Friday, June 15, 2012

नेपालमा पनि लिवियाको जस्तै विद्रोह हुँदैछ ।

 

 Profile Pictureदिपेन योङहाङ

 
सोममाया तामाङ, केन्द्रीय सदस्य, मंगोल डेमोक्रेटिक पार्टी
मेरो घर र खेतबारी भनेकै मंगोल डेमोक्रेटिक पार्टी हो । अरुको घर र खेतबारीमा काम गरेर के पाउँछ मैले जसको घर र खेतबारीमा काम गरेको हुन्छु त्यहाँ उब्जाउ भएको सबै हिस्सा उसैको हो । त्यो घर खेतबारीको मालिकले जति ज्याला दियो मैले पाउने त्यति नै हो । एनेकपा माओवादी, नेपाली कंग्रेस र नेकपा एमाले भनेको बाहुनहरुको घर हो । म त्यहाँभित्र भएका सबै मूलबासी मंगोल समुदायलाई आफ्नै घर मंगोल डेमोक्रेटिक पार्टीमा आउन हार्दिक अनुरोध गर्दछु । नेपालका हिन्दू आर्यन बाहुन-क्षेत्री शासकहरुले पूर्व आईजीपी डीबी लामादेखि हेमबहादुर गुरुङ सम्मलाई जेलमा नै सडाउने षड्यन्त्र रच्यो ।
वर्तमान सेनापति छत्रमान सिंह गुरुङलाई मंगोल भएकै कारण सेनापित बन्नबाट रोक लगाउनका निम्ति कुलबहादुर खड्कालाई अघि सार्‍यो । नेपाली जनताले र नेपालका बहुसंख्यक मूलबासी मंगोल समुदायले सबैभन्दा बढी विश्वास गरेका एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सशस्त्र प्रहरीका सबैभन्दा सिनियर वरिष्ट डीआईजी कृष्णकुमार तामाङलाई एआईजीमा बढुवा नगरी सबैभन्दा कनिष्ट डीआईजी जीवनकुमार थापा र बाबुराम भट्टराईको तेह्रदिने भाई ऋषभदेव भट्टराईलाई एआईजीमा बढुवा गरी वरिष्ठ डीआईजी कृष्णकुमार तामाङलाई बलि चढाउने काम गरेको छ ।
नेपालकै स्रोत र साधनलाई प्रयोग गर्ने हो भने हामी नेपालीहरुले विदेशीको मुख ताक्नु पर्दैन । नेपालका सबै राजनीतिक दलका नेताहरु मुखले पारदर्शी र दुरदर्शीको कुरा गर्ने गर्छन् । तर, 'मुखमा राम-राम बगलीमा छुरा ' भनेजस्तो व्यवहारमा त्यो लागू हुँदैन । मैले खोजेको नेता दुरदर्शी र पारदर्शी होस् । नेपाल चलाउने नेताको नजर दुरबिनजस्तै हुनुपर्छ । आफ्नो छोरा-छोरीलाई स्रोत-साधनले सम्पन्न भएको विदेशको महंगो स्कूलमा पढ्न पठाउने नागरिकको छोरा-छोरीलाई आफ्नै दाजु-भाईको टाउको फोर्न सडकमा पठाउने नेताहरुको हामीले सशक्त प्रतिकार गर्नुपर्छ ।
बाबुराम भट्टराईको यस किसिमको मूलबासी मास्ने गतिविधि र क्रीयाकलापले नेपालका सबै मूलबासी मंगोल समुदायमाथि ठूलो चोट पुग्न गएको छ । एनेकपा माओवादी, नेपाली कंग्रेस र नेकपा एमालेका बाहुनवादी नेताहरुको शब्दजालमा अल्झिएर अरुको टाउको फोर्न तातिने युवा- युवतीहरुलाई भावि र सम्मुन्नत नेपालको खाका कोर्न सिकाउनुपर्छ भनी लामो समयदेखि जोडदार आवाज उठाउनु हुने मंगोल डेमोक्रेटिक केन्द्रीय सदस्य सोममाया तामाङसंगमंगोल डेमोक्रेटिक पार्टीको गतिविधि र क्रीयाकलापको विषयमा 'मंगोल भिजन साप्ताहिक'का सम्पादक कृष्णबहादुर तामाङले गरेको लामो कुराकानीको सारसंक्षेप :
नेपालका पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी विष्लेषण गर्नुभएको छ ?
