता पर्वको साँस्कृतिक सम्प्रुभता फैलाउन रचिएका कथा, कहानी, श्रब्यदृष्यबाट हामी पनि कुनै न कुनै रुपबाट प्रभावित छौं । विश्वका जुनै कुनामा गएपनि हिन्दी सिरियलको मोहपासबाट मुक्त हुन नसकेका चेलीहरु विमुक्त होलान् भनि तत्काल कल्पना गर्न सकिदैन । राखी जस्ता मगर समुदायमा गोरु बेचेको साईनो नदेखिएको ( अहिलेसम्मलाई ) पर्वका बारेमा बहिनीको साँस्कृतिक फेशनबाट प्रभावित विके ज्यूको भावुकताले मगर समाजमा भ्रम छर्ने डर हुनाले यो स्मरण गराइएको हो । किनकी गम्भीर विषयमा ठट्टा विमर्श घातक हुनसक्दछ ।

लेखक एथ्निक भ्वाईस साप्ताहिकका प्रधानसम्पादक हुन्
जेवी पुन मगर ---
++++++++++++++++++++++++++++++++++++++

याक्थुङ साम्राज्य र याक्थुङ राजाहरु....



-पालुङवा,नेपाल कुश्शा

पृष्ठभूमि

लिम्वुहरुको मौलिक नाम याक्थुङवा हो । यो याक्थुङवा जातिहरु उत्पत्तिकालदेखिनै राजाहरु भएको पाईन्छ । यद्धपी त्यो वेला राज्यको विकास भएको थिएन । त्यसको सट्टामा समुह नेताको रुपमा समाज चलदथ्यो । त्यसैको विकसित रुप राज्य रहन गएको हो । मानव सृष्टी तागेरानिङवाफुमाङले मुनातेम्वे याक्थुङ लाजेमा गर्राईन पोरोक्मी यम्फामीमाङको माध्यमवाट । माङ भनेको देवता हो । त्यसपछि सावा येत्हाङको उत्पति भयो । हाङ भनेको राजा हो । यीनै सावा येत्हाङको सन्तानहरुनै याक्थुङ राजा या जनताले परिचित भएभने विश्वका याक्थुङ अनुहार या किरात या मंगोल जे भने पनि सवै यीनैका सन्तान हुन् । यहा प्रसंग याक्थुङ साम्राज्य र राजाहरुको विषय भएकोले त्यतापट्टी जाऔं ।

पश्चिममा अफ्रीका, पर्सिया मिश्रदेखि पर्ूव, वर्मा, भियतनाम, थाईल्याण्ड अर्थात पर्ूर्वी सागरको पश्चिम, तिव्वत, युनान, सिचुवान सहित दक्षिण र दक्षिण महासागर उत्तरको क्षेत्र याक्थुङ लाजे अर्थात याक्थुङ साम्राज्य थियो । कतिपय इतिहासकारले यसलाई किरात साम्राज्य भन्ने गर्दछन् । तर किरात नाम अगाडि यो याक्थुङ साम्राज्य थियो । याक्थुङवाहरुले अहिले पनि किरात साम्राज्य नभनी याक्थुङ लाजेनै भन्दछन् । किरात किन भनियो भन्दा यो आर्यहरुले राखेको नाम हो र याक्थुङहरु विभिन्न समुहहरु जस्तै र्राई, सुनुवार, लोहरुङ, याम्फु, याक्खा, धिमाल, चेपाङ, घले, मगर, गुरुङ, थकाली, नेवार, थारु, दनुवार आदिमा विभक्त भएर सामुहिक नाम किरात भन्दा समेटिनेहुदा त्यसो भएको हो । याक्थुङ भनेर हालको लिम्वु जातिले मात्र स्वीकारी ल्याई आएकोले गर्दा पनि किरात शव्दले मान्यता पाएको हो ।

यो क्षेत्रमा विभिन्न समयमा विभिन्न राजाहरु भए । यद्धपी याक्थुङ लिम्वुहरुको वंशावली अनुसार पुस्तानुक्रममा आएका राजाहरु यस प्रकार रहेको पाईएको छ । यो मेरो अध्ययनमा आएको लिस्टहरु हो । तथापी केही अन्य नामहरु पनि सुनिएको छ । तीनीहरुको अध्ययन अनुसन्धान गरेर वढी सत्यता वोकेको वंशावली प्रस्तुत गर्ने जमर्को आगामी दिनमा रहेको सवैमा अवगत गराउन चाहान्छु ।

१) येहाङ २) सोधुङगेन लेप्मुहाङ ३) सुहाङफेवा ४) याक्थुङहाङ-याक्थुङलाजेमा राज्य गर्नेहरु) ५) हो फुङ हान-याक्थुङहाङको धेरै पछि -अष्ट्रकहान भन्ने ठाउमा राज्य गर्नेहरु) ६) केत फु हान ७) उफु हान ८) वाङ फु हान ९) सेङ फु हान १०) पेङ सान हान ११) हेन थो हान १२) युङ फु हान १३) पौयुङ हान १४) लेङ फु हान १५) थाङ फु हान १६) ली स्याउ हान १७) सीव थो हान १८) फुङ चाउ १९) याउ कोङ हान २०) थीउ फु हान २१) मोङ हौ हान २२) ओ फु हान २३) थाकलुङहाङ -हानवाट हाङ भएको)२४) युङफु हाङ २५) फेकलुङहाङ २६) योङयोङ हाङ २७) सेनयक हाङ २८) लुङथोङ फुङ -कावुलमा राज्य गर्नेहरु) २९) फोङलुङहाङ ३०)लुङफोङ योङयाङ ३१) फोङथोङ हुङ हाङ ३२)तुङ कोङ हाङ ३३) पोङथोङकाङ हाङ ३४) हुङथुङ छुङहाङ ३५) लङथोङ फोङहाङ ३६) थुङफोङ छुङ हाङ ३७) छोङ फोङ थोङ हाङ ३८)तोङकोङ छुङ हाङ ३९) होङथोङ फोङ हाङ ४०) खन फाङ हाङ ४१) फङतोङलाङ ४२) चङथङकुङहाङ ४३) छोङ फुङ कुङ हाङ ४४) थुङहुङ फङ हाङ ४५) चङथङकुङ हाङ ४६) छोङ फुङ कुङ हाङ ४७) फुङथुङकुङ हाङ ४८) तुङहाङ सुङहाङ ४९) हुङकुङछुङ हाङ ५०) फङछोङथङहाङ ५१) छतफककत हाङ ५२) लमथकपकहाङ ५३) फकथककप हाङ ५४) पकथकहाङ ५५) थकपतहाङ ५६) सक्चतहाङ- कान्छा माङयुङ हाङ ५७) सिन्धुमा राज्य गर्नेहरु,कुङहाङ ५८) लाहाङ -अर्को भाई फेमहाङ ५९)नामहाङ ६०र्)र् इलाङहाङ ६१)छुङयोङहाङ ६२) छुङयोङतुङ हाङ ६३)थार्ङइहाङ ६४) छाङगाम हाङ ६५) योङतेङहाङ ६६)छुङथाङहाङ ६७)जसम्वरहाङ ६८) दत्तम्वरहाङ ६९) पथम्वरहाङ ७०) धत्तम्वर हाङ ७१) पलम्वर हाङ ७२) लसम्वरहाङ ७३)हभोम्वर हाङ ७४) चत्तुहाङ ७५) लायच्छावामा राज्य गर्नेहरु -एक्चङहाङ ७६) तुङपाक हाङ ७७)यक्पुङ हाङ ७८) छुङचुङ हाङ ७९) भयङ हाङ-कान्छा परजङ हाङ -सम्वर राजाको नामले प्रिख्यात भए । ८०) सुङयङ हाङ ८१) पोङछुङ हाङ ८२) तोङयङ हाङ ८३) थक्चुङ हाङ ८४) यङतुङ हाङ ८५) छर्ुर्ङइङ हाङ ८६)धोङचुङ हाङ ८७र्)र् इत्तुहाङ ८८) तुङयङ हाङ ८९)पेक्यङहाङ ९०) धुङयङहाङ ९१) फुङयङ हाङ ९२) थेतयङ हाङ ९३) वुत्तेफङ हाङ ९४) जम्हुहाङ ९५) वाघएन हाङ ९६) दाम्वोङ हाङ ९७) कचदम हाङ ९८) जातगुहाङ ९९) दाम्वर हाङ १००) एक्केन हाङ १०१) खगजुल हाङ १०२) पाक्छुहाङ १०३) हमदेन हाङ १०४) छक्एङ हाङ १०५) घाम्वुत हाङ १०६) जोङ हाङ १०७) दागएनहाङ १०८) उक्कम हाङ १०९)धचवम हाङ ११०)छतदेन हाङ १११)देमएत हाङ ११२)भाजङ हाङ ११३) भाजङहाङ ११४) गाम्देन हाङ ११५) एक्देन हाङ ११६) देनगुत हाङ ११७) जेक्दम हाङ ११८) जोत्तेन हाङ- भाई धान्देन ११९)धसजाम हाङ-कामाख्य आसाममा राज्य गरे)१२०) वाङचतहाङ १२१)गतवमहाङ चतनन्दहाङ १२२)हमदनहाङ १२३) झाङवम हाङ-छोरा माहिला राजा भए ।वांकी सवै यदुको जेठा छोराले मारेका थिए । ) १२४) हाङह्यहाङ १२५) समनन्दहाङ १२६) सेनककहाङ १२७) जेत्तेनहाङ १२८) हेम्देनहाङ १२९) लोदेनहाङ १३०) जम्वोहाङ १३१) एकाम्वरहार्ङर्-इम्फाईलमा राज्य गरे)१३२) थेलासुहाङ १३३) भुजुम्वुहाङ १३४) दम्वुहाङ १३५) उसुहाङ १३६) सेक्पोहाङ १३७) थकहाम्वोहाङ १३८) सेम्वरहाङ १३९) थेहाङवोहाङ १४०) दोवोरहाङ १४१) गासुम्वुहाङ १४२) हाजम्वोहाङ १४३) भोजुङहाङ १४४) वम्वसुहाङ १४५) नेमुकहाङ १४६) हाफुकुहाङ १४७) भेलादुहाङ १४८) लावन्सुहाङ १४९) थिसेकहाङ १५०) हलमहाङ-अपुताल भएर भाई जसमहाङ राजा भए)१५१) जसमहाङ १५२)उसुमहाङ १५३) एलीहाङ १५४)वरमहाङ १५५) लिवाङसुहाङ १५६)थकसुहाङ १५७)हुतुम्वुहाङ १५८)नेवेहाङ १५९) एकालाप्फेहाङ -एकलव्य पनि भनिन्छ)१६०)डिम्वापुहाङ-उनको नामवाट डिम्वापुर भयो) – कान्छा मनिपुहाङ-उनको नामवाट मनिपुर भयो) १६१) हिडम्वाहाङ १६२)जितर्ेइङहाङ १६३) सेच्र्छर्ेइङहाङ-पट्नाको राजा भए) -कान्छा नागावईङहाङ १६४) यलम्वरहाङ-नेपालका राजा भए)१६५) पालामहाङ १६६) मिलामहाङ १६७) चाङमीहाङ १६८)धास्कमहाङ १६९) हुमतीहाङ १७०) वालुमहाङ १७१) तुस्केहाङ १७२) हुरेमतीहाङ १७३) प्रेस्वुहाङ १७४) पवीहाङ १७५) दास्तीहाङ १७६) चाम्वेहाङ १७७) केकेहाङ १७८)सुनन्दाहाङ १७९) कुकोहाङ १८०) थावाहाङ १८१) उवाहाङ १८२) चाङवाहाङ १८३) मुरेहाङ १८४) जुलुमहाङ १८५) लुगेकहाङ १८६) थोरेहाङ १८७) थुङगोकहाङ १८८) वर्माहाङ १८९) गुन्जाहाङ १९०) पुस्काहाङ १९१) खल्मीहाङ १९२)मुगुपहाङ १९३) सांखाहाङ १९४) कुलोकहाङ १९५) खिम्वुहाङ १९६) सिजेहाङ १९७) खुरुञ्जीहाङ १९८) खिपुहाङ १९९) योक्नेहाङ-नेपाल खाल्डोमा लिच्छवीको उदय भएपछि वनेपाको राजा भए) २००) लिलिमहाङ -लिम्वु भए )-कान्छा खाम्सोसोहाङ-खम्वुर्राई भए) । लिलिमहाङले भाई खम्वुलाई सप्तकोशी पारीदेखि काठमाण्डौसम्मको भूभागको राजा वनाई सप्तकोशीदेखि टिस्टासम्को भूभागमा लिम्वुवानको राजा भए २०१) लिसुसुहाङ २०२)सुवाङहाङ २०३)लिवुकहाङ-अपुताल भए)-कान्छा मावोलोकहाङ राजा भए । यीनको पाला पछि लिम्वुवान दश थुममा विभक्त भयो ।२०४) साम्वाहाङ -उनी तम्वर थुम हुदै तिव्वतसम्मको राजा भए) २०६)सुवेनहाङ २०७) सुनुहाङ २०८) सिन्युकहाङ २०९) मुदेनहाङ २१०) लिवाङहाङ२११) सुवाङहाङ २१२) छेन्वोहाङ-कान्छावाट मुनाहाङ २१३) लासाहाङ २१४) उवाहाङ २१५) मावोहाङ

