दिपेन योङहाङ लिम्बु
by: Amar Tumyang===========
केही अपवादलाई छोडेर राजनैतिक हिसाबले हेर्ने हो भने वि.सं. १८३१ मा पृथ्वीनारायण शाहसँग संपृति या समरीति समूहमा पर्ने दस लिम्बु सरदारहरूले जब सन्धि गरे त्यही मितिदेखि याक्थुङ लाजे अर्थात् लिम्बुवानमा दसैँले औपचारिक प्रवेश पायो । यसपछि शाह राजाहरूको प्रत्यक्ष शासन र राणा शासनकालमा सुब्बा, बुढौली, कारबारी आदि भएर स्थानीय स्तरमा केन्द्र सरकारको पाखुरे भई काम गर्नेहरूले राज्य चाड रूप लिएको हिन्दूहरूको दसैँलाई याक्थुङहरूको घरमा पुर¥याउने काम गरे । सत्ता र शक्तिको भरमा दसैँ याक्थुङ घरमा पस्यो । तिल्लिङ्गा पठाएर याक्थुङहरूले दसैँ माने नमानेको अनुगमन गर्ने भएकाले सत्ताको मनोवैज्ञानिक त्रास मात्र होइन, दसैँ मानेको निसानी स्वरूप हात र खुट्टाको छाप घरको मूल ढोका छेउमा लगाउनै पर्ने नियती पनि उनीहरूले भोगेकै कुरा बूढापाकाहरूको सम्झना जिउँदै छँदैछ ।
पछिल्लो समयमा लिम्बूहरू गोर्खा भर्तीमा जान थालेपछि पल्टनघरमा राखिएका बाहुनबाजेहरू मार्फत दसैँ याक्थुङ लाहुरेहरूको खाकी लुगाको फेरो समाएर याक्थुङ घरभित्र खुरुन्दार गरेर चुलोमा नै पुग्यो, अझ धेरै ढुक्कका साथ धनदौलतको रबाफसँग मिसिएर । विवाहपछि टीका लगाउने संस्कृतिलाई अठ्याएर याक्थुङहरूको जीवनको अभिन्न अङ्ग बन्ने प्रयास ग¥यो । यसकै निरन्तरताको डोरो समाएर याक्थुङ चेली माइतीले फूल लगाउनु नहुने मुन्धुमी आस्थालाई लात मार्दै हिन्दूहरूको भाइटीकामा फूलमाला लगाइदिने सम्मको हर्कत सारै सहजरूपमा हुँदै आएको छ ।

No comments:
Post a Comment