Wednesday, October 31, 2012

मुर्गाहरुको संगठन भित्रको खिचलो र पन्तको अपमान

Wednesday, October 31, 2012


एनआरएन एनसीसी युएसए यसका बर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरुका कारण मुर्गाहरुको संगठनमा परिबर्तन भएको छ ।
यहि अक्टोबरदेखि २ बर्षे कार्यकाल सकिएका मुर्गा पदाधिकारी तथा सदस्यहरुको निर्बाचन सम्बन्धि नाटक हेरेर नेपाली मूलका अमेरिकाबासी मानिसहरु तिन छक्क मात्र परेका छैनन् त्यहि संगठनमा स्थापना कालदेखि संलग्न, संगठनको स्पन्सर र लिग्यासी फण्डका दाताहरुको अपमान गर्ने बर्तमान बोर्डका मुर्गाहरुको गतिविधिले अमेरिकामा सामाजिक सेवा क्षेत्र गन्धाम्य पारेको छ ।
 
 
मुर्गाहरुद्वारा अपमानित पन्त
एनआरएन एनसीसी युएसए यसका बर्तमान कार्य समितिका त्यहि पदाधिकारी तथा सदस्यहरु हुन्, जसले एनआरएन युएसएको बिधान निर्माण देखि हरेक २ बर्षे निर्बाचन स्वतन्त्र ढंगले सम्पन्न गर्दै आएका अग्रज प्रल्हाद पन्तलाई ४ महिना अघि २०१३-२०१४ को अवधिका लागि निर्बाचन गर्न निर्बाचन आयुक्त नियुक्त गरेको थियो, त्यहि कार्य समितिले पन्तलाई बर्खास्त गरि अहिले एकजना बिबादास्पद व्यक्तिलाई संगठनको उक्त निर्बाचन सम्पन्न गर्न निर्बाचन आयुक्त तोकेको खबर सार्बजनिक गरेको छ ।
 
 
एनआरएन एनसीसी युएसए कै बर्तमान कार्यसमितिका एक मुर्गाका अनुसार नेपालदेखि संसारका कुना कुनासम्म छाएको नेपालीको जाति, सम्प्रदाए बिशेस साम्प्रदायिकता जस्ता घृणित मनोरोगले ग्रस्त मुर्गाहरुको संगठन फिफ्नाका पदाधिकारी तथा सदस्यहरुको संगठन बनाउने ध्येयले प्रल्हाद पन्तलाई निर्बाचन आयुक्तबाट बलात हटाईएको हो । यहिनेर प्रश्न उठाउने ठाउ बनेको छ - प्रल्हाद पन्त कुन जाति बिशेष र सम्प्रदायको मान्छे थियो अनि बलात हटाईयो ?
प्रल्हाद पन्त कुनै जाति र सम्प्रदाए बिशेषका मान्छे होइनन । उनि पारिबारिक नाउ पन्त भएका व्यक्ति मात्र हुन्, थेप्चो नाक, चुच्चो नाक, उठेको वा धसिएको आँखा, कालो वा गन्हुगोरो छाला वा यो समुदाय वा त्यो समुदाएका मान्छे भन्ने होइनन । पन्त सिंसीन्याटी बिस्व बिद्यालयमा सन् १९८० देखि सन् २००३ सम्म इन्जीनियरिंग अध्यापन गराई निवृत्त प्राध्यापक हुन्, हाल उनि जर्जियामा आफ्नै पिडिपी एसोसिएट्स इनक नामक संस्थामा आबद्द छन । एनआरएन एनसिसि युएसका उनि खासमा संस्थापक पनि हुन्, एनसिसिका बिधान निर्माणकर्ता पनि हुन् र निरन्तर संस्थाको संरक्षक रही आएका समाजसेवी पनि हुन् । उनि अहिले आफ्नी पत्नी बिन्दु सहितको नाउमा संचालित टुहुरा बालबालिकाहरुका लागि कोष मार्फत नेपाली बालबालिकाहरुका लागि कार्यरत छन । समग्रमा पन्त अमेरिकाबासी नेपालीहरु मध्ये कहिल्यै बिबादमा नरहेका नपरेका समाजका आदरणीय व्यक्ति हुन् । एनआरएन एनसीसी युएसए भित्रका उनि सबैका भरोशाका व्यक्ति हुन, तर नेपाली मूलका मानिसहरुको दुर्भाग्य बन्न गयो अहिले र पन्तको अपमान त्यो पनि सार्बजनिक रुपमा मुर्गाहरुले गरे ।
नेपाली मूलका अमेरिकामा रहेका मानिसहरुलाई आकर्षण गराउन र सबैलाई सामेल गराउन पन्तले एनसीसी भित्र लिग्यासी फण्डको स्थापना गरे मे २३, २००३ मा र नेपाली मूलका मानिसहरुलाई आकर्षण गर्न ठुलो भूमिका निभाए । सन् १९७६ मा अमेरिका पसेका पन्तले नेपाली समाजमा दिएका अनेकानेक योगदान छन ति सबैको लेखाजोखा गरिरहन सम्भव छैन तर नेपाली समाजभित्र उनलाई अपमान गर्न कुनै नेपाली टाउकोलाई अधिकार पनि छैन, यस्तो अबस्थामा उनलाई बलात हटाईएको छ, यसबारे एनसिसिका अध्यक्ष केसी, बरिस्ठ उपाध्यक्ष रंजित, महासचिव राई, सचिव खतिवडा र कोषाध्यक्ष शाहसंग पन्तको बर्खास्ती बारे सोधनी गरियो तर एकले अर्कालाई दोष थुपार्ने र आफु चोखिने प्रयत्न गरे र सान्दर्भिक प्रश्नबाट उम्कने बाटो पहिल्याए अनि सम्पर्क बिच्छेद भए ।
एनआरएन संगठन भित्र संस्थापक उपेन्द्र महतोको संरक्षणमा मौलाउदै गरेको जातिएता, साप्रदायिकता, मधेस वा तराईएन आन्दोलनजस्ता समाजका दुर्घंदित तत्वको घुसपैठले एनआरएन एनसीसी युएसए यतिखेर वाशिंगटन डिसीमा सम्पन्न नेपाली तराइएन मुभमेन्टको सिकार भैरहेछ अनि जातिएता र साम्प्रदायिकताको जन्मदाता फिफ्नाका कारण थला परिरहेछ, प्रल्हाद पन्त माथिको घोर अपमान यसैको उदाहरण मात्र हो तर पन्त कसैका आँखामा बिझाउने थिएनन ।

Sunday, October 14, 2012

एनआरएन दिवसका द्वय नौटंकीहरु

एनआरएनमा विद्वताको परिचय
उनको विद्वताको परिचय के हो ? भनेर छेवैमा बसेकी बडेमानकी एनआरएनले कानेखुसे झैँ गरी सोधी। म नाजवाफ भएँ। अड्कल काट्दै उनको कानमै गुन्जाएं - होला बाह्र कक्षा, नभए हाई स्कूल डिप्लोमा त्यो पनि फेयरफ्याक्स काउन्टीस्थित एडल्ट स्कूलबाट । उनले बुझिनन कहा हो त्यो स्कूल ? मैले जबाफ दिएँ वाशिंगटन डिसीबाट ३० माईल दक्षिण पश्चिम । उनको मस्कोको भोड्का भरिएको भुत्ते दिमागले पटक्कै ठम्याएन । ह्युस्टनको भ्रमण गरेको कहानी तीन पटक सुनाउन भ्याईन तर फेयरफ्याक्स उनको दिमागले सम्झनायोग्य बनेन । मैले सन्दर्भ बदलें ।
मैले बडेमानकी तर स्लिम गर्ललाई सोधे कहा गएछन क्यानाडाका प्रमोद ढकाल? अस्ट्रेलियाका राजु अधिकारि? बेलारुसका सुरेन्द्र महतो? अमेरिकाका रतन झा? र मुकेश सिंह? भनी । उनको मुख बायो तर जिब्रो पड्केन । लामिछानेको वृद्धाश्रम, महतोको क्रियापुत्री घर, भट्टको प्लेन, साराको सारा मागी खाने भाँडाहरुको उद्घाटन र पतन सबैमा भ्याटिकन सिटि नजिकैको भत्केको गिर्जाघर जस्तो अनुहार भाकी स्लिम गर्ल र टोक्योको सिन माई चोस्थित सेभेन इलाभेन्को फुट्ला जस्तो पर्सनालिटी भएको स्लम डगको अनुहार गैआनेसंघको प्रत्येक क्यामरामा कैद भाको देख्दा र संसारभर हालीमुहाली हुँदा ओमानका मास्केको दिमाग खाँदै खाँदैन किनकी एनआरएनमा विद्वताको प्रमाणपत्र नै चाहिदैन केवल काठमान्डूदेखि १४ नटिकल माईलस्थित पर्साको सीमारेखा काटेको तीन महिना पुगेको प्रमाणपत्र एनआरएन हेडक्वाटरका राजेश राणाको हातमा थमाए पुग्छ अनि अर्कैको एउटा पासपोर्ट अनि भिसामा बीबी एएरवेज चढेर नारिता एयरपोर्ट पार गर्ने एकै परिवारका सात दिदि बहिनीलाई पालैपालो स्वागत गर्ने भट्टका एयरवेजका पार्टनरहरु जापान र मलेसियामा फूलगुच्छा लिई लाइन लागि बस्नु पर्दैन भन्दा स्लिम गर्ल अवाक भइन र भनिन- अब तपाईसंग म बोल्दिन, मैले भने ठिकै छ अहिले नबोले पनि एक बर्ष पछी निर्बाचनमा काठमान्डूमा बोलौंला भन्दै मैले बिदा लिएँ । स्लिम गर्ल र स्लम डग दुवै एनआरएनका तस्बिरका भोका, पुच्छर नभएका, चारखुट्टा नभएका, बाह्रकक्षा पढेका प्राणि हुन् ।
झन्डै १० बर्ष अघि तत्कालिन श्री पाँचको सरकारको बाणिज्य मन्त्रालयमा एउटा कार्यक्रममा भेटिएका अहिलेका बाबुराम सरकारका मुख्यसचिव लिलामणिको कार्यकक्षमा विद्वताको प्रमाणपत्र झुनड्याइएको थिएन तर उनको एउटा निर्णयले तत्कालिन प्रधानमंत्री गिरिजाको दिमागको तार खुस्काएथ्यो । राजनीतिका धुरन्धुर पण्डित गिरिजा ब्युरोक्रेसी बुझ्ने पनि अर्का पुरोहित हुन् नै तर पण्डित पुरोहितको पनि दिमागले कहिलेकाही हावा खाँदो रहेछ, किनकी ब्यबहारिकता मात्रै तर गिरिजाको दिमागमा बिस्वब्यापी सिद्दान्त सुन्य थियो किनकी उनी पनि भारु सर्टिफिकेटधारी नै हुन्, बनारस हिन्दु बिस्वबिध्यालयको उबेलाको सर्टिफिकेटमा धमिरा लागिसकेथ्यो । गिरिजाको दिमाग चाट्ने त्यस्ता विद्वान चाहिँ उनि पक्कै हुन् नभए डाक्टर बाबुराम भट्टराईले मुख्य सचिवमा पक्कै छान्दैन थिए होलान । एनआरएन दिबसको एउटा कार्यक्रममा यिनै विद्वान लिलामणि र उनका छेउका एनआरएन विद्वानको विद्वताको प्रतिस्पर्धा चलिरहेथ्यो । डायस मुन्तिरबाट दर्शकगणमा स्लिम गर्ल र म मुस्कुराई रहेथ्यौं तर हामि अवाक थ्यौं ।



एनआरएनको सामाजिक सेवा परियोजन
सन् २०११ को एनआरएन निर्बाचनले पर्दामा ह्वात्त ल्याएका एक धनाड्य मनुवा हुन् - भवन भट्ट । अनन्त धन तर मुसाको दुलोभित्र नाम कोचि बसेका भट्टको थर समेत अक्टोबर २०११ देखि ह्वात-हुत्तई नेपाली बजारमा देखापर्यो । नाउ कमाउन महतोलाई धन कमाउन भन्दा ३० बर्ष बढी लाग्यो, लामिछानेलाई १५ बर्ष लाग्यो, हिराचनलाई दश बर्ष लाग्यो तर भट्टलाई एक बर्ष पनि लागेन । काठमान्डू पोस्ट दैनिकमा बीबी एयरवेजको एउटा समाचार छापिए पछी त्यसका उपर कमेन्टको बाढी आयो, एकजना नेपालीले ठोकेरै भनि दिए- टोक्योमा चेली व्यापारको नतिजा र जापानी माफियासंगको उनको हिमचिमले बीबी एयरवेज नारिता र क्वालालम्पुर बिमानस्थलमा बिना रोकटोक ल्याण्ड गर्छ । बीबी एयरवेजको बिओ कोड आईकाओले प्रमाणित गरे पनि, ४० बर्ष पुरानो बडीमा रंग विद्वान हरि शर्माको डिजाइनले लेपन गरेपनि, बिमान भित्रको ब्रेकफास्ट, लन्च, डिनर र ड्रिंक्सको क्वालिटी मेन्टेन उही राजा रजौटाको शानेबानीको जस्तो गरे पनि आइकाओले लछारपाटो लाउने होइन भन्ने कुरो भट्ट र उनका जापानी पार्टनरले राम्ररि बोध गरेका कारण चरा ठोकिएर प्लेन धावन मार्गमै लम्पसार परे पनि पाइलटकै कमजोरी देखाउन पाइने नेपाली आकासयात्राको नबिन सिकार बनेका सिता एयरका एक मृतकका आफन्तले भने- नेपाली आकाशमा देखिने जुनसुकै प्लेन किन नहोस इन्सुरेन्स असुल्न पाई हालिन्छ, इन्जिन बिनाको ढ्वांग नै उड़ाए पनि पैसै कमाउने मूल मन्त्र न हो, कसको के मतलव?
यहि मतलव बुझ्न गाह्रो भैरहेको कमाई खाने बाटोको जोर जुलुम गरे भवन भट्टले । देशी विदेशीले कमाउन हुने भट्टले नहुने भन्ने केहि होइन केहि छैन । भट्टले कमाई हुने बैंक ब्यबसाय गरेर पनि दाम कमाएकै हुन् । ओसाकाका एक नेपालीले लेखेका छन-कुनचाहि ब्यबसायको काम सामाजिक सेवा गर्ने छ? कुनै ब्यबसायको छैन । सबै कमाउन नै बसेका हुन्, उठेका हुन् । सबै लाभको ब्यापार गर्न चाहान्छन, को गर्छ घाटाको ब्यापार? को गर्छ सामाजिक सेवा? को छ दिल शोभा जस्ता? भवन भट्ट र दिल शोभा नेपाली समाजका बिपरित चरित्रका दुई पात्र हुन् । एक बर्ष अघि लामिछानेको सत्तारोहण हुँदा देखि बहुचर्चित सामुहिक लगानी र नेपालमा एकसय मेगावाटको बिजुली जस्ता महान गन्तब्य हावा ख्वाउने षड्यन्त्रका पछाडी बीबी एयरवेजको समुद्घाटन हुन् सक्दैन भनेर कसले भन्न सक्छ? चालु गैआनेसंघ दिवसमा १०० मेघावाट बिजुलीको शिला गाढ्नु भन्दा बीबी एयरवेजको समुद्घाटन गर्न पाउँदा महतो र लामिछाने गद्गद् भए तर रसियाका दोहोरो नागरिकता कुर्ने गैर नेपालीहरुको लाखौँ डलर कता हावा खाई रहेछ अत्तोपत्तो रहेन ।