± माहिला पेलेहाङ, कान्छा साम्दुराहाङ-ताप्लेजुङ तमरखोला मित्लुङको राजा भए -मावोहाङको शेषपछि आपुङगी राजाहरु भए अर्थात थर पिच्छेका ठाउपिच्छेका राजा भए । ।२१६) आपुङगीहाङहरु-नाम्जाराहाङ २१७) पतालुङहाङ २१८) साम्दुराहाङ २१९) साम्दुनेहाङ २२०) जे.लाप्सोहाङ-फुरुम्वुहाङ) ताप्लेजुङ फुरुम्वुको राजा भए -का.कान्छा फेदेम्मीहाङ-पालुङवाहाङ) फुञ्चेवुङ हाङदेवाको राजा भए । २२१)कान्छा फेदेम्मीहाङवाट-जे.पेध्नुवाहाङ, कान्छा सार्म्इवाहाङ २२२)कान्छा सार्म्इवाहाङवाट- खरफेवा राय -राय राजाको शुरुवात भयो २२३) घरपछा राय २२४) गज राय २२५) जे.कोखामा राय, -कान्छा ताङशोभा राय २२६) साम्याङफुङ राय २२७) मिक्लोवा राय २२८) देशमुखे राय २२९) युम्मीवा राय, मा.सन्तीमा राय, का. युगेमा राय २३०) युम्मीवावाट युफत्ताहाङ राय-ताप्लेजुङ साउनेक्पा सिम्लेका राय राजा भए । यीनी गोर्खाका पृथ्वीनारायण शाहाका समकालिन थिए । २३१) भर्तमान सुव्वा, मा. धनुर्राई, का. महाश्वोर र्-भर्तमानको पालादेखि राय राजावाट सुव्वामा झरेर शासन गरे । २३२) धनदल सुव्वा २३३) पञ्चनसिं सुव्वा २३४) काली वहादुर सुव्वा २३५) सुव्वा प्रेम वहादुर पालुङवा, -प्रेम वहादुरको पालामा सुव्वा शासन पनि वि.सं.२०४६ सालमा समाप्त भएर साधारण रैतीमा झरे ।अव थर लेख्न थालियो । मा. चक्र प्रसाद पालुङवा सा. ज्ञान वहादुर पालुङवा का. हर्कजङ पालुङवा २३६) माहिलावाट जे. चन्द्र वहादुर पालुङवा मा. काजीमान पालुङवा का. दिल वहादुर पालुङवा, नेपाल कुश्श्ाा २३७) नेपाल कुश्शावाट जे. विदिप पालुङवा-नुवाहाङ) का. कुशुकहाङ पालुङवा……अन्य दाजुभाईमा २३८)…२३९)…२४०).. २४२)….सम्म भएको छ भने कतिपय लिम्वु वंशहरुमा पुस्ताक्रम केही वढी रहेको पाईएको छ ।

यसरी सरर्सर्ती हर्ेदा इतिहासमा धेरै उतार चढावहरु भएको पाईन्छ । सारा याक्थुङ साम्राज्य घुम्दै फिर्दै राज्य गर्दै वर्तमान समयमा याक्थुङ लिम्वुहरु लिम्वुवानमा वसोवास गरिरहेका छन् । पुस्ता नम्वर २१५ मावोहाङको पालादेखि आपुङगी राजा तथा राज्यको वोलवाला भएकोले सवै थरी लिम्वुहरु आआफ्नो क्षेत्रको राजा भएर राज्य गरि वसेका थिए । मुन्धुममा यो जाति लिम्वुवानमानै उत्पत्ति भएको विश्वास गर्दछ र हालसम्म पनि यही स्थानमा रहेकोले उनीहरु मूलवासी तथा आदिवासीको रुपमा चिनिन्छन् । सेवारो । नोट-यो लेख अनुसन्धानको लागि लेखिएकोले अहिलेलाई कपी नगर्न अनुरोध गर्दछु ।

· ·

Saturday, August 18, 2012

यो जातीय राज्य होईन


by Bhawani Baral on Saturday, 18 August 2012 at 23:04 ·
      जातिको राज्य र जातीय ऐतिहासिक पृष्ठभूमिमा आधारित राज्य भिन्न कुरा हो । जातिको आधारमा बन्ने राज्यहरु साम्प्रदायिक हुन्छ, तर, जातीय आधार भन्नाले त्यो निरपेक्ष जातिको आधार होइन । अझ जातीय ऐतिहासिक पृष्ठभूमिको आधार भनेको विल्कुलै अलग सन्दर्भ हो । जातीय ऐतिहासिक पृष्ठभूमि जातिको ऐतिहासिक पहिचानसंग अन्तरसम्बधित छ । तर, यसले आजको सामाजिक तथा सा“स्कृतिक सन्तुलनलाई पनि आत्मसाथ गर्छ । राज्यको पुनर्संरचनाको सवाल उठिरह“दा जातीय आधारलाई जातिको राज्य भनेर अनर्गल प्रचार भैरहेको छ । यसले नेपालको राज्य पुनर्संरचनाको सवाललाई अरु जटिल बनाएको छ । नेपालको राज्य पुनर्संरचनाको सवाल विविध कारणले उठेको हो । राज्य पनर्संरचनाको विषय आन्दोलनको प्रस्तावना पनि थियो । बाह्रब“ुदे समझ्दारीको प्रस्तावनामा ‘वर्गीय, जातीय, क्षेत्रीय, लिगिय समस्याको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्न अपरिहार्य आवश्यकता छ’, यस्तो पदावली प्रयोग भएको छ । यो समझ्दारी पछि भएका प्रायः सहमति र अन्तरिम संविधानमा समेत यहि भाषा प्रयोग भएको छ । यो पदावलीलाई राजनैतिक सन्दर्भमा अनुवाद गर्दा नेपालमा राज्य पुनर्संरचनाको विभिन्न आधारहरु भेटिन्छ । एउटै आधारले नेपालको सोलोडोलो राज्यको पुनर्संरचना गर्न सकिन्न । जातीय, क्षेत्रीय, भाषिक सबै आधारबाट राज्यको पुनर्संरचना गरेमात्र राज्य पुनर्संरचनाले पूर्णता पाउनेछ ।


यसर्थ जातीय आधारमा प्रस्तावित राज्यलाई साम्प्रदायिक राज्यको रुपमा बुझियो भने अनर्थ हुन्छ । नेपालमा यतिखेर जातीय आधारमा प्रस्ताव गरिएका प्रदेशहरुप्रति यस्तै नकारात्मक टीप्पणी छ्यासछ्यास्ती सुन्न, पढ्न पाईन्छ । एक वाक्यमा लिम्बुवान, खम्बुवान, थरुहट, तमुवान लगायतका प्रस्तावित राज्यहरु साम्प्रदायिक हदको भनेको भरमा मात्र हुन्न । यो एक प्रकारको अर्को जाति विरुद्धको अन्धजातिवादी धङ्धङ्ी हो । नेपालमा लामो समयसम्म एक जातिवादी शासन र संस्कृतिको हालीमुहालीले बानीपारेकोे यो व्यहोरा हो । जाति र जातीय समान अर्थबा्ेध गराउने पद होइन । कुनै जाति विशेषको नाम र तदनुरुपको निश्चित जातिको एकाधिकार रहने विशेषता भएमात्र त्यस्तो प्रदेश सम्बन्धित जातिको मात्र हुनेछ । उदाहरणको लागि लिम्बुवान नभनेर लिम्बू प्रदेश गठन गरियो र तदनुरुप लिम्बू जातिको मात्र झुण्ड या बाहुल्य भएको भूभाग र बर्चस्व हुने गरि राजकीय रुपरेखा तयार गरियो भने वास्तवमै त्यो लिम्बू जातिको साम्प्रदायिक राज्य हुनेछ । राज्य पुनर्संरचना तथा राज्य शक्तिको बा“डफा“ड समिति र हालै राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको बहुमतको प्रतिवेदनले यस्तै हर्कत गर्न पुगेको छ । यसकारण यिनले प्रस्तुत गरेको प्रतिवेदनहरु कसैले आत्मसाथ गरेनन् । यसरीनै बाहुन प्रदेश, राई प्रदेश या क्षेत्री प्रदेश बनाइयो र ति प्रदेशहरुमा रहने अन्य जातिको हैसियत दुई नम्बरको नागरिक सरह भयो भने त्यो जातिको साम्प्रदायिक राज्यमा पतन हुनेछ । आजको दुनियामा त्यो सम्भव पनि छैन । अहिले राज्य पुनर्संरचनामा देखिएको बबण्डर यहि हो । तर, कुनै जाति वा कुनै समुदाय विशेषले उसको ऐतिहासिक निरन्तरता भएको भूगोलमा पहिचान स्थापित गर्न खोज्दा अन्यथा लिनु पनि हुन्न र त्यो बोलचालको भाषामा जातीय साम्प्रदायिक राज्य होइन ।

अलिकति प्रगतिवादी सोच राख्ने हो भने लिम्बू जातिले लिम्बुवान प्रस्ताव गरेर पहिचान खोज्नु अनौठो विषय मान्नु पर्दैन । अझ लिम्बुवानको सवाल त अलग्गै विषय हो । यसकारण पनि लिम्बुवानको माग निरन्तर छ । नेपालमा गाभिएर आएदेखि नै लिम्बुवानको सवाल उठेकै हो । माओवादी विद्रोहताका वा दोस्रो जनान्दोलन पछाडिमात्र लिम्बुवानको माग आएको होइन । लिम्बुवान स्थापनार्थ थुप्रै शसस्त्र, निशस्त्र आन्दोलनले माग गरेको विषय हो । लिम्बुवान राजनैतिक आन्दोलनले अनुमोदन गरेको विषय हो । पहिलो जनक्रान्तिमा लिम्बुवानले सरकार गठन गरेर अभ्यास पनि गरेको थियो । लिम्बुवानलाई स्वशासन दिने कबोल गरेपछि मात्र लिम्बुवानमा सातसाले क्रान्तिले सफलता पायो । लिम्बुवानको स्वायत्तता तत्कालीन शासकहरुले नखोसेको भए सम्भवतः अंग्रेजले टिष्टासम्मको भूभाग सुगौली सन्धिमार्फत हडप्न पनि पाउ“दैनथे । तत्कालीन शासकहरुले लिम्बुवानको अधिकार खोसेकोले उनीहरुले देशको रक्षा गर्ने जा“गर देखाएनन । जनतालाई अधिकारसम्पन्न नगराउ“दाको यो तितो अनुभव पनि हो ।

