Sunday, September 30, 2012

जनजातिअभिबादन गर्ने शब्द.......

आदिवाशी अभिवादन जानी राखौं है!
जनजातिअभिबादन गर्ने शब्द

किसान-घोरलगी
कुमाल -ज्यू
गन्गाई-बन्दगी
गुरुङ-छ्याजलो
चेपाङ -झोलाङ
छन्त्याल-सरलो
जिरेल -से–ह्ओत
झांगड -जोरोनन्दन
ताजपुरिया-बन्दगी
तामाङ -फ्याफूल्ला
ताङ्वे, तोक्पेगोला, भोटे, मुगाल, लार्के, वालुङ, ल्होमी (शिंसावा), शेर्पा, सियार, ह्योल्मो, थकाली (तिन गााउले ), डोल्पो, थुदाम, बाह्रागाउ -टासी देलेक
लाप्चा-खामरी
थकाली-होर्छे
थामी-सेवा
थारु-स्यावालागी, गोर्लागी
दनुवार-गोर लगैछी
दराई-सेवा, सलाम
दुरा-उई उई
धिमाल-सेउपाखा
नेवार-जोजोलप्पा
पहरी-जोपाई
बराम-उगेप्से
बोटे-बिन्ती
भुजेल-सेवनाम
मगर-झोरले, झेडो, मिजोर, जदौ
माझी-सेवाधोग
मेचे-सुलुम्वाई
याक्खा-सवायो, सेवायौ
लिम्वु-सेवारो
राई-सेवा, स्यामुईना
राजवंशी-बन्दगी
राजी-ढोग लउसी
सन्थाल-जोहार
सुनुवार-नमसेवल
हायू-इङचोपाति
मार्फाली-होर्छे जोम
सुरेल-सेउपाखा
धानुक-गोर लगैछी
कुसुण्डा -सोजाक
— with Vidhu Prakash Kayastha and 45 others.

Saturday, September 29, 2012

लिम्बुवानको ऐतिहासिक भू–राजनीतिक प्रारुप

दिपेन योङहाङ लिम्बुदिपेन योङहाङ लिम्बु
वि.सं. १८३१ भन्दा अगाडि लिम्बुवानको राजनीतिक प्रारुप १० वटा प्रान्तमा विभक्त थियो । यो संरचना सातौ आठांै शताब्दीमै आठ फेदपे राजाहरुलाई दश सरदारहरुले पराजित गरी कायम गरेका थिए । जतिवेला दशलिम्बूहरु पल्लो किरातमा प्रवेश गरे त्यतिबेला त्यस भू–भागमा आठ फेदापे राजाहरु शासन गर्दथे । तिनिहरु हुन ः
१. होन्देनहाङ २. यकितेत्हाङ ३. चेस्वीहाङ ४. लारासोयोयवोहाङ ५. खेसिवाहाङ ६. इकासोहाङ ७. खादीहाङ ८. इमेहाङ । ताइश्यान वंशका श्यानमकवानी किरात भनि त्यस प्रदेशमा प्रवेश गर्ने दशलिम्बूका सर्दार निम्न थिए । १. थोसोइङ काङलाइङहाङ २. थिङदाङ सावारोहाङ ३. थोसोदिङ हामलेवा सावारोहाङ ४. थोदिङ ताङसाक सावागेहाङ ५. मोगुपलुङमा खाम्वे सावारोहाङ ६. थोकफोदिङ सावारोहाङ ७. थोकोदिङ सावारोहाङ ८. मोगुपलुङमा लाङसोदिङ सावारोहाङ ९. थोकफोदिङ इगाङ लाइङवोहाङ १०. तातोलि तोइङवोहाङ । यी दशसरदारहरुले आफ्नो साथमा तीनजना पुरोहितहरु पनि साथै ल्याएका थिए । तिनिहरुको नाम र काम यस प्रकार थियो । १. फेजिरी फेदाङमा– कर्मकाण्ड सम्बन्धी विषेशज्ञ २. साम्वाहाङ इप्लाङहाङ–औषधि उपचार सम्बन्धी विषेशज्ञ ३. साममुन्धुम येपमुन्धुम – वंशावली तथा इतिहास विषेशज्ञ ।
यीनै राजनीतिक तथा धार्मिक नेताहरुका साथमा एउटा ठूलो हुद्दा किरात प्रदेशमा आई बसोबास गर्दै गए र उनीहरुको जनसंख्या तीव्रवृद्धि हुँदै गएपछि आठ राजाहरुलाई त्रास र शंका उत्पन्न हुँदैगयो किनभने दश सरदारका सख्या बढेपछि कुनैपनि बेला राज्यविद्रोह गरी हामीलाई सत्ताच्यूत बनाउन सक्छन भन्ने भय आठ राजाहरुलाई लागेको हुनसक्छ । त्यसकारण ती आगन्तुकहरुका सन्तानहरुलाई दमन गर्ने नीति अख्तियार गरियो । जसअनुसार कठोर कानून लागू गरी ती दशसरदारका सन्तानहरुलाई चर्काे कर र अमानवीय व्यवहार गर्न थालियो । यसबाट क्रुद्धभएर दशसरदारहरुले फेदेनको आम्बे पजःमा कामकेत्लुङमा र सुम्हेत्लुङमा भन्ने ठाउँमा चुम्लुङ (सभा) गरी तीनवटा दर्शनढुंगा (सुम्हात्लुङ) गाडि त्यसकोवीचमा तीनखालका आँपको वृक्ष रोपेर सपथ खाए । “जबसम्म हामीले यो अत्याचारी फेदापे आठ राजाहरुलाई परास्त गर्दैनौ तबसम्म हामी यहाँ फर्केर नआउने, यदि युद्धको मैदानबाट कसैले आत्मसमर्पण गरी फर्केर आएमा उ यस स्थानमा आइनपुगि भष्महोस् ।” यस्तो वाचा वन्धन गरेर धनुवाण लगायतका हातहतियार बोकी उनीहरु युद्धको मैदानमा होमिए । सुब्बा वृजहाङपति जवेगुका अनुसार फेदेनदेखि पूर्व उत्तर फेवदीनटारमा एउटी सावाहाङमा नाम गरेकी शक्तिशाली महारानी वस्थिन । उनलाई आक्रमण गर्न आउने शत्रुहरुलाई मौरी अरिङ्गाललाई तान्त्रिक शक्ति प्रयोग गरेर खन्याउथिन । एकपटक तिनलाई मार्न भनि दशसरदारहरु राती आक्रमण गर्न गए । उनी सुतेको मौका पारी आक्रमण गर्न लाग्दा अकस्मात विउझिएर पिसाब गर्दा ठूलो मेघगर्जन भएर सिंगो डाँडा नै हल्लियो र उनको पिसाबले पहाडजत्रो ढुंगानै विचमा चिरिएर गयो । त्यसपछि उनलाई आक्रमण गर्न जाने सबै सरदारहरु भागे । अद्यापि त्यो ठाउँलाई सेजेप्पा भनिन्छ । त्यसको अर्थ से–पिसाब, चेप्पा–काटिएको हो । त्यसपछि ती दश सरदारहरुले तीनवटा चुलढुंगा रोपि त्यसको विचमा तीनखालको वृक्ष रोपे र उनीहरुले वाचाबन्धन भाके । “तिमी तीनै वृक्षहरु एकैसाथ (पःजङ) बढ्दै जाउ र एकै समय एकैखालको फुल्ने र फल्ने गर, त्यसपछि त्यो सावाहाङमाको शक्ति कमजोर हुन्छ र हामी आक्रमण गर्नेछौं ।” त्यति वाचा गरेर उनीहरु अरुतिर युद्ध गर्न गए । सबैतिरको हाङहरुलाई पराजित गर्दै फर्किएपछि त्यो वृक्ष बढ्दै गएर एउटै रुख बनि आँपको फल लागेको थियो । त्यो वृक्ष १९६८ सालको आगलागीमा जलेर अहिले छैन । उनीहरुको वाचा मुताविक फल लागेपछि सावाहाङमाको तान्त्रिक शक्ति लोप भयो र उनलाई मारेपछि दश सरदारहरुको विजय भयो र लिम्बुवान राज्यको घोषणा भयो ।
(श्रोतः लिम्बुवान राजनीतिक दर्पण–छविसुब्बा सङबाङफे लिम्बू)

Thursday, September 27, 2012

राज्यको पुनसंरचना र शक्ति बाडफाडबारे जनमत ः



छविसुब्बा सङबाङफे लिम्बू(लीलीमहाङ)
१. वृतान्त ः
सवादुई शताब्दिसम्म अन्यायपूर्ण उत्पीडन सहदै आएका नेपाली जनताहरुको वर्तमान आकांक्षा भनेको न्यायपूर्ण ढंगबाट राज्यको पुनसंरचना र शक्ति बाँडफाड नै हो । बर्तमान संविधानसभाले निर्वाह गर्नुपर्ने जिम्मेवारी र ऐतिहासिक दायित्व भनेको जनताको चाहना र आकांक्षा बमोजिमको संविधान निर्माण गरेर जनतालाई सबैखाले उत्पीडनबाट मुक्तहुने राजनैतिक व्यवस्था स्थापना गर्नु हो । शान्तिपूर्ण प्रक्रियाबाट जनताले आफ्नो अधिकार प्रत्याभूतिका लागि संविधान निर्माण गर्ने निकायमाथि गर्ने अधिकतम अपेक्षा यही हो । बाँकी कुरा, कस्तो संविधान बनाएर नेपाली जनताहरुलाई कुनैपनि खालको उत्पीडनरहित वातावरणमा जिउन सक्ने बनाउने ? भन्ने सवालहरु वर्तमान राज्य संचालन गर्न अबिभारा पाएका दल तथा सत्ताधारीहरुले सोच्ने कुरा हो । नेपालको सन्दर्भमा सबैभन्दा उत्पीडनमा परेका जनता भनेका आदिवासी जनजातिहरु हुन । किनभने बाहुन क्षेत्रीहरुको उत्पीडन वर्गीय, क्षेत्रीय र लैंगिकमात्र हो भने आदिवासी जनजातिहरुको उत्पीडन राजनैतिक, आर्थिक, जातीय, भाषिक–साँकृतिक र धार्मिक लगायतका छन । यी सबैखाले उत्पीडनको माखेसाङलो पृथ्वीनारायण शाहको कथित एकीकरणपछिबाट संस्थागतरुपमा शुरु भएको हो । त्यसभन्दा अगाडि नेपाल भन्ने देश नभएको होईन । आफ्नै सामाजिक मुल्यमान्यता र राजनैतिक व्यवस्थाअनुरुप बिभिन्न राज्यहरु संचालन भैरहेका थिए । तिनिहरुलाई गोर्खाका राजा पृथ्वीनारायण शाहले खुनी हमलागरि राज्य एकीकरणको नाममा सबै राज्यहरुको सार्वभौम सहअस्तित्वमाथि कुठाराघात गरेका हुन । उनले त्यतिमात्र गरेनन, आफुले कब्जा गरेका सबै राज्यका नागरिकहरुलाई कठोर दमन गरेर उनीहरुको भाषा–संस्कृतिमाथि प्रतिबन्ध लगाए । उनका पछिल्ला उत्तराधिकारीहरुले उनले बनाएका जनबिरोधी नीतिहरुलाई दीव्य उपदेश मानी नेपालका आदिवासी जनजातिहरुको सामाजिक र साँस्कृतिक मुल्यमान्यताहरुलाई संहार गर्ने धारिलो हतियारकोरुपमा प्रयोग गर्दै ल्याए जसले गर्दा आज आफ्नै पुख्र्यौली थातथलोमा रहँदै बस्दै आएका आदिवासी जनजातिहरुको भाषा–संस्कृति र पहिचान धरासायि बन्न पुग्यो । उनीहरुको राजनैतिक पहुँचको त कुरै छाडौं । यस्तो दर्दनाक अबस्थामा पु¥याईएका आदिवासी जनजातिहरुलाई पहिचानगरि उनीहरुलाई उचित क्षतिपूर्ति समेत हुने कानूनी व्यवस्था भावी संविधानले गर्नु पर्दछ । त्यसपछिमात्र आदिवासी जनजाति वा समग्ररुपमा नेपाली जनताको मुक्तिको प्रस्थानविन्दुले मार्गप्रशस्त गर्दछ । यसो भएमा दिगो शान्ति र स्थायित्वले निकास प्राप्त गर्दछ ।

२. राज्य पुनसंरचनाको खाँचो ः
नेपाललाई अहिलेकै भौगोलिक ढाँचामा लोकतान्त्रीक गणतन्त्र संस्थागत गरेर एकात्मक राजनीतिक व्यवस्था यथावत राख्ने या यसलाई पुनसंरचना गरेर संघीय राजनैतिक व्यवस्थामा रुपान्तर गर्ने, यी दुईवटा बहसमा नेपाली जनताको जनमत बिभाजित भएको अबस्था छ । एकखाले मान्छेहरु जो नेपालको शासन सत्तामा पहिलेदेखि नै पहँुच राख्दै आएका छन, उनीहरु राज्य पुनसंरचनाको सन्दर्भलाई त्यति दरकार सम्झँदैनन । उनीहरु यही एकात्मक व्यवस्थाबाट नै पछाडी परेका जातजातिहरुलाई राज्यबाट केही सुविधा र बिकासका कार्यक्रमहरु दिएर समेट्नु पर्छ भन्ने अधिकतम प्रयत्नमा जुटिरहेको देखिन्छन भने अर्काथरी मान्छेहरु जो यूगौंदेखि राजनैतिक, आर्थिक, सामाजिक र भाषिक–साँस्कृतिकरुपले उत्पीडनमा पर्दैआएका छन, उनीहरु आफ्नो पहिचान सहितको स्वायत्तता र स्वशासन बिना आफ्नो अधिकार प्रत्याभूति हुने कुरामा विश्वास गर्दैनन । यी दुईखाले सोच र चीन्तन बोकेका मान्छेहरुको चाहना र आकांक्षाबीचमा ठूलो खाडल छ । यी आकांक्षाहरु बीचमा मिलनविन्दु पहिचान भएन भने मुलुक गम्भिररुपमा असन्तुलित भएर हिंसामा जाकिन पुग्ने प्रबल सम्भावना छ । साम्यवादीहरु भन्छन, मानिसका आधारभूत आवश्यकता भनेका गाँस, बास र कपास हुन, यी तीनवटा आवश्यकतालाई परिपूर्ति ग¥यो भने मानिस बिद्रोह गर्दैन । तर, यो मान्यता धेरै पुरानो भैसक्यो । अहिले मानव जातिहरु आफ्नो इतिहासको आधारमा पहिचानलाई राज्यले सम्बोधन गर्नुपर्ने सवाललाई महत्वपूर्ण अधिकारकोरुपमा लिन्छन । आफुले ईच्छाएको राजनैतिक शासन व्यवस्था छान्न पाउने अधिकार मानवअधिकारको न्यूनतम मापदण्ड हो । तसर्थ नेपाली जनताका आकांक्षा र चाहनालाई संस्थागत गर्नका लागि नेपाललाई पुनसंरचना गर्न अत्यान्त खाँचो छ ।

३. राज्य पुनसंरचनाका आधारहरु ः
(क) जातिय ऐतिहासिक पृष्ठभूमि ः सर्बप्रथम कुन जातिको पहिचानबाट राज्य बन्न सक्छ ? त्यो खुट्याउनु पर्दछ । किनभने जुनसुकै जातिहरुको पहिचानबाट राज्य बन्न सक्दैन । राज्य बन्नका लागि जातिहरुको ऐतिहासिक पृष्ठभूमि हुनुपर्दछ । त्यो ऐतिहासिक पृष्ठभूमि भनेको के हो ? यस बारेमा धेरै समुदायहरु अलमलमा परिरहेको देखिन्छ । अहिलेको तरल राजनैतिक वातावरणमा जस्तो खालको राजनैतिक खाका प्रस्ताव गरेपनि हुन्छ भन्ने भ्रम धेरैलाई परिरहेको छ । यस बारेमा सत्ताधारी दलहरुले पनि कुनै चासो र अवधारणा नल्याएकोले संघीय राज्य संरचनाप्रति जनताको चेतना बिकास हुन सकिरहेको छैन । जातिगतरुपमा संगठित भएका प्राय सबै जातिहरुका प्रतिनिधिहरुले होचुवाको भरमा आ–आफ्नै जातीय पहिचानबाट राज्य बन्नुपर्छ भनि आवाज उठाईरहेको देखिन्छ । यस्तो हुन सक्दैन, किनभने ऐतिहासिक आधारमा पहुँच नराख्ने जातिहरुको नाममा राज्य बन्नु दुर्भाग्य हुन्छ र यो अति कमजोर हुन्छ, टिक्न सक्दैन । त्यसको अर्थ केन्द्रीय सत्तालाई नै बलियो बनाएर उसका निरंकुशताहरु आफुमाथि लाद्नु हो । नेपाल बन्नु पहिले नै यहाँ जातीय, भाषिक–सांस्कृतिक र क्षेत्रीयरुपमा संगठित बिभिन्न राज्यहरु थिए, तिनिहरुलाई गोर्खाका राजा पृथ्वीनारायण शाहले संहारपूर्ण कदमबाट समाप्त गरेर आफ्नो औपनिवेसिक नीति लागू गरी कथित एकताको नाममा सबै सार्वभौम राज्यहरुको सम्मान र स्वाभिमानलाई समाप्त गरे । आफ्नो राजनैतिक सहअस्तित्व बचाउनका लागि ती जातिहरुले अदम्य साहसकासाथ प्रतिरक्षाका युद्धहरु लडेको ईतिहास छ । धेरै राज्यहरुलाई गोर्खालीहरुले परास्त गरे, केही राज्यहरु सन्धी सम्झौतामा गोर्खासँग समाहित भए । सन्धीमार्फत गोर्खा राज्यमा समाहित हुने राज्यमध्ये लिम्बुवान पनि हो, जसले युद्धमा कहिल्यै पराजय भोग्नु परेन र गोर्खा राज्यसँग सन्धी गर्दादेखि नै आफ्नो स्वायत्तताको प्रत्याभूती सुरक्षित गरेको थियो, त्यसको निरन्तरता १९० वर्षसम्म (बि.स.१८३१ देखि २०२१ सालसम्म) कायम रह्यो । त्यसरी नै धेरैवटा राज्यहरुले आफ्नो सार्वभौम राजनैतिक सहअस्तित्व रक्षाका लागि बहादुरी पूर्वक लडेको ईतिहास छ । आज ती समुदायहरु राजनैतिक, आर्थिक, सामाजिक, भाषिक तथा साँस्कृतिक र धार्मिक लगायतका उत्पीडनबाट गुज्रिरहेका छन । समग्रमा तिनिहरुको मुक्तिको पहिलो शर्त नै राज्य पुनसंरचनाको ऐतिहासिक आधार हुन सक्दछ । नेपालको सन्दर्भमा जातीय ऐतिहासिक पृष्ठभूमीको आधारमा स्वायत्त राज्य बन्नसक्ने नामहरु निम्नलिखित छन ः (१) लिम्बुवान (२) खम्बुवान (३) तामाङसालिङ (४) नेपाल मण्डल (५) मगरात (६) तमुवान (७) थरुहट (८) खसान । भाषिक आधारमा स्वायत्त राज्य बन्नसक्ने नामहरु निम्नलिखित छन ः (१) भोजपुरा (२) अवधि (३) मिथिला । यी उल्लेखित नामहरुमा स्वायत्त राज्य बन्नका लागि आवश्यक तत्वहरु ः साझा भूगोल, साझा मनोविज्ञान, साझा भाषा र साझा आर्थिक जिवनका सम्भावनाहरु छन । यसका साथै जातीय पहिचानले सम्बोधन गरेको राजनैतिक भूगोल पनि स्पष्ट छ, जुन भूगोलमा गोर्खाली उपनिवेसीकरणपछि त्यहाँ बसोबास गर्दै आएका आदिवासीहरु राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, र भाषिक तथा साँस्कृतिक उत्पीडनमा लगातार पर्दैआएका छन । उनीहरुको माटोलाई सम्बोधन गरेर पहिचान सहितको राजनैतिक व्यवस्था लागू गरियो भनेमात्र ती आदिवासीहरु मुक्त हुन सक्दछन । तिनिहरुको मुक्तिको साथसाथै अन्य जातजातिहरुको पनि मुक्तिका एजेण्डाहरु समावेस गरेर लानुपर्दछ । तर ऐतिहासिक पृष्ठभूमीलाई ध्यान नदिई मानिसको उत्पतिको आधारबाट मात्र राज्यको नाम जुराउने त्रियाकलापमा समावेस भईयो भने त्यस्ता कर्मले राज्य पुनसंरचनामा टेवा पु¥याउंदैन, बरु एकात्मकवादीहरुलाई नै मद्दत पुग्दछ । किनभने भएभरका जातिहरुको नामबाट राज्य दिएर साध्य हुँदैन र राज्यहरु मानवीय संसाधन र आर्थिक रुपले स्वावलम्बन र स्वचालित हुन सक्नु पर्दछ । प्राकृतिक श्रोत र सम्पदा बिनाको राज्य बनाएमा त्यस्तो राज्यले परनिर्भर तथा केन्द्रमा निर्भर रहनु पर्ने हुन्छ । आत्मनिर्भर हुन नसक्ने राज्यहरुको स्वशासकीय अधिकार सिर्जना हुन सक्दैन । स्वशासन बिनाको स्वायत्तताको कुनै अर्थ रहने छैन । त्यसकारण माथि उल्लेखित नामहरु बाहेक अन्य नामहरुले राज्य या प्रदेश बन्नसक्ने हैसियत राख्दैनन ।

