Wednesday, August 8, 2012

भावना ले लात हान्दा.....

दिपेन योङहाङ लिम्बु
"दिपेन योङहाङ "

>>>>>>भावना ले लात हान्दा >>>>
======================
सम्झाइको लाछारोमा पनि.....
बिगत चर्की-चर्की दुख्दा पनि....
आफ्नै बाट पराइ भइसकेँ____१
रुन्चे हाँसो संगै बिहान सुरु भए पनि....
अतित चह्र्यायेर रातहरु रोए पनि .....
खोइ कैले-कैले नदीको तिर भइसकेँ_____२
पाप हो कि पुण्य जिउँदो लास भएँ......
क्षितिजमा हराएको आकृति म कुहिरो मात्र भएँ.....
न त खेतको पर्खाल न त घरको गाह्रो नै भएँ_____३
समग्रमा छेउ नमिलेको चिहानघारीको ढुंगा मात्र भएँ....
सजीव-निर्जीव खोइ के भनुँ माटोको मुर्ति नै भएँ......
पुज्ने कसले ढुंगाको देउता होइन म धर्तीमा घाँडो मात्र भएँ____४
यो बाटो कहाँ जान्छ कुन्नि,जीवनमा धेरै पटक हिड्यें.......
मुडा हो कि जीवन बाँसको घना,पिँडाले धेरै पटक गीड्यें.....
गिंडेर टुक्रा-टुक्रा जीवन झिनो आशाले जोडेर फेरी  हिड्यें_____५
__________दिपेन योङहाङ___________ 
===========================

दिपेन योङहाङ लिम्बु
"दिपेन योङहाङ "

जिन्दगि

घोरिएर सम्झिँदा............
सिर्सिराउने बिहानीको सिट भो जिन्दगि>
किटपतङ्गले गाउने बिरही गीत भो जिन्दगि>
डड्याँईलो लागेको उजाड पाखो भो जिन्दगि>
तल न माथि भिरमा फलेको चिन्डो भो जिन्दगि>
अत्तासियेर सम्झिँदा............
पहिरोले पुरिएको गाडी जस्तै भो जिन्दगि>
थोत्रे ट्रकको बुढो ड्राइभर दुरुस्तै भो जिन्दगि>
हारेको ज्वाड़े जस्तै बौलाहा नै भो जिन्दगि>
नाम्लो बिनाको भारि,तोक्माङ् बिनाको ढाक्रे भो जिन्गादी>
मन बहलायेर सम्झिँदा............
कल्पनाको महल भित्र नाम मात्रको मालिक भो जिन्दगि>
तनमन सबै लुटियो,झोलितुम्बी बिनाको जोगी भो जिन्दगि>
गैर त गैर आफ्नै बैरी भएसी ज्वाडेको जस्तो शिव खुलित भो जिन्दगि>
घरको न घाटको धोबीको कुत्ता-बनियाको रोगि घोडा जस्तै भो जिन्दगि>
ङ्चि;च परेर सम्झिँदा............
के नै गर्न सकिँदो रहेछ र?निहत्था अनि रित्तो छ जिन्दगि>
न त माग्दा दिन्छन न त लुट्न ओछ्यान मुत्वा मात्र भो जिन्दगि>
अँधेरो छ सबै तिर मस्ती हो कि सास्ती डुकुलन्ठ्याङ् छ जिन्दगि>
अतित-वर्तमानको झापट एकै चोटी खाँदा दोचारेको पोइ भो जिन्दगि
==========================

दिपेन योङहाङ लिम्बु
"दिपेन योङहाङ "

भत्किएको धनसार जस्तै

जन्मसिद्ध जोगी भनुँ या कर्मको पासा पल्टिंदाको.......
गन्तब्यहिन छ जीवन यात्रा म जो भिखारीको.....
त्यसै उराठ लाग्दो छ जीवन,भुमरी चल्यो हुण्डरीको.....
कहाली लाग्दो छ भोगाई"क"देखि "ज्ञ"सम्म जिन्दगीको___
--------------------------------------------

थकाइ लाग्या छ कसलाई भनुँ;समयको दासी म........
दुख,कष्ट,भोक-तिर्खा सधैं चेपेर हिड्ने बटुवा म........
भत्किएको धनसार जस्तै मात्र जिर्ण अवशेष म....
थाहा छैन यो गल्लि कहाँ टुंगिन्छ कुन्नि; आखिरी यात्री म____
---------------------------------------------
विरहले पिरोल्छ मन सहि नसक्नु कटक्क मुटु दुख्छ.......
भावना अत्तासिन्छ खडेरीले;खहरे खोला आँखा भित्रै सुक्छ.....
निरिह जीवन सधैं एक्लो;पलहरु चर्केर मध्यरात रुन्छ.......
कुत्कुती लगाउँछ जिउने रहरले रित्तो हात सलबलाउछ____
----------------------------------------------
हुरी चलिरहन्छ मन उडाइरहन्छ;उडायो कल्पनाको संसार सबै.....
एक मुठ्ठी सुख भए जिउने आशा पनि;पहिरो आई बगाई लग्यो सबै....
आफन्तलाई मेरै हो नभन्नु रैछ;दुर्भाग्यले लात हान्दा पराइ हुन्छन सबै....
बिलखबन्द जिन्दगीको सहारा हुन्न; आफ्नै बैरी हुन्छन सबै______
>>>>>>>>>दिपेन योङहाङ>>>>>>>>>
=============================

 

दिपेन योङहाङ लिम्बु
"दिपेन योङहाङ "

रात गनी साध्य छैन

दिन गन्यो सधैं आउँछ जान्छ; गन्ने काम मात्र भो......
रात गनी साध्य छैन; मध्यरातमा छ्टपटाउँदाको दास्ती भो....
रहर सबै छटपट्टियेरै खेर गो;बाँकि जीवन सुटुक्कै बित्ने भो....
के भो भन्नु; खुशी पाउने मदहोसमा बिरह मात्र साथी भो_____
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

विरहले गित गाउँदा मुटु भित्र पहाड टुट्छ;चुड्के संगीतले तार चुटेपछी......
मनको बाँध हो टुट्छ नै; बेअर्थमा छिन्न-भिन्न सहारा बिहिन भयेपछी.....
जताततै ठोक्कर लाग्ने सदरै नहुने; एक थोक सम्झ्यो अर्कै थोक भएपछी....
सुख्खा प्रसाद डिठ्ठाराम भो जिन्दगि; कुलंगार मानव दानव सबैले ठगेपछी_____
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
जिन्दगि गाउँ खाने कथा भो; सेरो-फेरो सबै मेरो नहुने भो.......
यत्र-तत्र सबै सल्कियो जिन्दगि; खरबारिको डडैलो नै भो......
संसार स्वार्थी भनुँ या कर्म बिग्रेको;जीवन भत्केको छाप्रो भो....
तन मन सबै पराइ भो; जिन्दगि त भिरमा फाल्ने चिन्डो नै भो____
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
खहरेको सयौं जंघार तरी सकेँ बाँकि नै रहयो महासागरको भेल......
मन बाँधेर ढुक-ढुकीलाई थामेकै छु अझै सकिएन कर्मको खेल.......
पाप पनि कस्तो होला शुभ-साम टाँस्सी रहने ;अझै भात्कियेन दैवको जेल....
दिक्क लागिसक्यो चुडायेर मिल्काई दिउँ भइसक्यो यो बिधताको नेल_____
===============================================

 

Profile Picture
"दिपेन योङहाङ "

 निरिह थाँति रहेँ.......

