Thursday, June 28, 2012

यस्तो थियो लिम्वूवान स्वायत्त राज्य......

Profile PictureDeepen yonghang

नेपालको इतिहासमा लिम्वूवान अस्तित्वमा रहेको पाइन्छ । यो राज्य दश लिम्वूवान सत्र थुमको आधारमा सन्चालित थियो । दश लिम्वूवान भनेको अहिले परीकल्पना गर्न खोजिएको संघात्मक प्रणाली जस्तै संघीय प्रणाली हो । दशमा सात उपसंघ थपेर सत्रथुम वनाइएको हो । यसको प्रमुख केन्द्र सुरुमा पानथर हालको फिदीममा रहेको थियो ।
लिम्वूवान छैटौ देखि दशौं शताब्दि सम्म उवाहाङ, मावोहाङ, सिरीजंगहाङहरुले एकछत्र शासन गरेको पाइन्छ । त्यस्तै पन्ध्रौ शताब्दि देखि मोरङ राज्य शक्तिशाली राज्यहरुले पुन सम्पूर्ण लिम्वूवानलाई थुमीय आधारमा शासन गरेको देखिन्छ । त्यस वेलाका राजा साङलाईन थिए । उनले हिन्दु मत ग्रहण गरेको हुनाले विजय नारायण राई भए । राई भनेको तात्कालीन समयको राजाहरुले प्रयोग गर्ने समानार्थी शब्द थियो । त्यस्तै पुन: सेनवंशी हुदै वि .सं. १८२५ मा बुद्धिकर्ण खेवाहाङ विजयपुरका लिम्वू राजा थिए । तत्पश्चात संघीय लिम्वूवान राज्यहरुको केन्द्र विजयपुर बन्यो ।

वि.सं.१८३० तिर लिम्वूवानमा सत्र पटक गोर्खाका सेनाहरुले आक्रमण गरेका थिए तर लिम्वूवानका सेनाहरुले विफल तुल्याइ दिए । गोर्खाका सेनापति रघु रानालाई लिम्वूवानका वीर योद्धा काङसोरे खेवाहाङले काटेर मारेका थिए । त्यस वेला सेनापति मात्र नभएर सम्पूर्ण सेनालाई समेत सोतर वनाएका थिए लिम्वूवानका सेनाहरुले । यस्तो अवस्था देखेर गोर्खाका राजाले लिम्वूवानलाई आफ्नो वनाउन भाईको रुपमा सम्झौता गरी स्वायत राज्य सन्चालन गर्न पाउने व्यवस्था गरीएको थियो । त्यसपछि पनि लिम्वूहरुले लिम्वूवानमा आफ्नो शासन कायमै राखे । वि.सं. १८३१ भन्दा अगाडी छुट्टै राज्य थियो तर वि.स. १८३१ वाट गोर्खा राज्यको सह राज्यको रुपमा रहन पुग्यो । यो क्रम वि.सं. २०२१ साल सम्म रह्यो । वि.स. २०२१ मा राजा महेन्द्रवाट कथित भूमिसुधारको नाममा लिम्वूवान किपटको कुरा गरे । उक्त कुराको घोर विरोध गर्दा लिम्वूवानका नेताहरु जेलनेल परे । तर लिम्वूवानको आवाज निरन्तर रहि रह्यो ।

त्यसवेला किपट खारेजीको हवला दिए पनि वि.सं.१९३१ को लालमोहर खारेजी भएको थिएन । उक्त लालमोहर अझै पनि खारेजी भएको पाइएको छैन । त्यसैले लिम्वूवान कानुन वमोजिम अझै पनि अस्तित्वमा रहेको देखिन्छ । वि.सं. २०६२ / ६३ को जनआन्दोलन भाग २ ले नेपालमा जातिय स्वायत राज्य पुर्नस्थापना गर्न वाटो खोलेको छ । तर्सथ लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि झण्डै दुई दर्जन लिम्बुवान राजनैतिक पार्टीहरु सक्रिय रुपमा लागि परेकाछन् । लिम्वूवान स्वायत राज्य पुर्नस्थापनाको लागि राज्यवाट एक पटक वार्तामा वोलाए पनि त्यो वार्ता सफल भएन ।
लिम्वूहरुले लिम्वूवान क्षेत्रमा रोड मार्चपास, आम हडताल साथै चक्का समेत गर्दै आएका छन् । उक्त हडतालको समयमा सरकारको क्रुर प्रहरीहरुले दुई जना लिम्बुवानी योद्धाका हत्या समेत गरी सकेका छन् भने दर्जनौ घाइते भएका छन् ।
————————————————————————————
लिम्बुवान सम्बन्धी संक्षिप्तमा केही कुराहरू :
वर्तमानमा दाबी गरिएको लिम्बुवान भूमिको नाम समयअनुसार यसप्रकार थियो:
१. याक्थुङ लाजे: जुन बेला आदि, अनादिकालबाट याक्थुङ जातिहरूको मात्र बसोबास थियो
२. लिम्बुवानः भेन्सिटार्ड र इमानसिंहका अनुसार छैटौं शताब्दीको विद्रोह सफलतापछि लिम्बुवान लेख्ने सहमति भयो । दोस्रो– राजा पृथ्वीनारायण शाहसँगको सम्झौतापत्र वि. सं. १८३१ को लालमोहरमा पनि उल्लेख भएको पाइन्छ ।
३. पल्लो किरात: राणा शासनको बेला ३६ जिल्लामा विभाजन गरिएको बखत, राणाहरूको उदय वि. सं. १९०३ पश्चात्
४. मेची, कोशी: अञ्चल विभाजन वि. सं. २०१७/१८ बाट
लिम्बुवान र लिम्बू
छैटौं शताब्दीका ८ याक्थुङ राजाहरूको विरुद्धमा १० सरदार याक्थुङहरूलगायतको नेतृत्वमा विद्रोह भयो । धनुषकाँडको प्रयोगबाटै उक्त विशाल विद्रोह सफल भयो र त्यसपछि एकै ठाँउमा भेला भएर विजय गरेको क्षेत्रलाई लिम्बुवान भन्ने निर्णय भयो । ‘लि’ को अर्थ धनुष, ‘अम्बु’को अर्थ हानेर जितेको, ‘वान’ को अर्थ क्षेत्र हुने भएकोले लिम्बुवान नामकरण गरियो र लिम्बुवान क्षेत्रमा बस्ने सबै जाति लिम्बू र लिम्बुवानवासी कहलाइए ।
सिमाना: अरुण (अरङवा)पूर्व र हाल दार्जिलिङ र सिक्किममा पर्ने टिस्टा (तिवा) पश्चिमको भाग, दक्षिणमा जोगवनीदेखि दक्षिण ६६ किलोमिटर दूरीमा रहेको पूर्णिया जिल्लामा पर्ने जलालगढ र उत्तरमा भोटसम्म थियो । लिम्बुवानको बीचमा रहेको तम्मोर नदीलाई त्यसबेला ताम्वा भनिन्थ्यो ।
स्वायत्त राज्य
गोरखा र लिम्बुवानबीच १७ पटकसम्मको युद्धमा पनि हारजित भएन । उक्त युद्धहरु मध्ये लिम्बुवानको तर्फबाट धेरै युद्धको नेतृत्व काङ्सोरे खेवाहाँङले गरेका थिए अन्ततः वि. सं. १८३१ मा लिम्बुवानका तर्फबाट कुम राय, सुन राय, जङ राय र गोरखाका राजा पृथ्वीनारायण शाहबीच ऐतिहासिक सन्धि (लालमोहर) गरेर लिम्बुवान पूर्ण स्वायत्त रहने गरी नेपालमा गाँभिएको थियो । उक्त सन्धि विजयपुर (धराननजिक) दरबारमा भएको थियो । वि. सं. १९४५ सम्म काठमाडौंमा लिम्बुवानको एक जना प्रतिनिधि रहने व्यवस्था पनि थियो जसले दूतको काम गर्दथ्यो । वि.सं.२०२५ मा किपट प्रथाको कानुनमा परिवर्तन गरी क्रमशः अन्त्य गरियो ।
पदवी र पहिचान
राय, राईको अर्थ राजा पदवी हो । यो पदवी लिम्बूलाई पनि दिइन्थ्यो । लिम्बूले राय लेख्नुभन्दा पहिला याक्थुङ्वा लेख्दथे । लालमोहरहरूमा राय, राई लिम्बूहरूलाई पनि प्रयोग गरेको पाइएकोले पदवी हो भन्ने देखिन्छ । लिम्बूहरूलाई सुब्बाको पनि पदवी दिइएको थियो र हाल पनि सुब्बा लेख्ने चलन छँदैछ । सुब्बा पदवी गुरुङ, थकालीलाई पनि दिएको पाइन्छ । राई (राजा) पदवी खम्बूहरूले धेरै प्रचलनमा ल्याएकाले अन्ततः थरको रूपमा विकास भएको तर्क पाइन्छ । उनीहरूले पहिला खम्बू लेख्दथे; आजकाल पनि लेख्दै आएका छन् । लिम्बूहरूले सुब्बा पदवी बढी प्रयोग गरेको भए थर नै सुब्बा हुने थियो र गुरुङ, थकाली सुब्बाहरू पनि सुब्बा जाति कहलाउन सक्दथ्यो, अधिकांश लिम्बूले अहिले पनि सुब्बा लेख्छन् । एकै क्षेत्रमा बसोबास गर्ने खम्बू, लिम्बू, याक्खा, देवान, सुनुवार, जिरेल, सुरेल, धिमाल, मेचेलगायतकाहरू गौरवशाशी किरात सन्तति हुन् ।
कुन संघीय प्रणाली ?
गोरखा राज्यको एकात्मककरण अभियानमा अन्यलाई पनि रुक्का, इस्तिहार, सनद, लालमोहर दिइएको पाइन्छ । यद्यपी, लिम्बुवानलाई दिइएको लालमोहर विशेष र महत्वपूर्ण मानिन्छ । नेपालका धेरै भूभाग युद्धमा जितेर नेपालमा गाँभिएको भए पनि तिनीहरू युद्धपूर्व छुट्टै राज्य थिए र लिम्बुवान, मुस्ताङलगायतको भूमिहरू सहमति र सम्झौताबाट नेपालसँग जोडिएकोले नेपालको संघीय प्रणाली युनियन ढाँचाको हुनु सान्दर्भिक देखिन्छ ।

- ‘निष्पक्ष संविधान: समृद्ध राष्ट्र’ पुस्तकबाट साभार, लेखक: विश्वासदीप तिगेला

Limbuwan Struggle Shanta Yonghang, Federal Limbuwan Women Council, Limbu...

भारतमा अहिन्दु मुलबासी मंगोललाइ नस्ट गर्ने अत्यन्तै गोप्य सड्यन्त्र ||

Profile Pictureदिपेन योङहाङ
by Jiban Mongol Rai
१. ज्यादा भन्दा ज्यादा सस्त्र र बारुधरु एक कट्ठागरेर राख त कि आवस्यक परेको खण्डमा उचित समयमा दलितलाई मार्नको निम्ति सजिलो होस्|
२. अम्बेदकर्बादी दलित र मुसलमान हरुबाट हामीलाई खतरा छ | दलित जातिको अन्य पक्षलाइ आफ्नो (हिन्दुको) पक्षमा गर र अम्बेदाकर्बादी प्रति घृणा फैल्याउने काम गर | दलितहरु परस्पर लड़ोस र परस्परमा वैमनस्यता फेलोस | यो सड्यन्त्र र योजना नेपालका अहिन्दु मुलबासी मंगोलहरुको बिरोध आदि-बासि र जनजाति, फिरिंगे (कमारा जाति )हरु द्वारा सृजना गरिसकिएको sanga ठ्याक्कै मिल्दो जुल्दोछ | यधपी मुलबासी मंगोल जनजाति आदिबासी होइन |
३. बरिस्ठ अधिकारीहरुलाई कट्टर हिन्दुवादी बनाउ ता कि दलित कर्मचारिलाई नोक्सान पुराउन सकोस | यहि फर्मुलामा परे सिक्किमे पवन चामलिंग र दार्जिलिंगे सुबास घिसिंग पनि|
४. दबाई बिक्रि कर्तालाई यो आदेश दिइएको छ कि तिनीहरुले दलित,मुसलिम ,आदिबासी समाजमा नक्कली दबाई बेचोस र तिनीहरुले थाहै नपाइ बिस्तार मार्न सकियोस |
५.दलितहरुलाई श्रीराम र ओमको मन्त्र पदन बाद्य गराउ | नेपालका कतिपय हस्पिटलहरुमा हिन्दु आर्य डाक्टर हरु राम भन्ने महिला डाक्टर नर्सहरु जय सित भन्ने गर्छन | नरसिंग होमहरुमा जताततै हिन्दु मन्दिरहरुको भगवान सानो मन्दिर बनाइ त्यस हिन्दुहरुको भाग्वान्हारुको नक्सा राख्ने गरिएको छ ताकी मानसिकरुपले हिन्दु भगवानहरुको छाप परोस |
६.हिन्दुहरुको बिरोधमा भासन गर्नेहरुको भासन बहिस्कार गर, त्यस्ताहरुलाई सताउने, डु:ख दिने गर | नेपालमा जसरि गोपल गुरुङबाट हुदै आयको छ |
७.दलित समाजलाई रक्सि खाने,रंदिबाजी गर्ने, जुवातास खेल्ने एबम नाडक पदार्थ बेच्ने जस्तो नराम्रो काममा बानि बसाउने काम गर |
८. स्कुलका दलित विद्यार्थीहरुमा घातक खादबस्तु बाड्ने गर ताकी तिनीहरु शारीरिक र मानसिक रुपमा अपांग होस्
|९. दलित, मुस्लिम र क्रिस्चियन समाज्का युवा-युवतीलाइ बेस्याब्रिटि गर्न उक्साउ, आवस्यक पर्यो भने बाद्य गराऊ|
१०. स्कुलमा दलितहरुलाई हिन्दुत्वोको बधाई चढाई गरि झुटो इतिहास पढाउने गर|
११. दंगा भएको समयमा पुलिस, प्रसासनको सहयोग लियर ज्यादा भन्दा ज्यादा मुसलमान, दलितको हत्या गर |
१२. दंगा भएको समयमा दलित र मुस्लिमहरुलाई सामुहिक बलात्कार गर | यस्तो समयमा दया र अहम माया जाग्न नदेउ
१३. बुद्ध बिहार, मस्जित र चर्च भयको ठाउमा पहिला हिन्दु मन्दिर थियो भन्ने बहानामा कब्जा गर झुटो साहित्य र झुटो इतिहास लेखेर घ्काउ |
१४. मुस्लीम, क्रिस्चियन र बुद्धिस्टको बद्नाम हुने प्रकारको साहित्य लेखा |
१५. बाहुनलाइ बद्नाम गर्ने साहित्य नस्ट गर | यसमा साचो हो कि झुटो हो तेस्तो कुरा जनताको अगाडी नआओस, नापदोस |
१६. दलित ओउ पछौटे बर्गको रेकर्ड बिगार्ने गर ताकी पदोंती नहोस |
१७. हिन्दु देब देबीको चमत्कार पूर्ण कुरालाई हर माध्यमबात बेसी भन्दा बेसी प्रचार गर्ने गर |
१८. ढोंगी साधु, बाबा, महाराझारूलाइ हातमा लियर दलित समाजमा अन्ध श्राद्ध फैलाउने र अन्ध भक्त बनाउ |
१९. बौद्ध सिक ,जैन र क्रिस्चियनहरुलाई सनातन हिन्दु बनाने प्रयास जारी राख|
२० मुस्लिम,क्रिस्चियन र अम्बेदकर्बादी दलितहरु माथि सुनुयोजित आक्रमन गर्ने क्रम जारि राख, तिनीहरुको मनोबल कम्जोर गराऊ |
२१ मण्डल-आयोगको सक्दो बिरोध गर, आयोगको बारेमा भ्रम फैल्याउ | जुन जुन अभियान सिक्किमका भण्डारीले थालेका थिए |
२२. अम्बेडकरको स्मारकहरु राति रति भत्काउ र फोहोर घसेर कुराप बनाउ |
२३. दलितहरुलाई परस्परको लडाई झगडामा भुलाउ |
२४ चाणक्य नीति दिनहु पदने गर |
२५ दलित र मुसलमानका छोरीहरुलाई मद् पिलाउ, तिनीहरुको नाङ्गो फोटो खिच् र ब्लु प्रिन्ट बनाउ |
२६. दलितहरुलाई कुपोसन खुवाने काम जारि राख, तिनीहरुले खाने मादक पदार्थमा बिस मिसाउ र तिनीहरुलाई खोक्रो पार |
२७. पछौतियाका समाजका मान्छेलाई आफ्नो राजनैतिक हतियार बनाउ | जसरि नेपालमा दलित आदि-बासि जनजाति र अरु सस्तोमा बिक्ने हरुलाई बनाइएको छ|
२८. दलितहरु र पछौतियाका वर्गलाइ इलेक्ट्रोनिक मिड़ामा प्रबेस गर्न नदेउ |
२९. दलित र मुसलमान लेखक हरुलाई पैसा दियर आफ्नो बसमा गर | तेस पछी तिनीहरुलाई आफ्नै समाजका विरुद्ध लेखौ | नेपालमा परसुराम दलित आदिबासी जनजाति तामांगले तामांग समाजलाई नै बस्य हो भनेर लेखे जस्तै र अरु मुलबासीलाइ आदिबासी; जनजाति दलित बनाउन लेखाउन खोजे जस्तै|
३०. सहकार र ब्यापारीहरुलाई दलित माथि आर्थिक शोसन गर्ने आदेस दिइन्छ|
३१. हिन्दुको विरुद्ध काम गर्ने दलितहरु माथि कडा नजर राख र तिनीहरुलाई आपसमा फुट गराउ, लडाई गराई,झगडा गराउ |
३२. हिन्दु बिरोधीहरुलाई पुलिस द्वारा सखाप पार |
३३. नियमित बैठक गर
३४. जय श्रीरामको नारामा हिन्दुत्व प्रचार गर|
३५. यो चिठी राम्रो संग पद्नु र कण्ठस्थ गरि गरि जलाई दिनु |
भबदिय
ब्राह्मण सेवाक संघ

यी उत्त बुदाहरु संयोग बस बाहिरुना गयो र भारतका हिन्दि पत्र-पत्रिकाले प्रकासित गय्रो | जसलाई यहाँ खस भासामा उल्था गरि पाठक वृन्दा समक्ष प्रस्तुत गरियको छ|

Vidoe Message - How to video

Sunday, June 24, 2012

Dr. Mahendra Lawoti को बिचारमा आधारित बुँदाहरु..