(ख) भाषा–संस्कृति ः संघीयता शासकहरुको बर्चश्वलाई अनुमोदन र रक्षा गर्नका लागि अबलम्बन गरिने साधन होईन । यो एउटा वर्ग र तप्कादेखि शासित भएर आजित भएकाहरुलाई आफ्नो लागि आफैं शासन गर्न सक्ने बनाउन उपयोग गरिने उपयुक्त साधन हो । नेपालका बिभिन्न भागमा बसोबास गर्ने जातजातिहरुको सामाजिक संयोजन एकैनासको छैन । कुनै स्थानमा भौगोलिकताले ऐतिहासिक पृष्ठभूमि ओगटेको छ भने कुनै खण्डमा भाषिक तथा साँस्कृतिक सघनता छ । जस्तै ः मिथिला, भोजपुरा र अवधि भाषाको वक्ताहरु बसोबास गरेका निश्चित खण्डहरु नेपालका तराई भूभागहरु छन । त्यस्ता भाषिक रुपमा सघन बसोबास रहेका स्थानहरुमा भाषिक स्वायत्त राज्यहरु बन्नसक्ने आधार बन्दछ । त्यस कारण यी तीनवटा भाषिक सघनता भएको क्षेत्रलाई मिलाएर एउटै प्रदेश बनाउने या बेग्लाबेग्लै प्रदेश बनाएर त्यहाँका जनताहरुको राजनैतिक अधिकार प्रत्याभूती गर्नुपर्दछ ।

(ग) भौगोलिकता ः संघात्मक राज्य निर्माणमा भौगोलिकता पनि महत्वपूर्ण आधार हो । आर्थिक सम्भाव्यता बिना बनाईएका राज्यहरु स्वचालन हुन सक्दैनन । कुनै नाममा राज्य बनाउंदैमा त्यससँग सम्बन्धित समुदायको अधिकार प्रत्याभूती हुने होईन । किनभने त्यो राज्य आर्थिक रुपले सबल र सक्षम हुनैपर्छ । भावनात्मक रुपमा कुनै जातिको मर्म र ईतिहास समेट्ने उद्देश्यले राज्य बनाउदैमा आर्थिकरुपमा स्वचालन हुने कुनै सम्भाव्यता छैन भने त्यस्तो राज्य बनाउनु ठूलो दुर्भाग्य हुन्छ । तसर्थ राज्य बनाउदा आर्थिक सम्भाव्यतालाई ध्यान पु¥याउन भौगोलिकतालाई महत्वपूर्ण आधारको रुपमा लिन सकिन्छ । यस अन्तर्गत खेतीयोग्य जमीन, प्राकृतिक श्रोत र सम्पदाले भरीपूर्ण, स्थलमार्ग तथा जलमार्गहरुको सम्भावना, पर्यावरण र पर्यटनको सम्भावना आदि कुराहरुको सम्पन्नता भयो भनेमात्र राज्य सफल हुन सक्दछ । त्यसकारण राज्य वा प्रदेश सिमांकन गर्दा सकेसम्म हिमाल, पाहाड र तराईले छोएको भौगोलिक क्षेत्र हुन अत्यान्त जरुरी छ । तर आफ्नो जातिको नाममा राज्य बन्नुपर्छ भन्ने अड्डि र लिडेंढीपिले प्रस्ताव गरिएका राज्यमा आर्थिक मेरुडण्डलाई टेवा पुग्ने प्राकृतिक श्रोत र सम्पदा छैन भने त्यो बालुवाको घर सिवाय केही हुँदैन ।

(घ) जातिय जनसंख्या ः कुनै एक जातिको सघन जनसंख्या भएका क्षेत्रमा ती जातिको पहिचानबाट राज्य निर्माण गर्न सकिन्छ । यो एउटा आधुनिक राजनैतिक विज्ञान सम्मत प्रक्रिया हो । तर त्यस क्षेत्रमा बसोबास गर्ने आदिवासीहरु वा अल्पसंख्यक जातिहरुको राजनैतिक, आर्थिक र भाषिक तथा साँस्कृतिक पहुँच पुग्ने व्यवस्था निर्माण गर्न अनिवार्य पर्दछ । सकेसम्म जातीय ऐतिहासिक पृष्ठभूमि बोकेका जातिहरुको पहिचानबाट राज्य वा प्रदेशको नाम निश्चित गरिनु पर्दछ, चाहे ती जातिहरु त्यो प्रदेशमा बहुसंख्या वा अल्पसंख्यामा रहुन । किनभने जातीय मुक्तिको पहिलो शर्त वा एजेण्डा भनेको ऐतिहासिक पृष्ठभूमिबोकेका आदिवासीहरुलाई उनीहरुको भूमीमा पहिचान स्थापित गराउनु मानवअधिकारको न्यूनतम मापदण्ड हो ।

४. शक्ति बाँडफाड ः
राज्य पुनसंरचनाको सबैभन्दा मुख्य सवाल भनेको शक्ति बाँडफाड हो । यसमा उचित सन्तुलन हुन सकेन भने मुलुकमा दिगो शान्ति र स्थायित्व कायम हुन सक्दैन । त्यसकारण शक्ति बाँडफाडका आधारहरु पहिचान गरेर केन्द्र र स्वायत्त राज्यहरुबीच सहमति कायम गर्नु पर्दछ । राज्य पुनसंरचनाको प्रक्रियामा कायम हुन आउने राज्यहरु सबै एकैचोटी समानरुपमा शसक्त हुन सक्दैनन । प्रस्ताव गरिएका कुनै राज्यहरु आर्थिक रुपले ज्यादै सबल र कुनै राज्यका आर्थिक सम्भाव्यताहरु ज्यादै कमजोर छन र तिनिहरु आर्थिक कारणबाट नै असफल हुन सक्दछन । त्यसकारणले समान अधिकार बिभाजनको संघीय संरचना (Symmetric Federalism) अन्तर्गत नेपाललाई तत्काल पुनसंरचना गर्न असम्भव छ । बिभिन्न आधारबाट निर्माण गरिएका राज्यहरुलाई सबल र सक्षम बनाउने कार्य केन्द्रीय सरकारको हो । त्यसकारण केन्द्र सरकारले सबै स्वायत्त ईकाइहरुसँग सहकारीतामुलक भूमीका निर्वाह गर्नु पर्दछ । कतिपय असक्षम राज्यहरुलाई अन्य सबल राज्यहरुबाट सहयोग जुटाई त्यहाँको आर्थिकभार भरथेग गर्न केन्द्रले भूमीका निर्वाह गर्नुपर्दछ । नेपालमा अब बन्ने केही प्रस्तावीत स्वायत्त राज्यहरु आर्थिकरुपले आत्मनिर्भर हुन नसक्ने अबस्था एकातिर छ भने अर्कोतिर मानव संसाधन र प्राकृतिक श्रोत र सम्पदाले पनि पर्याप्त साथ नदिईराखेको अबस्था पनि विद्यमान छ । त्यसकारण अब गरिने राज्य पुनसंरचनामा भिन्न भिन्न अधिकारको बाँडफाड भएको संघीय संरचना (Asymmetric Federalism) अबलम्बन गर्नुपर्दछ । किनभने कतिपय राज्यहरु आर्थिकरुपमा ज्यादै सबल हुनेछन र तिनिहरुले आफ्नो राज्यको आम्दानीबाट अरु राज्यलाई मनग्य अनुदान दिन सक्नेछन भने कुनै राज्यहरु बिकासको त कुरै छाडौं आफ्नो प्रशासनिक खर्च जुटाउनसम्म धौधौमा पर्नेछन । तसर्थ शक्ति बाँडफाडका मुख्य शर्तहरु ः मुद्रा, परराष्ट्र र रक्षा बाहेक अन्य सम्पूर्ण अधिकार स्वायत्त राज्यलाई नै दिने र यी तीनवटा अधिकार संघीय वा केन्द्रीय सरकारले राख्ने सहमति हुनुपर्दछ । यसभन्दा बाहेक अन्य आर्थिक, सामाजिक र साँस्कृतिक लगायतका अधिकारहरु केन्द्र सरकारले स्वायत्त राज्यहरुको सबलता हेरेर क्रमशः अधिकार निक्षेपीकरण गर्ने सहमति र प्रक्रिया अगाडि बढाउनु पर्ने छ । पूर्वाधार र साधनश्रोतले सम्पन्न सबल राज्य वा प्रदेशहरुलाई आफ्नो आन्तरिक मामिलामाथि पूर्णरुपमा निर्णय गर्न सक्ने अवशिष्ठ अधिकार (Residual Rights) प्रयोग गर्न पाउने व्यवस्था गरिनु पर्छ । सिंगो संघीय राज्यको राजकीय अधिकार प्रयोग गरी राजनैतिक प्रणाली वा व्यवस्थामा नै आमुल परिवर्तन गर्नुपर्ने अबस्था विद्यमान भएमा सबै स्वायत्त राज्यहरुको संयुक्त सहमतिमा अवशिष्ठ अधिकार प्रयोग गर्न सकिने व्यवस्था अवलम्बन गरिनु पर्दछ । तर केन्द्रीय सरकारले आफ्नो मनोमानी ढंगबाट विषेश परिस्थिति देखाएर अवशिष्ठ अधिकार प्रयोग गरी राज्य वा प्रदेशहरुको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न पाउने छैन । शक्ति बाँडफाडको प्रक्रियालाई परिपक्व तरीकाबाट सम्पन्न गर्नका लागि संघीय सरकार र प्रदेशहरुले सूची निर्माण गरी आपसी सहमति कायम गरेर वैद्यता प्रदान गर्नु पर्दछ ।

५. पूर्वमा संघीयता आन्दोलन र बहसको अभ्यास ः
संघीयताको बहस र आन्दोलन सार्थकरुपमा अगाडि बढिरहेको क्षेत्र पूर्वाञ्चल नै हो । लिम्बुवान र मधेसको आन्दोलन पूर्वबाट नै घनिभूत भएको हो । तीनै आन्दोलनहरुले नेपालको अन्तरीम संविधान २०६३ लाई तेश्रो संसोधन गरी मुलुकलाई संघीय संरचनामा प्रवेश गर्ने मार्गप्रशस्त ग¥यो । आन्दोलनका यी उपलब्धिहरुलाई सबै संघीयता चाहने समुदायहरुले आत्मसाथ गर्नु पर्दछ । पछिल्लो कालमा भएको थरुहट आन्दोलनले पनि संघीयताको पक्षमा उर्जा संचार गरेको छ । अबको राज्य पुनसंरचनामा नेपाललाई संघीय व्यवस्थामा रुपान्तरण गरी नेपालको हिन्दुअतिवादी सामन्ती निरंकुश राजनैतिक सत्ताले उत्पीडनमा पारेका जातिहरुले मुक्ति पाउनु पर्दछ भन्ने हाम्रो चाहना र अभिष्ट हो । यसो भएन भने मुलुक गम्भिररुपले हिंसात्मक द्वन्दमा जाकिन पुग्ने छ र दिगो शान्ति कायम हुने छैन । यस्तो परिस्थिति उत्पन्न भएमा यसको जिम्मेवार पक्ष अहिलेका सत्ताधारीहरु हुनेछन । त्यो स्थिति आउन नदिनका लागि लिम्बुवानबासी जनताहरु संगठीत भएर लिम्बुवान स्वायत्तताको पक्षमा आन्दोलन र बहस गरिरहेका छन । लिम्बुवानमा संघीय लिम्बुवान राज्य परिषद लगायत अन्य राजनैतिक शक्ति र सामाजिक संघ संस्थाहरुले लिम्बुवानको भावी स्वरुप र खाका समेत निर्माण गरी आम बहसमा ल्याई आन्दोलनको रुपरेखाहरु तर्जुमा गरिरहेका छन । संघीय लिम्बुवान राज्य परिषद लगायत केही स्वायत्ततावादी राजनैतिक शक्तिहरुले विगतमा नेपाल सरकारसँग वार्ता र सहमति समेत कायम गरी आफ्नौ मागहरुलाई सरकारबाट सम्बोधन गराएता पनि हालसम्म सरकारले राज्य पुनसंरचनाका नीति र कार्यक्रम सार्वजनिकगरि जनतालाई अभिमुखीकरण नगरेको कारणबाट चारैतिर संदेह पैदा भएको छ । दलका नेताहरुले पटक पटक सार्वजनिक अभिव्यक्तिमार्फत व्यक्त गरेका बिचारहरु संघीय संरचनातर्फ उन्मुख छैनन । उनीहरु राजकीय शक्ति केन्द्र सरकारमा सिमित गरेर नाममात्रको प्रदेश बनाउने अभिप्रायमा लागि परेको देखिन्छ । जनआन्दोलन २०६२/६३ मार्फत नेपाली जनताले राज्य पुनसंरचना सम्बन्धि प्रकट गरेको चाहना र नेपालका मुख्य राजनैतिक दलहरुले बनाउन खोज्दै गरेको भावी नेपालको स्वरुपमा आकाश पाताल फरक छ । जनताका चाहना र आकांक्षा बिपरीत आफ्नो मनखुशी जस्तोसुकै खाका कोरेर नयाँ नेपाललाई बिकृत बनाउने अधिकार कसैलाई पनि छैन । यदि दलहरु त्यस्तो जनबिरोधि क्रियाकलापमा उल्झिरहेमा जनताहरुले नयाँ बिकल्पको खोजी तत्काल गर्नेछन ।

पूर्वको राजनैतिक माहौलमा लिम्बुवान धेरै अगाडि बढिसकेको अबस्था छ । बिभिन्न संघ संस्थाहरुले संघीयताको बहसलाई पश्चिमबाट शुरुआत गरी पूर्वमा समापन गर्ने क्रममा हामीसँग भेटघाट र बहस हुने गरेको छ । त्यस सिलसिलामा अनुभवहरु साझेदारी गर्दा बहस र छलफल कार्यक्रमका आयोजकहरु भन्ने गर्दछन, संघीयता र राज्य पुनसंरचनाको चेतना, चाहना र आकांक्षा नेपालको पश्चिम खण्डमा शिसु अबस्थामा छ भने पूर्व लिम्बुवानमा परिपक्व भैसकेको छ । नेपालका राजनैतिक दलहरु पूर्वको राजनैतिक स्तरमा पुग्न सकिरहेका छैनन । उनीहरु हालको पश्चिमको स्थितिबाट सिंगो मुलुकलाई समायोजन गर्ने चीन्तनबाट ग्रसित भैराखेका छन । एउटा सानो मुलुकका बिभिन्न खण्डहरुमा बिकसित राजनैतिक परिस्थितिहरुलाई सही आकलन, व्याख्या र बिश्लेषण गर्न नसक्ने नेपालका राष्ट्रिय राजनैतिक दलहरुले यो मुलुकलाई सही निकास दिनुको सट्टा दुर्घट्नामा जाक्ने सम्भावनाहरु बढ्दै गएको छ । मुलुकमा संघीय लोकतान्त्रीक गणतन्त्र संस्थागत गरेर जनताका चाहना अनुरुप राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र भाषिक सांस्कृतिक अधिकार प्रत्याभूत गर्ने नागरिक समाजको आकांक्षालाई दलहरुले बेवास्ता गरिरहेको अबस्था छ । लोकतन्त्र स्थापना गर्न उल्लेखनीय भूमीका निर्वाह गर्ने नागरिक समाजको आकांक्षा विपरीत दलहरु आ–आफ्नो डम्फु बजाएर नेपाली जनताहरुलाई उपहास गरिरहेका छन । अहिलेसम्म शक्ति बाँडफाडका राजनैतिक अभ्यास र कार्यक्रमहरु जनता समक्ष ल्याउन नसक्नु सत्ताधारी दलहरुको ठूलो कमजोरी देखिएको छ । तोकिएको म्यादभित्र राज्य पुनसंरचनाको कार्य सम्पन्न गरी मुलुकलाई लोकप्रिय सविधान दिनुपर्नेमा दलहरु सत्ता समिकरणको खेलमामात्र व्याप्त रहेको देखिन्छ ।

यी सबै बस्तुस्थितिको सही व्यख्या विश्लेषण गरी आफ्नो अधिकार प्राप्तीका लागि निर्णायक आन्दोलन गर्न लिम्बुवानमा बृहत जनमत सिर्जना गर्ने काम भईरहेको छ । लिम्बुवानवासी जनताका मानवअधिकार संरक्षण संबद्र्धन गर्दै सबै पक्षबाट उल्लंघन हुन नदिने वातावरण निर्माण गर्न र लिम्बुवान स्वायत्तता प्राप्तीका वैधानिक मार्गहरु प्रशस्त गर्नका लागि हालसालै एउटा शसक्त तथा प्रभावकारी “लिम्बुवान नागरिक समाज” गठन भएको छ । यस संस्थाले यही २०६६ साल श्रावण ६ गते बिर्तामोड लिम्बुवानमा लिम्बुवान व्यापि नागरिक भेला सम्पन्न गरी एउटा सक्रिय कार्यसमिति चयन गर्ने छ र त्यस कार्यसमितिले नै भावी नागरिक आन्दोलनलाई नेतृत्व प्रदान गर्ने छ । यो समाजको मुख्य मुख्य कार्यहरु, लिम्बुवान स्वायत्तताको पक्षमा आवश्यक जनमत तयार गर्ने, लिम्बुवान स्वायत्तताको पक्षधर राजनैतिक संगठनहरुलाई एकाकार भई आन्दोलन गर्न नैतिक दवाब सिर्जना गर्ने, लिम्बुवानवासी जनताका मानवअधिकार उल्लंघनका घट्नाहरुको अनुगमन र मुल्याङ्कन गरी कानूनी उपचारका लागि पहल गर्ने गराउने आदि हुने छन । यसरी राज्य पुनसंरचना र शक्ति बाँडफाडको सवालमा संवेदनशील भई सत्ताधारीहरुलाई प्रभावकारी दवाव सिर्जना गर्न लिम्बुवानवासीहरु नयाँ ढंगले प्रस्तुत हुने तयारीका लागि बृहत जनमत निर्माण गरिरहेका छन । वर्तमान सत्ताधारी दलहरु जनतालाई अधिकार सम्पन्न बनाउने दिसामा भन्दा पनि सत्तामा आफ्नो पहुँच बढाउने अभ्यासमामात्र केन्द्रीत भईराखेको हुनाले मुलुकभरका संघीय स्वायत्तताका पक्षधरहरुले प्रभावकारी एकीकृत आन्दोलन सिर्जना गर्न अपरीहार्य भएको छ ।
(यो लेख ३ वर्ष अगाडि लेखिएको हो)