जिन्दगीको मझेरीमा आकाश खस्दा.........
एक्लो म यो धर्तीमा त्यसै रित्तो भएँ_____
सकिन बोझ थाम्न विवश यो थाप्लो दुख्दा......
पापीहरुले च्याँखें थापेर नि जिते निरिह म थाँति रहेँ_____
===========================

कसरि भनुँ दोषी छैन,हरेक कोणमा म दामी थिएँ.......
नजरहरुको भिड भित्रको दोषी म साह्रै नै नामी थिएँ____
अन्जान छु कसरि भनुँ म!अनायसै लिलामी भएँ .......
हरेक बैकल्पिक नजरहारुमा तबिल्दार कलमी आफैं ठहरिएँ ____
============================
कसरि दिउँ सफाई म!लिखितम सबै आफ्नै दिएँ.....
कल्पनाको महलभित्र निस्पाप अधिकार सबैलाई बाँडें____
बिसाको नाउ अरुले नै पल्टाई दियो, किनारमा म हस्रक्कै भएँ....
कसरि भनुँ बेकसुर छु म! सडकमा दौडिने ब्रेकबिनाको गाडी भएँ_____
=============================
ऋण काढेर डाइरेक्टर मेनेजर बनाएँ,डुबेर म आफै साहु भएँ.......
खमारमा दाइँ लगाएँ जो ठहरें मालिक म,धान सबै लुटाएँ____
चैत्र-बैशाषमा खडेरी चल्यो, बगुन्द्रमा म आफै अनिकाले भएँ.....
कसरि भयो कथाको सुरुवात!अन्त्यमा म सन्याँसी जो भएँ_____
>>>>>>>>>>दिपेन योङहाङ>>>>>>>>>>>>

  

Profile Picture
"दिपेन योङहाङ "

 विषाक्त जहर >>>>

   विषाक्त जहर अमृत हो भन्दै पिलाई रहयौ......
    चार जात छत्तिस बर्णको मन्त्र फुकी जात पात छुट्यायौ.....
    भन्न त मन थिएन तर नश्लियती दमनले बाध्य पारेकाछौ.....
    सत्र पटक लडाईं हार्यौ सस्त्रमा अस्त्रमा लिम्बुवानको मार खायौ....


    -----------------------------------------
    पच्दैन होला>>>>कक्को चेष्टा बाकको ध्यानम:
    ==========================
    त्यस पछी भिजेको बिरालो जस्तै अरुण पुर्व छिर्यौ........
    पेलीहाङ र थक्लिहाङको हजुरीमा हात जोड्न पुग्यौ....
    अनगिन्ति हाङहरुको जोगी जस्तो दरबार चाहर्यौ.....
    लोभ र लालचको भित्र-भित्रै बिषबमन गर्दै हिड्यौ.....
    ------------------------------------------
    रिस त उठ्छ होला>>>>स्वान निन्द्रा तथै वच:
    ===========================
    एस्तो मन्त्र काठमाडौँमा भत्वा बसी पढ्दा खेरि सिकेका रैछौ....
    त्यै मन्त्र जपी बिनाकमण्डलु जोगी भै लिम्बुवान छिर्ने सुद्धि कस्यौ.....
    पापको डरै बिना हाङहरुसंग चन्द्र-सुर्य साक्षी राखी कसम खायौ....
    पापको डर भए क्रितिपुरे नेवारहरुको १६ धार्नी नाक-कान किन काटथ्यौ....
    ------------------------------------------
    बौलाउनु पर्दैन है>>>>बिनास काले बिपरित्त बुद्धि:
    ==========================
    तिमि दाजु म भाई भन्दै लिम्बुवानी हाङहरुसंग साइनो गास्यौ.....
    अरुण पुर्व लिम्बुवान सत्रथुमको मालिक लिम्बुवान भन्यौ......
    सोराना मालिक लिम्बुवान उदघोष गर्दै लालमोहर र ताम्रपत्र थमायौ....
    तिमीले खाएको कसमले तिम्रो सत्यानास भयो बंसनास आफै गर्यौ.....
    --------------------------------------------
    पाप येसोरी कराउछ>>>>>ऊं नाम: स्वाहा:
    ===========================
    बंसनास त गर्यौ-गर्यौ ज्ञाने माइलोलाई घरको न घाटको बनायौ......
    तिम्रा धोबिका कुत्ताहरुलाई नश्लियती बाहुनबादी छाप छोडेर गयौ.....
    तिम्रा सुसारे, नोक्कर-चाकरहरुलाई हिन्दुबर्नाश्रमको मन्त्र फुकेर गयौ....
    ---------------------------------------
    नपाउनेले केरा पायो>>>>>>>>ऊँ शान्ति...शान्ति...
    ========================
    तिम्रा धोबिका कुत्ताहरु,तिम्रा सुसारे, नोक्कर-चाकरहरु आज....
    देश लुट्न व्यस्त छन,देशलाई अप्ठेरो-अप्ठेरो ठाउँमा अठ्याउन व्यस्त छन....
    तर कसम पुरा हुन बाँकि नै छ,साम-दाम-दण्ड लिखितम हुन बाँकि नै छ आज...
    आदिबासी,मुलबासी,जनजातीको सुसज्जित हुण्डरी चली सक्यो याद राख आज....
    बाहुनबादी टपरे जनैबादी हिन्दुबर्नाश्रमको शोषण दमन तिम्रै पापले अन्त्य हुँदै आज .....
    ===========दिपेन योङहाङ===============
    सम्पूर्ण संघीयप्रेमीहरुलाई मेरो क्रन्तिबिर... जय लिम्बुवान.....सेवारो,सेमुन्ना,सेप्टुमा,जोजोलाप्पा,छेझोलो,
    तासीदेले,फ्याफुल्ला,झोर्ले.......स्विकार्नुस है.....!!!
====>>>>>>>>=====<<<<<<<<<========