वि.सं. १८३१ साउन २२ गतेसम्म लिम्बुवान स्वतन्त्र र अलग राष्ट्रको रुपमा थियो । गोर्खा राज्य विस्तार अन्तरगत पृथ्वीनारायण शाहको गोर्खाली फौजले १७ पटक आक्रमण गर्दासम्म विजय हासिल गर्न नसकेपछि लिम्बुवानका तत्कालीन राज्य प्रमुखहरुसंग सहअस्तित्वको आधारमा एकै राज्यमा रहने निर्णय भयो । नेपालका अन्य राज्य झैं यो गोर्खाबाट विजित राज्य नै होइन । तत्कालीन नेपालको सहराज्य अन्तरगत नेपालमा समावेश गराइएको हो । पृथ्वीनारायण शाह र तत्कालीन लिम्बुवानका राज्य प्रमुखहरुले संयुक्त करार गर्दै लिम्बुवानलाई नेपालमा मिलाईएको हो । यसलाई बोलचालको भाषामा ‘नुन पानी’ सन्धि पनि भनिन्छ । नुन र पानी मिसाउ“दा राम्रैसंग अन्तरघुलन हुने भएकोले यस्तो नाम दिएको हुन सक्छ । यसअर्थमा लिम्बुवानको सवाल अन्य राज्यको स्थापनाको समअर्थी होईन । यो नेपालको एकीकरणको सवालमा छुटेको मुद्धा हो । यो केवल एकात्मक, एक जातीय तथा सा“स्कृतिक राज्य व्यवस्थाले थोपरेको उत्पीडनको आधारमा उत्सर्जन भएको विषयमात्र होईन । अंंशमा विगतको एकात्मक राज्य व्यवस्थाले गरेको उत्पीडनको व्यथा पनि हो । तर, समग्रमा माथि उल्लेखित विषय हो ।
यसमानेमा लिम्बुवानको सवाल विशिष्ठ हो । नेपालको यो स्वरुप बनाउ“दा लिम्बुवानसंग भएका कतिपय सन्धिसपर्नको व्यवहारिक कार्यान्वयन अहिलेसम्म काचै कचिलै छ । त्यसलै केहि वर्ष अगाडि तत्कालीन गोर्खालेण्ड आन्दोलनका नेता सुवास घिसिङले मेचीपूर्व टिष्टासम्मको भूभागलाई सुगौली सन्धि र नेपाल भारतबीच सम्पन्न शान्ति तथा मैत्री सन्धिको हवाला दिएर यो भूखण्डको स्वमित्वको प्रश्न उठाएका थिए । उनले यसै आधारमा ‘ग्रेटर गोर्खालेण्ड’को अवधारणा सार्दै आएका थिए । भलै अहिले घिसिङको पतन भैसकेको छ । तर, घिसिङले उठाएको यो विषय सेलाई सकेको छैन । कुनैपनि बेला यो विषय उठ्न सक्छ । ठूलो र शक्तिशाली छिमेकीले यो विषयलाई पुठ दियो भने यो क्षेत्र अर्को कस्मिर हुन बेर लाग्दैन । भारत स्वतन्त्र हु“दा र पाकिस्तानको विभाजन पछि कस्मिरको एक तिहाई भूमि पाकिस्तानमा  छ । दुई तिहाई जमिन भारतमा छ । तर, भारत पाकिस्तान दुवैले कस्मिरको दावी छोडेका छैनन् । कस्मिरका जनता पनि जवरजस्त विभाजन गरिएको छ । भलै सैनिक ताकतले यो विभाजन यतिका वर्षसम्म यथास्थितिमा छ । तर, यस्तो विभाजन सदासर्वदा रहन्छ भन्ने केहि छैन । वर्लिनको पर्खाल निशस्त्र जनताले भत्काएको उदाहरण यहा“ उल्लेख गर्र्नु मुनासिव हुन्छ । लिम्बुवानको सवाल पनि थोरबहुत कस्मिरको विभाजन सरह छ । तत्कालीन लिम्बुवानको एक तिहाई बढी भूभाग अहिले पनि भारत शासित पश्चिम बंगाल र सिक्किममा पर्छ । कस्मिरको झैं बाछिटा यहा“ पनि पर्न सक्ने सम्भावना जिवितै छ । गोर्खालेण्ड आन्दोलन चलिरहेकै बेला दार्जिलिंङ र त्यस वरपर ‘मेची पारी लिम्बुवान, मेची वारी गोर्खालेण्ड’ लेखिएको आकाशे बोर्डहरु टांगिएका थिए । अहिले पनि छन् । यो नाराले अघि घिसिङले अगाडि सारेको ग्रेटर गोर्खालेण्डको प्रतिनिधित्वको संकेत गर्छ । पूर्व र दक्षिणमा पुरै भारतसंग र उत्तरमा तिब्बतसंग सीमा जोडिएको यो संवेदनशिल क्षेत्रलाई जातीय आधारमा मात्र प्रस्ताव गरिएको राज्यको रुपमा बुझ्नु त्यो रुप पक्षको बुझाई हो । सार पक्षको बुझाई होईन । रणनैतिक हिसाबले पनि लिम्बुवानको अपरिहार्यता यो कारणले हुन आउ“छ । अन्यथा अरु बिकल्प पनि खुल्ला हुनेछन् ।
रहलपहल:
लिम्बूजन्य संगठनले अरुणपूर्वको भूभाग दावी गर्नुको पछाडि पनि अर्थ छ । लिम्बूजन्य संगठनले लिम्बू जातिको एकाधिकार हुने राज्य स्थापित गर्न चाहेको भए अरुणपूर्वका ९ जिल्लाको माग गर्ने नै थिएनन् । अरुणपूर्वमा लिम्बूको जनसंख्या करिव दस प्रतिशतको हाराहारीमा मात्र छ । यस्तो परिदृश्यमा लिम्बू जातिको बर्चश्व हुने प्रश्न नै आउ“दैन । केवल उनीहरुले ऐतिहासिक थातथलोमा पहिचान स्थापित गर्ने एकमात्र उद्धेश्य राखेको देखिन्छ । यसरी यो जातीय ऐतिहासिक पृष्ठभूमिमा बन्ने क्षेत्रगत भौगोलिक राज्यनै हुनेछ । लिम्बू जातिको राष्ट्रियता स्थापित गर्ने यो मेलोमेसो हो । प्रायः लिम्बूजन्य संगठनको लिम्बुवानको राजनैतिक प्रशासनिक रुपरेखामा पनि जाति निरपेक्ष साम्प्रदायिक राज्यको कुहिगन्ध आउ‘दैन । केवल लिम्बू जातिको पहिचान, पह‘ुच र सहभागिता अनिवार्य गर्न खोजिएको छ । यो त न्यायपूर्ण प्रस्ताव नै हो । लिम्बुवानको माग लिम्बू जातिको मुक्तिको प्रश्न पहिलो सर्तको रुपमा र लिम्बुवानवासीको मुक्तिको प्रश्न दोस्रो सर्तको रुपमा आउनु पर्छ । लिम्बुवानको माग लिम्बुवानको पुनस्थापना पनि हो । तर, करिव दुई सय वर्ष अगाडिको लिम्बुवानको प्रतिलिपि पुनस्र्थापना अब सम्भव छैन । हिजोको सामाजिक, सांस्कृतिक सन्तुलन भंङ्ग भैसकेको छ । अतः आधुनिक लिम्बुवान स्थापना गर्न आज यिनै विषयलाई ख्याल गर्न जरुरी छ । लिम्बुवानमा आत्मनिर्णयको अधिकार इकाइमा हुनुपर्छ । लिम्बूलगायत यो भूखण्डमा मात्र थातथलो खुलेकाहरुलाई विशेष स्वायत्त क्षेत्रमार्फत र थातथलो नखुलेका वा अन्यत्र खुलेकाहरुको स्वशासित ईलाका बनाएर एकीकृत गर्नुपर्छ । लिम्बुवान बनाए पनि त्यो नेपाल अन्तरगतकै राज्य हो भन्ने सन्देश दिनुपर्छ । राज्यहरु अन्तरिम नै हुन्छन । राजनैतिक अभ्यासबाट परिमार्जित हुन्छन । पहिलो पल्ट ऐतिहासिक प्रमाणका आधारमा सिमाङ्ंकन गर्नुपर्छ नत्र अनन्त झगडाको विउ हुनेछ । यसर्थ यिनै आधारबाट बन्ने प्रस्तावित लिम्बुवान लिम्बू जातिको मात्र राज्य होईन । सबैलाई ज्ञात होस यो जातीय राज्य होइन । यो नेपालको राष्ट्रिय राज्य हो ।

Thursday, August 16, 2012

मुन्धुम र भौतिकवादी चिन्तन !