नेपाल र नेपाली नागरिकलाई ७० वर्षदेखि ठग्ने ठग नीति हो, नेपालको अहिलेको राजनीति । नेपालमा आजसम्म राजनीति अर्थात् राष्ट्र बनाउने नीति होइन थोरै समयमा कसरी करोडपति र अरब पति बन्ने भन्ने धूर्त नीति मात्र चल्दै र चलाउँदै आएको छ । किनभने राज्यसत्तादेखि लिएर राजनीतिक पार्टीका सबै टाउके र लाउके नेताहरु नयाँ-नयाँ नारामा डमरु बजाउने विदेशी हुन् । यिनीहरुले नेपाल र नेपाली नागरिकलाई बन्दगी राखेर मुलुकलाई लुटिरहेका छन् । यिनीहरुको सोचाइमा पद र पैसा भए जे पनि गर्न सकिन्छ भन्ने छ तर अब यो दिर्घजिवी हुन सक्दैन । नेपाली नागरिक ५०-६० वर्ष अघिको सोचाइको रोगले ग्रस्त छ । आवश्यक पर्‍यो भने यसलाई अप्रेसन गर्नुपर्छ । त्यो अप्रेसन अरु कसैले गर्न सक्दैन, गर्न चाहँदैन र गर्दैन । यो अप्रेसन आवश्यक पर्‍यो भने मंगोल डेमोक्रेटिक पार्टीले मात्र गर्छ । किनकि उसलाई नेपाल बनाउनु छ । नेपाल अहिन्दु मूलबासी मंगोलको मुलुक हो । अरुहरु विदेशी हुन् । आफ्नो घर त्यसैलाई प्यारो हुन्छ र बनाउँछ, जसको घर हो । आजसम्म नेपालमा देखापरेका नेताहरु नकच्चरा हुन् ।
आधा शताब्दीमा हाम्रै छिमेकी मुलुक चीन, भुटान, जापान, कोरिया र थाइल्याण्डजस्ता मंगोल मुलुकहरु कसरी द्रुत गतिमा बडे । तर नेपालका मंगोलहरु किन आज पनि लेफ्ट-राइट-लेफ्टमा छन् र जुठो भाँडा माझ्न, कसाई काम गर्न, उँट गोठाला गर्न र बाटो खन्न जान लाखौँ-लाख खर्च गरेर भौँतारिई रहेका छन् । यो सब राजनीति होइन, ठग नीति गर्ने धूर्तहरुको हातमा यो मुलुकको राजनीतिक सत्ता पुगेको हुनाले र अहिन्दू मूलबासी मंगोलहरु जसको देश हो उनीहरुलाई ४५० वर्षदेखिको हिन्दू आर्यन बाहुन क्षेत्रीको धङधङीले नछोडेकोले हो । ४५० वर्षदेखि यी हिन्दू आर्यन बाहुन-क्षेत्री शासकहरुले हाम्रो राजनीतिक सत्तादेखि लिएर धर्म, कर्म, संस्कार, संस्कृति सबै लुटे । पृथ्वीनारायण शाहले नेपालको मूलबासीहरुलाई के महिला, के केटा-केटी, के गर्भावती महिला केही नभनी कथित एकीकरणको नाममा हत्या गरे । अहिले सबै जात-जाति, भाषा-भाषी र धर्मावलम्बीहरुको हक-अधिकार दिन्छु भन्ने एमाओवादी नेता प्रचण्डले हाम्रा सबै थोक अधीकरण गर्‍यो ।
नेपालका हिन्दू आर्यन बाहुन-क्षेत्री शासकहरुले पूर्व आईजीपी डीबी लामादेखि हेमबहादुर गुरुङ सम्मलाई जेलमा नै सडाउने षड्यन्त्र रच्यो । वर्तमान सेनापति छत्रमान सिंह गुरुङलाई मंगोल भएकै कारण सेनापित बन्नबाट रोक लगाउनका निम्ति कुलबहादुर खड्कालाई अघि सार्‍यो । नेपाली जनताले र नेपालका बहुसंख्यक मूलबासी मंगोल समुदायले सबैभन्दा बढी विश्वास गरेका एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि सशस्त्र प्रहरीका सबैभन्दा सिनियर वरिष्ट डीआईजी कृष्णकुमार तामाङलाई एआईजीमा बढुवा नगरी सबैभन्दा कनिष्ट डीआईजी जीवनकुमार थापा र बाबुराम भट्टराईको तेह्रदिने भाई ऋषभदेव भट्टराईलाई एआईजीमा बढुवा गरी वरिष्ठ डीआईजी कृष्णकुमार तामाङलाई बलि चढाउने काम गरेको छ । बाबुराम भट्टराईको यस किसिमको मूलबासी मास्ने गतिविधि र क्रीयाकलापले नेपालका सबै मूलबासी मंगोल समुदायमाथि ठूलो चोट पुग्न गएको छ ।
अहिले पनि हाम्रो मंगोल समुदायका सबै मन्त्री, सभासदहरु समेतलाई बाहुनवादको शब्दजालले बाँधेर राखेकोछ । यसका लागि प्रचण्ड बाबुरामदेखि लिएर सबैजसो बाहुन नेताहरुले छेपारोले जस्तो रङ फेरिरहेका छन् । अब सबै राजनीतिक दलमा रहेका मूलबासी समुदायका नेता तथा कार्यकर्ताहरुले, सेना र प्रहरीमा भएकाहरुले यो कुरा बुझ्नुपर्छ र अस्तित्व र अधिकार प्राप्तिको आन्दोलनमा सहभागी हुनुपर्छ ।
नेपाल राजनीतिक रुपले दोस्रो चरण अर्थात् सामन्ती राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा पनि सबै राजनीतिका दलको नेताहरुको व्यवहार त पहिलेको जस्तै छन् नि ?