चारजात छत्तिस वर्ण र अन्तर्वस्तु


–छविसुब्बा सङबाङफे लिम्बू

नेपाली राजनीतिक बजारमा राष्ट्रिय एकताका प्रतीक मानिएका गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्नो अभियान पुरा गरेपछि नेपाललाई असली हिन्दुस्तान बनाउने आफ्नो मकसद उजागरगर्दै बोलेको महानबाँणी “मेरा साना दुःखले आज्र्याको मुलुक होईन, चारजात छत्तिस वर्णको फुलबारी हो, सबैलाई चेतना भया” । राजतन्त्रीय पञ्चायती व्यबस्थाका शासकहरु पञ्चदेखि महापञ्चसम्मले यो वाक्यलाई गायत्रीमन्त्रकैरुपमा अलाप्न र फलाक्न थाकेनन् । ंपञ्चायती व्यबस्थालाई बि.स. २०४६ सालको जनआन्दोलनले परमधाम पु¥याएपछि यसको अपुताली खाँदैआएका नेपाली कांग्रेसका अधिकतम, नेकपा एमालेका न्यूनतम, आदिवासी जनजाति, मधेसी मुलबाट बनेका पार्टीका छिटफुट नेता तथा कार्यकर्ताहरुले पिएन शाहको यो महानबाँणीलाई आफ्नो भाषणको मसला बनाउने गर्दछन् । अझ बाहुन जातिहरुले नेतृत्व गरेको पार्टीमा बसेर ईमान्दार राजनीतिक चरित्र देखाउने आदिवासी लठ्ठकहरुले त झन यही महान बाँणीलेमात्र यो देशमा आफ्नो जातिको पहिचान र सहअस्तित्व समावेश हुनसक्ने दावी गर्दछन् र छाती पिटी पिटी बडामहाराजको गुणगान र भजनगान गाउदछन् । वास्तवमा चारजात छत्तिस वर्णकाबारे हिन्दु विधिशास्त्रका पण्डितहरुले कस्तो व्याख्या गरेका छन् भन्ने विषयमा धेरै राजनीतिक प्राणीहरु अन्यौलमै रहेको देखिन्छ । त्यसकारण यो लेखमार्फत चारजात छत्तिस वर्णको सारपक्ष खुलासा गर्ने जमर्को गरिएको छ ।

पण्डित ढुण्डिराज भण्डारी भन्छन् ः “चारजात भन्नाले हिन्दु विधिशास्त्रीय व्याख्या अनुसार ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हुन् । छत्तिस वर्ण भन्नाले यही वर्गिकृत समुदायभित्रका चार विद्वान ब्राह्मण, आठ बलवान क्षेत्री, एक्काईस धनाढ्य वैश्य र तीन नम्र शुद्र हुन् ।” जतिबेला पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माण अभियान सम्पन्न गरे त्यसपछि राज्यसत्ताको शासन संचालन गर्ने विधि निर्माण गर्न संयन्त्रगत प्रक्रियाको व्यबस्थापन यो मान्यता र दर्शनबाट गरेका हुन् भन्ने उनको त्यो घोषणाबाट स्पष्ट हुन्छ । जसअनुसार चार ब्रह्मणहरुको उच्चस्तारीय संयन्त्रले नीति निर्माण गर्ने, आठ बलवान क्षेत्रीहरुले राज्य संचालन र सुरक्षा प्रदान गर्ने, एक्काईस धनाढ्य वैश्यहरुले अर्थतन्त्र बलियो बनाएर राजा र ब्रह्मणहरुलाई भरण पोषण गर्ने, तीन नम्र शुद्रहरुले यी सबैको सेवा गर्ने । यीनै जिम्मेवारीहरु सम्पन्न गरी गोर्खा साम्राज्य संचालन गर्न तत्काल पिएन शाहले निर्माण गरेको दर्शनको भाका नै चारजात छत्तिस वर्णको फुलबारी हो । यो फुलबारीभित्र राज्य अतिक्रमणको शिकार भएका अन्य स–साना राज्य र त्यहाँ बसोबास गर्ने विभिन्न जाति समुदायहरुको अस्तित्व, पहिचान, सार्वभौमिकता, गौरव र आत्मसम्मान गुन्जायस र प्रतिविम्वित छैन । अब सबै नेपालीहरुलाई राष्ट्रिय मुलप्रवाहमा समेट्नका लागि पछिल्ला शाह वंशीय कार्यकालका पण्डितहरुले यो मुलमन्त्रलाई वृहत व्याख्या गर्ने अभ्यास गरेपछि उनीहरुको निचोडमा आएको कुरा के हो भने चारजातभित्र नपरेका गैरहिन्दुहरुलाई त्यसभित्र समायोजन गर्दा पानी चल्ने शुद्रमा दर्ज गर्ने हो । त्यही मान्यता मुताविक राजा महेन्द्र शाहको राज्य अभिषेकमा प्रहरी महानिरीक्षक दिलमानसिंह थापा मगर र राजा बीरेन्द्रको राज्य अभिषेकमा मन्त्री पद्मसुन्दर लावती लिम्बूलाई शुद्र बनाई राजाको अभिषेक गराईएको थियो । यो विधिशास्त्रबाट चल्ने मुलुक वास्तवमा असली हिन्दुस्तान नभएर के हुन्छ ? हो यही परिकल्पनाबाट तय गरिएको तत्कालीन राजनीतिक दर्शन नै चारजात छत्तिस वर्णको फुलबारी हो । त्यतिबेला कार्लमाक्र्स, भ्ला.ई. लेनीन, माओत्सेतुङ्ग यीमध्ये कोही पनि जन्मेका थिएनन् । माकियावेली, आरस्तु, एडमस्मिथ आदिको दर्शन पनि एसीयामा प्रवेश गरेको थिएन । हिन्दुहरुले आफुसँगै भारतबाट ल्याएको महाभारत, रामायण, गीता आदि नै दर्शनका श्रोतहरु थिए ।

शाहहरुको शासनकाललाई जतिसुकै वैज्ञानिकीकरण र आधुनिकीकरण गर्ने प्रयत्न भएता पनि पृथ्वीनारायण शाहको यो मान्यताभन्दा बाहिर आउन सकेन । नेपालको सन्दर्भमा हिन्दु अतिवादको राजनीतिक दर्शन यीनै आधारहरुबाट निर्माण र बिकास भएको हो र चारजात छत्तिस वर्णभित्र रहेका जातजातिहरुको सत्ता साझेदारीताको हैसियत यही मुल्यमान्यता अनुसार कायम गरिएको थियो । अहिलेको अवस्थामा विभिन्न दर्शन र विचारबाट राजनीतिक पार्टी निर्माण गरी संचालन गर्ने बाहुनवादीहरुले सामन्तवादका यी पृष्ठभूमि र चरित्रहरुलाई पूर्णरुपमा समाप्त गर्न नचाहेको अवस्था हो । उनीहरु जस्तोसुकै प्रणाली अन्तर्गतको राजनीतिक व्यबस्था र सत्ता निर्माण भए पनि त्यसको पहुँच र वर्चश्वमा स्वतःस्फुर्त आफ्नो निरन्तरता कायम रहिरहने विधि निर्माण र बिकास कसरी गर्ने ? भन्ने चीन्ताले ग्रस्त भएको देखिन्छन् । बाहुनवादीहरु गणतन्त्र र लोकतन्त्रको ठूलो हिमायती र पहरेदार आफुलाई स्वघोषणा गरेता पनि उनीहरुमा अन्तर्निहीत यो स्वार्थले गहिरो प्रभाव पार्दछ । त्यसकारण अधिकार बाँडफाँड र राज्य शक्तिमा साझेदारिता सबै जातजाति, वर्ग, लिङ्ग र समुदायलाई समानरुपमा प्रत्याभूति हुने संविधान निर्माण गर्ने सवालमा सहमति हुन नसक्नु बरु त्यस्तो संविधान बन्नुभन्दा संविधान बनाउने निकाय नै समाप्त गर्नमा उनीहरुले सबभन्दा उचित सम्झन पुगेकोले संविधान सभा विघटनको बाटो रोजे जसको परिणामतः लोकतान्त्रिक गणतन्त्र र जनताको अधिकार संस्थागत हुन सकेन ।

अबको परिस्थितिमा फेरी संविधान सभा गठन भए वा कुनै निकायबाट संविधान निर्माण सम्बन्धमा बहस चलेमा यीनै विगतका सवालहरु पुनः दोहोरिने छन् । अधिकारबाट वञ्चित रहेका समुदायहरुलाई उनीहरुको अधिकार बहाली गर्दा लगातार अधिकार उपभोग गरिरहेका शासक जातिहरुको मौजुद अधिकार स्वतः कटौती हुनजान्छ र त्यसले आफुलाई नयाँ संकटमा पार्नेछ भन्ने बुझाईबाट मर्माहत भएका सत्ताधारी समुहहरु यो द्विविधायुक्त भयभित मनोविज्ञानबाट मुक्त हुन नसकेसम्म नेपालमा नयाँ संविधान बन्ने छैन । जतिसुकै धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको कुरा उठाए पनि आफुलाई राजनीतिक सत्ताको वर्चश्वमा पहुँच र निरन्तरता प्रदान गर्न स्थापना भएको हिन्दु विधिशास्त्रको धरोहर र पक्षपाती किल्लालाई ढाल्न वर्तमान सत्ताधारी दलहरु चाहदैनन् । त्यसो भएको हुनाले आफ्नो अधिकार स्थापनाको लागि आन्दोलनरत विभिन्न राजनैतिक शक्ति र समुदायहरुले कस्तो रणनीतिक र कार्यनीतिक योजना र कार्यक्रमबाट आफ्नो अधिकार सुनिश्चित गर्ने ? भन्ने विषयमा केन्द्रित रहेर चलायमान हुनु पर्दछ । आन्दोलनको दृष्टिकोणबाट तत्काललाई दुईवटा बाटाहरु अगाडि तेर्सिएका छन् ः (१) आफ्नो अधिकार बहालीको विपक्षमा उभिने शक्तिहरुलाई परास्त गर्ने या (२) ती सबै प्रतिक्रिवादी र प्रतिगमनकारी तत्वहरुलाई समाप्त गर्ने । पहिलो कार्य सम्पन्न गर्नका लागि अवलम्वन गर्ने राजनीतिक बाटो वा कार्यक्रम राष्ट्रिय मुक्ति आन्दोलन हो, र दोश्रो सर्त सम्पन्न गर्नका लागि अवलम्वन गर्ने मार्गचित्र गृहयुद्धको हो । अब तपाईं र तपाईंको पार्टीले निर्दिष्ट गरेको बाटो कुन हो ? त्यसलाई पहिचान गरेर लक्ष्य निर्धारित गर्नुपर्ने समय आईसकेको छ । उत्पीडित जाति, वर्ग, लिङ्ग र समुदायहरु कदम अगाडि बढाउनु होस । यो मुक्ति यात्रामा मेरो सदा समर्पण, बलिदान र शुभकामना ! विजय भवः ।
जय लिम्बुवान ! (श्रोतः खस आन्दोलन राष्ट्रिय मुक्ति की अहंकारवाद–जनक चेमजोङ्ग)
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका महासचिव हुन्)

राष्ट्रवाद र राष्ट्रिय मुक्तिको क्रान्ति -कमल छाराहाङ्ग आठपहरिया


राष्ट्रवाद र राष्ट्रिय मुक्तिको क्रान्ति

-कमल छाराहाङ्ग आठपहरिया

‘नेताको पहिचान संकटको घडीमा हुन्छ, जसले संकटलाई सम्बोधन गर्न सक्दैन उ परिस्थितिको दास हुन्छ, दासहरुले कहिल्यै पनि मार्गप्रशस्त गर्न सक्दैनन् ।’ वास्तवमा वर्तमान नेपालको राजनैतिक अवस्थाभित्र यो भनाइ चरितार्थ हुन आएको छ । जसको कारण हिजोदेखि आजसम्म राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा नेपालीहरु राजनैतिक दासताको अवस्थाबाट मुक्त हुन सकिरहेका छैनन् । जुन अवस्थाको फाइदा राष्ट्रियरुपमा गोर्खा आन्तरिक उपनिवेशका पृष्ठपोषक र उसका मुठ्ठीभर दलालहरु जो आदिवासी, जनजाति, मधेशी, दलित, मुस्लिम र पिछडा वर्गका नाममा राजनैतिक ठगी धन्दा चलाउादै छोटे ठेकेदारको रुपमा आफूहरुलाई उभ्याउादै आएका छन् । अन्तर्राष्ट्रियरुपमा उत्तर र दक्षिणका मुलुक पर्छन्, त्यसमा पनि अत्याधिक चाप दक्षिणबाट पुगेको कुरालाई नकार्न सकिन्न । यो वस्तुगत सत्यताभित्र नेपाल विश्वकै एउटा अन्तर्राष्ट्रिय राजनीतिक गुलामीहरुको र हस्तक्षेपपूर्ण देश बन्न पुगेको छ । उदाहरणका निमित्त न्यूयोर्कस्थित एउटा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले हालै दिएको रिपोर्टमा नेपाल विदेशी हस्तक्षेप भोग्ने देशहरुमा सबैभन्दा अगाडि (एक नम्बरमा) छ जसले गर्दा पनि नेपाल र नेपालीहरुको निमित्त बाह्य वा आन्तरिक राष्ट्रिय स्वार्थ भनेको वर्तमान राजनीतिक परिस्थितिभित्र राष्ट्रिय मुक्तिको क्रान्तिभन्दा अर्को विकल्प छैन । जो शान्तिपूर्ण शैलीमा हुनुपर्छ ।

बाह्य वा आन्तरिक राष्ट्रिय मुक्तिको क्रान्तिभित्र जसको स्वाधीनता र स्वतन्त्रताको पक्षमा उभिादा हिजोदेखि आजसम्म विश्वका राष्ट्रिय मुक्तिको क्रान्तिलाई अध्ययन, चिन्तन, मनन् गहिरोरुपमा गर्नु अनिवार्य हुन्छ । हावाको भरमा ‘रे’ को आधारमा भावनामा आएर अराजक तालमा वस्तुगत सत्यताको तथ्यताभित्र पुग्न सकिादैन । विश्वको राष्ट्रिय मुक्ति क्रान्तिको इतिहासलाई फर्केर अध्ययन गर्दा भियतनामीलाई उदाहरणीयरुपमा लिन सकिन्छ । ‘जसले हजार वर्ष लडेका थिए, अरु आवश्यक पर्दा हजार वर्ष लड्ने भियतनामको निमित्त भियतनामीहरु तयार थिए ।’ जसको इतिहासमा भियतनामको निमित्त भियतनामीहरुले के दिन बााकी राखे ? सब चिज दिए । उदाहरणको निमित्त भिक्षुहरुले आफ्नो शरीरमा साम्राज्यवादको विरुद्ध मट्टितेल खन्याएर स्वयं आफूलाई जलाउादै जीवनदान गरे, आत्मदाह गरे । त्यस्तै युवतीहरुले साम्राज्यवादी समक्ष आफ्नो इज्जतलाई समर्पण गर्दै बम बनेर पड्किए । केटाकेटीहरु ग्रिनेट र छर्रा बन्दै दुश्मनका विरुद्ध चियोचासोमा भियतनामको निमित्त बचपनी जीवनको उत्सर्ग गरे, जसले गर्दा हिजो पनि भियतनाम थियो, आज पनि छ, भोलि पनि रहिरहने छ ।

त्यस्तै चीनकै विषयमा जसले जुनसुकै रुपमा व्याख्या विश्लेषण गरुन्, स्वयम् चीनले आफ्नो अर्थ जसरी लगाओस्, यी सबै आफ्नै ठाउामा छ, तर कोमेन्ताङ र चिनियाा जनवादी कम्युनिष्ट पार्टीले जापानको आक्रमणविरुद्ध संयुक्त मोर्चाबन्दी गरेर लड्नु भनेको चीनको रक्षा गर्दै स्वाधीनता र स्वतन्त्रताको लागि जापानको आक्रमणबाट मुक्त गर्नु भनेको राष्ट्रिय मुक्तिको क्रान्तिभन्दा अर्को होइन । त्यसकारण यी यावत् सवालहरुले वर्तमान नेपालीहरुको पहिलो र अनिवार्य शर्त भनेको राष्ट्रिय मुक्तिको क्रान्ति नै हो । जुन क्रान्ति तपाई जुनसुकै शैलीमा पनि लड्न सक्नुहुन्छ । त्यो तपाईको वस्तुगत परिस्थितिको आधारमा आत्मगत शक्तिमा निर्भर पर्ने कुरा हो । तर वर्तमान परिस्थितिमा शान्तिपूर्ण युद्धभन्दा अर्को विकल्प देखिंदैन, यो ध्रुवसत्य हो ।

अर्को भारत लगभग २ सय वर्षसम्म ब्रिटिस साम्राज्यको उपनिवेशी जञ्जीरको बन्धनमा बााधिनु पर्दा जसको विरुद्धमा सन् १८५७ को महान् सिपाही विद्रोहको शुरुआतले लगभग १ सय वर्ष लड्नु पर्‍यो, जसको कारण भारतले आफ्नो स्वाधीनता स्वतन्त्रतालाई प्राप्त गर्‍यो र पनि भारत आन्तरिक उपनिवेशी बन्धनबाट मुक्त हुन नसकेको आजको अवस्था हो । जुन अवस्थाभित्र उदाहरणको रुपमा नागाहरुको आन्दोलनलाई लिउा, अगस्ट १४ सन् १९४७ मा बेलायतीहरुले भारत छोड्दा उनीहरुले नागालैण्डको स्वतन्त्रता घोषणा गरेका थिए । कहिल्यै भारतको थिएन । तात्कालीन अवस्थामा नागाहरुको दुई नेता (काइतो र मिक) थिए । अर्का नेता एजेङ फिजोले महात्मा गान्धीलाई भेटेर सम्पूर्ण कुराको बोध गराएका थिए । आज नागाहरु विगत ६० वर्षयता आफ्नो माटोको लागि युद्धरत् छन् । यस्ता उदाहरणहरु भारतमा धेरै भए पनि यसकै सेरोफेरोभित्र हिजोको लिम्बुवान देशअन्तर्गत वर्तमान नेपालको लिम्बुवान स्वायत्तताभित्र ग्रेटर लिम्बुवानको सवाल उठेको हो । जसको इतिहास मेटियो भने वर्तमान लिम्बुवान नरहन पनि सक्छ । त्यसकारण यस मानेमा लिम्बुवानवासी सजग र सचेत हुन धेरैभन्दा धेरै आवश्यक छ ।

