Monday, June 4, 2012

"हेपिएको फिलुङ्गो"

 

 Profile Picture

 शुक्रबारीय भेट "हेपिएको फिलुङ्गो"

हेपिएको फिलुङ्गो
              -सुजन सेलिङ "लुङमाहीम साईला"
कुल्चिएर मान्छेहरू
बुङ्बुङ्ती खरानी उडाउँछन ।
कोही नागेर जान्छन,
कोही सुसु फेरेर जान्छन,
कोही आची पुछेको सिन्को
त्यहीँ नेर फ्याकेर जान्छन ।
खरानी उडिरहन्छ ।
ऊ खरानी हुनुपूर्व
आफु आगो भएको -पहिचान
फिलुङ्गो उडाएर दिदै हुन्छ खरानी ।
बेला बेला भित्रबाट
सा-सानो फिलुङ्गोहरू उडछ

हावामै निभ्छ ।

खरानीभित्र बचेँर फिलुङ्गो
नदेखिने गरेर बसेको हुदो हो ।
आफ्नो अस्तित्व बचाएर ।
अलि परसम्म देख्नेहरू भन्छन..
त्यहा आगो बचेँको छ -होसियार
को वास्ता गरोस्
त्यो नाथे निरिह फिलुङ्गोको ?
सबैले सोचेका छन निभिसकेको छ ।

अचानक पूर्वपट्टिबाट
हावा चल्न थाल्छ ।
हावाको बेगले खरानी उडाउन थाल्छ ।
हावाको बेग झन झन बड्छ ।
हावा आधी, हुरीमा परिणत हुन्छ ।
बचेँर बसेको
अपहेलित फिलुङ्गोसम्म पुग्छ हावा ।
फिलुङ्गो उडन थाल्छ हावामा ।
फिलुङ्गो झुल्लारुपी झोसहरूमा टासिन पुग्छ ।
झोस् सल्किन्छ ।
अब,
फिलुङ्गोबाट आगो बन्छ ।
बिस्तारै त्यस्ले सल्काउदै लान्छ ।
अन्तत
आगो अग्नि ज्वालामा परिणत हुन्छ ।
र,
उस्ले केही बाँकी राख्दैन,
पुरै जङ्गल,गोठ,घर,बस्ती र शहर
खरानी खरानी बनाउँछ ।
परिणाम्
हेपिएको आगोको फिलुङ्गोबाट
सल्किएको आगोले
सबै तिर उजाड उजाड पारे पछी
पुन:
प्रकृति पानी पार्छ ।
नयाँ पालुवाहरू पलाउँछन ।
रहे बचेँको प्राणी,चरा चुरुङ्गी
गाउन थालछन...
नाच्न थाल्छन् ...
नयाँ जीवनको शुरुवात हुन्छ ।
मान्छेहरू ...
नयाँ बस्ती बसाल्छन ।
एउटा अर्को सभ्यताको थालनी हुन्छ ।

बिरानो देशबाट
२६ मे २०१२
सौजन्य:-मझेरी डट कमबाट


No comments:

Post a Comment