कुकुरको पुच्छर १२ वर्षसम्म ढुंग्रोमा राखे पनि खुम्रेकै हुन्छ । यिनीहरुलाई त्यसभन्दा माथि जाने र लाने विचार पनि छैन । जान दिने वालामा पनि छैनन् । बाँदरले आफ्नो घर पनि बनाउँदैन । अरुले बनाएको पनि भत्काउँछ । हिँजोका ती सामन्ती र त्यही विचार भएकाहरुनै लोकतन्त्र आएपछि पनि त्यही ठाउँमा रहेपछि र राखेपछि कसरी उनीहरुको व्यवहारमा परिवर्तन हुन्थ्यो । यहाँ त एकात्मक सोच बोकेका बाहुनहरु पनि आफूलाई कम्युनिष्ट भनिरहेका छन् । नेपालका बाहुनहरुको सोचाई र विचार हेर्दा उनीहरु कहिल्यै पनि कम्युनिष्ट हुनै सक्दैनन् । गणतन्त्रको कुरा गर्ने एनेकपा माओवादीको नेतृत्वमा पनि पुँजीवाद र हैकमवादमा विश्वास गर्नेहरु नै उग्र कम्युनिष्ट छन्। मेरो विरोध मूलबासी मंगोल समुदायका माओवादीलाई होइन हैकमवादी र बाहुनवादी विचार भएकाहरुलाई हो । पहिला पनि यही बाहुनहरु नै र अहिले पनि त्यही बाहुनहरु नै नेपालको राजनीतिक सत्तामा छ । उनीहरुलाई त्यो ठाउँबाट नहटाएसम्म उनीहरुको विचारमा परिवर्तन आउँछजस्तो मलाई लाग्दैन । नेपालका मूलबासीहरु त्यो ठाउँ र राजनीतिक सत्तामा नपुगेसम्म नेपालको राजनीतिले नयाँ मोड लिन सक्दैन ।
संविधानसभाको मुख्य काम नयाँ संविधान र संघीय नेपालको निर्माण गरी नयाँ र समुन्नत नेपालको निर्माण गर्ने हो । तर संविधानसभाको अवधि १८ महिनाभन्दा बढी समय थपिई सक्यो । यस अवधिमा संघीयता र नयाँ संविधानको विषयले कम सत्ता परिवर्तन र व्यक्तिगत लाभका विषयले बढी स्थान पाउनुको मुख्य कारण के हो?
यिनीहरुले नेपाल र नेपाली नागरिकको मागअनुसार संविधान लेख्ने छैन र लेख्न सक्ने पनि छैन । सबै कुर्सीको खेलमा भुलेर बसेका छन् । संविधान बनाए पनि हिन्दू अतिवादी र बाहुनवादी षड्यन्त्र र योजना अनुसार बन्ने छ । तर संविधान बनाए पनि विचार र बहसको कुरा आउँछ । यसरी बनाएको संविधान भोलि नेपाली नागरिकले स्वीकार गर्दैन । नेपालको नागरिक भन्नु नै नेपालको मूलबासी मंगोल समुदाय हो, बाहुन-क्षेत्री होइन । नागरिक सर्वोच्चता, नेपाल, नेपाली नागरिकको इच्छा र चाहनानुसार संविधान बनाएमा हाम्रो अस्तित्व समाप्त हुनेछ भन्ने कुरा हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले बुझेका छन् । यिनीहरु कुर्सीको भागबण्डामा, पद र पैसाकै लागि दिन बिताइरहेका छन् । समयमा नै विचार पुर्‍याउन सकिएन भने भोलि कुन अवस्था आउँछ भनेर यिनीहरुले सोच्न र विचार गर्न पनि सकेका छैनन् । अहिले त ३ वटै ठूलो राजनीतिक दलका नेताहरु संविधान बनाउने भन्दै समयथप्दै नागरिकलाई खोक्रो आश्वासन दिएर झुलाउँदै भित्र-भित्रै २०४७ को संविधान ब्यूँताउने षड्यन्त्र गरिरहेको छ ।
संविधानसभाको आयु अब १४ दिन पनि बाँकी छैन । यस्तो अवस्थामा पनि नयाँ संविधान आउँछ भनेर राजनीतिक दलका नेताहरुले भनिरहेका छन् । नयाँ संविधानको खाका सार्वजनिक हुन्छ भन्ने कुरामा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?