१. संविधान सभामा लोकतान्त्रिक पद्धतिद्वारा जातिय पहिचान सहितको संघियता स्थापित हुने भएकोले बाहुनवादिहरुले पटक पटक प्रकृयाहरुलाई कुठाराघात गरेका हुन अन्तत्त्वगत्त्व दुई तिहाई पुग्ने डरले संविधान सभा सम्म भंग गरे ।

२. वाहुनवादिले चाहेको जस्तो संबिधान नआए सम्म वाराम्वार यस्ता प्रकृया मिचाई, भंग गर्ने कुरालाई अव मान्य हुने छैन ।
...
३. बाहुनवादिहरुले लोकतान्त्रिक मर्म, मानमर्यादाको उलंघन गरिसकेको भएर कथमकदाचित आगामी चुनावमा बाहुनवादिले चाहेको जस्तो भएपनि आदिवासी जनजाति मधेसी दलितले पनि बाहुनवादिहरुले लोकतान्त्रिक मर्म, मान-मर्यादाको उलंघन गरेको नजीर देखाउँदै नमान्ने कुरामा शंका छैन ।

४. आदिवासी जनजाति मधेसी दलित मुसलमानहरु जातिवादि भन्ने आरोप गर्छन उनिहरु आफ्नो हक अधिकारको मात्रै कुरा गरेका छैनन एकले अर्कोको अधिकारको पनि कुरा गर्दैछन उनिहरु कसरि कसरि जातिवादि हुनसक्छन बरु वाहुनवादि हालिमुहालि गर्ने जातिले आफ्नो मात्रै अधिकारको कुरा गरेकोले उनिहरु नै जातिवादि हुन ।

५. आदिवासी जनजाति मधेसी हरुको एक्यबद्धता, गठ-बन्धनहरु भैसकेकोले अव बाहुनवादिहरुको राजको पतन शुरु भएको संकेत हो । ढिलो चाँडो उनिहरुको राज सकिन्छ ।

यो कुराहरु डा. महेन्द्र लावति ज्यूले अमेरिकामा भएको अन्तरकृयामा प्रस्तुत गर्नु भएको बिचारमा आधारित छ ।

Saturday, June 23, 2012

गजल....


 Tare Barajराज कुमार "तरेवा"
 तिमि माथी मलाई तल,झारेका रै छौनी तरेमे
बिपत्तीमा मलाई आज,पारेका रै छौनी तरेमे।

सम्झिएर टोलाउँदा,तिम्लाई मैले बोलाउँदा
बाहानामा आज मलाई टारेका रै छौनी तरेमे ।

मायाँको नि खोटै खोट्मा,बेदनाको चोटै चोट्मा
अन्त कतै तिम्ले मायाँ,सारेका रै छौनी तरेमे ।

सप्तरङी फूल उन्दा,मैले यहाँ कुरा सुन्दा
तिम्ले मलाई जिउँदै यहाँ,मारेका रै छौनी तरेमे ।

सोल्मा तेर्हथुम
अचेल-कर्मभुमी बाट
रचनाकाल-22/05/2011/

Thursday, June 21, 2012

*** ' जात ' बारे धेरैले नबुझेको कुरा ***

                          Deepen yonghang
By Jeki Chapcha              updated by
*** ' जात ' बारे धेरैले नबुझेको कुरा ***

' जात ' भनेको के हो ?

' जात ' = हिन्दु वर्णाश्रमनुसार चार जात : १. ब्राह्मण २. क्षेत्रिय् ३. वैश्यं ४. शुद्र

जात जम्मा, यो चार किसिमको मात्रै ' जात ' हो |
अन्य जस्तै, लिम्बु, राई, तामांग, शेर्पा, गुरुङ, मगर, धिमाल, थारु, नेवार आदिईत्यादीहरु ' जाती ' हरु हो |

* जात = Caste
* जातीय = EthnicitY
* जाती = Ethnic

'जात' 'जाती' र 'जातीय' लगभग उस्तै-उस्तै सुनिए पनि, यसको अर्थमा बिशाल अन्तरभिन्नता छ |

जातीय भनेको पहिचान हो | त्यसको आधारशिलाहरु, ईतिहास, भूगोल अनि संस्कृतिहरु हुन्छ |

हामी जुन भूमिमा बाँचीरहेकोछौ,
त्यहि भूमिको ईतिहास, भूगोल अनि संस्कृतिहरुको अनादर गरिनु भनेको, ' असभ्य कु-मानव ' भनेर आफिले आफ्नो समाजलाई परिचय दिनु हो |
सहअस्तित्वलाई ' लात्त ' हान्नु हो | त्यसो गरिनु भनेको, समाज बिथोल्नु हो |
समाज बिथोल्नु खोज्नु भनेको, आफैले आफ्नो 'सर्वनास' निम्त्याउनु हो |

अब,.... बुझ्ने, नबुझ्ने रोजाई आ-आफ्नै !!!

रक्तिम- ज्ञापनपत्

खुसेनिछो चामलिंङ
 BY Bhadragol Kirati

रक्तिम- ज्ञापनपत्



 मुक्त आकाश हिर्काएर
अबिबादन कामरेड।
तपाईं बस्ने दरबारको
प्रत्येक सम्ररचनामा,लाखौं नागरिकका चक्र खिएका छन।
इट बनाउदा,बालुवा र सिमेन्टको घोल बनाउदा
पानी बराबर पसिना,रगत,सिउदो मिसिएको छ ।

आज,अन्तिमपल्ट
... तिम्रो लाल दरबारमा
तिमीले दिएको लाल्बुक बाट
मेरो नाम र थेप्चिएको नाख मैले उप्काये
बाँकी खोस्टा टक्र्याएको छु कामरेड ।
दरबारको गजुर हेरेर ,मुठ्ठी उठाये
बिदाइ सलामी चडाउन
तपाईंको शिर तिर हेर्दा
आँखा तिर्मिराये
तपाईंको भाद् गाउले टोपी भित्र
सङ्रग्रालयमा थुनिएको श्रीपेच देखे।
र,यो रक्तिम- ज्ञापनपत्र लेखे ।

जदौ ,कामरेड
मेरो दुर्गम आवाज सुनाउ भन्दा
तपाईंको आधुनिक बाइपङ्खी घोडा
प्रकाश गतिमा कुद्दो रहेछ ।
मेरा भस्मे,खेत,खलियान
घडेरी,पुर्खाको चिहान
तपाईंले आर्जेको राज्यमा
खै कहानीर पर्छ ?
म माझकिरात बाट
रक्तिम- ज्ञापनपत्र लिएर आए कामरेड

तिम्रो आसन नजिक आउन
सैयौ सिडिहरु चडनु पर्दो रहेछ।
तपाईंका द्ववारपालहरुले,मेरो डाँकरको
सातु,सामल,ढोल झ्याम्टा माथि
अन्नगिन्ती सङ्का गरे।
अनाबस्यक खान्तलासी गरे ।
सम्झे होलान ,तिम्रा धोकेहरुले
मालिकको आसन ताकेर आयो भनेर

मलाई थाहा छ , तिमीलाई लिम्बु कान्छा र कान्छीले
धान नाचेको पट्कै मन पर्दैन ।
टुडिखेलमा साकेलाको लय र ताल
तिम्रै लागि गाली सम्झन्छौ ।
मधेशमा रङ खेल्दा,तिमी आलो रगत देख्छौ ।
कामरेड आँखा कसरी सन्चो छ भनौ ??
तमु मगर हरुको {रेगा}भाङ्ररा लाई
बन्दोबस्तिका सामान सम्झेउ तिमीले?

सिङो थरुहट लाई भ्यागुता देखाएर
असला भने पछी
कसरी विश्वाश गरुन ?
राजनैतिक कमैयाको माखेसाङ्लो
प्रत्यक डोबहरुमा छाडदै हुनुहुन्छ तपाईं?
ताम्सालिङ आज
कुरुप साशकरुको छाला काडेर
अधिकारको लागि डम्फु बजाउदै छन ।

नेवा कुलेखानिको ड्याम जस्तो
सुतेर बसेको नसम्झनुस् ????
कालो अध्यारोमा बनाएको
षड्यन्त्रका बिस्कुन हरु
लाखौं मेघावाट बिद्युत निकालेर
खरानी पार्ने छन ।
मन्जु श्रीले फुटाएको पोखरी थुनेर
दुर्गन्धित कसिङर्हरुलाई
सधैंका लागि डुबाइ दिने छन ।

अग्लो धर्हराको टुपोमा बसेर
जमिनमा बसेकालाई
नाथे नस्म्झनुस् ?
आक्रोशको भुइचालोले,नारयणहिटी हल्लाएर
त्रिभुवनको नातिलाई
नागरजुन बनबाश पठाएको छ ।
कथा नबिर्सनुस् कामरेड ?
सम्झाउन रक्तिम- ज्ञापनपत्र लेख्दै छु ।

आगनमा लागेको चाकडीको मेलालाई हेर्दै
ग्वाला सम्झिनु भयो भने
दुर्भाग्य गाई ब्याउदैन ?
समयमा चेत खुलेन भने ?
रातो दरबार लाई सङ्रग्रालय बनाएर
टिकट छापे हुन्छ ।
एउटा ठुलो डाइनोसर्को टाउको राखेर ।

घर छिमेकका पर्यटक
चक्रपथमा लाइन लाग्ने छन ।
आगनका कार,पजेरो पनि त्यही राख्नुस् ?
६९ जेष्ठ २६ खुल्लामन्चको
हातेमालो तस्बिर पनि राख्नुस् ?
तपाईंका नाती नातिनिहरु , बर्गिय ईतिहास पढ्ने छन ।
जिबन्त पुस्तकालयमा ।

इन्द्रेनी विचारमाला लाई , भोटेताल्चा लगाएर
साचो किन जनाइमा झुन्डियो कामरेड ??????
तपाईं ठुलो भ्रममा हुनुहुन्छ ???
अशोक को गालामा झुन्डिएको
पहिचानको कोठिलाई
एटम बम सम्झिनु भएको छ
चस्मा खोल्नुस् कामरेड ????
नभये,समयले नग्याउदा कुरी कुरी हुन्छ

Tuesday, June 19, 2012

म रमाउदै, रमाउदै यो देशमै मरुला kabita


म रमाउदै, रमाउदै यो देशमै मरुला
यो देशको माटो चुमि म रमाउदै मरुला

भाग्यमानी ठान्नेछु म,
नेपालमा जन्म लिएकोमा
यै माटोमा आँसु हासो
सबै सबै पोख्न्न पाएकोमा
म रमाउदै...............

मेरा साथी भए यी डाडाँ पाखा
मेरो शिर बन्यो सगरमाथा
आमाको अपार माया पाए यहाँ
बाबाको मिठो साथ पाए यहाँ ।।

लडेर उठ्दै हिड्न सिके यहि नेपाली माटोमा
रोएर हास्न सिके मैले यहि नेपाली माटोमा
यो माटो भन्दा प्यारो अर्को कुनै माटो छैन
यो देश भन्दा सुन्दर अर्को कुनै संसार छैन ।। चन्दा थापा-०६९-३-५

Bhuwani Baral about Limbuwan.flv

Monday, June 18, 2012

विश्वको लोकप्रिय प्रचलन जाति र भाषाको आधारमा राज्यको नाम

विश्वको लोकप्रिय प्रचलन जाति र भाषाको आधारमा राज्यको नाम
विश्वासदीप तिगेला

नेपालमा अहिले राज्य पुनःसंरचनाका सम्बन्धमा व्यापक बहस र छलफल चलिरहेको छ । संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले १४ राज्य बनाउनुपर्ने प्रस्ताव गरेको छ । कर्णाली, नारायणी, सुनकोसी, खप्तड, जडान, लिम्बुवान, किरात, सेर्पा, ताम्सालिङ, तमुवान, मगरात, नेवा, थरुहट–अवध–लुम्बिनी, मिथिला–भोजपुरा–मधेस प्रस्तावित राज्यहरूको नाम पहिचान र सामथ्र्यको आधारमा ७ वटा जातिगत, ६ भूगोलगत र १ वटा संस्कृतिगत छन् । यद्यपि, केहीले जाति, भाषाको आधारमा र कसैले भूगोलको आधारमा मात्र नामकरण गर्नुहँुदैन भन्ने विरोधाभाषपूर्ण आवाजहरू सुनिएका छन् । त्यसैले यस सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई पनि हेर्नु सान्दर्भिक हुन्छ ।

विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिकाको ४९ वटा राज्यहरूमध्ये २८ राज्यको नामाकरण जाति, भाषालगायत आदिवासी जातिहरूको इतिहासबाट गरिएको छ । ती राज्यहरू ः १. आल्बामा २. आलस्का ३. एरिजोना ४. आकानसास ५. कनेक्टिकुट, ६. डिलावार ७. हवाई, ८. इधी ९. इलिनोइस १०. इन्डियना ११. लोवा, १२. कान्सास १३. केन्टुकी १४. म्यासाच्युट्स १५. मेसिगन १६. मिन्निसोटा १७. मिसिसिपी १८. मिसोरी १९. नेब्रास्का २०. डाकोडा २१. ओहायो २२. ओकलाहोमा २३. टेनिसिसी २४. टेक्सास २५. युटाह २६. विन्कन्सिन २७. न्यु मेक्सिको २८. वाओमिङ हुन् । यसरी अमेरिका भौतिक रूपबाट मात्र नभई भावनात्मक रूपबाट पनि विशाल र शक्तिशाली देखिन्छ ।

विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारतमा पनि हेर्ने हो भने अधिकांश राज्य, सहर, जिल्ला र महत्वपूर्ण ठाउँहरूको नाम भाषा, जाति र इतिहासको आधारमा रहेको पाइन्छ । तमिल जातिहरूको तमिलनाडु, कर्नडा–भाषीको कर्नाटक, मराठी–भाषीको महाराष्ट्र, गुजराती–भाषीहरूको गुजरात, पन्जाबी–भाषीको पन्जाब, नागा जातिको नागाल्यान्ड, बंगला जातिको पश्चिम बंगला, काश्मीरी जातिको काश्मीर छन् । ब्रिटिसको पालामा परिवर्तन गरिएको मद्रास, बम्बई भनिने सहरको नामलाई ब्रिटिसको फिर्तीपछि पहिलाकै नाम चेन्नई, मुम्बई कायम गरिएको छ ।

नेपालसँग धेरै कुरामा समानता रहेको र पछिल्लो समय विकास र प्रगतिमा लम्किँदै गरेको इथियोपियामा ११ राज्यमध्ये जातीय पहिचानका आधारमा आरोमी जाति तथा भाषीहरूको बाहुल्य रहेको क्षेत्र ओरोमिया राज्य, आम्हारिक–भाषीको आम्हारा राज्य, सोमाली जातिको सोमाली राज्य, टिग्रिग्ना जातिको टिग्रेई राज्य, आफार जातिको बाहुल्य क्षेत्र आफार राज्य र हरारी जाति÷भाषीको बाहुल्य इलाका हरारी राज्य गरी ६ वटा राज्य छन्; भूगोलको आधारमा २ वटा र मिश्रित आधारमा २ वटा राज्य छन् ।

जाति, भाषाको नामबाटै सिङ्गो देशको नामसमेत रहेको पाइन्छ । सर्वजातिको सर्बिया, अल्बेनियाली जातिको अल्बेनिया, कुर्द जातिको कुर्दिस्तान, मङ्गोल जातिको मंगोलिया, फ्रेन्च–भाषीको फ्रान्स, स्पेनिस–भाषीको स्पेन, आइरिसको आयरल्यान्ड, मले जातिको मलेसिया, ताजिक जातिको ताजकिस्तान, उज्वेक जातिको उज्वेकिस्तान, बङ्गला–भाषीको बङ्गलादेश आदि छन् । यहाँ याद गर्नुपर्ने कुरा के हो भने धेरै देशको नाम भाषा, जातिको नामबाट छ भने कतिपयचाहिँ देश कायम भएपछि भाषाको नाम रहन गएको छ । जस्तै ः नेपाल देश भएकोले पछिबाट खस भाषालाई नेपाली भाषा भन्न सुरु भयो ।

संयुक्त अधिराज्य(बेलायत) भित्र ४ वटा पूर्ण स्वायत्त राज्यहरू छन् । इङ्लिस भाषा बोल्नेको इङ्ल्यान्ड, स्कटिस भाषा बोल्नेको स्कटल्यान्ड जसको आफ्नै संसद् र मुद्रासमेत छ, आइरिस भाषीको नोर्दन आयरल्यान्ड, वेल्स भाषीको वेल्स राज्य छ ।

अमेरिकाको प्रसिद्ध पर्यटकीय सहर काङकुङ, बेलिजका आदिवासी बेलु जातिबाट बेलमुम्पान, रसियाको चेचेन जातिको चेचेन्या, केन्याको साम्बुरु जातिको नामबाट साम्बुरु जिल्ला, फिजीको लाउन भाषीको बाहुल्य प्रोभिन्सलाई लाउ प्रोभिन्स आदि रहेकोले पनि जाति र भाषाको नामबाट देशको नाम, राज्यको नाम राख्ने प्रचलन विश्वभर नै लोकप्रिय रहेको पाइन्छ ।