गैआनेसंघ दिवसका उल्लेखित द्वय नौटंकी हेरीहेरी पचाउनु सिबाय केहि छैन ।

Monday, October 29, 2012

सेक्समा नाङ्गो हुनु अनिवार्य

श्रीमान श्रीमतीवीच किन मनमुटाव सुरु हुँदै सम्बन्ध बिच्छेदसम्म पुग्छ ? किन घरमा दुईवीच सानो सानो कुरामा झगडा हुन्छ ? हरेक घरमा हुने यस्ता समस्याको अनुसन्धानमा जुटेकी एक महिलाले पत्ता लगाएकी छन- ‘यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ ।’ १२ बर्षदेखि यौन मनोबिज्ञानबारे परामर्श दिंदै र अनुसन्धान गर्दै आएकी करुणा कुवँरलाई अहिले लाग्न थालेको छ- ‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्नै नआउने रहेछ ।’ कुनैपनि युगल जोडीमा केही समस्या छ भने त्यो समस्या कुनै न कुनै रुपमा सेक्ससम्बन्धी उनीहरुको धारणा र ब्यबहारमा निर्भर हुने गरेको कुवँरको दावी छ ।

एक साप्ताहिकलाई अन्तवार्ता दिंदै कुवँरले नेपालीहरुको सेक्स मनोबिज्ञान, सम्बन्ध र त्यसबाट उत्पन्न समस्याबारे खुलेर कुरा गरेकी छन् । धेरै जोडी बिबाहको ५-७ बर्षपछि पार्टनरको यो कुरा मन परेन, त्यो बानी मन परेन भन्ने गुनासो लिएर आउने गरेको भएपनि बिबाह गरेको एक दुई बर्षमा त्यो कुरा किन नोटिस गर्नुभएन भन्दा उनीहरु उत्तर दिन सक्दैनन् । करुणाको दावी छ- पहिलो बर्ष उनीहरुको यौन सम्बन्ध राम्रो हुन्छ, एकले अर्कालाई समय दिन्छन, एकले अर्काको बखान गर्छन् । जसै बिबाह पुरानो हुँदै जान्छ ती कुरामा कमी आउँछ र समस्या सुरु हुन्छ ।
   
सामान्यतयाः नेपालीलाई सेक्स गर्न आउँदैन’- मनोबिज्ञ कुवँर भन्छिन- सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरुषको लिंग महिलाको योनीमा प्रवेश गराउने भन्ने कुरामा मात्र फोकस हुन्छ । जवकी यौनमा त्यो अन्तिम कुरा मात्र हो । सेक्समा पुरुष हावी हुने र महिलाले पनि पुरुषका लागि सेक्रिफाइस गरेको ठान्ने गरेका कारण समस्या सुरु हुने उनको अनुसन्धानले देखाएको छ ।

नेपाली महिलालाई सानैदेखि सेक्स पाप हो, त्यो मेरो आबश्यकता हैन भन्ने सिकाइएको हुनाले उनीहले सेक्समा आनन्द लिन नसक्ने कुवँर बताउँछिन् । पढेलेखेका महिलामा त्यसबारे जानकारी भएपनि अचेतन मनमा गढेको कुराले प्रभाव पारिरहने उनको दावी छ । ‘ तपाईले कतिपय महिला सेक्सका बेला नाङ्गै हुन सक्दैनन, वत्ति बालेर सेक्स गर्न मान्दैनन भन्ने सुन्नुभएको होला नी- कुवँर भन्छिन- त्यसको कारण सेक्सप्रति उनीहरुको वितृष्णा नै हो, जव की सेक्समा नाङ्गो हुनु अनिवार्य हो ।’

Tuesday, October 23, 2012

STORY OF SENIOR JOURNALIST KHILDWAJ THAPA MAGAR

(via रत्न थापा मगर)
राससको प्रधानसम्पादकदेखि जातीय मुक्ति आन्दोलन सम्म
म ६१ वर्ष पहिले बाग्लुङ जिल्ला हुक्डीसिर गाविसको बाराकोटमा जन्मिएको हुँ । प्राथमिक शिक्षा गाउँकै स्कूलबाट पुरा गरें । वि।स। २०२३ मा एसएलसी जनता मावि तानसेनबाट गरेको हुँ । मेरो क्याम्पसे अध्ययन भने काठमाडौंबाट शुरु भयो । नेशनल कलेज काठमाडौंबाट मेजर इतिहास र राजनीति शास्त्रमा स्नातक गरें । इन्डियन इ_िन्स्टच्यूट अफ मास कम्युनिकेसन(आईआईएमसी)बाट सन् १९८१ मा १० महिने पोष्ट डिप्लोमा कोस्र गरें । विश्व प्रख्यात समाचार एजेन्सी एसोसियटेड प्रुान्स प्रेस (http://www.afp.co/)बाट १९९० मा न्यूज एजेन्सी जर्नालिज्म कोस्र गर्ने अवसर मिल्यो ।
विस २०२९ मा राष्ट्रिय समाचार समिति राससमा खुल्ला प्रतिपस्र्धाबाट अाचल संवाददाता छनौट भएँ । संवाददातामा नाम निकालेका १४ जना मध्ये प्रथम भएकाले १४ अन्चल मध्ये जुनसुकै छान्ने अवसर मिल्यो । त्यतिबेला मैले लुम्बिनी अन्चल रोजें । यसरी पत्रकारितामा मोफसलको राजधानी बुटवलबाट शुरु भयो मेरो पत्रकारिता यात्रा । २०४८ मा चीफ रिर्पोटर २०५२ मा वरिष्ठ सम्पादक २०५४ मा प्रबन्ध सम्पादक हुँदै २०५६ मा राससको प्रधान सम्पादक बनें । आधा दशक लामो इतिहास भएको राससमा दोस्रो प्रधानसम्पादक मगरको छोरो बन्यो । यसअघि राधेश्याम विष्ट प्रधानसम्पादक बनेका थिए । २०५९ मा रिटार्यड भएँ । त्यसपछि निजी क्षेत्रको अन्नपूर्ण पोष्ट दैनिकमा करिब पाँच वर्ष नायब सम्पादक भएर काम गरें । त्यसपछि इन्टरनेशनल प्रेस इ_िन्सटिच्यूट (आईपीआई)को खतरामा परेका पत्रकारहरुको उदार गर्ने प्रोजेक्टमा प्रबन्ध निर्देशकको रुपमा एक वर्ष काम गरें ।
रानी ऐश्वर्यको महिनावारीले निम्त्याएको सकस

वि।स।२०१९ सालमा स्थापना भएको रासस २०५० सालताका सम्म पनि सबैभन्दा प्रभावी र शक्तिशाली सन्चार माध्यमको रुपमा रह्यो । राजदरबार मामिला मन्त्रालय प्रधानमन्त्री आफैले राखे जस्तै राससमा दरबारसम्बन्धी वीट सबै भन्दा चलाख पत्रकारलाई दिइन्थ्यो । १४ मध्ये प्रथम भएकाले हुनसक्छ दरबार सम्बन्धी समाचार ल्याउने जिम्मेवार मलाई दिइयो ।
पत्रकारिताको शुरुवाती करिअरकै कुरा हो । हिन्दु महिलाहरुको पर्व तीजमा रानी ऐश्वर्य पशुपतिनाथको मन्दिरमा जाने हुनाले रिर्पोटिङ गर्ने जिम्मेवारी पनि मेरै थियो । एक जना सिनियरले फिल्ड नगएरै समाचार लेख्ने सल्लाह दियो । गतवर्षको समाचार हेरेर समाचार लेख्न सकिने उसको सल्लाह थियो । मैले त्यस अनुसारै गरें । तर समस्या के भई दियो भने रानी ऐश्वर्य महिनावारी भएर पशुपति गएनछन् । अनि मलाई आपत्त पर्यो । फिल्ड नगई समाचार लेख्दाको नतिजा थियो त्यो । धन्न जसले ठग बुद्धि सिकायो उसैले मलाई बचायो पनि ।
वादी समुदायका महिलाहरुको समस्यालाई उजागार गर्ने पहिलो पत्रकार सम्भवत म नै हुँ । २०३३ ताका यो राससमा मैले उनीहरुको पीडाको विषयमा रिर्पोटिङ गरेपछि वादी समस्या अन्तराष्ट्रियस्तरमा पुग्यो । त्यतिबेला वादी महिलाहरुले मलाई एक पटक घेराउ पनि गरे ।पत्रकारले भोजमा खान पाउने नियम बन्यो
पत्रकारले रिर्पोटिङमा जाँदा पनि दौराशुरुवाल र टोपी लगाएर जानुपर्दथ्यो । अहिले जस्तो रिर्पोटिङमा गएका पत्रकारले भोजमा सहभागी हुन पाउँथेन । सुरक्षाकर्मी जस्तै पत्रकार पनि ड्युटीमा भएकाले खान नपाउने उनीहरुको दलील हुन्थ्यो ।
दरबार भित्रै भएको भोजमा मैले एकपटक वेटरको ट्रेबाट रक्सी झिकेर पिएँ । राष्ट्रिय सम्वाद समितिका सहकर्मीले पत्रकार भएर कहाँ खान थालेको भन्दै थियो मैले अर्को गिलास निकालेर फेरी स्वाट् पारें । यो कुरा दरबारका कर्मचारीले पनि नोट गरेका रहेछन् । भोलिपल्ट दरबारमा भएको भोजको समिक्षामा एक कर्मचारीले अरु त ठिकै हो सरकार राससका खिलध्वज थापाले रक्सी खाए भनेछ । त्यो सुनेपछि वीरेन्द्रले किन पत्रकारले भोजमा खानु हुँदैन भनेर आश्चर्य मान्दै सोधेछन् । हुँदैन सरकार पत्रकार ड्युटीमा भएकाले भोजमा खान मिल्दैन भनेपछि वीरेन्द्रले उसो भएपत्रकारलाई रिर्पोटिङ सकिएपछि खान पाउने व्यवस्था मिलाउनु भनेछन् । त्यस यता मात्रै पत्रकारहरुले रिर्पोटिङको क्रममा भोजमा खान पाउने प्रचलन शुरु भएको हो ।
पत्रकारितासँग जोडिएको अर्को पनि डि्रंक प्रसँग छ । एक पटक राती ९ बजे वीरेन्द्रले रक्सी खाना बोलाएको खबर आयो । दरबारमा पुग्दा रानी ऐश्वर्य हातमा बोटल लिएर बसेकी थिइन् । ज्ञानेन्द्र पत्नी कोमलको हातमा आईस थियो धीरेन्द्रकी पत्नीको हातमा गिलास र राजपरिवारकै अर्की एक महिलाको हातमा सोडा । म पुगिसकेपछि ज्ञानेन्द्र आईपुगे त्यसपछि मात्रै वीरेन्द्र । रानीले समेत पाहुनालाई रक्सी थप्नुअघि र पछि ढोग्ने चलन थियो । दुई राउण्ड खाईसकेपछि रक्सी बन्द गर्ने कि भन्ने प्रस्ताव कतैबाट आयो । ठीक त्यहि बेला वीरेन्द्रले जर्नालिस्ट खिलध्वजलाई पुगेको छैन एक राउण्ड अझै भने ।
समाजिक आन्दोलन हुँदै जनमुक्ति पार्टीसम्म
वि.स. २०२७ साल ताका काठमाडौंमा अहिले जसरी मगरहरुसँग बाक्लो भेटघाट हुँदैनथ्यो । त्यसबेला ५०-६० जना मगरहरु भेला भएर बालाजुमा बुङगुर काटेर खाएछन् । त्यसको एक वर्षपछि धुलिखेलमा मगरहरुको भेला थियो । त्यसमा विभिन्न पेशा व्यवासयमा आवद्ध मगरहरुको उपस्थिति थियो । त्यहि बेला मगरहरुका लागि संगठन आवश्यक पर्दछ भनेर 'लाङघाली परिवार' गठन गरियो । २०२८ सालमा गठित त्यस ऐतिहासिक संगठनको अध्यक्षता मैले गरेको थिएँ । लाङघाली परिवारको उपाध्यक्ष शान्ता राना थापा महासचिव केबी राना कोषाध्यक्ष प्रभा बुढाथोकी र बसन्त थापा ऋतुराज लगायत कार्यकारी सदस्य रहनु भयो ।
हामीले 'लाफा' नामक पत्रिका प्रकाशन पनि गर्यौं त्यसको सम्पादक मोहन शमशेर थापा हुनुहुन्थ्यो । त्यतिबेला मैले मगरको विषयमा लेख लेखेको थिएँ । मगरको विषयमा लेखिएको पहिलो लेख त्यहि थियो कि जस्तो लाग्छ । आज पनि धेरैले मेरो त्यहि लेखलाई आआफ्ना लेखमा उधृत गर्छन् । सबैभन्दा ठूलो कुरा त्यतिबेला बनभोजबाट शुरु भएको मगर संगठित हुने प्रयास अहिले ३० औं मगर दिवससम्म आई पुग्दा धेरै खुशी लाग्छ ।
रासस र अन्नपूर्ण पोष्टको जागिर अनुभव बोकेर राष्ट्रिय जनमुक्ति पार्टीमा कि्रयाशिल छु । यसअघि विदेश विभागको जिम्मेवारी पुरा गरें भने चौथो राष्ट्रिय महाधिवेशनपछि बुद्धिजिवी विभाग प्रमुखको रुपमा कार्यरत छु । तर यो पार्टीसँग मेरो अप्रत्यक्ष संलग्नता भने स्थापना कालदेखिनै थियो । पार्टीको घोषणापत्र र विधान निर्माणमा उतिबेलै इनपुट दिएको थिएँ । यो पार्टीको संस्थापक अध्यक्ष एमएस थापा ज्यूसँग उतिबेलै देखि निरन्तर सम्पर्कमा छु । सरकारी सन्चार माध्यममा आवद्ध भएकाले त्यतिबेला खुलेर पार्टीमा लाग्ने अवस्था थिएन । तथापि पूर्व पश्चिमका जनजातिहरु एक भएर अधिकार प्राप्तीका लागि लड्नुपर्छ भनेर सम्पर्क गराउने गर्दथे ।देशमा ठूला भनिएका पार्टीहरु पनि नभएका होइनन् । तर राष्ट्रिय जनमुक्ति पार्टीको जस्तो दर्शन र भिजन कसैको छैन । कम्युनिष्टहरुले वर्गीय विभेदका कुरा गर्छन् । तर यो आफैमा पूर्ण होइन । देशमा विद्यमान जातीय भाषिक सांस्कृतिक भौगोलिक विभेदको अन्त्य नभई मुलुक समृद्ध बन्न सक्दैन । जुन कुरा जनमुक्ति पार्टीले मात्रै उठान गरेको छ ।