संविधानसभाको समय अवधिलाई सकेसम्म यिनीहरु लम्ब्याउन चाहन्छन् । यो देशमा संविधान सर्वसाधारणको लागि मात्र हो । समय अवधिभित्र संविधान बनाउन चाहेको भए संविधानसभाका सभासदहरुले दुई-दुई ठाउँबाट नागरिकले तिरस्कृत र बहिष्कृत गरेका व्यक्तिहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउँदैन थिए होला । तर यहाँ त दुई ठाउँबाट हारेका व्यक्तिहरु पनि प्रधानमन्त्री र मन्त्री बन्दा रहेछन् । के नेपालको संविधानमा यस्तै लेखेको छ । त्यसैले यिनीहरुले पायो भने यो संविधानसभाको समय अवधि १८ महिना होइन १८ वर्ष थप्न सक्छन् । अर्को उपाय भनेको अब बन्ने संविधान पनि हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको षड्यन्त्रमा र हिन्दु अतिवादीको योजना अनुसार बनाइन्छ । त्यो संविधान बनाएर सार्वजनिक भएकै दिनदेखि सयौँ भूमिगत समूहहरु जन्मन्छन् र साम्प्रदायिक युद्ध शुरु हुनेछ । त्यो भविष्यले नै देखाउने कुरा हो ।
यिनीहरुले संविधान बनाउँछ भन्ने कुरामा मलाई विश्वास छैन । अर्को कुरा जब सम्मा तीन ठूला राजनीतिक दलमा भएका मूलबासी मंगोल समुदायका नेता तथा कार्यकर्ताहरुले औँशीको कालो रातको जस्तो बाहुन शब्दजाल तोडेर मूलबासी मंगोल समुदायको मुक्तिको लागि लड्न आउँदैन तबसम्म संविधान निर्माण हुँदैन । संविधानसभाका ३ ठूला दलका नेताहरुले संविधानसभाबाट नै मूलबासीको मुद्दालाई अनुमोदन गर्नुपर्छ भनेर मूलबासी मंगोल समुदायका २१८ जना सभासदलाई झूटो आश्वासन दिँदै बाहुन नेताहरुले फसाइरहेका छन् । एनेकपा माओवादीका अध्यक्षले बाहिरचाहिँ लुम्बिनीको विकास गर्छु भनेर बुद्धका बारेमा ठूल्ठूलो कुरा गरे पनि भित्रभित्रै यसको ठीक विपरित हिन्दू अतिवादी चरित्र प्रकट गरिरहका छन् । सर्वहारा र मंगोल समुदायको मुक्ति गर्छु भनेर संघर्ष गर्ने नेताको त यो गति छ भने अरु बाहुन नेताहरुका कुन मति होला खोलो तर्‍यो लौरो बिर्स्यो भनेजस्तै प्रचण्डले मूलबासी मंगोल समुदायका युवाहरुको रगतको होली खेलेर अहिले शक्तिमा आइपुगेपछि र सत्ताको मोहमा पुगिसकेपछि हिँजोका योग्य लडाकुहरुलाई अयोग्य भनेर हटाउने खेल भइरहेको छ । सत्तामा पुग्नुभन्दा पहिला योग्य, सत्तामा पुगेपछि अयोग्य ?। प्रचण्डले हामी अहिले पहिलेको जस्तो होइन भनेर भनेको कुरा त्यहाँ भित्रका मूलबासीहरुले बुझ्नुपर्छ र संविधान बनाउँछु भनी संविधानसभाका म्याद थप्दै झूटा आश्वासन दिने नेताहरुका विरुद्ध शसक्त रुपमा विद्रोह गर्नुपर्छ ।
राजनीतिक दलहरुको यही क्रीयाकलापले गर्दा समयमा नै संविधान बन्न सकेन भने मुलुकमा कस्तो स्थिति उत्पन्न हुन्छ होला ?