विश्वमा जम्मा २६ वटा मुलुकले सङ्घीय राज्य प्रणाली अपनाएका छन् । क्षेत्रफलको हिसाबले कुनै मुलुक नेपालभन्दा धेरै साना पनि छन् । प्रथम सङ्घीय मुलुक संयुक्त राज्य अमेरिका सन् १७८७, स्विट्जरल्यान्ड सन् १८४८, अर्जेन्टिना सन् १८५३, मेक्सिको सन् १८५७, क्यानडा सन् १८६७, ब्राजिल सन् १८९१, अस्ट्रेलिया सन् १९००, अस्ट्रिया सन् १९२०, रूस सन् १९३६, जर्मनी सन् १९३९, भारत सन् १९४७, बेल्जियम सन् १९९३, नाइजेरिया सन् १९६३, बोस्निया र हर्जगोभिना, कोमोरोस, इथियोपिया, इराक, मलेसिया, माइक्रोनेसिया, पाकिस्तान, सेन्ट किट्स र नेभिस, स्पेन, दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स, भनेजुएला र नेपाल छन् । यी सङ्घीय मुलुकहरूको अध्ययन गरेर नव–सङ्घीय नेपालले धेरै कुरा सिक्नुपर्छ । नेपालजस्तो बहुधर्म, जाति, भाषा, संस्कार, संस्कृति भएका मुलुकहरू धेरै अघि सङ्घीय प्रणालीमा गए र अहिले समुन्नत भइसकेका छन् । त्यसैले अबको नयाँ सविधान र पुनःसंरचनाबाट सबैलाई अधिकार प्राप्त होस् तब कसैले पनि अधिकारका लागि आन्दोलन गर्ने छैनन् र त्यो समय विकास र प्रगतिमा खर्च हुनेछ ।
झन्डै ५ दशकभन्दा बढी एकात्मक शासन प्रणाली अनुभव गरिसकेको नेपालमा अहिले सङ्घीय प्रणालीको चाहना हुनु, आवश्यकता महसुस हुनु अर्थपूर्ण छ । एकात्मक प्रणालीको उपभोगपछि अहिले सङ्घात्मक प्रणालीको चाहना हुनु स्वाभाविक हो र कालान्तरमा सङ्घात्मकपछि अर्को प्रणालीको चाहना र आवश्यकता महसुस हुन सक्छ । यो विकास र परिवर्तनको नियमित प्रक्रिया हो । भविष्यमा मुलुक छुट््याउने सिमानाबिनाको देश निर्माण हुन सक्छ तर अहिलेको परिपे्रक्ष्यमा सबैमा सङ्घीयताको चाहना हुनु सबैभन्दा सुन्दर पक्ष मानिएको छ ।

शासक र शासित जाति रहेको नेपालमा समानता र सन्तुलित सहिष्णुताको अवस्था ल्याउन वर्तमान परिप्रेक्ष्यमा जातीय अग्राधिकार, जातीय, भाषिक तथा सांस्कृतिक आधारबाट राज्यको नामकरण गर्नु आवश्यक ठानिएको हो । राज्य पुनःसंरचना सामथ्र्यका आधारमा मात्र गर्ने हो भने प्रथमतः नेपाल देश आफैं चल्न सामथ्र्य छ या छैन भन्ने प्रश्न आउँछ । निश्चय नै देश आफैं चल्न सकेको छैन । त्यसैले यहाँभित्र व्यवस्था गर्न लागिएका राज्यहरू सामथ्र्यको आधारमा मात्र हुनुपर्छ भन्नु विरोधाभासपूर्ण कुरा हुन् ।

राज्यको पुनःसंरचना एकाध जातिको हालीमुहाली कायम राख्ने तरिकाले गर्ने वा सबै जाति, धर्म, सम्प्रदायलाई समानता हुने तरिकाले गर्ने भन्ने अहिलेको मुख्य मुद्दा हो । संविधान निर्माणको एक जटिल अंश राज्य पुनःसंरचना र क्षेत्र निर्धारणमा हामी अरू बेलाभन्दा माथि उठेर धैर्यका साथ साझा, निष्पक्ष, समावेशी र समृद्ध नेपालका खातिर काम गर्दैछौं भन्ने आत्मविश्वास लिनुपर्छ । आफूले चाहेको सबै कुरा हुनैपर्छ भन्ने माग गर्दा अरूलाई के कस्तो असर पर्छ ? त्यो कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । एकात्मक चरित्रको प्रणालीले हामीलाई दास बनाएको अवस्था भएकाले सुरु सुरुमा सङ्घीयता पद्दति असजिलो हुन सक्ला तर बहुल जाति, भाषा, धर्म, संस्कार, संस्कृति भएको मुलुक नेपालजस्तो विश्वका अनेकांै मुलुकमा सफल र लोकप्रिय सावित सङ्घीय प्रणालीले निश्चय नै कल्याण गर्छ भन्ने विश्वास राख्नुपर्छ । संसार स्वतः परिवर्तनशील छ । त्यसैले आजको प्रणाली भोलि परिवर्तन र परिमार्जन हुनुपर्छ । त्यसैले डराउनुपर्ने÷आत्तिनुपर्ने अवस्था कसैलाई पनि छैन । मनमुटाव नल्याउने, अस्वीकार्य नहुने निष्पक्ष संविधान नै उत्कृष्ट संविधान हुन सक्दछ । निष्पक्ष संविधान भए कसैले अधिकारको लागि; समानताको लागि लड्ने समय विकासमा सदुपयोग हुनेछ ।

हिजोको ५ विकास क्षेत्र र १४ अञ्चल तिनै भूगोल र सामथ्र्यको आधारमा थिए र त्यो सबैभन्दा असफल र बेकम्मा सावित भएको कुरा छर्लंङ्ग छ । पुनः त्यस्तै भूगोल र सामथ्र्यको आधारमा मात्र राज्यको परिकल्पना गर्नु पश्चागमन हो । त्यसैले विकासको कार्य, प्रशासकीय कार्य चुस्त र दुरुस्त एवम् प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न, समुदायलाई समावेशी बनाउन, समानताको आधारमा कार्य सञ्चालन गर्न कर्तव्य तथा जिम्मेवारी बोध हुने प्रकारले राज्यको संरचना र नामकरण गर्नुपर्छ । समग्रमा राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले राज्यको नामको बारेमा ल्याएको खाका उपयुक्त देखिन्छ । प्रस्तावित राज्यहरूको सीमा क्षेत्रमा केही थपघट तथा सुधार गरे पूर्ण हुने देखिन्छ । त्यसैले समितिलाई धन्यवाद दिन कञ्जुस्याइँ नगरौँ ।

जाति, भाषा, संस्कृति र भूगोलको आधारमा राज्यको नाम राख्दैमा जातीय अन्तरविरोध हुन्छ भन्ने होइन किनकि राजनीतिक चेतनाको हिसाबले हामी नेपाली अगाडि छौँ । जातीय अन्तरविरोध हुँदै हँुदैन भन्ने पनि होइन । तर, जातीय राज्य नदिँदा हुने द्वन्द्वभन्दा दिएपछि हुने द्वन्द्व सहिष्णु र सामान्य हुनेछ । हिजोदेखि आजसम्म रहेको आक्रोस जस्तो हुनेछैन । त्यसैले यो समय भनेको केही गुमाएरै भए पनि हिम्मत गरेर समृद्ध र साझा नेपाल बनाउन अघि बढ्नुपर्ने बेला हो । एकात्मक प्रणाली वर्षौंवर्ष अनुभव ग¥यौँ । त्यसैले अब आउनुहोस् समृद्ध नेपालका लागि आज अग्राधिकारसहितको सङ्घीय नेपाल निर्माणमा सहभागी बनौँ ।

एक नम्बरी बाहुनवादी - राममणि आ.दी दिक्षित

Profile Picture






  
दिपेन योङहाङ

Jeki Chapcha
स्मरण रहोस : हिन्दु धर्ममा बाहुन राजा हुने चलन छैन । तर पनि राजाको निर्णायक तह तथा राजा भन्दा उच्च तहमा मनुस्मृतिको आधारले त बाहुननै देखियो । बाहुन जातिले आफुलाई सत्तामा टिकाई राख्न यसरी कविता समेत लेख्न पछि पर्दैनथे । हेर्नुहोस कविताको एक झलक –

एक नम्बरी बाहुनवादी - राममणि आ.दी दिक्षित

जंङ्गली स्वाँठे तिघ्रे पाखे ,

खर्पने डोकेको देश हो नेपाल

भगवान, राखिदेउ यो यसैगरी

यी सभ्य भए हाम्रो सिरिखुरी

कहाँ जाला ?

तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाजु–भाई छन्,

त्यहि रही बाँचुन् हुनुपर्दैन सभ्य ती,

बाहुन-क्षेत्रिबाट मन्त्रिमण्डल जोरनु

बाहुन-क्षत्रियहरुमा पनि उच्चकोटिको ।।

मन्त्रिमण्डल जोरदा बाहुन-क्षेत्रि जोरनू ,

अयोग्य मतवाली र पाखण्डी नीच निर्दयी ।

पस्यो भने मण्डलमा राज्य उठ्दा गिराउँछ ।।

बाहुन क्षेत्रीबाटै मन्त्रिमण्डल जोरनू
त्यस्तै मन्त्री लिई रक्षा गरनू राज्यको सधै ।|

राममणि आ.दी दिक्षितले लेखेको यो कविता भलोकुराको नमुना, प्रकाशक केदारमणि आचार्य दीक्षित २०१८ बाट लिईएको हो ।

कवितामा परेका जातीय अपमानसूचक (हाल अचल्तीका) पुराना शब्दहरुको भावार्थ व्याख्या:

* स्वाँठे – बदमास, बुद्धि, विवेक, विचार आदि केहि नभएको
महाको मूर्ख, लठ्ठक–पूर्वी नेपालका राई–लिम्बु ।

* तिघ्रे – ठुला र मोटा तिघ्रा देखिने गरी कछाड (छोटो धोती ) बाँध्ने
‘बुद्धिहिन भुसतिघ्रे’–पश्चिमी नेपालका गुरुङ, मगर ।

* पाखे – काठमाडौ उपत्यका बाहिरका गाँउले ‘असभ्य’ नेवारको कथित तल्लो जात ।

* खर्पने – बेत , बाँसका चोयाबाट निर्मित दुइवटा डालाजस्ता टोकरीलाई डोरीद्धारा दुवै छेउमा झुण्ड्याई नोललाई काँधमा हाली मालसामान बोक्ने खर्पन (साधन) बोकाहा – खर्पने ।
काठमाडौ उपत्यकामा मात्र यस्ता खर्पन बोक्ने प्रचलन हुदा यहाँका आदिवासी ज्यापू, नेवार

* डोके – राणा शासकहरुले बौद्धमार्गी, मारकाट नगर्ने जाति भनी सशस्त्र सैनिक सेवामा भर्ना नलिने गरी अन्य सैनिकहरुको निम्ति रसद–पानी मात्र (डोकोद्धारा) बोक्ने सैनिक सहायक विभाग (पिपा गोश्वरा) मा भर्ना लिईने तामाङ, शेर्पा ।

* कदै – कदापि । कहिल्यै पनि ।

* मतवाली – मद (जाँड– राक्सी ) पिउने । गैरतागाधारी

Friday, June 15, 2012

लिम्बुवान राज्यमा धिमाल स्वायत्त क्षेत्र नै किन ?

 

लिम्बुवान राज्यमा धिमाल स्वायत्त क्षेत्र नै किन ?
आज विश्वमा जित र हारको इतिहासलाई नै सर्वोपरी मान्ने चलन रहे पनि कुनै दिन जमिनको इतिहास लेख्ने चलन भयो भने नलेखिएका ति जातिहरुको इतिहास श्रृंखलाबद्ध ढंगले अवगत हुने नै छ । वर्तमानमा सागुरी भाज्याङ आसपास र विजयपुरको ठिक पूर्व वारतप्पा नजिक लेटाङ राजारानी भन्ने ठाउँमा एक घर धिमाल पनि बसोबास छैन तर धिमाल जातिले छोडेर गएका ऐतिहासिक चिन्हहरु नलेखिएको इतिहास बनेर रहेको छ । ईसा पूर्व छैटौं शताब्दी तिर किरात श्यान मकवानी वंशी १० सरदारहरु यस भू भागमा आएर राज्य स्थापित गरी लिम्बुवान नामाकरण गरे । त्यस पश्चात लिम्बुवानलाई १० प्रान्त र थुममा विभाजन गरी सबै थुमका राजाहरु पाँचथर थुमको आम्बेपोजोमामा भेला भई छलफल गरी शासन गर्न oolimbuvaan थितिू निमार्ण गर्दै संविधान बनाए । जस अनुसार क राजनीतिक थिति ख सामाजिक थिति ग धार्मिक नीति घ कृषि गर्ने थिति आदि योजना बनाए । सोही अनुरुप यसै पाँचथरको फेदेन गडीलाई सारा थुम थुमका राजाहरुले सरकार मान्ने प्रत्येक थुमका राजाले आ आफ्ना थुमहरुमा स्वतन्त्र तरिकाबाट शासन गर्न पाउने तर देश बाहिरबाट कुनै दुश्मनहरुले लिम्बुवानमा आक्रमण गरेमा सारा थुमका राजाहरु भेला भई एकमतबाट संयुक्त मोर्चा बाँधी त्यस्तो बाह्य दुश्मनसँग संघर्ष गर्ने भनि राजनीति थिति बनाए ।

डा। गोपाल गुरुङले नेपालका मुलवासी लिम्बु धिमाल राई गुरुङ थारु मेचे आदिलाई मंगोल वंशका किरात जाति हुन भनि लेखेका छन् भने सोधकर्ता तुलसी दिवसका अनुसार धिमाल जाति इसापूर्व १००० वर्ष पहिले सम्भवतः आर्यहरुको भारत आगमन भन्दा निकै अघि भारतिय उपमहादिपको उत्तरी र उत्तरपूर्व हिमालय क्षेत्रमा आएर बसेका किराती हरु कै एक शाखा हुन् भनि प्रदर्शनकारी धिमाल लोक सँस्कृति पे।न। ५ पुस्तकमा प्रष्ट पारेको छ । धिमाल जातिको ऐतिहासिकता खोतल्दै जाने हो भने धिमाल जाति भित्रको एउटा थर ूयोङ्याङू वंशावली पुस्तकको पृष्ठ ६ मा उल्लेखित साँगुरी भाज्याङमा पुस्तौ पुस्ता सम्म बसोबास रहेको र धरान विजयपुर पानमारा केराबारी हासुवा हुदै कमलपुर लेटाङमा धिमालहरु अवस्थीत थियो भनी पुष्टी गरेको छ । यति मात्र नभई लेटाङ निवासी वालामपकी मगर भन्नु हुन्छ ूवि।सं। १९८४ साल सम्म लेटाङमा ठुलो संख्यामा धिमालहरुको घना वस्ती थियो तर कालान्तरमा ति धिमालहरु अन्यत्र राजनीतिक उतारचढावले बसाई सर्न बाध्य भएँ

लिम्बुवान इतिहास अध्ययन गर्दा विजयपुरको ऐतिहासिकतालाई भुल्यो भने अपूर्ण हुन्छ । तसर्थ लगभग सोह्रौ शताब्दीमा स्थापित भएको विजयपुर शहर अठारौं शताब्दीका अन्त्यमा एउटा चरणविन्दुमा एउटा सभ्यता निर्माण भएको देखिन्छ । हुन त विजयपुर शहरको क्ष्ाद्र खण्ड तथा विजयपुर दरबारको भग्नावशेष अधावधि धरान बजारको पूर्व दिशामा देख्न सकिन्छ तथापी वर्तमान धरान बजारको उर्लदो विकासका अघि प्राचिन विजयपुरको ईतिहास र सभ्यता अल्पिदै मेटिदै गएको आँखाले झलझली देखिरहेका छौं । त्यस विजयपुरको पूर्व पट्टि पानवारा नामक जग्गामा वारातप्पा नाम गरेको एउटा शहर अथवा गढको नजिक ूधिमाल डाडाँू राजारानी पोखरीको उत्खनन् विजयपुरको उत्तरपट्टि डाडाँको टुप्पामा साँगुरी गढको भग्नावशेष छदैछ । कुनै समयमा ति तिनै गढ वा शहरहरु जीवित थिए तिनमा केही न केही सभ्यता थियो भन्ने अनुमान हुन्छ । त्यस समयमा विजयपुर शहरको गौरव वढी तिब्बत देश सुखिमदेश भुटान देश आसाम देश तथा नेपालका वाइसे चौबिसे राजाहरु र नेपाल खाल्डोका मल्ल राजाहरु सम्पर्क गरी शासन गरेको इतिहास पढ्दा विजयपुर आफ्नो राज्यकालमा हिमालय देशका राज्यहरु मध्ये एउटा प्रशिद्ध गणराज्य चलायमान भएको रहेछ भन्ने बुझिन्छ । मोरङ हाल साने देखिएता पनि विजयपुर शासनकालमा मोरङको सिमाना पूर्वमा टिष्टा नदी पश्चिममा बेतिया अथवा कोशल देश र दक्षिणमा पूर्णिया कै छेऊ जलालगढ थियो । इमानिसंह चेम्जोङका अनुसार पन्ध्रौ शताब्दी तिर अर्को किरात राजा साङ्लाहाङ्को उदय भई हाल विजयपुर पूर्व वारतप्पा भन्ने स्थानमा राजधानी राखेर उनैको वंशले सात पुस्ता शासन गरे अन्तिम राजा विजयनारायण रायले विजयपुर नगर बसालेका हुन । वि।सं। १६६६ मा उनको मृत्यु पछि किरात लोहाङसेनले विजयपुरलाई आफ्नो अधिनमा लिई मोरङ राज्यको चौतारिया मुरेहाङको नाति पानोहाङलाई राजगद्धीमा राखी स्वशासन दिएका थिए । त्यसबेला पनि धिमालहरु मोरङ झापामा थिए भन्ने यसै वारतप्पा स्थान नजिक ूलेटाङ राजारानी पोखरीू हाल भोगटेनी गा।वि।स। को भोगटेनी भन्ने ठाउँमा धिमालहरुको पुजा आजा पौराणिक सामाग्रीहरु भेटिएका छन् । र त्यस छेऊछाऊ धिमाल डाडाँ लोकराझार गुवाबारी नामले हाल सम्म चिनिन्छ । तसर्थ त्यस ठाउँको वस्तुगत स्थिती- उक्त राजारानी पोखरीमा भेटिएको सिपाही ढुङ्गाको मुर्ति पुरानो दरबारको भग्नावशेषका टुक्राहरु र सातौ देखि सत्रौ शताब्दीसम्म नेपालको इतिहासलाई वैज्ञानिक तरिकाले विश्लेषण गर्ने हो भने धिमालहरु कुनै दिन आफ्नो राज्यको नियमभित्र रहीसकेका जाति हुन् भन्ने कुरा घाम जतिकै प्रष्ट छ ।

