Tuesday, September 25, 2012

जनै बंश र गोत्र दिने, यो सबै बाहुनको ब्यापार थियो

दिपेन योङहाङ लिम्बुदिपेन योङहाङ लिम्बु

बाहुन छेत्री पत्रकार संघ मुर्दाबाद
September 6
जनै बंश र गोत्र दिने, यो सबै बाहुनको ब्यापार थियो

बाहुनहरुको गुण गान गर्न त सहस्त्र मुख भएका सेश नागले त सक्दैनन् भने म तुच्छ मनावले सक्ने कुरा आएन, तर पनि केहि जमर्को गर्ने प्रयास गरेको छु, गल्ति भएमा सुधार गरि पढ्नु होला. वैदिक शास्त्रको कुरा गर्ने हो भने बाहुन/ऋषि जम्दग्निका छोरा परसुरामले पृथिबीलाई १७ पटक छेत्री बिहिन गरे छेत्रिहरुको सर्व नाश गरेका थिए| नन्द साम्राज्यका राजकुमार संग सानो विव
ाद भए पछी चानक्य(बाहुन) ले नन्द साम्राज्य नस्ट गर्ने प्रतिज्ञा गरि आखिर त्यत्रो ठुलो साम्राज्य ध्वस्त गरे. महान सम्राट अशोक ले बुद्ध धर्म ग्रहण गरे पछी आफ्नो टपरो खोसियेकोले जाल झेल गरेर सम्राट अशोकका छोरा सम्राट ब्रिहद्रथ लाई धोखा दिई हत्या गरेर बाहुन जर्नेल पुश्यमित्र आफै सम्राट बनेर सारा उत्तरी भारत बाट छेत्री राजाहरुलाई सखाप पारेर ३०० वर्ष सम्म छेत्री राजा बिहिन बनाई दिए र बुद्ध धर्म मान्ने सबैलाई भारत बाट खेदेका थिए| अहिले हामीलाई बुद्ध नेपालमा जन्मेकोमा गर्व हुन्छा तर भारतमा बाहुनहरुले बुद्धमार्गी हरुको करोडौको संख्यामा हत्या गरे| नेपालकै कुरा गर्ने हो भने पनि हामि सोझा साझा खसहरुलाई हिन्दु बनाएर आफ्नो ब्यापार सुरु गरे र त्यस बेला देखि अहिले सम्म पनि सामाजिक र आर्थिक शोषण गरि रहेका छन्| पण्डित विजयराजले कपट पुर्वक जंगबहादुरलाइ साथ् दिएर सयौ देशभक्त र राजभक्त भारदार को हत्या गराएर पछी जंगेसंग सबै किसिमको ठुला ठुला सुबिधा बाहुनहरुले लिएर मुलुकी ऐन बनाए र ५०% भन्दा धेरै नेपाली हरुलाई दलित र जनजाती बनाए, अरु ठुला जात हरुलाई बिल्कुलै सुबिधा रहित बनाई दिए| १०४ बर्षको राणाकालमा बाहुन र नेवार बाहेक अरु नेपालीले पढेको थाह पाए भने दण्ड जरिवाना हुन्थ्यो| अहिले बेकारमा "खाने पाउने रामे चोट पाउने श्यामे"भने जस्तै खाने बेलामा सबै घिउ बाहुनले खाने नाम आउने बेलामा बाहुन/छेत्री ले देश खायो भन्ने नारा दलित र जनजातिले लगाएका छन् | आखिर छेत्रीले के नै सत्ता भोग गरेको छ र बाहुनको दाजोमा ? बाहुन हरुको गुनगान त कति छन् कति| हिन्दुहरुलाई जात-जातमा विभाजित गरेर छेत्रिहरुलाई मात्र विदेशीहरुसंग लड्न लगाए| हजारों वर्ष सम्म भारतलाई बिदेशी गुलामी मा जान बाध्य गराउने बाहुन हरुहुन्.| सति जान लागेका विधवाहरु (मृत राजाका रानी हरु समेत) यदि बाहुन लाई राम्री लागेर मन पर्यो भने सति जान नपर्ने रे| राज्यमा भएका जे जति राम्रा कुराहरु बाहुनलाई मन पर्यो भने बिर्ता पाई हाल्ने| धेरै-धेरै बिर्ता दिन सक्ने खसलाई (मगर लाई पनि) पनि राजा, ठकुरी तथा उच्च छेत्री को जात, जनै बंश र गोत्र दिने, यो सबै बाहुनको ब्यापार थियो| जंगबहादुरले हाली मुहाली नदिएको भए नेपालका बाहुनले यति सारो नेपालको बिगार गर्न सक्ने थिएनन्. बडामहाराज पृथ्वीनारायण शाहकी आमा रानी कौश्ल्यावातिले धुर्त पहाडिया बाहुनलाई चिनेर नै आफ्नो छोराको ब्रतबन्ध बनारसको मिश्र बाहुनलाई सुटुक्क बोलाएर गरिदिएकी थियिन तर पछिका राजपरिवार ले त्यति बुद्धि पुर्याउन सकेनन, तैपनि जंगबहादुर भन्दा पहिले बाहुनहरुले यति सारो देश नै एकलौटी पार्न सकेका थिएनन्| अस्सली छेत्रिहरु ले अहिले पनि यो ब्रह्मजाल बाट जति सक्दो छिटो मुक्त हुन सके भने मात्र आफ्नो केहि उन्नति गर्न सक्लान. २००७ साल पछी शाखा-अधिकृत दर्जामा जान तीन धार पाठशाला र बनारसमा संस्कृत मात्र पढेर पुग्दैन, अरु योग्यता पनि चाहिन्छ भन्ने नियम बनेको भए शायद यति ठुलो राजसत्ता बाहुनको हातमा जाने थिएन होला| नेपालको इतिहास हेर्ने हो भने देशको भलो चिताउने नेता हरुको अनिकाल नै छ| स्वर्गीय राजा महेन्द्र ले देश भक्त नेपालीहरु नपाएकै कारण आफ्नो जीवन आफैले अन्त गरेको पनि यौटा सोचाइ छ|

No comments:

Post a Comment