दिपेन योङहाङ लिम्बु
"दिपेन योङहाङ "
खुइय्या....हाम्रो देश.....
__________________
संबिधानबिनाको खुइय्या...हाम्रो देश.....
मनुबादीहरुको एक्कल भाषा एक्कल भेस....
बहुलाकाजी नेता जी हरुले अष्मिता लुटेको देश....
लुछेर-लुटेर बाँकी अस्तिपन्जर लुछाचुडी मै रहयो शेष ....
देशलाई खाली ढुङ्ग्रो बनाएर छोड्याछन मात्र अबशेष....
होस् पुर्याउने नै हो भने अर्काकै देशमा दुई पैसा कमाको बेस....
                                                         सिठो पिठो जिब्रोको टुप्पामा भएनी मन भरि आँखा भरि छ देश....
सुन्छु,,,वर्डफ्लु जस्तै.....
सगरमाथाबाट ओर्लिएर लभेरियल भाइरसहरु हावा संगै फैलिएको छन रे.....
कोकोकोला पेप्सी मिरिण्डा त मेड इन इन्डिया आहालको पानी पो गन्हाउँछ रे....
महँगीसंगै प्याट्रोल्को दाम उर्लेर सुनको भाउमा किन्न देश द्रोही नै हुनु पर्छ रे...
KTM मा पार्टी फुटेर सप्पै बाहुनबादीहरु जंगल पस्ने भाछन  रे....
गाउँ तिरका ठुटे नेताहरु लुटेरा जस्तो चोक-चोक घुमी हिड्छन रे...
>>बन्दव्यापार फस्टाउदैन,जागिर पाइन्दैन, जंगल पस्ने भए<<
तपाईको नाता देश द्रोहिहरु संग छ?
तपाई संग एस एल आर छ?
तपाई संग एल एम जी छ?
तपाई संग ए के 47 छ?
तपाई संग देशको लुटेको सम्पति छ?
>>>>>>अगर छैन भने,,, ठिक्क उल्टो<<<<<<<<
डलर फल्ने खेत पनि बाँझी सक्यो होला.....
ब्याडमै छोडी राखेको डलरको बिउ पहेँली सक्यो होला...
बाँझो खेत पानी बिना चर्-चरी फुटी सक्यो होला.....
पहेँलिएको बिउहरुलाई तपाईको हात चाहिएको होला....
खेत र बिउ दुबैलाई तपाई को अजस्र साथ चाहिएको होला....
शुभ-साँझ सबेरै तपाई आउने बाटो भरि आँखा बिछ्याई रहेको होला.....
>>>>क्यार्ने त नि नेपाल गएर?<<<<<<<<<<<<<<<
==================================
"शेर्पेनी कान्छी"
ऋतु सङ्गै फुलहरु मुर्झाएर झारेपछी आयौ
कहाँ थियौ आज सम्म बैस ढलेपछी आयौ

जुन सङ्गै धेरै रात बिताए तिम्रो यादमा
सपनाहरु खरानिको रास भै डढेपछी आयौ

 
सङ्गै जिउने मर्ने ठुलो धोको थियो मनमा
डढेलोले खाएको बनझै मन जलेपछी आयौ

आशाका दियो मन भित्र बाली बिस्वास गरिरहे
मुटु दुखाएर रोगी भै जिबन गलेपछी आयौ

निरासको कालो बादल सङ्गै प्रतिक्षामा बसिरहे
कहाँ थियौ आज सम्म केश फुलेपछी आयौ
============================
आतितका पन्ना पल्टाउन,छाडीदिए मैले
आज पाइला आन्तै कतै,मोडीदीए मैल
धेरै रोए बियोगमा तिम्रो माया पाइन्
त्यसैले आज मन मुटू गोडीदीए मैले
तिम्रो य़ादमा आसु अब कहिल्य झार्दिन
मुटु निचारि आफ्नै हातले फोडीदिए मैले
बेबारिसे लास जस्तै कति बसे पर्खाइमा
मन मारि आन्तै साइनो जोडीदिए मैले
हासी खुशि रहनु सफल ऱ्होस् जिबन्
हामी बिचको नाता आज़् तोडीदीए मैले 
.शेर्पिनि कान्छि

============================

"जुनिता सुब्बा ढकाल "
निसानामा परेर दाहिने हात चल्दैन मेरो यो
सपनामा मरेर बिपनिमा शरीर हिल्दैन मेरो यो

म कस्तो अबुकालमा परेको छु मित्र हो
बेहोसीमा फसेरनी चेतना बिल्दैन मेरो यो



भो निसाना फेरी फेरी नलगाऊ यसरि
पटक पटक रोपिएर गल्दैन मुटु मेरो यो

भक्कानिंछु,रन्थनिंछु,बर्बराउछु छाती पिटी
मर्न परे मरु बरु आस्था झुक्दैन मेरो यो
==========================

दिपेन योङहाङ लिम्बु
"दिपेन योङहाङ "
ल हो....ल....लुते करंङ् हाँजिर छ
भाँचे नि भाँच तिम्रै जिम्मा छ....!
एक दुई वोटा त राखी देउ है
उनको अधुरो बाचा पुरा गर्नुछ....!!
===============
येक्याक्लो कान्छी भनेकै त होनी
बाँडि-चुँडि मायाँ लाएकै त छुनी....!
ढिलो भयो भन्दैमा नच्याठिनु है 

                                                        औंसी-पुर्णेमा नबिर्सी आउदै गर्छुनी...!!
                                                        ===============
हा...हा....हा...के भाको होला....??
बिगत चर्याक्क चर्केर
मुटु भित्र मन कटक्क दुखेर.....!!
हैरान भएँ हौ कान्छी>
सायेद "हिम सम्माङ्"बिग्रेर होला.....!!!
========xxx==========

         तिज 

पोहोर सालको तीज याद आयो ... !!!
यस पालिको तीज कस्तो हुने हो ...???
स्वांगे तिज खल्ली-बल्ली
ओ...बल्ले?नारीमुक्ति हल्ली-हल्ली....
पोइला जान पाम....कुसंस्कार स्वांग
को होला मलाई लाने?
तोरी लाउरे गाम....
जाम...जाम...जाम....ट्राफिक जाम...
ए साथि-संगी हो कुरीतिको जन्जिर तोडी
मन पर्दा सुटुक्क पोइला भाग्न पाम...
पोइ संग रिस उठे सुइकुच्चा ठोक्न पाम....
हरेकृष्ण हरेराम मन परे पोइ नै साट्न पाम...
जाम...जाम...जाम....ट्राफिक जाम...
पोइ परे नेपालका मन्त्रि कुन होटेलमा कोसँग छन...?
जाम...जाम..पोइला भाग्न पाम...
पोइ परे पत्रकार आफ्नो त जीवनै अलन्तार
खाम..खाम...खाम सेलरोटी गोडाको पानी खाम...
बाह्रैमास एक्लै बस्नु भन्दा पोइला जान पाम....
पोइ परे भ्रष्टचारी घुसखोरी मै दुखि शुन्दरी....
खेरैजाने भो जवानी तिजको यो गीतमा नाचम छमछम...
ताल्परे सिकारी नजरले हान्दिम गोलि ठिसिम्म....
कि वार कि पार ठिसिम्मठिसिम्मठिसिम्मममम्म्
जाम...जाम...जाम जवानी नराखाम जाम...
हे महेश्वर..तिजको भोलिपल्टै पोइला जान पाम....
गोडाको पानी ख्वाउने पोइलाई छिट्टै छोड्न पाम...
त्रिसुले झुसे पोइ भन्दा उद्धमी दाउरेसंग पोइला जान पाम...
=====================
ओम् शिवाय नम नांगे बाबा कि जय्य्य्यय्य्य्य....

=====================
"तिजको शुभकामना सहित...."
" तिज–पत्र ".
– खुक्सङ खम्बु.
===========
प्यारी सावित्री!
यस पटकको तिजमा.
मेरो जोर खुट्टाको जोर बुढी औंला.
तिमीलाई सम्मान पूर्वक ढोगाउन नपाएकोमा.
सात समुद्र पारि बाट गहिरो दु:ख व्यक्त गर्दछु ।.

प्राणनाथको हरिनात परेको खुट्टा.
ढोग्न नपाएर तिमी पनि.
कति थक्क–थक्क गरौली.
चिल्लो निधार चिलाएर.
भित्तामा कति ठोकौली.
संझदै यहाँ मेरो पुरुषत्व.
तुरुक्क–तुरुक्क स्खलित हुन्छ ।.