राजनीतिक दलहरु यस्तै गतिविधि र क्रीयाकलापमा अल्झिने हो भने नेपाल र नेपाली नागरिकको इच्छा र चाहनाअनुसार संविधान बनाउन सकिएन र बनाएन भने नेपालमा धार्मिक युद्ध शुरु हुनेछ । अहिले संविधानसभामा र राज्यको महत्वपूर्ण स्थानमा ४ प्रतिशत बाहुनहरुको हालिमुहाली छ । यसमा पनि ३ ठूला दलमा रहेका ३ जना बाहुनहरु पुष्पकमल दाहाल, सुशिल कोइराला र झलनाथ खनालको हालिमुहाली छ । यिनीहरुको सोचाई १८औँ शताब्दीको छ । उनीहरुले सबैलाई झूटो आस्वासन दिँदै अल्मलाई राखेका छन् । ३ ठूला दलको यिनै तीन जना नेताकै कारण मुलुकमा धार्मिक युद्ध शुरु हुनेछ । यसको मर्का कसलाई पर्नेछ र त्यो समयमा कस्तो परिस्थिति निर्माण हुन्छ भन्नेबारे हामी सबैले आफै सोचौं ।
यसको उत्तर त हामीले दिनुभन्दा पनि तिनीहरुको व्यवहारले नै बताउँछ । जबसम्म मूलबासीको मुख्य मुद्दा सम्बोधन हुँदैन । तबसम्म नेपालमा शान्ति सम्भव छैन । मूलबासीको मुद्दा सम्बोधन नभई कसरी शान्ति हुन्छ? मूल कुरा भ्रष्टाचार,लुटपाट, हत्या, अपहरण र आतंकजस्ता अहिले नेपालमा देखा परेका गतिविधि र क्रीयाकलापले गर्दा नेपालमा छिट्टै लिवियाको जस्तो युद्ध हुने सम्भावना छ । भ्रष्टचारी, हत्यारा, अपहरणकारी र लुटपाट गर्ने गिरोहका संरक्षक नै ३ ठूला राजनीतिक दलका नेताहरु हुन् ।
मुलुकमा अहिले विदेशी हस्तक्षेप बढेको छ भनेर ३ ठूला दलका नेताहरुले भन्ने गरेका छन् । तपाईंलाई पनि विदेशी हस्तक्षेप भएको छ भन्ने महसुस भएको छ कि ?
नेपालमा अहिले पनि विदेशी हस्तक्षेप भइरहेको छ । पहिले पनि विदेशी हस्तक्षेप भइरहेको थियो । किनकि ४५० वर्षदेखि नेपालको शासनसत्ता विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको हातमा पुगेको छ । अहिले त त्यही विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु नै एक-आपसमा झगडा गर्दै सिंहदरबारमा सत्ता र कुर्सीको टेन्डरमा फसिरहेका छन् । र यी विदेशीहरुले पनि थप विदेशी हस्तक्षेप निम्त्याई रहेका छन् । हिँजो माओवादी नेता पुष्पकमल दाहालले भारतलाई विस्तारवादी र अमेरिकालाई साम्राज्यवादी भनेर लांछना लगाउने गर्थे । अहिले त कुर्सी र पैसाको लोभमा फसेर नेपाली नागरिकको न्याय कार्यान्वयन गर्नुपर्ने ठाउँमा नागरिकको चाहना र इच्छा विपरित प्रचण्ड भारतीय हिन्दू अतिवादी नेताहरुको पाउमा लम्पसार हुन पुगेका छन् ।
हामी नेपालीहरुले चाहने हो भने गर्न नसक्ने कुरा केही पनि छैन । नेपालको सामन्ती राजतन्त्रको अन्त गरी गणतन्त्र र लोकतन्त्रको स्थापना गर्‍यौ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो । त्यसैले तपाईं हामी एक ढिक्का भएर उठ्यौं भने यहाँ विदेशी हस्तक्षेप र विदेशीहरुको केही पनि लाग्दैन । धमिरा लागेर मक्कीई सकेको बाहुनवादी सामन्ती शासन व्यवस्था तासको महल ठलेझैँ ढल्नेछ र यी विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु कुलेलाम ठोकेर भाग्ने छन् ।
यसरी विदेशीहरुको हस्तक्षेप बढ्नुको मुख्य कारण के होला?