वर्तमान नेपालको राष्ट्रिय समस्याको जड भनेको अनेकताभित्र एकताको खोजी हो, जुन खोजीभित्र हामी पुग्न सकिएन भने देश र देशवासीहरुले ढिलोछिटो अकल्पनीय दुर्भाग्यको सामना गर्नुपर्ने यदाकदा त्यस्तो लक्षण देखा पर्दैछ । जुन लक्षणभित्र सिंगो नेपाल रहनैपर्छ भन्ने मान्यता नहुन पनि सक्छ । त्यो अवस्था भनेको नेपाल र नेपालीको पहिचान मेटिनु हो । त्यस्तो अवस्थाभित्र पशुपतिनाथले कल्याण गर्न गाह्रो पर्छ । यस मानेमा कसैले आफ्नो दम्भ जाहेर गर्नुपर्ने देखिन्न । त्यसकारण अनेकतामा एकताको खोजी भनेको गोर्खा आन्तरिक उपनिवेशबाट मुक्त हुनु हो । मुक्त हुनुको अर्थ स्वतन्त्र मुलुक निर्माण गर्नु होइन, जसको पुर्खाले जुन भूभागको भूमिपुत्र बन्ने हैसियत निर्माण गर्‍यो, त्यसको ऐतिहासिक पृष्ठभूमिको आधारमा शासकीय भूगोलको निर्माण भयो । त्यो भूगोलहरुभित्र पूर्ण संघीय शासन व्यवस्थाअन्तर्गत भोलिको संघीय नेपाल निर्माण गर्नु हो । जसलाई राष्ट्रिय मुक्तिको क्रान्तिले सम्बोधन गरिनु पर्छ ।

वास्तवमै आजको विश्व राष्ट्रवादको युग हो । यस मानेमा कुनै पनि मुलुक अछुत रहन सक्दैन । वर्तमान नेपालका नवराष्ट्रवादीहरुको उदय भनेको तात्कालीन गोर्खा राज्यको बिस्तारित अवस्थाले जन्माएको मानसिकताको उपज हो । जसको राष्ट्रवादले राष्ट्र र राष्ट्रियताको नाममा विदेशी दाताहरुसाग मागिखाने भााडो बनाएको छ भने अर्कोतिर बाघको छालामा स्यालहरुको रजाईं छ । जसले गर्दा संविधानसभाको चुनावबाट यी देशी–विदेशी तत्वहरुलाई फाइदा नपुग्ने लक्षण देखा पर्दा संयुक्त मिलोमतोमा कोही रोएको जस्तो, कोही कुटेजस्तो, कोही रमिते जस्तोको भिडम्भिडको जमातमा नाटकको मञ्चन गर्दै संविधानसभाको हत्या गरियो । यो देश र देशवासीको सामु घामजत्तिकै छर्लङ्ग छ । तत्पश्चात् आ–आफ्ना पाल्तु राजनैतिक प्राणीहरुलाई विभिन्न बहानामा दिल्ली र बेईजिङ बोलाउने क्रम जारी छ । जुन बोलाउने क्रममा आ–आफ्नै स्वार्थअनुकूल प्रशिक्षित तुल्याउने काम भइरहेको छ । यो वास्तविक राष्ट्रवाद र यहााका स्वाभिमानी भूमिपुत्रहरुको हितमा छैन ।

यही सेरोफेरोभित्र वर्तमान नेपालमा पार्टीको नेता र जनताहरुबीचको अन्तर भनेको हिन्दूहरुको कथामा आधारित महाभारतको पात्र पाण्डव, कौरव र द्रौपदीभन्दा फरक देखिएन । पाण्डव र कौरवहरु चाहे तराई मधेश वा हिमाल मध्यपहाड जहाासुकै जुनसुकै भौगोलिक, राजनीतिक नाम संघसंगठनबाट प्रतिनिधित्व गरिरहेको भए पनि, जसले जेसुकै शर्त र सहमतिभित्र मोर्चाबन्दी, गठबन्धन जे गरुन् केही फरक परेन नेपाल र नेपाली जनतालाई । किनकि वास्तवमै नेपाल र नेपाली जनता आजको अवस्थामा द्रौपदी हुन पुगे । पाण्डवहरुको निमित्त द्रौपदी एउटा मनोरञ्जनको साधन जो जुवाको खालमा थापिन्छ, कौरवहरुले जित्दा उनको चीर हरण हुन्छ, त्यस्तो परिस्थितिको चेपारोभित्र नेपाल र नेपालीहरु बााच्नु परेको अवस्था छ । यो राजनीतिको नाममा निकृष्ट ताण्डव नृत्य अति भइसक्यो । यसैले भन्छन्, अति रूपको कारण सीताको हरण भयो । अति गर्व र घमण्डको कारण रावण मारियो । अति दानको कारण राजा बलि बन्धक बन्नु पर्‍यो । त्यसकारण अतिले खतिभन्दा अर्को निम्त्याउादैन, त्यसैले भनिन्छ, ‘अति सर्वत्र वर्जयेत् ।’

अन्त्यमा, विद्वानहरु भन्छन्, ‘जसको नियत राम्रो छैन, त्यसबाट कदापि महान कार्य सिद्ध हुन सक्दैन’ । वास्तवमा उ जतिसुकै बुद्धिजीवी ९त्तगबषिष्भम० किन नहोस्, उसको नियत ठीक छैन भने त्यस्तो व्यक्तिहरुले देश र देशवासीको त कुरै छाडौं, आफ्नै घर सम्हाल्नुको साटो जलाउनेतिर लाग्छ । जसको प्रत्यक्ष उदाहरण वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई बन्न पुगेका छन् । अर्को ‘कहीं नभएको जात्रा हााडीगाउामा’ भनेजस्तै जोसुकै मिलाएर मोर्चा बााधिए पनि नाम मात्रको राष्ट्रिय मोर्चाको सरकार छ, त्यसमा एउटै पार्टीका प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री छन् । आफ्नै सरकारको निर्णयमा राष्ट्रको नगदनारायणको खोलो बगाएर औपचारिक दलबलसहित प्रधानमन्त्री, उपप्रधानमन्त्री भट्टराई र नारायणकाजी श्रेष्ठ विदेश सवार हुन्छन् । अनि फीर्ति सवारीमा आफ्नो निवास पुग्नुपूर्व विमानस्थलको अतिविशिष्ट सभाकक्षमा आफ्नो मतमतान्तरका विष वमन गर्छन्, यो कुरा कसले पत्याउने ? यसकारण तैंले कुटेजस्तो म रोएजस्तो नभए अर्को के हुन सक्छ ? यसलाई भन्नैपर्दा एक अर्कामा तरबार र घिउ साट्ने ठगहरुदेखि देशवासी सावधान हुन जरुरी छ ।

(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका अध्यक्ष हुन्)

समाचार प्रकाशित मिती : Tuesday, 25 September, 2012 (लेखक)

Tuesday, September 25, 2012

जनै बंश र गोत्र दिने, यो सबै बाहुनको ब्यापार थियो

दिपेन योङहाङ लिम्बुदिपेन योङहाङ लिम्बु

बाहुन छेत्री पत्रकार संघ मुर्दाबाद
September 6
जनै बंश र गोत्र दिने, यो सबै बाहुनको ब्यापार थियो

बाहुनहरुको गुण गान गर्न त सहस्त्र मुख भएका सेश नागले त सक्दैनन् भने म तुच्छ मनावले सक्ने कुरा आएन, तर पनि केहि जमर्को गर्ने प्रयास गरेको छु, गल्ति भएमा सुधार गरि पढ्नु होला. वैदिक शास्त्रको कुरा गर्ने हो भने बाहुन/ऋषि जम्दग्निका छोरा परसुरामले पृथिबीलाई १७ पटक छेत्री बिहिन गरे छेत्रिहरुको सर्व नाश गरेका थिए| नन्द साम्राज्यका राजकुमार संग सानो विव
ाद भए पछी चानक्य(बाहुन) ले नन्द साम्राज्य नस्ट गर्ने प्रतिज्ञा गरि आखिर त्यत्रो ठुलो साम्राज्य ध्वस्त गरे. महान सम्राट अशोक ले बुद्ध धर्म ग्रहण गरे पछी आफ्नो टपरो खोसियेकोले जाल झेल गरेर सम्राट अशोकका छोरा सम्राट ब्रिहद्रथ लाई धोखा दिई हत्या गरेर बाहुन जर्नेल पुश्यमित्र आफै सम्राट बनेर सारा उत्तरी भारत बाट छेत्री राजाहरुलाई सखाप पारेर ३०० वर्ष सम्म छेत्री राजा बिहिन बनाई दिए र बुद्ध धर्म मान्ने सबैलाई भारत बाट खेदेका थिए| अहिले हामीलाई बुद्ध नेपालमा जन्मेकोमा गर्व हुन्छा तर भारतमा बाहुनहरुले बुद्धमार्गी हरुको करोडौको संख्यामा हत्या गरे| नेपालकै कुरा गर्ने हो भने पनि हामि सोझा साझा खसहरुलाई हिन्दु बनाएर आफ्नो ब्यापार सुरु गरे र त्यस बेला देखि अहिले सम्म पनि सामाजिक र आर्थिक शोषण गरि रहेका छन्| पण्डित विजयराजले कपट पुर्वक जंगबहादुरलाइ साथ् दिएर सयौ देशभक्त र राजभक्त भारदार को हत्या गराएर पछी जंगेसंग सबै किसिमको ठुला ठुला सुबिधा बाहुनहरुले लिएर मुलुकी ऐन बनाए र ५०% भन्दा धेरै नेपाली हरुलाई दलित र जनजाती बनाए, अरु ठुला जात हरुलाई बिल्कुलै सुबिधा रहित बनाई दिए| १०४ बर्षको राणाकालमा बाहुन र नेवार बाहेक अरु नेपालीले पढेको थाह पाए भने दण्ड जरिवाना हुन्थ्यो| अहिले बेकारमा "खाने पाउने रामे चोट पाउने श्यामे"भने जस्तै खाने बेलामा सबै घिउ बाहुनले खाने नाम आउने बेलामा बाहुन/छेत्री ले देश खायो भन्ने नारा दलित र जनजातिले लगाएका छन् | आखिर छेत्रीले के नै सत्ता भोग गरेको छ र बाहुनको दाजोमा ? बाहुन हरुको गुनगान त कति छन् कति| हिन्दुहरुलाई जात-जातमा विभाजित गरेर छेत्रिहरुलाई मात्र विदेशीहरुसंग लड्न लगाए| हजारों वर्ष सम्म भारतलाई बिदेशी गुलामी मा जान बाध्य गराउने बाहुन हरुहुन्.| सति जान लागेका विधवाहरु (मृत राजाका रानी हरु समेत) यदि बाहुन लाई राम्री लागेर मन पर्यो भने सति जान नपर्ने रे| राज्यमा भएका जे जति राम्रा कुराहरु बाहुनलाई मन पर्यो भने बिर्ता पाई हाल्ने| धेरै-धेरै बिर्ता दिन सक्ने खसलाई (मगर लाई पनि) पनि राजा, ठकुरी तथा उच्च छेत्री को जात, जनै बंश र गोत्र दिने, यो सबै बाहुनको ब्यापार थियो| जंगबहादुरले हाली मुहाली नदिएको भए नेपालका बाहुनले यति सारो नेपालको बिगार गर्न सक्ने थिएनन्. बडामहाराज पृथ्वीनारायण शाहकी आमा रानी कौश्ल्यावातिले धुर्त पहाडिया बाहुनलाई चिनेर नै आफ्नो छोराको ब्रतबन्ध बनारसको मिश्र बाहुनलाई सुटुक्क बोलाएर गरिदिएकी थियिन तर पछिका राजपरिवार ले त्यति बुद्धि पुर्याउन सकेनन, तैपनि जंगबहादुर भन्दा पहिले बाहुनहरुले यति सारो देश नै एकलौटी पार्न सकेका थिएनन्| अस्सली छेत्रिहरु ले अहिले पनि यो ब्रह्मजाल बाट जति सक्दो छिटो मुक्त हुन सके भने मात्र आफ्नो केहि उन्नति गर्न सक्लान. २००७ साल पछी शाखा-अधिकृत दर्जामा जान तीन धार पाठशाला र बनारसमा संस्कृत मात्र पढेर पुग्दैन, अरु योग्यता पनि चाहिन्छ भन्ने नियम बनेको भए शायद यति ठुलो राजसत्ता बाहुनको हातमा जाने थिएन होला| नेपालको इतिहास हेर्ने हो भने देशको भलो चिताउने नेता हरुको अनिकाल नै छ| स्वर्गीय राजा महेन्द्र ले देश भक्त नेपालीहरु नपाएकै कारण आफ्नो जीवन आफैले अन्त गरेको पनि यौटा सोचाइ छ|

Tuesday, September 18, 2012


मलाई नसोध, कहां दुख्छ घाऊ...............


संधै रक्सीले लठ्ठ भएर, एकका बिहानै देखि लरखरिन्दै हिड्ने
रक्स्याहा कवि-गीतकार हरिभक्त कटुवाल, एक पल्ट बिर-हस्पिटलको बेडमा लडिरहंदा
नारायण गोपाल बिमारी भेट्नु पुग्नु भएछ |

नारायण गोपालले अस्पतालको बिस्तरामाथी सुतिरहेको हरिभक्त कटुवाललाई
" कवि ज्युलाई अहिले कस्तो छ ? " भनि सोधनी गर्दा
हरिभक्त कटुवालले,
" मलाई नसोध, कहाँ दुख्छ घाउ | " भनि जवाफमा भन्नु हुँदा

नारायण गोपालले तुरुन्तै, कवि ज्यु यो वाक्य फेरि एकपल्ट दोहोर्याउनु अनुरोध गरें भन्दा
कागजको पानामा त्यहि हरफ लेखेर,
" लु यसै लाईनलाई गीत बनाई पुरा गर्नुहोला |" भन्ने अनुरोध गरिंदा
यो अजम्बरी गीतको जन्म भएको भनिन्छ |

चाप्चाले, लगभग ६ बर्ष अगाडी सोखको रुपमा गाएर, युटुबमा छोडीदिएको यो 'Cover Song'
चाप्चाको सप्पै-सप्पै प्रिय मनहरुमा समर्प्रित गरें |

''' गीताङगेली ~ सेमुना ''' :)

http://www.youtube.com/watch?v=QxaLAQZlM1k&feature=relmfu
— 

लिम्बुवानको यो मिति ? भवानी बराल..

लिम्बुवानको यो मिति ?

भवानी बराल

अरुणपूर्वको ऐतिहासिक रुपरेखामा साउन २२ गते महत्वपूर्ण तिथिािमति हो । स्वतन्त्र र सार्वभौम राष्ट्र लिम्बुवानलाई नेपाल अन्तरगत सहराज्यको रुपमा ल्याईएकोले पनि यो तिथि महत्वपूर्ण छ । यहि मितिदेखि आजसम्म पनि यो राजनैतिक तिथिले संकेत गरेको हिसाब मिलान गर्न बाँकी रहेकोले यो राजनैतिक मुद्धा किनारा लागेको छैन् । नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहले लिम्बुवानलाई भित्र्याएको यतिका वर्षपछि पनि यो मुद्धा काँचैकचिलै छ । यसर्थ लिम्बुवानमा नेपालअन्तरगत कै स्वायत्त लिम्बुवानको कुरा मात्रै उठेको छैन् । वृहत्तर र स्वतन्त्र लिम्बुवानको कुरा पनि उठ्न थालेको छ । यसकालागि लिम्बुवानमा जनमत संग्रह गरिनु पर्ने र त्यो जनमत संग्रहले नेपाल अन्तरगत रहने निर्णय दिए स्वायत्त लिम्बुवान हुने, विभाजनको निर्णाय दिए स्वतन्त्र लिम्बुवान हुनु पर्ने मागले आकार लिँदैछ । पृथ्वीनारायण शाहले बसालेको राजतन्त्र र राज्य व्यवसथाको अन्त्य भैसकेको छ । अतः औपनिवेशिक प्रचलनअनुसार यो भूभाग स्वतन्त्र भएको सैद्धान्तिक मान्यताले पनि ठाउँ पाएको छ । संविधानसभा यो विषयलाई किनारा नलगाई विघटीत भैसकेको छ । राजाले जनताको नासो जनतालाई फिर्ता गरेको पनि चार वर्ष वितिसकेको छ । प्रतेक वर्षको साउन २२ गते अरुणपूर्व कालो दिन हो कि ऐतिहासिक दिन हो पर्खेर बसिरहेको छ । करिव २४० वर्षदेखि यो पर्खाईको अन्त्य हुनसकेको छैन् ।

गतवर्ष राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान राज्य परिषदले साउन २२ गतेलाई पहिलो पल्ट ‘कालो दिन’ भनेर घोषणा ग¥यो । त्यहि कालो दिन मनाउने क्रममा उसले अरुणपूर्वका ९ जिल्ला बन्द पनि गरायो । तत्कालीन अरुणपूर्वको लिम्बुवान वि.सं. १८३१ साउन २२ गते गोर्खाली राजा पृथ्वीनारायण शाहसंग ‘नून पानी’ सन्धि गर्दै नेपालमा गाभिएको थियो । त्यस अघि लिम्बुवान कहिले उपनिवेश त कहिले स्वतन्त्र, सार्वभौम राष्ट्रको रुपमा रहँदै आएको थियो । आधुनिक नेपालमा गाभिएको २३८ वर्षपछिको त्यही दिनलाई कालो दिन करार गर्नु पछिको उद्वेश्य के हो ? लिम्बुवानसम्बद्ध संगठन र संयुक्त लिम्बुवान मोर्चाले यो प्रश्नको जवाफ तलब गर्नु आवश्यक थियो तर गरेन । परिषदले सुरु गरेको यो परिघटना पछि लिम्बुवानको स्थापना, व्यवस्थापन र उपयोगितामा प्रश्न चिह्न लागेको छ । संयुक्त लिम्बुवान मोर्चाको एक घटकले उठाएको यो विषयले लिम्बुवानको मुद्धालाई पेचिलो मात्र होईन, संकास्पद रुपमा प्रस्तुत गरेको थियो र अझै गरिरहेको छ । मैले तयतिबेला पनि यो विषयलाई प्रमुख छापाहरुमा महत्वकासाथ उठाएको थिएँ । र, साउन २२ गतेलाई हेर्ने दृष्टिकोण ठीक नभए यसले लिम्बुवानको मुद्धालाई बराल्छ भनेर उल्लेख गरेको थिएँ । अहिले ठीक त्यसको बाछिटा देखिन थालको छ । संविधानसभाको निर्वाचन पछि संविधान निर्माणमा जनतामा सुझाव बटुल्न गएका सभासदहरुलाई झापाको दमकमा पूर्व किरात लिम्बुवानका समर्थकहरुले ‘मित्र राष्ट्रका सभासदहरुलाई स्वागत छ’ भनेर व्यँग्य गरेका थिए । ठीक त्यही स्तरको आवाज नभएपनि यो निर्णय त्यतैतिर उन्मुख हुन खोजेको देखिन्छ । यो निर्णय परिषदले काम नपाएको बेला कार्यकर्ता तताउन गरेको लहड मात्रै हो कि ? यसको परिणामको मूल्यांकन पनि गरेको छ ? यस विषयमा गम्भरि हुन जरुरी छ ।

‘हिजो आफैआफ आपुंगी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमीभूमि रहिञ्ज्याल तिम्रा शाखा सन्तानले भोग्ये गर । हामीले खोसे मासे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भंग गरोस् ताँबापत्रको तसल्ली मुलुकी लालमोहर बाँधी माथि लेखिने कुल भाइलाई दियौं । इति सम्बत् १८३१ साल मिति सुदी २२ रोज २ वार मोकाम कान्तिपुर राजधानी सुभाय शुभम् ।’