पतिदेवको अपार कृपाले.
तिमी पो दिनभर उपास बस्न सक्छौ.
कम्मर मर्काई–मर्काई नाच्न सक्छौ.
सोच त–
यहाँ मेरो हालत के होला?
म कसरी बाँचेको हुँला?
के–कहिल्यै चिन्ता लिने गरेकी छौ?

म भने,
भात पकाउन नजान्दा नि संझिन्छु.
लुगा धुन अल्छी लाग्दा नि संझिन्छु.
झन राति सुत्ने बेलामा त.
कति मिस गर्छु–गर्छु.
तिमीलाई भने अलिकति नि मेरो माया लाग्दैन हगी?

आज नि,
तिम्रै यादमा तड्पी रहेको थिएं.
धन्न फेसबुकमा एउटी आई.
र केही रमाईलो गराई.
च्याटमा खुब मजाले कुरा गरियो.
र थोरै भए पनि तिम्रो तिर्सना मेटाई.
लु तिमी आफै सोच त.
म तिमीलाई कति माया गर्दो रहेछु?

दोहाको यो उखरमौलो गर्मी.
त्यही माथि.........
सपना बिग्रेर हैरान.
उफ्फ्फ्...............
सुत्नै सक्दिन
त्यहाँ तिमी भने के गर्दैछौ हँ?

सुन्छु,
विदेश जाने धेरैको श्रीमती.
गाऊँमा बिग्रेका छन् रे.
छाडा छोडेको गाई जस्तै.
भाका छन् रे.
खबरदार तिम्रो आँखा.
कुनै भुस्तिघ्रे माथि पर्ला?

पतिदेवको अपार कृपा.
नाम, सुवास, प्रताप, सौर्य, किर्ती र रिस.
तिमीलाई थाहै छ.
पटक–पटक संझाउन परोइन ।.

फेरि पतिदेवको
धैर्यको बाँध टुट्यो भने नि.
तिम्रो मृग नयनी आँखा–शाखा भन्दिन.
खबरदार.........
खबरदार.................
खबरदार..............................
तिम्रो मृग नयनी आँखा.
कुनै भुस्तिघ्रे माथि पर्ला?

खबरदार.............???

अलच्छिनी आईमाई.............।

तिम्रो प्राणनाथ!
दु:शासन, दोहा, कतार ।.

"महिला मुक्तीको कामना सहित ।".
========================
 भद्रगोल किराती 
<=============>

मुक्त आकाश हिर्काएर
अबिबादन कामरेड।
तपाईं बस्ने दरबारको
प्रत्येक सम्ररचनामा,लाखौं नागरिकका चक्र खिएका छन।
इट बनाउदा,बालुवा र सिमेन्टको घोल बनाउदा
पानी बराबर पसिना,रगत,सिउदोमिसिएको छ ।

आज,अन्तिमपल्ट
तिम्रो लाल दरबारमा
तिमीले दिएको लाल्बुक बाट
मेरो नाम र थेप्चिएको नाख मैले उप्काये
बाँकी खोस्टा टक्र्याएको छु कामरेड ।
दरबारको गजुर हेरेर ,मुठ्ठी उठाये
बिदाइ सलामी चडाउन
तपाईंको शिर तिर हेर्दा
आँखा तिर्मिराये
तपाईंको भाद् गाउले टोपी भित्र
सङ्रग्रालयमा थुनिएको श्रीपेच देखे।
र,यो रक्तिम- ज्ञापनपत्र लेखे ।

जदौ ,कामरेड
मेरो दुर्गम आवाज सुनाउ भन्दा
तपाईंको आधुनिक बाइपङ्खी घोडा
प्रकाश गतिमा कुद्दो रहेछ ।
मेरा भस्मे,खेत,खलियान
घडेरी,पुर्खाको चिहान
तपाईंले आर्जेको राज्यमा
खै कहानीर पर्छ ?
म माझकिरात बाट
रक्तिम- ज्ञापनपत्र लिएर आए कामरेड

तिम्रो आसन नजिक आउन
सैयौ सिडिहरु चडनु पर्दो रहेछ।
तपाईंका द्ववारपालहरुले,मेरो डाँकरको
सातु,सामल,ढोल झ्याम्टा माथि
अन्नगिन्ती सङ्का गरे।
अनाबस्यक खान्तलासी गरे ।
सम्झे होलान ,तिम्रा धोकेहरुले
मालिकको आसन ताकेर आयो भनेर

मलाई थाहा छ , तिमीलाई लिम्बु कान्छा र कान्छीले
धान नाचेको पट्कै मन पर्दैन ।
टुडिखेलमा साकेलाको लय र ताल
तिम्रै लागि गाली सम्झन्छौ ।
मधेशमा रङ खेल्दा,तिमी आलो रगत देख्छौ ।
कामरेड आँखा कसरी सन्चो छ भनौ ??
तमु मगर हरुको {रेगा}भाङ्ररा लाई
बन्दोबस्तिका सामान सम्झेउ तिमीले?

सिङो थरुहट लाई भ्यागुता देखाएर
असला भने पछी
कसरी विश्वाश गरुन ?
राजनैतिक कमैयाको माखेसाङ्लो
प्रत्यक डोबहरुमा छाडदै हुनुहुन्छ तपाईं?
ताम्सालिङ आज
कुरुप साशकरुको छाला काडेर
अधिकारको लागि डम्फु बजाउदै छन ।

नेवा कुलेखानिको ड्याम जस्तो
सुतेर बसेको नसम्झनुस् ????
कालो अध्यारोमा बनाएको
षड्यन्त्रका बिस्कुन हरु
लाखौं मेघावाट बिद्युत निकालेर
खरानी पार्ने छन ।
मन्जु श्रीले फुटाएको पोखरी थुनेर
दुर्गन्धित कसिङर्हरुलाई
सधैंका लागि डुबाइ दिने छन ।

अग्लो धर्हराको टुपोमा बसेर
जमिनमा बसेकालाई
नाथे नस्म्झनुस् ?
आक्रोशको भुइचालोले,नारयणहिटी हल्लाएर
त्रिभुवनको नातिलाई
नागरजुन बनबाश पठाएको छ ।
कथा नबिर्सनुस् कामरेड ?
सम्झाउन रक्तिम- ज्ञापनपत्र लेख्दै छु ।

आगनमा लागेको चाकडीको मेलालाई हेर्दै
ग्वाला सम्झिनु भयो भने
दुर्भाग्य गाई ब्याउदैन ?
समयमा चेत खुलेन भने ?
रातो दरबार लाई सङ्रग्रालय बनाएर
टिकट छापे हुन्छ ।
एउटा ठुलो डाइनोसर्को टाउको राखेर ।

घर छिमेकका पर्यटक
चक्रपथमा लाइन लाग्ने छन ।
आगनका कार,पजेरो पनि त्यही राख्नुस् ?
६९ जेष्ठ २६ खुल्लामन्चको
हातेमालो तस्बिर पनि राख्नुस् ?
तपाईंका नाती नातिनिहरु , बर्गिय ईतिहास पढ्ने छन ।
जिबन्त पुस्तकालयमा ।

