Monday, June 11, 2012

Jwajalapaa Sakasita...डा.बाबुराम भट्टाराईले भने..

डा.बाबुराम भट्टाराईले भने, 'माओवादीसँग मधेसी छन्, जनजाति छन्। हामीसँग अझै दुई तिहाइ छ। ' अरे --- यस्तो कुरो मान्नु पर्ने आधार के छ ?
डा. बाबुराम - तिमी मधेसीलाइ खल्तिबाट २-४ गोटा मन्त्री पद र जनजातिलाइ २-४ वाक्य चिल्ला शब्दजाल फ्याँकेर - 'तिनीहरु हामीसितै छन' भन्ने दम्भ पाल्छौ भने तिम्रा दम्भले आगामी चुनावमा धुलो चाट्ने निश्चित छ । ओठे प्रतिबद्धता हैन धाँधलीरहित चुनावको ग्यारेण्टी हुने तैयारी शुरु गर ।
 
हैन, यदि साँच्चिकै मधेशी र जनजातीका साथ लिने हो भने निम्न कार्यहरु तत्काल गरेर देखाउ -
 
१) नवलपरासीमा थारु र मगरलाइ ताकि ताकि गोलि हान्ने पुलिसहरुलाइ बर्खास्त गरेर अनुसन्धान थालिदेउ । सक्छौ भने सबक सिकाउन जेलमै कोचिदेउ ।

२) तिम्रा पार्टीले बेलाबखत च्याप्ने बाहुनबादि निर्णयहरु सबै खारेज गरिदेउ - लेखराज भट्ट, पोष्टबहादुर बोगटी, जनार्दन शर्मा, अग्नी सापकोटा जस्ता बाहुनबादिहरुलाइ जनजातिको बिरुद्ध नलाग्न चेतावनि देउ ।

३) जनजाति र मधेशीका मागहरु किन जायज छ, किन काँग्रेस, एमाले, राप्रपा, राजमो र राजा समर्थक संघियताबिरोधि बाहुनबादिहरुको योजना तथा षडयन्त्र देशको लागि घातक छ भन्ने प्रष्ट पार्ने जनचेतनामुलक कार्यक्रम नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, एफएमहरु लगायत सार्वजनिक संचारमाध्यममा चलाउन देउ!

४) मधेशी र जनजातिलक्षित कार्यक्रमहरु, बिकास कार्यक्रम, चेतना कार्यक्रम, शिक्षा कार्यक्रम आदि सम्पूर्ण ठाममा मधेशी र जनजातिकै अगुवा र सहभागिता हुन देउ ।

५) संबिधान सभा भंग भएपछि सभासद र तिनका पिएहरुले पाउने तलबहरु चोखै बचत भएको हुनु पर्छ, त्यो सम्पूर्ण रकम बिभिन्न भाषाभाषिका प्राथमिक कक्षाहरु सञ्चालन गर्न आवश्यक पर्ने पुस्तक पुस्तिका लेख्न छाप्न र बितरण गर्न खर्च गरेर देखाउ ।

हो, यस्तो (बुँदा १ देखि ५ सम्मको) खालको लाखौ कामहरु छन, जुन तिमीले चाह्यो भने तत्काल गरेर देखाउन सक्छौ । हो, यस्तो काम गरेर देखायो भने मानम्ला हामी - 'तिमीले साँच्चै मधेशी र जनजातीलाइ साथैमा राख्न चाहेका रहेछौ' । हैन भने तिम्रा ओठे कुराहरुले हाम्रा चित्त बुझ्ने वाला छैन । ती फोस्रा कुराहरु तिम्रा हनुमानलाइ सुनाएर ताली खाँदै गर्नु, चुनावमा हामी हाम्रो बाटो आफै खन्ने छम ।

No comments:

Post a Comment