by Gajen Yakthungba on Thursday, July 26, 2012 at 1:03pm ·
    मुन्धुम संसारको सृष्टि,मानव जगतको भलो र प्रगति गर्ने बिषय वा सार संक्षेप नै वास्तविक मुन्धुमको सारतत्व हो| मुन्धुम शब्दको उत्पति मुन्_ हल्लिनु,थुम +दुम=जोडिनु,मुन्दुम_ मुन्धुम हुन्छ| अथवा हल्लि रहने शक्तिशाली तत्व जोडिएर कुनै अर्थ लाग्ने वस्तु वा सृजना हुने शब्दको नाम नै मुन्धुम हो| मुन्धुमको अर्थ खाम्बोङ्मा लुङ्बोङ्मा अथवा सावायेतहाङ्हरुको प्राचिन भाषा,माङ्वाणी(माङ् ईङ्घङ्_इश्वरको वाणी)देवभाषा जो मुहिगुम आङ्सी देव आङ्सीहरुको वाणी वा मौखिक शाश्त्रादीहरुलाई मुन्धुम सक्सक मुन्धुम भनिएकोछ| मुन्धुम भित्र थकसाप मुन्धुम(मौखिक शास्त्र_ श्रुति परम्परा) सक्सक मुन्धुम(कागज शास्त्र) र साम्यो मुन्धुम(धर्म शास्त्र) यी शास्त्रहरुलाई समग्रमा साम्जिक वा चाम्जिक मुन्धुम मानिएकोछ|
    श्रुति कथा,आख्यान,साहित्य र गाथाहरूको समष्टि रुप नै मुन्धुमको आधार हो| थुङ्साप मुन्धुम(श्रुति शास्त्र)साक्मुरा वादेम्मा मुन्धुम अनुसार मुजिङ्ना खेयङ्ना(ईश्वर रुपी स्त्रीरुप) मस्त जवानी भइ यौन तृष्णाले छटपटिदा सुइसुइला खेल्दै रुख माथी खुट्टा हल्लाएर हावा खाइ बस्दा (कालो वायु ईश्वर_ माङ्को विर्य)हावाको माध्यमले मुजिङ्ना खेयङ्नाको योनिमा प्रवेश गरि गर्भ धारण गरि जन्मेका ''युकपुङ्गेन सावाङ्गेम्बा''नै प्रथम मानव पुत्र मानिन्छ| अर्थात् शाश्त्रिय मुन्धुमी भाषाले भन्छ कि_   सुनले बनाउँदा मान्छे बनेन,चाँदीले मान्छे बनाउँदा पनि बनेन,अर्को शब्दमा तत्वले मान्छे बनेन| बाजे बाट बाबु आयो,बाबु बाट छोरा आयो,छोरा बाट नाती आयो अर्थात् जीवन बन्नलाई जीवन नै चाहिन्छ| यसलाई अंग्रेजीमा Law Or Theory Of biogenesis भनिन्छ| मुन्धुम अनुसार जिवांश भनेको सिमिक्ला खाप्पू,वाहिचेल्लेक्ना,वादम पकवा वा आकाशे पानी जो ढुङ्गाको खोपिल्टो वा कुनै पानी जम्ने ठाउँमा जम्मा भइ त्यो पानीमा आवश्यक जिवांशुहरु जम्मा हुन गइ ''तागेरा निङ्वाभुमाङ्'' (सर्वब्यापी ईश्वर)को आशिर्वादले मात्र मानिसको सृष्टि भयो| यसरी मानिस वा जीवको उत्पति हुने सिद्धान्तलाई नै मुन्धुमले अघि सारेकोछ| मुन्धुममा थुप्रै माङ्हरु उत्पन्न भइ बिभिन्न सृजनाहरु गरेको मुन्धुममा वर्णन पाइन्छ| तर बुझ्नु पर्ने कुरा के हो भने समय क्रम अनुसार ब्रह्माण्ड र पृथ्वीमा भएका सम्पूर्ण वस्तुहरु परिवर्तन हुँदै जाने निश्चित अवस्थालाई श्रुति परम्परामा माङ्(ईश्वर)को उपस्थिति मानिएकोछ| डार्विनको विकासवादी सिद्धान्त अनुसार बाँदरले मानिसको रुप लिनु पुगेको हो| त्यो वैज्ञानिक तथ्यलाई स्वीकार्नै पर्छ| तर अब संसारका बाँदरहरु बाँदर नै रहिरहन्छन्| बाँदरबाट मान्छे बन्ने वातावरणको परिवर्तन क्रम गुज्री सकेकोछ|  यो वैज्ञानिक तथ्यलाई स्विकार गर्दछौं भने_''थो खाम्दी फिरिरो खाम्लन्दी सा:मा(सा:मेन्छा)लुङ्दी छिरीङ्,लुङ् बोङ्वा सा:मा,थाप्साङ् लन्देंन लन्देआङ्, थो फक्ताङ्लुङ्मेत्थो पेन्वेन वानेत्थो,चुक्मुनेंछिंङ्गाङ्,चुक्मुलेरेल्य'' भन्ने शाश्त्रिय मुन्धुमी काव्यलाई पनि स्विकार गर्नै पर्छ| जब फक्ताङ्लुङ् पेन्वेलुङ्मा माङ्जिरी माङ्ल:दा(माङ्गन तेम्बे)तेनमा ढुङ्गा माटो र हावा_  पानी द्वारा जन्म भएकी मुजिङ्ना खेयङ्ना मस्त जवानी हुन्छिन् अनि मुन्धुमी भाषामा यसरी गर्भ धारण हुन पुग्छिन्_
लक्लेलक लक्ले पेलिरक पान्लो
थो सिन्युक पिवारो मुदेन पिवारो
थो सुरवित तेम्बे काम्फोना तेम्बे
थोसु ईङ्वेल्लो खाङ्ला ईङ्बेन्न
लाक्लेलक लक्ले पेली र पारे
यो साङ्गफे कफे नाङ्वामा चङ्धो
मुजिङ्ना माङ् खेयङ्ना माङ्
कुजेक...
सिसाकेरेआङ् मेंछिंङ् केरेआङ्
साम्मि:त मुक्तेआङ् केजङ् मुक्तेल्ले
यो साङ्गफे कफे नावामा चङ्धो
लिङ्गफे कफे नावामा चङ्धो
केरुङ् तोसेल्ले कुहीम तोसेल्ले
साम्मि:क् मुक्ती,केजङ्रक् मुक्ते
साम्मित्ले मु:नु केजङ्ले मुतुआङ्
मुजिङ्ना माङ्ग,खेयङ्ना माङ्ग
आबुरक ला:रुरो खारुङ्रक् ला:रुरो||
    मुन्धुममा यसरी सर्बप्रथम मानवको गर्भ धारण हिमालमा भएकोछ| यता रुसी आँखा अनुसन्धानकर्ता एवम् वैज्ञानिक इरष्ट मोल्डसिभको इन्टरनेशनल एकाडेमी अफ् साइन्स यून(१९९६)द्वारा प्रकाशित इन्टरनेशनल एक्सपेडिसन फर ह्युमनिटी ओरिएन्टल रिसर्च(International Expedition For Oriental Research) र मानसरोवर छेऊछाउ भएको उल्लेख गरिएकोछ| त्यहाँ उत्पति भएका मानवहरु विकशित अवस्थामा पुगेर चारतिर लागेका थिए| मुन्धुममा उल्लेख गरिएको संसारको सृष्टि बारे चाख लाग्दो र वैज्ञानिक दृष्टिकोण सँग मेल खाने धेरै शाश्त्रिय मुन्धुमी भाषाहरुको प्रयोग भएको पाइन्छ| युकपुङ्गेन सावाङ्गेम्बा सिकार गर्न फङ्दुरा (काँस) चङ्धो वेक्तुरा चङ्धो उकालो लाग्छन्| मुन्धुम अनुसार उसबेलाको माङ्गन तेम्बे(फाँट)''माङ्हरुको घुमफिर गर्ने ठाउँ वा समतल मैदान,वर्तमान फक्ताङ्लुङ् वरिपरी''तिर उकालो लागेको ब्याख्या भए बाट के बुझिन्छ भने अहिले उभिएका पहाड र हिमालहरु अग्लिने क्रम जारि थियो| अहिलेको जस्तो विशाल हिमाल पर्वत भएर अग्ली सकेको थिएन र नदी किनार तिर काँसका गाँजहरु फुलेको थियो| भूगर्भशास्त्रीहरुको मत अनुसार हिमाल भूखण्डको निर्माण आजभन्दा करिब साढे २ करोड वर्ष अगाडि उत्तरको लुरेसिया र दक्षिणको गोण्डवाना ल्याण्डको रुपमा बाँडिएका जमीनका केवल दुइवटा ठूला भूखण्डहरु साढे ६ करोड वर्ष अगाडि आएर वर्तमानका बिभिन्न द्वीपहरुमा बाँडिनु अगाडि वर्तमान नेपालको भूभाग टेथिस सागरको गर्भ भित्र लुकेको थियो| (मेहरी दत्ता_  १९८५:१५- १७)वर्तमानको दक्षिण एशियाली उपमहादीप सरिसृपहरुको युग अथवा मध्य जिवकल्प (Mesozoic) सम्म अफ्रिकी महादेश सँग जोडिएको थियो| पछि आएको भौगोलिक हलचलमा समुन्द्रको दक्षिणी पिँध पेलिने तर उत्तरको तिब्बती ढालले सर्ननदिने हुँदा समुन्द्र सतह धेरै चुलिंदै गएको थियो| यो परिवर्तनको लहरमा कतिपय जमिनका उच्च भूभागहरु समुन्द्रमा धस्न गयो| र उत्तर तर्फ भएको टेथिस सागरको भूभाग माथी उठ्न गइ चुरे,महाभारत र कतिपय उच्च पहाडी भूभागको निर्माण हुन पुग्यो| तिब्बतीय पठार तिर विशाल धिक्के नून खानी हुनुलाई त्यहिं समुन्द्रको नूनपानीलाई कारण मानिएकोछ| यी वैज्ञानिक तथ्य अनुसार आज देखिएको पाहाड,हिमालहरु एकै पल्ट निर्माण भएका थिएनन्| समुन्द्री टेथिस अग्लो हुने क्रम सँगै त्यहाँ भएका एककोषीय जीवहरू पनि पानीको सतहमा आएका थिए| डार्विनको विकाशवादी सिद्धान्त अनुसार अमिबा बाट जीवहरू र मानव सम्मको विकास भएको हो| यो बिकास हुने क्रम पहाड र हिमालको अग्लाई सँगै एकैसाथ हुँदै गयो| मुन्धुमले पनि यहीं विकासवादी सिद्धान्तकै आधारमा ब्रह्माण्ड र संसारको सृष्टि,जीवहरुको उत्पति र फक्ताङ्लुङ्मा(कुम्भ कर्ण हिमालमा) ढुङ्गा माटो द्वारा मुजिङ्ना खेयङ्नाको जन्म भएको थियो| जीवहरुको उत्पति र विकास हुने भैसके पनि अहिले देखिएको पहाड र हिमाल भने क्रमस:अग्लिँदै जाँदा अहिलेको अवस्थामा पुगेकोहो | अफ्रिकामा पाइने ''लुसी''भनिने मानव भग्नावेशलाई वर्तमान मानवको पहिलो पुर्खा भनेर पश्चिमी अनुसन्धानकर्ताहरुको दाबी रहे पनि बहुमत मानवशास्त्रीहरु एशिया क्षेत्र नै मानव उत्पति स्थल हुनु पर्छ भन्ने निर्क्यौलमा एकमतछन्| हिन्दु धर्म शास्त्रले मानव उत्पति स्थल हिमाल तिर भएको शंकेत गर्दछ| यहीं शंकेतलाई मुन्धुमले बिस्तृत रुपमा वर्णन गरेकोछ| ईतिहास र संस्कृतिविद भुवनलाल प्रधानका अनुसार एक करोड वर्ष भन्दा अगाडी नै हिमाली भेगको फेदीमा प्रागमानवको प्रादुर्भाव भइ सकेको थियो| मुन्धुम भित्रको यथार्थ नै मिथक हो| मिथकमा वर्णन गरिएको खाम्जिरी खाम्बोङ्साहरु यहीं फक्ताङ्लुङ् पेन्वेनलुङ् वरिपरी उत्पति भएका तागेरा निङ्वाफुमाङ्(सर्वब्यापी ईश्वर) का सन्तानहरु हुन| जो वास्तविक (Indigenious) हुन्| याक्थुङ् लाजे लिम्बुवानमा नाम फेरिनु अघि याक्थुङ् लाजेमा सावायेतहाङ् आठ राजाका सन्तानहरुले राज्य गर्दै थिए| उनीहरुको उता विशेषता के थियो भने हरेक देव देवी र प्रतिष्ठित व्यक्तिहरुको नाम ''य'' वर्ण बाटै राखिएको थियो| जस्तो_ याक्थुङ्बा,येहाङ्,युकपुङ्गेन,यकलब्यहाङ्,येबा,यलम्बाहाङ्,युमा,येमा आदि|
    सम्भवतःउनै सावायेतहाङ्का सन्तान दरसन्तानहरु नै मुजिङ्ना खेयङ्नाका सन्तान हुन्| तिनै सु:सुबेङ्ला: लाबेङ् वा सु:सुवालि:लिम (ढुङ्गा माटो सँगै जन्मिएका मूलबासी)याक्थुङ्बा हरुलाई नै आगन्तुक शाषकहरुले ''सु;सुवालि पलिम''भन्दा भन्दै लिम्बू भनिएको हुन सक्ने सम्भाव्यतालाई इतिहासकारहरुले स्विकारेकाछन्| तिनै सावायेतहाङ्का सन्तानहरुले उक्त मुन्धुमी श्रुति परम्परामा आधारित शाश्त्रिय ऐतिहासिक काव्यहरुको थालनी गरेका थिए| येहाङ्को त्यो संसारको सृष्टि,मानव उत्पति कथा तथा मानव विकास र धार्मिक एवम् सांस्कृतिक श्रुति परम्परालाई एक पुस्ता बाट अर्को पुस्तामा सार्दै ल्याई रहेका थिए,सर्दै आइ रहेकोछ| मुन्धुमले वर्णन गरे झैं हिमालमा मानवको उत्पति र विकास बारे हिमालमा पाइएका शालिग्राम र नवपाषाणकालिन ढुङ्गाको हतियारहरु ताप्लेजुङ्,इलाम,झापा,सुनसरी,मोरङ्,उदयपुर,दोलखा,मुस्ताङ्,रामेछाप,सुर्खेत,काभ्रेपलान्चोक,ललितपुर,तनहुँ,कास्की,दाङ् देउखुरी,मकवानपुर र नवलपरासी आदि स्थानमा पाइएकाछन्| यी हतियारहरुले के शंकेत गर्दछ भने यिनै हिमाल पहाडको आसपास मानवको उत्पति भइ नवपाषाणकालिन युगमा यी स्थानहरुमा मानिसहरुको ब्यापक बसोबास भइ सकेको थियो| तर गाउँ घरमा आफ्ना हजारौं वर्ष अघिका पुर्खाको ढुंगे हात हतियारहरु नचिनेर बज्र ढुङ्गा ( सेरी लुङ् ) लाई पूजा गर्ने साथै औषधीको रुपमा प्रयोग गर्ने चलन रहेकोछ| भूगर्भ शास्त्रीहरुको मत अनुसार नेपालको अधिकांस उपत्यकाहरू तलाउको रुपमा थिए| आजभन्दा २ लाख वर्ष अगाडि धाद्रा लागि पानी निस्किएर गएको अनुमान गरिएकोछ| तिनै समुन्द्रको टेथिस अग्लिएर उपत्यका बनि पानी निस्के पछि बनेको समतल मैदानहरूलाई मुन्धुममा तेम्बे(समतल मैदान) शब्दले पुकारिएकोछ| मुन्धुममा वर्णन गरिएका केहि तेम्बेहरुको नाम यस प्रकारछ_
मुरिङ्ला खारिङ्ला तेम्बे,साङ्गरक नु गरक तेम्बे,चेंजेन तेम्बे,चेंजेनलुङ् तेम्बे,चिङ्लिङ् हारा तेम्बे,काप्लिङ् तेम्बे,मिनुताखोङ् तेम्बे,तेल्लेङ् तेम्बे,मुना तेम्बे,नाखोङ्लुङ् तेम्बे,पुङ्लिङ् तेम्बे,फेसिङ् तेम्बे,इवाहडा तेम्बे,साघोङ्लुङ् तेम्बे,खङ्फोना तेम्बे,माङ्गन तेम्बे,सुरवित तेम्बे,खोंदोप्ला तेम्बे,साजारा तेम्बे,तुङ्सावा तेम्बे,लिङ्घायक तेम्बे...जस्ता कैयौं तेम्बे(फाँट)हरुको वर्णन भएकोछ|यी वर्णन भएका मुन्धुमका तेम्बेहरुमा मानव उत्पति र सभ्यताको विकास भएको बिश्वास गरिन्छ| यसरी मुन्धुम र भौतिकबादी तथ्यहरुमा तारतम्य मिल्नु संयोग मात्र नभई मुन्धुमले वर्णन गरेका भौतिकबादी तथ्यहरुलाई केलाउँदै जान सके अलंकारि मुन्धुमी भाषाको दृष्टिकोण पाठकहरु सामु स्पष्ट हुँदै जानेछ|
सन्दर्भ सुची_
(१) चन्द्र कुमार शेर्मा- किरात धर्म प्रश्नोत्तर माला भाग १
(२) जसराज पन्धाक_ लिम्बू जनजाति पछिको जीवन धारणा तथा अन्त्येष्टि अनुष्ठानहरु|
(३) लिङ्देन फुङ् सराही साम्बा हाङ्यम्बु भिम बहादुर लिबाङ् र येजिरी येफ:या हाङ्यम्बु वृष बहादुर वनेम_ मुजोकलुङ्,खाम्जोकलुङ् मुन्धुम|
(४) निलम शेखर अधिकारी: नेपाल जातीय आन्दोलन|
( साभार: मेरो लिम्बुवान ) 

