(via रत्न थापा मगर)
राससको प्रधानसम्पादकदेखि जातीय मुक्ति आन्दोलन सम्म
म ६१ वर्ष पहिले बाग्लुङ जिल्ला हुक्डीसिर गाविसको बाराकोटमा जन्मिएको हुँ । प्राथमिक शिक्षा गाउँकै स्कूलबाट पुरा गरें । वि।स। २०२३ मा एसएलसी जनता मावि तानसेनबाट गरेको हुँ । मेरो क्याम्पसे अध्ययन भने काठमाडौंबाट शुरु भयो । नेशनल कलेज काठमाडौंबाट मेजर इतिहास र राजनीति शास्त्रमा स्नातक गरें । इन्डियन इ_िन्स्टच्यूट अफ मास कम्युनिकेसन(आईआईएमसी)बाट सन् १९८१ मा १० महिने पोष्ट डिप्लोमा कोस्र गरें । विश्व प्रख्यात समाचार एजेन्सी एसोसियटेड प्रुान्स प्रेस (http://www.afp.co/)बाट १९९० मा न्यूज एजेन्सी जर्नालिज्म कोस्र गर्ने अवसर मिल्यो ।
विस २०२९ मा राष्ट्रिय समाचार समिति राससमा खुल्ला प्रतिपस्र्धाबाट अाचल संवाददाता छनौट भएँ । संवाददातामा नाम निकालेका १४ जना मध्ये प्रथम भएकाले १४ अन्चल मध्ये जुनसुकै छान्ने अवसर मिल्यो । त्यतिबेला मैले लुम्बिनी अन्चल रोजें । यसरी पत्रकारितामा मोफसलको राजधानी बुटवलबाट शुरु भयो मेरो पत्रकारिता यात्रा । २०४८ मा चीफ रिर्पोटर २०५२ मा वरिष्ठ सम्पादक २०५४ मा प्रबन्ध सम्पादक हुँदै २०५६ मा राससको प्रधान सम्पादक बनें । आधा दशक लामो इतिहास भएको राससमा दोस्रो प्रधानसम्पादक मगरको छोरो बन्यो । यसअघि राधेश्याम विष्ट प्रधानसम्पादक बनेका थिए । २०५९ मा रिटार्यड भएँ । त्यसपछि निजी क्षेत्रको अन्नपूर्ण पोष्ट दैनिकमा करिब पाँच वर्ष नायब सम्पादक भएर काम गरें । त्यसपछि इन्टरनेशनल प्रेस इ_िन्सटिच्यूट (आईपीआई)को खतरामा परेका पत्रकारहरुको उदार गर्ने प्रोजेक्टमा प्रबन्ध निर्देशकको रुपमा एक वर्ष काम गरें ।
रानी ऐश्वर्यको महिनावारीले निम्त्याएको सकस
वि।स।२०१९ सालमा स्थापना भएको रासस २०५० सालताका सम्म पनि सबैभन्दा प्रभावी र शक्तिशाली सन्चार माध्यमको रुपमा रह्यो । राजदरबार मामिला मन्त्रालय प्रधानमन्त्री आफैले राखे जस्तै राससमा दरबारसम्बन्धी वीट सबै भन्दा चलाख पत्रकारलाई दिइन्थ्यो । १४ मध्ये प्रथम भएकाले हुनसक्छ दरबार सम्बन्धी समाचार ल्याउने जिम्मेवार मलाई दिइयो ।
पत्रकारिताको शुरुवाती करिअरकै कुरा हो । हिन्दु महिलाहरुको पर्व तीजमा रानी ऐश्वर्य पशुपतिनाथको मन्दिरमा जाने हुनाले रिर्पोटिङ गर्ने जिम्मेवारी पनि मेरै थियो । एक जना सिनियरले फिल्ड नगएरै समाचार लेख्ने सल्लाह दियो । गतवर्षको समाचार हेरेर समाचार लेख्न सकिने उसको सल्लाह थियो । मैले त्यस अनुसारै गरें । तर समस्या के भई दियो भने रानी ऐश्वर्य महिनावारी भएर पशुपति गएनछन् । अनि मलाई आपत्त पर्यो । फिल्ड नगई समाचार लेख्दाको नतिजा थियो त्यो । धन्न जसले ठग बुद्धि सिकायो उसैले मलाई बचायो पनि ।
वादी समुदायका महिलाहरुको समस्यालाई उजागार गर्ने पहिलो पत्रकार सम्भवत म नै हुँ । २०३३ ताका यो राससमा मैले उनीहरुको पीडाको विषयमा रिर्पोटिङ गरेपछि वादी समस्या अन्तराष्ट्रियस्तरमा पुग्यो । त्यतिबेला वादी महिलाहरुले मलाई एक पटक घेराउ पनि गरे ।पत्रकारले भोजमा खान पाउने नियम बन्यो
पत्रकारले रिर्पोटिङमा जाँदा पनि दौराशुरुवाल र टोपी लगाएर जानुपर्दथ्यो । अहिले जस्तो रिर्पोटिङमा गएका पत्रकारले भोजमा सहभागी हुन पाउँथेन । सुरक्षाकर्मी जस्तै पत्रकार पनि ड्युटीमा भएकाले खान नपाउने उनीहरुको दलील हुन्थ्यो ।