राजा पृथ्वीनारायण शाहले लिम्बुवानसंग गरेको सन्धिको सार हो । यसरी यो सन्धि (लालमोहर) ले लिम्बुवानको सत्तालाई स्वशासनको आधारमा पृथक प्रशासनिक इकाई बनाएर नेपालमा गाभिएको देखिन आउँछ । पृथ्वीनारायण शाहले त्यसबखत सह–राज्यको रुपमा मान्यता दिएको रुपमा यो सन्धिलाई बुझ्नु न्यायोचित हुन्छ । लिम्बुवानको सवाल भनेको आधुनिक नेपालको सार्वभौमिकतासंगपनि जोडिएको विषय हो । लिम्बुवान नेपालमा सह–राज्यकोरुपमानआएको भए त्यतिखेरै वृटिस इष्ट इण्डिया कम्पनीले भारतमा मिलाईसकेको हुन्थ्यो । सन् १८१६ को सुगौली सन्धिको परिणामले पनि यो कुरा देखाउँछ । यद्धपी सुगौली सन्धिले लिम्बुवानलाई तीन फ्याक बनायो । लिम्बुवानको भूगोल सिक्किम, भारत (प. बंगाल) र नेपालमा विभाजन भयो ।

लिम्बुवान मुक्ति मोर्चाका संस्थापक अध्यक्ष वीर नेम्बाङ साउन २२ गतेलाई कालो दिन भन्नु अव्यवहारिक हुने ठान्छन् । उनले लिम्बुवानले भन्ने गरेको ऐतिहासिक पृष्ठभूभि १८३१ को सन्धिलाई मान्नु पर्ने जिकिर गरे । नेम्बाङले भने–‘यो सन्धिलाई नमान्ने हो भने लिम्बुवानको विखण्डन हुन्छ ।’ तर, राष्ट्रिय जनमुक्ति पार्टीको भगिनी संगठन परिषदले ‘कालो दिन’ करार गरेर ऐतिहासिक पृष्ठभूमि माथि मजाक गर्दै आएको छ । त्यसैको परिणामस्वरुप लिम्बुवानमा स्वतन्त्र र वृहत्तरको मुद्धा उठेको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले भने लिम्बुवानलाई ‘नहारेको भूमि’ मान्दै लालमोहरको उच्च मूल्याङ्कन गरेको छ । यसपटक पनि राजमुपा समर्थित लिम्बुवान राज्य परिषदले २२ गतेको कार्यक्रम कालो दिन करार गर्दै कोसीपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको छ । तर, उसले करार गरेको कालो दिनको घोषणाको कूने राजनैतिक मूल्य छैन ।

वास्तवमा लिम्बुवान आधुनिक नेपालमा दुई देशको करार बमोजिम एकै देशमा रहेको तथ्यहरुले देखाउँछ । वि.सं. १६६८ देखि १८३१ सम्म सेन मकवान अन्तरगत स्वायत्तताको आधारमा लिम्बुवान संगठीत थियो । वि.सं. १८३१ साउन २२ गते लालमोहर पछि नेपाल अन्तरगत स्वशासन उपभोग गर्ने गरी संगठीत भयो । गोर्खा राज्यका रघु रानाले नेतृत्व गरेको सेना र लिम्बुवानका काङ्सोरेले नेतृत्वको सेनासंगको सत्र पटकको भिषण लडाँइले पनि युद्धको छिनोफानो नभएपछि अन्त्यमा सिमित स्वायत्तता उपयोग गर्ने सर्तमा नेपालमा गाभिने दुबै पक्षले सहमति गरेका हुन । हुनतः विजयपुरका मुख्तियार बुद्धिकर्णले गोर्खाको स्वामित्व स्वीकार गरेका थिएनन् । तर, अन्य गण प्रमुखहरुले सन्धिलाई स्वीकार गरे । र, यो सिमित स्वायत्ततालाई रणबहादुर शाहको पालादेखि विस्तारै खोसिदै लगियो । जस्को अन्तिम अस्तित्व २०२१ सालमा समाप्त गरियो । यसरी लिम्बुवानले सेन मकवानकालमा १६३ वर्ष, आधुनिक नेपाल अन्तरगत १९० वर्ष स्वायत्तता उपभोग गरि आएको हो । लिम्बुवानको यहि स्वायत्ततालाई आजपनि दश लिम्बुवान सत्र थुम भनेर सम्बोधन गर्ने गरिएको छ । नेपालको अन्य क्षेत्रको संघीयताको माग र लिम्बुवानको माग फरक छ । लिम्बुवानको आजको माग पनि नेपाल अन्तरगत रहने नै हो । वि.सं. २०२१ पछि लिम्बुवानलाई पूर्णरुपमा काठमाण्डु अधिनस्त गरियो । आजको माग भनेको त्यही ‘अधिनस्त’लाई नेपाल राज्य ‘अन्तरगत’मा रुपान्तरण गर्ने हो ।

लिम्बुवानले राजनैतिक मान्यता बारम्बार पाएको हो । राजनैतिक आन्दोलनले लिम्बुवानलाई अनुमोदन गरिसकेको विषय हो । लिम्बुवानले आंशिक संवैधानिक मान्यता पनि पाएकै हो । दोस्रो जनान्दोलन पछिका राष्ट्रिय सरकारले विभिन्न समयमा लिखित प्रतिवद्धता पनि जनाएकै हुन । वि.सं. ०६४ पागुन १८ गते सरकारसंग भएको पाँच बुँदे सहमति र त्यही सालको चैत ६ गते भएको सहमतिमा ऐतिहासिक आधारमा ‘लिम्बुवान’ संस्थागत गर्ने लिखित सहमति पेट बोलीमा प्रस्ट छ । लिम्बुवान जातीय राज्य होइन । लिम्बुवानको ऐतिहासिक पृष्ठभूभिको आधारमा गठन हुने राष्ट्रिय राज्य हो । सिक्काको दुई पाटा भनेझैं लिम्बू जाति र थातथलो खुलेका जातिको मुक्ति पहिलो सर्त हो भने लिम्बुवानवासीकोमुक्तिको प्रश्न दोस्रो सर्त लिम्बुवानको राजनैतिक रुपरेखा हो । वि.सं. १८३१ अघिको लिम्बुवानको पुनस्थापना लिम्बुवानको माग होइन । यस्तो सम्भव पनि छैन । हिजोको सामाजिक, सांस्कृतिक सन्तुलन भंग भएका छन् । आर्थिक सन्तुलन पनि भंग हुने क्रममा छ । लिम्बुवानको माग इतिहास, पहिचान र अधिकारको आधारमा गठन हुने आधुनिक राज्य हो । रुपमा यो लिम्बू जातिसंग अन्तरसंबन्धित लागे पनि सारमा यो लिम्बुवानवासीकोसाझा राज्य हो । यो भौगोलिक, प्रादेशिक क्षेत्रगत राज्य नै हो । यसैले लिम्बूजन्य संगठनले अरुणपूर्वको भूमि दावी गरेका हुन । इतिहासलाई हेरेर, वर्तमानमा टेकेर भविष्यको संघीय संरचनाको एउटा कडी लिम्बुवानलाई जोड्ने हो ।

तर, वि.सं. १८३१ साउन २२ को सन्धिलाई खारेज गर्ने हो भने लिम्बुवानको माग दावी गर्नु व्यर्थ हुन्छ । यो सन्धिले लिम्बुवानको अस्तित्वलाई स्वीकार गरेको छ । अतः साउन २२ गते कालो दिन कसरी हुन सक्छ ? प्रजातन्त्र विघटन गरे बराबरको पुष १ गते, माघ १९ वा असोज १८ जस्तो नेपाली जनताको अधिकार खोसिएको काला दिन जस्तो ‘साउन २२’ को दिन होइन । नेपाली जनताका अधिकार खोसिएका उल्लेखित दिनका बारेमा चुँ नबोल्नेलाई साउन २२ गते ‘कालो दिन’ भन्ने नैतिक अधिकार कहाँबाट प्राप्त भयो ? यस्तो लहडी कुराले लिम्बुवानलाई विखण्डनको भाषमा लैजान्छ ।

किरात राई जातिको इतिहास


किरात राई जातिको इतिहास
इतिहासमा किरात जात भन्नाले मंगोल समुदायमा पर्ने धिमाल दनुवार थारु मगर गुरुङ लगायत सबै पर्दछन् तर वर्तमान अवस्थामा राई लिम्बू याक्खा र सुनुवारले मात्र आफूलाई गर्वका साथ किरात भनेर स्विकारेका छन् । किरात जाति दक्षिण र दक्षिणपूर्वी एशिया क्षेत्रको आदिवासी भएको हुनाले यस जातिको इतिहास अति प्राचीन र व्यापक छ तर यहाँ किरात जातिभित्र पर्ने किरात राईहरुको बारेमा मात्र केही छोटो चर्चा गरिन्छ ।
वल्लो किरात र माझ किरातका रैथाने जाति किरात राईहरु नै हुन् । आधुनिक केन्द्रीकृत राज्य व्यवस्था स्थापना हुनु अगाडि किरात राईहरुमा संघात्मक राज्य व्यवस्था रहेको पाइन्छ । किरात राईहरु हिकिमा योङमा वर्तमान नेपालको पूर्वी भागमा सैकडौं वर्षसम्म सिमित भएर बस्नु परेता पनि उनीहरुको लोक कथा र परम्पराहरु काठमाडौं यलाखिम उपत्यकाका पटुक दरबार र विरुपाक्ष किरात शासनकालसंग जोडिएका छन् ।
त्यसैले किरात राईहरु प्राचीन नेपालका किरात राजा यलम्बरको सन्तान हो भनी गौरव गर्दछन् । तर कालान्तरमा भौगोलिक कठिनता र आर्थिक श्रोतको अभावले गर्दा किरात राईहरु सामान्य कृषक र भारतमा अंग्रेज शासनको बिस्तारपछि ुगोर्खा सैनिकु को रुपमा परिचित भएका छन् ।
किरातहरु संसारकै आदिम मूल जातिहरुमध्येका हुन भन्ने कुरामा दुई मत छैन । कालन्तरमा सोही जातिभित्र विभिन्न थरीका जातिय समुदायहरु विकसित भए र ती नै समुदाय भित्र एक समुदायको रुपमा राई जातिको उत्पत्ति भयो । त्यसपछि भन्न थालियो किरात राई । किरातभित्र राईहरुको उत्पत्ति कहिले भयो भन्ने कुराको इतिहास अत्यन्त खोजको विषय हो । तथापि यसको इतिहासलाई शाके १० शताब्दीदेखि १८ शताब्दीताका ूराईू नाम प्रचलनमा आएको कुरा उल्लेख गरेको पाइन्छ । डा।स्वामी प्रपन्नाचार्य प्राचीन किरात इतिहास पृ।६४२-६४३ त्यस्तै अर्का लेखकले ूराईू शब्द पहिलो पटक शाके १२५९ १३३७ मा जुम्लाका अपाडराजा पुण्यमल्लदेवका कनकपत्रमा ुराईको आदेशु भन्ने वाक्य देखा परेको उल्लेख गरेका छन पृष्ठ दुर्गाहाङ् याक्खाराई किरात हिजो र आज पृष्ठ ४२ । तर यो ूराईू शब्द आउन अगाडि शाके १०१७ मा नै ूरायू शब्द उल्लेख भएको कुरो भारतको गडवालमा प्राप्त शुरवीिसंह पँवारका राजदरवारी निजी पुस्तकालयमा संग्रहित भोजपत्रमा लिखित ग्रन्थहरु- काशिकाबृत्तिको टिप्पणी र काव्यसुधानिधिको रचयितामा उल्लेख भएको ूइति श्री नेपालस्य पूर्वााचल खोटाङक्षेत्रवास्तव्येन चालिङरायकुलभुषणेन हर्कबलीना वीरचिता टिप्पणी समाप्तू वाक्यबाट थाहालाग्छ पृष्ठ४० । तसर्थ ूराईू शब्द ूरायू शब्दको अपभ्रंश रुप हो । राई शब्द कुनै विशेषण विशिष्ट उपाधी वा किरातको कुनै एक वंशलाई जनाउन प्रयोग भएको पाइन्छ । यी तथ्यहरुबाट किरात र राई एक अर्कामा अन्योन्याश्रित पदावलीहरु हुन भन्ने बुझिन्छ । त्यसैले ूराईू भन्ने वित्तिकै त्यसमा ूकिरातू जोडिन्छ । अझ भन्ने हो भने ूराईू लाई जनाउने ूकिरातू शब्दलाई ूकिरातीू भन्ने शब्द पनि जनजिब्रोमा प्रयोगमा आइसकेको पाइन्छ । त्यसैले ुकिरातीु शब्दले चाहि खास राईहरुलाई मात्र जनाउँछ भन्नु अत्युक्ति नहोला । तर ूकिरातू मात्र भन्यो भने राई लिम्बु याक्खा सुनुवार जातिलाई समेत जनाउँछ । अत यी किरातहरु वल्लोकिरात विशेषत सुनुवारहरुको बाहुल्य भएको क्षेत्र माझकिरात राईहरुको बाहुल्य भएको क्षेत्र र पल्लोकिरात भन्नाले लिम्बुहरु बाहुल्य भएको क्षेत्र मानिन्छ । तर यी तीन नै क्षेत्र लगायत अन्य क्षेत्रहरुमा समेत राईहरु छरिएर रहेका तथ्यहरु विस्तारै खुल्दैछन । यहाँ हाम्रो सन्दर्भ तिनै किरात राईहरुको संस्कार र संस्कृतिको बारेमा चर्चा गर्न खोजिएको हो ।
किरात राईहरुको मूल थलो र बसोबास ः
काठमाडौं उपत्यकामा किरात शासन अन्त भएपछि किरातहरुको मुख्य थलो धुलीखेलदेखि पूर्व किरात प्रदेश नै हुनगयो । करीब दुई सय तीस वर्ष अगाडिदेखि पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकीकरण गर्नु अगाडि सुनकोशी नदी पूर्वतिर फैलिएको किरात प्रदेशमा किरात जातिका राई लिम्बु र सुनुवारहरुले राजकाज गर्दथे । किरात भित्रका राईजातिको मुख्य थलो किरात प्रदेश नै थियो ।
बसाइ सराईको कारणले हाल किरात राईहरु विश्वको विभिन्न भाग र मुलुकहरुमा बसोबास गर्न पुगेका छन् । हाल किरात राईहरुको जनसंख्या नेपालभित्र करीब सातदेखि साढेसात लाख र नेपाल बाहिर भारत भुटान वर्मा हङकङ थाइलैण्ड यु।sे।र अन्य मुलुकहरुमा त्यसभन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । यसरी नेपाल र नेपाल बाहिर रहेका किरात राईहरुको कुल जनसंख्या पन्ध्रलाख भन्दा बढी रहेको अनुमान गरिएको छ ।
सन् २००१ को राष्ट्रिय जनगणनाले देखाएको तथ्यांक अनुसार सो वर्षमा नेपालमा राईहरुको जनसंख्या ६३५१५१ थियो जसमध्ये २९४३३७ अर्थात् ४६।३४ प्रतिशत संखुवासभा जिल्ला लगायत माझ किरातका भोजपुर खोटाङ उदयपुर ओखलढुंगा र सोलुखुम्बू जिल्लाहरुमा बसोबास गरेका देखिन्छन् । वल्लो किरातमा पर्ने तीन जिल्लाहरु दोलखा रामेछाप र सिन्धुलीमा किरात राईहरुको जनसंख्या ५७४८ अर्थात् ०।९ प्रतिशत मात्र देखिन्छ । पल्ल्ााे किरातमा पर्ने धनकुटा तेह्रथुम पाँचथर ताप्लेजुङ र इलाम जिल्लाहरुमा किरात राईहरुको जनसंख्या १४४३१९ अर्थात् कुल जनसंख्याको २२।७२ प्रतिशत रहेको छ । पूर्वी तराइका पाँच जिल्लाहरु जस्तैः झापा मोरङ सुनसरी सप्तरी र सिराहामा राईहरुको जनसंख्या १२११५५ अर्थात् कुल जनसंख्याको २० प्रतिशत देखिन्छ । त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं ललितपुर र भक्तपुरमा २८३२५ अर्थात् कुल जनसंख्याको ४।४५ प्रतिशत देखिन आउँछ । बाँकी करीब ५ प्रतिशत राईहरु नेपालका अन्य जिल्लाहरुमा छरिएर रहेका छन् । नेपालको पुरानो बसाइ-सराइ पश्चिमदेखि पूर्वतर्फ भएको कारणले किरात राईहरु आफ्ना मूल थलोबाट पल्लो किरात प्रदेश हुँदै भारत वर्मा र थाइलैण्ड दुई शताब्दि अगाडिदेखि नै पुगेका भएता पनि नेपालको तराइ जिल्लाहरुमा भने सन् १९५० पछि औलो उन्मूलन भए पश्चात् मात्र व्यापक रुपले बसोबास गरेका हुन् ।

Monday, September 17, 2012

लिम्बु भाषा मा जान्नु पर्ने कुराहरु



  • yi tin kura jaruri chha,

    थक्सुबा = आर्मि
    तिल्लिङा = पुलिस थङ = लडाँइ 


  • लिम्वु वार महिना

    आईतवार = तेनेबा
    सोमबार = फोरोबा
    मंगलवार = मिकहाङबा
    बुधवार = खेक्सुबा
    बिहीवार = कुरुप्पा
    शुक्रबार = फसुप्पा
    शनिबार = सेन्छेङ्बा

    बैसाख - थेरेङ्नाम
    जेष्ठ - काप्मेप्पा
    असार - थक्मेप्पा
    साउन - सिसेक्पा
    भदौ - थेसेक्पा
    असोज - सिसेक्रो
    कात्तिक - थेसेक्रो
    मङ्सिर - सेन्छेङला
    पुष - सिसेक्ला
    माघ - कक्फेक्वा
    फागुन - साप्फेक्वा
    चैत - चेरेङनाम

    हामी लिम्बुहरुको महान चाडपर्ब (तङ्नाम्) महिना अनुसारको (उभौली र उधौलि)


    साउने सङ्रान्ती (सिसेक्पा तङ्नाम)
    माघे सङ्रान्ती (कक्फेक्वा तङ्नाम्)

    अरु चाडपर्बहरु:

    चैते दशै (चेरेङ्नाम तङ्नाम्)
    तिहार (बलिहाङ तङ्नाम्)

    दिशाका (दिशा-पिसाङ) नामहरु:

    पूर्व - नाम्गेत
    पश्चिम - नाम्था
    उतर - थाङ्गेत
    दखिन - लाङ्गेत

    पिसाङ = पटी पनि बुझिन्छ।।।। जस्तै "तिमी पटी - खेने पिसाङ)