इन्द्रेनी विचारमाला लाई , भोटेताल्चा लगाएर
साचो किन जनाइमा झुन्डियो कामरेड ??????
तपाईं ठुलो भ्रममा हुनुहुन्छ ???
अशोक को गालामा झुन्डिएको
पहिचानको कोठिलाई
एटम बम सम्झिनु भएको छ
चस्मा खोल्नुस् कामरेड ????
नभये,समयले नग्याउदा कुरी कुरी हुन्छ
=======================

"रोमन पिंडा "
"बिद्रोह अराजक"
काडाँले फूलको बिद्रोह गर्दैछ॥
फूलले भमराको बिद्रोह गर्दैछ॥
जसरी फूल माथि भमराले
अधिपत्य जमाएको छ।
फूलको रसमा,
फूलको सुबासमा,
फूलको परागमा,
माथि भमराले
एकछत्र राज गरेको छ
दमन,शोषण,अत्याचार गरेकोछ।
यसको बिरुधमा फूले
भमराको बिद्रोह गर्नु पाउनु
फूलको पनि स्वातन्त्रता र
सह-अस्तित्व हुनेछ।

मेरो पनि,,,,
यो मानव निर्मित नीति,नियम,कुसंस्कार
विधि विधान र प्रथामा मेरो पनि सहमति छैन,,,ताकी सृष्टिको बरदान शाश्वात छ।
कागजी नियम कुसंस्कार म मान्दै मान्दिन,,
किनकी मेरो मेरो स्वातन्त्रता
सह अस्तित्व र पहिचान माथि एक छत्र राज दमन लादिएकोछ।

कुन ?सृष्टिले मानव जन्मिन्दै उच्चा र निच्चा जात भनेर?
कुन?सृष्टिको दस्तावेजमा लेखिएको छ।
मानव म उच्चा त निच्चा ठूलो सानो भनेर?
हाम्रो रगत जात ठूलो सानो भनेर?
कुन?रगतले मंसीले लेखिएको छ?
,,,,,यो जात ठुलो सानो भनेर?
वर्गीकरण,नीति,नियम त,,
ती शोषक र शासकले बनाएको रहेछ।

अंह म अब यो मान्दिन
यो बिभेद दासत्व जातीय र वर्गीय प्रथा
स्वीकार गर्न,,,,,,
अब यो नीति नियम विधान बिभेद कु संस्कार लाई खारेज गर्नु
म बिद्रोह अराजकता ल्याउने छु।
समानताको अराजक गर्नेछु।

यो मेरो उद्दघोष हो,,
जातीय र वर्गीय बिभेद मुक्तिको खातिर,,
अंहकारी यो कसंस्कारको बिरुद्दमा,,
अंहकारी दानवहरुको,,
मानव निर्मित नीति,कुशासनको बिरुद्दमा,,
एकात्मक सोच बिचारको बिरुद्दमा,,

बुद्दि भाइरस भएको दानव
खोपडीमा एम्बुस पड्काउन,,
तयार हौ शोसित वर्गहरु,,,,

मैले मेरो समानता
सहअस्तित्व
र पहिचानको लागि,,
यो मानवताको धरातालमा
समानताको मानव अर्थ खोज्दै छु।

वर्ग र जात ठूलो र सानु,,
यो कस्तो?
नीति,नियम,संस्कार?
मानवले मानवतालाई
असमान देख्ने दृष्टि हो यो?
असमान देख्ने सृष्टिको नियम हो?

बिडम्बना,,?
कु संस्कार,कुशासन,
दमन,अत्याचार बिभेद गिद्दे दृष्टि,,
को बिरुद्दमा यो "अराजक बिद्रोह"
रहिरहने छ ।
पतन नभए सम्म
कोही समानता नभए सम्म,,,,,,
युगौ युग सम्म,,,,,,,,
========================

दिपेन योङहाङ लिम्बु
"दिपेन योङहाङ "

 "कान्छी"

लछेप्प्रै मुखमा तेल दलेर
बेला न कुबेला लाडे पल्टेर
मस्केर बोल्नु पर्दैन कान्छी___i१
चौबाटोमा अलपत्त्रै पारेर
ताल न बेताल हिड्याथ्यौ च्याँठ्ठियेर
त्यो दिन कहिल्यै बिर्सिन्न कान्छी____i२i
जिन्दगि जुवा हो हान्देउ सोहोरेर
दाउ परे खेले हुन्छ च्याँखे थापेर
तर म तिम्रो मनचाहे खेल्ने कौडी होइन कान्छी____ii३i
हिड़थ्यौ नि खुब...टेड़ो आँखा पारेर
बाटो काट्थ्यौ नि...नचिने झैं लाज पचाएर
त्यो दिन सम्झेर लाज लाग्दैन कान्छी..?_____ii४ii
अन्तै केहि गरे हुन्छ उभ्रेको जवानी नफाल खेर
त्यै चौबाटोमा बसे हुन्छ प्रेमको दोकान थापेर
मैले त कसैलाई बचन दिइसक्याछु कान्छी_____ii५ii
मन भरि सपना थ्यो सबै खेर गयो छरिएर
चौबाटो मै सिद्ध्यायौ नाता बैंसले मात्तिएर
उनकै मायाँ काफीछ मलाई दोचारे मायाँ चाहिंदैन कान्छी_____iii६iii
>>>>>लु खास्त<<<<<
================
"दर्शन योङहाङ लिम्बु"
हाम्रो पनि हक लाग्छ , भन्छन यहाँ ल्याइते हरु
माग्या सबै दिनु हुन्न , भन्छन यहाँ ब्याइते हरु

सबै कुरा दियो भने , चुला चौका मात्र रूंग्ने लाई
घर न घाट को हुन्छौं, भन्छन यहाँ आइते हरु

छोरी बुहारी उस्ता उस्तै , के मा फरक छ र यहाँ
आधा आधी हुनु पर्छ , भन्छन यहाँ माइते हरु 

मुटु सम्झी सबैदिएं , सङ्गिनी लाई मैलेनै र त
खोसिएं म सर्वस्व नै , भन्छन यहाँ घाईंते हरु
 
नियम कानुन भन्दा , फरक हिसाब किताब ले
हामी मिलाउछौं नित , भन्छन यहाँ काइते हरु
नोट :
ल्याइते / दुलही बनेर आएकी कुटुम्बा को छोरी
ब्याइते / बँशज उतराधिकारी
(दर्शन योङ्हाङ्)झापा ...

===================

"दर्शन योंङहाङ लिम्बु"

दुईकिनार जोड्ने नदिमा पुल बनेर हेर
फक्रिएर कहिल्यै नझर्ने फूल बनेर हेर

गाउ शहर सुधार्न ब्यापारीक एड होइन
गौतम बुद्दत्व अहिंसा को तुल बनेर हेर

एकजना को परीश्रमले फोरिन्न त्यो पहरा
पौरखी कमिला झैं मान्छेको हुल बनेर हेर



किसानी दाई मिहेनेतले मात्र फल्दैन अन्न
पाखो बारी सिंचने पानी को मुल बनेर हेर

कोयल र न्याउलि सँगै रम्न बनपाखा भरी
हिंस्रक बाज होइन बुल..... बुल बनेर हेर
(दर्शन योङ्हाङ)झापा .....
=====================
दिपेन योङहाङ लिम्बु
"मिरेइन योङहाङ लिम्बु"

हल्ला नगरे भो कान्छी......
तिमि जस्तो थुप्रै कान्छी
भर पर्र्या छन तिमि लाई पाप लाग्छ...
बीसौं सताब्दिमा नाटक सम्झ्यौ कान्छी
एक्काइसौँ सताब्दिमा मायाँ गासौं भन्छेउ कान्छी
चोखो मायाँ गास्नेहर्को तिमीलाई सराप लाग्छ..........
 


