Monday, November 12, 2012

बाहुनबादी शैलीको जिम्दो जाग्दो उदाहरण

बाहुनबादी शैलीको जिम्दो जाग्दो उदाहरण

by Jwajalapaa Sakasita on Tuesday, November 13, 2012 at 12:29am ·
नेपाल भासामा एउटा उखान छ - "क्व: जू पा: त्वनासिं त्व:धू पा:" - यसको शब्दार्थ "काग पनि बस्यो तुंदाल पनि भाँच्चियो", तर वास्तवमा तुंदाल एकदम बलियो काठ हो, जसले छाना थेगेको हुन्छ, त्यसलाई कागले भाँच्न सक्दै सक्दैन | यदि भाच्चियो भने त्यो काठ पहिला नै मक्किएर भाच्चिन ठिक्क परेको हुनु पर्छ | याने कि यो उखानको आशय के हो भने "एउटा मक्किएको तुंदालमा काग बस्न जाँदा तुंदाल  भाँच्चियो भने त्यसको दोस कागलाइ दिनु मुर्खता हो |"

यहाँ उल्लेखित "भिम उपाध्याय"को स्टाटस - 'समृद्ध काठमाण्डौं राज्यको अन्तिम मल्ल राजा जयस्थिति (हैन जयप्रकाश) मल्ल थिए । उनी चक्रवर्ति राजा मानिन्थे । तर पनि पृथ्वीनारायण जस्ता फुच्चे राजाले उनलाइ पराजीत गरी काठमाण्डौंलाइ आफ्नो राज्य बनाउन सके । किन यो संभव भयो भन्ने कुरा स्मरणयोग्य छ । त्यो बेला काठमाण्डौंमा भ्रष्टाचार पराकाष्टमा पुगेको थियो, कुशासनले गाँजेको थियो । जनता वाक्क भएका थिए । जब इन्द्रजात्राको दिन पृथ्वीनारायणले आक्रमण गरे त्यो बेला कसैले पनि प्रतिकार गरेनन् । त्यस्तो बलवान राज्यलाइ सजिलै हातमा लिए पृथ्वीनारायण शाहले ।' पनि माथिको उखानले प्रष्ट्याएको "मुर्खता" भन्दा केहि होइन | किन भने यहाँ वास्तविकतालाइ अनेक किसिमले तोडमरोड गरिएको छ --

जयप्रकाश मल्ल चक्रवर्ती राजा मानिंदैन थे (हार्ने राजा बलियो थियो भनेर जित्ने राजाले गुनगान गाउनु भनेको अप्रत्यक्ष रुपमा आफ्नो बखान गर्नु नै हो |) उनि कान्तिपुरका राजा हुन्, करिव ४०००० घर भएको त्यो राज्यले सम्पूर्ण सैनिक परिचालन गर्न सक्दा पनि ५००० देखि १०००० जति सेनामात्र लडाईमा उतार्न सक्थ्यो | तर आन्तरिक द्वन्द र विवादका कारण उनको पकड २००० जति सेनामा मात्र रहेको विश्वाश गरिन्छ | त्यति सानो सेना भएको राजा चक्रवर्ती राजा हुन्छ? वाहियात |||

पृथ्वीनारायण शाह काठमान्डू जित्ने समय सम्ममा "फुच्चे राजा' हैन निकै शक्तिशाली राजा भैसकेका थिए | उनीसित १०००० सेना कुनै पनि समयमा युद्द भुमिमा खट्न सक्ने तैयारीमा थियो | उनले नुवाकोट तथा कीर्तिपुरमा बारम्बार हार्दा पनि फेरी उस्तै जोश-जाँगर सहित लडाई र आक्रमण गर्न सक्नुको पछाडी कस्तो सैन्य संरचना र तैयारी थियो - त्यो हेर्ने हो भने पृथ्वी नारायणलाई 'फुच्चे राजा' भन्नु कुतर्कको पराकाष्ठा हो |