    याक्थुङ निसाम हिम ओ अानि पान हुसिङरो

    घरयासी वोलचालको रूपमा वोलीने केहि लिम्वु शब्दहरू
    लिम्वु - नेपाली
    सम्वोधन गर्दा वोलीने शब्दहरू
    सेवारो - नमस्कार
    अाङगा - म
    खेने - तिमी
    हेने - तपाइ
    खेन्छि - उनिअानी - हामी
    अादाङबा - महोदय (पुरूष)
    अादाङमा - महोदय (महिला)
    तुतुगेन - माननीय श्रीमान
    सिसागेन - माननीय सुश्रि श्रीमति
    चुम्मे ( लुङवा ) - साथि
    भान्सा कोठामा वोलीने शब्दरू
    हिम - घर
    हिमदाङ - भान्सा कोठा
    हिमदाङबा - घर मालिक
    हिमदाङमा - घर मालिक्नी
    मि - अागो
    चुवा - पानी
    सिङ - दउरा
    खाप्पु - खरानी
    अगेना - चुलो
    लुङखुङ - अचार पिस्ने
    मिखु - धुवा
    निगे - तेल
    युम - नुन
    मच्चि - खुर्सानी
    माखो - लसुन
    फेजा - खुकुरी
    वाफे - हसिया
    च्याथ्या - थाल
    खोरे लुम्बा - वटुका
    खप्या - भाडा
    ताम्सीरी - कुच्यो
    लखुम - अागन
    खानाको परिकार सम्वन्धी
    तक - भात
    सुम्वाक - तिहुन
    या - धान
    यासा - चामल
    माकी - मकै
    सि - गहु /जहु
    फेना - फापर कोदो
    नुधि - सब्जी
    मुदङखे - अालु
    हिमखे - घर तरूल
    ताङभुङखे - बन तरूल
    सिमि - बोडि
    याक्को - फर्सि
    लभेन्दा - गोलभेडा
    लावक - मुला
    सरिमसे - सुन्तला
    अाम्बे - अाप
    पइत - काक्रो
    सगि - सिस्नु
    करि - दाल
    च्याम्बी - मास
    प - च्याउ
    याङवेन - पहाडमा पाइने झेउ
    जनावर, पंक्षी तथा जीव सम्वन्धी
    मना - मानिस
    सबा - वादर
    सावा रागा - भैसि
    पिथ - गोरू गाइ
    फाक - सुगुर
    मेदा - वाख्रा
    कोचो /ख्याबा - कुकुर
    म्यङ - विरालो
    सुबा - मुसा
    सिगेबा - वाघ
    पु - चरा
    वा - कखुरा
    असेक - सर्प
    तना - गडोंला
    साइनो सम्वन्ध सम्वन्धी
    थेबा - बाजे
    युमा - बोजु
    पापा /अाम्बा- बुबा
    मामा /अाम्मा - अामा
    अासा - छोरा छोरी
    मेन्छा - नाति /नातिनी
    तुम्बा - वडाबा
    तुम्मा - वडिअामा
    फवा - काका
    अान्छिमे - काकी
    नाक्पा/ नाक्मा - भतिज /भतिजी
    अाङगुवा - मामा
    अाङगुमा - माइजु
    लाम्सा भान्जा - भान्जी
    अाम्फु - दाजु
    अान्सा -भाइ /वहिनी
    अान्ने - दिदी
    अान्ये - फुपु
    सोमिते - भाउजु
    पाङली - वुहारी जुवाइ
    कुङबा - साला सोल्टी
    फु तरे - भेनाजु
    मेत - स्वास्नी
    यम्वा - लोग्ने
    कापोपा - वुढो
    काप्मुवा - वुढि
    हिन्जा विच्छा - केटा केटि
    अवेङवा - नानी
    तरेवा - पहुना केटा
    तरेमा - पहुना केटि
    थाङवेन - तन्धेरी
    मेन्छया - तरूनी
    यम्विच्छा - केटा
    मेन्छिमा - केटि
    शैक्षीक सामाग्री
    साप्ला - किताप
    कुखेसाप - कपि
    नाक्चा - कलम
    निशाम हिम - स्कुल
    याक्फा - कक्षा कोठा
    सिक्साम्वे - गुरू
    सिक्साम्मे - गुरुमा
    केहि महत्वपुर्ण शब्दहरू
    हाङ - राजा
    माङ - देवता
    हाङयुक्ना - दरवार
    माङयुक्ना - मन्दिर
    तुम तुम्याङ - प्रधान मन्त्रि
    तुम्याङ - मन्त्रि
    थोसुथिम्बा - अध्यक्ष
    फा थोसुथिम्बा - उपाध्यक्ष
    सुहाङमिबा - सिचव
    फा सुहाङमिबा - सह सचिव
    याङदाङबा - कोषाध्यक्ष
    पासिङ पादङ - सदस्य
    लाजे - देश
    तेङ गप - विकास क्षेत्र
    थुमगप - अन्चल
    थुम - जिल्ला
    पाङयक - शहर
    पाङभे - गाउ
    थुम पोरक - जिल्ला समिति
    पाङभे पोरक - गाउ समिति
    साम्यो - धर्म
    साक्थिम - संस्कृति
    इक्सा - धर्ति
    खाम्बेक - माटो
    ताङसाङ - अकाश
    नाम - घाम
    लाबे - जुन
    लुङ - ढुङगा
    हुइत - वर्षा झरि
    लुब्ली - भुइचालो
    तिम्बक - वन्दुक
    यङघङ - खोला
    वराक - पोखरी
    वाहाङ - समुन्द्र
    ताङभुङ - बन
    फक्तालुङ - हिमाल सगरमाथा
    इक्ला - स्वर
    साम्लो - गीत
    साम्मिला - कविता
    ताङखा - मुक्तक
    इङखङ - समाचार
    पिज्या - चुरोट
    ==========


    जानि राखे राम्रो है....
    लिम्बु भाषामा राशिको नामहरू
    १-अनाम्-मेष
    २-वक्ला-वृष
    ३-कनाम्-मिथुन
    ४-हक्ला-कर्कट
    ५-मनाम्-सिंह
    ६-पक्ला-कन्या
    ७-रनाम्-तुला
    ८-नक्ला-बृश्चिक
    ९-थनाम्-धन
    १०-खक्ला-मकर
    ११-सनाम्-कुम्भ
    १२-चक्ला-मिन
    श्रोतःमिक्हन किराँत बर्णमाला

संघीय यात्राः एक रिपोर्ट–२-1 – कुमार लिङ्देन ‘मिराक’

संघीय यात्राः एक रिपोर्ट–२

– कुमार लिङ्देन ‘मिराक’

संघीय मञ्च र यससम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सदस्य रहेको ‘नेपाल संघीय जन–गणतान्त्रिक मोर्चा’ले लिम्बुवानदेखि थरुहटसम्म आयोजना गरेको गोलमेच/अन्तरक्रिया कार्यक्रमहरूको बारेमा रिपोर्ट लेखिरहेको छु । गत अङ्कमा लिम्बुवानदेखि तमुवानसम्मको लेखियो । यस अङ्कमा बाँकी यात्रा रिपोर्ट लेख्ने जमर्को गरिएको छ ।

भाद्र ७ गते पोखरामा अन्तक्र्रिया सकियो । पोखराको अन्तक्र्रियाले गोलमेचको रुप लियो । भाद्र ८ गते बिहान मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कास्की सम्पर्क समितिले तमुवान भोलेण्टियर्ससँग अनुभव आदान–प्रदान कार्यक्रम भयो । कार्यक्रम सकेर भाद्र ८ गते बिहानको बिहानको ११ बजे पाल्पाको तानसेन जाने गाडी चढियो । एउटा पोखराबाट तानसेन र अर्को पोखरादेखि नारायणगढ बुटुवलहुँदै तानसेन जानो बाटो रहेछ । पहिलो बाटो सर्टकत छ तर दोस्रोबाटो अलिक बढी सुरक्षित मान्दारहेछन् । केहीबेर गाडी यात्रा गरेपछि कास्की र स्याङ्जाको सिमानामा पुगियो । त्यसक्षेत्रको भौगोलिक अवस्थाबारे म पूरै अनभिज्ञ थिएँ । छेउको साथीहरूबाट स्याङ्जा, कास्की, पर्वत, गुल्मी, पाल्पा, नवलपरासी, कहाँकहाँ पर्छ भनेर जानकारी लिने प्रयास गरेँ । स्याङ्जाको बारेमा निकै धेरै सुनेको थिएँ । हुन पनि, नेपालको कर्मचारीतन्त्रमा स्याङ्जा र गुल्मीतिरका ब्राह्मण जातिको ठूलो बर्चस्व छ । स्याङ्जाली र झापालीहरूको बारेमा अनेक किस्साहरू पनि छन् । मनमनै सोचिरहेँ– कसरी स्याङ्जालीहरूले नेपालको कर्मचारीतन्त्रमा यतिधेरै बर्चस्व कायम गर्न सके होलान् ? हुन त, नेपालको पछिल्लो २५० वर्षे इतिहासमा नेपालका आदिवासीहरूलाई सखाप बनाउने अभियानको गुरु योजना यही स्याङ्जा, कास्की, लमजुङ र गोर्खातिर बनेको देखिन्छ । सायद, त्यसैको अवशेषको रुपमा अहिले पोखरामा तमुवान आन्दोलनलाई दबाउने षडयन्त्रहरू भइरहेका छन् । तर, अर्को कुरा त्यही पोखरामा हजारौं तमुवान भोलेण्टियर्सहरू सङ्गठित भएर तमुवान प्राप्तिको आन्दोलनमा लामवद्ध पनि भइसकेका छन् । जहाँ दमन त्यहाँ प्रतिरोध पनि हुन्छ– न्युटनको चालसम्बन्धी तेस्रो नियमले यसै भन्छ ।

माथि भनिएँझैँ आजभन्दा २५० वर्षअघि यही तमुवान क्षेत्रमा एउटा गुरुयोजना वा ‘किलिङ मिशन’ बन्यो । त्यो मिशन भनेको नेपालका आदिवासीहरूको भाषा, धर्म, संस्कृति, इतिहास, अस्तित्वलाई सदासदाको लागि ध्वस्त गर्ने थियो । त्यो मिशन अभिजात वर्गका सबै पुस्तालाई पढाइयो र उनीहरू त्यसरी नै तयार भए । ‘‘मैले जागिर खाँदाखाँदै पनि त्यो किलिङ मिशन पूरा गर्नुपर्छ, म पञ्च भएपनि, काँग्रेस भए पनि, र कम्युनिष्ट भए पनि त्यो मिशनलाई साथ दिइरहेको हुनुपर्छ’’ भन्ने कुशिक्षा ती अभिजात भनिएका वर्गका पुस्ताहरूलाई सिकाइयो । अनि, यदि कोही एकजना गृहमन्त्रालयको सचिव भयो भने उस्ले त्यही मिशनअन्तर्गत आफ्ना सारा भाइ–बन्धुहरूलाई आफू मातहतको विभागमा थुपा¥यो । यसरी नै स्याङ्जाली, गुल्मेलीहरूको पकड बन्यो– नेपालको व्युरोक्रेसीमा । अर्कोतिर, विचरा आदिवासीहरू– आफ्नै तालमा रोदी र पालाममा मात्र भूलिरहेका थिए । त्यो आफूमाथि भइरहेको किलिङ मिशनको बारेमा केही थाहा भएन । केन्द्रीकृत राजसत्ताले प्रत्येक आदिवासी जनजातिहरूको अस्तित्वको हत्या गरिरहेको छ । तर पनि तिनै आदिवासी जनजातिहरूलाई थाहा छैन । अनि कसै विद्वान अगुवाहरूले ती आदिवासीहरूलाई बुझ्ने गरी बुझाउन पनि सकेका छैनन् । कतिपयले बुझाउन खोज्छन् तर केवल दिमागले मात्रै । ग्राउण्डमा रहेका आदिवासीहरूको दिल छुने गरी कसैले बुझाउन सकेका छैनन् । ग्राउण्डमा रहेका आदिवासीहरूलाई लागेको छ– ‘‘हो हमी पीडित छौं तर हामीलाई बुझाउन आइ टोपल्ने अगुवाहरू पनि हाम्रो अनुहारलाई भ¥याङ बनाएर भत्ता र सत्ताकै लागि आएका छन् ।’’ उनीहरूको दिल÷आत्मालाई विश्वस्त पार्न सकिएको छैन । जबसम्म ती उत्पीडितहरूको आत्मालाई जगाउन सकिँदैन तबसम्म ‘सम्पूर्ण क्रान्ति’ सम्भव छैन । ती लाखौं उत्पीडित समुदायको विश्वास प्राप्त गर्न अगुवा भनिएकाहरू आत्मादेखि नै लाग्नुपर्ने हो । ‘‘मैले सांसद÷मन्त्री पाउँछु वा पाउँदिन, काठमाडौंमा मेरो महल बन्छ या बन्दैन ? त्यो प्रमुख कुरा होइन । हाम्रो समुदायले अधिकार पाउँछ कि पाउँदैन’’ भनेर लाग्नुपर्दछ । ग्रउण्डमा रहेका उत्पीडित समुदायहरूको मनस्थिति परिवर्तन गर्न चाहने आगुवाहरूले पहिले आफ्नै मनस्थिति परिवर्तन गरेर गाउँ जाने हो भने नेपालमा ‘‘सम्पूर्ण क्रान्ति’’ को सम्भावना ज्युँदो छ । नेपाल पुरानो र तर ज्युँदो देश हो । यो देशले आधुनिक शिक्षाको अभावमा दिमाग विकास गर्न सकेन होला तर नेपाली जनतासँग ‘‘ज्युँदो आत्मा’’ छ । गर्वका साथ भन्दा हुन्छ ‘‘नेपाल ज्युँदो आत्मा भएको ज्युँदो देश हो । यहाँ सम्भावनाको मूलहरू धेरै छन् ।’’

यस्तै कुराहरू खेलाउँदै म तानसेनतिर हुँइकिरहेको थिएँ । त्यस्तो साँगुरो बाटोमा त्यत्रो स्पीडमा गाडी कुदाइरहको छ ड्राइभर निस्फिक्री ! गाडीमा चढ्ने उत्रने हाइस्कुलको नानीहरूको अनुहारहरू हेर्छु– सबै जातिका नानीहरू छन्, सबैको अनुहार कति निर्दोष छ । अनि मनमनै सोच्छु– यी निर्दोष अनुहारहरूमा आखिर केले भरिदिन्छ घृणा र सङ्कीर्णताको त्यो वीषहरू ? हाइस्कुलसम्म सबै अनुहारहरू निर्दोष हुन्छन् । जब स्कुलको तह बढ्दै जान्छ, आदिवासीहरू, दलितहरूमाथिको दृष्टिकोण रुखो, खस्रो बन्दै जान्छ । आदिवासीहरूले आफ्नो भाषा, अस्तित्वको कुरा गरे भने साम्प्रदायिक र विखण्डन हो भनेर भन्न लगाइन्छ । ‘‘यी अनुहारहरू दोषी हुन् कि अनुहारहरूको दिमागमा वीष छरिदिने संस्था÷संरचनाहरू दोषी हुन् ? अरु गहिरिएर सोच्छु । त्यसबेला झसङ्ग लिम्बुवान आन्दोलनलाई सम्झन्छु । किनकि लिम्बुवान आन्दोलनले यी प्रश्नहरूको उत्तर पहिले नै प्राप्त गरिसकेको छ । ‘‘अनुहारहरू होइनन्, अनुहारको दिमागमा अर्को जातिको विरुद्धमा वीष छरिदिने एकात्मक मिशनको दोष हो । लिम्बू जातिमा पनि धेरै राम्रा मान्छेहरू छन् । बाहुन जातिमा पनि धेरै राम्रा मान्छेहरू छन् । लिम्बू जातिमा पनि धेरै नराम्रा मान्छेहरू हुनसक्दछन् र बाहुन जातिमा पनि धेरै नराम्रा मान्छेहरू हुन सक्छन् । मुख्य कुरा, त्यो मान्छेले कस्तो खालको स्कुलिङ पाएको छ ? त्यसमा निर्भर हुँदो रहेछ । यदि उसले ‘‘संघीय सह–अस्तित्वको स्कुलिङ पाएको छ भने ऊ जुनसुकै अनुहारको भए पनि राम्रो मान्छे हुनेछ । लिम्बुवानको आन्दोलनको यो बुझाइले मात्र मन शान्त पार्यो ।

पोखरा, स्याङ्जा र पाल्पाहुँदै बुटवल जाने गाडी ठ्याक्कै तानसेनमा चाहिँ नपुग्दो रहेछ । तानसेन चोकभन्दा अलिक तल रोकेर उक्त गाडी बुटवल जाँदो रहेछ । आफू चढेको गाडीबाट ओर्लिएर तानसेन बजारतिर उकालिएँ ।

मगरात क्षेत्रको पाल्पा जिल्लामा मगरहरूको सबैभन्दा घनाबस्ती रहेछ । नेपालका अधिकांश ठाउँ, गाउँहरूमा आदिवासीहरूको घनाबस्ती भएता पनि जिल्ला सदरमुकामहरूमा उपस्थिति न्यून छ । तर, पाल्पाको सदरमुकाम तानसेनमा मगरहरूको राम्रो उपस्थिति देखेर खुशी लाग्यो । तानसेन पुगेपछि सम्पर्क व्यक्ति बसन्त घर्तीमगरजीलाई सम्पर्क गरेँ । उहाँहरू नगरपालिका हलमा भोलिको कार्यक्रमको लागि तयारी गर्दै हुनुहुन्थ्यो । नगरपालिका छेउमा कलशको ठूलो मूर्ति देखेँ । ठ्याक्कै धनकुटा हिलेको चोकमा तोङ्बाको मूर्ति राखेजस्तै र जत्रै पनि । नेकपा–माओवादीका पाल्पा जिल्ला सहइञ्चार्ज धिरज राना मगर भाइले तानसेनको सिरानतिर घुमाउनु लानुभयो । तानसेनको सिरानमा सल्लाघारी छ । त्यसलाई श्रीनगर भनिँदो रहेछ र त्यो घुम्न लायकको ठाउँ रहेछ । ‘‘तानसेन हावापानी र भौगोलिक बनावटले एसियाकै सुन्दर ठाउँ हो’’ भनेको पनि सुनेँ । त्यति धेरै त मलाई थाहा भएन । तर नेपालको सुन्दर ठाउँहरूमध्ये तानसेन एक हो । यहाँको हावापानी मन पराएर राणाहरूले पाल्पालाई पश्चिमको प्रमुख गौंडा बनाएका रहेछन् । सायद, यहाँको हावापानीको कारणले होला विदेशीहरूले पनि तानसेनलाई पहिले नै रोजेका रहेछन् । २०१२/१५ सालतिर देखि नै यहाँ ठूलो मिशन अस्पताल सञ्चालनमा रहेछ । अहिले २ वटा नर्सिङ क्याम्पस र एउटा एम्.वी.वी.एस्. क्याम्पस सञ्चालनमा रहेछ । तानसेनको शीरबाट बजारतिर हेर्दा एउटा राणाकालीन दरवार पुनः मर्मत गरेर सिध्याउनै लागेको देखेँ ।

