Sunday, June 23, 2013

प्रचण्डले आफ्नो जातिलाई लगाएको गुण,,,,,

Created on Saturday, 22 June 2013 04:38
मुक्तिका नाममा माओवादीमा हतियार बोकेर लागेका जनजातिहरुको बलमा पुष्पकमल दाहाल प्रचण्ड अहिले सत्ताको केन्द्रमा छन् । शुरुमा रोल्पा,रुकुमका मगर युवाहरुको बलमा माओवादीले उचाई पक्रेको थियो । माओवादी हिंसामा करिब आधा मरेकाहरु मगर जातिका थिए । तर सत्तामा भागबन्डा गर्ने बेला मगर र जनजातिहरुको अहिले बिचल्ली छ । हिंजोका प्रतिगामी भनिएका टाठाबाठा जातिहरुले अहिले माओवादीमा प्रभुत्व जमाएकाछन् । जनजातिहरु पोखरेल बाजेको पछि लागेर बिद्रोहको ध्वासं दिइरहेकाछन् ।राजनीतिक चेतना अत्यन्त कम देशको सबैभन्दा  ठुलो शक्ति मगर र समग्र जनजातिले यस्तो तथ्य नबुझ्दासम्म तिनको केहि हुनेवाला छैन । यो आलेख त्यसैमा केन्द्रित छ । - - सम्पादक
---------------------------------------------------------------------------------

पुष्पकमल दाहालको नेतृत्वमा बाहुनबादी राज्यसत्ता बिरुद्ध लडिएको भनिएको जनयुद्धमा बाहुन यूवाहरुकै संलग्नता सबैभन्दा बढी देखिनुको भित्री रहस्य अर्के छ । 
-जेबी पुन मगर
-----------------------------------------------------------
नेकपा माओवादीले युद्धकालमा आफ्ना लडाका ५० हजार र मिलिसिया एक लाख रहेको बताउदै आएकोथियो । हतियार पनि त्यहि अनुपातमा रहेको बताउथ्यो । उसले सात डिभिजनसम्म बनाएको प्रचारबाजी गर्दे आएकोथियो । तर उसको यो ठूलो प्रोपोगाण्डा थियो । सरकार र मिडियालाई भ्रममा राखेर मनोबैज्ञानिक रुपले कमजोर बनाउन उसले यस्तो प्रचारवाजी गथ्र्यो । यस्तो प्रोपोगाण्डामा प्रायशः सबै फस्ने गरेकाथिए ।
शान्तिप्रक्रियामा आएपछि छामापारलाई शिविरमा राख्ने भएपछि उसको यस्तो झुठ खुल्न सक्थ्यो । त्यसैले उसले रातारात गाँउघरका ठिटाहरुलाई सेनामा नोकरी पाइने प्रलोभन दिएर शिविरभित्र छिरायो । लडाकाको रुपमा परिचय दियो । अनमिनले प्रमाणित गरेपछि ति वास्तविक लडाकाको रुपमा दरिए ।