त्यस्तै काठमाडौँको भ्रस्टाचार र कुशासनको कुरो पनि हावादारी हो | पृथ्वीनारायण शाहले लादेको नाकाबन्दीको दौरान जीवनयापन अत्यन्त कठिन हुँदा पनि आन्तरिक विद्रोह उठेन | भ्रस्टाचार र कुशासन भएको भए ४६ सालमा जस्तो जनान्दोलन हुन्थेन? पराजित तिनैजना राजाहरु "नैतिकताको मिशाल" थिए भन्ने कुरो इतिहासमा उल्लेखित सन्दर्भको सामान्य चिरफार गर्दा पनि थाहा लाग्छ | जयप्रकाशले अन्तिम इच्छाको रुपमा एउटा छाता, जुत्ता र सुराही मागे, रणजित मल्लले काशी-वास मागे, तेज नरसिंग मल्लले केहि पनि नमागी मौन वसे र आमरण अनसन रोजे | यदि भ्रस्टाचारको जगमा राज्य चलाउने राजा भएको भए तिनले त्यस्तो अन्त्य रोज्दैन थिए होला -  सम्झौता गरेर गोर्खाली राजालाई दर्बार बुझाएर आफु मोजमस्ती र थप भ्रस्टाचार गर्थे होला |

इन्द्रजात्राको दिन आक्रमण गर्दा कसैले प्रतिकार गरेनन भन्नु पनि "मुर्खता" सिवाय केहि होइन | त्यो त 'सुतेको मान्छेलाई थप्पड हान्दा गाला थाप्यो' भन्या जस्तो के | गोर्खाली सेनाले आक्रमणको घोषणा गरेर गरेको भए प्रतिकार कस्तो हुन्छ देख्थ्यो होला | मस्तीमा रमिरहेका सिमित सेनाको माझबाट जयप्रकाश सकुशल भाग्न सक्नुको मतलव के हो? त्यत्रो तैयारी, योजना, हात-हतियार, सेनाका साथ आएर घेरेर आक्रमण गर्दा समेत गोर्खाली सेनाले निहत्था राजा पकड्न सकेन  | प्रतिकार अवश्य भएको थियो, तर जस-जसले प्रतिकार गरे-ती काटीए र वांकीको गर्धनमा तरवार तेर्साएर 'मलाई राजा मान' भनि आदेश दिएको थियो भन्ने कुरो त लिखित इतिहासमा नै छ |

लडाई पूर्वको वास्तविकता के हो भने जयप्रकाश मल्लको दर्बारमा घात प्रतिघात चलिरहेको थियो | उनको बिरुद्द २ पटक सैनिक बिद्रोह समेत भएको थियो | दर्बार छोडेर छापामार शैलीमा ज्यान बचाउदै हिंडेको बेला गुहेस्वोरी मन्दिर नजिकको जंगलमा उनलाई दर्बार समर्थित सेनाले झन्डै मारेका थिए, तर उनले आफ्नो नेतृत्व कौशल देखाउदै उनलाई मार्न आएको सेनापतिलाइ नै 'कन्भिन्स' गराई तिनै सेनाको बलमा फेरी दर्बारमा विपक्षीलाई तह लगाई राज्य गर्न सफल भएको कुराहरु इतिहासमा उल्लेख छ | पाटनको दर्बारमा पनि भारदार हरु बीच अनेक किसिमको शक्ति संघर्ष थियो | यस्तो विबाद र शक्ति-संघर्षको अन्यौल अवस्थामा राज्य संयन्त्र निष्प्रभावी भै शासन सत्ता कम्जोर हुनु स्वभाबिक नै हो | तर त्यो शासनलाइ कुशासन भन्ने कि कम्जोर शासन भन्ने कि के भन्ने ? कम्जोर शासन कुशासन हुने भए संसार भरको 'मिलिजुली सरकारहरु' कुशासन भन्नु पर्ने होला, तानाशाहहरु त बलिया हुन्छन | हैन जनतालाई दुख दिने शासनलाइ कुशासन भन्ने भए जयप्रकाश, तेजनर्शिंग वा रणजित मल्लले जनतालाई शासन सत्ताको माध्यमबाट  के दु:ख दिए ? त्यो स्पस्ट हुनु पर्यो - यत्तिकै हावाको तालमा कुशासन भनेर 'दरिद्र पूर्वाग्रह' प्रदर्शन गर्न 'भिम उपाध्याय' जस्तो मान्छेलाई नसुहाउने |    