मानव समुदाय स्वार्थी भावनाको जीव हो । त्यसैले कुनै न कुनै स्वार्थबिना निस्वार्थ काम गर्नेहरु अति कम छन् । त्यसमा पनि आज हामीले राम्ररी दिमाग खोलेर हेर्ने हो भने विश्वमा ३ वर्णका मान्छेहरु पाइएका छन्, १) मंगोल, २) आर्यन र ३) काला । विश्वमा शासन गर्नेहरुको बारेमा हेरौं आर्यनहरुले शासन गर्ने जुनसुकै देशमा शोषण, दमन, अन्याय र अत्याचार भइरहेको देखिन्छ । यिनीहरुको विचार र संस्कार नै सामन्ती प्रवत्तिको छ । जस्तै- अमेरिकीहरुलाई सेतो आर्यन भन्छन् । यिनीहरुले संसारलाई नै उसको अधिनमा राख्न खोज्छन् भने काला वर्णका आर्यनहरु भारत र नेपालमा । भारतले सकेमा पाकिस्तान, श्रीलंका र बंगलादेशलाई पनि आफ्नो अधिनमा राख्न खोज्छ । नेपाल त उसको इशारामा चल्न बाध्य छ ।
तर मंगोलहरुले राज्य गरेको देश जापान, चीन, कोरिया, थाइल्याण्ड र मलेसिया आदी देशहरुका नागरिकहरु समानरुपले आर्थिक वृद्धि हुने नीति ल्याउँछन् । भारत विश्वको गनिने देश हो । तर त्यहाँ अनुहार हेरेर धनी-गरिब छुट्याउन सकिन्छ । तर चीन, जापान, कोरियामा अनुहार हेरेर धनी र गरिब छुट्याउन सकिँदैन । त्यस देशका नागरिकले अर्को नागरिक व्यक्तिगत रुपमा नोकर राख्न पनि सक्दैन । त्यसरी यो स्वार्थी मानवले आफ्नो फाइदाका लागी अरुको देश र सम्पत्तिमाथि हस्तक्षेप गरेको हुन्छ । त्यसमा पनि शोषक-सामन्ती विचार भएका देश र वर्णकाहरुले हस्तक्षेप गरेको पाइन्छ । नेपाल र भारतको शासनसत्ता विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको हातमा छ । नेपालमा २० प्रतिशत हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु छन् भने भारतमा १५ प्रतिशत हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु छन् । यिनीहरुले नै यो देशको शासन चलाइरहेका छन् ।
यतिखेर मुलुक मात्र होइन । सबै राजनीतिक दलहरु असफल भएका छन् । तपाईंले आस्था राख्ने राजनीतिक दल मंगोल डेमोक्रेटिक पार्टीको स्थितिलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
मुलुकमा राजनीतिक दलहरु असफल हुनु त स्वाभाविक नै हो । किनकि यिनीहरुको कुनै भावि योजना र रणनीति नै छैन । जसरी पाउँछ खाइ हालौं, कुम्ल्याई हालौं भन्ने छ । कसरी यिनीहरु सफल हुन्छन् त? मंगोल डेमोक्रेटिक पार्टी एउटा विचारवान पार्टी हो । यसको संगठन विकट गाउँ-बस्तीहरुबाट शुरु भएर विदेशमा समेत फैलिँदै छ । यदि तपाईं गाउँहरुमा जानुभयो भने हरेक व्यक्तिले सबै राजनीतिक दलमा भएका बाहुनहरुले घृणित बाहुनवादी राजनीति गर्‍यो, केही काम गरेन, गर्दैन, घुस खान्छ, कमिसन खान्छ, हाम्रो काम गरेन, गर्न चाहँदैन र गर्दैन भन्ने कुरा मात्र सुन्न पाउनु हुनेछ । सानो बच्चाले समेत बाहुनहरुको कुरा विश्वास गर्न छोडिसके । तिनीहरुले संगठन गर्ने दल र नेतृत्व गरेको दलको विश्वास गर्न छोडिसके । त्यसैले अबको युवा पुस्तामा आउने दिन र भविष्यमा मंगोल डेमोक्रोटिक पार्टीको अवस्था एकदम बलियो र व्यवस्थित हुनेछ ।
त्यसका लक्षणहरु सबैतिर देखा पर्न थालिसकेको छ । नेपालमा सबै राजनीतिक दलले वर्गीय, जातीय र लिङ्गीय मुक्तिको कुरा गर्दै झूटो आश्वासन दिएर काम गर्‍यो । यहाँ वर्गको कुरा होइन, जातीय मुद्दालाई पहिला सम्बोधन गर्नुपर्ने भएकोले मंगोल डेमोक्रेटिक पार्टी जन्मेको हो । यो पार्टी भनेको नेपालका सिंगो मूलबासी अट्ने घर हो । हामी नेपालका सबै मूलबासी मंगोल समुदायले बुझ्नुपर्ने महत्वपूर्ण कुरा पनि यही हो । अब भविष्यमा पनि हाम्रो नेतृत्वले यो कुरा बुझेन भने मूलबासी चेली र मूलबासी युवाहरुले यो कुरा सबैलाई बुझाउने छ । हामीलाई र हाम्रो समुदायका भाबिपुस्तालाई अलमल्याउने नेताहरुलाई हामीले औँलामा गनिसकेका छौं । त्यही भएर पहिला बाहुन शत्रुलाई भन्दा आफ्नैहरुलाई ठीक पार्नुपर्ने अवस्था नआओस् ।
नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता भइसकेपछि पनि हिँजोका सामन्तहरुले मान्दै आएको पुरानो संस्कृति, चाड-पर्व र रीतिरिवाजले नै महत्वपूर्ण स्थान पाउँदै आइरहेका छन् नि?