भाद्र ९ गते तानसेनको नगरपालिका हलमा मोर्चाको कार्यक्रम सुरुभयो । उपस्थिति एक्दमै राम्रो थियो । नेकपा एमाले नेता ठाकुर गैरेले भने– ‘‘हाम्रो एमाले पार्टीलाई त्यतिसारो गाली नगर्नुस् । हाम्रो पार्टी वैज्ञाकि दृष्टिकोणमा चल्छ । नेपाली काँग्रेसजस्तो अदालतले भ्रष्टाचारी ठह¥याएको खुमबहादुर खड्का पक्षमा कम्तीमा दाङ जिल्ला त बन्द गर्दैन ।’’ यसको प्रत्युत्तरमा नेकपा (एकीकृत) का पोलिटव्युरो सदस्य रामसिंह श्रीस मगरले भने– ‘‘एमालेले कांगे्रसकले जस्तो दाङ जिल्ला बन्द नगराए पनि विराटनगरमा पत्रकार कुट्नु ठीक छ भन्ने महेश बस्नेतहरू पक्राउ पर्दा त मज्जाले नै तोडफोट गर्छ नि होइन ?’’ यो प्रतिउत्तरमा सहभागीहरूबाट लामो ताली बजेको थियो । राष्ट्रिय जनमोर्चाका रमेश कँडेलले भने– ‘‘कुमार जी जनमोर्चालाई लिम्बुवानबाट खेद्ने तपाइँहरू नै होइन ?’’ मैले आफ्नो पालोमा भनेँ– ‘‘लिम्बुवान, तमुवान, मगरात नामहरूप्रति तपाइँहरू सहज भइदिनोस् । यहाँ तानसेन बजारमा सयवर्षअघि बनेको राणाकालीन दरवारको पुनर्मर्मत गर्न करोडौं रुपैयाँ सरकारले लगानी गरेको छ । त्यसमा तानसेनवासीको पनि समर्थन छ । किनभने, तानसेनको इतिहास नमरोस् भनेर त्यो दरवारको इतिहास नमरोस् भनेर । हिजोअस्ति वा एकसय वर्ष पहिलेको ढुङ्गा माटोको दरवारको इतिहासको माया तपाइँहरूलाई त्यति धेरै लाग्छ । अनि, यो माटोमा हजारौं वर्षअघि सिर्जिएको ‘‘मगरात’’को इतिहासको मायाचाहिँ लाग्दैन होइन त ? हजारौं वर्ष अघि सिर्जिएको ‘‘मगरात’’को इतिहास लाई माया गर्नुस् र एकसय वर्ष पहिले बनेको त्यो दरवारको इतिहासलाई पनि माया गर्नुस् । त्यसलाई ‘‘संघीय सह–अस्तित्ववाद’’ भनिन्छ ।’’ यो तर्कले पाल्पाली नेताहरूको टाउकोमा निकै गजबले प्रहार गरेझैँ लाग्यो । एमाले, कांगे्रसका जिल्लास्तरीय नेताहरूले पनि अन्त्यमा भेटेर भने– ‘‘हामीलाई पनि चित्त बुझ्यो । लिम्बुवान आन्दोलन त्यतिकै अघि बढेको होइन रहेछ । तर्क र संघीय बुझाइले पोख्त रहेछ–लिम्बुवान ।’’ छुट्टिननेबेलासम्म पनि नेकपा–माओवादीसँग सम्बद्ध मगर नेताहरूले भनिरहेका थिए– ‘‘कुमारजी, जहाँ गए पनि मगरात र तानसेनको दरवारको इतिहास भन्न नछुटाउनु होला । यस्तो तर्क त हामीले पढेको माक्र्सवादमा कही छैन । कहाँबाट आउँछ– यस्तो कुराहरू ?’’ मैले भनेँ– ‘‘साथीहरू, काली–गण्डकीभन्दा लामो छ धरती र आदिवासीको पीडा र दर्दका इतिहासहरू । त्यो पीडाभित्र डुब्नसक्नु पर्दछ !’’ जनमोर्चाको उत्तर दिँदै मैले भनेँ– ‘‘जनमोर्चालाई मात्र रोकेको होइन । लिम्बुवानमा स्ववियुको चुनवामा पनि त भएको छैन । लिम्बुवानमा निर्वाचन आयोगको फोटोसहितको मतदाचता नामावली सङ्कलनलाई पनि त हामीले एक वर्षसम्म रोक्यौं । यो आन्दोलनको संघीय क्रान्ति हो । लिम्बुवान स्थापना भइसकेपछि जनमोर्चा आउनु होला । हामी तोङ्बा दिएर स्वागत गर्नेछौं । तर लिम्बुवान प्राप्त नभइञ्जेल कोशी नकाट्नु होला ।’’

तानसेनमा कार्यक्रम सकिएको बेलुकी नै म र नेकपा (एकीकृत) का राम श्रीस मगरजी बुटवल झ¥यौं । तानसेनदेखि बुटवलको बाटो धनकुटादेखि धरानजस्तै होला भन्ने सोचेको थिएँ । तर अलि फरक रहेछ । बीचमा कही पनि उकालो पर्दैन रहेछ । दुई घण्टाको गाडी यात्रामा मनमा अनेक कुराहरू खेले– ‘‘मगरात क्षेत्रका अधिकांश साथीहरू कम्युनिष्ट स्कुलबाट स्कुलिङ भएका छन् । हामी आदिवासीहरूको दुर्दशा कहाँबाट सुरुभयो त ? जब २५० वर्षअघि मगरात, तमुवान, लिम्बुवान, राज्यहरूलाई गाोरखालीहरूले ध्वस्त गरे तब आदिवासीको समुदाय निरन्तर ध्वस्तीकरणमा छ । अर्कोतिर कम्युनिष्ट स्कुलले त्यही भन्छ– राज्यहरू चाहिँदैन, समुदाय केही होइन, वर्ग प्रमुख कुरा हो । गोरखालीहरूको एकात्मक मिशन र कम्युनिष्ट मिशन ठ्याक्कै मिल्छ । त्यसको तत्कालीन उदाहरण जनमोर्चाको चित्रबहादुर केसी हुन् । उनी कम्युनिष्ट पनि हुन् साथै एकात्मकवादी पनि हुन् । यो गुदी कुरा कसरी बुझाउने होला ? कम्तीमा तमुवान, मगरातको गाउँघरमा एकदुई वर्ष घुमफिर गर्ने हो भने केही परिणाम निस्कन्थ्यो होला ।

भाद्र १० गते बुटवलको उद्योग वाणिज्य संघको हलमा अन्तक्र्रिया कार्यक्रम सुरुभयो । हल पनि ठूलो थियो र उपस्थिति पनि भव्य नै । नेकपा–माओवादीका नेतृ उमा भुजेलका अनुसार नेपालभरमा नै सायद नयाँ माओवादी पार्टीको सबैभन्दा राम्रो पकडक्षेत्र बुटवल हो । त्यहाँको उपस्थिति देख्दा होला पनि जस्तो लाग्यो । त्यहाँ उपस्थित जनताहरूलाई पनि बौल्ने पालो दिइएको थियो । जनताहरूले प्रचण्ड र बाुरामप्रति यतिधेरै आक्रोश पोखे कि सायद सरकारबाट हटेपछि प्रचण्डलाई गाउँ जान धेरै गाह्रो पर्लाझैं । बोल्ने प्रायः वक्ताहरूको घर परिवारका सदस्यहरू युद्धको दौडानमा क्षति भएकाहरू थिए । मैले बौल्ने क्रम्मा ‘‘जय लिम्बुवान’’ भनेकोमा पनि केही मधेशी साथीहरूले आपत्ति जनाए । ‘‘यो अवध राज्यमा आएर पनि कुमारजीले ‘जय लिम्बुवान’ भन्ने ? यो भएन नि !’’ उहाँहरूको बुझाईप्रति मेरो भन्नु केही थिएन । अन्त्यमा, माओवादीका सीपी गजुरेलले भनिदिनु भयो– ‘‘हरेक आन्दोलनले केही सम्माननीय शब्दहरू जन्माउँछ । लिम्बुवान आन्दोलनले ‘‘जय लिम्बुवान’’ भन्ने शब्द जन्माएको छ, हामीले ‘‘लाल सलाम’’ भनेजस्तै ।’’

भाद्र ११ गते दाङको घोराही लाग्ने गाडीमा चढेँ । फेरि, मनभरि कुराहरू खेले– ‘‘थरुहट आन्दोलन के हुँदै होला । एकपल्ट उचाइमा पुगेको आन्दोलन तर नेतृत्वहरूको सही अडान नहुँदा धेरै खस्केको छ भन्ने सुनेको छु । म मञ्चको महासचिव हुँदा ०६३ सालतिर दाङको लमही आएको थिएँ । लमहीमा खाजा खान गाडी रोकिँदा ती दिनहरूको याद आयो । के गर्ने ? हामी विभिन्न बुझाई, विभिन्न पृष्ठभूमि र स्कुलिङबाट यो पहिचानसहितको संघीय आन्दोलनमा आएका छौं । चाहँदा चाहँदै पनि एकरुपता हुँदैन । मञ्चबाट थरुहटका साथीहरू अलगिन आँट्दा मैले भनेको थिएँ– ‘‘इतिहासमा सबैभन्दा उत्पीडित थारु समुदायका तपाइँ नेताहरू कसैले बहकाउँदैमा नबहकिनोस् । किनकि, हामीहरू वास्तविक मुक्ति चाहनेहरूको भेट भएको छ । यो एकतालाई नतोडौं । तर उहाँहरूले सुन्नु भएन र मञ्चबाट÷लिम्बुवानसँग सम्बन्ध तोड्नु भयो ।’’

घोराही पुग्दा नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तिलबहादुर पुन मगरजी लिन आउनु भएको थियो । उहाँसँगै गएर होटलमा बस्यौं । धेरै कुराकानीहरू भए । तिलबहादुर जीले विश्लेषण गर्नुभयो– ‘‘दाङमा थरुहट आन्दोलन अझै सशक्त नहुनुको कारणहरूमध्ये थारु नेताहरूले हामीजस्ता आदिवासीहरूलाई समेट्न नसक्नु वा नखोज्नु हो । थरुहट राज्य परिषदको केन्द्रीय समतिमिा हामी मगरलाई पनि राख्नु भनेकै हो । तिमीहरू मात्र भयौ भने धेरै झगडा हुन्छ, हामी पनि भयौं भने सन्तुलित हुन्छ र आन्दोलन पनि मजबुत हुन्छ ।’’ तिलबहादुरज्युले भनेका कुरामा केही प्रतिशत सत्यता छ । लिम्बुवान आन्दोलनको अनुभवबाट पनि प्रष्ट छ– कम्तीमा लिम्बुवान, थरुहट चाहने सबैलाई समेट्न सक्नु राम्रो हुँदो रहेछ ।

भाद्र १२ गते घोराहीको नगरपालिका हलमा अन्तक्र्रिया सुरुभयो । कार्यक्रमो सुरुमा नै नयाँ माओवादी र एमाओवादीको तिखो शब्द प्रहार सुरुभयो । सीपीजीले प्रचण्डलाइ दह्रो झटारो हाने । पद, पैसा र सुविधामा प्रचण्ड चुर्लुम्म डुबेका छन् भने । उता, एमाओवादीका नेताले भने– ‘‘सिपीजी तपाइँ त्यति तल झरेर प्रचण्डलाई गाली नगर्नुस् । सुविधा त सबैले उपभोग गरेकै छौं । सत्तामा गएपछि त्यो हँुदो नै रहेछ । तपाइँ पनि पजेरो चढेर घोराही आउनु भएको छ । के तपाइँ हिँडेर घोराही आउनुसक्नु हुन्छ ?’’ मैले मनमनै सोचेँ– ‘‘जब ठूलो आन्दोलन वा क्रान्तिबाट मुख्य नेताहरू विमुख हुन्छन् तब उसका आउरे भाउरेहरू यस्तै सानातिना तर्कले आफ्नो टिमलाई सही देखाउने दुष्प्रयास गरिरहन्छन् ।’’ घोराहीको अन्तक्र्रिया निकै चर्कियो । जनमोर्चा दाङको अध्यक्ष खुमबहादुर विष्टले भने– ‘‘हेर्नुस् त अहिले कति शान्ति छ । जेष्ठ १४ अघि विभिन्न जातीय पार्टीहरूले आन्दोलन गरेर झण्डै बर्बाद गरे नि ।’’ आफ्नो पालोमा मैले भनेँ– हामी सबै जातिहरूको सह–अस्तित्वको कुरा गर्नेचाहिँ साम्प्रदायिक र विखण्डनकारी हुने अरे । अनि एउटै जाति, भाषाको वर्चश्वको कुरा गर्ने जनमोर्चा र राप्रपा नेपालहरूचाहिँ राष्ट्रिवादी हुने अरे ! जनमोर्चाहरूको राष्ट्रवाद भनेको मण्डले राष्ट्रवाद हो । जनमोर्चाजस्ता पार्टीहरू बढ्दै जानु भनेको नेपाल टुक्रिँदै जानु हो । त्यसैले तपाइँहरू साँच्चिकै नेपाललाई माया गर्नु हुन्छ भने जनमोर्चाजस्ता पार्टीहरूबाट राजनीनामा दिएर देश र जनतालाई सहयोग नर्गुस् ।’’ मैले फेरि भनेँ– ‘‘अस्ति बाबुरामले मुख्य सचिव बनाउँदा मुख्य सचिव बन्न नपाएको झाँेकमा अरु ६ जना उच्च सचिवहरूले राजीनामा दिए । मन्त्रालायको सचिव भनेको धेरै ठूलो कुरा हो । तर, त्यो मन्त्रालयको सचिवलाई पनि मुख्य सचिव हुन नपाउँदा चित्त दुख्दो रहेछ, मन रुँदो रहेछ, छात्तिमा असहैय पीडा हुँदो रहेछ, र अन्तमा पीडा थाम्न नसकेर राजीनामा दिँदो रहेछ । मुख्य सचिव नहुँदा उच्च सचिवहरूको मन त्यति धेरै दुख्दो रहेछ, त्यस्तै हो भने २४० वर्षदेखि नेपालका आदिवासीहरू आफ्नै बल÷तागतले पियनसम्म पनि हुन सकिरहेका छैनन् । उनीहरूको मन कति दुखेको होला । यो देश, यहाँका राजनैतिक पार्टीहरू, यहाँका जनमोर्चाहरूले त्यो अनुभूति गर्न सक्छ ? सक्छ हाम्रा पीडाहरूलाई नाप्न ?’’ हलमा लामो समय ताली बज्यो । मैले थपेँ– ‘‘त्यसैले, लिम्बुवान, खम्बुवान, तामाङसालिङ, नेवाः, तमुवान, मगरात, आदि नामहरूमा सहमत भइदिनुस् ।’’

नेकपा–माओवादीको केन्द्रीय बैठकको कारणले भाद्र १४ सुर्खेत र १५ महेन्द्रनगरमा हुने कार्यक्रम स्थगित भयो । तर, मलाई पश्चिम क्षेत्रको भू–राजनीतिक भ्रमणको इच्छा भएकोले भाद्र १३ गते घोराहीबाट नेपालगञ्जतिर हिँडे । राजमार्गको कोहलपुरबाट दक्षिण जाँदा नेपालगञ्ज पुगिँदो रहेछ र त्यहाँबाट उत्तर जाँदा सुर्खेत पुगिँदो रहेछ । नेपालगञ्जमा पाइलासम्म राखियो तर त्यहाँको बारेमा धेरै कुरा बुझ्ने मौका पाइएन । म, भाद्र १३ गते नै नेपालगञ्जबाट कैलालीको सदरमुकाम धनगढीतिर लागेँ ।

राजमार्गको अत्तरिया भन्ने ठाउँबाट दक्षिण गएपछि धनगढी पुगियो । भोलि भाद्र १४ गते बिहान धनगढी बजार घुमेँ । थरुहटकोबीचबाट कसरी अखण्ड सुदुरपश्चिम आन्दोलनको सुरुभयो यही धनकढीबाट ? मनमा अनेक प्रश्नहरू खेले । धनगढीका ९८ प्रतिशत दोकानहरू सुदुर पश्चिमका पहाडबाट झरेका मान्छेहरूको नै रहेछ । त्यहाँको अञ्चल अस्पतालको गेटमा ‘‘सुदुरपश्चिम स्वायत्त सरकार’’ लेखेको थियो, त्योबाहेक केही लेखेको देखिन । धनगढीमा आदिवासी जनजाति महासंघका अध्यक्ष लक्ष्मण तुलाचन थकालीज्युसँग पनि भेटघाट भयो । अखण्ड आन्दोलन चलेको बेला उहाँकै घरमा भएको महासंघको कार्यालयमा पनि ढुङ्गामुढा भएछ । तर पनि उहाँ निडर स्वभावको भएकोले पछि हट्नु भएनछ । थरुहट आन्दोलनको बारेमा पनि उहाँसँग धेरै कुराहरू भयो ।

भाद्र १४ गते दिनको १२ बजे कञ्चनपुरको महेन्द्रनगरका पश्चिमी सिमानातिर लागेँ । महेन्द्रनगर मैले सोचेजस्तो रहेन रहेछ । महेन्द्रनगरबाट पन्ध्र रुपैयाँ भाडा तिरेर महाकाली सिमाना पुगियो । मेची नदीजस्तै बीचमा नेपाल भारतको सीमाना छ होला भनेको त नदीको वल्लो किनारामा नै पो सिमाना रहेछ । त्यसपछि, किन हो महाकानली पुल हेर्न जानै मन लागेन । सीमास्तम्भहरूमा फोटो खिचेँ र फर्किएँ । भाद्र १४ बेलुकी रात्रीबस चढेर भोलि बिहान भाद्र १५ गते बुटवल आइपुगेँ । बुटवलबाट बुद्धको जन्मस्थान लुम्बिनी गएँ, मायादेवी मन्दिर हेरेँ, अशोक स्तम्भको फोटो खिचेँ र फर्किएँ । भाद्र १५ गते बेलुकी बुटवलदेखि रात्रीबस चढेर १६ गते दमक आइपुगेँ । १६ गते दमकमा नेकपा–माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको राष्ट्रिय भेलामा अतिथि भइयो । उक्त मोर्चाको अध्यक्ष धु्रव आङ्देम्बेजी हुनुहुन्छ । भाद्र १५ गते बेलुकी नै दमकबाट रात्रीबस चढेर काठमाडौं गइयो । भाद्र १७ गते किरात याक्थुङ चुम्लुङको स्थापना दिवशमा सहभागी हुने निम्तो थियो । सधैँ चुम्लुङले सुवास नेम्बाङलाई प्रमुख अतिथि ल्याउँथ्यो । तर, यसपल्ट संस्कृतिविद् सत्यमोहन जोशीलाई बोलाइएको रहेछ । अनि पो लामो श्वास फेर्न मन लाग्यो– ‘‘होइन, हामीहरूले रात दिन नभनी खटेको यी संघीय यात्राहरूले कही कतै काम त गर्दैरहेछ । मान्छेहरूको सोचाइहरूमा विस्तारै परिवर्तन आउँदै रहेछ ।’’

kumarlingden@gmail.com

नेपाली समाचार राष्ट्रिय साप्ताहिक वर्ष- १, अंक- ९, सेप्टेम्बर १०, २०१२ मा प्रकाशित