माओवादीले त्यतिबेला अर्को चलाखी के गरयो भने हिजो युद्धमा लडेका राम्रा जतिलाई वाइसीएल बनाएर शिविर बाहिर राख्यो र नकली छापामार बनाएर अरुलाई शिविरमा हुल्यो । यसले वास्तविक लडाका को हो भन्ने परिचय नै लुकाउने काम गर्यो । प्रचण्डले शक्तिखोरमा आफ्ना कमाण्डरहरुलाई दिएको गोप्य प्रशिक्षणमा उलने यो कुरा स्विकारेकाछन् । वास्तविक छापामार ६ सात हजार भन्दा बढी नभएपनि आफुहरुले ३० हजार देखाएर आँखा छलेको उनले त्यहाँ बताएकाछन् । करिब ६ हजार छापामार भनिएकाहरु नाबालकको रुपमा शिविरबाट निकालिएको यथार्थले पनि माओवादी नेतृवत्ले हतार हतार मान्छे हुलेको प्रस्ट देखाउछ ।
रातारात ३० हजार मान्छे जम्मा गर्नु सानो कुरा होइन । त्यसो गर्दा को कस्ता परे हेक्का रहेन । परिणाम उनीहरु पछि अक्षम छापामारको रुपमा निकालिए । यस्तो ढाँट राजनीतिले माओवादीले छापामार संख्या त बढी जुटायो तर वास्तविक लडाकाहरुको संख्या नै बिलुप्त भयो । जालझेलको  इतिहास लेखिदै आइएकोमा नेपालमा अर्को षड्यन्त्रमूलक इतिहास रच्ने काम गरियो । यहि षड्यन्त्रकै कारण छापामारहरुको जातीय तथ्याँक पनि यताउता भएको छ । अन्यथा प्रचण्डले भनेकै जस्तो मगर छापामारकै शिर्षस्थ रोल थियो माओवादी युद्धमा । र तिनकै संख्या बढी थियो । तर अति साम्प्रदययिक प्रचण्डले त्यस्तो साँचो इतिहास मेटाएर रचेको प्रपन्चले सत्यता नै लुकाउने काम भयो ।

यसले उनको समूदायलाई ठूलो फाइदा पुगेकोछ । एक हामी पनि लडाका जाति हौं भन्ने स्थापित गर्ने काम गरेकोछ । जनजातिलाई लडाका जाति भनिदै आएकोमा यो प्रचण्डले आफ्नो जातिमाथि लगाएको महान गुण हो । अर्को माओवादी युद्धमा जनजाति मात्र लडेनन् पीडक भनिने जातिहरु समेत लडे । त्यसैले बाहुन हुदैमा गलत हुदैनन् भन्ने मानक बनाउने काम भएकोछ । प्रचण्डले समूदायलाई सुरक्षा दिने यो भन्दा अर्का रक्षाकवच हुनै सक्थेन । हिजो लडेका बर्षमान पुन गणेशमान पुन  नन्दकिशोर पुनहरु आफुहरु वाइसीएल र बाहिर बस्न  पाएकोमा मख्ख छन् । तर उनीहरुले के के गुमाएकाछन् भन्ने कुरा भोलि इतिहास लेख्दा मात्र पत्तो पाउनेछन् । त्यतिबेलरा उनीहरुलाइ यथार्थ त थाहा हुन्छ तर केहि गर्न सक्नेछैनन् । इतिहास नै अर्के हुनेछ अर्थात झुठो इतिहास स्थापित हुनेछ ।

जुन जाति सजग र सचेत हुन्छ उसले आफ्नो समूदायको हक हित नभनिकन चुपचाप नै स्थापित गराउछ । प्रचण्डले यस प्रकरणमा त्यहि गरेकाहुन् । हरेक ठाँउमा प्रमुख स्थानमा रहेको उनको समूदाय जुन ठाँउमा कमजोर थियो त्यसमा उनले स्थापित गराइदिएकाछन् । जनजाति नेताहरु बाहिर चिच्याउने मात्र हुन्  सजग र सचेत नभएकोले उनीहरु यो स्तरसम्मको राजनीति गर्ने सक्दैनन् । त्यसैले अझै दशकौ सम्म प्रचण्ड जस्ताहरुको खुराफातसंग लड्न सक्ने क्षमता अन्य समूदाको छैन भन्ने यो पछिल्लो उदाहरण हो । तैपनी के पनि पक्का हो भने जनजाति मधेसी दलित नेतृत्वहरु चिच्याएर मात्र केहि हुदैन राजनीतिमा मगज खपाउनुपर्छ भन्ने यो पाठबाट केहि सिक्लान्  ।