Wednesday, August 15, 2012

संघीयतावारे छलफल (कुमार लिङदेन) - [2009-03-20]

हाम्रो नेपालमा संघीयता बारे एकदमै कम छलफल हुने गर्छ । पढे लेखेका धेरै विद्वानहरू छन् उनीहरू संघीयता बारे छलफल नै गर्न चाहादैनन् । संघीयता बारे उत्सुक एउटा ठूलो जनसमुदाय छ, उनीहरू संघीयता बारे जान्न, बुझन चाहान्छन् । छलफल र बहस गर्न रूचाउँछन् तर उनीहरूले भेऊ नै पाउदैनन् । नेपालमा संघीयता सम्बन्धी लेख, रचना, पुस्तकहरू एकदमै कम मात्रामा पाईन्छ । पंचालयतकालमा त्रिभुवन विश्व विद्यालयको राजनीतिशास्त्र विभागको पाठ्यपुस्तकबाट विश्वका संघीय संविधान भन्ने पाठ रातारात हर्टाईयो र त्रि.वि. को केन्द्रीय पुस्तकालयबाट संघीयता सम्बन्धी पुस्तकहरू नियोजित तरिकाले लुकाईएको तितो घटनाहरू छन् । यो देशका एकात्मक सत्ताधारीहरू के चाहान्थे भने( नेपालका उत्पिडित जनताहरूले संघीयता सम्बन्धी केहि थाहा नपाउन् । किनकि संघीयता सम्बन्धी जनताले राम्ररी थाहा पाए भने त एकात्मक सत्ता उड्छ र यो देशका सबै जाति, भाषी र क्षेत्रका जनताहरूले सत्तामा साझेदारी राख्न सक्छन् ।
एकात्मक सत्ताधारीहरूले सोचे जस्तै हामी नेपाली जनताहरू पनि खुब अलमलियौ । आजभन्दा २५० बर्षअघि नै अमेरिकामा संघीय शासन सुचारू भएको कुरा, २०० बर्षअघि स्वीजरल्याण्डमा विश्वकै सुन्दर संघीय व्यवस्था लागु भएको कुरा हामीले भुसुक्कै विस्र्यौ । हामीलाई जर्मनीमा जन्मेको कालमार्क्सको कुरा खुब पढाइयो, घोकाईयो तर त्यही जर्मनी अहिले संघीय गणतन्त्र जर्मनी बनेको कुरा कसैले भनेन । हामीलाई लेनिनको थुप्रै पुस्तकहरू पर्ढाईयो तर त्यहि लेलिनले सन् १९१७ मा १४ वटा संघीय गणराज्यहरू मिलाएर सोभियत संघ बनाएको बारे कसैले बोलेन । हामीलाई गान्धी बारे खुब अर्ति उपदेश दिए तर त्यही गान्धीहरूले भारतमा संघीय शासन लागु गरेको बारे कसैले चुँ सम्म बहस गरेन । अनि संघीयता सम्बन्धी ज्ञानहरू विरालोले दिशा लुकाए झै लुकाउने कथित विद्वान र नेताहरूलाई नै हामीले सर्वोपरि नेता, नेतृत्व मान्दै आयौं । त्यो हाम्रो गल्ति थियो, त्यसमा हामीले प्रायश्चित गर्नुपर्छ र एउटा नयाँ संघीय यात्रा शुरू गर्नुपर्छ ।
विश्वका निम्न देशहरूमा संघीय राज्य प्रणाली छनः- अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, बोस्निया र हर्जगोभिना, ब्राजिल, क्यानाडा, कोमोरस, इथियोपिया, माइक्रोनेसिया, जर्मनी, भारत, इराक, मलेसिया, मेक्सिको, नाईजेरिया, पपुवा न्यू गिनी, पाकिस्तान, रूस, सेन्ट किट्स र नेभिस, स्पेन, दक्षिण अप्रिmका, स्वीट्जरल्याण्ड, युनाईटेड अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका र भेनेजुएला छन् ।
सेन्ट किट्स र नेभिस त्यस्तो संघीय राज्य प्रणाली भएको मुलुक हो जसको कुल क्षेत्रफल जम्मा २६१ वर्ग किलोमिटर र जनसंख्या मुस्किलले ४३ हजार मात्र पुग्छ ।
विश्वमा संघीय राज्यहरूको निर्माण दुइ किसिमबाट भएको पाईन्छ । पहिलो, विभिन्न स्वतन्त्र राज्यहरूले आपसमा सम्झौता, समझदारी, सन्धी गरेर संघ निर्माण गर्छन् । यसलाई राज्यहरूसँगै आउने विधि Coming Together भनिन्छ । संयुक्त राज्य अमेरिका, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया लगायतका पुराना संघीय राज्यहरूको निर्माण यसरी भएको हो । सन् १७७६ मा अमेरिकाका १३ वटा राज्यहरू मिलेर बेलायती उपनिवेशका विरूद्ध युद्ध गरी स्वतन्त्रता प्राप्त गरे । ति १३ राज्यहरूले साझा सुरक्षा र प्रगतिको लागि महासंघको व्यवस्था गरेर सँगै बसे । पछि १७८७ मा त्यहि महासंघको विकसित रूप अहिलेको संघीय अमेरिका बन्यो । स्वीट्जरल्याण्ड निर्माणको कथा पनि रोचक छ । यसका साना-साना क्यान्टोनहरू सन् १२९१ देखि नै कुनै न कुनै रूपमा साझा संजालमा काम गरिरहेका थिए र सन् १८४८ मा त्यहि क्यान्टोनहरू मिलेर आजको संघीय स्वीट्जरल्याण्ड निर्माण भयो । लेलिनको पालाको सोभियत रूस पनि यहि कमिङ्ग टुगेदर विधिद्वारा निर्माण भयो ।
संघीय राज्य बन्ने दोस्रो विधि हो विविधता धेरै भएको राज्यलाई सँगै राख्ने Honding Together विधि । लामो समय सम्म एकात्मक शासनमा रहेको देशलाई त्यहाँको विविधताहरूको संवोधन गर्न संघीय ढाँचाको राज्यमा लाने विधिलाई होल्डिङ टुगेदर भनिन्छ । भारत, बेल्जियम, स्पेन, अष्ट्रिया आदि देशहरूको संघीय संरचना यहि होल्डिटङ टुगेदर विधिबाट निर्माण भएको हो । नेपालको संघीय संरचना पनि यहि होल्डिङ टुगेदर विधिद्वारा निर्माण हुन गई रहेको छ ।
धेरै जाति र भाषीहरू भएको देशमा सबैलाई सत्तामा साझेदारी गराउनको लागि संघीय राज्य प्रणाली अपनाउने गरिन्छ । सिङ्गो मुलुकमा एउटै मात्र जाति एउटै मात्र भाषीले हालीमुहाली गर्ने हो भने त्यहाँ गृहयुद्ध शुरू हुन्छ र देश टुक्रा-टुक्रा हुन्छ । देश टुक्रिनबाट बचाउनको लागि संघीय राज्य प्रणाली अपनाईन्छ । जस्तोः- भारतमा हेरौं, त्यहाँको केन्द्रमा गान्धीहरूको पकडको सरकार बने पनि कम्तिमा विहारमा यादवहरूले राज्य सरकार चलाएका छन्, कम्तिमा नागाल्याण्डमा नागा र सिक्किममा पवन चाम्लिङ, नर बहादुर भण्डारी र सन्चमान सुब्बाहरूले मुख्यमन्त्री हुने अवसर पाएका छन् । भारत जस्तो विशाल देशमा एउटा चाम्लिङकको छोरा, एउटा लिम्बूको छोरा मुख्यमन्त्री हुन सक्ने तर चाम्लिङहरू, लिम्बूहरू, तामाङहरूको उदगम थलो नेपालमा ति चाम्लिङहरू, लिम्बूहरू, तामाङहरू कहिल्यै सत्तामा नपुग्नुको प्रमूख कारण के हो - प्रमुख कारण हो नेपालको एकात्मक सत्ता । अब नेपाल संघीय ढाँचामा गईसकेपछि केन्द्रीय सत्तामा पुग्न समय लागे पनि कम्तिमा लिम्बुवान, खम्बुवान, तामाङशालिङ, नेवाः राज्य, तमुवान, मगरात आदिमा त्यहाँका आदिवासी सत्तामा पुग्न सक्छन् र नेपाल सबैको हुन्छ ।
नेपाली जनताहरूको मुक्ति मार्क्सवाद, लेलिनवाद, माओवाद, विपिवाद, महेन्द्रवाद आदि वादहरूबाट भन्दा पनि संघीयवादबाट मात्र सम्भव छ भनेर हामीले हिजो देखि भनिरहेका छौं । यी माथिका वादहरू भनेको त राजनैतिक/ वैचारिक विऊहरू मात्र हुन् । जमिन नै छैन भने विऊ कहाँ रोप्ने - पहिले जमिन/विऊको सुनिश्चित हुनु पर्‍यो । संघीयवादले भूमिको सुनिश्चितता गर्दछ । लिम्बुवान आफैंमा अरूण पूर्वको भूमिको नाऊ हो । हिजो अस्तिसम्म हामी नेपालीहरू विऊ खोज्ने वा रोज्ने क्रममा धेरै लागि पर्याै तर त्यो विऊ लिएर रोप्ने हाम्रो भूमि सुरक्षित जमिनहरू थियो । तर यहाँको लिम्बू, खम्बू, तामाङ, गुरूङ, मगर, धिमाल, नेवार आदि जातिहरूको भूमि खोई - जहिले दोस्रो दर्जाको नागरिक भएर बाँच्नु पर्ने - ति जातीहरूले आफ्नो भूमिको सुरक्षाको लागि उठ्नु पर्‍यो । तर, ति जातीका केहि अग्रजहरू आफूलाई मार्क्स, लेलिन, माओ नै ठान्छन् र वैचारिक विऊको पछि कुद्छन् तर आफ्नो जमीनको बारेमा सधै अनुत्तरित हुन्छन् । लिम्बुवान आन्दोलन अहिले सम्मको राजनीतिलाई चुनौती पनि हो । लिम्बुवान आन्दोलनले भन्छ- पहिले आफू अडिने जमीन सुरक्षित गरौं । संघीयवादले ऐतिहासिक जमीनहरूको सुरक्षाको बारेमा बोल्छ, ति जमीनहरूको सह-अस्तित्वको खाका कोर्छ ।
संघीय राज्य प्रणालीमा केन्द्रीय सरकार र राज्य सरकार हुन्छ । केन्द्रीय सरकारलाई संघीय सरकार भनिन्छ तर राज्य सरकारलाई विभिन्न देशमा विभिन्न नामहरूले चिनिन्छ । जस्तैः- अमेरिका, भारत, अस्ट्रेलिया र भेनेजुएलामा राज्य State भनिन्छ भने क्यानाडामा प्रान्त Province, जर्मनी र अष्ट्रियामा लैन्डर Lander, स्वीट्जरल्याण्डमा केन्टोन Canton र बेल्जियममा क्षेत्र Reigon भनिन्छ ।
संघीय मुलुकहरूमा सामान्यतया संघ र संघीय राज्यहरूको अलग-अलग संविधान हुने गर्छ । भन्नुको अर्थ, केन्द्रको भिन्नै संविधान र प्रान्तहरूको भिन्नै संविधान हुन्छ । संयुक्त राज्य अमेरिका, स्वीट्जरल्याण्ड, क्यानाडा, अष्ट्रिया, अस्टे्रलिया, रूस, दक्षिण अफ्रिकी आदि देशहरूमा केन्द्र र संघीय राज्यहरूको बेग्लाबेग्लै संविधान छन् । लिम्बुवानले पनि चाहेको यस्तै हो । केन्द्रको आफ्नै संविधान होस् र लिम्बुवानको आफ्नै संविधान होस् । तर भारत, पाकिस्तान, मलेसिया, स्पेन, बेल्जियममा केन्द्रको संविधानमा नै प्रान्तको संविधान पनि समावेस गरिएको हुन्छ । लिम्बुवानले चाहेको यस्तो होइन पहिलो जस्तै हो ।