मुलुकमा लोकतन्त्र र धर्मनिरपेक्ष घोषणा भइसकेको भए पनि यसको कार्यान्वयन भने भएको छैन । जस्तै हिन्दूका चाड दशैँ-तिहारलाई मात्र १ महिनाको बिदा र १ महिनाको भत्ता दिइन्छ । तर अरु समुदायका चाड-पर्वलाई १ दिनको बिदा दिन पनि डेलिकेशन जानुपर्ने? त्यसैले धर्मनिरपेक्ष भएको हो भने सबैलाई समान बिदा र भत्ता दिनुपर्छ । बुद्धिष्ट र हिन्दू दुवैलाई बराबर बजेट छुट्याइनु पर्छ । यसैगरी संविधान बनाइसकेपछि पनि यस्तै भेदभाव गरिएमा यहाँ रेसियल र धार्मिक युद्ध शुरु हुनेछ । बाघको छालामा स्यालको रजाइँ भनेजस्तै भएको छ यहाँ । धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्टहरु नै अहिले ठूला-ठूला कुरा गरिरहेका छन् । त्यसमा पनि माओवादी अध्यक्ष प्रचण्ड यो काममा अग्रपंक्तिमा उभिएका छन् ।
मूलबासीहरु त्यो स्थानमा नपुगेसम्म हाम्रो भविष्य सुरक्षित हुने छैन । हाम्रो धर्म, भाषा, लिपि, रीतिरिवाज र परम्परा सुरक्षित हुने छैन । तर अब त्यो दिन धेरै टाढा छैन । यहाँको एकात्मक बाहुनवादी राज्यसत्ताका विरुद्ध झाँसीकी रानीले जस्तै मुद्दा उठाउने चेली-बेटी जन्मिसकेका छन् । बाहुनवादका विरुद्ध एकसाथ लड्न सक्ने चेलीहरु जन्मिसकेका छन् । बाहुनवादी राज्यसत्ताको शोषण, दमन, अन्याय र अत्याचारका विरुद्ध युद्ध गर्न तयार हुने चेलीहरु जन्मिसकेका छन् । मलाई लाग्छ अब बाहुनवादी सत्ताको म्याद मंसिर १४ सम्म मात्र होला त्योभन्दा बढी भए आइसियूमा राखेको बिरामीजस्तो भएर थप ६ महिनासम्म रहन सक्ला ।
महिलाहरुलाई राजनीति गर्न गाह्रो हुन्छ भनिन्छ । तर तपाईंले राजनीतिलाई नै पेशा बनाउनुको कारण के हो?
भारतबाट अंग्रेजहरुलाई लखेट्न नसक्दा र त्यो काम पुरुषहरुले मात्र गर्न नसक्दा झाँसीकी रानी पनि अंग्रेजहरुलाई भारत छोड भन्ने आन्दोलन र भारतबाट धपाउने आन्दोलनमा सहभागी भएका थिए । हामीले विगतदेखि अहिलेसम्मका पुरुषहरुको मूल्यांकन गरिसक्यौं । महिलाहरुलाई पुरुषहरुले शोषण, दमन, अन्याय र अत्याचार गरी सबै क्षेत्रमा हेपिरहेको अवस्था छ । विशेषगरी नेपालमा चेलीबेटी बेचबिखनजस्तो समस्या छ । चेलीबेटी बेच्ने मुख्य योजनाकार भनेको बाहुनहरु र यो देशको राज्यसत्तामा बस्नेहरु नै हुन् । यसमा अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरुको ध्यान पुग्न सकेको छैन ।
जबसम्म यहाँ यो बाहुनवादी राज्यसत्ताको घेरा तोडिँदैन, त्यस समयसम्म हामी लडिरहने छौं । भारतमा सोनिया गान्धीले अत्याधिक मत ल्याई प्रधानमन्त्री हुने अवसरलाई समेत त्यागेर अरुलाई दिइन् । नेपालका मूलबासी चेलीहरु त्यो पाएको पद त्याग्ने होइन कि नपाएमा र हिन्दू अतिवादी शासकहरुले नदिएमा खोस्ने हो । नेपालमा अहिले पनि कतिपय पुरुषहरु जाँड- रक्सी र मदिरा सेवन गरेर बस्ने गर्छन् । महिलाहरुले कसरी घर चलाइरहेका हुन्छन् भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन । तर महिलाहरुले राम्रोसँग घर-व्यवहार चलाइरहेको हुन्छ । अनि घर- व्यवहार चलाउने चेलीले राष्ट्र चलाउन सक्छ भन्ने आँट र हिम्मत हामीले गरिसकेका छौं ।
तपाईंको जीवनको अन्तिम लक्ष उद्देश्यचाहिँ के हो?
