बलिहाङ तङ्नाम मनाउने मुन्धुमहरु अनि किराती पर्वहरु माथी हिन्दु अतिक्रमण....
किरात लिम्बूहरूमा चेलीले माइतीलाई फूल माला लगाइदिन हुँदैन अर्थात् चेली माइतीमा फूल आदान प्रदान गर्नु हुंदैन र त्यसो गरेमा ठूलो आपद/विपत आइलाग्छ भन्ने कुरा हाम्रो मुन्धुमले निर्देश गरेकाले हाम्रो किरात लिम्बू जातिमा चेलीले माइतीलाई फूलमाला लगाई भाइटीका गर्ने चलन छैन । कसै कसैले हिन्दूहरूको प्रभावमा परी देखासिकी गर्नु भनेको आफ्नो स्वेच्छाको कुरो हो । यसबारे मुन्धुमहरूमा विस्तृत वर्णन गरिएका सम्पूर्ण कुराहरू यो छोटो लेखमा उल्लेख गरिरहन सम्भव नहुने भएकोले निम्नानुसार सारांश मात्र प्रस्तुत गरेको छु । १, सोधुङ्गेन् लेप्मुहाङपुत्र तेन् तुम्याङ बाजाइबाले आफ्नी श्रीमती लुप्ली वदनहाङमाको सल्लाहअनुसार आफना चेली इरेरे इधुङ्लुङमाको कुनियतको बदला लिन विषयुक्त फूलको गुच्छाले चेली इरेरे इधुङलुङमाको स्तनमा हिर्काएकोले नौ दिनसम्म रोगिएर इरेरे इधुङलुङमाको मृत्यु भएको हुँदा हामी किरात लिम्बूहरूमा चेली/माइतीबीच फूल आदानप्रदान गर्नु हुंदैन भनी मुन्धुमले निर्देश गरेको छ । २, केजङफेक्वाका सन्तानमा छोरै/छोराहरू मात्र भएकोले उनको छोरी पाउने उत्कट इच्छा भयो। श्रीमतीले छोरी जन्माए पछि छोराहरू जति सबैलाई खाल्टामा पुरी मार्ने बाबुको निर्दयिताबाट बच्न सबै छोराहरू कहिल्यै घर नर्फकनेगरी जंगलबास गए । छोरी बढेर जान्नेबुझ्ने भएपछि आफ्ना माइतीहरू बाबुको निर्दयिताले गर्दा वनबास गएका कुरा आफ्नी आमाबाट थाहा पाइन् । माइतीहरू खोज्दै जंगलमा भौतारिंदा सोधुङगेन लेप्मुहाङमाङको दयाले माइतीहरू पत्ता लगाउने विगुतको डल्ला उनको हातमा पर्यो । त्यो विगुत डल्ला गुडाई पठाउँदा जहाँ अडिन्छ त्यहीँ नै उनका माइतीहरू भेटिए । चेली एकेरा मेरिहाङमा र माइतीहरूमध्ये जेठा सगेक्सो समेल्लाहाङ भएको कुरा आपसमा परिचय भयो । यसरी माइतीहरूसँग रहँदा बस्दा एकदिन जङ्गलमा घुम्दा अति सुन्दर फूल मेरिहाङमाले देख्दा यस्तो सुन्दर फूल त मेरा माइतीहरूको लागि माला उनी लगाइदिन पाए कति राम्रो हुन्थ्यो भनी त्यो फूल टिप्न खोज्दा उनका सबै माइतीहरू कागहरूको रुप धारणा गरी बथानमा परिणत भएछन् । यस्तो दुर्भाग्य भएपछि माइतीहरूसँगको विछोडमा एकेरा मेरिहाङमा फेरि जङ्गलमा भौतारिरहिन्। कसैसँग नबोली रूखमा बसेर ताग्येरा निङवाफुमाङको ध्यान गरेपछि तिम्रा माइतीहरूसँग भेट हुनेछ भनी उनै साधुको भेषमा प्रकट भएका सोधुङगेन लेप्मुहाङमाङ मेरीहाङमालाई आश्वासन दिई अल्पिए । यस्तैमा एकदिन त्यस देशका राजकुमार जङ्गलमा शिकार खेल्दै आउँदा अति सुन्दरी मेरिहाङमालाई राजकुमारी बनाउने उद्देश्यले दर्बारमा लिई गए । तर मेरिहाङमालाई वारम्बार आफू र आफना धाईआमाले बोलाउदा पनि उनको ध्यान नखुलेकोले (नबोलेकोले) पुनः जङ्गलमा लगी मार्ने आदेश राजकुमारले आफ्ना मानिसहरूलाई दिए । तँ मार्ने कि म मार्ने भनी राजकुमारका मानिसहरूमा हानथाप हुँदाहुँदै ठूलो आँधीबेहरीका साथ ती काग भई गएका मेरिहाङमाका माइतीहरू सबै मानिसहरूको रूपमा प्रकट भई ती राजकुमारका मानिसहरूलाई हमला गरी मारी राजदर्बार समेत कब्जा गरी चेली र माइतीहरू सबै आनन्दले त्यस देशको राज्य गरेको कुरा मुन्धुममा उल्लेख भएकोले किरात लिम्बूहरूमा चेली माइतीमा फूल आदानप्रदान गर्न खोज्दा आपद/विपद निम्त्याउने काम गर्नु हुदैन भनी मुन्धुमले निर्दिष्ट गरेको छ । माथि उल्लेखित दुइ थरीका मौलिक मुन्धुमका आख्यायिक विवरणहरूबारे विस्तृत अध्ययन र विश्लेषण गरेर अझै परिमार्जित एवम् आधिकारिक निष्कर्षनिकाल्न लिम्बू समाज प्रयासरत हुनुपर्छ भन्ने यो कलमीको भनाई छ । भारतबाट लखेटिई शरणार्थीका रुपमा नेपाल प्रवेश गरेका आर्यजनहरूको नेपालमा आगमन हुनुअघि नेपाल अधिराज्यभर नै र पृथ्वीनारायण शाहको तथाकथित नेपाल एकिकरण पश्चात वि.