कतिपय संघीय देशहरूमा केन्द्रले बढी हस्तक्षेप गर्छ । त्यस्तो मुलुकलाई अर्ध संघात्मक Quasi Federal देश भन्ने गरिन्छ । जस्तैः- भारत, पाकिस्तान, मलेशिया आदि देशहरू अर्ध संघात्मक देशहरू हुन् । भारतमा केन्द्रले राज्य सरकार भङ्ग गरेर सिधै राष्ट्रपति शासन लागु गर्न सक्छ । लिम्बुवानले खोजेको यस्तो अर्ध संघात्मक होइन । लिम्बुवानले खोजेको स्वीट्जरल्याण्ड जस्तो पूर्व संघात्मक हो । जहाँ, केन्द्रले लिम्बुवानको राज्य सरकार भङ्ग गर्न नसकोस् ।
संघीय देश भित्र स्वायत्त राज्यहरूलाई दिइने अधिकारलाई आधार मानेर हेर्दा दुइ प्रकारको संघीय हुन्छ । पहिलो, समान संघवाद Systematic Federal हो । समान संघवादमा संघीय देशभित्रका सबै राज्यहरूको अधिकार समान हुन्छ । तर, कतिपय देशहरूमा विशिष्ट इतिहास भएका राज्य वा भूमिहरूलाई समेटेर राख्नको लागि उक्त राज्य वा भू-क्षेत्रलाई विशिष्ट अधिकारहरू दिईएको हुन्छ । जस्तो-भारतमा जम्मु एण्ड काश्मीर, सिक्किम, नागाल्याण्ड आदिको स्तर अन्य राज्यहरूको भन्दा बढी छ । किनकि यी तीनवटा राज्यहरूको इतिहास भारतको अन्य राज्यहरूको इतिहास भन्दा फरक छ । जस्तै, क्यानाडामा पृथकतावादको भावना अत्यधिक भएको फ्रेन्चभाषी क्यूवेक प्रान्तको हैसियत अरू प्रान्तको भन्दा फरक छ । उक्त क्यूवेक प्रान्तको आफ्नै अन्तराष्ट्रिय सम्बन्ध मन्त्रालय छ । यसले २५ भन्दा बढी मुलुकहरूमा आफ्नो प्रतिनिधिहरू राखेको छ । यो क्यूवेक प्रान्तले फ्रान्ससँग कायम गरेको विशेष सम्बन्धलाई क्यानाडाको केन्द्रीय (संघीय) सरकारले समेत स्वीकारेको छ । पपुवा न्यू गिनीमा वगेन्चेल भन्ने प्रान्तलाई पूर्ण संघीय राज्य सरहको हैसियत र शासन संरचना दिइए तापनि बाँकी भाग भने एकात्मक संरचनाअर्न्तर्गत शासित छन् । यसरी एउटै संघीय देशभित्र पनि कुनै भू-भागलाई विशिस्ट अधिकार दिएर विखण्डन र विभाजन रोक्ने सिद्धान्तलाई असमान संघीयवाद Asymetric Federalism भनिन्छ । नेपाल भित्र पनि अरू क्षेत्रको र लिम्बुवानको इतिहास फरक छ । लिम्बुवानको इतिहास विशिष्ट छ, लिम्बुवानमा स्वायत्तताको लामो इतिहास छ, एकप्रकारले भन्ने हो भने नहारेको भूमि हो । वि.सं. १८३१ मा लिम्बुवान र गोर्खा बिच सन्धी भएर लिम्बुवान नेपालमा सहभागि भएको हो, त्यसैले नयाँ संघीय नेपालमा लिम्बुवानको ऐतिहासिक महत्वलाई सम्बोधन गर्ने गरि विशिष्ट अधिकार सहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ । यसको अर्थ नेपालमा पनि असमान संघीयवाद लागु गर्नुपर्ने अवस्था छ । जो विश्वका धेरै संघीय मुलुकहरू लागु भएको छ ।
विश्वको विभिन्न देशहरूको राज्य संरचनाहरू हेर्दा अचम्म परिन्छ । किनभने कुनै पनि भू-भाग र त्यहाँका जनताहरूलाई खुशि बनाउन राज्यले अनेक राजनैतिक सहुलियतहरू दिएको हुन्छ । तर, हाम्रो नेपालमा यहाँका उत्पिडित जातीहरूलाई सहुलियत दिनुको सट्टा जरा उखालेर फ्याक्ने षडयन्त्र हुँदा पनि हामी थाहा पाउँदैनौं, वा थाहा पाएर पनि चुप बस्छौं वा हाम्रै जरा उखेल्नेहरूलाई साथ दिन्छौं । संघीय व्यवस्था त संघीय भइहाल्यो एकात्मक व्यवस्थामा पनि विश्वका धेरै देशहरूले निश्चित भू-भागलाई अनेकौं राजनैतिक सहुलियत दिएका छन् । जस्तैः- चीन एकात्मक राज्य भए पनि हङकङ र मकाउको लागि छुट्टै राजनीतिक व्यवस्था लागु छ । एक देश दुइ शासन व्यवस्था पनि गर्दा त हुदो रहेछ । बेलायत एकात्मक राज्य भए पनि यस अर्न्तर्गतको स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका लागि छुट्टै कार्यपालिका र संसदको व्यवस्था छ र त्यहाँ स्थानीय पैसा (मुद्रा) पनि चल्छ । यो चाहि ०२१ साल अघि लिम्बुवान जस्तै रहेछ । ०२१ साल तिर सम्पूर्ण नेपाल एकात्मक राज्य भएता पनि लिम्बुवानमा चाहि स्वायत्तता थियो नि । त्यसैगरि फिनल्याण्डले अल्पसंख्यक जनजाति क्षेत्र हल्याण्डको लागि, डेनमार्कले ग्रीनल्याण्ड र फ्री आईल्याण्डको लागि छुट्टै प्रकारको राजनीतिक संरचना कोरेर समेटेको छ ।
हामी नेपालीहरूको मुक्तिको बाटो राजनैतिक वादहरू भन्दा पनि राज्यको पुनःसंरचना रहेछ भनेर हामीले धेरै ढिलोमात्र बुझयौं । त्यसैले २०६२ मंसिर २६/२७ गते नयाँ पार्टी जन्म दिदा हामीले यसको नाम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद राख्यौं । हामीले संघीय लोकतन्त्र चाहेको र त्यस अर्न्तर्गत लिम्बुवान राज्य चाहेको हो भने अब बन्ने पार्टीीको नाम पनि त्यस्तै हुनुपर्छ अनिमात्र हामी लक्ष्यमा पुग्न सक्छौं भन्ने हो । मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद भन्नाले नामले नै प्रस्ट हुन्छ कि हामी नेपालमा संघीय व्यवस्था चाहान्छौं, उक्त संघीय नेपालमा लिम्बुवान राज्य चाहान्छौं र लिम्बुवान राज्य पाई सकेपछि लोकतान्त्रिक विधिद्वारा निर्वाचित भएर लिम्बुवान राज्य चलाउने परिषद निर्माण गर्न चाहान्छौं । निश्चय पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको स्थापना पछि नेपालमा संघीयता र लिम्बुवान स्वायत्तताको वहस चर्किएर गएको छ ।
संयुक्त राज्य अमेरिका, मेक्सिको, ब्राजिल, अर्जेन्टिना लगायत अमेरिकी महाद्विपका प्रायः सबै देशहरू र नाईजेरियामा राष्ट्रपतिय प्रणाली छ । क्यानाडा, भारत, अस्टे्रलिया, जर्मनी लगायतका देशहरूमा बेलायती मोडेलको संसदीय शासन प्रणाली छ । रूसमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको कार्यकारी भूमिका भएको अर्थात एक प्रकारको अर्ध-राष्ट्रपतीय प्रणाली छ । दक्षिण अफ्रिकामा संसदीय शासनप्रणाली भए पनि प्रधानमन्त्रीको प्रावधान छैन, राष्ट्रपति नै कार्यकारी प्रमुख हुने व्यवस्था छ । स्वीट्जरल्याण्डमा सहमतिको शासनप्रणाली छ । त्यहाँ सात जनाको एउटा कार्यकारी परिषद छ, जसलाई मन्त्रीमण्डल पनि भन्न सकिन्छ। यसका प्रत्येक सदस्यले पालैपालो हरेक बर्षराष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिको जिम्मेवारी वहन गर्दछन् तथापि यी अभ्यासहरूका आ-आफ्नै मौलिकता पनि हुन्छन् ।
अब संघीय नेपालको शासकिय ढाँचा कस्तो हुने - भनि गम्भीर बहस चलाउनु जरूरी छ । अमेरिकाको जस्तो राष्ट्रपतिय प्रणाली वा भारतको जस्तो संसदिय प्रधानमन्त्री प्रणाली वा रूसको जस्तो मिश्रति वा स्वीट्जरल्याण्डको जस्तो सहमतिय प्रणाली हुने सवाल गम्भीर छ । नेपालमा विविध जातजातिहरू भएकोले राष्ट्रपति पदलाई सेरेमोनियल बनाएर त्यसमा सबैलाई प्रतिनिधित्व गराउदै प्रधानमन्त्री पदलाई कार्यकारिणी अधिकार दिने भन्ने कुरामा जनमत बढ्दै गएको छ । त्यसमा पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यो सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले राखेको राष्ट्रपति मण्डलको अवधारणाले राष्ट्रिय चर्चा पाएको छ । राष्ट्रपति मण्डलमा ५ सदस्यीय रहने जसमा क्षेत्री वाहुन-१, दलित -१, मधेशी-१, महिला-१ र आदिवासी जनजाति-१ रहने छन् । उनीहरूले बर्षौ पिच्छे राष्ट्रपतिको पद ग्रहण गर्नेछन् । त्यसो गर्दा यो देशको सबै समुदायले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्नेछन् । अर्को , हामी शक्तिशाली प्रधानमन्त्री पद्दतिमा जादैछौं तर प्रधानमन्त्रीलाई संसदले चुन्ने कि सिधै जनताले चुन्ने भन्ने बारेमा गहिरिएर वहश गरि निचोडमा पुग्न जुरूरी छ । त्यसरी नै राज्य -प्रान्त) को मुख्यमन्त्री राज्य -प्रान्त)को संसदले चुन्ने कि सिधै त्यस राज्य -प्रान्त)को जनताले चुन्ने कुन पद्दति अपनाउने बारेमा पनि वहश हुनु जरूरी छ ।
संघीय देशमा न्यायलय (अदालत) को महतवपूर्ण भूमिका हुनेछ । तर, संघीय भारतमा न्यायलय एकात्मक ढाँचाको छ । तल्लो अदालतले गरेको निर्णयलााई भारतको सर्वोच्च अदालतले पुनराअवलोकन गर्न सक्छ । यसो हुँदा सम्पूर्ण देशभरि हरेक विषयमा त्यो सर्वोच्च अदालत नै सुपर हुनसक्छ, यो एकात्मक ढाँचाको भयो । स्वीट्जरल्याण्ड र अमेरिकामा अदालतहरू पनि स्वायत्त हुन्छन् । लिम्बुवानले स्वीट्जरल्याण्ड जस्तै स्वायत्त अदालत भएको न्याय प्रणाली खोजेको हो । लिम्बुवानमा भएका सबै समस्याहरूको बारेमा अन्तिम टुङ्गो लिम्बुवानको अदालतले नै लगाउन सकोस् । लिम्बुवानको अदालतले गरेको निर्णय काठमाडौंमा रहेको सर्वोच्च अदालतले बदर गर्न नसकोस् । सर्वोच्च अदालतलाई संघीय सर्वोच्च अदालत भनियोस् । संघीय सर्वोच्च अदालतले लिम्बुवान र अन्य राज्यहरू बिचको मुद्दाहरूलाई मात्र हेरोस् ।
संघीय (केन्द्रीय) र राज्य (प्रान्त) सरकार बिचको अधिकार बाँडफाड सबैभन्दा महत्वपूर्ण विषय हुनेछ । हामी रक्षा, परराष्ट्र र मुद्रा केन्द्रलाई बाँकी सम्पूर्ण अधिकार लिम्बुवान स्वायत्त राज्यलाई भनि रहेका छौं । तर काठमाण्डुमा रक्षा, परराष्ट्र, मुद्रा बाहेक न्यायलय, शिक्षा, जलस्रोत, बनजङ्गल, सडक आदि विषयहरू केन्द्रले नै चलाउने भनेर षडयन्त्र भईरहेको छ । फेरि पनि हाम्रो अरूण नदी, हाम्रो तमोर नदीको जलस्रोत उत्पादन सम्बन्धि सम्पर्ूण्ा अधिकार काठमाण्डुले लान खोज्दैछ, यस बारेमा सचेत हुनर्ुपर्छ । हामीले खोक्रो र नाम मात्रको लिम्बुवान मागेको होइन । हामीले मजवुत र अधिकार सम्पन्न लिम्बुवानको कुरा उर्ठाई रहेका छौं । हाम्रो प्राकृतिक स्रोत साधानहरूलाई बेचेर काठमाण्डुमा जुका जस्तै मोटाएर बस्ने एकात्मक पद्दति र चिन्तन अब तोडिनु पर्छ, लिम्बुवानको प्राकृतिक स्रोत साधनमा लिम्बुवानवासी कै अन्तिम निर्णय हुनुपर्छ ।
यो स्वायत्त राज्य (प्रान्त) हरू निर्माण हुने क्रममा विश्वका केही उदाहरणहरू लिन सकिन्छ । जस्तोः- छिमेकी देश भारत । भारत सन् १९४७ मा अंग्रेजको हातबाट स्वतन्त्र भयो र स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू भए । तर नेहरू भारतलाई भाषिक आधारमा होइन क्षेत्रीय आधारमा मात्र संघीय वनाउन चाहान्थे । नेहरूको यो विचारको विरूद्धमा भारतमा ठूलो-ठूलो हिंसात्मक आन्दोलन भयो र अन्तमा, भारतलाई भाषिक तथा क्षेत्रको आधारमा संघीयमा लान कर लाग्यो । भारतको दक्षिणी क्षेत्रका तमिलहरूले तमिलभाषीको प्रान्त बनाउनको लागि आन्दोलन चलाए । उनीहरूको विचारमा तलिम भाषा संस्कृतमा आधारित नभई ट्रमिडिएन परिवारको हो । हुनत, भारतीय कांग्रेस पार्टी बन्नु भन्दा पहिले दक्षिणमा तमिलभाषीहरूले जस्टिस पार्टी मार्फत आफ्नो आन्दोलन अघि बर्ढाई रहेका थिए । कांग्रेस पार्टीी प्रायजसो भारतीय व्राम्हणहरूको बर्चस्व थियो । तमिलहरू आफूलाई ब्राम्हण भन्दा फरक ठान्दथे । तमिलभाषीहरूको आन्दोलन धेरै अगाडि बढ्यो, भारतको राष्ट्रिय झण्डा च्यात्ने, जलाउने मात्र होइन पुरै संविधान जलाउने र ट्रमिडियनहरूको पृथक ट्रमिस्टानको माग सम्म पुग्यो । तमिलभाषी ट्रमिडिएनहरूको यो आन्दोलनलाई देखेर सन् १९५६ मा नेहरूहरू तमिलनाडु लगायत अन्य भाषिक राज्यहरू दिन बाध्य भए । तमिलहरूले ब्राम्हणहरूको पकडमा रहेको कांग्रेसको एकछत्र राजनीतिलाई समाप्त गर्न "ड्रमिड मुन्नेत्रा काजाधाम -डि.एम.के.)" पार्टी गीठन गरे र भूमिसुधार कार्यक्रम लागु गर्नका साथै जातीप्रथालाई समाप्त गरे । तमिल भाषालाई अरू दुइटा भाषाहरू (अंग्रेजी र हिन्दी) समान बनाईयो । यसरी डि.एम.के.ले धेरै लोकप्रियता हासिल गर्नुका साथै कांग्रेसलाई तमिलनाडुको राजनीतिबाट पुरै हात धुन बाध्य बनायो ।
संविधान सभाले संघीय संविधान बनाउने यो १७ महिनाको अवधिमा हामी लिम्बुवानवासीहरू अति सजग हुनुपर्छ । प्रत्येक लिम्बुवानवासीले दुइ भारी दाउरा तयारी अवस्थामा राख्नु पर्छ । नयाँ नेपालको संविधानमा लिम्बुवान स्वायत्त राज्य परेन भने पहिलो भारी दाउराले उक्त नयाँ संविधान तुरून्तै जलाउनु पर्छ र दोस्रो भारी दाउराले एकात्मक सत्ताको सबै शाखा प्रशाखाहरूलाई जलाएर खाक बनाउनु पर्छ ।
अन्तमा, एउटै सन्देश छ- एकात्मकवादीहरू लिम्बुवानसँग जिस्किने दुस्प्रयास नगरून, सबै डढेर खरानी हुनेछन्।