नेपाललाई सबै अहिन्दू मूलबासी मंगोल समुदायको साझा फूलबारी बनाउने हो । हामीले विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको अन्याय, अत्याचार, शोषण र दमन सहेर बस्ने होइन । धर्म निरपेक्षता र संघीयता प्राप्त भएन भने अन्तिम समयसम्म लडिरहने हो । गाउँ-गाउँ र बस्ती-बस्तीमा पुगेर आफ्नो धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र परम्पराको जगेर्ना गर्ने र यसैलाई फैलाउने काम गर्ने हो । विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीको दासत्वबाट मूलबासी मंगोल समुदायलाई मुक्त गराउने हो । क्षणिक लोभ-लालचमा लागेर फसेकाहरुलाई आफ्नो संस्कारमा प्रतिबद्धता हुन सिकाउने हो । मजस्ता हजारौँ चेलीहरु जन्माउने हो । आइएलओ १६९ लाई तुरुन्त कार्यान्वयन गर भनेर भन्दा पनि धरपकड गर्ने बाहुनवादी राज्यसत्ताको जंजिरलाई तोड्ने काममा लाखौँ चेलीबेटी र महिलाहरुलाई उभ्याउने हो । सबै समुदाय र धर्मलाई समान अधिकार नदिएमा त्यसका विरुद्ध कडाइका साथ आवाज उठाउने हो ।
अन्तमा तपाईं नेपालका मूलबासी मंगोल समुदायलाई के सन्देश दिन चाहनुहुन्छ?
सम्पूर्ण अहिन्दू मूलबासी मंगोल समुदायको हक, हित र अधिकार सुरक्षित हुने गरी संविधान बनाइयोस् । यस्तो मौकामा पनि हालको जस्तै गरी हिन्दूवाद र बाहुनवादको शोषण, सामन्ती भएमा अहिन्दू मूलबासी र मंगोलहरु हो, हामीले जसरी राणाको शासन र त्यसको प्रतिकार गर्‍यौ त्यसैगरी यी विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुका विरुद्धमा बोल्न सक्नेले बोलेर, लेख्न सक्नेले लेखेर, लड्न सक्नेले लडेर प्रतिकार गर्नुपर्छ र हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको अन्याय, अत्याचार, शोषण, दमन र सामन्ती व्यवस्थाको अन्त्य गर्नुपर्छ । अब हामीले कुनै पनि कांग्रेस, कम्युनिष्ट पार्टी भनेर बाहुन-क्षेत्रीको दलाली र गुलामी गर्ने होइन । नेपालका प्रत्येक मूलबासी मंगोल समुदायले एक ढिका भएर यी विदेशीहरुका विरुद्धमा आवाज उठाउन आवश्यक छ । साथै नेपालको मात्र नभएर विश्वकै मूलबासीहरुलाई हामी मूलबासीहरु एक हौं । अन्तिम समयसम्म लडिरहौं, अन्याय, अत्याचार, शोषण र दमनको घेरा तोडौं, सबै मूलबासीहरु आफ्नो हक, अधिकार र न्यायको निम्ति ऐक्यबद्ध भएर लडौं । बगेको झर्नाजस्तै थोपा-थोपा संगालेर एउटा विशाल मूलबासी सागर बनौं ।
अन्तर्बार्ताको सन्दर्भमा केहि जिज्ञासा भएमा मंगोल डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्य सोममाया तामाङलाई ९८४१९८५४७१ मा फोन गरी सम्पर्क गर्न सक्नुहुनेछ ।

No comments:

Post a Comment