Saturday, June 2, 2012

उत्पीडित समुदायलाई गोलबन्द गरी नयाँ पार्टी खोल्नुपर्ने : पिएस गुरुङ

Profile Picture 

 
 
 
 
 

दिपेन योङहाङ


हुम तमु, पोखरा, २० जेठ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा विघटित संविधानसभाका सदस्य पृथ्वी सुब्बा गुरुङले एमालेलाई सच्याउन सकिदैन अव केही समय लगाएर भए पनि उत्पिडित समुदायलाई गोलवन्द गरी नयाँ पार्टी खोल्ने पक्षमा आफु रहेको बताउनु हुदै तर पनि पार्टीलाई दवाव दिन भने नछोड्ने बताउनुभएको छ ।
संविधानसभा मार्फत उत्पिडित जातिको पहिचान सहितको संघीय लोकतान्त्रिक संविधान गर्न नसक्नुमा आदिवासी जनजातिलाई एमालेले विश्वासघात र एकिकृत माओवादीले बेइमान गरेको बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डक         धवलागिरीको आयोजनामा आज पोखरामा आयोजित भेलामा विघटित संविधानसभामा आदिवासीवासी जनजाति सभासदहरुको समुह ककसका अध्यक्ष समेत रहेका गुरुङले एमालेको अधिवेशनबाट पारित, संविधानसभाको घोषणापत्रमा प्रतिवद्धता जाहेर गरेको, पार्टीद्धारा प्रस्तुत गरेको राज्यको पुनसंरचनाको खाका सबैलाई लत्याएर आदिवासी जनजातिले चाहेको पहिचान सहितको संघीय प्रदेशको विरुद्ध उभिएकार बेइमान गरेको आरोप लगाउनु भएको हो । आफु पोलिटव्युरो सदस्य रहेको पार्टी एमालेका नेताहरु सबै त्याग्न तयार तर पहिचान स्विकार तयार नभएकोमा दुख व्यक्त गर्नुभयो । उहाँले हामी जातिय पहिचानको पक्षमा अडिग छौं भन्ने एमाओवादी संविधानसभाको नै विघटन गराउने षडयन्त्र गरेकोमा पहिचान चाहने आदिवासी जनजातिहरुलाइ अन्तिम समयमा गएर बेइमान गरेको प्रष्ट पार्नुभयो ।
आफुहरुले विगतको अन्ध जातिय अहंकारको अन्त्य गर्दै सम्पुर्ण विविधता पहिचान सहितको प्रदेशको स्थापनाको आन्दोलनमा रहेको बताउनु हुदै जातिको राज्य माग्यो भनेर पार्टीभित्रैबाट भ्रम सिर्जना गर्ने काम भएको आरोप लगाउनुभयो ।
कार्यक्रममा विघटित संविधानसभाका सभासद हितकाजी गुरुङले एमालेले सत्तामा पुग्नका लागि पटक पटक गल्ती गरेको बताउनुभयो ।
पहिचानको विरुद्धमा पार्टीका नेताहरु उत्रेको देख्दा अचम्ममा पर्नुभएका गुरुङले पार्टीका नेताहरुलाई कम्तीमा पनि राज्य पुनसंरचनाका लागि पार्टीले पेश गरेको अवधारणा र संविधानसभाको घोषणापत्र पल्टाएर हेर्न आग्रह गर्नुभयो । विगतदेखि विभेदमा पारिएका आदिवासी जनजातिले पहिचान खोज्दा अखण्ड नेपालको पक्षमा वकालत गर्ने नेताहरुले पार्टी कार्यकर्ता र आदिवासी जनजातिकोे भावनाको अखण्ड खोज्नुपर्छ कि पर्दैन उहाँको प्रश्न थियो ।
नेपाल लोतकान्त्रिक तमु संघको व्यवस्थापनमा एमालेका राष्ट्रिय परिषद सदस्य तथा लोकतान्त्रिक तमु संघका केन्द्रिय उपाध्यक्ष मीना गुरुङको अध्यक्षतामा भएको भेलामा एमाले लमजुंगका अध्यक्ष जमिन्द्रमान घले, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सचिव धनप्रसाद तामांग, एमाले कास्की क्षेत्र नं. ४ का अध्यक्ष गणेशमान गुरुङ, एमाले राष्ट्रिय परिषद सदस्य तथा लोकतान्त्रिक तमु संघको महासचिव बेदबहादुर गुरुङ, खेमजंग गुरुङ, मदनकाजी श्रेष्ठ, मेजर रामप्रसाद गुरुङ, मनबहादुर गुरुङ, पृथ्वीमान घले, राजेन्द्र गुरुङ, इमान गुरुङ, नरबहादुर गुरुङ, मनकुमार श्रेष्ठ, खसबहादुर गुरुङ, इन्द्र गुरुङ, कुमबहादुर तामाङ, हरिमान तामाङ, कृष्णबहादुर गुरुङ, ई.देउकाजी गुरुङ, श्रीप्रसाद गुरुङ, क्षेत्रबहादुर गुरुङ, चिजकाजी गुरुङ, गोपालमान गुरुङ, चेतबहादुर गुरुङ, मनसुवा गुरुङ लगायत भेलामा सहभागी अधिकांशले अब एमालेले उत्पिडित जनताको भावनाको प्रतिनिधीत्व गर्न नसक्ने भएकाले नयाँ पार्टीको आवाश्यकता रहेकोमा जोड दिएका थिए ।


http://www.tamuhyula.com/?p=1709
उत्पीडित समुदायलाई गोलबन्द गरी नयाँ पार्टी खोल्नुपर्ने : पिएस गुरुङ | Tamuhyula.com
www.tamuhyula.com
हुम तमु, पोखरा, २० जेठ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा विघटित संविधानसभाका सदस्य पृथ्वी सुब्बा गुरुङले एमालेलाई सच्याउन सकिदैन अव केही समय

No comments:

Post a Comment