दशैं बारे छोटो चर्चा ।

सबै जनाले यो लेख पड्नु होला है
वर्तमान परिपे्रक्षमा सिंगो नेपाली समाजको एकताको आधार धर्मनिरपेक्षताको प्रत्याभूति र बहुल जातीय सामाजिक साँस्कृतिकविशिष्टताप्रति स– सम्मान व्यवहार गर्नु हो । एकतामा अनेकताले भरीपूर्णविविध सँस्कृतिहरुले सुसम्पन्न नेपाली समाजमा विविन्न चाडहरु मान्नेक्रममा बडा दशैं पर्व पनि मान्ने गरिन्छ । हुनत नेपालमा दशैंलाई दशैंं अथवा बडा दशैं या महान पर्व दशैं भनिन्छ भनेभारतमा दशहरा वा दशेरा भन्ने गरिन्छ । वास्तवमा दशैंको धार्मिक महत्वर साँस्कृतिक परिपाटी अनुसार हिन्दू धर्म शास्त्रको पर्व र काण्डसँगसिधा सबन्ध राख्ने एउटा पर्व (Legendary Prevalence/Episode) नै हो त्यसकारण यो चाड (Festival) चाहीं होइन भन्न
सकिन्छ । हिन्दू धर्मशास्त्रको अध्ययनमा ूपर्व” भन्नाले कुख्यात असतिहरुलाई समाप्त गर्ने रणनीति अन्र्तगत हिसाँत्मक युद्ध गरी विजयगरिएको कालजयी क्षण हो । त्यसैले दशैं हिन्दू धर्म शास्त्रकैकथामा उल्लेखित नवदुर्गा भवानी वा भगवतीहरुले शुम्भ, निशुम्भ रमहिषाशूरहरु विरुध लडेर विजय प्राप्त गरिएको पर्व या काण्ड हो । यस
कारण दशैं दुर्गादेवीको उपमालाई हर्ष बढाई गरिएको हिन्दू सँस्कार हो ।तर नेपालमा आफन्तजनहरु आपसमा भेटघाट गनर्,े साईनोमा को ठूलो हुन्छन् उसको हातबाट साना साईनो पर्नेहरुले र गाउँठाऊँमा को बडाहाकिम वा बडा सभ्रान्त हुन्थ्यो उसको हातबाट पनि साना तहका प्रजा या रैतिहरुले टिका लगाएर आर्शिवाद लिई मान्नु
पर्ने प्रचलन थियो । अहिले बडा वा बडाहाकिमबाट गाउँ गाउँमा टिका लाउने चलन चाहीं छैन । त्यस्ता ठूलाबडाहरुलाई पछि कानून लगाएर शासकहरुले मासे । यही टिका लगाएर आर्शिवाद दिने प्रथाले चाहीं चाड हो कि भन्ने आभास अलिअलि दिन सक्छ । तर दशैंमा टिका लगाउने प्रथा शासकहरुले सामाजिक सँस्कृतिको विकास भन्दा पनि चाकडीबाजको सन्धर्वमा शुरुवात गरेका थिए भन्न सकिन्छ ।तत्कालिन पुराना राजकाज र राणकालीन समयमा शासकहरुलाई र गाऊँठाऊका सभ्रान्त ठालूहरुलाई सर्वसाधरण रैतिहरुले दाम चढाएर
दशैमा मानमर्दन गर्नपर्ने चलन चलाएकै हो त्यसैले यो दशैं चाकडीबाजको लागि पलेटीमार सन्र्धव बाहेक अरु केही होइन । जहाँसम्म चामललाई दही र रंगमा मुछेर मातापिताले छोराछोरीलाई आर्शिवाद दिई निधारमा टिका लगाउने चलन भावनात्मक तथा नैतिक स्पर्श गर्ने सम्बन्ध छ । तैपनि त्यसलाई वैज्ञानिक सोच र दृष्टिकोण लगाएर हेर्ने हो भने त्यो भाग्यवादमा जेर्लिको छ त्यसरी भाग्यमानि हुने भइएको भए त्यति धेरै अगाडिदेखि भाग्यमानी हुदै आएका नेपालीहरु आजसम्म कति हो कति सुखी र सम्पन्न हुनको सट्टा चेलिबेटीहरु कोठीका लागि र जवान दाजुभाईहरु मजदुुरको लागि निरन्तर बढोत्तर गतिमा पैठारी भईरहेका छन् । के यही हो भाग्य प्राप्तिको लागि अनुराग गरिएको आर्शिवाद ? तसर्थ बाबुआमाबाट आर्शिवाद लिन दशैै नै
हुनपर्दछ ? जबकि आफ्नो छोराछोरीको सफलताको परिणाम र जितको लागि एउटा बाबु सदा हारेको हुन्छ आमा सदासदा वात्सल्यमयी ताजा ममता दिन आफ्नो ज्यान सुकाइरहेकी हुन्छिन् यो भन्दा ठूलो सर्मपर्ण र आर्शिवाद
दशैंको टिका कहिल्यै हुन सक्दैन । तसर्थ दशै मनाई रहनु वाहियत हो ।पहिला पहिला दशैं चैत्र महिनामा रामले रावणको वध गरेको उपलक्ष्यमा मान्ने चलन थियो । अझै पनि चैत्र महिनामा राम नवमी अथवा चैते दशैं भनेर विदा भोगचलन गर्ने परिपाटी यथावत छ । चैत्र महिनामा खडेरी पनि पर्ने अनि अन्नपात पनि प्रशस्त नहुने,
यो बेला मौसम र हावापानी पनि अनुकूल नहुनाले दशैं बेस्सरी खानेहरुलाई पखाला लागेर धेरै मानिस विमार भएकाले आश्वीन मासमा सारेको रे । त्यसपछि आश्वीनमा मान्न थालिएको दशैंमा भने नवदुर्गा भवानीले
महिषाशूर भन्ने अत्याचारी राक्षशलाई समाप्त गरेको उपलक्ष्यमा देवी भवानीको भजन श्लोक र भोग बली पूजा गरेर मनाउने चलन विद्यमान छ । विजय दशमीको दिन टिका लाउने जुन प्रथा छ यस घडीमा आर्शिवाद भट्याउने कथन यस्तो छ । “आयुद्रोर्ण सुते श्रीयो दशरथे शत्रुक्षँय राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुुर्यधने, शौर्य शान्तनवे वलं हलधरे, सत्यञ्च कुन्तिसुते जयन्त मंगलाकाली भद्राकाली कपालिनी । ............” रुपान्तर ...
दोर्णाचार्यको जस्तो आयु, दशरथको जस्तो ख्याति, राघवदेवको जस्तो शत्रुनाश गर्ने शक्ति, कहिल्यै नसकिने सम्पति,हावाको जस्तो गति, दुर्योधनको जस्तो मानपदवी आदि ......... ।ब्ला...ब्ला...ब्ला...ब्ला...यी कुराहरु टिका लगाउदा दिईने आर्शिवाद या मन्त्र हो । यी यति कुराबाट दशैं हिन्दू धर्मावलम्वीहरुको मात्र हो भन्ने
तथ्य प्रष्ट हुदैन र ? यदि बौद्ध धर्म र किरात धर्मीहरुले दशैं मान्ने प्रचलन बसाएको हो भने यी हिन्दू पोराणीक कथाका महान पात्रहरुको नाम दशैंमा किन पुकारिन्थ्यो ? अर्थात् किरात धर्म जो मान्दछन् उनीहरुले दशैं
परापूर्व कालदेखि मान्दै आएको हो भने कुन मुन्धुममा छ उपर्युक्त नामका उनीहरुको पित्रृ देवहरु ? के उनीहरु किरातहरुको आरध्यदेवहरु हुन ? यदि कुनै किरातिले यसलाई पुष्टि गर्न सक्दछ भने वर्तबन्ध गरेर जनाई
धारण गरी किन तागाधारी नबन्ने त ? होईन भने दशैं परापूर्वकालदेखि मानि आएको भन्ने भ्रम त्याग गरेर देखासिखी वा लोकोचार पूरा मात्र गरेको भन्ने मतमा सहमत हुनुपर्दछ र बढ्ता महत्वका मानिरहनु पर्दैन ।
त्यसैले दशैं हिन्दू धर्मीहरुले मात्र अर्थपरक तरीकाले विधिसम्मत मान्ने पनि गर्दछन् । अन्य धर्मावलम्बीहरुले सामाजिक लोकाचार पूरा गर्न, नक्कल या देखासिखी गर्न र सरकारी दवाव तथा करमा परेर दशैं मान्ने
परम्परालाई वाद्यताबस निरन्तर मान्दै आएको घटना हो । यसलाई निम्म तथ्यहरुले पनि प्रष्ट पार्दछ । हिन्दू धर्मीहरुले सोह्र श्राद्ध भरी श्राद्धैश्राद्ध गर्दछन् । मृतकहरुको नाममा पिण्ड चढाउने काम बेस्सरी गर्दछन् । अनि काण्ड अर्थात् पर्वहरुको घटना शूरुवातकाल घटत्स्थापना एकादशी तिथि देखि नवमीसम्मको नवौरथा पूज्ने
क्रममा हरेक दिन अनेक पर्वमाला अनुरुप उनै देवीलाई खुशी पार्न हजारौं खसी, बोका, राँगा, सुँगुर आदिको मार हान्ने, काट्ने, बली चढाउने र रक्तकुण्डमयी पर्वहरु क्रमशः समापन गर्दै जान्छन् । अनि दशमीको दिन सत्यको विजय भएको खुशीयालीमा रातो टिका लगाउछन् । बश दर्शै यही हो । तैपनि दशैं सबै नेपालीले सबै धर्मालम्बीहरुले मान्नु पर्दछ भन्ने मान्यता धेरै बर्ष अगाडिदेखि प्रभाव पारिदै ल्याइयो । दशैं मान्ने प्रचलनलाई देशभर लागू गराउन शासकीय सरकारी पहल जोडदार रुपले गरिएकै हो । कानून निमार्ण गर्ने मुख्य श्रोत धार्मिक मान्यता र परिपाटी पनि हो त्यसैले अधिकांश नेपालको नियम कानून हिन्दू धर्मसँग सगँसर्गीत् छन् । त्यसैले दशैंलाई राष्ट्रिय पर्वको रुपमा सम्बोधन गरीयो ।फलस्वरुप दशैंमा लामो विदा दिईने प्रचलन देशभरी लागू भयो । फलतः दशैंभन्न साथ सबैलाई राष्ट्रिय पर्वको रुपमा मनाउने तोक आदेश जाहेर भयो ।यस प्रकार दशैं प्रशासनिक र आर्थिक तवरलेपनि देशभर प्रभावित पारियो । जस्तै विद्यालय र कलेजहरु १५ दिन, सरकारी कार्यलयहरु १० दिन सम्म देशभर विदा दिईन्छ, दशैंको लागि तलव भत्ता दोब्बर रुपमा वितरण गरिन्छ । राजधानीको टुडीखेलमा साजसज्जा गरी बन्दुक तोप आतेसबाजी गरेर सैनिक परेड गरिन्छ । बशन्तपुर दरवारमा सर्यौ खसी,
बोका, राँगा काटिन्छ । तर अन्य धर्म र सँस्कृतिको लागि राज्य कोषबाट नत खर्च गरिन्छ न हर्षबढाई नै गरिन्छ । अब यहाँनेर अन्य धर्म र सँस्कृतिका अनुयायीहरुले राज्यप्रति अशन्तुष्टि उठाउदा हिन्दू धर्मको विरोध भयो भन्ने आरोप र आक्षेप लाग्छ तर बहुधार्मिक बहुसाँस्कृतिक सामाजिक मूल्य र मान्याता भएको मुलुक हो भन्ने हेक्कालाई विर्सेर हिन्दू धर्म र सँस्कृतिको मात्र सर्वोच्चता देखाउने व्यवहारले अन्य धर्मप्रति पनि उतिकै व्यवहार दर्शाउन राज्य व्यवस्थाको व्यवस्थापन नीति परिवर्तन गर्न पर्दछ कि पर्दैन भन्ने चाही मुलभूत कुरा हो । त्यसैले मुलुक धर्म निरपेक्ष हो भन्ने घोषणा निर्विवाद रुपमा हुनुपर्दछ । जस्लेगर्दा राज्यले कुनै एक विशेष धर्म र सँस्कृतिलाई मात्र राष्ट्रिय धर्म, पर्व या चाड हो भनेर तोक्नु पर्ने आवश्यकता आउदैन । नेपाली समाजमा भावनात्मक साँस्कृतिक अन्तर सम्बन्ध, धार्मिक सहिष्णुतामुलक सदभाव एकआपसमा बाँचेकै छ । तर न्यायिक समानताको हकमा हिन्दू धर्म र सँस्कृतिको तुलनामा अन्य धर्म र सँस्कृतिहरुले राष्ट्रियकृत हुन नपाउनु, राष्ट्रमा अभिलेखित् हुन नपाउनुको कारण आदिवासी जनजातिहरुको स्वभिमानमा कुठाराघात भएको हो । आफ्नो स्वभिमान र स्वाधिनता माथि धार्मिक, साँस्कृतिक तथा भाषिक पक्षबाट अतिक्रमण भएको कुण्ठाबाट मुक्त हुन, अरुको धर्म आस्था र सँस्कृतिलाई सम्मान गर्दै आफ्नो पहिचान अस्तित्वको रक्षा गर्दै जानु यथास्थितिवादी व्यवस्था यथासक्य परिवर्तन गरी आत्मसम्मान प्रत्याभुत गराउने परिवर्तित् नयाँ व्यवस्था स्थापना गर्न चाहानु उनिहरुको नैसर्गिक अधिकार हो । जबसम्म कुण्ठित् स्वभिमानी मनहरु माथि निष्ठाको अनुभूति तृप्त हुदैन तवसम्म अलंकारिक नागरिकको रुपमा मात्र पृथक कित्तामा उभ्याइएका नागरिकहरुलाई व्यवहार गरीने कलुषित् विचारले भरीपूर्ण संकिर्ण राज्य संयन्त्रहरु पनि विसर्जन हुन सक्दैनन् । लोक
कल्याणकारी राज्यको परिकल्पना, निश्पक्षवादी व्यवहार र समातामुलक समाज विकासको प्रार्दुभाव गर्ने उद्घोष तथा रेडीमेड घोषणाहरु केवल अतिशयोक्तिपूर्ण अफवाह हो, जस्ले सदा सता अजमाउने मषिहाहरुलाई पृष्ठपोषण गर्न मात्र सहयोग गरेको हुन्छ । त्यस्तो तत्वको सर्वनाश गर्नै पर्दछ । अहिलेसम्मको स्थिति वोध गर्दा धार्मिक, साँस्कृतिक, भाषिक, लैंगिक, जातीय, क्षेत्रीय तथा वर्गीय विभेदको विरोध नगरी सहिष्णुतामुलक भावना र आपसमा सदभावपूर्ण व्यवहार गर्ने त आदिवासी जनजाति मात्र हौं । उदाहारणको लागि मेरो नाम देवराज भनेर मेरो आमा बाबुले हिन्दू धर्मबाट नै लिनु भएको हो । मलाई आफनो नाम देवराज भएकोमा खुशी र गौरव दुवै लाग्दछ । यसको मतलब हिन्दू धर्म मान्नै पर्दछ भन्ने होइन कि सम्मान गर्नु सक्नु पर्दछ र गर्दछु पनि । मेरा कयौं नाना र खुशेहरु नालुङमा, तयामा, खियामा, साङकेना, दिलीसा, निप्सुङ, निनाम्मा, नायीमा,सुम्निमा किरात मुन्धुमका आदर्श र पवित्र नारीहरुको नाम विर्सेर सुदेष्नादेखि द्रौपदी, लक्ष्मी, जयन्ति, देवी, तारा, मेनुका, उर्वशी आदि थुप्रै छन् । हिमालको पासागं र दोर्जेहरु बासुदेव, शम्भू, ललित आदि हुन थालेका छन् । कयौं यांगजीहरु सावित्री शेर्पा, पार्वति लामा, सकुन्तला आदि भएका छन् । तराईका थारुहरु पनि पर्शुराम, लक्ष्मण, कण,दशरथ आथि थुप्रै छन् । त्यतिमात्र होइन आदिवासी जनजातिका छोरी बुहारीहरु रानीचरी झै रातै भएर हरेक वर्ष तिज मनाउनसम्म सरिक हुन्छन् । तैपनि हामी आदिवासी जनजातिको धर्म र सँस्कृतिहरु आफनै किसिमको छ जसलाई हाम्रा पुर्खाहरुले आफनै तजबिजका बुद्धी र विवेकले संरक्षण सम्बर्धन गरी निरन्तर हस्तान्त्रण हुदै आउने क्रममा हामीले प्राप्त गरेका छौं । यी हाम्रा धर्म र सँस्कृति,भाषा, साहित्य र लिपिहरु मानव पराक्रम विकास हुने क्रममा विकास भएको ईन्टिेलिजेन्टस पोपर्टी हो । यो जन्मभूभि माटोसँग सम्बन्ध
जोडिएको हाम्रो सजिव पहिचान हो । हाम्रो ओजस्वीपूर्ण अस्तित्व हो । अन्तमा, मैले भन्न खोजेको कुरा के हो भने यी कुराहरुलाई मध्यनजर गरेर हेर्दा आदिबासी जनजातिले दशैं मनाउनु भनेको क्रिश्चियन धर्मको क्रिसमस चाड नेपालीहरुले मनाएको जस्तै हो । हामी हिन्दू धर्मप्रति सहिष्णुदायी सहिष्णुभावी छौं तर हिन्दू धर्मीहरु
हामीप्रति कतिको सहिष्णुशील छन् त्यो पनि हामीलाई थाहा छ । त्यसैले आदिवासी जनजातिले दशैं के हो तिज के हो भन्ने कुरा बुझौं । अनि कति र कसरी मान्ने हो बुझेर मात्र मान्ने ग¥यौं भने तपाई हाम्रो सचेतताले अवश्य
उपयोगिता हासिल गर्नेछ । होइन भने हामी जहिलेपनि अन्धा भएरहाति छाम्ने मात्र हुन्छौ । धन्यवाद