यता र उता कसरी गरियो
घना मगर बस्ती रोल्पाको थवाड।बाट फैलिएको माओवादी लडाईमा हतियार बोक्ने ुलडाकु जातिु मगरकै बाहुल्य रहेको स्वंय पुष्पकमल दाहाल र माओवादी नेतृत्वले बताउदै आएकोथियो । तर क्यान्टोन्मेन्टमा राखिएका १९६०८ लडाकाको जातीय तथ्याँकले डरछेरुवा र राजनीति गरि जिविका चलाउने भनि आरोप खेप्नु परेका   बाहुन जातिको सबैभन्दा बढी सहभागिता देखिन्छ । अंकलाई आधार मान्ने हो भने गुरिल्ला युद्धमा बाहुन यूवाले सबैभन्दा बढी योगदान दिएको मान्नुपर्ने हुन्छ ।
अनमिनले राखेको तथ्याँकले कुल लडाका मध्ये ३१५८ जना अर्थात १६.११ प्रतिशत बाहुन यूवाहरुले हतियार बोकेको देखाउँछ । ३०९४, १५.७८ प्रतिशत  जनसंख्या ओगट्ने क्षेत्री लडाका दोश्रो नंबरमा पर्छन् भने २४५१, १२.५० प्रतिशत मगर लडाकाको संख्या तेश्रो नंबरमा आँउछ । त्यसपछि क्रमशः पहाडे दलित १९६४,  १०.०२ प्रतिशत  तामाड। १३५३, ६.९० प्रतिशत  मधेसी १३००, ६.६३ प्रतिशत थारु १०९६, ५.५९ प्रतिशत  देखिन्छ । तर नेपालको जनसाँख्यिक आधारबाट हेर्ने हो भने मगर लडाकाको सहभागिता सबैभन्दा बढी हुन आँउछ । जनगणना २००१ अनुसार कुल जनसंख्याको ७.१४ प्रतिशत जनसंख्या ओगट्ने मगरको करिब ६ प्रतिशतले बढी सहभागिता हुन्छ भने १२.७४ प्रतिशत जनसंख्या रहेको बाहुनको ३ प्रतिशतले बढी सहभागिता छ । १५.८० प्रतिशत जनसंख्या ओगट्ने क्षेत्रीको भने जनसंख्याको समानुपातिक प्रतिनिधित्व देखिन्छ ।
सहभागिताको हिसाबले माओवादी लडाई क्षेत्रीय रुपमा पश्चिम पहाड तराई र जातजातिका आधारमा पहाडे बाहुन क्षेत्री मगर  दलित र तराइको थारुको संघर्ष जस्तो देखिन्छ । मध्य तराईका मुस्लिमहरुको सघन उपस्थिति र पूर्वी मधेसको कम सहभागिताले माओवादी संघर्ष नवलपरासी भन्दा पूर्वको समथल भूभागमा जम्न नसकेको देखाँउछ । लडाका मध्ये मगरमा बुढा, पुन, रोका, घर्ती जस्ता पश्चिमा थरको सहभागिता बढी छ । बाहुन लडाकाका १७२ वटा थरमध्ये भण्डारी १९३ जना  अधिकारी १६९ ओली १६३ र न्यौपाने १०८ थरको बढी उपस्थिति छ । क्षेत्रीमा बोहरा ३६१ बिष्ट २०० धामी २५० कार्की २३९ रोकाया २०० बढी छन् ।  ठकुरीमा शाही ३४४ र मल्ल १५८ थरको उल्लेख्य सहभागिता देखिन्छ ।

दलितमा बिश्वकर्मा लेखाउनेको संख्यामात्र ७८० छ भने परियार ४०४  र नेपाली  लेखाउने ३०७ जना छन् । माओवादी संघर्षमा संलग्न लडाकाहरु कमबेसी सबै जातबाट आएकाछन् । कुनै कुनै जातजातीको संख्या समानुपातिक रुपमा ठ्याक्क मिलाएर राखिएको जस्तो देखिन्छ ।   यो तथ्याँकको सतही बिश्लेषणले  भिन्न वर्गीय क्षेत्रीय लैगिक जातीय धार्मिक भाषिक पृष्ठभूमीबाट आएका लडाकाहरु काँधमाकाँध मिलाएर लडेका देखिछन् । यसले विविधतापूर्ण सामाजिक जटिलताका बावजुद समन्वय, सहिष्णुता र सहकारितालाइ  आत्मसात गरेको देखाँउछ । तर मूल प्रश्न देखिएको यो तथ्याँक कति सहि हो भन्ने हो माथि चर्चा गरिसकिएकोछ  ।