श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा शाहवंशीयकरण गर्ने क्रममा वि।सं। १८३० देखि १८३१ माघ महिना सम्म लिम्बुवान राज्यमा १७ पटक आक्रमणकारी हानुपर्दा विजयपुरका राजा अथिङहाङलाई सत्रजित भनी नाम राखेका थिए । १८ औं पटक आक्रमण गर्दा धिमाल सेना र गोर्खा सेनाहरु संग सप्तकोशी नदी पारि चतराघाटमा सात दिन सम्म घोर युद्ध भयो भनि इतिहासकार सुब्बा प्रेमवहादुर माबोहाङ लिम्बु र भुपेन्द्रनाथ शर्मा ढुङ्गेलले लेख्नुभएको ूनेपाल संक्षिप्त इतिहासू पुस्तकमा उल्लेख छ । यस युद्धमा धिमाल सेनाका कमाण्डर बाङ्गाई धिमालले नेतत्व गरेका थिए भनेर आज पनि धिमाल बुढापाकाहरु बताउँछन् । त्यस उदाहरणले के देखाउँदछ भने नहारेको लिम्बुवानको रक्षा गर्न धिमाल जातिको भुमिका जसरी लिम्बु जातिको सेना काङ्सोरेले गरे सोही अनुरुप बाङ्गाई धिमालको अदम्य साहसले वि।सं। १८३१ साउन २२ गते गोर्खा सेना र लिम्बुवान विच सम्झौता भयो । जसलाई लालमोहर भनेर इतिहासमा साक्षी छ ।

कोचिला कोच राजवंशको इतिहास र लिम्बुवान शिर्षकमा प्रकाश यक्सोले लेख्नुभएको लेखमा ूमोरङमा बसोबास रहेको धिमाल मेचे आदि जातिहरु बोडो कछाडी कम्युनिटि भित्रका जातिहरु हुन । बोडो कछारीहरुको आदिम थलो भनेको भारत ब्रह्मपुत्र भ्यालि अन्तर्गत आसाम तिर्पुरा उत्तर वंगाल र वंगलादेशका केही भागहरु मुख्य देखिन आउँछ भनी लेख्नु भएको रहेछ । तर धिमालहरु भारतबाट नेपाल आएको होइन नेपालबाट भारत गएका हुन् भन्ने तथ्यको प्रमाणहरु भुमि सँग जातिको इतिहास गाँसिएको छ । यस लिम्बुवानमा धिमाल स्वायत्त क्षेत्र ९म्जषषबि ब्गतयलयुथ ब्चभब० अनिवार्य हो सोही अनुरुप थातथलो खुलेका अन्य जातिहरु याख्या लेप्चा लोहरुङ याम्फु आठपहरिया ताजपुरिया मेचे राजंवंशी ……… आदि लाई समेटेर समृद्धशाली लिम्बुवान स्वायत्त राज्य निमार्ण गरिनु पर्छ । तब मात्र आधुनिक लिम्बुवान बन्न सक्छ ताकी लिम्बुवानको ऐतिहासिक कालमा पनि दश सरदारहरुले स्वायत्त शासन अबलम्बन गरेका थिए ।

रामप्रसाद धिमाल ( बाङगाइ )
संघिय धिमाल स्वायत परिषद
( मन्च सम्बद सं.लि.रा.प. )

आङ्काजि शेर्पा को स्पीच असाढ १ गते.......

नेपालमा पनि लिवियाको जस्तै विद्रोह हुँदैछ ।

 

