Saturday, June 2, 2012

चाप्चाको ' तिन-ओटा काप्चा - कविता 'हरु '

 

दिपेन योङहाङ 

 

चाप्चाको ' तिन-ओटा काप्चा - कविता 'हरु '

by Jeki Chapcha on Saturday, June 2, 2012 at 1:28pm ·

१.तेरो कालो आँखाले
संसार कालै, देख्छ्स नि !

तेरो अमिलो मनलाई,
गुलियोको स्वाद के थाहा !

संधै उँधो हेर्नुमात्रै पल्केकोछस !
समानन्तर हेर्दा,
तेरो नजर नै टेढीन्छ ,..... !

याद राख्लास !
जुन दिन तैंले ,... ठाडो उभो हेर्नुपर्ने समय आउँछ

उज्यालै-उज्यालोमा
तँ ,....... नाथे !
जलेर खरानी हुनेछस !!!

अँधेरोले,घामको किरणलाई
जितेको कहिल्यै छ र ?

अँधेरो रात ढलेरै छाड्छ,
दिन उज्यालो बोकेरै आउँछ ||

- चाप्चा

२.

कविता :
' हाम्रो बुझाई र सिमाना मनको '

 हामीले अब के बुझ्यौं भने,
 हाम्रो पहिचानलाई,
'बहिस्कार' गर्नेले
हाम्रो थर'लाई कत्तिसम्म ,..... 'तिरस्कार' गर्दोरहेछ !

हाम्रो ईतिहासलाई,
मान्दै नमान्नेले
हामीलाई कत्तिसम्म, 'नमान्दो' रहेछ !!

हाम्रो भाषा-बोलीलाई, 'नाक-खुम्च्याउने'ले
हाम्रो संस्कृतिलाई, 'खिसी-गर्ने'ले
हाम्रो भेषभुषालाई, 'खिल्ली-उडाउने'ले
हाम्रो धर्मलाई, 'पाखण्डी' भन्नेले

कसरी हाम्रो, अधिकारकोलागी सोचोस् त ?
कसरी उनेरुसंगै हामीलाई, समान हुनु दिओस त ?
कसरी हाम्रो, भलो चिताओस त ?

तिमेरु आफै छुट्टीएर गयौं, हाम्रो मनको दोभानबाट !!!

सकुनीहरुको ईशारामा,
हामीदेखि छुट्टीएर जानेहरु हो ,.... !
तिमेरलाई हामी धपाउनै परेन !

हुन त के र ,...
मरेपछि पनि खरानी चै !
काँसी नै पुग्नुपर्ने र,
यहिको माटोमा, गाडिएर माटो हुनुपर्नेहरु बिच
अन्तर किन नहोस त !!!


त्यसै हामी भन्छौं त, ''' हामी हौं भुमिपुत्र ''' भनेर ?

सिमाना मनको अब आ-आफ्नो, सक्दो कडा भन्दा, कडा कोर्नु !!!

- चाप्चा, फ्र्यांकफर्ट-जर्मनी, ३० मे २०१२, दिनको १:४८ बजे

३.

हिजोआज तिमेरुलाई
मस्ति छ !
भत्तेर खाँदै गर !
खुशियाली बाड्दै गर !
भान्ग्रा नाँच !
अझ्झ पुगेन भने,...
' बेलि~डान्स ' ले भ्यातुले कम्मर घुमाउदै गर !

तेत्तिले पनि पुग्दैन भने !
' गो ~ गो ' मा, निबस्त्र भएर
उत्ताउलिंदै गर !
तिमेरु ' सर्वांग नाङ्गो ', थिएनौ नै र कहिले ?

न हामी,
तिमेरुको ' नग्नता 'मा, ' र्याल ' काढ्ने नै छौं !
न तिमेरुको ' अश्लिलता 'मा, ' विर्य ' नै चुहाउछौं !!!

हामी रमिते हुदैछौं,.... चुपचाप~चुपचाप
पिडा-फुलको गीत सुन्दै, तिरस्कृत-बतासको धुनमा रम्दै !

मात्र ,........
जुनदिन हाम्रो मौनता बहुलाउछ नि ,... !
त्यो दिनतिमेरुको यो ' अन्तिम-भोज ' पक्कै हुनेछ ||

- चाप्चा

No comments:

Post a Comment