कतै दाल गलेन
जुन जुन ठाँउमा पहिचानको राजनीति बलियो छ ती ठाँउमा माओवादी प्रभाव कम रहेको संविधानसभा निर्वाचनमा पनि प्रत्यक्ष देखिएकोथियो । लडाकाको हकमा पनि त्यहि देखिन्छ । गण्डकमा एमएस थापा मगर र गोरे बहादुर खपाङगीको नेतृत्वको राष्टिय जनमुक्ति पार्टी जस्ता जनजाति केन्द्रित दलको प्रभावको  कारण हुनसक्छ पश्चिमको तुलनामा ६० प्रतिशत भन्दा बढी बसोबास गर्ने गण्डकका मगरको अत्यन्त कम सहभागिता देखिन्छ । गाँउगाँउमा सडक पुगेको यस क्षेत्रका अन्य जातजातिहरुको सहभागिता पनि पश्चिमको तुलनामा धेरै कम मान्नुपर्छ । सबैभन्दा बढी चर्को पहिचानको राजनीति चलेको लिम्बुवान र मधेसी समूदायबाट प्रचार गरिए अनुरुपको सहभागिता छैन ।
लिम्बु ३६९, १.८८ प्रतिशत र मधेसी १३००, ६.६३ प्रतिशत लडाका संख्याले त्यस्तै देखाँउछ । पहिचानको राजनीति कम भएको पश्चिमा थारु लडाकाको भने राम्रो सहभागिता छ । लडाकामा मधेसका २५२ वटा थरको संलग्न देखिएतापनि सबैभन्दा बढी मुस्लिम ६७७ जना लडाका छन् । जबकी माओवादीले सबैभन्दा बढी केन्द्रिय नेता जन्माएको र मधेसको ठूलो जनसंख्या ओगट्ने यादव लडाकाको संख्या १३० जना मात्र छ । उच्च जातको तुलनामा मधेसका दलितहरुको  सहभागिता बढी छ ।
झाँ समूदायबाट जम्मा १५ लडाका देखिन्छन् । शुरुमा जनमुक्ति पार्टीबाट जातीय राजनीति गरेका गोपाल किरातीको माओवादी प्रवेशपछि कमजोर भएको खम्बुवान राजनीतिको कारण हुनसक्छ पूर्वमा लिम्बुको तुलनामा राई लडाका ९३४, ४.७६ प्रतिशत को संख्या बढी छ । कुल जनसंख्यामा २.७९ स्थान ओगट्ने राईको यो उपस्थितिलाई राम्रो मान्नुपर्छ ।