 Profile Pictureदिपेन योङहाङ

 
सोममाया तामाङ, केन्द्रीय सदस्य, मंगोल डेमोक्रेटिक पार्टी
मेरो घर र खेतबारी भनेकै मंगोल डेमोक्रेटिक पार्टी हो । अरुको घर र खेतबारीमा काम गरेर के पाउँछ मैले जसको घर र खेतबारीमा काम गरेको हुन्छु त्यहाँ उब्जाउ भएको सबै हिस्सा उसैको हो । त्यो घर खेतबारीको मालिकले जति ज्याला दियो मैले पाउने त्यति नै हो । एनेकपा माओवादी, नेपाली कंग्रेस र नेकपा एमाले भनेको बाहुनहरुको घर हो । म त्यहाँभित्र भएका सबै मूलबासी मंगोल समुदायलाई आफ्नै घर मंगोल डेमोक्रेटिक पार्टीमा आउन हार्दिक अनुरोध गर्दछु । नेपालका हिन्दू आर्यन बाहुन-क्षेत्री शासकहरुले पूर्व आईजीपी डीबी लामादेखि हेमबहादुर गुरुङ सम्मलाई जेलमा नै सडाउने षड्यन्त्र रच्यो ।
वर्तमान सेनापति छत्रमान सिंह गुरुङलाई मंगोल भएकै कारण सेनापित बन्नबाट रोक लगाउनका निम्ति कुलबहादुर खड्कालाई अघि सार्‍यो । नेपाली जनताले र नेपालका बहुसंख्यक मूलबासी मंगोल समुदायले सबैभन्दा बढी विश्वास गरेका एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सशस्त्र प्रहरीका सबैभन्दा सिनियर वरिष्ट डीआईजी कृष्णकुमार तामाङलाई एआईजीमा बढुवा नगरी सबैभन्दा कनिष्ट डीआईजी जीवनकुमार थापा र बाबुराम भट्टराईको तेह्रदिने भाई ऋषभदेव भट्टराईलाई एआईजीमा बढुवा गरी वरिष्ठ डीआईजी कृष्णकुमार तामाङलाई बलि चढाउने काम गरेको छ ।
नेपालकै स्रोत र साधनलाई प्रयोग गर्ने हो भने हामी नेपालीहरुले विदेशीको मुख ताक्नु पर्दैन । नेपालका सबै राजनीतिक दलका नेताहरु मुखले पारदर्शी र दुरदर्शीको कुरा गर्ने गर्छन् । तर, 'मुखमा राम-राम बगलीमा छुरा ' भनेजस्तो व्यवहारमा त्यो लागू हुँदैन । मैले खोजेको नेता दुरदर्शी र पारदर्शी होस् । नेपाल चलाउने नेताको नजर दुरबिनजस्तै हुनुपर्छ । आफ्नो छोरा-छोरीलाई स्रोत-साधनले सम्पन्न भएको विदेशको महंगो स्कूलमा पढ्न पठाउने नागरिकको छोरा-छोरीलाई आफ्नै दाजु-भाईको टाउको फोर्न सडकमा पठाउने नेताहरुको हामीले सशक्त प्रतिकार गर्नुपर्छ ।
बाबुराम भट्टराईको यस किसिमको मूलबासी मास्ने गतिविधि र क्रीयाकलापले नेपालका सबै मूलबासी मंगोल समुदायमाथि ठूलो चोट पुग्न गएको छ । एनेकपा माओवादी, नेपाली कंग्रेस र नेकपा एमालेका बाहुनवादी नेताहरुको शब्दजालमा अल्झिएर अरुको टाउको फोर्न तातिने युवा- युवतीहरुलाई भावि र सम्मुन्नत नेपालको खाका कोर्न सिकाउनुपर्छ भनी लामो समयदेखि जोडदार आवाज उठाउनु हुने मंगोल डेमोक्रेटिक केन्द्रीय सदस्य सोममाया तामाङसंगमंगोल डेमोक्रेटिक पार्टीको गतिविधि र क्रीयाकलापको विषयमा 'मंगोल भिजन साप्ताहिक'का सम्पादक कृष्णबहादुर तामाङले गरेको लामो कुराकानीको सारसंक्षेप :
नेपालका पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी विष्लेषण गर्नुभएको छ ?
नेपाल र नेपाली नागरिकलाई ७० वर्षदेखि ठग्ने ठग नीति हो, नेपालको अहिलेको राजनीति । नेपालमा आजसम्म राजनीति अर्थात् राष्ट्र बनाउने नीति होइन थोरै समयमा कसरी करोडपति र अरब पति बन्ने भन्ने धूर्त नीति मात्र चल्दै र चलाउँदै आएको छ । किनभने राज्यसत्तादेखि लिएर राजनीतिक पार्टीका सबै टाउके र लाउके नेताहरु नयाँ-नयाँ नारामा डमरु बजाउने विदेशी हुन् । यिनीहरुले नेपाल र नेपाली नागरिकलाई बन्दगी राखेर मुलुकलाई लुटिरहेका छन् । यिनीहरुको सोचाइमा पद र पैसा भए जे पनि गर्न सकिन्छ भन्ने छ तर अब यो दिर्घजिवी हुन सक्दैन । नेपाली नागरिक ५०-६० वर्ष अघिको सोचाइको रोगले ग्रस्त छ । आवश्यक पर्‍यो भने यसलाई अप्रेसन गर्नुपर्छ । त्यो अप्रेसन अरु कसैले गर्न सक्दैन, गर्न चाहँदैन र गर्दैन । यो अप्रेसन आवश्यक पर्‍यो भने मंगोल डेमोक्रेटिक पार्टीले मात्र गर्छ । किनकि उसलाई नेपाल बनाउनु छ । नेपाल अहिन्दु मूलबासी मंगोलको मुलुक हो । अरुहरु विदेशी हुन् । आफ्नो घर त्यसैलाई प्यारो हुन्छ र बनाउँछ, जसको घर हो । आजसम्म नेपालमा देखापरेका नेताहरु नकच्चरा हुन् ।
आधा शताब्दीमा हाम्रै छिमेकी मुलुक चीन, भुटान, जापान, कोरिया र थाइल्याण्डजस्ता मंगोल मुलुकहरु कसरी द्रुत गतिमा बडे । तर नेपालका मंगोलहरु किन आज पनि लेफ्ट-राइट-लेफ्टमा छन् र जुठो भाँडा माझ्न, कसाई काम गर्न, उँट गोठाला गर्न र बाटो खन्न जान लाखौँ-लाख खर्च गरेर भौँतारिई रहेका छन् । यो सब राजनीति होइन, ठग नीति गर्ने धूर्तहरुको हातमा यो मुलुकको राजनीतिक सत्ता पुगेको हुनाले र अहिन्दू मूलबासी मंगोलहरु जसको देश हो उनीहरुलाई ४५० वर्षदेखिको हिन्दू आर्यन बाहुन क्षेत्रीको धङधङीले नछोडेकोले हो । ४५० वर्षदेखि यी हिन्दू आर्यन बाहुन-क्षेत्री शासकहरुले हाम्रो राजनीतिक सत्तादेखि लिएर धर्म, कर्म, संस्कार, संस्कृति सबै लुटे । पृथ्वीनारायण शाहले नेपालको मूलबासीहरुलाई के महिला, के केटा-केटी, के गर्भावती महिला केही नभनी कथित एकीकरणको नाममा हत्या गरे । अहिले सबै जात-जाति, भाषा-भाषी र धर्मावलम्बीहरुको हक-अधिकार दिन्छु भन्ने एमाओवादी नेता प्रचण्डले हाम्रा सबै थोक अधीकरण गर्‍यो ।
नेपालका हिन्दू आर्यन बाहुन-क्षेत्री शासकहरुले पूर्व आईजीपी डीबी लामादेखि हेमबहादुर गुरुङ सम्मलाई जेलमा नै सडाउने षड्यन्त्र रच्यो । वर्तमान सेनापति छत्रमान सिंह गुरुङलाई मंगोल भएकै कारण सेनापित बन्नबाट रोक लगाउनका निम्ति कुलबहादुर खड्कालाई अघि सार्‍यो । नेपाली जनताले र नेपालका बहुसंख्यक मूलबासी मंगोल समुदायले सबैभन्दा बढी विश्वास गरेका एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि सशस्त्र प्रहरीका सबैभन्दा सिनियर वरिष्ट डीआईजी कृष्णकुमार तामाङलाई एआईजीमा बढुवा नगरी सबैभन्दा कनिष्ट डीआईजी जीवनकुमार थापा र बाबुराम भट्टराईको तेह्रदिने भाई ऋषभदेव भट्टराईलाई एआईजीमा बढुवा गरी वरिष्ठ डीआईजी कृष्णकुमार तामाङलाई बलि चढाउने काम गरेको छ । बाबुराम भट्टराईको यस किसिमको मूलबासी मास्ने गतिविधि र क्रीयाकलापले नेपालका सबै मूलबासी मंगोल समुदायमाथि ठूलो चोट पुग्न गएको छ ।
अहिले पनि हाम्रो मंगोल समुदायका सबै मन्त्री, सभासदहरु समेतलाई बाहुनवादको शब्दजालले बाँधेर राखेकोछ । यसका लागि प्रचण्ड बाबुरामदेखि लिएर सबैजसो बाहुन नेताहरुले छेपारोले जस्तो रङ फेरिरहेका छन् । अब सबै राजनीतिक दलमा रहेका मूलबासी समुदायका नेता तथा कार्यकर्ताहरुले, सेना र प्रहरीमा भएकाहरुले यो कुरा बुझ्नुपर्छ र अस्तित्व र अधिकार प्राप्तिको आन्दोलनमा सहभागी हुनुपर्छ ।
नेपाल राजनीतिक रुपले दोस्रो चरण अर्थात् सामन्ती राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा पनि सबै राजनीतिका दलको नेताहरुको व्यवहार त पहिलेको जस्तै छन् नि ?
कुकुरको पुच्छर १२ वर्षसम्म ढुंग्रोमा राखे पनि खुम्रेकै हुन्छ । यिनीहरुलाई त्यसभन्दा माथि जाने र लाने विचार पनि छैन । जान दिने वालामा पनि छैनन् । बाँदरले आफ्नो घर पनि बनाउँदैन । अरुले बनाएको पनि भत्काउँछ । हिँजोका ती सामन्ती र त्यही विचार भएकाहरुनै लोकतन्त्र आएपछि पनि त्यही ठाउँमा रहेपछि र राखेपछि कसरी उनीहरुको व्यवहारमा परिवर्तन हुन्थ्यो । यहाँ त एकात्मक सोच बोकेका बाहुनहरु पनि आफूलाई कम्युनिष्ट भनिरहेका छन् । नेपालका बाहुनहरुको सोचाई र विचार हेर्दा उनीहरु कहिल्यै पनि कम्युनिष्ट हुनै सक्दैनन् । गणतन्त्रको कुरा गर्ने एनेकपा माओवादीको नेतृत्वमा पनि पुँजीवाद र हैकमवादमा विश्वास गर्नेहरु नै उग्र कम्युनिष्ट छन्। मेरो विरोध मूलबासी मंगोल समुदायका माओवादीलाई होइन हैकमवादी र बाहुनवादी विचार भएकाहरुलाई हो । पहिला पनि यही बाहुनहरु नै र अहिले पनि त्यही बाहुनहरु नै नेपालको राजनीतिक सत्तामा छ । उनीहरुलाई त्यो ठाउँबाट नहटाएसम्म उनीहरुको विचारमा परिवर्तन आउँछजस्तो मलाई लाग्दैन । नेपालका मूलबासीहरु त्यो ठाउँ र राजनीतिक सत्तामा नपुगेसम्म नेपालको राजनीतिले नयाँ मोड लिन सक्दैन ।
संविधानसभाको मुख्य काम नयाँ संविधान र संघीय नेपालको निर्माण गरी नयाँ र समुन्नत नेपालको निर्माण गर्ने हो । तर संविधानसभाको अवधि १८ महिनाभन्दा बढी समय थपिई सक्यो । यस अवधिमा संघीयता र नयाँ संविधानको विषयले कम सत्ता परिवर्तन र व्यक्तिगत लाभका विषयले बढी स्थान पाउनुको मुख्य कारण के हो?
यिनीहरुले नेपाल र नेपाली नागरिकको मागअनुसार संविधान लेख्ने छैन र लेख्न सक्ने पनि छैन । सबै कुर्सीको खेलमा भुलेर बसेका छन् । संविधान बनाए पनि हिन्दू अतिवादी र बाहुनवादी षड्यन्त्र र योजना अनुसार बन्ने छ । तर संविधान बनाए पनि विचार र बहसको कुरा आउँछ । यसरी बनाएको संविधान भोलि नेपाली नागरिकले स्वीकार गर्दैन । नेपालको नागरिक भन्नु नै नेपालको मूलबासी मंगोल समुदाय हो, बाहुन-क्षेत्री होइन । नागरिक सर्वोच्चता, नेपाल, नेपाली नागरिकको इच्छा र चाहनानुसार संविधान बनाएमा हाम्रो अस्तित्व समाप्त हुनेछ भन्ने कुरा हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले बुझेका छन् । यिनीहरु कुर्सीको भागबण्डामा, पद र पैसाकै लागि दिन बिताइरहेका छन् । समयमा नै विचार पुर्‍याउन सकिएन भने भोलि कुन अवस्था आउँछ भनेर यिनीहरुले सोच्न र विचार गर्न पनि सकेका छैनन् । अहिले त ३ वटै ठूलो राजनीतिक दलका नेताहरु संविधान बनाउने भन्दै समयथप्दै नागरिकलाई खोक्रो आश्वासन दिएर झुलाउँदै भित्र-भित्रै २०४७ को संविधान ब्यूँताउने षड्यन्त्र गरिरहेको छ ।
संविधानसभाको आयु अब १४ दिन पनि बाँकी छैन । यस्तो अवस्थामा पनि नयाँ संविधान आउँछ भनेर राजनीतिक दलका नेताहरुले भनिरहेका छन् । नयाँ संविधानको खाका सार्वजनिक हुन्छ भन्ने कुरामा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?
संविधानसभाको समय अवधिलाई सकेसम्म यिनीहरु लम्ब्याउन चाहन्छन् । यो देशमा संविधान सर्वसाधारणको लागि मात्र हो । समय अवधिभित्र संविधान बनाउन चाहेको भए संविधानसभाका सभासदहरुले दुई-दुई ठाउँबाट नागरिकले तिरस्कृत र बहिष्कृत गरेका व्यक्तिहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउँदैन थिए होला । तर यहाँ त दुई ठाउँबाट हारेका व्यक्तिहरु पनि प्रधानमन्त्री र मन्त्री बन्दा रहेछन् । के नेपालको संविधानमा यस्तै लेखेको छ । त्यसैले यिनीहरुले पायो भने यो संविधानसभाको समय अवधि १८ महिना होइन १८ वर्ष थप्न सक्छन् । अर्को उपाय भनेको अब बन्ने संविधान पनि हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको षड्यन्त्रमा र हिन्दु अतिवादीको योजना अनुसार बनाइन्छ । त्यो संविधान बनाएर सार्वजनिक भएकै दिनदेखि सयौँ भूमिगत समूहहरु जन्मन्छन् र साम्प्रदायिक युद्ध शुरु हुनेछ । त्यो भविष्यले नै देखाउने कुरा हो ।
यिनीहरुले संविधान बनाउँछ भन्ने कुरामा मलाई विश्वास छैन । अर्को कुरा जब सम्मा तीन ठूला राजनीतिक दलमा भएका मूलबासी मंगोल समुदायका नेता तथा कार्यकर्ताहरुले औँशीको कालो रातको जस्तो बाहुन शब्दजाल तोडेर मूलबासी मंगोल समुदायको मुक्तिको लागि लड्न आउँदैन तबसम्म संविधान निर्माण हुँदैन । संविधानसभाका ३ ठूला दलका नेताहरुले संविधानसभाबाट नै मूलबासीको मुद्दालाई अनुमोदन गर्नुपर्छ भनेर मूलबासी मंगोल समुदायका २१८ जना सभासदलाई झूटो आश्वासन दिँदै बाहुन नेताहरुले फसाइरहेका छन् । एनेकपा माओवादीका अध्यक्षले बाहिरचाहिँ लुम्बिनीको विकास गर्छु भनेर बुद्धका बारेमा ठूल्ठूलो कुरा गरे पनि भित्रभित्रै यसको ठीक विपरित हिन्दू अतिवादी चरित्र प्रकट गरिरहका छन् । सर्वहारा र मंगोल समुदायको मुक्ति गर्छु भनेर संघर्ष गर्ने नेताको त यो गति छ भने अरु बाहुन नेताहरुका कुन मति होला खोलो तर्‍यो लौरो बिर्स्यो भनेजस्तै प्रचण्डले मूलबासी मंगोल समुदायका युवाहरुको रगतको होली खेलेर अहिले शक्तिमा आइपुगेपछि र सत्ताको मोहमा पुगिसकेपछि हिँजोका योग्य लडाकुहरुलाई अयोग्य भनेर हटाउने खेल भइरहेको छ । सत्तामा पुग्नुभन्दा पहिला योग्य, सत्तामा पुगेपछि अयोग्य ?। प्रचण्डले हामी अहिले पहिलेको जस्तो होइन भनेर भनेको कुरा त्यहाँ भित्रका मूलबासीहरुले बुझ्नुपर्छ र संविधान बनाउँछु भनी संविधानसभाका म्याद थप्दै झूटा आश्वासन दिने नेताहरुका विरुद्ध शसक्त रुपमा विद्रोह गर्नुपर्छ ।
राजनीतिक दलहरुको यही क्रीयाकलापले गर्दा समयमा नै संविधान बन्न सकेन भने मुलुकमा कस्तो स्थिति उत्पन्न हुन्छ होला ?
राजनीतिक दलहरु यस्तै गतिविधि र क्रीयाकलापमा अल्झिने हो भने नेपाल र नेपाली नागरिकको इच्छा र चाहनाअनुसार संविधान बनाउन सकिएन र बनाएन भने नेपालमा धार्मिक युद्ध शुरु हुनेछ । अहिले संविधानसभामा र राज्यको महत्वपूर्ण स्थानमा ४ प्रतिशत बाहुनहरुको हालिमुहाली छ । यसमा पनि ३ ठूला दलमा रहेका ३ जना बाहुनहरु पुष्पकमल दाहाल, सुशिल कोइराला र झलनाथ खनालको हालिमुहाली छ । यिनीहरुको सोचाई १८औँ शताब्दीको छ । उनीहरुले सबैलाई झूटो आस्वासन दिँदै अल्मलाई राखेका छन् । ३ ठूला दलको यिनै तीन जना नेताकै कारण मुलुकमा धार्मिक युद्ध शुरु हुनेछ । यसको मर्का कसलाई पर्नेछ र त्यो समयमा कस्तो परिस्थिति निर्माण हुन्छ भन्नेबारे हामी सबैले आफै सोचौं ।
यसको उत्तर त हामीले दिनुभन्दा पनि तिनीहरुको व्यवहारले नै बताउँछ । जबसम्म मूलबासीको मुख्य मुद्दा सम्बोधन हुँदैन । तबसम्म नेपालमा शान्ति सम्भव छैन । मूलबासीको मुद्दा सम्बोधन नभई कसरी शान्ति हुन्छ? मूल कुरा भ्रष्टाचार,लुटपाट, हत्या, अपहरण र आतंकजस्ता अहिले नेपालमा देखा परेका गतिविधि र क्रीयाकलापले गर्दा नेपालमा छिट्टै लिवियाको जस्तो युद्ध हुने सम्भावना छ । भ्रष्टचारी, हत्यारा, अपहरणकारी र लुटपाट गर्ने गिरोहका संरक्षक नै ३ ठूला राजनीतिक दलका नेताहरु हुन् ।
मुलुकमा अहिले विदेशी हस्तक्षेप बढेको छ भनेर ३ ठूला दलका नेताहरुले भन्ने गरेका छन् । तपाईंलाई पनि विदेशी हस्तक्षेप भएको छ भन्ने महसुस भएको छ कि ?
नेपालमा अहिले पनि विदेशी हस्तक्षेप भइरहेको छ । पहिले पनि विदेशी हस्तक्षेप भइरहेको थियो । किनकि ४५० वर्षदेखि नेपालको शासनसत्ता विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको हातमा पुगेको छ । अहिले त त्यही विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु नै एक-आपसमा झगडा गर्दै सिंहदरबारमा सत्ता र कुर्सीको टेन्डरमा फसिरहेका छन् । र यी विदेशीहरुले पनि थप विदेशी हस्तक्षेप निम्त्याई रहेका छन् । हिँजो माओवादी नेता पुष्पकमल दाहालले भारतलाई विस्तारवादी र अमेरिकालाई साम्राज्यवादी भनेर लांछना लगाउने गर्थे । अहिले त कुर्सी र पैसाको लोभमा फसेर नेपाली नागरिकको न्याय कार्यान्वयन गर्नुपर्ने ठाउँमा नागरिकको चाहना र इच्छा विपरित प्रचण्ड भारतीय हिन्दू अतिवादी नेताहरुको पाउमा लम्पसार हुन पुगेका छन् ।
हामी नेपालीहरुले चाहने हो भने गर्न नसक्ने कुरा केही पनि छैन । नेपालको सामन्ती राजतन्त्रको अन्त गरी गणतन्त्र र लोकतन्त्रको स्थापना गर्‍यौ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो । त्यसैले तपाईं हामी एक ढिक्का भएर उठ्यौं भने यहाँ विदेशी हस्तक्षेप र विदेशीहरुको केही पनि लाग्दैन । धमिरा लागेर मक्कीई सकेको बाहुनवादी सामन्ती शासन व्यवस्था तासको महल ठलेझैँ ढल्नेछ र यी विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु कुलेलाम ठोकेर भाग्ने छन् ।
यसरी विदेशीहरुको हस्तक्षेप बढ्नुको मुख्य कारण के होला?
मानव समुदाय स्वार्थी भावनाको जीव हो । त्यसैले कुनै न कुनै स्वार्थबिना निस्वार्थ काम गर्नेहरु अति कम छन् । त्यसमा पनि आज हामीले राम्ररी दिमाग खोलेर हेर्ने हो भने विश्वमा ३ वर्णका मान्छेहरु पाइएका छन्, १) मंगोल, २) आर्यन र ३) काला । विश्वमा शासन गर्नेहरुको बारेमा हेरौं आर्यनहरुले शासन गर्ने जुनसुकै देशमा शोषण, दमन, अन्याय र अत्याचार भइरहेको देखिन्छ । यिनीहरुको विचार र संस्कार नै सामन्ती प्रवत्तिको छ । जस्तै- अमेरिकीहरुलाई सेतो आर्यन भन्छन् । यिनीहरुले संसारलाई नै उसको अधिनमा राख्न खोज्छन् भने काला वर्णका आर्यनहरु भारत र नेपालमा । भारतले सकेमा पाकिस्तान, श्रीलंका र बंगलादेशलाई पनि आफ्नो अधिनमा राख्न खोज्छ । नेपाल त उसको इशारामा चल्न बाध्य छ ।
तर मंगोलहरुले राज्य गरेको देश जापान, चीन, कोरिया, थाइल्याण्ड र मलेसिया आदी देशहरुका नागरिकहरु समानरुपले आर्थिक वृद्धि हुने नीति ल्याउँछन् । भारत विश्वको गनिने देश हो । तर त्यहाँ अनुहार हेरेर धनी-गरिब छुट्याउन सकिन्छ । तर चीन, जापान, कोरियामा अनुहार हेरेर धनी र गरिब छुट्याउन सकिँदैन । त्यस देशका नागरिकले अर्को नागरिक व्यक्तिगत रुपमा नोकर राख्न पनि सक्दैन । त्यसरी यो स्वार्थी मानवले आफ्नो फाइदाका लागी अरुको देश र सम्पत्तिमाथि हस्तक्षेप गरेको हुन्छ । त्यसमा पनि शोषक-सामन्ती विचार भएका देश र वर्णकाहरुले हस्तक्षेप गरेको पाइन्छ । नेपाल र भारतको शासनसत्ता विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको हातमा छ । नेपालमा २० प्रतिशत हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु छन् भने भारतमा १५ प्रतिशत हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु छन् । यिनीहरुले नै यो देशको शासन चलाइरहेका छन् ।
यतिखेर मुलुक मात्र होइन । सबै राजनीतिक दलहरु असफल भएका छन् । तपाईंले आस्था राख्ने राजनीतिक दल मंगोल डेमोक्रेटिक पार्टीको स्थितिलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
मुलुकमा राजनीतिक दलहरु असफल हुनु त स्वाभाविक नै हो । किनकि यिनीहरुको कुनै भावि योजना र रणनीति नै छैन । जसरी पाउँछ खाइ हालौं, कुम्ल्याई हालौं भन्ने छ । कसरी यिनीहरु सफल हुन्छन् त? मंगोल डेमोक्रेटिक पार्टी एउटा विचारवान पार्टी हो । यसको संगठन विकट गाउँ-बस्तीहरुबाट शुरु भएर विदेशमा समेत फैलिँदै छ । यदि तपाईं गाउँहरुमा जानुभयो भने हरेक व्यक्तिले सबै राजनीतिक दलमा भएका बाहुनहरुले घृणित बाहुनवादी राजनीति गर्‍यो, केही काम गरेन, गर्दैन, घुस खान्छ, कमिसन खान्छ, हाम्रो काम गरेन, गर्न चाहँदैन र गर्दैन भन्ने कुरा मात्र सुन्न पाउनु हुनेछ । सानो बच्चाले समेत बाहुनहरुको कुरा विश्वास गर्न छोडिसके । तिनीहरुले संगठन गर्ने दल र नेतृत्व गरेको दलको विश्वास गर्न छोडिसके । त्यसैले अबको युवा पुस्तामा आउने दिन र भविष्यमा मंगोल डेमोक्रोटिक पार्टीको अवस्था एकदम बलियो र व्यवस्थित हुनेछ ।
त्यसका लक्षणहरु सबैतिर देखा पर्न थालिसकेको छ । नेपालमा सबै राजनीतिक दलले वर्गीय, जातीय र लिङ्गीय मुक्तिको कुरा गर्दै झूटो आश्वासन दिएर काम गर्‍यो । यहाँ वर्गको कुरा होइन, जातीय मुद्दालाई पहिला सम्बोधन गर्नुपर्ने भएकोले मंगोल डेमोक्रेटिक पार्टी जन्मेको हो । यो पार्टी भनेको नेपालका सिंगो मूलबासी अट्ने घर हो । हामी नेपालका सबै मूलबासी मंगोल समुदायले बुझ्नुपर्ने महत्वपूर्ण कुरा पनि यही हो । अब भविष्यमा पनि हाम्रो नेतृत्वले यो कुरा बुझेन भने मूलबासी चेली र मूलबासी युवाहरुले यो कुरा सबैलाई बुझाउने छ । हामीलाई र हाम्रो समुदायका भाबिपुस्तालाई अलमल्याउने नेताहरुलाई हामीले औँलामा गनिसकेका छौं । त्यही भएर पहिला बाहुन शत्रुलाई भन्दा आफ्नैहरुलाई ठीक पार्नुपर्ने अवस्था नआओस् ।
नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता भइसकेपछि पनि हिँजोका सामन्तहरुले मान्दै आएको पुरानो संस्कृति, चाड-पर्व र रीतिरिवाजले नै महत्वपूर्ण स्थान पाउँदै आइरहेका छन् नि?
मुलुकमा लोकतन्त्र र धर्मनिरपेक्ष घोषणा भइसकेको भए पनि यसको कार्यान्वयन भने भएको छैन । जस्तै हिन्दूका चाड दशैँ-तिहारलाई मात्र १ महिनाको बिदा र १ महिनाको भत्ता दिइन्छ । तर अरु समुदायका चाड-पर्वलाई १ दिनको बिदा दिन पनि डेलिकेशन जानुपर्ने? त्यसैले धर्मनिरपेक्ष भएको हो भने सबैलाई समान बिदा र भत्ता दिनुपर्छ । बुद्धिष्ट र हिन्दू दुवैलाई बराबर बजेट छुट्याइनु पर्छ । यसैगरी संविधान बनाइसकेपछि पनि यस्तै भेदभाव गरिएमा यहाँ रेसियल र धार्मिक युद्ध शुरु हुनेछ । बाघको छालामा स्यालको रजाइँ भनेजस्तै भएको छ यहाँ । धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्टहरु नै अहिले ठूला-ठूला कुरा गरिरहेका छन् । त्यसमा पनि माओवादी अध्यक्ष प्रचण्ड यो काममा अग्रपंक्तिमा उभिएका छन् ।
मूलबासीहरु त्यो स्थानमा नपुगेसम्म हाम्रो भविष्य सुरक्षित हुने छैन । हाम्रो धर्म, भाषा, लिपि, रीतिरिवाज र परम्परा सुरक्षित हुने छैन । तर अब त्यो दिन धेरै टाढा छैन । यहाँको एकात्मक बाहुनवादी राज्यसत्ताका विरुद्ध झाँसीकी रानीले जस्तै मुद्दा उठाउने चेली-बेटी जन्मिसकेका छन् । बाहुनवादका विरुद्ध एकसाथ लड्न सक्ने चेलीहरु जन्मिसकेका छन् । बाहुनवादी राज्यसत्ताको शोषण, दमन, अन्याय र अत्याचारका विरुद्ध युद्ध गर्न तयार हुने चेलीहरु जन्मिसकेका छन् । मलाई लाग्छ अब बाहुनवादी सत्ताको म्याद मंसिर १४ सम्म मात्र होला त्योभन्दा बढी भए आइसियूमा राखेको बिरामीजस्तो भएर थप ६ महिनासम्म रहन सक्ला ।
महिलाहरुलाई राजनीति गर्न गाह्रो हुन्छ भनिन्छ । तर तपाईंले राजनीतिलाई नै पेशा बनाउनुको कारण के हो?
भारतबाट अंग्रेजहरुलाई लखेट्न नसक्दा र त्यो काम पुरुषहरुले मात्र गर्न नसक्दा झाँसीकी रानी पनि अंग्रेजहरुलाई भारत छोड भन्ने आन्दोलन र भारतबाट धपाउने आन्दोलनमा सहभागी भएका थिए । हामीले विगतदेखि अहिलेसम्मका पुरुषहरुको मूल्यांकन गरिसक्यौं । महिलाहरुलाई पुरुषहरुले शोषण, दमन, अन्याय र अत्याचार गरी सबै क्षेत्रमा हेपिरहेको अवस्था छ । विशेषगरी नेपालमा चेलीबेटी बेचबिखनजस्तो समस्या छ । चेलीबेटी बेच्ने मुख्य योजनाकार भनेको बाहुनहरु र यो देशको राज्यसत्तामा बस्नेहरु नै हुन् । यसमा अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरुको ध्यान पुग्न सकेको छैन ।
जबसम्म यहाँ यो बाहुनवादी राज्यसत्ताको घेरा तोडिँदैन, त्यस समयसम्म हामी लडिरहने छौं । भारतमा सोनिया गान्धीले अत्याधिक मत ल्याई प्रधानमन्त्री हुने अवसरलाई समेत त्यागेर अरुलाई दिइन् । नेपालका मूलबासी चेलीहरु त्यो पाएको पद त्याग्ने होइन कि नपाएमा र हिन्दू अतिवादी शासकहरुले नदिएमा खोस्ने हो । नेपालमा अहिले पनि कतिपय पुरुषहरु जाँड- रक्सी र मदिरा सेवन गरेर बस्ने गर्छन् । महिलाहरुले कसरी घर चलाइरहेका हुन्छन् भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन । तर महिलाहरुले राम्रोसँग घर-व्यवहार चलाइरहेको हुन्छ । अनि घर- व्यवहार चलाउने चेलीले राष्ट्र चलाउन सक्छ भन्ने आँट र हिम्मत हामीले गरिसकेका छौं ।
तपाईंको जीवनको अन्तिम लक्ष उद्देश्यचाहिँ के हो?
नेपाललाई सबै अहिन्दू मूलबासी मंगोल समुदायको साझा फूलबारी बनाउने हो । हामीले विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको अन्याय, अत्याचार, शोषण र दमन सहेर बस्ने होइन । धर्म निरपेक्षता र संघीयता प्राप्त भएन भने अन्तिम समयसम्म लडिरहने हो । गाउँ-गाउँ र बस्ती-बस्तीमा पुगेर आफ्नो धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र परम्पराको जगेर्ना गर्ने र यसैलाई फैलाउने काम गर्ने हो । विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीको दासत्वबाट मूलबासी मंगोल समुदायलाई मुक्त गराउने हो । क्षणिक लोभ-लालचमा लागेर फसेकाहरुलाई आफ्नो संस्कारमा प्रतिबद्धता हुन सिकाउने हो । मजस्ता हजारौँ चेलीहरु जन्माउने हो । आइएलओ १६९ लाई तुरुन्त कार्यान्वयन गर भनेर भन्दा पनि धरपकड गर्ने बाहुनवादी राज्यसत्ताको जंजिरलाई तोड्ने काममा लाखौँ चेलीबेटी र महिलाहरुलाई उभ्याउने हो । सबै समुदाय र धर्मलाई समान अधिकार नदिएमा त्यसका विरुद्ध कडाइका साथ आवाज उठाउने हो ।
अन्तमा तपाईं नेपालका मूलबासी मंगोल समुदायलाई के सन्देश दिन चाहनुहुन्छ?
सम्पूर्ण अहिन्दू मूलबासी मंगोल समुदायको हक, हित र अधिकार सुरक्षित हुने गरी संविधान बनाइयोस् । यस्तो मौकामा पनि हालको जस्तै गरी हिन्दूवाद र बाहुनवादको शोषण, सामन्ती भएमा अहिन्दू मूलबासी र मंगोलहरु हो, हामीले जसरी राणाको शासन र त्यसको प्रतिकार गर्‍यौ त्यसैगरी यी विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुका विरुद्धमा बोल्न सक्नेले बोलेर, लेख्न सक्नेले लेखेर, लड्न सक्नेले लडेर प्रतिकार गर्नुपर्छ र हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको अन्याय, अत्याचार, शोषण, दमन र सामन्ती व्यवस्थाको अन्त्य गर्नुपर्छ । अब हामीले कुनै पनि कांग्रेस, कम्युनिष्ट पार्टी भनेर बाहुन-क्षेत्रीको दलाली र गुलामी गर्ने होइन । नेपालका प्रत्येक मूलबासी मंगोल समुदायले एक ढिका भएर यी विदेशीहरुका विरुद्धमा आवाज उठाउन आवश्यक छ । साथै नेपालको मात्र नभएर विश्वकै मूलबासीहरुलाई हामी मूलबासीहरु एक हौं । अन्तिम समयसम्म लडिरहौं, अन्याय, अत्याचार, शोषण र दमनको घेरा तोडौं, सबै मूलबासीहरु आफ्नो हक, अधिकार र न्यायको निम्ति ऐक्यबद्ध भएर लडौं । बगेको झर्नाजस्तै थोपा-थोपा संगालेर एउटा विशाल मूलबासी सागर बनौं ।
अन्तर्बार्ताको सन्दर्भमा केहि जिज्ञासा भएमा मंगोल डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्य सोममाया तामाङलाई ९८४१९८५४७१ मा फोन गरी सम्पर्क गर्न सक्नुहुनेछ ।

Interaction Program with Mahendra Lawati

Wednesday, June 13, 2012

डा. साप, गाउँलेका प्रधानमन्त्री कि साउदी अरबका राजकुमार ?