काठमान्डू उपत्यकामा आक्रमण तथा गोर्खाली राज्य विस्तार गर्ने दौरान २००० बाहुनहरु त तिर्थ यात्री, घुमुवा, जोगी, वैरागी, गोर्खाली अत्याचारबाट भागेको भगुवा  इत्यादिको रुपमा गुप्तचरी गर्न र गोर्खाली आतंकको खबर फैलाई मनोबैज्ञानिक युद्द लड्न प्रयोग गरेका थिए | यस्तो युद्द रणनीति त्यो बेलाको नेपालमा नौलो रणनीति थियो | संसारको इतिहास साक्षी छ, जसले नौलो युद्द रणनीति सफल बनाउछ उसले युद्द जित्छ - यस्तै कारण गोर्खाली सेनाले युद्दमा विजय पाउदै गयो | गोर्खाली राजालाइ बेलायति युद्द सल्लाहकारको कृपाले यस्तो सफलता हासील भएको थियो | त्यसबाहेक नेपालमंडल आक्रमणको पुर्व सन्ध्यामा ८०० नाल राइफल बेलायतीले गोर्खालाई उपलब्ध गराएको तथ्य खुलेको छ | यी सबै कुराहरु पन्छाएर "क्व: जू पा: त्वनासिं त्व:धू पा:" शैलीमा कुतर्क पेश गर्दै मल्लकालीन राज्यलाई 'भ्रष्टाचार पराकाष्टमा पुगेको थियो, कुशासनले गाँजेको थियो, जनता वाक्क भएका थिए, जब इन्द्रजात्राको दिन पृथ्वीनारायणले आक्रमण गरे त्यो बेला कसैले पनि प्रतिकार गरेनन् । त्यस्तो बलवान राज्यलाइ सजिलै हातमा लिए पृथ्वीनारायण शाहले ।' भन्दै आफ्नो कुतर्कहरु ठेल्नु - बाहुनबादी शैलीको जिम्दो जाग्दो उदाहरण पेश गर्नु हो |




यी विचारहरु Yeom Gurung ले पोस्ट गरेको निम्न कुरोको प्रतिक्रियाको रुपमा उठेको हो |

"katako kuralai kata lagera jodiyecha...k prithivi narayan sahale nepal bistar garnu vanda adhi bhim upadhyayale vane jasto vrastachar ko akhada baneko thiyo ta malla rajya haru...ti purana saskritik sampada haru herdata tyo belanai kathmandule bikashko chalang mareko hainara feri kina janne bujne haru bata nai yasari itihash mathi galat prahar garidaicha...Bhim Upadhyaya · 832 subscribers

समृद्ध काठमाण्डौं राज्यको अन्तिम मल्ल राजा जयस्थिति मल्ल थिए । उनी चक्रवर्ति राजा मानिन्थे । तर पनि पृथ्वीनारायण जस्ता फुच्चे राजाले उनलाइ पराजीत गरी काठमाण्डौंलाइ आफ्नो राज्य बनाउन सके । किन यो संभव भयो भन्ने कुरा स्मरणयोग्य छ । त्यो बेला काठमाण्डौंमा भ्रष्टाचार पराकाष्टमा पुगेको थियो, कुशासनले गाँजेको थियो । जनता वाक्क भएका थिए । जब इन्द्रजात्राको दिन पृथ्वीनारायणले आक्रमण गरे त्यो बेला कसैले पनि प्रतिकार गरेनन् । त्यस्तो बलवान राज्यलाइ सजिलै हातमा लिए पृथ्वीनारायण शाहले । अहिलेको नेपालको अवस्था त्यस्तै छ, यसबेला त शासक पनि कमजोर छ, दलका नेताहरुको नेतृत्व क्षमता लुतोग्रस्त छ । यस्तोमा खाली आन्दोलन गर्ने कुरा गर्ने दलहरुको पछि जनता लाग्ने छैनन् त्यो आन्दोलन त्यसै तुहिने छ । सबैभन्दा राम्रो विकल्प भनेको सहमति हो द्वन्दले समाधान देखिने अवस्था नै छैन । दलको कुरामा कसैलाइ पत्यारै छैन ।"

No comments:

Post a Comment