महिला लडाका : क्रान्तिकारि प्रोपोगाण्डा
हिन्दुधर्मले श्रृजना गरेको बाहुनबादी पुरुषसत्ताले महिलालाई धार्मिक जातीय बर्गीय  क्षेत्रीय र लैंगिक उत्पिडनमा पारेकोले सबैभन्दा  पीडित ति महिलाले मुक्तिका निम्ति हतियार उठाएको बताउदै आइएकोछ । त्यसैले जनयुद्धमा पचास प्रतिशत महिलाको सहभागिता रहेको प्रचण्ड लगायत महिला नेतृत्वले बक्तब्यबाजी गर्दे आइरहेकाछन् ।  तर तथ्यांक त्यस्तो छैन । कुल लडाकामध्ये महिलाको संख्या जम्मा ३८४३, १९.६० प्रतिशत मात्र देखिन्छ । यो हिसाबले पुरुष लडाकाको संख्या १५७५८, ८०.४०प्रतिशत  हुन आँउछ ।
 दावी गरिएभन्दा ठिक उल्टो एमाओवादीको नेतृत्वमा अत्यन्त असमान रहेको महिला उपस्थितिको दुरावस्था क्यान्टोन्मेन्टभित्र पनि  देखिन्छ । असमानताको खाडल कति ठूलो छ भन्ने कुरा कमाण्डर लडाकाहरुको तथ्याँकले नै स्पष्ट पार्छ । जनमुक्ति सेनाको लागि बनाइएको रोलक्रमको सबैभन्दा उच्चतह डिभिजन र बिग्रेड कमाण्डरमा एउटा महिला पुगेका छैनन् । ३६ जना ब्रिगेड भाइस कमाण्डरहरुमा जम्मा तीन जना महिला देखिन्छन् ।
१५७ जना बटालियन कमाण्डरहरुमा ११ जना र १७२ जना बटालियन भाइस कमाण्डरमा ९ जना मात्र महिला छन् । ५४३ जना कंपनी कमाण्डरहरुमा ५३ जना र  ६१२ जना कंपनी भाइस कमाण्डरमा ८९ जना छन् । १५१२ जना प्लाटुन कमाण्डरहरुमा ३२६ र ३०१० जनाको सेक्सन कमाण्डरहरुमा ९२३ जना महिला छन् । १५६६ जना प्लाटुन भाइस कमाण्डरको समूहमा ४८५ र २३३० सेक्सन भाइस कमाण्डरमा ४७६ जना महिला छन् । त्यसैगरि  २०१४ गार्डफ्रन्ट लडाकुमा ३८० र ७५८२ सोल्जर मध्ये १०८४ जना महिला लडाका सूचिकृत छन् । महिला लडाकामा पनि बाहुनकै बर्चश्व देखिन्छ ।
महिला पुगेको सबैभन्दा उपल्लो पद ब्रिगेड भाइस कमाण्डरमा बाहुन , दलित र क्षेत्रीबाट एक एक जनाको उपस्थिति देखिन्छ । त्यसपछिको ठूलो पद बटालियन  कमाण्डरमा बाहुन पाँच र मगर र थापा दुई दुई जना छन् ।  हेर्नोस तालिका  कुल लडाकामध्ये महत्वपूर्ण हिस्सा ओगट्ने दलित  मधेसी र मुसलमान महिलाहरुको उपस्थिति राम्रो छैन । यसले ती समूदायमा पुरुषको एकछत्र बर्चश्व देखाउछ । यस्तो तथ्याँकलाई लैंगिक चश्माले बिश्लेषण गर्नेहरुले माओवादी बिद्रोह पुरुषसत्ताको बिरुद्ध पुरुषहरुकै नेतृत्वमा लडिएको लडाई हो भन्न सक्छन्  ।
(२०१०- ९- ३० मा राज्यसत्ता डट कम र हिमाल खबरत्रिकामा छापिएको लेखलाई सामयिक ठानिएकोले पुन प्रकाशित गरिएकोछ )

Tuesday, June 18, 2013

A for Apple Nursery rhymes 2 - 3D Animation Alphabet ABC Songs for child...

http://youtu.be/nvVDqTkbWnk=ABC SONG

Twinkle Twinkle Little Star, Full Version - cute animation

http://youtu.be/wLN0og245YI=रेम्स wramsTwinkle Twinkle Little Star. Enjoy!

Twinkle, twinkle, little star,
How I wonder what you are!
Up above the world so high,
Like a diamond in the sky!
Twinkle, twinkle, little star,
How I wonder what you are!
-
When the blazing sun is gone,
When he nothing shines upon,
Then you show your little light,
Twinkle, twinkle, all the night.
Twinkle, twinkle, little star,
How I wonder what you are!
-
Then the traveler in the dark,
Thanks you for your tiny spark,
He could not see which way to go,
If you did not twinkle so.
Twinkle, twinkle, little star,
How I wonder what you are!
-
In the dark blue sky you keep,
And often through my curtains peep,
For you never shut your eye,
Till the sun is in the sky.
Twinkle, twinkle, little star,
How I wonder what you are!
video/embed?video_id=10200407544845774" width="362" height="272" frameborder="0">