Saturday, October 20, 2012

दसै“ कहा“बाट याक्थुङ चुलोमा पुग्यो ?

 दिपेन योङहाङ लिम्बुदिपेन योङहाङ लिम्बु
by: Amar Tumyang===========
केही अपवादलाई छोडेर राजनैतिक हिसाबले हेर्ने हो भने वि.सं. १८३१ मा पृथ्वीनारायण शाहसँग संपृति या समरीति समूहमा पर्ने दस लिम्बु सरदारहरूले जब सन्धि गरे त्यही मितिदेखि याक्थुङ लाजे अर्थात् लिम्बुवानमा दसैँले औपचारिक प्रवेश पायो । यसपछि शाह राजाहरूको प्रत्यक्ष शासन र राणा शासनकालमा सुब्बा, बुढौली, कारबारी आदि भएर स्थानीय स्तरमा केन्द्र सरकारको पाखुरे भई काम गर्नेहरूले राज्य चाड रूप लिएको हिन्दूहरूको दसैँलाई याक्थुङहरूको घरमा पुर¥याउने काम गरे । सत्ता र शक्तिको भरमा दसैँ याक्थुङ घरमा पस्यो । तिल्लिङ्गा पठाएर याक्थुङहरूले दसैँ माने नमानेको अनुगमन गर्ने भएकाले सत्ताको मनोवैज्ञानिक त्रास मात्र होइन, दसैँ मानेको निसानी स्वरूप हात र खुट्टाको छाप घरको मूल ढोका छेउमा लगाउनै पर्ने नियती पनि उनीहरूले भोगेकै कुरा बूढापाकाहरूको सम्झना जिउँदै छँदैछ ।
पछिल्लो समयमा लिम्बूहरू गोर्खा भर्तीमा जान थालेपछि पल्टनघरमा राखिएका बाहुनबाजेहरू मार्फत दसैँ याक्थुङ लाहुरेहरूको खाकी लुगाको फेरो समाएर याक्थुङ घरभित्र खुरुन्दार गरेर चुलोमा नै पुग्यो, अझ धेरै ढुक्कका साथ धनदौलतको रबाफसँग मिसिएर । विवाहपछि टीका लगाउने संस्कृतिलाई अठ्याएर याक्थुङहरूको जीवनको अभिन्न अङ्ग बन्ने प्रयास ग¥यो । यसकै निरन्तरताको डोरो समाएर याक्थुङ चेली माइतीले फूल लगाउनु नहुने मुन्धुमी आस्थालाई लात मार्दै हिन्दूहरूको भाइटीकामा फूलमाला लगाइदिने सम्मको हर्कत सारै सहजरूपमा हुँदै आएको छ ।