                                             








 दिपेन योङहाङ


यी डा साप नेपाली जनताका प्रधानमन्त्री हुन् कि सौदी अरबका राजकुमार हुन् भन्ने भ्रम स्रिजना गरिदिएको छ। उनको पद हेर्दा हामी नेपालीका प्रधानमन्त्री हुन् भन्ने लाग्ने । तर उनको पारा, नखरा र बोली सुन्दा कुनै अरबियन देशको राजकुमार झैं लाग्ने । हामी नेपालीका प्रधानमन्त्री हुँदा हुन् त उनलाई नेपालको बास्तबिक समस्या ज्ञान हुनु पर्ने हो । तर रहेनछ उनलाई । त्यसैले उनले अब गाउँको बास्तबिक समस्या बुझ्न गाउँमा गएर एक रात बिताउने निर्णय गरेछन् । नेपालकै ग्रामिण भेगको समस्या नबुझेका डा सापलाई कसरि नेपालीका प्रधानमन्त्री रहेछन् भन्नु ?
 प्रधानमन्त्री भएपछि उनले मुस्ताङ म्याक्स चढेर जगतको स्याबासी लिए । हेल्लो सरकार भन्दै खुब सुने जनगुनासा । त्यो जनगुनासा सुन्दा आफ्न्तनिकटलाई जागिर दिए । आम जनताको भन्दा भोली चुनाबमा डा सापको पक्षमा छाती खोलेर पर्चा बोक्दै हिँड्नेको संख्या बढाए । छु मन्तर गरेर भ्रस्टाचार हटाउने, सुशासन, सुरक्षा, भ्यागुतो उफ्रे जस्तो आर्थिक ब्रिद्दी र जनतालाई एक थान गतिलो संविधान । के के हो के के दिए बाचा । तर तिनका बाचा एकपछि अर्को झ्याल्टुङ खाँदै गए । अर्थात उनी अनुभवहिन प्रधानमन्त्री देखिए नयाँ जोगी जस्तो । उनले अनावश्यक लोकप्रियता हाँसिल गर्न देखाउनुसम्म नौटंकी देखाए । गर्नुसम्म नखरा गरे । अहिले अर्को नखरा गरेका छन् । अब जनताका दुखसुख बुझ्न गाउँमा गएर बस्ने रे हरेक महिना एक दिन ।
त्यसको शुरुवात हिजो गरे प्रधानमन्त्री साप ले । हिजो बुधबार काठमाडौं ६ नम्बर निर्वाचन क्षेत्रको जोरमहांकाल गाविसमा पुगे गाउँका जनतासित प्रत्यक्ष उठबस गरेर पिर मर्का बुझ्न । निक्कै टाढा सुदुरको गाउँ छाने । जहाँका गाउँलेको स्थिति उहाँका सल्लाहकारले दिन सक्थेनन्। सरकारी निकायलाई महिनौं लाग्थ्यो। उनको पार्टीलाई जानकारि थिएन। दिनभरिको भलाकुसारीले नपुगेर उनले स्थानीय जनतासँग रातभर अन्तरक्रिया गर्न हिजो  बुधबार रात त्यहिँ बिताए ।
 देशलाई गतिलो संविधान चाहिएको छ अहिले । आम शोषित, पीडित गरिखाने, निमुखाका लागि, सबै नेपालीले यो मुलुक मेरोपनि हो भनेर साझा अनुभुति गर्न सक्ने संविधान । त्यसलाई ब्यवहारमा उतार्ने  जिम्मेवार सरकार । कालो बजारी रोकोस् । भ्रस्टाचार पुरै रोक्न नसकेपनि भ्रस्टहरुलाई कारबाही गर्न बनेको निकायलाई स्वतन्त्र र अधिकार सम्मपन्न बनाओस् । सक्रिय पारोस् । प्रशासनिक ढिलासुस्ती कम गरोस् । बजार अनुगमन गरोस् । बिद्दमान नियम, कानुन र ऐनको पालना कडाईकासाथ लागू गरोस् । जथाभाबी बजार भाउ बढाउने, अभाव स्रिजना गर्नेमाथि कारवाही होस् । हुनेखानेलाई झन सुबिधा थप्ने, शहरिया केन्द्रित नीति बनाउने होइन कि गाउँ केन्द्रित योजना पनि बनाओस् । त्यतातिर डा सापको दिमाख कहिल्यै घुम्दैन ।
आफ्नै सल्लाहकारहरु बोल्नसम्म नजानेका बेढंगी छन् । उनलाई सल्लाह दिनेहरुको ध्यान कसरि डा सापको कुर्सी लम्ब्याउने र आफ्नो भत्ता खाने भन्ने ध्यान्नैमा मरिजाने छन् । उनैले गतिलो सल्लाह दिने भनेर राखेकाहरु भ्रस्टाचारमा पौडि खेल्ने पौडीबाज छन् । आफ्नै पत्नी, आफ्नै पार्टीको एक हस्ती भएर बसेकी कुन चोकका कुन कुन घर कुन कुन डोजरले भत्काउने भन्दै सडकमा सिठ्ठी फुक्दै हिँड्छिन् यस्ता महत्वपूर्ण कुरामा ध्यान नदिएर । अनि डा साप वाहियात सुशासनको गफ हाँक्छन् ।
नेपाली जनताको क्र्यशक्ति कति छ ? कर्णालीका जनता हरेक छ महिना अनिकालमा बाँच्छन् भन्ने हेक्का के प्रधानमन्त्रीलाई छैन ? गाउँका जनता पिडित छन् भन्ने उनमा ज्ञान छैन ? पिडित, उत्पिडित, गरिब, निमुखा जनता खोज्न गाउँ होइन शहरमैपनि लाखौं छन् भन्ने उनलाई आजसम्म थाह छैन ? डा सापको पार्टीले श्रमजिवी, श्रमिक, मजदूर, हेपिएका, थिचिएका, चेपिएका, उत्पिडनमा परेका जनतालाई समान हक र अधिकार दिने भन्दै जनयुद्द गर्‍यो । नेकपा माओवादीले जनयुद्द शुरु गर्नु अघि डा सापकै नेत्रित्वमा देउवा सरकारलाई बुझाएको ४० बुँदे मागमा गाउँका जनताका समस्या के हुन् लेखिएकै छन् ।
डा साप आफैं बेला बेला खुबै डिङ हाँक्छन्, जनयुद्दका बेला गाउँ गाउँ घुमियो, जनताका आँगन चहारियो, सँगै बसियो, सँगै सुतियो, सँगै घरगोठ, उकालो ओरालो गरियो भनेर । यस्तरी गाउँ चहार्दा डा सापका आँखा कता गएका रहेछन् ? गाउँ केन्द्रित यत्रो जनयुद्द गर्दा डा सापले गाउँका पीडा देखेनछन् ? सँगै रहँदा, बस्दा, गाउँमा मकै कोदो र भटमाससित रमाउँदापनि गाउँलेका वास्तबिक समस्या देखेनछन् र अब प्रधानमन्त्री भएपछि गाउँ जानुपर्ने भो ? जनयुद्दका बेला वास्तबिक भेष त बदले होलान् नै, के वास्तबिक आँखापनि डा सापले खल्तिमा हालेर हिँडेछन् ?
त्यतिले नपुगेर हाम्रो पार्टीलाई जिताएमा जनतालाई यो गर्छु र त्यो गर्छौं भनेर गत संविधान सभामा बाँडेको चुनावी घोषणापत्रमा स्पष्ठै लेखिएको छ त । कि डा सापलाई त्यस्को हेक्कापनि छैन ? प्रधानमन्त्रीको कुर्सीमा बिराजमान हुनासाथ, आफ्नी श्रीमती, आफ्ना आसेपासी र आफ्नो सुख सुबिधाले उकालो लाग्नासाथ सबै नेपालीको हैशियत समान भयो भन्ने भ्रम पालेका छन् डा सापले ? डा सापले गाउँले दुखि, गरिव, पिडित जनताको दैनिक जिवनमा कति परिवर्तनकामी काम गरे र अब के कति बाँकि छ भनेर बुझ्न गाउँ जाँदै छन् ? गाउँलेका बास्तबिक समस्या बुझ्न प्रधानमन्त्री गाउँमा गएर बस्नुपर्छ ? युएनडिपीका रिपोर्ट हेरे पुग्छ । गैरिबी निवारण कोषका दस्ताबेजले भनिदिन्छन् । आफ्नै पार्टीका जिल्ला जिल्लाका कार्यकर्ता, जिल्ला समितिको रिपोर्ट मागे पुग्छ । राष्ट्रिय योजना आयोगका पानामापनि अवश्यै होलान् । राष्ट्रिय ढुकुटी रित्याएर पालेका सल्लाहाकारको भूमिकापनि त प्रयोग गर्दा हुन्छ । त्यतिले नपुगे दिन दिनै गाउँ गाउँबाट आउने गाउँलेका वास्तबिक पीडा र उकुसमुउस नेपाली सञ्चार माध्यममा हेरेपनि डा सापको घैंटोको बिर्को खुल्छ ।
गाउँको शसक्तिकरण, ग्रामिण विकास, गाउँको हित कसरि हुन्छ भने दर्जनौं योजना बनिसकेका छन् । त्यो अहिले होइन पञ्चायती ब्यवस्थाकाल देखिका अलपत्र छन् । तिनैको अध्ययन गरेपनि गाउँको बास्तबिक समस्या बुझिन्छ । तिनै अलपत्र योजना कार्यान्वयन गरिदिएपनि गाउँलेको हित हुन्छ । डा साप हाम्रा गाउँलेको अवस्था बुझ्न गाउँमा गएर रात बिताउनु पर्दैन । यो सरासर झुठ हो । सरासर बेमानी हो । जनतालाई जिस्काउनु हो । आफ्नै पार्टी प्रति अनादार हो । केहि गर्न नसक्ने हुतिहाराको नखरा हो । चुनाव घोषणा गरेर गाउँका समस्या बुझ्न राति गाउँमा बस्छु भन्नु फेरी भोटका लागि सोझा जनता जनतालाई मूर्ख बनाउनु हो । सक्छौ भने केहि गर । सक्दैनौ भने त्यो प्रधानमन्त्री तिम्रो परिवारको बिर्ता होइन खुरुक्क छोडेर नक्शा कोर्न जाउ । कि त जाउ पार्टीको नेता, कार्यकर्ता बनेर गाउँको अवस्था बुझ्न । जनतालाई गोलबन्द गर्न । प्रशिक्षित गर्न । अनि बुझिहालिन्छ नी गाउँका जनताको पीडा । सर्वहारा जनताको नेता बनेर तिनैको मुक्तिकालागि दशक लामो समय हतियार उठाउने अनि प्रधानमन्त्री बनेपछि गाउँको बास्विक पीडा थाह छैन भन्दै नाटक देखाउन लाज लाग्नु पर्दैन ?हाम्रा गाउँको समस्या नबुझ्ने कि त “म साउदी राजकुमार हुँ” भनेर घोषणा गर ।
=========================================================


एमालेले लिनुपर्ने बाटो ......

