Tuesday, September 18, 2012


मलाई नसोध, कहां दुख्छ घाऊ...............


संधै रक्सीले लठ्ठ भएर, एकका बिहानै देखि लरखरिन्दै हिड्ने
रक्स्याहा कवि-गीतकार हरिभक्त कटुवाल, एक पल्ट बिर-हस्पिटलको बेडमा लडिरहंदा
नारायण गोपाल बिमारी भेट्नु पुग्नु भएछ |

नारायण गोपालले अस्पतालको बिस्तरामाथी सुतिरहेको हरिभक्त कटुवाललाई
" कवि ज्युलाई अहिले कस्तो छ ? " भनि सोधनी गर्दा
हरिभक्त कटुवालले,
" मलाई नसोध, कहाँ दुख्छ घाउ | " भनि जवाफमा भन्नु हुँदा

नारायण गोपालले तुरुन्तै, कवि ज्यु यो वाक्य फेरि एकपल्ट दोहोर्याउनु अनुरोध गरें भन्दा
कागजको पानामा त्यहि हरफ लेखेर,
" लु यसै लाईनलाई गीत बनाई पुरा गर्नुहोला |" भन्ने अनुरोध गरिंदा
यो अजम्बरी गीतको जन्म भएको भनिन्छ |

चाप्चाले, लगभग ६ बर्ष अगाडी सोखको रुपमा गाएर, युटुबमा छोडीदिएको यो 'Cover Song'
चाप्चाको सप्पै-सप्पै प्रिय मनहरुमा समर्प्रित गरें |

''' गीताङगेली ~ सेमुना ''' :)

http://www.youtube.com/watch?v=QxaLAQZlM1k&feature=relmfu
— 

No comments:

Post a Comment