..........आ.~`~~सुत्छु पो........
म त खाली छुइन है कान्छी.....
नाटकको दोस्रो भाग बिथ्थामा सुरु नगरे भो....
यत्रो ब्रह्माण्डमा सयौं छन मिथ्यामा मलाई आँखा नतरे भो....
............फरक्क फर्किन्छ भनेर?.............
म त फर्किन्न है कान्छी...
भन्दै छु तिमीलाई मायाँ-प्रिती अन्तै गाँसे भो....
कहीं कतै सिप नचले सुटुक्कै झुन्डेर
मरे भो.....
========================== 
"भारु पल "
2. नयाँ बर्ष - तिमीलाई एउटा प्रश्न !

मृत्युको चिहानबाट जुरुक्क उठेर
बुख्याँचा जस्तो जीवन बाँच्नुको कुटिल अर्थमा
चस्स-चस्स जलेको मुटुहरुलाई अरु जलाउन
घरि यता घरि उता
घरि हिजो घरि आज
गरबधु जस्तो बारम्बर धाइरहने

नयाँ बर्ष !
तिमीलाई दर्दभरिको एउटा प्रश्न छ -
तिमीले के मृत्युहरुमा जीवन भेटेका छौ ?
तिमीले के नेपालीहरुमा खुशी देखेका छौ ?

हामी पनि आलो मृत्युहरुको भिडबाट
भारी बेदनाहरु टर्नेडो सहदै
सुदामाको जिन्दगी बांचिरहेका छौ,
कुन बेला
भोकमरीको बम पड्किने हो; थाहा छैन
हामी बली हुन लागिरहेको बोकाको जिन्दगी साँचिरहेका छौ -
कुन बेला
निर्ममताको घाँटी रेटिने हो; थाहा छैन,
अन्योलाई अन्योलको सौर्यमण्डलमा
देख्यौ -
कसले कसलाई जीवनको रुखबाट झार्‍यो ?
कसले कसको मुटु टुक्रा-टुक्रा पार्‍यो ?

आफन्तले आफन्त मारिनुको अर्थमा
पराइले आफन्तको सौदा गरिनुको अर्थमा,
बर्षौँबाट हामी जुठो परेका छौँ,
नियतिका कालो भोगाइहरुमा - हामी बाँच्दै मरेका छौँ,
बाध्यताका तारे भिरहरुमा - हामी मर्दै झरेका छौँ ।

हिजो मात्र -आमाको स्वर्णिम सपनाहरुमा भयानक बज्र झर्‍यो
छोरी - बुहारीको पालुवा सिउँदोहरुमा
एकैपल्ट नियतिको चट्ट्याङ पर्‍यो,
आज मान्छेका मनहरु त्रास-सन्त्रासमा बितेकाछन्,
तिनिहरुका अनिदो सपनाहरु
काँचका शिशा झैं झर्‍यामझुरुम फुटेकाछन

अब तिमी नै भन नयाँ बर्ष !
तिम्रो मात्र खुसीमा हामी कसरी हाँस्न सक्छौँ ?
मृत्युहरुको हर्सोल्लासमा - हामी कसरी बाँच्न सक्छौँ ?

रचना: २२ डिसेम्बर २००४ ब्रामकोट ननइटन, युके ।

==================================

सन्तोष सिटौला 
पण्डित बा,
महाभारतको कालो कथा पढेर
सकुनीको कपट मात्रै सिक्नु भो ?

के यो भीर र पहराहरूमा तपाईं
मुन्धूमको बास्ना आउँदैन?
यो अरूणको गड्तीरै-गड्तीर
सिकार खेल्दै हिंडेका
पारूहाङ्गको पइतालाको डोब कस्ले मेट्यो ?

खोई मेरो बराजुको चिहान ?
पण्डितनी बजुको गलाको जिमाला

कुन चिहान उत्खनन गर्दा भेटेको?

आजभोली मेरो टाउकोमा, प्रश्नै-प्रश्न छ पण्डित बा,
म जवाफ खोजीरहेको छु !

बर्षौ अघीदेखी
उदिनेको मेरो आँगन
अब मैले जोगाउँनु छ ।

बाजे, छाडा गौचरन रोक्न बार बार्ने छु ।
अब ,आफ्नो बालीको माया त लाग्छ नि बाजे ... !

तर बाटो त हुँन्छ है !
आगनीमा आउँनलाई तपाईंको कान्छो चैँ छोरो मेरो भाई जस्तै हो ।
सोल्टिनीहरू सँग धान नाच्न जाउँ भनेर कर गरीरहन्छ मलाई ...........

यो यूग पल्टेछ क्यारे !
र त ,.. मेरो माथिङ्गल हल्लीयो !
अब मैले दुवाली छेकेको ठाउँमा
माछा मार्न नआउँनु ।

म खोलो कहिले पनि बार्ने छैन
आफै खोजी खानुँ ,पसिनाको स्वाद मिठो हुँन्छ बाजे .......

बाजे, झोला भरी-भरी काँचो कागज बोकेर !
औँठाको छाप खोज्दै अब बस्ती नपस्नु !

जाली तमसुकमा लाग्ने,
औँठाको छाप अबको दिनमा
तपाईंको गर्धनमा लाग्न सक्छ !

उहिलेकै जस्तो सम्झिएर
खालीपानामा ल्याप्चे लगाउँन ,हाम्रा आँगन तिर नजानु.......
हो बाजे आजभोली आपाहरू जाँड गन्हाउँदैन !!!

===============================
 केशब सिलवाल 
(दुःखले आर्ज्याको मुलुक )
.................................
कम्ती दुःखले
आर्ज्याको मुलुक हैन यो

छपछप्ती काटियो आफ्नै मितलाई
सासु,ससुरा भनिएन
दाजुभाई भनिएन
भनिएन सम्धि,सम्धिनी
बालुवामा लुकाएर हतियार
प्रहार गरियो निर्दोषमाथि
जात्रा मनाउन उपस्थित जात्रे हरुमा
मच्चाइयो कोकोहोलो
भनिएन केटाकेटी
डालोको डालो नाक काँ काटेर आर्ज्याको मुलुक हो यो

मुलुक निर्माणका खातिर
आफ्नै देवरलाई थुनेर भाउजुले
हत्या गर्नु पर्यो जेल भित्रै
जेलभित्रै सेरिनु पर्यो बडाकाजीले
केवल मुलुकका लागि
आफ्नै पितालाई जेलमा सडाएर
छोराले सम्हाल्नु पर्यो बागडोर
भान्जाले गोली ठोक्नु पर्यो मामालाई
यसरी
हो यसरी
पचाइयो श्री ५ को पाँच हजार षडयन्त्रहरु
पचाइयो श्री ३ को तीन हजार षडयन्त्रहरु
मुलुक निर्माणका लागि