Profile Pictureदिपेन योङहाङ

संविधानसभा संविधान नबनाइकनै विघटन नहोस् भन्नाको लागि हामीले धेरै पहल गरेका थियौं। एकल जातीय पहिचान सहित भौगोलिक/प्राकृतिक नाम समेत जोडेर मिश्रित नाम राखी प्रत्येक प्रदेश बहुजातीय बहुभाषिक हुने स्पष्ट उल्लेख गरी समस्या समाधान गर्न समेत प्रस्ताव गर्यौंक। तर हाम्रो पार्टीले पछिल्लो समयमा एकल जातीय पहिचानलाई सर्वमान्य भौगोलिक/प्राकृतिक नाम समेत जोडेर मिश्रित प्रदेशको नामांकन गर्ने प्रस्तावलाइ समेत अस्वीकार गर्न पुग्यो। यही अवस्थामा 'नरहे बाँस नबजे बाँसुरी' भनेझै संविधानसभा समेत भंग हुनपुग्यो। संविधान आउन सकेन र मुलुक अन्धकार तर्फ घचेटियो। यो सम्पूर्ण प्रक्रियामा हाम्रो पार्टी समेत दोषमुक्त हुन सकेन। यसले गर्दा संघीयता, अधिकार र पहिचान प्राप्तिको अपेक्षा गरेर बसेको सम्पूर्ण जनसमुदायको हाम्रो पार्टीप्रतिको विश्वास भत्किन पुगेको छ। उनीहरू निराश छन् र पार्टी परित्याग गर्दैछन्। यसलाई ठीक ढंगले बु‰नु र समाधान खोज्नुको साटो पार्टीमा विभाजनकारी क्रियाकलाप, जातिवादी क्रियाकलाप भन्दै निन्दा गर्ने काम भइरहेको छ। यस्तो अवस्थामा पार्टीले निम्न कुराहरूमाथि गंभीरतापूवक ध्यान देओस् भन्ने हाम्रो अनुरोध छ।
१) संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको अवधारणा पत्र तथा प्रारम्भिक मस्यौदा सम्बन्धी प्रतिवेदन २०६६ र नेपाल सरकारद्वारा गठित राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको बहुमतको प्रतिबेदनको सिद्धान्त, मान्यता र मापदण्डलाई नै संघीय संरचना निर्माणको आधार मानियोस्। साथै नामांकन एकल पहिचानको आधारमा जस्तैः लिम्बूवान, किरात, शेर्पा, ताम्सालिङ्ग, नेवाः, तमुवान, मगरात, जडान, लुम्बिनी۔अवध۔थारुवान र मिथिला-भोजपुरा-कोच۔मधेश लगायतका अन्य नामहरू न्ाामाङ्कन गरियोस्।
२) आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम लगायतका उत्पीडित समुदायलाई राज्यका सबै अंग र तहमा समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई सुनिश्चित गरिनु पर्दछ। यसका लागि जनसंख्याको अनुपातमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन प्रणाली अवलम्बन गरिनु पर्छ। पार्टीले निरन्तर समावेशी सिद्धान्तको पक्षपोषण गर्दै आएको सम्बन्धमा पछाडि पारिएका समुदाय, समूह, क्षेत्र, वर्गलाई खुल्ला प्रतिस्पर्धाबाट राज्यका विभिन्न नीति निर्माण गर्ने ठाउँमा अपेक्षित पहँुच दिन नसकिने यथार्थलाई ध्यानमा राख्दै राज्यका सबै अंग र तहमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ।
३) सम्पूर्ण अल्पसंख्यक अदिवासी जनजातिहरूको पूखर्यौली थातथलो र बसोबासको आधारमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र जस्ता संरचनाहरू निर्माण गरी संविधानमा नै उनीहरूको अधिकार उल्लेख गर्नु पर्दछ। मुस्लिम समुदायको हकमा पनि उपर्युक्त व्यवस्था लागु गरिनु पर्दछ। अल्पसंख्यक र लोपोन्मुख आदिवासी जनजाति, अल्पसंख्यक धार्मिक समूह सबैका आकांक्षाहरूलाई उपयुक्त ढंगले सम्बोधन गर्दा नेपाल राष्ट्र र नेपाली राष्ट्रियता सुदृढ भई मुलुक उत्साहपूर्वक दिगो शान्तिको साथ आर्थिक गतिविधिमा केन्द्रित हुने वातावरण बन्न सक्नेछ।
४) उत्पीडित समुदायको आत्मनिर्णयको अधिकार, स्वायत्त शासन, अग्राधिकार र स्वतन्त्र, पूर्व सुसूचित मन्जुरीको अधिकारलगायतका अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरिनु पर्दछ। यस सम्बन्धमा राज्यको तर्फबाट अन्तराष्ट्रिय श्रम संगठन अभिसन्धि-१६९ लाई अनुमोदन गरिसकिएको छ र आदिवासी जनजातिको हक सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणापत्र २००७ को नेपाल पक्ष राष्ट्र रहेको छ।
५) उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, धर्मका जनताले अघि सारेका मागहरूलाई संबोधन गर्नुको साटो पार्टी त्यसप्रति उदासीन रहेकोले आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, पिछडावर्ग, महिलाहरूको न्यायोचित मागलाई पार्टीले आफ्नो मागको रूपमा अगाडि सार्नुपर्दछ।
६) वर्गीय र जातीय आन्दोलन एक۔अर्कासँग अन्तरसम्बन्धित छन्। तर पार्टी वर्गीय आन्दोलनबाट पनि स्खलित हुँदै जातीय आन्दोलनप्रति समेत पूर्णतः विमुख भएको र वर्गको नाममा पार्टी संरचनामा कुनै खास जातीय समूहकै हालीमुहाली भएकोले अन्य जातीय समुदायहरूबाट टाढिएको कारण पार्टी कमजोर भएको यथार्थलाई ध्यानमा राखी पार्टीको सबै तहमा प्रत्येक जातीय समुदायको श्रमजीवी वर्गको प्रतिनिधित्व र नेतृत्व समानुपातिक बनाउने गरी पार्टी पुनर्संरचनाको काम तत्काल थालिनु पर्दछ।
७) लोकतन्त्रमा विश्वास राख्नेहरूका लागि निर्वाचन सर्वमान्य प्रक्रिया हुने कुरामा दुई मत हुन सत्तै्कन। वर्तमान गत्यावरोधलाई फुकाउन संविधानसभाको निर्वाचन गर्नु पनि एउटा विकल्प हो। तथापि सुरक्षित, सहज र कम खर्चिलो हुने हुँदा विघटित संविधानसभा पुनर्स्थापना गर्नु नै उपयुक्त विकल्प हुनेछ। त्यसको लागि मुलुकमा विद्यमान संवैधानिक संकट टार्न गंभीरतापूवक वार्ता गरी राष्ट्रिय सहमती खोजिनु पर्दछ। राज्य पुनर्संरचनाका सम्बन्धमा पनि राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगका निष्कर्षहरूका आधारमा प्रदेशहरूको नामांकन, सीमांकन र संख्यामा पहिल्यै सहमती गरी पुनर्स्थापित संविधानसभामार्फत राज्य पुनर्संरचनालगायतका कामहरू पूरा गरी संविधान जारी गर्नु पर्दछ।
८) जाति, भाषा, धर्म, संस्कृति, क्षेत्र/समुदायका आधारमा भएका विभेद तथा लैंगिक उत्पीडनका विरुद्धमा पार्टीले गरेका निर्णयहरूको पक्षमा उभिएका नेता۔कार्यकर्ताहरूलाई जातिवादी/साम्प्रदायिक भनेर बदनाम गर्ने, यी मागहरूलाई जातीय राज्यको माग भनेर प्रचार गरी भ्रम खडा गर्ने र फरक मत राख्नेहरूको विरुद्ध असहिष्णु तथा पूर्वाग्रही व्यवहार गर्ने काम अविलम्ब रोकिनु पर्दछ।
९) छ दशक लामो संघर्षवाट प्राप्त संविधानसभा मार्फत संविधान घोषणा गर्न नसकिएकोमा पार्टी नेतृत्वले नेपाली जनतासमक्ष आत्मालोचना सहित माफी माग्नु पर्दछ ।
आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला तथा पछि पारिएका क्षेत्रका जनताहरू सबै किसिमका शोषण उत्पीडनबाट मुक्त हुने र समान अवसर, पहँुच, प्रतिनिधित्व तथा प्रतिष्ठा प्राप्त गर्ने आकांक्षा लिएर आज शान्तिपूर्ण आन्दोलनमा छन्। उनीहरूको यो चाहना न्यायपूर्ण र जायज छ। विविधतालाई निषेध गरेर एकता गर्ने वा विविधतासँग सहमती गरेर एकता गर्ने भन्ने कुरा अहिले राष्ट्रिय एकताका सन्दर्भमा छलफल गर्नु पर्ने विषय हो। निश्चय नै विविधताहरू वस्तुगत रूपमा विद्यमान छन् भने यसलाई स्वीकार गरेर सहमतीको मार्गबाट मात्रै राष्ट्र निर्माण सहज र संभव हुन सक्दछ। विविधतालाई निषेध गर्ने बाटो एउटा काल खण्डमा गरिएको अभ्यास हो र यो असफल भइसकेको कुरालाई पनि मनन गर्नु पर्छ।
संघीयतामा जाने कुरा नेपाली जनताको आकांक्षा हो। पहिचानयुक्त संघीयतामा जाने उनीहरूको संकल्प हो। यसले नेपाली समाजको विविधतालाई अभिव्यक्त गर्दछ भने राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रहित तथा समृद्धि प्रतिको उनीहरूको प्रतिवद्धताले राष्ट्र निर्माणलाई ठोस मद्धत पुग्दछ। यसैले आदिवासी जनजाति तथा मधेशी जनताको चाहना अनुरूप विभिन्न तहमा पहिचान स्थापित गर्ने कुराले राष्ट्रलाई एकजुट गराउँछ न कि विभाजन। विगतमा राज्यले भाषा, संस्कृति, धर्म, इतिहासलाई दमन गरेको समयमा पनि साम्प्रदायिक सद्भाव कायम राख्न योगदान पुर्यााउने जनताले पहिचान र समान अधिकार प्राप्त गर्दा साम्प्रदायिक सद्भाव खल्बलिन्छ भन्ने कुरामा कुनै आधार देखिँदैन। बरू, राष्ट्रिय भावनालाई नै बल पुर्याउँछ।
निर्वाचन र मनोनयन मार्फत बनेको संविधानसभामा विभिन्न आदिवासी, जनजाति, महिला, मधेसी, दलित, मुस्लिम सबै वर्ग, क्षेत्र र जातिका जनताको भावना व्यक्त हुन सकोस् र त्यसलाई सम्बोधन गर्ने गरी संविधान निर्माण गर्न सकियोस् भनेर नै ६०१ प्रतिनिधि रहने व्यवस्था भएको स्पष्ट छ। संविधानसभा भित्र र सडकमा समेत उत्पीडनमा परेको जनताहरूको आवाज अभिव्यक्त भएको छ। पहिचानका साथै समान अधिकार प्राप्तिको यो आकांक्षालाई पार्टीले गंभीरतापूर्वक लिनु पर्दछ। यसो गर्न नसकेमा हाम्रो पार्टी उत्पीडनमा परेका जनताको वीचमा विस्थापित हुन सक्ने अवस्था देखिएको छ।
के वर्गीय मुक्तिका लागि संगठीत पार्टीमा जातिको कुरा ल्याउनु उचित हो? भन्ने प्रश्न अहिले फेरि तेर्स्याइँदैछ। नेपाली समाज जातिमा मात्र होइन वर्णव्यवस्था अन्तर्गत जातमा समेत विभाजित भएको छ। त्यसैले वर्गीय उत्पीडन होस् वा जातीय वा जातप्रथा अन्तरगत उत्पीडन क्षेत्रीय होस् वा लैङ्गिक, मान्छे माथि मान्छेबाट हुने सबैखाले शोषण, उत्पीडनको अन्त्य मार्क्सवादको उद्देश्य हो। वर्गीय मुक्ति संग संगै अन्य सबैखाले मुक्तिको प्रश्नलाई उठाउन सकिएन भने यसले सन्तुलन गुमाउन पुग्छ र त्यहाँ विकृति जन्मन्छ। यस्तो विकृति मूख्यतः जातिवाद वा साम्प्रदायिकताका रूपमा देखा पर्न सक्दछ। जातिवाद वा साम्प्रदायिकताले अरू जाति⁄जनजाति वा धर्म सम्प्रदायलाई निषेध गर्ने, अपमान गर्ने, आफ्नो उन्नति अर्काको मुल्यमा खोज्ने, सबै अवसर सुविधा आफूले मात्र लिने र अरूलाई पाखा पार्ने, आफूलाई सबैभन्दा असल, महत्वपूर्ण ठान्ने, अरू सबैलाई कमसल, महत्वहीन ठान्ने दृष्टिकोण बोक्दछ। यस्तो दृष्टिकोणले समाजमा बेमेल, विग्रह, द्वन्द्वहरू निम्त्याउँछ।
यस प्रकार जातिवादी वा साम्प्रदायिक विकृतिले जनतामा प्रवेश पायो भने वर्गसंर्घष ओझेलमा पर्न जान्छ। किनकि जातिवाद ठाडो बाटो हिँड्छ र बर्गसंर्घष तेर्सो बाटा हिंड्छ। ठाडो बाटो हिँड्ने जातिवाद भावनामा आधारित हुन्छ र तीब्र प्रतिक्रियात्मक पनि हुन्छ। तेर्सो बाटो हिँड्ने वर्गसंघर्ष बुद्धिमत्तामा आधारित हुन्छ र परिवर्तनका परिस्थितिहरू निर्माण गर्ने वस्तुगत नियमहरूदारा निर्देशित हुन्छ। तसर्थ जातीय क्षेत्रीय उत्पीडनहरूलाई संबोधन गर्न सकियो भने मात्र यसबाट उत्पन्न हुन सक्ने विकारबाट मुक्त भएर वर्गसंर्घष स्वभाविक बाटोमा हिंड्न सक्छ। तर अहिले पहिचान र समान अधिकारको लागि उठिरहेका आवाजहरू उत्पीडनको अन्त्यको लागि उठेका आवाज हुन्, समानताका आवाज हुन् न कि कुनै अर्को जातिको विरुद्धका आवाज। यी विगतमा राज्यद्वारा कानुनी व्यवस्था गरेरै उनीहरू माथि भए गरिएका उत्पीडनलाई संविधानसभाले नयाँ संविधान बनाउँदा समानतायुक्त बनाओस् भन्ने जनआकांक्षाको अभिव्यक्ति मात्र हुन्। अतः समाजमा देखा पर्ने विभिन्न दमन, उत्पीडन तथा विभेदको अन्त्य नगरी वर्गीय मुक्ति प्राप्त हुँदैन।
अहिले जाति, भाषा, सभ्यता वा इतिहासका आधारमा माग गरिएका पहिचानहरू नयाँ होइनन्, वर्षौ वर्ष पहिले देखि विद्यमान र सम्बन्धित समूहमा बनिसकेको मनोविज्ञानका अभिव्यक्ति मात्र हुन्। तसर्थ यसले विखण्डन, विग्रह, द्वन्द्व बढाउँछ, राष्ट्रिय एकतामा नोक्सानी पुर्या,उछ भन्नु एकाङ्गी दृष्टिकोण मात्र हुन जान्छ। यो कुनै न कुनै रूपमा उच्च जातीय अहंकारवादको अभिव्यक्ति समेत हुन जान्छ। राज्यद्वारा उत्पीडनमा परेका जनतालाई उत्पीडन मुक्त गर्ने कुराले सार्वभौमसत्ता, क्षेत्रीय भू-अखण्डता र राष्ट्रिय एकतालाई अझै बलियो बनाउँछ भन्ने कुरालाई हामीले देख्न सक्नुपर्छ। यसै उद्देश्यका लागि पहिचान र समान अधिकारको स्थापना गर्न दृढतापूर्वक लाग्नु पर्दछ भन्ने हाम्रो निष्कर्ष हो।
(एमाले उपाध्यक्ष राईले मंगलवारको पार्टी स्थायी कमिटी वैठकमा प्रस्तुत गरेको दस्तावेजको सम्पादित अंश)

अशोक राईका नाममा...

Profile Pictureदिपेन योङहाङ

मेरो काका र मामावीच मार्क्स, लेनिन, मदन भण्डारीसँगै अशोक राई र टंक राईसम्मको कुरा गर्नुहुन्थ्यो। म जन्मजात कांग्रेस भएपनि अशोक राईको भाषणलाई कण्ठ बनाएका काकाले बोलेका कुराले मनै छुन्थ्यो। काकाको बोलीभित्र डुब्दै जाँदा मतेरी सार्की भाईलाई झल्झली देख्थे। उमाथि काजीले गरेको अन्यायपूर्ण सामाजिक विभेद अन्त्य गर्न कम्युनिष्टको सिद्धान्तमा हिड्नुपर्छ भन्दा कपालमा रातो झण्डा बोकेर कुदुँझैं लाग्थ्यो। गाउँको साझा काम गर्दा एउटै लाइनमा बसेर सँगै खाना खाने मेरो प्रस्तावलाई लिएर एकदिन मामाले 'भाञ्जा कम्युनिष्ट भो' भनेर बाबालाई जिस्काएको सुनेथेँ।
अशोक र टंक राई त्यसबेला खोटाङका एमाले नेता हुनुहुन्थ्यो। पछि साँसद र मन्त्री बन्नुभो। यी दुबैलाई साँसद बनाउन हाम्रा गाउँका एमालेका क्षेत्रीबाहुनले कांग्रेसका राईहरुको भक्कु कुटाई खाए। ती क्षेत्रीबाहुन यी दुई राई नेताहरुका लागि 'घाटी थाप्छौं' समेत भन्थे। म घरभित्रको एकतामा राजनीतिक झगडा हुँदा चिन्तित हुन्थेँ। यतिसम्म कि काकालाई बचाउन जाँदा बाबालाई समेत एमाले नजिक भएको आरोप लाग्यो। पार्टीबाट कार्बाही चाँहि भएन। कार्बाही गरेको भए 'बाबासँगै धेरै मानिस एमाले हुन्छन्' भन्ने कांग्रेसको बुझाईका कारण कारवाही नभएको हो।
जे होस् चुनावको रौनकतासँगै झगडा र मतभेद सकिन्थ्यो। साकेला, देवाली, विहे, छेयर, ब्रतबन्ध जस्ता सामाजिक काममा सबै एक भएर जुट्थे। जातको आधारमा झगडा गरेको मैले कहिले सुनिन। राईको कारण क्षेत्री र क्षेत्रीको कारणले दलित पछि परेको भन्दा पनि घण्टौं धाएर खानेपानी ओसार्दा 'हामी पछि पर्यौं्' भनेर सामुहिक छलफल हुन्थ्यो। विकासका पूर्वाधारहरु गाउँमा नभएकाले हामी पछि परेका छौं भनेर मामा र काकाको बोलीमा बाबा पनि सही थाप्नुहुन्थ्यो। कुन पार्टीले कस्तो विकास गर्छ त्यसलाई भोट माग्ने आधार बनाइन्थो। पछि गाउँको विकास गाउँलेले नै गर्ने अहिलेको संघीयताको नजिकको रुप विकेन्द्रीकरण अन्तर्गत गाउँमै बजेट एमाले सरकारले ल्याएपछि पूरै गाउँ एमाले जस्तै भयो। बुढापाकालाई सामाजिक सम्मान स्वरुप बृद्धभत्ता पठाएर जागिरे बनाएपछि दशकौंको कांग्रेस राजनीति गरेका बुढाहरुले छोरा एमाले बन्दा पनि मन दुखाएनन्।
पछि माओवादी बन्दुक बोकेर गाउँ आए। त्रासको राजनीतिसँगै 'एमाले नेताहरु भ्रष्ट भइसके' भने। त्यो बेला गाउँमा पनि माओवादीकै कुरा धेरैले सुने। एमालेको वर्गीय नारा कमजोर हुँदै गयो। माओवादीले एमाले र कांग्रेसका कार्यकर्तालाई एमाले/कांग्रेस भएकैले मारे, गाउँबाट बिस्थापित बनाए। बन्दुकवालासँग मेरो मनोविज्ञान नडराउने कुरै थिएन। बाबा-आमा कांग्रेस भएपनि उमेर, सिकाई र बुझाइसँगै एमाले भइसकेको म धेरथोर माओवादीबाट प्रभावित भए। मान्छे मारेपनि सामाजिक कुरिती, बिसंगती र अन्यायको बिरुद्ध माओवादी कार्यबाट प्रभावित थिए। मातेर झगडा गर्ने, बहुविवाह गरी महिला हिंसालाई बढवा दिने, जुवातास खेल्ने, गरिबहरुलाई पशु मान्ने जस्ता कार्यको बिरुद्धको माओवादी न्यायिक नीतिले मेरो अपरिपक्व मन माओवादीतिरै तानियो। त्यसमाथि नेपाल प्रहरी र सेनाले गाउँमै आएर कुटेपछि त्यो निरङ्कुशता बिरुद्ध लड्नुपर्छ भन्ने मेरो बुझाई रह्यो। माओवादीको धेरै कार्यक्रममा सहभागी भए।
माओवादी फैलिदो आकारसँगै कम्युनिष्टको सर्वहारा वर्गीय जात छाडदै उच्च वर्ग विरुद्धको नारालाई जातसँग जोडेर पो संगठन बनाउन थाले। माथिल्लो घरकालाई तल्लो घरका क्षेत्रीका कारण पछि परेको भनी गलत बुझाउन माओवादी सफल भयो। गाउँका क्षेत्रीका कारण राईहरु पछि परेको भन्ने बुझाईकै कारण माओवादीले संविधानसभाको चुनाबमा भोट पाए। गाउँका मानिसहरूले कतिसम्म बुझेनन् भने राई बहुल हाम्रो गाउँमा राईले नेतृत्व गर्दै आएका थिए। त्यसपछि क्षेत्री, दलित, महिलाहरुले पनि नेतृत्व गरेको उदाहरण थिए जुन कुरालाई छायाँमा पार्न माओवादी सफल भयो।

