Saturday, July 27, 2013

kepi oli

आदर्णीय सम्पूर्ण फेसबुक मित्रहरु सेवारो,सेमुन्ना,जोजोलाप्पा,फ्याफुल्ला,छेझोलो,झोर्ले,,,,,,,,,,,,,,,,,,,,,,
आज क्याम्बोडियको राष्ट्रिय चुनाबको दिन यतिखेर क्याम्बोडियाको सबै क्षेत्रमा मतदान भइरहेको अवस्था छ,अति नै सानदार र शान्तिपूर्ण मतदान भैरहेको छ,म क्याम्बोडियाको काम्पोङ्गछ्नाङ्ग प्रोभिन्सको रोलिपिया डिस्ट्रिकको  मतदान केन्द्रको प्रांगणमा  यतिखेर,अचम्मको कुरा यहाँ न त पोलिस आर्मी नै गाड बसेका छन् न त  सुरक्षा गाड,छन् त प्रोभिन्सको चिफ,डिस्ट्रिक चिफ,गाउँ प्रमुख र चुनाब आयोगका टोलीहरु छन, कसैले कसैलाई लिड गरिरहेको पनि देखिन्न,भोटर्सहरु सरासरी आउने लाइनमा बस्ने र आफ्नो मत दिने क्रम भैरहेको छ न त भिड-भाड न त तछाड-मछाड न त कुनै हल्ला-खल्ला,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
क्याम्बोडियामा जम्मा ८ वोटा पार्टीहरुको प्रतिस्पर्धा भैरहेको छ,खुलेर कसैले कसैको बिरोध नगर्ने चलनले  अति नै राम्रो बाताबरण सिर्जना गरेको छ भने जनता एकापसमा को कुन पार्टीलाई सपोर्ट गर्ने हो भनेर सोध खोज पनि नगर्ने रहेछन आफु-आफै सजग रहेछन!
यहि क्रममा एउटा भन्नै पर्ने कुरा क्याम्बोडियाको यो चुनाबी माहौलको अबस्थालाई हेर्न नेपाल बाट [खड्ग बहादुर ओली]{के.पि ओली}यहाँ आउनु भएको छ,अहिले वहाँ फ्नोम पेन्ह सिटीमा कहीं चुनाबी माहौल हेरी रहनु भएको होला र वहाँले जनताको निस्पक्ष अधिकारको बारेमा थुप्रै कुरा सिक्ने अवसर हो यो तर वहाँले सिकेर नेपालमा कस्तो संदेश लिएर जाने हो र नेपाल पुगेसी कस्तो अभिव्यक्ति दिने हुन्?यो समयले बताउला ध्यान दिउँ है मित्रहरु कस्तो अभिव्यक्ति दिँदो रछ?या त शिक्षा न दिक्षा संदेश न बन्देश  यहाँको नाइट क्लब र बारको ह्विश्कीको चुस्की संगै तरुनीको चुस्ती मै सबै बिर्सेर जाने हुन्,,,,,,,, क्याम्बोडिया भ्रमण आज भन्दा २ बर्ष अगाडी पनि भएको हो र त्यति खेर हामीले लन्चको कार्यक्रम राखी भेटघाट कार्यक्रम गरेकाक थियौं र यहाँ ३ बर्ष देखि जेलमा सजाय काटी रहेका नेपालका निर्दोष धनपति पौडेल लाइ डेप्लोमेटिक सहयोगको अनुनय गरेका थियौं तर हाम्रो लन्च र भेट घाट त्यसै खेर गएको थियो,३ बर्ष सम्ममा पनि ति निर्दोष यहाँ जेइल सजाय काटी रहने धनपति पौडेलको सहयोगको निम्ति कुनै माखो नमारी के.पि ओली फेरी यहीं आउनु भएको छ,,,,,,,,,,,,,,,,धन्य्बद………।मित्रहरु केपी ओली को यहाँको भ्रमण र एक्टिभिटिज वहाँ नेपाल पुगेर अभिव्यक्ति दिइसके पछि अबस्य शेयर गर्ने छु)