Sunday, June 3, 2012

लिम्बूवान (स्वायत्त) राज्य हुनै पर्ने आधारहरु ?

                                   Profile Pictureदिपेन योङहाङ


बिश्वासदीप तिगेला

सबै जातजातिको साझा लिम्बूवान राज्यको संस्थागत गरौ ।

लिम्बूवान (स्वायत्त) राज्य हुनै पर्ने आधारहरु ?

१. लिम्बुवानमा बसोवास गर्ने सम्पूर्ण जनताहरुको ब्यग्र चाहना ।

२. सवल लिम्बुवान (राज्य)को लागि चाहिने शासक, शासित, ऐतिहासिक भौगोलिक सिमाङ्कन (अरुण नदि देखि पूर्व मेची नदि सम्म), भौतिक पूर्वाधार, आर्थिक पूर्वाधार तयारी भएको साथै लिम्बुवान भित्र आफ्नै भाषा, लिपी, धर्म, संस्कृति र मान्यताहरु शसक्त भएको ।

३. गोर्खा राज्य विस्तारको क्रममा १७ पटक सम्मको युद्धमा पनि लिम्बुवानलाई जित्न नसकेपछि १८३१ मा ऐतिहासिक (लालमोहर) सन्धि गरेर लिम्बुवान नेपालमा गाभिएको थियो र गोर्खा राज्यले उक्त सन्धि अनुसार लिम्बुवानलाई वि. सं. २०२१ सम्म स्वायत्तता प्रदान गर्दै आएको ऐतिहासिक आधार ।

४. लिम्बूवानको लागि अन्तरार्ष्ट्रिय अदालतमा स-प्रमाण पेश गर्नको लागि ऐतिहासिक प्रमाणहरु भएको ।५. संयुक्त राष्ट्र संघको घोषणा-पत्र अनुसार आदीवासीहरुको थातथलोमा उनीहरुको आफ्नो आत्मा निर्णयको अधिकार हुने ब्यवस्था भएको ।

६. तत्कालिन शाह राजाहरुले लिम्बूवान संग १८३१ मा गरेको सन्धिको बारेमा नयाँ सरकारको स्पष्ट धारणा बनि नसकेको कारण लिम्बुवान दिनैपर्ने अनिवार्यता भएको ।

७. लिम्बुवान शब्द कुनै एक जातिको पेवा नभई भौगोलिक क्षेत्रलाई दर्शाउने भएकोले सबैलाई यो ऐतिहासिक लिम्बुवान शब्द स्वीकार्य भएको ।

अधिकार मागेर होइन खोसेर लिनुपर्छ ।

No comments:

Post a Comment