एउटै पँधेरो, वनजंगल, मेलापात र झरीबादल खेपेका फरक जातका छिमेकीकै आधारमा कसरी एकअर्काका बाधक भए मेरो चित्त बुझेन। पञ्चायतमा जन्मेर गणतन्त्रसम्मको उमेर पार गरेको बुझाईले मलाई माओवादीको जातीय उन्मुक्ति वकालत मन परेन। वर्गीय मुक्तिका लागि अन्तर्राष्ट्रिय जातीको नारा लगाउने कम्युनिष्ट पार्टी भएर भोट बढाउन एघार बर्षअघि माओवादीले थालेको जातीय मोर्चा निर्माणको परिणाम आज जननिर्वाचित निकाय संविधान नै नबनाई भङ्ग भएको छ। त्यही मार्गमा काकाको गुरु अशोक राई पनि लागेका छन् भन्दा हिजो वर्गीय आन्दोलनका क्रममा मदन भण्डारीसँगै खिचेको उनको फोटो झिकेर फालु कि जस्तो लागिरहेको छ। जुन फोटो अशोक राईको वर्गीय नाराबाट प्रभावित भएर मामाले ल्याएको बेला मैले चोरेर कोठामा टाँसेको थिए।
पेशागत मर्यादाले आज म राजनीतिक संगठनमा नभए पनि हिजोका आदर्श पात्र अशोक राईको बोली कतै सुनिन्छ कि भन्ने प्रतिक्षामा हुन्थ्ये। त्यो लामो प्रतिक्षा संविधान जारी हुने अन्तिम समयमा सुनियो। तर, बोलीले मेरो आशामाथि चोट पुग्यो। नेपालमा जनजाति, दलित, मधेसी, महिला, सीमान्कृत र अल्पसंख्यकहरु पछि परेकै हो। राजनीतिक मुल प्रवाहमा आउन नसकेको तथ्याङ्क कतै छिपेको छैन, त्यो केन्द्रीकृत राज्यसत्ताले गरेको थियो र अन्त्य भइसक्यो। अहिले पाँच हजार रुपैयाँमा सञ्चालित आयोजनाको उपभोक्ता समितिलाई हेर्नुस् त कति समावेशी छन्। सामाजिक संरचना पनि उस्तै हिसावले निर्माण हुँदै गएको छ। यसलाई संस्थागत गर्न मात्रै सक्दा पनि सुन्दर भविष्य निर्माण हुने जग देखिन्छ। अशोक राईकै भाषामा बाहुनवादी पार्टीले ल्याएको 'गाउँ बनाउ' अभियानले गाउँ समावेशी र विभेदरहित बन्न सघाउँदैछ।
यसो भनिरहँदा बाहुनक्षेत्रीलाई बोकेर जनजातिलाई दबाउन खोजिएको होइन। बाहुनक्षेत्री अभियान्ताहरुको डमरु पनि कुबेलाका बाजा नै हुन्। तातिएको फलामलाई पिट्दा आकार दिन्छ तर बढी पिट्दा आकार बिग्रने पनि सत्य हो। अहिले हिजोको जस्तो जातीय (कुनै जातीले अर्काे जातिलाई दबाइएको) संविधान र व्यवस्था नभई सबैको राष्ट्रिय राज्य निर्माण गर्ने बेला हो। हिजो निषेधमा परियो भन्दैमा पछि पारिएकाहरुले निषेधको नीति अपनाउनु सान्दर्भिक हुँदैन।
भोलि उत्तर दिन सक्नेगरी आज बोल्नुपर्छ। हिजो अशोक राईकै कारण जनै चुडाएकाहरु, वर्गीय नाराकै आधारमा राईका कुटाई खाएकाहरुले आज बाहुनका कारण राई पछि परेको छ भन्ने उनकै भाषणले कति मन दुखाएका होलान्। अशोक राईले 'म राईकै कारणले साँसद/मन्त्री भएको, एमालेको उपाध्यक्ष भएको र बाहुनकै कारण प्रधानमन्त्री हुन नसकेको' भन्न मिल्छ?
जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्दा आकाश खस्छ जस्तो लाग्दैन। तर, आम स्वीकार्य बनाउन सकिन्छ कि सकिदैन भन्ने हो। नेपालमा एकल जातीय पहिचानमा प्रदेश बनाउने कुरा कति मानिसले स्वीकार्छन्? भन्ने महत्वपुर्ण विषय हो। बाहुनडाडाँमा राईहरु बसेका छन्, माझकिराँती भनेर क्षेत्रीहरुले गर्व गरेकै छन्। फेरी धनबहादुर नाम राख्दैमा गरिब धनी हुँदैनन्, हुन पनि सक्दैनन्। तर, नाम राख्दैमा संसार जितिन्छ भन्ने अतिवादी अभियान्ताको पछि लाग्दै नेपालका ११८ वटा जातीले राज्य मागेपछि कहाँकहाँ दिने हो त्यसको तयारी जातीय अभियान्तामा हुनुपर्छ कि पर्दैन? नेपालमा एकल जातीय आधारमा निर्माण गर्न खोजिएको १४ प्रदेशका चौध जातिबीच जनमत संग्रह गराउँदा क्षेत्रीबाहुन र कतै राज्य नपाएकाबाहेक काठमाडौं र पश्चिममा राज्य पाएका खोटाङका १५ प्रतिशत नेवार, तामाङ र मगरले किराँत प्रदेशमा मत दिन्छन् त? यता पनि सोच्नुपर्छ।
फेरी जनजाति, बाहुनक्षेत्री, दलितको पार्टी बन्न थाल्यो भने देशमा कस्तो स्थिती आउला? जनजातिभित्र राई, गुरुङ, मगर, तामाङ, शेर्पाको पार्टी बन्दैन भन्ने के आधार? राईभित्र चामलीङ, वान्तवा, थुलुङ, वाम्बुलेको पार्टी? चामलीङभित्र होराछा, बिराछा, नाम्रछाको पार्टी बन्दैन भन्ने के आधार? यसरी जातकै आधारमा लड्ने हो भने नेपालको भविष्य के होला?

लेखक भवानी बराल

लेखक भवानी बराल 
पछिल्ला दिनमा लिम्बुवान संगठनहरूसँंग भएको सहमतिअनुसार लिम्बुवानको पुनःस्थापना अहिलेको अपरिहार्य आवश्यकता हो
'लिम्बुवानवासी जनताको उत्कट चाहना र आन्दोलनलाई सम्बोधन गरी राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै संविधानसभाबाट वर्तमान नेपालको राज्य पुनर्संरचना गर्दा लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक क्षेत्र लगायतका आधारमा स्वायत्त राज्यहरूको संवैधानिक व्यवस्था गरी संघीय शासन प्रणाली अवलम्बन गरिनेछ ।' (सात दल सम्मिलित नेपाल सरकारको वार्ता समिति र संघीय लिम्बुवान राज्य परिषदबीच भएको सहमति ०६४ चैत ६ गते)
'राज्यको नयाँ संरचना गर्दा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्दै लिम्बुवान, खम्बुवान, ताम्सालिङ, थरुहट लगायतका आदिवासी, जनजाति, दलित, पिछडिएका वर्ग र जातहरूको ऐतिहासिक पृष्ठभूमि, भाषा, भौगोलिक क्षेत्र र आर्थिक स्रोत तथा सम्भाव्यताका आधारमा वैज्ञानिक स्वशासनयुक्त स्वायत्त गणराज्यसहितको संघीय शासन प्रणालीको संविधानसभाबाट व्यवस्था गरिनेछ ।' (नेपाल सरकार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच ०६४ फागुन १८ गते भएको सहमति)संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा लिम्बुवानजन्य संगठन र तत्कालीन सात राजनीतिक दल सम्मिलित नेपाल सरकारबीच भएका यी महत्वपूर्ण सहमति हुन् । यस अर्थमा यी महत्वपूर्ण छन् कि यी सहमति नभएको भए प्रस्तावित लिम्बुवानमा संविधानसभाको निर्वाचन निर्वाध ढंगले सम्पन्न हुने थिएन । तर यी सहमति नभएको भए राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति वा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको बहुमतको प्रतिवेदनले पनि सम्बोधन गथ्र्याे वा थिएन, गर्भमै छ । ४३ सदस्यीय समितिमा लिम्बुवानको खुलेर वकालत गर्ने माओवादी सभासद ध्रुव आङदम्बेमात्र थिए । संघीय लिम्बुवान राज्य परिषदसंग सरकारले आयोगमा एकजना प्रतिनिधित्व गराउने सहमति गरे पनि अन्ततः उल्लंघन भयो । लिम्बुवान आन्दोलनको निरन्तरताले लिम्बुवानलाई प्रारम्भिक प्रतिवेदनमा प्रस्ताव गर्नुपर्ने भएपछि जातीय पहिचानका आधारमा अन्य राज्यहरू पनि प्रस्तावित भए । जातीय पहिचानका आधारमा राजनीतिक आन्दोलनले अनुमोदन गरेको लिम्बुवानमात्र भएको माथि उल्लेखित सहमतिले पनि प्रस्ट गर्छ ।

लिम्बुवान निरपेक्ष जातीय आधारमा प्रस्तावित राज्य हो भन्ने भ्रम अझै यथावत छ । तर लिम्बुवानको हकमा यो कुरा लागु हँुदैन । लिम्बुवानको राजनीतिक आन्दोलनमा लागेका लिम्बुवानजन्य संगठनको प्रस्तावमा यो जातीय ऐतिहासिक पृष्ठभूमिमा बन्ने राष्ट्रिय राज्य हो भन्ने प्रस्ट व्याख्या गरिएको छ । लिम्बु जातिको ऐतिहासिक पृष्ठभूमिको आजको निरन्तरतासंँग मात्र लिम्बुवानको माग अन्तरसम्बन्धित छ । अर्को अरुण सप्तकोसी पूर्वको भूगोल दाबी गरिएकाले पनि यसले ऐतिहासिक पहिचानको मात्र माग गर्छ । तेस्रो लिम्बु जातिले निरपेक्ष लिम्बु जातीय राज्य चाहना गरेको भए 'याक्थुङ लाजे' माग गर्ने थिए । लिम्बु जातिको ऐतिहासिक एकल जातीय राज्य त्यही हो ।
लिम्बु जातिलाई 'याक्थुङ्वा' भनिन्छ, उनीहरूको सामूहिक पहिचान नै याक्थुङ्वा हो । र उनीहरूको संगठनको नाम किरात याक्थुङ चुम्लुङ छ । लिम्बु जातिमा समाज विकासको विभिन्न चरण पार गर्दा अन्य जातीय इकाइको सम्मिलन भयो । शान मकवानवंशी, चिनियाँ र स्थानीय किरातीहरूको वंशानुगत मिश्रण आजका याक्थुङ्वा वा प्रचलित भाषामा लिम्बु जाति हुन् । लिम्बु विशेषण हो । याक्थुङवाहरूलाई चिनाउने नयाँ नाममात्र हो । जसरी इन्डियाको खोजी गर्दा भुलेर अमेरिका पुगेका कोलोम्बसले अमेरिकाका रैथाने काला जातिहरूलाई रेड इन्डियन नाम दिए । बस यहाँका याक्थुङ्वाहरू पनि धनुकाँडको सहायताले राज्य गठन गर्न पुग्दा लिम्बु हुनपुगे । चिनियाँ भाषामा लिम्बुको अर्थ धनुकाँड भन्ने लाग्छ । यी ऐतिहासिक तथ्य र लिम्बुवानजन्य सबै संगठनको राजनीतिक रूपरेखा, उनीहरूले प्रस्ताव गरेको लिम्बुवानको नमुना संविधान हेर्दा निरपेक्ष जातीय राज्य हो भन्ने कतै गन्ध आउँदैन । यो लिम्बु जातिको जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रस्ताव गरिएको क्षेत्रगत, भौगोलिक राज्य नै हो । यस मानेमा यो जातीय ऐतिहासिक पृष्ठभूमिमा बन्ने राष्ट्रिय राज्य हो ।
लिम्बुवान र नेपाल विसं १८३१ साउन २२ गते अघिसम्म लिम्बुवान स्वतन्त्र राष्ट्र थियो । अरुणपूर्वको लिम्बुवान सेन मकवान, भारतमा भएको डोय साम्राज्य, सिक्किम र तिब्बतको उपनिवेशमा पनि रह्यो । तर इतिहासकारहरूले यसलाई तत्कालीन नेपालको बाइसी-चौबिसीसरह राज्यको रूपमा प्रस्तुत गरिदिनाले धेरै ठूलो भ्रम हुनगएको छ । नेपालको तत्कालीन अन्यत्रको राज्यव्यवस्था र लिम्बुवानको राज्यव्यवस्थामा भएको फरकपनले पनि लिम्बुवान बाइसी-चौबिसी समान होइन भन्ने देखाउँछ । उपत्यकामा लिच्छविका भूमि वर्माले किराती शासनलाई नष्ट गरेपछि पलायन भएका किरात महावंशको एउटा हाँगो याक्थुङ्वाहरूले स्थापना गरेको लिम्बुवान रैथाने सामन्तहरूको उन्मूलन गरेपछि मात्र स्थापित भएको हो । त्यसबखतको समाज विकासअनुसार संघीय संरचना अवलम्बन गरेको आधारमा लिम्बुवानको स्वतन्त्र अस्तित्व देखिन्छ । गोर्खा राज्यसँंग सहमति हुन अघिसम्म लिम्बुवान संघीय ढाँचामा थियो । सत्र थुममा विभाजित लिम्बुवानको केन्द्रीय संघ विजयपुर हो । यसैले विजयपुरलाई ऐतिहासिक अभिलेखमा लिम्बुवानको तहसिल राजधानी भनिन्छ । विजयपुरले नै अरुण पूर्व पश्चिम दक्षिण जलालगढ (हालको पूणिर्या विहार भारत) पूर्व टिष्टा, पश्चिम सिक्किमसम्म र उत्तर तिब्बतसम्मको भूभाग संघीय प्रशासनिक इकाइको नेतृत्व गरेको थियो । स्थानीय रैथानेहरूको स्वायत्त क्षेत्रहरूसहितका थुमहरू नै तत्कालीन लिम्बुवानको संघीय व्यवस्थाको झल्को हो । लिम्बुवानको मेची नदी पूर्व टिष्टासम्म र कोशीपूर्वका तराईका भूभाग अंग्रेजसंँगको युद्धमा हारेर गुमाएको पनि होइन । अंग्रेजसँग कोशीपूर्व लिम्बुवानमा युद्ध भएकै थिएन । तत्कालीन राजा गिर्वाणुयुद्धविक्रम शाहले प्रतिवर्ष दुई लाख रूपैयाँ पाउने सर्तमा तत्कालीन बि्रटिस इन्डियाका गभर्नर लर्ड हेस्टिङ्सलाई भाडामा दिएका हुन् । मेचीपूर्व टिष्टा नदी पश्चिम जलालगढ उत्तर र जोगवनी तथा गलगलिया दक्षिणको लिम्बुवानको भूभाग यसरी फाउमै गुम्यो । अर्को तथ्य भनेको नेपालका बाइसी राज्यहरू कर्णाली प्रदेशमा र चौबिसी राज्यहरू गण्डक प्रदेशमा थिए । लिम्बुवान कोशी पूर्वको एकमात्र स्वाधीन राष्ट्र हो ।
यतिखेर राज्य पुनर्संरचनाको चर्को बहस छ । राजनीतिक दलहरूमा राज्यको नयाँ रचनाका आधारमा एकमत नहुनाले जटिलता थपिएको छ । नेपालको सोलोडोलो पुनर्संरचना एकै आधारमा गर्न खोज्दा आएको यो अप्ठेरो हो । लिम्बुवान र अन्यान्य राज्यनिर्माणको मेलो एकै होइन । लिम्बुवानको स्थापना ऐतिहासिक सन्धि-सर्पन र वर्तमानमा भए-गरेका सहमतिअनुसार हुनुपर्छ । सात दल सम्मिलित राष्ट्रिय सरकारले गरेको माथि उल्लेखित पछिल्लो सहमतिको भावनाअनुसार राजनीतिक रपरेखा कोरियो भने आधुनिक लिम्बुवान भेटिन्छ ।
बृहत् लिम्बुवान बृहत् लिम्बुवान यस भेगमा बेलाबखत चर्चामा आउने राजनीतिक पदावली हो । यो प्रस्तावित लिम्बुवान क्षेत्रमा अप्ठ्यारो परिस्थितिमा उठ्ने राजनीतिक रूपरेखा हो । ऐतिहासिक लिम्बुवानको एक तिहाइ बढी जमिन भारत शासित प्रदेशमा विभाजन भएको छ । निकै ठूलो जनसंख्या मेचीपारि छ । उतातिर केन्द्र सरकारले गरेको उत्पीडन विरुद्ध गोर्खाल्यान्ड आन्दोलन भैरहने गर्छ । मेचीपारिबाट उठेको यो रूपरेखाको प्रभाव मेचीवारि पनि पर्दै गएको छ । नेपाली भाषाको मान्यताका लागि वर्षौ लडेका पारिका नेपालीहरूलाई स्वतन्त्र देशको स्वतन्त्र नागरिक हुनु र नहुनुको मर्म राम्रै थाहा छ । लिम्बुवानका भित्तामा 'लिम्बुवान छैन त नेपाल पनि छैन' भन्ने नाराहरू पुनः लेखिन सुरु गरिएको छ । यो भनेको बृहत् लिम्बुवानतर्फकै यात्रा हो ।
अतः लिम्बुवानसँग भएको ऐतिहासिक सह-राज्यको सन्धि-सर्पन र पछिल्ला दिनमा लिम्बुवानजन्य संगठनहरूसँग भएको सहमतिअनुसार लिम्बुवानको पुनःस्थापना अहिलेको अपरिहार्य आवश्यकता हो ।

नझुक्ने छोरो म नेपाल आमा को !!

Profile Picture 
सुरज तमु
=======

नझुक्ने छोरो म नेपालि माटो को !!
सिपाही हुँ म मेरो देश नेपालको !!!
बहादुर हुँ म लिम्बुवान नेपाल को !!
सिपाही हुँ म तमुवान नेपाल को !!
लडाकु हुँ म मगरात नेपाल को !!
मिलिसिया हुँ म ताम्सालिंग नेपालको !!
विर गोर्खाली हुँ म नेवा राज्य नेपालको !!
म लड्छु सधै नेपाल को निम्ति !!
म लड्छु सधै थारुहट को निम्ति !!
म लड्छु सधै मधेस अनि मुस्लिम को निम्ति !!
म लड्छु सधै आदि बासि को निम्ति !!
म लड्छु सधै सोसित पिडित दलित को निम्ति !!
म जियान दिन्छु मेरो देश को निम्ति !!
म जिबन अर्पण गर्छु आफ्नो पहिचान को निम्ति !!
म जियान सुम्पिन्छु आफ्नो मातृ भुमि को निम्ति!!

धन्य बाद !! सेवारो ,सेवा ,,स्यामुई ,छे झ्यालो ,ल्हासो ,टासिदेले,फ्याफुल्ला'जोजोलोप्पा ;