देश निम्ति लडेर
वीर हरुले पाए भब्य पारितोषित
कोहि पुगे पन्जाब
र पारङ्गत भए गुलामीमा
कोहिले बिरता प्रर्दर्शन गर्दै
हाम फाले गोसाइकुण्डमा
उमेर छदै युवराजले सेवन गरे बिष
मुला काटिएझैँ काटिए हजारौं भारदार हरु
मुलुक का लागि
षडयन्त्रको बिशाल जंगलको बिचमा
बसेका छन् रैती हरु पनि
जी हजुरिका पखेटा फिँजाएर
कम्ती दुःखले आर्ज्याको
मुलुक हैन यो

षडयन्त्रको बुर्जाहरु सजाएर
उभिएको छ सिंहदरबार सहरको बिचमा
जसका भित्ता हरु आले छन् रगतका छिटाले
छदैछ बसन्तपुर दरबार
जहाँको बार्दलीमा उभिएर
अझै पनि राष्ट्रनायक फ्याक्छन्
रैती माथी पित्तलका सिक्काहरु
नारायणहिटी छदैछ मलुकको केन्द्रमा
जसले बाचन गरिरहेछ
षड्यन्त्रका स्त्रोत्रहरु लगातार
इतिहासलाई ज्युदो राख्न
उभिएकै छन् सालिक चोक-चोकमा
एक-दुई षडयन्त्रका सुत्रहरु त
सरेरै जान्छन् नयाँ पुस्तामा जीनबाटै
यो पुस्तौनी रोग हो
जस्तो मधुमेह सर्दै जान्छ सन्तान दरसन्तानमा
खै को छ यहाँ निरोगी
ए इतिहाँसले थिचेको मान्छेहरु हो
दुःख गर अझै पनि
मुलुकका लागि
दुःख गर
कम्ती दुःखले आर्ज्याको
मुलुक होइन यो !!!

========================
 
दिपेन योङहाङ लिम्बु
"दिपेन योङहाङ "
किन मुख मोड्दैछौ आज आएर मित्र......
हिजो सम्म हाम्रो विचार मिल्थ्यो मित्र.....
संघियताको कुरासंगै जातीय पहिचान हाँक्दै जाँदा
सयौं प्रतिगामी एकात्मक बाहुनबादी मुटु हिल्थ्यो मित्र......
==========================
स्वयत्त राज्य र सह:अस्तित्व्बादको कुरा गर्दै जाँदा
एकात्मक बाहुनबादी गिदीलाई बारुल्लाले चिल्थ्यो मित्र.....
>>>>>>>>>>>>>>>>>>>>>>>>>>
जनजातीको हकहित र मुक्तिको आवाज ओकल्दै जाँदा
हाम्रो हरेक अभिव्यक्ति छापावाला सुनको टिलथ्यो मित्र......
<<<<<<<<<<<<<<<<<<<<<<<<<<
लगभग आठ दशक साम्यबाद र समाजबाद भोग्दै आउँदा
कामरेडहरुको अधुरो थुप्रै आश्वाशनका बिलथ्यो मित्र........
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
किन बिर्से जस्तो गर्र्या होला पारुहाङ र सुम्निमाको सजीव कथा
पुर्खाको इतिहास पढ्दा एउटै तालमा धड्किने हाम्रो दिलथ्यो मित्र.......
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<
इमानसिंह र काङ्सोरे,रिदामा र राम्लिहाङको कथा सुन्दा

हुलुक्कै उम्लिएको रगतसंगै कति मिठो हाम्रो घुल-मिलथ्यो मित्र......
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
के भो आज?खोइ हाम्रो कसम?कता गयो हाम्रो आस्था?
चोमोलुङमा जस्तै बिशालथ्यो गोहिले न सर्पले निल्थ्यो मित्र.......
<<<<<<<<<दिपेन योङहाङ>>>>>>>>>>
============================

"दिपेन योङहाङ"
प्रसंसा गर्नु पर्दैन तिमि जस्तो एक्लो छुइन कान्छी
पहोर परारै जस्तो ठिटो सोझो अब हुइन कान्छी
 समय एकै नास हुन्न भन्दै कति सम्झाएँ होला
मुख फर्काएर अस्विकार गर्दा कहाँ मात्र रुइन कान्छी
 जन्मिंदै धनसँग को जन्मिन्छ र भनेकै त थिएँनि
त्यति खेर तिम्रो नजरमा भित्ती जस्तो भईन कान्छी
झुप्रो र महल नछुट्याई मैले लाको पाइन्टलाई थुक्यौ
सातठाउँ टालेको पाइन्ट किन्ने मसँग सुक्कै थियेन कान्छी
पैसाबिनाको मायाँ बर्षायामको घामछायाँ प्याच्च भन्थ्यौ
खोइ त आज तिमिसँग न पैसा न मायाँ केहि छइन कान्छी

हरेक बहाना गरि यतै हेर्छौ, के काम छ? सिधै भने हुन्छ नि;
तिम्रो भित्ती खोज्या भने, खोइ यता त आको छइन कान्छी 
चोकतिर भौतारिंदैछ कि गल्छिडोमा भित्तिको पुच्छर खाँदैछ
साट्न मिल्छ न काट्न तिम्रै त हो नि अरु कसैको होइन कान्छी
पैसावाला आधुनिक यस्तै हो अतित अब  खोजेर पाइन्न कान्छी
============दिपेन योङहाङ============

"दिपेन योङहाङ "

किन मुख मोड्दैछौ आज आएर मित्र......
हिजो सम्म हाम्रो विचार मिल्थ्यो मित्र.....
संघियताको कुरासंगै जातीय पहिचान हाँक्दै जाँदा
सयौं प्रतिगामी एकात्मक बाहुनबादी मुटु हिल्थ्यो मित्र......
==========================

स्वयत्त राज्य र सह:अस्तित्व्बादको कुरा गर्दै जाँदा
एकात्मक बाहुनबादी गिदीलाई बारुल्लाले चिल्थ्यो मित्र.....

जनजातीको हकहित र मुक्तिको आवाज ओकल्दै जाँदा
हाम्रो हरेक अभिव्यक्ति छापावाला सुनको टिलथ्यो मित्र......

लगभग आठ दशक साम्यबाद र समाजबाद भोग्दै आउँदा
कामरेडहरुको अधुरो थुप्रै आश्वाशनका बिलथ्यो मित्र........

किन बिर्से जस्तो गर्र्या होला पारुहाङ र सुम्निमाको सजीव कथा
पुर्खाको इतिहास पढ्दा एउटै तालमा धड्किने हाम्रो दिलथ्यो मित्र.......

इमानसिंह र काङ्सोरे,रिदामा र राम्लिहाङको कथा सुन्दा
हुलुक्कै उम्लिएको रगतसंगै कति मिठो हाम्रो घुल-मिलथ्यो मित्र......

के भो आज?खोइ हाम्रो कसम?कता गयो हाम्रो आस्था?
चोमोलुङमा जस्तै बिशालथ्यो गोहिले न सर्पले निल्थ्यो मित्र.......
>>>>>>>>>दिपेन योङहाङ>>>>>>>>>>
============================

उमेश राई---कविता---
यति खेर उनीहरुको निद हराम भएको छ
दिन खराब भएको छ,

आखाँमा राख्दानि नबिझाउने हरु
आजकल किन पानी पिएर आगो ओकल्दै छन् ??
एक माना नौनी घिउ र एक ढुङ्ग्रो दहिमा बारीको पाटा साट्नेहरु
आजकल किन यति रुखो हुदैछन्...
सायद!
जगु लिम्बुको छातीमा...
अलि बेसिनै परेड खेलियोकी?
रघु राई हरुको अटुट बिस्वास मा
अलि बढिनै घात गरीयो कि
किन ओकल्दैछन् आगो यिनीहरु??