दरबार भित्रै भएको भोजमा मैले एकपटक वेटरको ट्रेबाट रक्सी झिकेर पिएँ । राष्ट्रिय सम्वाद समितिका सहकर्मीले पत्रकार भएर कहाँ खान थालेको भन्दै थियो मैले अर्को गिलास निकालेर फेरी स्वाट् पारें । यो कुरा दरबारका कर्मचारीले पनि नोट गरेका रहेछन् । भोलिपल्ट दरबारमा भएको भोजको समिक्षामा एक कर्मचारीले अरु त ठिकै हो सरकार राससका खिलध्वज थापाले रक्सी खाए भनेछ । त्यो सुनेपछि वीरेन्द्रले किन पत्रकारले भोजमा खानु हुँदैन भनेर आश्चर्य मान्दै सोधेछन् । हुँदैन सरकार पत्रकार ड्युटीमा भएकाले भोजमा खान मिल्दैन भनेपछि वीरेन्द्रले उसो भएपत्रकारलाई रिर्पोटिङ सकिएपछि खान पाउने व्यवस्था मिलाउनु भनेछन् । त्यस यता मात्रै पत्रकारहरुले रिर्पोटिङको क्रममा भोजमा खान पाउने प्रचलन शुरु भएको हो ।
पत्रकारितासँग जोडिएको अर्को पनि डि्रंक प्रसँग छ । एक पटक राती ९ बजे वीरेन्द्रले रक्सी खाना बोलाएको खबर आयो । दरबारमा पुग्दा रानी ऐश्वर्य हातमा बोटल लिएर बसेकी थिइन् । ज्ञानेन्द्र पत्नी कोमलको हातमा आईस थियो धीरेन्द्रकी पत्नीको हातमा गिलास र राजपरिवारकै अर्की एक महिलाको हातमा सोडा । म पुगिसकेपछि ज्ञानेन्द्र आईपुगे त्यसपछि मात्रै वीरेन्द्र । रानीले समेत पाहुनालाई रक्सी थप्नुअघि र पछि ढोग्ने चलन थियो । दुई राउण्ड खाईसकेपछि रक्सी बन्द गर्ने कि भन्ने प्रस्ताव कतैबाट आयो । ठीक त्यहि बेला वीरेन्द्रले जर्नालिस्ट खिलध्वजलाई पुगेको छैन एक राउण्ड अझै भने ।
समाजिक आन्दोलन हुँदै जनमुक्ति पार्टीसम्म
वि.स. २०२७ साल ताका काठमाडौंमा अहिले जसरी मगरहरुसँग बाक्लो भेटघाट हुँदैनथ्यो । त्यसबेला ५०-६० जना मगरहरु भेला भएर बालाजुमा बुङगुर काटेर खाएछन् । त्यसको एक वर्षपछि धुलिखेलमा मगरहरुको भेला थियो । त्यसमा विभिन्न पेशा व्यवासयमा आवद्ध मगरहरुको उपस्थिति थियो । त्यहि बेला मगरहरुका लागि संगठन आवश्यक पर्दछ भनेर 'लाङघाली परिवार' गठन गरियो । २०२८ सालमा गठित त्यस ऐतिहासिक संगठनको अध्यक्षता मैले गरेको थिएँ । लाङघाली परिवारको उपाध्यक्ष शान्ता राना थापा महासचिव केबी राना कोषाध्यक्ष प्रभा बुढाथोकी र बसन्त थापा ऋतुराज लगायत कार्यकारी सदस्य रहनु भयो ।
हामीले 'लाफा' नामक पत्रिका प्रकाशन पनि गर्यौं त्यसको सम्पादक मोहन शमशेर थापा हुनुहुन्थ्यो । त्यतिबेला मैले मगरको विषयमा लेख लेखेको थिएँ । मगरको विषयमा लेखिएको पहिलो लेख त्यहि थियो कि जस्तो लाग्छ । आज पनि धेरैले मेरो त्यहि लेखलाई आआफ्ना लेखमा उधृत गर्छन् । सबैभन्दा ठूलो कुरा त्यतिबेला बनभोजबाट शुरु भएको मगर संगठित हुने प्रयास अहिले ३० औं मगर दिवससम्म आई पुग्दा धेरै खुशी लाग्छ ।
रासस र अन्नपूर्ण पोष्टको जागिर अनुभव बोकेर राष्ट्रिय जनमुक्ति पार्टीमा कि्रयाशिल छु । यसअघि विदेश विभागको जिम्मेवारी पुरा गरें भने चौथो राष्ट्रिय महाधिवेशनपछि बुद्धिजिवी विभाग प्रमुखको रुपमा कार्यरत छु । तर यो पार्टीसँग मेरो अप्रत्यक्ष संलग्नता भने स्थापना कालदेखिनै थियो । पार्टीको घोषणापत्र र विधान निर्माणमा उतिबेलै इनपुट दिएको थिएँ । यो पार्टीको संस्थापक अध्यक्ष एमएस थापा ज्यूसँग उतिबेलै देखि निरन्तर सम्पर्कमा छु । सरकारी सन्चार माध्यममा आवद्ध भएकाले त्यतिबेला खुलेर पार्टीमा लाग्ने अवस्था थिएन । तथापि पूर्व पश्चिमका जनजातिहरु एक भएर अधिकार प्राप्तीका लागि लड्नुपर्छ भनेर सम्पर्क गराउने गर्दथे ।देशमा ठूला भनिएका पार्टीहरु पनि नभएका होइनन् । तर राष्ट्रिय जनमुक्ति पार्टीको जस्तो दर्शन र भिजन कसैको छैन । कम्युनिष्टहरुले वर्गीय विभेदका कुरा गर्छन् । तर यो आफैमा पूर्ण होइन । देशमा विद्यमान जातीय भाषिक सांस्कृतिक भौगोलिक विभेदको अन्त्य नभई मुलुक समृद्ध बन्न सक्दैन । जुन कुरा जनमुक्ति पार्टीले मात्रै उठान गरेको छ ।

No comments:
Post a Comment