Tuesday, August 14, 2012

पेशाले इन्जिनियर, दाजु प्रमोद श्रेष्ठ ज्युको यो लेख

पेशाले इन्जिनियर, दाजु प्रमोद श्रेष्ठ ज्युको यो लेख तपाइहरु सबैले गहन अध्यन गर्नुहोला,,,

"केहि बर्ष अगाडि अंग्रेजिभाषामा लेखेको यो लेखलाइ खसभाषामा उल्था गरेर पुन: सार्वजनिक गर्न चाहन्छु। लेख नेवारभाषा आंशिक वा पूर्णरुपले बिर्सिएका नेवार समुदायलक्षित छ, तर अन्य गैरखस आदिवासि जनजातिहरुको निमित्त पनि सान्दर्भिक छ भन्ने ठान्दछु, कृपया नेवार शब्दलाइ राइ लिम्बु मगर गुरुङ तामाङ आदिको रुपमा पनि बुझिदिनुहोला ।"

हामीकहाँ स्वच्छ दिल हुँदाहुँदै पनि गलत सुचनाले नराम्ररी दिमाग बिटुलिएका नेवारहरु यथेष्ट छन जो नेपालको वर्तमान अवस्थालाइ असाध्यै गलत तरीकाले बुझीरहेका छन । दुर्भाग्य, राज्यस्रोतबाट सञ्चालित संचारमाध्यमहरु "खसभाषा मात्रै" नीति अख्तियार गरी बसेका छन, निजिस्रोतबाट सञ्चालित संचारमाध्यमहरु पनि धेरैजसो त्यस्तै छन । यी "खसभाषा मात्रै" नीति अंगाल्ने संचारमाध्यमहरुले कुनै पनि मुल्यमा खसभाषा बोल्ने र खसभाषी मानिसहरुमात्रै सत्ता र शक्तिमा पुग्ने वातावरण बनाउन सघाइरहेका छन, जसको प्रत्यक्षमारमा आदिवासि जनजाति समुह परेका छन ।

दु:खलाग्दो घटनाको उदाहरण हेर्नुहोस । अचेलका नेवारले यस्तो लेखेको उदाहरण देख्न पाइन्छ ।
जात: नेवार
थर : श्रेष्ठ, महर्जन, तुलाधर, डंगोल वा यस्तै चीरपरिचित नेवार थर ।
भाषा: नेपाली (वास्तबमा खसभाषा जनाउन खोजेको हो, तर उनलाइ बच्चैदेखि खसभाषाको नाम "नेपाली" घोकाइएको हुनाले नेपाली लेख्नु नै ठीक भन्ठान्छ ।)
हेर्नुहोस उक्त नेवार कुन दिशातर्फ लम्कँदै छ ।

नेवार मात्र हैन धेरै गैर खसजातका आदिवासि जनजातिहरु गलत सुचना पाएको हुनाले खस-भाषालाइ "नेपाली" भन्ठानेको हो भन्ने चेतना पाएको नै छैन । यो तीतो सत्य हो । यस्ता दिग्भ्रमित नेवार यूवाहरु फेसबुकतिर I am proud newar भन्दै लेख्दै हिडेको पनि देखिन्छ । तिनले "खसभाषा" र "नेपाली" बीच के फरक छ भन्ने हेक्का राखेको पाइदैन । ती मध्ये धेरैलाइ त "नेवार" भाषा र "नेवारी" भाषा बीच फरक छ कि छैन, छ भने के फरक छ भन्ने पनि थाहा छैन ।

सन ८०को शुरुवाति दशकतिर काठमाँडौ भित्र र वरपरका नेवार डाक्टर, इञ्जिनियर, प्राध्यापक, ठूला ब्यापारी, उच्चपदस्थ कर्मचारी तथा अगुवाहरुले आफ्ना सन्तानलाइ नेवार भाषा नसिकाइ खस-भाषा सिकाउने अघोषित अभियान नै चलाए । ती उच्चघरानिया नेवारहरुको समाजमा इज्जत थियो, पढेलेखेका, जान्ने बुझ्ने भन्ने छाप थियो, तर तिनीहरुलाइ के कुरो थाहा थिएन भने तिनीहरुको आफ्नै मातृभाषा परित्याग गरी सन्तानलाइ समेत नसिकाउनु भनेको आफ्ना सन्तान र भविष्यको पुस्तामाथि एउटा जघन्य अपराध हो, जो तिनीहरु बिनाकारण गर्दैथिए । आफ्ना सन्तानलाइ "नेपाली" भन्दै खस-भाषा सिकाएर दिग्भ्रमित गर्नु भनेको आफ्नै मातृभाषाप्रति एउटा क्रुर भाषिक साँस्कृतिक हमला गर्नु हो भन्ने पनि तिनले थाहा पाएनन । किन यस्तो भयो? त्यो पुस्ताका पढेलेखेका नेवारमा के खरावि भएकोले यस्तो गम्भीर गलती हुन गयो होला?

भाषिक साँस्कृतिक हमला भनेको अतिक्रमणकारी आक्रमणकारीहरुले रैथाने वासिन्दाहरुमाथि नियन्त्रण जमाउन प्रयोग गर्ने एउटा पुरानो तर अचुक अस्त्र हो । यस्तो हमला इतिहासमा धेरै ठाउँमा धेरै पटक भएको छ । जस्तो कि पुर्तगाली भाषा नबोल्ने आदिवासिबिरुद्ध ब्राजिलमा, यूरोपेलि भाषा नबोल्ने रेड इण्डियनबिरुद्ध अमेरिकामा, जापानी नबोल्ने आइनुबिरुद्ध उत्तरी जापानमा, स्पेनी नबोल्नेहरु बिरुद्ध ल्याटिन अमेरिकामा, फ्रान्सेली नबोल्नेहरु बिरुद्ध पश्चिम अफ्रिकामा इत्यादि । ती सबै घटनाहरु क्रूर इतिहासका सत्यसाक्षि हुन जसले भाषिक साँस्कृतिक अतिक्रमणबाट शुरु भएको आक्रमण विस्तारित हुँदै गएर जातिय संहार (ethnic cleansing)मा टुङ्गिएको वास्तविकता अभिलेख गरेको छ । यस्तै दुर्भाग्यपूर्ण चेपुवामा नेवार समुदाय पनि परेको छ, फसिसकेको छ ।

यदि तपाइ आफ्नो भाषा एकपल्ट मात्रै बिलाउन वा दुषित हुन दिनु भयो भने पनि त्यसको पुनरुत्थान गर्न धेरै धेरै पुस्तासम्म निरन्तर कठीन संघर्ष गर्नु पर्ने हुन जान्छ । एकपल्ट भाषाको प्राधिकार हातबाट गुम्यो भने त्यो भाषा निकै छिटो लोप नै हुने खतरा हुन्छ र साथसाथै भाषासित गाँसिएको पहिचान पनि लोप हुन सक्छ । यदि नेवार बालबालिकालाइ स्कुलमा नपढाउने हो भने, घरमा बोल्न नसिकाउने हो भने, सम्भव भएको सबै ठाउँमा प्रयोग गर्ने वातावरण र प्रोत्साहन नदिने हो भने त्यसले नेवार भाषा लोप त गराउँछ गराउँछ, साथै नेवार सभ्यता, परम्परा, संस्कृति र सम्पूर्ण सभ्यता नै लोप गराउने छ । हो प्राचीन रोमन सभ्यताको दुर्दशा त्यसरी नै हुँदै जाँदा यो अहिले विश्वबाट नै लोप भइसक्यो भन्दा हुन्छ । हामी देख्छौ कि अझै रोमन धरोहरहरु ठडिएको छ, रोमन स्मारकहरु पर्यटकलाइ तान्दै छ, रोमन कला, चित्र र वास्तुकलामाथि आकर्षण घटेको छैन, तर रोमन सभ्यता मरीसक्यो । किन कि वास्तविक रोमन भाषा बोल्ने लेख्ने वा प्रयोग गर्न सक्ने मानिसहरु अब छैनन भने पनि हुन्छ । यदि नेवार सभ्यताले त्यहि बाटो पछ्यायो भने निकट भविष्यमा नै हामी के देख्नेछौ भने त्यहाँ प्यागोडा शैलिका मन्दीरहरु बाँकि हुनेछन, नेवार खाजा र परिकारहरु हुनेछ, केहि नृत्य, हाकुपटासि लुगा र गहनाहरु पर्यटकलाइ देखाउन बाँकि रहनेछ, तर नेवार आत्मा रहने छैन, ती संसारमा सर्वोत्कृष्ट मध्य एक कहलाइएको नेवार सभ्य जीवनशैली जिउने जीवन रहने छैन, नेवारभाषाको अनुपस्थितिमा बाँकि बचेखुचेका नेवार धरोहरुका जिवन्तता पटक्कै रहने छैन ।