तामांगसालिंग को मुस्कानी चेहेरा,
किन दश घाम एकै चोटी लागेझै आक्रामक देखिन्छ??

एक माना मौरीको मह सँग,
एक बिघा खेत साट्ने सोझा थारु हरु
किन महाँ समर लड्न सुर कस्दै छ??
जिम्बु छुर्पी र चोमोलोंग्मोमै प्रफुल्लित हुने शेर्पा हरु
किन क्रान्तिको बिगुल फुक्दैछ?
सायद अलि बढिनै लात हानियोकि
यिनीहरुको सहनशिलातामा ??

हिजो नाख कान काटी काटी
तर्साउँदै डर छेरुवा बनाइएको नेवार हरुलाई के भो र?
यत्रो बिघ्न परिबर्तनको कुरा गर्दैछन्?
किन हो तमुवानका सिधा तमु हरुले हामीलाई टेर्न छाडेको??
अनि मगरातका मायाँलु मगर हरु
किन यति बिघ्न तातेका??
सायद सोझो सिधा भनेर बढिनै सोझाईयो कि के हो?.

अनि यो जनाई बाँधेर नि किन उम्लिदै छन् कर्णाली खसहरु
खसान राज्यको माग गर्दै??
अलि बेसिनै छेऊ लगाईयो कि के हो?...
अनि किन यिनीहरु बाहुन भएर पनि किन मुक्तिको कुरा बोल्छन्
खगेन्द्र संग्रौलाहरु..
दधि सापकोटाहरु...

किन बल्दैछ क्रान्तिको यो आगो???
अब हाम्रो दिन सकियो कि के हो?..

उनीहरुको मन मा सल्किनु नसकेको धुवाँ छ
उ यति खेर
उपहारमा आएको बिदेशी सोमरसले मन शान्त पार्ने
असफल कोसिस गर्दैछ....
रात किन बित्दैन??
भेट स्वरुप आएको स्वीस घडी हेर्दै निदाउने कोसिसमा छन्...
मिस्टर थापा...थ्री....
पी पी मिनिस्टर नेपालजी र खनालजी
पालो आउदैन कि के हो भन्दै
अत्तालिदैछन् शुशिल जी र ओलीजी
जति पानी पिए पनि घाँटी भिजेको छैन
बिचरा रामचन्द्र जी.....
हो यतिखेर उनीहरु मन मा लाग्नु डढेलो लागेको छ !!!

=============================

'गजल' '
तुखेसा' मनकुमार पारघरी 'मन'

बहर र छन्द भन्दै अक्षर यहाँ गन्न थाले।

सरल कुरा जटिल बनाई आफै कन्न थाले।

रदिफ,शेर,मतला,तखल्लुस र मक्ता खै त?
काफियाको कुरै छोडी लय र भाव भन्न थाले।

गजलमा आधुनिकता ल्याउँछौँ हामि भन्दै।
मैदान छाडेर पहरा तिर बाटो खन्न थाले।

गजल लेख्ने,पढ्ने र सुन्ने सबै गजलकार।
आफू-आफैँ यहाँ गजल बिद्धान बन्न थाले।

(नोट:- आजभोली गजलको संरचनागत तत्वहरुको बिषय माथी भई रहेको बहस र छलफल मा आधारित कुराहरुलाई यसो गजल मा उन्ने सानो प्रयास गरेको हुँ।भूल-गल्ती प्रति हजुरहरु समक्ष माफि माग्न चाहान्छु।)

पञ्चकन्या-2 तेह्रथुम
हाल-दोहा कत्तार

==================================

ओ लुङ्गा,

एक ढाकर जिन्दगी बोकेर
यो अरुणको गडतीरै- गडतीर
उँधो उँभो गरिरहेछौ युगौंदेखि,
आजभोलि तोक्मा देख्दिन त ,
कस्ले खोस्यो हौ ?
पसिनाका मोति
मुहारभरि छ्यापेर ,
मुसुक्क हास्थ्यौ मलाई हेरेर
लाग्थ्यो सुनाखरी आँगनभरि फक्रिएर
मेरो शुन्दरतामा धावा बोल्दैछ ,
तिम्रो त्यो दिब्य मुहारको आभा
कस्ले लुट्यो हँ ?
थाप्लोमा नाम्लोको डाम देखाउँदै
''यो हो है कर्मबिरको पहिचान '' भन्थ्यौ ,
म खुशीले अझै एक डबको जाँड थपिदिन्थें,
आजभोलि जांड पिउँन मन गर्दैनौ ,
तिम्रो देह:को चुरो
किन पोच्चीदैछ ?
हो म जान्दछु,
माथि चिहान घारीमा ,
तिम्रो बराजुको चिहान वरीपरी
साँझ नपर्दै स्याल हुईयायाया कराउँछ ,
तर त्यो जान्दैन की
तिमी बाघका सन्तान हौ ,
यो भिर पहरामा गोरू झैँ नारीईएर
चट्टान माथि सून उमार्ने
कर्मबीरका सन्तान हौ ,
किन पीर गर्छौ?
आखिर स्याल स्याल नै हो ,
त्यो बाघ हुन सक्दैन !!
बर्बरताको बर्को ओडेर ,
चुपचाप निदाउनु भन्दा ,
बरू काँडाघारी लपेट्नु शीरमा र
अरूणमा मिसिएर रातो बग्नु
यहाँका असलाले तिम्रो गन्ध चिन्दछन्,
तिनै माछाको शरीरमा
लेउ बनेर लपेटिनु र युगौं बाँच्नु !!
म जान्दछु ,
यो माटोमा धसिएको
तिम्रो पाईतालाको डोब मेट्न
केहि साँढेहरू सिंगौरी खेल्दैछन् ,
तर तिनीहरू जान्दैनन्
पसिना मुछिएको माटो उधिन्नु
आफ्नै सिङ फुकाली माग्नु हो ,
यो ढुङ्गामा कोरिएका तिम्रा दश नंग्रीहरू
घाम जस्तै तेजिला छन्
यो भिर पहरा त्यसै उज्यालो कहाँ भएको हो र ?
ओ ! लुङ्गा
आउ मेरो हातको जाँड पिएर जाउ ,
म डबको भरि-भरि
मायाँ मिसाएर दिउँला ,
उकाली ओह्रालीमा मेरो मायाको तोक्मा टेक्नु ,
भन्ज्याङ र चौतारीमा भारी बिसाउँदा,
यहि मायाको तोक्मा टेकाउँनु,
उता बाट फर्कंदा ढाकर भरि-भरि
घाम जून बोकेर आउँनु ,
त्यहि घाम जून शीरमा सिउरेर ,
एकादशी मेला जाउँला ,
अनि हात समाएर नाच्दै गाउँला
ए हाएमा हा sssssssss !
ए हाएमा हाssssssssss !!
- कवियत्री मिरा मन थापा (क्षेत्रि), माईधार-झापाली, हाल ईज्राएल
================
दिपेन योङहाङ

No comments:

Post a Comment