Sunday, October 14, 2012

तामाङ जातिको इतिहास

विषयसूची
+ १) वसोवास, २) इतिहास, ३) कथन, ४) तामाङसालीङ क्षेत्रको ऐतिहासिक पृष्ठभूमि ५) लोक बाजाहरू
+
+ तामाङ समुदायको वसोवास
+ तामाङ समुदायको बसोबास नेपालको पचहत्रै जिल्लाहरुमा पाइन्छ । मध्यमाञ्चल विकास क्षेत्रको काठमाडौं, भक्तपूर, ललितपूर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, चितवन, मकवानपूर र सिन्धूलीमा भने तामाङहरु वहुसंख्यक रुपमा आवाद रहेको छ । नेपाल बाहिर भारत, मंगोलिया, चीन र तिब्बतमा समेत तामाङहरु बसोवास गर्दछन् । अखिल भारत तामाङ बौद्ध संघको २०५९ सालको प्रतिवेदन अनुसार भारतमा मात्रै तामाङहरुको जनसंख्या १४ लाख छ भनि प्रस्तुत गरिएकोछ ।
+
+ तामाङ समुदायको इतिहास
+ तामाङ इतिहासः रचना गरिएका इतिहासहरूले तामाङ समुदायलाई यहीकाल खण्‍डमा, यही देश र प्रदेशबाट वर्तामान तामाङहरूको आदिम थलो रहेको भूभागहरूस‍म्म आएको किटानि गरेर कसैले भन्‍न सकेको वा प्रमाणीत गर्न सकेको छैन । तामाङहरू आफुलाई नेपालको भूमीपुत्र मूलबासी समुदाय भनेर गर्ब गर्दछन् । यस्‍तो नेपालकै एक आदिम पुरानो तामाङ समुदायको इतिहासलाई नेपालका शासकहरूले उल्‍लेख तथा महत्‍व दिएको पाइदैन ।
+
+ तामाङ समुदाय, तामाङ राज्‍य वा अधिराज्‍य र राजाहरूको वारेमा नेपालको प्राचिन, पुर्ब लिच्‍छविकाल, उत्‍तर लिच्‍छवि काल, मध्‍य तथा आधुनिक नेपालको इतिहासमा उल्‍लेख गरेको छैन । नेपालका शासक जातिहरूले तामाङ समुदायलाई राजनैतिक, आर्थिक, सामाजिक, सांस्‍कृतिक, धार्मिक, शैक्षीक, भाषिक आदिमा मात्र नभएर इतिहासमा नै तहसनहस, शोषण, दमन र उत्‍पीडन गरी आएकाछन् , जो वर्तमानसम्‍म निरन्‍तर चलिरहेकैछ ।
+
+
+ सामन्‍ती राज्‍यसत्ताका सत्ताधारि बिदेशी बाहुन जातिका इतीहासकार, मानवशास्‍त्री समाजशास्‍त्री तथा भाषा शास्‍त्रीहरूले लेखेको रचना इतिहासमा तामाङ समुदायलाई ठग्‍नु ठगेको छ ।
+
+ तामाङ समुदायलाई मात्र होइन सिङ्‌गो मुलुकको मूलबासी समुदायको पहिचान र अस्तित्वलाई नमेट गरी बाहुन छेत्री साशक तथा अहंकारवादलाई बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन् ।
+
+ त्‍यो सत्ताधारी र सेन तथा विष्‍ट राजालाइ, गोर्खामा मगरका राजालाइ, दोलखा र काठमाडौमा नेवारका राजालाइ, पुर्बमा राइ र लिम्‍बुका राजालाई हराएको इतीहास लेखेको छ । तर ती समुदायहरूकोभन्‍दा बढि जनसंख्‍या भएको काठमाडौ उपत्‍यकाको तत्‍कालिन मल्‍ल रज्‍य याम्‍बु (काठमाडौ), हेराङ (पाटन) र खोपाङ (भत्त‌पुर)को वरिपरि कैयैं किपट र कविलाहरूमा रहेका स्‍वतन्‍त्र राज्यहरुको उदय हुनुपूर्ब नै वाइबा, रूम्‍बा, बल, ग्‍हीसीङ आदि थरका तामाङ राजाहरू र राज्‍य अस्ति‍त्‍वमा थिए । तामाङ राज्‍य र राजाहरूको बारेमा तामाङहरू मौखीक रूपमा अझै भनिरहेका छन्, यो-यो ठाउँमा फलानो राजा थियो ।
+
+ ती राजाका दरवारका अस्‍तित्‍वहरू र भग्‍नावशेषहरू विभिन्‍न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्‍छ । ताम्‍बा अर्थात मैखिक इतिहास परम्‍पराबाट पछिल्‍लो चरणमा तामाङ लिपिमा लामा बैद्ध धर्मा लिपिबद्ध तामयीग लिपिमा भएका दोङराप, पराप, केराप आदि वंशावलिहरू, उत्‍पत्तिका नाम थरहरू, हाम्रा, जीक्‍तेन तामछ्योअ, रूअीछेन च्‍योप्‍गे, कुक्‍पाखा छ्याअी, तामाङ च्‍युनीला ठङुसा थेन वब्‍सा आदि हस्‍त लिखित पुस्‍तकहरू पाइएको छ । ता पनि तामाङ समुदायको बारेमा लेखेको भन्‍दा कयैं गुणा बढि सूचनाहरू मौखिक परम्‍परामै संरक्षित रहेको पाइन्‍छ । यही परम्‍पराको माध्‍यमबाट तामाङहरूले एक पुस्‍ताबाट अर्को पुस्‍ता सार्दै आजसम्‍म जे जस्‍तो अवस्‍थामा भएपनि तामाङको इतिहासलाई बचाएर ल्‍याएका छन् । मैजुदा मौखिक र भग्‍नावशेषको रूपमा पाइएका प्रमाण तथा तथ्‍यहरूको वैज्ञानिक अनुसन्‍धान, अध्यायन, उत्‍खनन, बिश्लेण, लेखन जस्‍ता कार्यहरू आर्थिक एवं प्राबिधिक रूपले पनि वर्तामान दरिद्रावस्‍थाका तामाङ समाजको क्षमता र वशमा छैन भने हिन्‍दु सामन्‍ती राज्‍यसत्तालाई त्‍यसको कुनै चासो र मतलब छैन ।
+
+ जसले गर्दा आज तामाङ समुदायको सामाजिक इतिहासका हाम्रा महत्‍वपुर्ण भैतिक सम्‍पदा , निधिहरू तथा मैखिक सम्‍पदाहरू दिनानु-दिन, आजभन्‍दा, भोलि भन्‍दा, पर्सी हुदै अवशेषहरूको पनि अवशेषको रूपमा सधै भग्‍नावशेष्‍मै रहन बाध्‍य छन् । तापनि आज हाम्रो सामु विभिन्‍न देशका थुप्रै अन्‍वेषकहरू, समाजसशास्‍त्री, भाषाशास्‍त्री, मानवशास्‍त्री, प्रागैतिहासिक एवं पाषाण पुरातत्‍व विज्ञहरूले अध्‍ययन, अनुसन्‍धान, उत्‍खनन् गरेर पत्ता लगाएका तथ्‍यहरु, शोधपत्रहरू विदेशी भाषाहरूमा बग्रेल्‍ति रहेका छन् ।
+
+ अब ती विदेशी भाषाहरूमा भएका तामाङ समुदायका वारेमा लेखिएका, रचिएका अभिलेखहरू संगालेर या संग्रह गरेर आफ्नो भाषामा, पुण: अध्यायन तथा विश्लेषण गरी भावि तामाङ सन्‍तानहरूलाई पुर्खाको इतिहास पुण: लेखन गरी नयाँ इतिहासको सृजना गरेर भएपनि सन्‍तोष लिनुपर्ने छ । त्‍यो नयाँ इतिहास लेख्‍ने दायित्‍व आज तामाङ समुदायको सङ्घ तथा नवसन्‍ततिहरूको थाप्‍लोमा आइपरेको छ । तामाङ इतिहाससंग सम्‍बन्‍धित तामाङहरूको इतिहासका मैखिक अवशेषहरूलाई आफुले सुने, देखेको र स्‍वदेशी तथा विदेशी अन्‍वेषकहरूको विभिन्‍न पत्रपत्रिकामा लेखादि तथा पुस्‍तकादिमा विभिन्‍न रूपमा प्राप्‍त सूचनाहरूको आधारमा तामाङ समुदायको उत्‍पत्ति, उद्गम् इतिहास र मौखिक रूपमा रहेको तामाङ अधिराज्‍य र राजाहरूका इतिहासलाई समेटिएको छ ।
+ नेपालका विभिन्‍न कालका तामाङहरूको सानातिना घटनाक्रमहरुलाई तथा रीमठीम, आर्थिक लगायत अन्‍य पक्षहरूलाई छाडेर यहाँ खासगरी उत्‍पत्तिबारे संक्षिप्‍तमा र तामाङ राजा र राज्‍यको मैखिक रूपमा संरक्षित रहेको सारहरूलाइ संगालेर प्रस्‍तुत गरीएको छ । तामाङ समुदायका राज्‍य अनि राजाहरूको इतिहास खोज्‍न तथा बुझ्न पर्दा वारम्‍बार दोहोरिने र सुनिने तामाङ भाषाका शब्‍दहरू परिभाषा तथा तामाङ भाषामा खूल्‍ने आउने कथा विस्‍तार प्रस्‍तुत गरिएकोछ । तामाङ समुदाय नेपालको ६० भन्‍दा बढि मूलबासीहरूमध्‍ये एक महत्‍वपुर्ण समुदाय हो । तामाङ भाषा बोल्‍नेहरूलाई तामाङ भनेर चिनिन्‍छ । नेपालमा डम्फु, टुङना, मुर्चुङ्गा र सेलो भन्‍नाले तामाङ समुदायलाई बुझाउछ । अनि यो समुदायको चिनारीको रूपमा आफ्नै घरबुना सुतीको स्‍यामा लुंगी जस्‍तो फरिया, ग्‍या, गाबरको, ग्‍या तोकरोक, उनी राडी, पाखी स्‍योल्‍दो सुकाअी लुकुनी, पेङ्का अल्‍लोको घरबुना लुगा अनि लोक्‍ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्‍से, नाम्‍लो बुन्‍ने, थाङ्का चित्रकला, मकुण्‍डो खोप्‍ने मास्‍क, आदि मौलिक पेशाहरू रहेको छ । तामाङ शब्‍दको अर्थबारे विभिन्‍न ब्यक्तीहरूले आ-आफ्नै मनगढन्‍ते कुराहरू आएको हुदा यहाँ तामाङ शब्‍दको अर्थ , प्रयोग, ऐतिहासिकता र व्‍यापकता आदि वारे निम्‍न अनुसार चर्चा गरिएको छ ।
+
+ तामाङ शब्‍दको इतिहास र प्रयोग
+ तामाङ शब्‍द मुख्‍यतय नेपालको राजधानि वरिपरि घेरिएर घना बस्‍ती भएको नेपालमा प्रथम आबाद गर्ने मंगोल मूलको मानव समुदायलाई बुभाउन प्रयोग भइ आएको छ । तामाङहरूले आफ्नो समुदायमा आफ्नो परिचय तामाङ भनेरै चिनाएको पाइन्‍छ । त्‍यसोत तामाङ शब्‍दको प्रयोग कहिलेदेखि भएको रहेछ हेरौं । विदेशी विद्धान म्‍याक्डोल्‍डका अनुसार हालको मुस्‍ताङ जिल्‍लाको गुन्‍थाङ जो पुराङ राज्‍यको एक भाग थियो । त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्‍म राज्‍य गरेको थिए । उनको वंशावलीमा तल्‍लो मुस्‍ताङमा रहेका 'शे मोन शेरिब अधिराज्‍य'का तामाङहरुलाई दबाउन मूक्तिनाथमा किल्‍ला बनाउन लगाएको बृतान्‍त उल्‍लेखित छ । सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचक शब्‍दको रूपमा प्रयोग भएको तथ्‍यले तामाङ भन्‍नुमा गर्ब गर्ने तामाङहरूलाई दबाउन मूक्तिनाथमा किल्‍ला बनाउन लगाएको वृतान्‍त उल्‍लेखित छ। सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचक शब्‍दको रूपमा प्रयोग भएको तथ्‍य उजागर गरेका छन ।
+
+ उपर्युक्त करण अनुसार निम्न कुरा (तथ्य)को पुस्टी हुन्छ ।
+ प्राग ऐतिहासिककाल देखि नै तामाङहरु काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा बिभिन्न पुरातत्वविद्हरुले अफ्नो अध्ययन र अनुसन्धानमा उल्लेख गरेका छन । तत्कालिन नेपाल सरकार र सोभियत रुस सरकार बीच २०३४ मा भएको साँस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविबिद्धालय, पुरात्व संस्थाका प्राग ऐतिहासिक पुरातत्वविद डा. एनातोली याकोब्लेभ भेटेन्को र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्वतिर बानियाँ गाँउ र पण्डित गाँउका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरु फेला पारेका थिए, जुन हतियारहरु ३० हजार वर्ष पुरानो भएको दावी छ । प्राप्त ढुङ्गाका हतियारहरुमध्ये एक गोवी नमुनाका धार भएको र उक्त ढुंगे हत्तियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत र हिमालय भएर नेपालको काठमाडौँसम्म लिएर आउने र प्रयोग गर्ने तामाङहरु नै हुन् भन्ने प्रसंगले पनि तामाङहरु ३० हजार वर्षपहिले देखि नै काठमाडौँमा वरपर बसोवास गर्ने गरेका थिए भन्ने अनुमानलाई पुष्टि गर्दछ।
+
+ तामाङ समुदायको कथन
+ तामाङ समुदाय मंगोल वंशका हुनाले महामञ्जुश्रीले काठमाडौँमा वस्ती बसालेको तथ्यलाई तुलनात्मक दृष्टीकोणबाट विश्लेषण गर्दा तामाङ समुदाय काठमाडौँ बसोवास गर्ने पहिलो समुदाय हो भन्ने कुराको पुष्टी हुन्छ ।
+
+
+ तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४० मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरुमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्तापूर्वक आफ्नी छोरी भृकुटीको तिब्बती राजा श्रङचङ गम्पोसँग विवाह गरि नेपाल तिब्बत बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए ।
+
+ तत्पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत फर्केका थिए । उनीसँग आएका घोडाचढी सेना हरुमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरु नेपालमै बसेका थिए । घोडाचढी सेनाहरुलाई तामाग भनिन्थ्यो । त्यही तामाग नै कालन्तरमा तामाङ भयो भनेर भनिन्छ, जुन कुरा गलत छ किनकी नेपालका लिच्छबी राजाहरु पनि तामाङ समुदायकै हुन ।
+