स. १८३९ सम्म किरात प्रदेश लिम्बुवानमा दशैँ भन्ने शव्द समेत कसैलाई थाहै थिएन । यिनीहरूले आफूसँगै नेपाल भित्य्राइएको दशैँ हाम्रो हुँदै होइन भनी सप्रमाण मेरो लेख धेरै पटक विभिन्न पत्रिकाहरूमा प्रकाशित भइसकेका छन् । यस्तै बलिहाङ तङनामताका हिन्दूहरूद्धारा गरिने भाइटीका पनि माथि उल्लिखित प्रमाणका आधारमा हामी किरात लिम्बूहरूको हुँदै होइन । त्यसमा पनि हामी किरात लिम्बूहरूमा चेली र माइतीबीच फूल आदान प्रदान गर्न हुँदैन भन्ने कुरा माथि उल्लिखित दुवै मुन्धुम सारांशहरूले प्रष्ट पारेकै छ । तर जातीय पहिचान र अस्तित्वलाई तिलाञ्जली दिएर वर्णबिभाजनमा आधारित हिन्दू धर्ममा विलिन हुँदै आफू स्वयम् शूद्रको कोटीमा बस्न मञ्जुर गरी दशैंमा जमराटीका र तिहारमा भाइटीकाको सप्तरङ्गी टीका निधारमा टाँसी हिँड्न हाम्रा समाजका पढेलेखेका अगुवा लिम्बूहरू गर्व गर्छन भने त्यस्ताहरूले लिम्बू हौँ भनी परिचय दिएको देख्दा साह्रै दुःख लाग्छ । हरेक व्यक्तिलाई आफूलाई मनपरेको धर्म ग्रहण गर्ने नैर्सर्गिक अधिकार छ । कसैको धर्ममा हस्तक्षेप गर्ने कसैलाई अधिकार छैन । आ-आफ्नो धर्मसंस्कारले निर्दिष्ट गरेअनुसारको आचरण सम्बन्धित धर्मावलम्बीको हुनै पर्छ पनि । तर किरात धर्मसंस्कार भनेर सत्यहाङमाहरूले हिन्दू धर्मसंस्कारका कर्मकाण्ड गरेझैँ र मौलिक मुन्धुमवादी किरात धर्मावलम्बीहरूबाट गर्दै नगरी आएको छोरीको विवाहमा ज्वाईं र छोरीको गोडा धोएर कन्यादान दिनेजस्ता कामचाहिँ हुनु भएन। स्वधर्मसंस्कार हुँदाहुँदै परधर्म ग्रहण गर्नु नै आफू मासिने काम गर्नु हो । मौलिक किरात चाड वलिहाङ तङनामलाई ओझेलमा पार्ने किसिकका तियाहा (तिहारताका) कागपूजा, कुकुरपूजा, गाईपूजा -तथाकथित धनधान्यका मालिक (लक्ष्मीपूजा), गोरुपूजा (गोवर्द्धन पूजा), र भाइ पूजासँगका प्रसङ्ग जोडेर आर्यजनहरूले आफूले सक्दो काल्पनिक कसरत गरे तापनि वलिहाङ तङनामताका फाइलो(भैलो) तथा देउसी खेल्ने सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको मुखबाट "हामी त्यसै आएनौं, वलिराजाले पठाए" भन्नेजस्ता वलिहाङ (बलिराजा) को प्रसस्तिबारे स्वतस्फूर्त रूपमा निक्लने जनजिब्रोलाई आजसम्म कसैले रोक्न सकेका छैनन् मात्र होइन कि यो तियाहा (तिहार) चाड हिन्दू धर्मग्रन्थ श्रीमद्भागवत पुराणमा आर्यपात्र विष्णुद्वारा अनार्य पात्र वलिहाङ (बलिराज)को अवसान गराएको कथालाई नियाल्दा हिन्दू धर्मावलम्बीहरूले बलिहाङ (बलिराजा)को अस्तित्वलाई निर्विवाद रूपमा स्वीकारेकै छन् । अतः अतिदानी (दानवीर), प्रजावत्सल, आध्यात्मिक व्यक्तित्वका धनी, ख्यातीप्राप्त किरात राजा वलिहाङको जीवनगाथासँग जोडिएको 'बलिहाङ तङनाम' तियाहा (तिहार) किरातहरूको मौलिक चाड हो भनी किरात लिम्बूहरूको एक मात्र जातीय प्रतिनिधिमूलक सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले ठोकुवा गरिसकेको कुरा हामीले कहिल्यै भुल्नु हुन्न । २०६२/६/४/३
सान्दर्भिक श्रोतहरूः-
१, किरात इतिहास तथा संस्कृति, ले.इमानसिंह चेम्जोङ
२, मुन्धुमसावा दुर्गाप्रसाद फोपाहाङ, तेह्रथुम खाम्लालुङ
मौलिक किरात धर्म-संस्कारबाट
- मञ्जुल याक्थुम्बा,

No comments:
Post a Comment