संघीय यात्राः एक रिपोर्ट– १
– कुमार लिङ्देन ‘मिराक’
नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले यही ०६९ भाद्र १ गतेदेखि पूर्व लिम्बुवानबाट सुरु गरी पश्चिम थरुहटसम्म वर्तमान राजनैतिक समस्या समाधानबारे छलफल, बहस कार्यक्रम आयोजना ग¥यो । यो मोर्चा संविधान सभा विघटनभन्दा पहिले नै निर्माण भएको हो । तर त्यसबेला यस मोर्चाको नाम ‘राष्ट्रिय जनआन्दोलन समिति’ थियो । पछि सबैको सल्लाहले यसको नामाकरण ‘‘नेपाल संघीय जनगणतान्त्रिक मोर्चा’’ राखिएको हो ।
यस मोर्चाको स्थापना कालदेखि नै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद(स.लि.रा.प.) एक सक्रिय सदस्यको रुपमा रहँदै आएको छ । खासगरी, संविधान सभामा राज्य पुनर्संरचना आयोगलाई विस्थापन गरी विज्ञ समूह बनाउने षडयन्त्रमा एमाले, काँग्रेस र माओवादिको प्रचण्ड समूह लागेपछि हामीहरू निकै आत्तिएका थियौं । किनकि, विभिन्न कारणले संविधान सभामा हाम्रो उपस्थिति न्यून थियो । संविधान सभामा विज्ञ समूहलाई रोक्ने हामीसँग बहुमत थिएन । अन्तरिम संविधानमा ‘‘आयोगको सुझाव अनुसार राज्य पुनर्संरचना गर्ने’’ भन्ने लेखिए थियो । तर त्यसलाई संशोधन गरेर एकात्मकवादीहरूले ‘‘राज्य पुनर्संरचना विज्ञ समूहको प्रस्ताव अनुसार गरिनेछ’’ भनेर अन्तरिम संविधानमा संशोधन गरी लेख्न आँटेका थिए । यो षडयन्त्रलाई तत्कालीन एमाओवादीभित्रका वैद्य–बादल पक्षका सभासदहरूले मुख्य अवरोध पु¥याएर रोकेका थिए । त्यसबेला उक्त पार्टीको सचेतक देव गुरुङ थिए । उनले ह्वीप जारी गर्न मानेनन् । यी सबै घट्नाहरूलाई हामीहरूले नजिकबाट हेरिरहेका थियौं । त्यसैले पनि एमाओवादीभित्रको वैद्य–बादल पक्षसँग मोर्चावन्दी गर्ने परिस्थिति र वातावरण बनेर आयो । सुरुमा यो मोर्चा बन्दा कट्टर कम्युनिष्टहरूसँग संघीय सह–अस्तित्ववादी लिम्बुवानहरूबीच कसरी र किन मोर्चा बनेको होला भनेर थुप्रै जिज्ञासा आरोपहरू आए । तर पनि हाम्रो मुख्य ध्येय ऐतिहासिक पृष्ठभूमिआधार सहितको लिम्बुवान, खम्बुवान...स्वायत राज्यहरूको स्थापना गर्ने भऐकोले हामी अविचलित अघि बढ्यौं । संविधान सभा विघठनअघि यस मोर्चामार्फत् मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मुख्य आयोजक भएर दमकमा विशाल आमसभा आयोजना गरेका थियौं ।
तर संविधान सभाको विघटनपछि कसरी अघि बढ्ने भनेर यस मोर्चाको घटक सदस्यहरूको आ–आफ्नै दृष्टिकोणहरू सामने आएपछि केही समयको लागि मोर्चा निष्क्रिय जस्तै रहयो । तर पछि सबैमा एउटा सहमति बन्यो– ‘‘संविधान सभाको नयाँ चुनावमा जाने भए पनि,संविधान सभा पुनस्र्थापना गर्ने भए पनि, गोलमेचमार्फत नयाँ संविधान लेख्ने र त्यसलाई निर्वाचित अङ्गले अनुमोदन गर्ने भए पनि राजनीतिक दलहरूबीच आम छलफल, बहस, सहमति त चाहिन्छ । त्यसैले गोलमेच (छलफल) को लागि पनि छलफल जरुरत हुन्छ । यस मार्चाले देशैभरि छलफलहरू चलाउँदै जाने ।’’
यही सहमति अनुसार भाद्र १ गते लिम्बुवानको विर्तामोडबाट मोर्चाको अन्तक्रिया सुरु हुनेभयो । यस कार्यक्रमको व्यवस्थापन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको जिम्मामा थियो । हाम्रो परिषदको विशेषतः झापा जिल्ला समितिले विर्तामोडको कार्यक्रमको सारै राम्रो व्यवस्थापन गरेको थियो । यस कार्यक्रममा नेकपा–माओवादीको तर्फबाट उक्त पार्टीका सचिव देव गुरुङ, नेकपा एकीकृतका तर्फबाट नगेन्द्र राई, क्रान्तिकारी कम्युनिष्ट पार्टी (मणि थापा) कोतर्फबाट आङगामी, नेपाल नागरिक पार्टीका महासचिव विजय दनुवार र लिम्बुवानको हाम्रो तर्फबाट मैले बोलेका थियौं । देव गुरुङजीले संविधान सभा विघटनको अन्तिम क्षणहरूको अवस्थाबारे सविस्तार सुनाउँदा धेरैको मनमा आक्रोस उठ्यो । वास्तवमा, संविधान सभाका सदस्यहरूले सुरुका दुई वर्ष रातदिन खटेर कार्य गरेका थिए । तर जब थप दुई वर्षमा विवादित विषयहरू मिलाउने भनेर संविधान सभा नियमावलीमा नभएको ‘‘विवाद मिलाउने समिति’’ गठन गरे र त्यसको अध्यक्षमा प्रचण्ड चुनिए । तब सम्पूर्ण बर्बादी सुरु भयो । किनकि, छलफल बहस र भोटिङमा लानुपर्ने विषयहरू यो कथित विवाद मिलाउने समितिले रोकेर राख्यो । अनि ‘‘मिलाउँछौं मिलाउँछौं’’ भन्दै दुईवर्ष विताए र संविधान सभाको विघटनको वातावरण तयार गरे । उक्त कथित समितिले विषयहरू नरोकेर संविधान सभाको हलमा भोटिङको लागि पठाएको भए वारपारको स्थिति बनिसक्थ्यो । जेष्ठ १४ गतेको अन्तिम क्षणमा सबै सभासदहरूले सुवास नेम्बाङलाई पदच्युत गरेर अर्को सभाध्यक्ष छानेर भए पनि नयाँ संविधान जारी गर्ने कि भन्नेसम्मको कुरा सभासदहरूबीच चलेको रहेछ । तर त्यसो गर्दा बावुराम–विजय सरकारले तुरुन्त सशस्त्र हस्तक्षेप गरेर संविधान सभा हल रगतको आहाल हुने निचोड पनि निस्किए छ । यी सबै घटनाहरूको अगावै थाहा पाएर माओवादीको जनमुक्ति सेनालाई जबर्जस्ती समायोजन गरेको खुलासा पनि देव गुरुङजीबाट भयो । जेहोस् उहाँबाट यति कुराहरू थाहा पाएपछि सहभागी लिम्बुवानी कार्यकर्ता लगायतलाई भोलिको रणनीति बनाउन सजिलो भयो । यस कार्यक्रममा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको झापा, इलाम, पान्थर र पाप्लिजोङसम्मका नेता कार्यकर्ताहरूको राम्रो उपस्थिति थियो । तर, यो कार्यक्रमलाई अलिक गोलमेच ढाँचा वा अन्तक्र्रियात्मक रुप दिन चाहिँ सकिएन । परम्परागत ढाचाको सानो आमसभाजस्तै भयो । यो कार्यक्रमलाई गोलमेच ढाँचा दिन सकिएको भए राम्रो हुने थियो भन्ने महासुस भयो ।
यसरी नै मोर्चाले भाद्र ३ गते विराटनगरको उपमहानगरपालिका हलमा अन्तरक्रियात्मक कार्यक्रम राख्यो । उहाँहरूले राम्रै व्यवस्थापन गर्नुभएको थियो । यस कार्यक्रममा मञ्चसम्बद्ध सलिरापका मोरङ र सुनसरीका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो । एमालेको गुरु बराल, कांग्रेसका एक जिल्ला नेता नेकपा–मओवादीका देव गुरुङ, पत्रकार महासंघ मोरङका भूपू अध्यक्ष शिव कार्की,बुद्धिजीवी दिनेश श्रेष्ठ लगायत थुप्रै वक्ताहरूले बोल्नु भयो । एमाले नेता र मेरो त जुवारी नै चल्यो । मैले भनेँ– ‘‘परिवर्तनलाई आत्मसात गर्न नसक्ने नेपालका समुदायहरू र भूमिलाई पहिचान दिन नचाहने एमाले र कांग्रेसजस्ता पार्टीहरूको अब के उपादेयता बाँकी छ ? कि त यी पार्टीहरूले ०६२/०६३ को लिम्बुवान र मधेश आन्दोलनमा मारिएका शहीदहरूलाई ज्यँदो बनाउनु प¥यो कि त यिनीहरूले लिम्बुवान खम्बुवान स्वीकार्नु प¥यो । होइन भने त्यतिकै अतार्किक रुपमा लिम्बुवानको विरोध मात्रै गरेर हुन्छ ? लिम्बुवान दिन चाहँदैनौ भने ती शहीदहरूलाई ज्यँुदो बनाऊ न त । के यी पार्टीहरूले सधैँ हामीमुहाली चल्छ ? जबसम्म एमाले कांगे्रसजस्ता पार्टीहरू देशमा भइरहन्छ तबसम्म नेपालमा खडेरी, भोकमरी लागिरहन्छ । त्यसैले, मेरो सुझाव– ‘‘ठूलो वनभोज पार्टी आयोजना गर्नोस्, नाच्नुस् गाउँनुस्, खानुस्, पिउँनुस् शोक धुनहरू बजाउनुस् र अन्तमा एमाले कांग्रेस पार्टीहरू विधिवत रुपमा विघटन भएको घोषणा गर्नुहोस् ।’’मेरो कुरालाई एमाले नेताले निकै प्रतिवाद गरे– ‘‘एमाले भनेको जातीय समस्या र वर्गीय समस्यालाई सबैभन्दा वैज्ञानिक रुपमा उठाउने पार्टी हो ।’’ तर उनको कुरालाई सहभागीहरूले पत्याएनन् । हुन पनि कसरी पत्याउने ? एमाले, कांग्रेसले संविधान सभा सिध्याउन जुन नाङ्गो नाच देखाए त्यो दुनियाँलाई थाहा छ ।
विविध कारणले गर्दा भाद्र ५ गते हेटौडा र भाद्र ६ गते भरतपुर, चितवनमा मोर्चाले तोकेको कार्यक्रम स्थगित भयो ।
भाद्र ७ गते पोखरामा हुने मोर्चाको अन्तरक्रियामा भाग लिन भाद्र ६ गते दिवा बसबाट मैले दमक–पोखरा यात्रा शुरु गरेँ । बाटोमा विभिन्न दृश्यावलोकन गर्दै र मनमा विभिन्न कुराहरू खेलाउँदै बेलुकी पोखरा पुगियो । भोलि भाद्र ७ गते बिहानै लखन थापा मगर चोकमा पुगेँ र एकापट्टि तमुवान स्वायत्त गणराज्य लेखिएको साइनबोर्ड र अर्कोतिर अखण्ड पश्चिमाञ्चल लेखिएको बोर्डको फोटोहरू खिचेँ र फेसबुकमा सेयर गरेँ । जेष्ठ १४ गते अघि पोखरामा निकै तनाब भएको थियो । तमुवान संघर्ष समितिले लाखौंको सहभागितामा तमुवान सम्मेलन आयोजना गरेको थियो । त्यसको लगतै ब्राह्मण क्षेत्री समाजले तमुवानको विरुद्धमा निकै ठूलो जुलुश प्रदर्शन ग¥यो र तमुवानको बोर्ड उखेल्ने प्रयास गर्यो । त्यसपछि, तमुवान संघर्ष समितिले तमुवान भोलेण्टियर्स गठन ग¥यो र डिफेन्स लियो । मलाई अहिले पनि लाग्छ– पोखरा नेपालकै सबैभन्दा बढी जातीय व्यालेन्सको दृष्टिकोणले संवेदननशील क्षेत्र बनेको छ । यसलाई सही ट्«याकमा ल्याउन सबैपक्ष जिम्मेवारपूर्वक लाग्नुपर्दछ ।
पोखराको उद्योग वाणिज्य संघको हलमा सुरुभएको अन्तरक्रिया साँच्चिकै गोलमेच स्टाइलको भयो । मैले त्यहाँ थाहा पाएँ– कुनै पनि कार्यक्रमहरूमा सहभागिहरूको बसाइको स्टाइलले पनि कार्यक्रमको रिजल्टमा ठूलो असर पु¥याउँदो रहेछ । त्यहाँको कुर्सी टेबलहरूको रखाई नै गोलमेच ढाँचाको थियो र बहस पनि त्यस्तै भयो । उक्त कार्यक्रममा नेकपा–माओवादीका सुरेश आले मगर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मणि थापा, एकीकृत नेकपा मओवदीका तमुवान इञ्चार्ज डिलाराम आचार्य, नेकपा एमाले पीबीएम खगराज अधिकारी, कांग्रेसका जिल्ला अध्यक्ष र म लगायतले बोलेको थियौं । मणि थापा, जो जनयुद्धको कोर गु्रपमा थिए उनले प्रचण्ड र बाबुरामबारे दिएका जानकारीहरू गम्भीर छन् । रोल्पा रुकुममा जनयुद्ध सुरु भएपछि प्रचण्डले भनेको कुरालाई मणि थापाले दोहो¥याए– ‘‘यी मगरहरू आफू आफूमा सात दिन सात रात लड्थे । यिनीहरूलाई मैले बन्दुक भिराइदिएको छु, अब यिनीहरू लड्छन्, यिनीहरूको काम नै लड्ने हो ।’’ एकदमै होच्याएर उनेले बोलेका थिएछन् । मणि थपा र खगराज अधिकारीले बोलेको कुराहरूको रेकर्ड छ । पोखराको त्यो बहस अत्यन्त सुन्न लायक छ । रेकर्ड भएकोले इच्छुक साथीहरूले एकपटक सुन्नु होला ।
एमालेका खगराज अधिकारीले भने– ‘‘कोही यो कोठामा उफ्रिएर छतमा टाउँको ठोकाएर छत छेडे पनि नेपालका एकल पहिचान सहितको संघीयता हुँदैन, आउँदैन । एमालेको ७५ वटै जिल्लामा नेटवर्क छ, हामीलाई कम नठान्नुस् र ग्रेटर लिम्बुवानको दस्तावेज मेरो हातम हाइपुगेको छ ।’’
पोखरामा मैले सरल र नरम भाषाबाट हिर्काउने प्रयास गरेँ । मैल भनेँ– ‘‘तपाइँहरू सप्तरी र वीरगञ्जमा गएर संघीयताको विरोध गर्न नसक्ने अनि पोखरा, पाल्पामा संघीयता लिम्बुवान, तमुवान, मगरातको विरोध गर्ने ? तपाइँहरूको क्रियाकलापले तपाइँहरूलाई नै अप्ठ्यारोमा पार्नसक्छ । लिम्बुवान आन्दोलन भनेको संघीय राष्ट्रवादी आन्दोलन हो । हाम्रो त चर्चित नारा नै छ र भनिरहेका छौं– ‘‘नेपाल हाम्रो देश हो र लिम्बुवान हाम्रो घर हो’’ (Limbuwan is our homeland & Nepal is our country) । के हामीले आफ्नो घरलाई घर भन्न नपाउने ? दश हजार वर्षसम्म नेपालअन्तर्गत नै लिम्बुवान रहनेछ । नेपालबाट लिम्बुवान अलग हुने सोच हामी लिम्बुवानवासीले नै अस्वीकार गर्छौं । तपाइँ एमाले कांगे्रसहरू पनि लिम्बुवान, तमुवान, मगरात नामाकरणप्रति कृपया सहज भइदिनुस् । यो नामाकरण तपाइँहरूले स्वीकार गर्नुभयो भने तपाइँहरूको पार्टीहरूलाई ठूलो फाइदा हुन्छ । तपाइँहरु हुँदै हुँदैन भन्नु हुन्छ भने हामी‘‘लिम्बुवान–तमुवान’’ को लागि हजार वर्ष लड्ने प्रण गर्छौं । मुख्य कुरा त हाम्रो आँखा उघ्रिसकेको छ ।’’
एउटा रमाइलो के भयो भने मैले बोल्दै गर्दा उद्घोषकले समय सकियो मात्र के भनेका थिए तमुवानतिरका साथीहरू जुरुक्क उठेर‘‘वहाँलाई रोक्ने तपार्इं को हो ? उहाँले अब एक घण्टा बोल्नु हुन्छ, तपाईंहरू कसरी रोक्नुहुँदो रहेछ ।’’ अन्त्यमा, मैले हाँसेर सबैलाई सहज गरेँ । मैले सोचें– तमुवानका साथीहरूको मनमा जमेको पीडाहरू उर्लिएर बाहिर आएको होला ।
जेहोस् पोखराको अन्तक्र्रिया एकदमै सार्थक रह्यो । लिम्बुवान, तमुवान नामाकरण अफैमा त्यस्तो डराउनु पर्ने र अचम्म मान्नु पर्ने विषय होइन । यसमा सबै पार्टी र जातिहरू सहमत भइयो भने आउने दिनको नेपाल सहज र सहमतिपूर्ण तरिकाले अघि बढ्नेछ भन्ने कुरामा निक्कै धेरैलाई कन्भिन्स गर्न सकियो भन्ने लाग्छ । त्यहाँको हाम्रो प्रस्तुतीलाई ‘‘रुवाको तोपबाट फलामको गोली निस्किरहेको झैँ थियो भनेर साथीहरू कमेन्ट गरे । मैले पनि सरल र नम्र भाषामा नै बोलेको थिएँ । हुन पनि लिम्बुवान, तमुवान, मगरात भनेको कुनै जाति विरोधी अभियान त हुँदै होइन । यसलाई सबै जाति र सबै पार्टीको साझा अजेण्डा बनाउन सकियोस् भन्ने मिसनमा हामी छौं ।
पोखराको अन्तरक्रियाले मार्चाको उद्देश्यझैँ साँच्चिकै गोलमेचको रुप लियो । एउटा कुरामाचाहिँ मलाई खुशी लाग्यो– एमाले र एमाओवादीका पोलिटव्युरो तहका नेताहरू कार्यक्रम विसर्जन भइञ्जेल बसे । फेरि, बौल्नु पाउनु पर्छ भनेर समय मागे । तर समयको पावन्तीले त्यो सम्भव भएन । यसरी पोखराका सबै पार्टीका नेताहरू एक ठाउँमा भेला भएर ६÷६ घण्टासम्म अन्तक्र्रिया गरेको जानकारी थिएन भनेर धेरैले भने । मोर्चाले त्यो अवसर जुटाएकोमा सबैले धन्यवाद पनि दिए ।
भोलिपल्ट भाद्र ८ गते विहान मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कास्की, पोखरा सम्पर्क समितिले ‘‘लिम्बुवान–तमुवान’आन्दोलन अनुभव आदान–प्रदान कार्यक्रम’’ आयोजना ग¥यो । लिम्बुवान पोखराका अध्यक्ष अरुण लिम्बूको सभापतित्व र सल्लाहकार गजेन्द्र माबोको उद्घोषणमा सुरुभएको उक्त कार्यक्रममा तमुवान संघर्ष समिति र तमुवान भोलेण्टियर्सका कमाण्डरहरूको सहभागिता थियो । कार्यक्रममा लिम्बुवान आन्दोलनका तीता–मीठा अनुभवहरू सुनाइयो । मैले भनेँ– ‘‘आन्दोलन विकसित हुँदै जाँदा यसका आवश्यकताहरू पनि बढ्दै जाँदो रहेछ । सुरुमा लिम्बुवान मात्र भन्दा पनि हुन्थ्यो । त्यसपछि, यसको आफ्नै फिलोसफि, आफ्नै विश्व दृष्टिकोण, आफ्नै अर्थशास्त्र, सौन्दर्यशास्त्रको आवश्यकता प¥यो । लिम्बुवानले छलफल र बहसको लागि आफ्नै संघीय सह–अस्तित्ववाद दर्शन अघि सारेको छ । तयसैले, पनि लिम्बुवान आन्दोलन अलिक फरक र सशक्त पनि छ । विस्तारै तमुवान आन्दोलनले पनि ती सबै कुराहरू माग गर्छ । अरुको दर्शनमा उभिएर वास्तविक आन्दोलन उठाउन नसकिँदो रहेछ ।’’
उक्त कार्यक्रममा तमुवान भोलेण्टियर्सका उपाध्यक्ष बहिनी हिरा गुरुङ तमूले सोधेको प्रश्न मार्मिक थियो– ‘‘हामी युवाहरू आफ्नो सबै पार्टी र आस्थाहरूलाई थाँती राखेर तमुवानको लागि वलिदान दिन तयार भएका छौं । तर हाम्रा अग्रज दाइहरू अझै पनि किन यो र त्यो पार्टी भनेर अलमलिन्छन्/अल्मलाउँछन् ?’’ मैले उनको सवालमा थपेँ– ‘‘बहिनी यो तपाईंको मात्र जिज्ञासा होइन । अलिक पढेका, बुझेका भनिएका हाम्रा समुदायका अघिल्लो पुस्तालाई अहिलेको पुस्ताको प्रश्न हो– यो ।’’ अन्तमा, लिम्बुवान र तमुवान आन्दोलनबीच सहकार्य गरेर अघि बढ्ने सल्लाह भयो । उक्त कार्यक्रम सकेर म पाल्पा जाने बस चढ्न बसपार्कतिर लम्किएँ ।
क्रमशः....
E-mail: kumarlingden@gmail.com
मूलस्रोत: नेपाली समाचार साप्ताहिक वर्ष- १, अंक- ८, ०३ सेप्टेम्बर २०१२ मा प्रकाशित