+ त्यसैगरि अंशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले शासन चलाएका थिए । धपाईएका उदयदेव तिब्बतमा शरण लिन पुगे जसलाई राजा श्रङचङ गम्पोले स-सम्मान शरण दिए । स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो । उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेनाहरु लिएर नेपाल आई आफ्नो पैतृक सिंहसन पुन प्राप्त गरे । नरेन्द्रदेवको सहायतार्थ आएका घोडाचढी सेनाहरुलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौन्दर्य र यहाँका बासिन्दा तामाङहरुलाई मन परेर नेपालमै बस्न थाले ।
+
+ केन्द्रीय तामाङ गणराज्यको अवशेष बाह्र गोरस्याङ सेमजोङ ग्याल्साका वाइबा ग्ले, बाह्र लाच्याङ ककानी ग्याल्साका रुम्बा ग्ले, बाह्र तेमाल तेमाल ग्याल्साका दोङ ग्ले।
+
+ ऐतिहासिक पृष्ठभूमि र तामाङसालीङ क्षेत्र
+ तामाङ समुदाय बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालको सरकारले सूचिकृत गरेको ५९ समुदायहरू मध्ये ठूलो जनसंख्या भएको समुदाय हो। तामाङ समुदाय नेपालको सबै भन्दा पुरानो समुदाय मध्ये एक हो । मुख्यतय नेपालमा तामाङ भाषा बोल्ने र बौद्ध धर्म मान्ने समुदायलाई तामाङ भनेर चिनिन्छ। नेपालमा डम्फु, टुङ्ना, मुर्चुङ्गा, विनायो र सेलो (स्यालु) भन्नाले तामाङ समुदायलाई बुझाउँछ। अनि आफ्नै घर बुना स्यामा (लुँगी जस्तो फरिया), ग्या(गातो), गाय्.-बरको, ग्याय्.-तोकोरोक, उनी राडी, पाखी स्योल्दो, सुर्काअी (लुकुनी), फेङ्गा (अल्लोको घरबुना गातो लुगा), अनि लोक्ताबाट हाते कागज बनाउने सीप, जङ्गली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का (चित्रकला), मकुन्डो खोप्ने (मास्क), आदि मौलिक पेसाहरू हाम्रो तामाङ राष्ट्रीयताको चिनारी हो। नेपालमा बसोबासको हिसाबले हामी तामाङहरू गणेश हिमाल, लाङटाङ हिमालको उपत्यकाहरू देखि सम्पूर्ण पहाडी क्षेत्रमा फैलिएको हुँदा हिमाली तथा पहाडी भुगोलमा वसोवास गर्ने मुख्य र महत्वपूर्ण समुदाय हौं।
+
+ तामाङ शब्द निर्माण बारे विभिन्न मतहरु भए ता पनि तामाङ शब्दले नेपाल र एसियाली हिमालय क्षेत्रको प्राचिन र ऐतिहासिक समुदायलाई बुझाउँछ । काठमाण्डौ उपत्यकाको मानव सभ्यताको आरम्भको कुरा गर्नु पर्दा स्वयम्भू पुराण र स्थानीय जन श्रुति अनुसार उपत्यकामा नागदह थियो र यस नागदहमा श्री ज्योतिरूप स्वयम्भूको दर्शनार्थ महाचीनको पञ्चशिर्ष पर्वतको थुम्कोमा रहनु भएका महामञ्जुश्रीका निर्वाणकाय (टुल्कु) श्री मञ्जुदेवाचार्य महाचीनबाट नागदह याम्बु (काठमाण्डौ) उपत्यका आउनु भयो। श्री ज्योतिरूप स्वयम्भूको दर्शन गर्न नागदहको पानी सुकाउँदा सजिलो हुने देखि आफ्नो राल्डी (खड्ग)ले दहको किनार काटी पानी सुकाए पछि नागदहले बनाएको मलिलो भूमिमा सबै तिरबाट आएका लोकजनहरूलाई बसोबास गराइ देवपट्टन नामक सहर बसाली आफूसँगै आएका राजकुमार धर्माकरलाई राजा बनाए भन्ने ऐतिहासिक लोक आख्यानलाई सार्थकता दिन खोज्ने एउटा पुरातत्वकी अध्ययनको निचोड यस्तो छ।
+
+ सन १९७८ मा नेपाल रसिया सँस्कृतिक सम्झौता अन्तर्गत रसियाका लेनिनग्राद विश्व विद्धालयका प्रागऐतिहासिक पुरातत्वविद् डा. एनातोली याकोब्लभ सेटेन्कोले काठमाण्डौको बूढानीलकण्ठको दक्षिण पूर्वतिर बानिया पाखा र पण्डित गाउँको बीचमा रहेको धोबी खोलाका किनारमा एउटा अध्ययन गरेको थियो। यस अध्ययनले प्राचीन पाषाण युग (उत्तरकाल ईशा पूर्व ३०,००० वर्ष) का केही ढुङ्गे उपकरण विना पालिसका तर चोट दिएर ताछेर बनाएको पाषाण उपकरण प्राप्त भएको तथ्य सार्वजनिक गरेका थिए। यो पाषाण उपकरण उपत्यकामा भेट्नुलाई अनुसन्धाकर्ता डा. सेटेन्कोले आफ्नो अध्ययनको निचोडमा यो पाषाण उपकरणको प्रयोग गोवीबाट सुरु भएर सुदूर पूर्व एसिया (पेकिङ) हुँदै याम्बु (काठमाण्डौ) उपत्यकामा आइ पुगेको अनुमान लगाएका थिए। पेकिङ मानवको आकृतिसँग मिल्ने मंगोलायड समुदाय तिब्बत र हिमालय हुँदै काठमाण्डौ उपत्यका आइ पुगेको कुरा निष्कर्ष निकालेका थिए । एसियाकै जेठो मानव विकास चिनको पेकिङमा भेटिएको मानव आकृति आजको काठमाण्डौ उपत्यकाको वरिपरि बसोबास गर्ने तामाङ समुदाय मंगोल समुदायसँग मिल्ने हुँदा महाचीनबाट आउनु भएका महामन्जुश्री (फाबा ज्याम्पेयाङ) ले उपत्यकाको नागदह सुकाएर बस्ती बसालेको भन्ने ऐतिहासिक जनआख्यानलाई पुष्टि गर्ने प्रयास गरेको छ।
+
+ त्यसैगरी आफूलाई ज्याम्पालयाङ (महामञ्जुश्री) कै सन्तानको रूपमा दाबी गर्ने तामाङ समुदाय जसको आज पनि काठमाण्डौ उपत्यका भित्र र वरिपरि याम्बु, सैंबु, मुर्मी, मुल्मी, सँयजु (सैंजु), सँय आदि उल्लेखित तामाङ समुदायसँग सम्बन्धित थुप्रै ऐतिहासिक अभिलेखहरूलाई केलाई खोज्ने हो भने लिच्छविकाल देखि मध्यकाल सम्मकै पाइन्छ। उपत्यकाको तामाङहरू नै मंगोल मूलका सबै भन्दा पुरानो मानव समुदाय हुन भन्ने कुरा विद्वान् मानव तथा समाज शास्त्री स्व.जनकलाल शर्माले पनि पटक पटक उल्लेख गर्नु भएको छ। जसको धर्म, भाषा, सँस्कृति, वेषभूषा, रूपरंग आदी चिनिया मंगोल-मूलका सँग हुबहु मिल्छ।
+
+ यही ऐतिहासिक तथ्यले तामाङ समुदाय नेपाल कै सबै भन्दा पुरानो मानव वंश हो भन्ने प्रमाणित गर्छ । त्यति मात्र होइन, तामाङ समुदायको महान् चाड नयाँ वर्ष ल्होछार उत्सवले पनि तामाङ समुदाय पुरानो हो भन्ने प्रमाणित गर्छ, किन भने काठमाण्डौ उपत्यकामा प्रागैतिहासिक काल देखि रहि आएको स्वयम्भू महाचैत्यको पूर्व अभिमुखमा सुप्रतिष्ठित अक्षोभ्य बुद्धको सन्मुख स्थापित धर्मधातु वागीश्वर मण्डलको पीठमा अङ्कित तत्त्वीय खगोलशास्त्रका १२ जीव जन्तुको चक्र (ल्होकोर च्युङनी) रहेका छ। यो प्राचीन चिनियाँ तत्त्वीय खगोलशास्त्रका प्राचीन संकेत चिन्हहरूले नेपालमा आलेखन प्रणाली आउनु अगाडी नै यो चित्रलिपि प्रणालीय खगोलशास्त्रको प्रयोग भएको पुष्टि गर्दछ। अझ यसले नेपालमा यो परम्परा प्राग-ऐतिहासिककाल देखि नै थियो भन्ने पुष्टि गर्दछ।
+
+ नेपालमा यो चिनियाँ खगोलशास्त्र अनुसारको नयाँ वर्ष उत्सव (ल्होछार) तामाङ समुदायले मात्र आज पनि चिनियाँहरूले मनाउने दिनमा नै मनाउने गरि आएका छन् अर्थात् चिनियाँ र तामाङ ल्होछार पद्धती एउटै हो । नेपालको यो तत्त्वीय खगोल तथा ज्योतिषशास्त्रको प्रयोग कहिले देखि आरम्भ भयो भन्न कठीन भए ता पनि चीनमा यो परम्परा आज भन्दा पाँच हजार वर्ष अघि देखि अर्थात् चिनको सिया राज्यकालमा (२१००-१६०० ई. पू.) प्रचलनमा आएको हो र तत्त्वीय ज्योतिष तथा खगोल शास्त्र परम्परा आजसम्म पनि त्यही रुपमा चलिरहेको छ।
+
+ त्यसकारण तामाङ समुदायको महान् चाड ल्होछार नयाँ वर्ष उत्सवमा मात्र सीमित छैन । यो उत्सव तामाङ समुदाय र तामाङसालीङ भूमिको प्राचीनतालाई पुष्टि गर्ने एउटा प्राचीन सांस्कृतिक आधार समेत भएको छ । यसको साथै संसार मै चलिरहेको राष्टि्य मुक्ति आन्दोलन भन्दा नेपालका हामी तामाङ लगायत मूलबासीहरुको राष्टि्य मुक्ति आन्दोलनले पनि पृथक रहन सकेन जसको फलस्वरुप तामाङ समुदायको, तामाङ राष्ट्रको राष्टि्य मुक्ति आन्दोलन चलि रहेको छ । यो तामाङ समुदायको राष्ट्रिय मुक्ति आन्दोलनले तामाङ समुदायको अर्थात् राष्ट्रको छुट्टै सङ्घिय ताम्साली गणराज्यको पहिचानलाई राजनैतिक मान्यता समेत स्थापित गर्न थोरै सफलता तर्फ उन्मुख भइसकेको छ । यही सन्दर्भमा तामाङ राष्ट्रको ऐतिहासिक र प्राचिन गणराज्यको उत्खनन अध्ययनले तामाङसालीङ भित्र तीन प्राचिन सङ्घिय तामाङ गणराज्यहरु रहेको तथ्य पुष्टि हुन आएको छ ।
+
+ तामाङ समुदायको केन्द्रीय सङ्घिय गणतन्त्रात्मक राज्य भएको कुरामा भने कुनै सन्देह छैन । यस विषयमा अझ विस्तृत र व्यापक रुपमा गहिराइ सम्म पुग्न थुप्रै अध्ययन अनुसन्धानहरु हुन जरुरी छ । तामाङ समुदाय वा राष्ट्रको प्राचीनता र सङ्घियतालाई बुझ्न र बुझाउन यहाँ यस लघु-अध्ययनमा थोरै प्रयास गरेको छु । बोद सङ्घियताको पर्याय नै महान एवं विशाल सङ्घिय तामाङ समुदाय (राष्ट्र) र राष्ट्रीयता होः तामाङ शब्द प्रयोगका दृष्टिले मुख्यतय नेपालको राजधानी वरिपरिको र उपत्यकामा प्रथम आवाद गर्ने मंगोल मूलको मानव समुदायलाई बुझाउन प्रयोग भइ आएको छ । तामाङ शब्दको प्रयोग विदेशी विद्वान् म्याक्डोनाल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो पुराङ राज्यको एक भाग थियो'। त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्म राज्य गरेका थिए। उनको वंशावलीमा तल्लो मुस्ताङमा रहेका 'से मोन शेरिब अधिराज्य'का तामाङहरूलाई दबाउन मुक्तिनाथमा किल्ला बनाउन लगाएको भन्ने वृतान्त उल्लेखित छ। सो वृतान्तले तामाङ शब्दलाई राष्ट्रको रूपमा र समुदाय (राष्ट्र) वाचक संज्ञाको सूचकको रूपमा ७०० वर्ष अघि देखि प्रयोग भएको तथ्यको उजागर भएको छ। किन भने एउटा राज्य वा राष्ट्र वा मुलुकलाई डर अर्को राज्यबाटै हुन्छ। त्यो कुरा यहाँ झल्किन्छ।
+
+ तसर्थ यो नै नेपालमा भेटिएको तामाङ राष्ट्र (समुदाय) लाई बुझाउन तामाङ शब्दको प्रयोग भएको एकमात्र सबैभन्दा पुरानो अभिलेख हो भने यो क्षेत्रलाई माथ्लो मुस्ताङ भोटको रूपमा चिनिन्छ । यही क्षेत्र तिब्बतमा सबै भन्दा पहिले बौद्ध धर्म फैलिनुमा महत्व राख्ने अुअीसाम्य(सामय्) गोन्पा बन्नु पहिले बनेको भन्ने विश्वास गरिएको लोगेकर (लोग्यागार) गोन्पा छ । अनि यही क्षेत्रमा नेपालकै साबै भन्दा पुरानो मानव वस्तीको पुरातात्वीक अवशेष भेटिएको छ । तामाङ समुदायको लिखित वंशावलीमा यो क्षेत्रलाई तामाङ समुदायको उदगम स्थलको रुपमा उल्लेख गरिएको छ र उत्तरी बौद्ध सम्प्रदाय सबै भन्दा पुरानो मत ङीङमा सम्प्रदायका अनुयायी सबैभन्दा पुरानो (३० हजार वर्ष अघिको मानव समुदाय) र धरै जनसंख्या भएको मूलबासी समुदाय पनि तामाङ नै हुनुले पनि त्यो क्षेत्र तामाङसमुदायको बाब्सा उदगम स्थल हो भन्ने कुराको पुष्टि हुन्छ ।
+
+ तामाङ वंशावली अनुसार हुम्ला, जुम्ला भन्दा माथिका चीनको तिब्बतको दक्षिण पश्चिमको मानवसरोवर भन्दा मुनितिरको उरवर प्रदेशलाई 'स्याङस्युङ' युल भनिन्छ । हाल यो चिनको दक्षिण पश्चिम तिब्बतमा अर्थात् माथिल्लो मुस्ताङको उत्तर पश्चिम तर्फ पर्छ । तामाङ वंशावलीमा तामाङसमुदायको 'स्याङबो' थरको 'बाब्सा' उद्गम स्थल 'स्याङस्युङ' हो अर्थात् 'स्याङस्युङ युलरी स्याङबो बाब तथा नेपालका हालको मुगु जिल्लाको कर्मारोङ क्षेत्र जहाँ