धन्य भगवान, हाम्रा केहि नेवार यूवाहरु अझै पनि आफु नेवार हुनुमा गर्व गर्छन । वास्तबमा यी यूवाहरुले सार्वजनिक गरेको नेवार-गर्व नै हाम्रा नेवार भाषा तथा धरोहर संरक्षण संवर्द्धन गर्ने ती यूवाहरुमा प्रचूरमात्रामा रहेको इच्छाशक्तिको सार्वजनिक प्रदर्शन पनि हो । मेरो यो लेख पढीरहेका तपाइ पनि त्यो जागरुक यूवा मध्य एक हो । यहाँ के भइरहेको छ, के हुँदैछ भन्ने बुझ्न तपाइले तपाइको नजर एकदम खुल्ला राख्न जरूरी छ । तपाइ सहि तत्य र सहि कारणको निमित्त गर्वशाली बन्नु पर्छ, र सहि निर्णय तथा कार्य गर्न प्रतिबद्ध हुनु पर्छ ता कि तपाइको गर्वशाली भावनाभित्र रहेको शक्तिपुञ्ज एक यस्तो शक्तिमा परिणत हुनेछ कि तपाइका हरेक गतिबिधिहरुले तपाइलाइ एक सच्चा गर्वशाली नेवारको रुपमा चिनाउने छ । तपाइले आफ्ना सहमत बिचारका यूवाहरुसित पहिला एकता गर्नु पर्नेछ । तपाइहरु एकापसमा समान ब्यबहार गर्नु पर्ने छ, र तपाइको भाषा, साहित्य संस्कारलाइ पनि समान ब्यबहार गरोस भनेर हरेक मोर्चाहरुमा आवाज उठाउनु पर्ने छ । सरकारी स्रोतहरु कुनै एक भाषा, जाति, जात, बर्ग, क्षेत्रको मात्रै हैन सबैको बराबरी हक लाग्ने हुनाले त्यो अनुसारको ब्यबहार होओस भनेर बोल्न सक्नु पर्ने छ ।

यदि तपाइ एकताबद्ध हुनुभएन भने कसरी तपाइ हाल एकलौटी गरीरहेको खसभाषी सरकार र त्यसका समर्थकहरुलाइ दबाव दिन सक्नुहोला र? फूट र द्विविधाले तपाइ कमजोर बनेरै बस्ने हो भने म ठोकुवा गरीदिन्छु कि खस-एकाधिकारबादी सरकार र समुहले तपाइलाइ चरणबद्ध रुपमा भित्रभित्रै खोक्रो बनाउने छ । सत्ताधारी उच्च घरानिया खस शासक वर्ग तपाइ नेवारहरुको आवाज ठूलो भएको देख्न चाहदैन, तपाइ नेवारहरुको एकता बलियो भएको देख्न चाहदैन, किन कि तपाइ नेवारहरु यो देशमा उज्यालोको स्रोत हुनुहुन्छ । जब तपाइहरुको आवाज क्षितिजमा सुनिन थाल्छ, जब तपाइहरुको एकताबद्ध भइ सार्थक लक्ष हासिल गर्न जुट्नु हुन्छ तब देशमा परीवर्तन आउँछ, तपाइहरुको त्यो क्रियाकलापले नेपालका सबै रैथाने समुहहरु लिम्बु, राइ, मगर, थकाली, तामाङ, मैथिल, थारु, भोजपुरि, अबध, गुरुङ, शेर्पा र अन्य आदिवासि जनजातिहरु समेत लाभान्वित हुनेछ र सबैले सबैलाइ सम्मान गर्ने र सह अस्तित्त्व निर्माण गर्नै पर्ने बाध्यतामा खस शासकहरु धकेलिने छ । यो नबिर्सौ कि तपाइ नेवारहरु जस्तै ती सबै अन्य गैर खस जातका आदिबासि जनजातिहरु पनि तपाइहरु झै समान अवसर र अधिकारका हकदार हुन । तपाइहरु अघि बढ्नोस र सबैलाइ सम्मानपूर्वक अँगाल्नोस, वहाँहरुको आ-आफ्नै मातृभाषामा बोल्न प्रयोग गर्न घच्घच्याउनुहोस, मातृभाषा प्रयोग गर्न विर्सिसकेको जमातलाइ फेरि एकपल्ट मातृभाषा सिकेर प्रयोग गर्न सक्दो सहयोग र प्रेरणा दिनुहोस । वहाँहरुको आ-आफ्ने मातृभाषा पनि उत्तिकै "नेपाली" हो जति "खस भाषा" हो, जति तपाइको "नेवार भाषा" हो भन्ने चेतना छर्नुहोस ।

"खस भाषा"लाइ जति अधिकार र सुबिधा छ, त्यतिकै अधिकार र सुविधाको हकदार हाम्रो आफ्नो भाषा पनि हो । त्यसैले तपाइले पढ्ने पढाउने बिद्यालयहरुमा तपाइको नेवार भाषा पनि पढ्ने पढाउने ब्यबस्था चाहियो भनेर माग गर्नुहोस । इतिहास-भुगोल सामाजिक शिक्षा जस्ता बिषयहरु तपाइको आफ्नै भाषामा पढ्न पढाउन माग गर्नुहोस । तपाइका बिद्यालयको "नेपाली बिभाग"मा "खस भाषा"जानेका शिक्षक मात्रै हैन, तपाइको बिद्यालय पढ्ने हरेक जनजातिका भाषा जानेका शिक्षकहरुलाइ पनि जागिर दिनु पर्छ, दरबन्दी खोल्नु पर्छ भनेर माग गर्नुहोस । तब बल्ल त्यो बिभाग साँचो अर्थमा "नेपाली बिभाग" हुनेछ । खस भाषा मात्र पढाएर कसरी "नेपाली बिभाग" भयो त्यो? भनेर प्रश्न गर्नुहोस । "नेपालीमा लेखेको निबेदन"को रुपमा तपाइको आफ्नै भाषामा निवेदन लेखेर अड्डा अदालतमा दर्ता गर्ने प्रयास गर्नुहोस - हुँदैन भन्यो भने किन हुँदैन भनेर प्रश्न गर्नोस र खस-भाषाको एकाधिकारलाइ चुनौति दिनुहोस । "खस-भाषा"लाइ मात्रै "नेपाली"को हैसियत दिएर नेपाल भित्रै जन्मेका, हुर्केका जिवन्त सम्पूर्ण भाषाहरुलाइ "अनेपाली" बनाउने अत्याचारलाइ जहाँ जुन ठाउँबाट चुनौति दिन मिल्छ चुनौति दिनुहोस । यदि हामीले हाम्रो साश्वत अधिकारमाथि दावि नगर्ने हो भने हामी कसरी हाम्रो अधिकारलाइ हासिल गर्न सक्छौ? त्यसैले जब हामी हाम्रो भाषामाथिको अत्याचार पन्छाउन संघर्ष थाल्छौ, तब देखि हामीले हामी गर्वशाली नेवार हौ भनी गरेको घोषणा सार्थक बनाउन शुरु गर्छौ । लौ त मित्रहरु आज देखि हाम्रो भाषा अभियान शुरुवात गरौ र त्यो क्रममा भोगेका तीता मिठा घटनाका अनुभवहरु पनि बाँड्न थालौ । अस्तु ।

Monday, August 13, 2012

नेपाल कस्तो देश हो?

Profile Picture
 
 
 
 
 
  
 
 

ल मित्रहरु यस्लाई पनि अलिकत्ति नजर पो लगाउने हो कि
नेपाल कस्तो देश हो? नेपाल एक बहुल-रास्ट्रिय देश हो।
नेपाल कस्तो देश हो?
आउनुहोस् आफ्नो देश बारे थोरै अध्ययन गर्नुहोस्। हामीलाई बिद्यालयमा सामाजिक शिक्षा बिषयमा पढाईनु पर्थ्यो यी कुराहरु, तर, खैर, ढिलै भए पनि बुझ्ने प्रयास गरौ।
नेपाल एक देश हो। राजनैतीक भाषामा नेपाल एक राज्य हो। नेपाल राज्य भित्र धेरै धेरै राष्ट्र हरु छन। जस्तै मधेश एक राष्ट्र हो, लिम्बुवान एक राष्ट्र हो, किरात एक राष्ट्र हो, नेवा: एक राष्ट्र हो, गुरुङ एक राष्ट्र हो, शेर्पा एक राष्ट्र हो, थकाली एक राष्ट्र हो आदी आदी । नेपालमा उठिरहेको संघियता र पहिचानको बिषय नेपाल देश भित्रका यिनै राष्ट्रहरुको राष्ट्रियताको बिषय हो। नेपाल भित्र रहेका यी बिभिन्न राष्ट्रहरुको राष्ट्रिय पहिचानको सुनिस्चितता हुनुपर्दछ अनिमात्र नेपालका सम्पूर्ण भाषा,सन्स्क्रिती हरुको सम्रक्षण र प्रवर्धन सम्भव हुन्छ ।
हामीले राष्ट्र भनेको नै देश हो भनेर पढ्दै आएका थियौ, अझ भनौ देश भनेको नै राष्ट्र हो भनेर हामीलाई पढाईएको थियो। यो गलत हो। त्यसो भए के हो त आखिर राष्ट्र र राज्य भनेको, आउनुहोस् विद्वान लेखक बाबुराम भट्टराईको राष्ट्र र राज्य सम्बन्धी लेखबाट हामी पनि बुझौ र अरुलाई पनि बुझाऔँ । आफ्नो देशको बारेमा अध्ययन गर्नु हरेक नागरिक को नागरिक धर्म हो।
सबभन्दा पहिले हामीले राष्ट्र र राज्यबीचको विभेदलाई बुझ्न जरुरी छ ।
राष्ट्र वा राष्ट्रियता भनेको साझा भूगोल, साझा जनसंख्या (जाति, भाषा, संस्कृतिसमेत), साझा अर्थव्यवस्था र साझा मनोभावनाको समष्टिगत अभिव्यक्ति हो, जुन समाज विकासको प्रवाहसँगै गतिशील ढंगले विकसित भइरहन्छ । राज्य भनेको निश्चित भूगोलभित्र ऐतिहासिक रूपले विकसित समाज व्यवस्था कायम गर्ने संगठित राजनीतिक शक्ति हो । अर्थात् राष्ट्र वा राष्ट्रियता ऐतिहासिक रूपले विकसित स्थीर मानवीय वा सामाजिक तत्त्व हुन् भने राज्य एउटा राजनीतिक तत्त्व हो ।
राष्ट्र र राज्य कतै एकै ठाउँ र एकै रूपमा समायोजित हुन्छन् भने कतै एउटा राज्यमा धेरै राष्ट्र/राष्ट्रियता र कतै एउटै राष्ट्र/राष्ट्रियता धेरै राज्यमा विभाजित हुन सक्छन् ।
एकल राष्ट्रिय राज्यमा बाह्य राष्ट्रियता -वा राज्यको अर्को राज्यसँगको सम्बन्ध) को प्रश्न स्वतः प्रमुख भएर आउँछ भने बहुल राष्ट्रिय राज्यमा आन्तरिक राष्ट्रियता -वा देशभित्रका विभिन्न राष्ट्रियताहरूसँग राज्यको सम्बन्ध) र बाह्य राष्ट्रियता दुवै महत्त्वपूर्ण भएर आउँछन् ।
हिजोको राजतन्त्रात्मक राज्यसत्ताले आफ्नो संकीर्ण सत्ता स्वार्थका निम्ति लामो समयसम्म नेपाललाई खस-आर्य एकल राष्ट्रिय राज्यका रूपमा प्रस्तुत गरेर आन्तरिक राष्ट्रियताको प्रश्नलाई ओझेलमा पार्न एकपक्षीय रूपले बाह्य राष्ट्रियताको मात्र कुरा गरिरह्यो ।
वर्तमान नेपाललाई हिजोसम्मका शासकहरूले जतिसुकै बल लगाएर एकल राष्ट्रिय -खस-आर्य) राज्य हो भने पनि धरातलीय यथार्थले यो बहुल राष्ट्रिय राज्य भएको नै पुष्टि हुन्छ ।
हिमाल, पहाड, उपत्यका र तराई-मधेसको विविधतायुक्त भौगोलिक परिवेशमा हजारौं वर्षदेखि बसोवास गर्दै आएका विविध जाति/भाषाका मानव समूहहरूले समयक्रममा राष्ट्र/राष्ट्रियताका रूपमा विकास गरेको कुरालाई अस्वीकार गर्नु भनेको दिउँसै आँखा चिम्लेर रात परेको भ्रम पाल्नु मात्रै हो ।
बाबुराम भट्टराई का यी भनाइहरु र हाम्रो आफ्नै देशको अबलोकनबाट यो कुरो प्रस्ट हुन्छ कि नेपाल एक बहुल-रास्ट्रिय देश हो।