Wednesday, June 13, 2012

नेपाली ईन्ड़ीजिनियस संघर्ष समिती-जर्मनी गठन...

Profile Pictureदिपेन योङहाङ

by गणेश गुरुङ,
गत आईतबार, १० जुन २०१२ को दिन, जर्मनीको म्युंचेन शहरमा, Nepal Ethnic Society e.V Muenchen-Germany को पहल अनि सक्रियतामा
चाप्चा राईको संयोजकत्वमा, २३ सदसीय नेपाली ईन्ड़ीजिनियस संघर्ष समिती-जर्मनी गठन भएकोछ |

समिती गठनको उदेश्य :
हामी नेपाली ईन्ड़ीजिनियसहरु आफ्नै देशमा आन्तरिक शरणार्थीको हैसियत बोकेर, युगौंदेखि असमान भएर बाँच्दै आईरहेकोछौं |
संविधानमा नेपाली ईन्ड़ीजिनियसहरुको अधिकार सुनिश्चित गरिनु, पहिचान सहितको संघियतालाई संविधानमा लेख्नु दबाबदिनु
गत ७,८ र ९ जेठको तिने दिने, आदिवासी-जनजाती संयुक्त संघर्ष समितीको आन्दोलन र निकट भविष्यमा पनि निरन्तर जारी रहिरहने हाम्रो आन्दोलनलाई, प्रवासको भुमिबाटै भएपनि संसारभरिकै अन्य नेपाली ईन्ड़ीजिनियस संघर्ष समितीहरुसंग सहकार्य गर्दै, नेपालमा आन्दोलित आ.ज. संयुक्त संघर्ष समितीको आन्दोलनलाई, नैतिक, बैचारिक, सैदान्तिक , आर्थिक अनि आवश्यक परेमा भौतिक सहयोग पनि गरिने
यस नेपाली ईन्ड़ीजिनियस संघर्ष समिती – जर्मनीको उदेश्य रहनेछ |
साथै, निकट भविष्यमा, जर्मनीमा रहेको सम्पूर्ण नेपाली ईन्ड़ीजिनियसहरुमाँझ, ने. ई. संघर्ष समिती-जर्मनी नजिकमा बसि, अन्तक्रिया, छलफल, प्रशिक्ष् ण, सहकार्य कार्यक्रमहरु निरन्तर सक्रियरुपमा अघि बढाई हाम्रो जातीय मुक्तिकोलागी दृढ भएर लागीपर्ने प्रतिबद्दता लिएकोछ |
भेलाले, २६ मे २०१२ मा साउदी अरबको आदिवासी-जनजाती महासंघको अध्यक्ष् हम सुनारी मगरको संयोजकत्वमा भएको विश्व आदिवासी-जनजातीहरुको अन-लाइन छलफलमा फ्रान्कफर्ट-जर्मनीबाट चाप्चा राईको प्रस्ताबमा, अन-लाइन वैठकले निर्णय गरेको, आ.ज. संयुक्त संघर्ष समितीलाई गरिने आर्थिक कल्याणकारी सहयोगमा
ने. ई. संघर्ष समिती – जर्मनीको जुझारु प्रतिवद्दता पुन दोहोर्याएकोछ |
वैठक Nepal Ethnic Society e.V Muenchen-Germany को अध्यक्ष् सेक राज सुनुवारको अध्यक्ष् तामा, आदिवासी-जनजातीको आन्दोलनमा नवलपरासीमा प्रहरीको गोली खाएर, हालै उपचारको क्रममा शहिद हुनु भएको हाम्रो शहिद धन बहादुर थनेतलाई
एक मिनेट मौण -धारण श्रदान्जली अर्पण गर्दै सुरु भएको थियो |
२३ सदस्य नेपाली ईन्ड़ीजिनियस संघर्ष समिती – जर्मनीको नामवली यस प्रकारछ :
१. संयोजक – चाप्चा राई, Frankfurt
२. सचिव – सन्चमान जगेबु, Muenchen
आर्थिक तथा ब्यबस्थापन विभाग :
३. सदस्य – पन्च कुमार राई, Hamburg
४. सदस्य – हर्क सुब्बा, Gelsenkirchen
५. सदस्य – निनाम्मा राई, Hamm
६. सदस्य – बेल गुरुङ, Bremen
७. सदस्य – डोमा गुरुङ, Muenchen
प्रसार-प्रचार विभाग :
८. सदस्य – गंगालाल श्रेष्ठ, Hamburg
९. सदस्य – गणेश गुरुङ, Muenchen
समिती सदस्यहरु :
१०. सदस्य – बिकास प्रधान, Muenchen
११. सदस्य – सेकराज सुनुवार, Muenchen
१२. सदस्य – मन्जु गुरुङ, Muenchen
१३. सदस्य – प्रेम पोमु, Hamburg
१५. सदस्य – तेजेन्द्र गौचन, Hamburg
१६. सदस्य – निर बहादुर छन्त्याल, Hamburg
१७. सदस्य – बिजय गुरुङ, Hamburg
१८. सदस्य – सत्यमान लिम्बु, Hamburg
१९. सदस्य – जिमी राई, Frankfurt
२०. सदस्य – कृष्ण गुरुङ, Frankfurt
२१. सदस्य – राजु श्रेष्ठ, Frankfurt
२२. सदस्य – दिपक लामा, Bochum
२३. सदस्य – खुमराज पुन, Aachen (बिद्यार्थी प्रतिनिधि)

No comments:

Post a Comment