+ अझै आफूलाई तामाङ भनेर चिनाउनेहरु छन् वंशावलीमा 'मुगु ग्याल्सारी मोक्तान बाब' अर्थात् मुगु राज्य मोक्तानको उद्गम स्थल हो भनेर वर्णन गरिएको पाइन्छ । यही क्षेत्र आसपास 'स्याङस्हुङ युल्टी स्याङबो बाब', 'मुगु ग्याल्साटी मोक्तान बाब', र 'पुराङ च्यात्टी पाख्रीन बाब' (हालको मुक्तिनाथ क्षेत्र) तामाङ वंशावली अनुसार प्राचीन तामाङ 'बाब्सा' अर्थात् वासस्थान 'पुराङ' हो । मुक्तिनाथ क्षेत्रको नाम मुक्तिनाथसँग नजोडिदा ता का पुराङ कै अधीनस्थ क्षेत्र थियो र आज पनि स्थानिय भाषामा यस क्षेत्रको स्थान नाम 'पुराङ' नै भनेर भनिन्छ । पुराङ तामाङ वंशावली अनुसार तामाङ समुदायको उद्गम स्थल हो ।
+
+ आजसम्म मुक्तिनाथ देखि मुनीतिरका बासिन्दा जो मातृभाषामा आफ्नो समुदायलाई बुझाउन 'तमङ' शब्दको प्रयोग गर्ने थकालीहरूको मूल थलो कागबेनी, ठीङी, जोमसोम, मार्फा आदि स्थानहरू रहेका छन् । त्यस्तै थकालीहरू माझ आफ्नो जातीय चिनारी दिदा थकाली भित्र पनि लालचन, भट्टचन, सेरचन, गौचन भनेर चिनाउन नचाहने र आफूलाई आफ्नो भाषामा चिनाउनु पर्दा तामाङ भनेर चिनाउनुमै गर्व गर्नेहरू आज पनि जोमसोम, ठीनी लगायत गाउहरुमा पाइन्छन् । त्यसो मात्र होइन आजका तामाङसालीङ भुगोलका ऐतिहासिक संघिय गणराज्यको अभ्यास आजसम्म ज्युका त्यु छन । थाकखोलामा मात्र ३ गाउले, १२ गाउलेको रुपमा अर्थात् अनेत्र १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ जस्तै प्राचीन विशाल बोद संघियता भित्रको गणराज्यहरुको अवशेषको स्वरुप पाइन्छ । त्यसैगरी गुरुङ समुदायमा आज भोलि गुरुङ भन्नुमा भन्दा बेसी तमु भन्नुमा गर्व गर्दछन् ।
+
+ हुम्लाका लामाहरू पनि पहिले हुम्ली तामाङ भनेर चिनाउने गर्दथ्यो, मुगु कार्मारोङ क्षेत्रकाहरुको पाँच पुस्तासम्मका लेखोटमा आफ्नो जातिगत वंशकारुपमा तामाङ लेख्ने गरेको अभिलेख पाइन्छ । उनीहरुले पनि आजभोलि आफ्नो छुट्टै पहिचानको खोजिमा 'लामा' भन्नुमा गौरव गर्न थालेका छन् । तापनि नेपालको राजधानीलाई नेपालको सिमानाको उत्तर हिमाल, दक्षिणमा चुरे, तराइ या पूर्व-पश्चिम चारैतिर घेरेर घना बसोवास रहेको तामाङ समुदाय जसलाई यहाँका सामन्ती शासकहरुले भोटे, लामाभोटे, घलेभोटे, घले, लामा भनेर विदेसी या फरक राष्ट्रको अर्थमा हेय भावले सम्बोधन गर्ने गरेको थियो, आज पनि छ । यही कुरा हाम्रो आधारभूत राष्टि्य पहिचानका आधार भएको छ । यहाँ सामन्ती सत्ताधारीबाट भोटेको संज्ञा पाएका हामीहरुको भाषा, संस्कृति र भेषभुषा एकरुपता र समता पाइन्छ ।
+
+ हाम्रो प्राचीन पहिरन मुख्य रुपमा उनबाट बुनेको बनेको हुन्थ्यो । जसमा आजभोलिको भाषामा स्योल्दो(छ्युपा), वख्खु, आङदुङ, पाङदेन, कीटी आदि मुख्य मौलिक पहिरन सम्पूर्ण बोद (भोट) क्षेत्रमा भेटिन्छ । त्यो हुम्लाका हुम्ली या मुगुका मुगाली होस् अथवा मनाङका मनाङगे, रसुवा, सिन्धुपाल्चोकका तामाङ, सोलुका स्यार्पा, संखुवासभाका सिङसा, ताप्लेजुङ ओलाङचुङगोलाका तोप्गेगोला सबैको एउटै हो । त्यस्तै मुगुका कार्मारोङबाहरुको या हुम्ली तामाङको भाषा आज पनि नुवाकोट, रसुवा, धादिङका तामाङ समुदायको विभिन्ना परम्परागत सांस्कृतिक अवसरहरूमा नाच्ने स्याब्रु नृत्य शैली र गाउने 'बोमसाङ' गीत अर्थात् लुको भाषासँग ठ्याक्कै मिल्छ । कतिपय गित त उस्तै पनि हुन्छ । यसो हुनाको मुख्य कारक तत्त्व बोद केन्द्रकृत सङ्घियता नै हो । त्यसकारण हामीलाई बोद अर्थात् भोट राष्ट्र र राष्टि्यताका नेपाली भएकाले नै भोटको भोटे भनेर हेय तरिकाले सम्बोधन मुख्य गरेर सामन्ती बाहुनहरुले गर्ने गरेको हो।
+
+ तसर्थ तामाङ, तमङ र तमु भनेको मन देखिका भावनात्मक रूपमा गौरव पूर्ण मौलिक अभिव्यक्ति सहितको एउटै समुदाय वा राष्ट्रको पहिचान हो । १८औं शताब्दी अघिसम्म तामाङ भनेपछि हालको चिनिया तिब्बतको अधिनस्त क्षेत्र वाहेकका सबै बोद वा जडान हिमालयश्रृंखलामा बसोबास गर्नेहरु बोद अर्थात् भोट राष्ट्र वा समुदायको नै हुन् । जब देखि भोट राष्ट्रको सङ्घात्मक स्वराज्यहरू बिदेशी बाहुन जातिय अधिनायकत्वको मुठ्ठीमा परे तब देखिका जडान हिमालयश्रृंखलाका सबै समुदाय वा राष्ट्रहरुलाई लामा, लामा भोटे भनि हेयको भावनाले सम्बोधन गर्ने गरेको हो । यसरी सम्बोधन गरेबाट बोद (भोट) भन्नुले छुट्टै गणराज्यका (भारती, अमेरीकी भने झै) हो भन्ने कुरोको पुष्टि हुन्छ। एकै चोटी बोद राष्ट्रवादको नाम निसान मेट्न कठीन भएकै कारण गोर्खा राज्यका उदय र अवसान पछि पनि तामाङ समुदायलाई भोटे, लामा, लामा भोटे, घले, घले भोटे, आदि संज्ञा दिएर छुट्टै राष्ट्र र राष्टि्यता व्यवहार गरेको छ ।
+ 
+ त्यसैले तामाङ समुदाय लार्के, मुस्ताङ, दोल्बो, मुगु लगायत माथिल्लो बोद (भोट) क्षेत्रका आदिम बासिन्दा हुन् । तापनि आजका तामाङहरूले त्यसताका आफूलाई 'हामी बाह्र तामाङ' भन्नुमा नै बढी गर्व गर्ने गर्दथ्यो। तापनि आफ्नो सङ्घिय गणराज्य समुदाय वा राष्ट्रकै रुपमा 'बाह्र तामाङ' (३ गाउँले, १२ गाउँले अर्थात् १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ) भन्ने सङ्घियताको अवशेष अझै पनि पाइन्छ । जहाँ प्राचीन सङ्घात्मक समाजिक व्यवस्था थियो । जसको प्राचीन अवशेष तामाङ समुदायमा छ । हामी तामाङनै होऔं भन्ने दावी जहानीया तानाशाही राणा शासन कालमा पनि तत्कालीन ब्रिटिस सरकारका ठूला कमान्डरको अङ्गरक्षक तथा सेवक तामाङ सरदार बहादुर जंगवीर तामाङले आफूहरू पहिलेदेखि नै तामाङ भनेर चिनिने कुरा 'हामी बाह्र तामाङ' भन्ने दाबीका साथ बाह्र तामाङलाई लामाभोटे नभनी आफ्नो थर लेख्दा तामाङनै लेख्न पाउ भनि तत्कालीन नेपाल सरकारलाई निवेदन लेखेका थिए।
+ + उनको यो निवेदनको सुनुवाइ स्वरूप वि.स. १९८९ भाद्र ६ का दिन तामाङलाई 'लामाभोटे' नभनि 'तामाङ' नै भनी बोलाउनु र लेख्न लगाउनु भन्ने लिखित आदेश समेत भए । बहादुर जंगबीरले 'हामी बाह्र तामाङलाई' भनी दाबी गर्नुले शासकहरूले 'लामाभोटे' भनेर संबोधन गर्ने गरे तापनि आफू भित्र पहिलेदेखि नै समुदाय वाचक नाम 'तामाङ' राष्ट्र र राष्ट्रीयताको पहिचान थियो भन्ने कुराको यस तथ्यले पुष्टि गर्छ । तामाङ शब्दले ठूलो जनसंख्या भएको अर्थात् एउटै भाषा, धर्म, संस्कृति भएको जनसमुदाय भन्ने बुझाउँछ । तामाङ समुदायको ता ले महान, ठूलो, वृहत्, विशाल आदि अर्थ बुझाउँछ भने 'माङ' शब्दले पनि धैरै संख्या भएको जनसमुदाय भन्ने अर्थ बुझाउँछ त्यसकारण तामाङ शब्दले केन्द्रकृत संघिय विशाल र महान गणराज्य अर्थात् विशाल तामाङ राष्ट्र र राष्ट्रीयताको पनि संकेत गर्दछ ।
+
+ यही बोद (भोट) समुदाय वा राष्ट्रको अर्को पर्याय विशाल, महान सङ्घ र बृहत्तर जनसंख्या भएको राष्ट्र ( समुदाय ) को ऐतिहासिकता र महत्वलाई नबुझ्ने र जाना-जान तामाङ समुदायको ऐतिहासिक तथा प्राचीनताको अस्तित्व नस्विकार्ने र तामाङ समुदायको महानतालाई होच्याउने नियतिले कोही-कोहीले तमकबाट तामाङ भए भन्ने संकोचित र कल्पित अर्थमा तामाङ शब्दलाई अर्थ्याउने गरेको पनि पाइन्छ ।
+
+ तामाङ वंशावलीमा तिब्बतीलाई बुझाउन 'बोद' वा 'बोअी', चीनलाई 'ग्यामी' वा ग्यानाक, भारतलाई 'ग्याकार', पाकिस्तानलाई 'सहोरलीङ, अुरगेनलीङ', बर्मालाई 'कामारलीङ', लङ्कालाई 'बेतालीङ' भनिन्छ । बरु खसभाषि सामन्तहरुले आधिपत्य कायम गरेपछिको गोर्खा राज्यको तथाकथित एकीकरणको नाममा औपनिवेशिक विस्तार, सँस्कृतिक दमन, उपेक्षा र हस्तक्षेप पछि स्थापित गरेको गोर्खाराज्यको गोर्खा भाषा उर्फ खस नेपाली भाषामा तिब्बत र तिब्बतीलाई बुझाउने 'भोट' शब्दको निर्माण तामाङभाषाको बोत (बोद) शब्दबाट भएको हो। अर्थात् भोट भन्ने शब्द तामाङ भाषाको बोद वा बोत शब्दबाट व्युत्पत्ति भएर बनेको हो।
+
+ त्यसैले तामाङहरू आजका तिब्बती भूमिका तिब्बती होइन । तिब्बतीलाई बुझाउन तामाङ भाषामा बोद, बोअी तथा बोदकी म्ही वा बोअीम्ही र बोत्पा वा बोअीपा आदि शब्दहरुको प्रयोग गरिन्छ । यीनै तथ्यहरूले जुन बेला देखि उपर्युक्त देश वा राज्यहरू अस्तित्वमा आए त्यतिखेर देखि नै तामाङहरूको स्वराज्य गणराज्य जनपदहरूको रूपमा 'तामाङसालीङ' भूगोलमा थियो जसलाई खसहरुले एउटै मानव सभ्याताका वा नश्लका भएकै कारण हामीलाई उनीहरुले हालको चीनीया तिब्बतीको रुपमा व्यवहार गरेको पाइन्छ । जसले वास्तवमै हामी पहिले छुट्टै राष्ट्र र राष्ट्रियता बोकेको गणराज्यका बासिन्दा हौं भन्ने कुराको सोझै पुष्टि हुन्छ । जबकी तिब्बतलाई बुझाउने तामाङ भाषाको शब्द बोदलाई नै तिब्बतीहरु बोअी भनेर उच्चारण गर्दछन् भने तामाङ भाषामा बोद नै उच्चारण गरिन्छ । यसले पनि तिब्बतीको तुलनामा तामाङ भाषा पुरानो भएको संकेत गर्दछ । अर्को कुरा तामाङ भाषाको तोर्पो बोदबाट तोर्बोद अर्थात् माथिल्लो भोट अर्थमा प्रयोग हुने शब्दको उच्चारण तथा व्युत्पत्तिबाट तोबात, तुबात हुँदै तिबातबाट हालको तिब्बत शब्दको निर्माण भएको पाइन्छ ।
+
+ आज पनि नेपालमा लार्के, माथ्लो मुस्ताङ, माथ्लो दोल्बु (तामाङ वंशावली अनुसार वर्णनमा उल्लेख स्याङस्युङ, मुगु ग्याल्सा, पुराङक आदि) क्षेत्रलाई माथ्लो भोट क्षेत्र भनेर स्थानियस्तरमा भनिन्छ । यसले के सिद्ध गर्दछ भने बोद(बोअी) वा तिब्बती बुझाउने शब्द यथार्थमा प्राचीन होस या आजको तामाङ भाषामा आफ्नै एउटै भूक्षेत्रको तल्लो वा माथ्लो भूभाग भन्ने अर्थ बुझाउने शब्द भएकाले नेपालको भुगोल भित्रको तल्लो मार्पा, रोङपा बोद या माथ्लो भोट तोर्पा तोयपा बोद (भोट) यो क्षेत्र नै प्राचीन तामाङसालीङको भूभाग हो । विशाल र ठूलो समुदायलाई जनाउने 'तामाङ' शब्द स्वयंले तामाङ राष्ट्रको महान तथा विशाल ऐतिहासिक, भाषिक, सांस्कृतिक एकरुपतामा सङ्घिय, अनेकता र ऐतिहासिक समुदाय अर्थात् राष्ट्र र राष्ट्रीयताको रुपमा बुझाउने भएकाले बोद (भोट) प्राचीन सङ्घिय जनपदीय संरचना भित्रको एक बृहत्तर गण तामाङ समुदाय र राष्ट्रियता वा तामाङ राष्ट्र र राष्ट्रियता हो ।
+
+ जो आजको तामाङसालीङमा सिमित भएको छ । तामाङसालीङ भूगोल र संघिय तामाङसालीङ गणराज्यको पुष्ट्याइः तामाङसालीङ भन्नाले तामाङ समुदाय वा राष्ट्रीयताको समग्र भूगोललाई बुझाउँछ । यहाँ राष्ट्र वा समुदाय बुझाउने 'तामाङ' शब्द र 'लीङ' अर्थात् तामाङ राष्ट्रको भाषामा गाउँ, जिल्ला, क्षेत्र वा अन्चल भन्दा ठूलो छुट्टै भू-क्षेत्र वा प्रदेश वा महादिप र उपमहादिप वा महादेशलाई बुझाउन प्रयोग भइ आएको प्राचीन शब्द हो । यो तामाङ राष्ट्र वा समुदाय वाचक शब्द 'तामाङ', मातृभूमि बुझाउने शब्द 'सा' र विशाल भूगोललाई जनाउने शब्द 'लीङ' यी तीन तामाङ भाषाका शब्दहरुका बीचमा भाषाविज्ञानका ध्वनी परिवर्तन सम्वन्धि सिद्धान्त अनुसार तथा सन्धिका सिद्धान्त अनुसार सन्धि भइ तामाङसालीङ. शब्द बनेको हो । त्यस कारण तामाङ भाषामा ताम्बा मौखिक कथ्य परम्पराको इतिहासको वर्णनमा पनि प्राचीन जम्बुदिपलाई जाम्बुलीङ, मध्येपूर्वलाई उरगेनलीङ तथा सहोरलीङ, मंगोलीया आसपास भूक्षेत्रलाई समदेनलीङ आदि लीङ प्रत्यय वा सर्ग जोडेर ठूलो भू-क्षेत्र वा भूगोललाई बुझाउने शब्दको रूपमा प्रयोग भएको पाइन्छ ।
+
+ कसैकसैले ताम्बासालीङ भनेर भने पनि 'ताम्बा' (ताम पान्तीबा, ताम पाङबा-कथ्यबाट व्युत्पत्ति भइ बनेको शब्द) शब्द तामाङको प्राचीन उदगम स्थल तथा वर्तमान तामाङसालीङको सबै तामाङ भूभाग र समुदायमा परिचित र प्रचलनमा छैन । तर विशाल भूक्षेत्र बुझाउन भने लीङ प्रत्ययको प्रयोग सबै तिर भइ रहेको पाइन्छ । त्यसकारण विशाल तामाङ भूगोल तथा प्राचीन संघिय तामाङ गणराज्यलाई बुझाउने शब्द 'तामाङसालीङ' भाषा वैज्ञानिक दृष्टीकोण र तामाङ समुदायको प्राचीन मौलिक इतिहासको अध्ययनले पनि तामाङ समुदायको ऐतिहासिक भुगोलको पहिचान बुझाउने शब्द हो भन्ने पुष्टी गर्दछ । तामाङ समुदायको केन्द्रकृत राज्यको बारेमा स्पष्ट तथ्य फेला नपरे पनि हामी मूलबासीहरु सबैको छुट्टा छ्ट्टै संघिय गणराज्यहरुको अवशेषका रुपमा भने अझै विभिन्न स्वरुपमा भेटिन्छ ।
+ जसमा संयुक्त गाउँ ( बाह्र तेमाल, बाह्र गोरस्याङ, बाह्र मगरात, दस लिम्बुवान) वा सभाहरु थुप्रै पाइन्छ । तराइका दनुवार, थारु लगायतमा पाइने 'सौराठ' जातीय सङ्घिय सभा हो । यसको निरनतरता 'थरूहट' त्यस्तै तामाङहरुको 'बाह्र तामाङ', लिम्बूको 'दश लिम्बूवान', मगरको 'बाह्र तथा अठ्ठार मगरात', मुस्ताङे थकालीको 'बाह्र गाउँले' आदि नेपालका मूलबासीहरुको प्राचीन संघिय गणराज्यका अवशेषहरु हुन । यही अवधारणाका आधारमा तामाङ मूलबासीको बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि संघिय केन्द्रीय गणराज्यहरुका अवशेष नै हुन भन्न सकिन्छ । यी नै बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि प्राचीन गणराज्य नै आजका तामाङ राष्ट्र, राष्ट्रीयताको भूभाग अर्थात तामाङसालीङ हो ।
+
+ नेपालमा आजको नयाँ परिवेसमा यहाँका तामाङ मूलबासीले चाहेको स्वयत्त भूमि अर्थात तामाङसालीङ स्वायत्त गणराज्य भनेकै यही तामाङसालीङ हो । यहाँ तामाङसालीङ राज्य भन्नाले नेपाल भन्दा छुट्टै तामाङ मुलुक भन्न खोजेको होइन । बहुराष्ट्रिय नेपाल राज्यमा ४५० वर्ष देखि सत्तासीन जातिको एकभाषी, एकधर्मालम्बीको मात्र सर्वसत्तवादी हावीको कारण उपेक्षा र उत्पीडनबाट मुक्त हुने क्रममा भर्खर बन्न लागेको संघिय नयाँ नेपालको राज्यपुनःसंरचनाको अपयिरहार्यता आवश्यकतालाई आत्मसाथ गर्दै नेपालको भुगोल भित्र ऐतिहासिक रुपमा आफ्नो एउटा छुट्टै पहिचान र गौरव बोकेको गणराज्यका अवशेष र विशेषताहरुको समग्र अस्तित्वलाई जिन तीन बाचइ आएका तामाङ राष्ट्रको भुगोल तामाङसालीङको कुरो मात्र गरिएको हो ।
+
+ नयाँ नेपालको नेपाली राष्ट्र र राष्ट्रीयताको पहिचान भनेको क्षेत्री बाहुनको अर्थात् खस-जातिको खस राष्ट्र र खस-अहंकारी राष्ट्रवाद, खसभाषा र खस-संस्कृति मात्र होइन नेपालका भूमीपुत्र मूलबासीहरू लगायत नेपालको भुगोल भित्रको सम्पूर्ण राष्ट्र र राष्ट्रियताको पनि हो नेपाल । तसर्थ तामाङ, गुरुङ, मगर, राइ, लिम्बू, नेवार, मैथिल, भोजपुरा, अवध, थारु, धिमाल, कोचे, मेचे, होलुङ, तोप्केगोला, सेर्पा आदि मूलबासीको भाषा, धर्म, सँस्कृति नेपाल कै नेपाली राष्ट्रीयता र पहिचान हो । तर नेपाल गणतन्त्र मुलुक घोषणा भएतापनि यहाँ खसजातिको भाषा, धर्म, संस्कृतिले वाहेक नेपालमा अरू राष्ट्र (समुदाय) ले समान व्यवहार प्राप्त गर्न सकेको छैन ।
+
+ त्यस्तै मध्ये एक उपेक्षा र दमनमा परि राखेको तामाङ राष्ट्र र राष्ट्रियता नेपालमा छुट्टै मौलिक पहिचान बोकी राखेको अहिलेका अधिकांस राजनैतिक दलहरूको मानस पटलमा नकोरिएको वा जानाजान उपेक्षामा पारिएको एउटा भुक्षेत्र तामाङसालीङ हो जसलाई संघिय नेपालको एउटा गणराज्य बनाइनु पर्छ । संघिय तामाङसालीङ गणराज्यका अवशेष तथा रुम्बा, अुअीबा (वाअीबा) र दोङ थरका तामाङ गणराज्य प्रमुख: तामाङसालीङ भुगोल भित्र अझै प्राचीन तामाङ संघिय गणराज्यका थोरै अवशेषहरु रहेको कुरा माथि नै पुष्टि भइसकेको छ । जुन कुरा तामाङ समुदायको वंशावलीमा उल्लेख भएको पाइन्छ । तामाङ समुदायको छुट्टैगणराज्यहरु नहुँदो हो त तामाङ वंशावलीहरूमा तामाङ भाषामा छिमेकका गणराज्यहरूको नाम तथा तीनको वर्णनहरु, वृतान्तहरु पनि नहुनू पर्ने हो।
+
+ आज भोलिस सम्म दरबारका भग्नावशेष वाहेक थुप्रै गणराज्यहरु अर्थात् स-साना कविला वा गाउँका संघ नायक ग्याल्बो-ग्ले (राजा) हरूको नाम र वर्णन तामाङ समुदायका विभिन्न थर (कविला-समूह) का उत्पत्ति तथा राजघरानाको वृतान्त पाइन्छ । गणराज्यको स्वरूप र कविलाई गणराज्यका संघनायक राजाहरुको स्वभाव भने सामन्ती भुरेटाकुरे प्रकृतिका थियो भन्न सकिने आधार पाइन्छ । यसको दसीको रूपमा मुस्ताङ भोटको जोमसोम लगायत धादिङ जिल्लाको सेमजोङ, सल्यानटारका याबेङ खोलाको नजिकका ग्ले (घले) सङ्घ वा गणनायक राजाका दरवारका भग्नावशेष, रसुवाका गोलजोङका संघनायक ग्ले (घले) राजाको दरबार र किल्लाहरूको भग्नावशेष, नुवाकोट ककनीका रुम्बा थरका गणनायक अर्थात् राजाको दरबार र तीनको भग्नावशेष, तेमाल काभ्रेका रीन्जीन दोर्जे दोङको दरबार, रामेछापको ताल्ज्युका ग्हीसीङ राजाका दरबारका भग्नावशेष आदि तामाङ गणतन्त्रात्मक सङ्घीय तथा स्वराज्यहरूको अस्तित्व र अवशेष भेटिन्छन् । यी नै प्राचीन तामाङसालीङ क्षेत्र देखि वर्तमान तामाङसालीङ क्षेत्रहरूमा बाह्र साना गणराज्यहरूको जनप्रतिनिधि मूलक १२ तामाङको केन्द्रीय संघिय गणराज्य प्रणालीको अवशेषका रूपमा (१२ जनाको जनपद वा संघिय स्वरूप) जन समिती वा सभा वा परिषद वा संगठन पूर्वमा '१२ तेमाल', मध्येमा '१२ लाच्याङ', 'मध्य पश्चिममा १२ गोरस्याङ' र पश्चिममा मुस्ताङ भोट क्षेत्रमा जोमसोम भेगमा '१२ गाउँले' (थकाली तमङहरूको १२ गाउँको प्रतिनिधि रहेको जन संगठन आज पनि छ) आदि अझैसम्म संघिय प्रणालीका गणराज्य व्यवस्थाको अवशेषका रूपमा रहेको पाइन्छ ।
+
+ यी मध्ये केन्द्रीय तामाङ गणराज्यहरुमा बाह्र गोर्स्याङ अर्न्तगत पश्चिम १ नम्बर त्रिशुली नदीबाट पश्चिम २ नम्बर सम्मका प्राचीन तामाङ कविला तथा वस्तीहरु पर्दछ र अुअीबा थरको दाकुर अुअीबा, तत्कालीन बाह्र गोर्स्याङ तामाङ गणराज्यका सबैभन्दा अन्तिम सङ्घ वा गणनायक वा प्रमुख थिए। उनको गणराज्यको केन्द्र सेमजोङ थियो भने बाह्र लाच्याङ अर्न्तगत त्रिशुली नदी देखि पूर्व सिन्धुपाल्चोक, दोलखा छेउसम्म अर्थात् पूर्व १ नम्बरका उत्तरी भेग पर्दथ्यो । बाह्र लच्याङ गणराज्यको अन्तिम संघका गणनायक वा प्रमुखको रुपमा ग्याल्बो देउसिं बारु तामाङ समुदायको रुम्बा थरका थिए । त्यसैगरी बाह्र तेमाल अर्न्तगत हालको काठमाण्डौको दक्षिण पूर्व ललितपुर, काभ्रे दाप्चा, तेमाल, कोशीको पारी हुँदै पूर्वको दुःधकोशी सम्मका गाउँ तथा कविलाहरु पर्दथ्यो सो गणराज्यको केन्द्र तिमाल र त्यसको अन्तिम गण प्रमुख दोङ थरका रीन्जेनदोर्जे तामाङ थिए भन्ने कुरा तामाङ समुदायको वंशावली तथा मौखिक इतिहासका अवशेषहरुको अध्ययनले देखाएको छ । यी क्षेत्रहरु नै प्राचीन समय देखि आजसम्म पनि तामाङ बाहुल्य क्षेत्रकै रुपमा रहेका छन् । उपत्यकाको उत्तर पश्चिम कुनाको डाडामा बाह्र लच्याङ गणराज्यको सङ्घ वा गणनायक वा प्रमुख ग्याल्बो देउसिं बारुको जोङ (राजधानी) कारकानीमा (ककनी) थियो । उनको माइलो भाइ साङग्ये रुम्बा बौद्ध धर्मका सिद्ध लामा थिए । उनको हालको नागारजुन रानी बन क्षेत्र जामाचोमा गुम्बा थियो । उनको सन्तानहरु जामाचो भेगमा नै बस्थ्यो ।
+
+ अहिले मुडखु चेक पोष्ट भएको स्थानबाट अलि माथि नागारजुन पछाडी रुम्बाहरुको बस्तीको भग्नावशेषहरु आज पनि देख्न पाइन्छ । आजभोलिको रानी बन (रानी बगैचा) बनाउन राज्यले अधिकरण गरेपछि जामाचोको रुम्बा वस्तीलाई आजभोलिको वैखुमा १०० रोपनी भन्दा बढी क्षेत्रफल बराबरको जग्गा मुआब्जामा दीइ (साङग्ये बारुको सन्तानहरुलाई) जामोचोबाट सारेको कुरा स्थानीय सम्भु लामा र उनका काकाहरु बताउँछन् । यहाँकै रुम्बाका सन्तान एक समूह काठमाण्डौको स्वयम्भू र अर्को एक समूह बौद्ध परिसरमा गुम्बामा पूजापाठ सञ्चालन गरेर बसेको भेटिन्छ । वैखुका रुम्बा लामाहरुलाई सेरतो (सेर्बा) असिना रोक्ने फीरफीरे (हावाको पंखा) हालेर धार्मिक विधि गरेर असिना रोक्ने काम मल्लकाल देखि राणा कालसम्मका सरकारबाट जिम्मा पाएका देखिन्छ । त्यस वापत जनताबाट माना पाथि अन्न पारिश्रमिक उठाउन पाउने हकबारे लिखित इस्तीहार जारी गरी दिएको पाइन्छ । जसमा ठमेल भगवान बहाल देखि किर्तिपुर सम्मको क्षेत्र तोकेको थियो । रूम्बा ग्लेका बारेमा यस्तो जनस्रुति पाइन्छ । भनिन्छ 'ककनीका रुम्बा र पाख्रीन बीचमा ठूलो युद्ध र बिबाद भएपछि रुम्बाहरुबाट पाख्रीनहरुको वंश नै नास हुने गरी युद्ध भए।
+
+ त्यसबेला रुम्बाकै छोरी चेली पाख्रीनको बुहारीको कोख रहेका भान्जा पाख्रीनले ककनीका ढुङ्गे धारामा नुहाउँदै गर्दा तीरले हानेर मामा रुम्बा ग्याल्बो (संघ नायक) को हत्या भएपछि रुम्बा ग्याल्बो (संघ वा गणनायक) को अन्त्य भयो भन्ने मौखिक आख्यान अज पनि सुन्न पाइन्छ । रुम्बा ग्याल्बोका ग्याल्खाङको विभिन्न अवशेषहरु नुवाकोट जिल्लाका ककानी अर्थात् ककनी डाँडोको जङ्गल भित्र रहेको कुरा ककनीका बासिन्दाले आज पनि बताउने गरेको छ । यस्तै भग्नावशेषहरु र मौखिक आख्यानहरु बाह्र तेमालका दोङ ग्याल्बो, बाह्र गोरस्याङका अुअीबा ग्याल्बोको पनि रहेको पाइन्छ। त्यसकारण प्राचीन तामाङ संघिय गणराज्यको अवशेष तामाङसालीङ हो । यही तथ्यले तामाङसालीङ आजको संघीय गणराज्य हुन सक्ने दह्रो आधारशीला खाडा गरी दिएको छ । तामाङसालीङ भूगोल र संघिय तामाङसालीङ गणराज्यको पुष्ट्याइः तामाङसालीङ भन्नाले तामाङ समुदाय वा राष्ट्रीयताको समग्र भूगोललाई बुझाउँछ । यहाँ राष्ट्र वा समुदाय बुझाउने 'तामाङ' शब्द र 'लीङ' अर्थात् तामाङ राष्ट्रको भाषामा गाउँ, जिल्ला, क्षेत्र वा अन्चल भन्दा ठूलो छुट्टै भू-क्षेत्र वा प्रदेश वा महादिप र महादिप वा महादेशलाई बुझाउछ ।
+
+ तामाङ समुदायको लोक बाजाहरू
+ तामाङ समुदायले डम्फू, टुङना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन् ।