Sunday, March 24, 2013

सह-अस्तित्वबाद


हामीले अस्तित्व ,अस्तित्वबादको बारेमा धेरै चर्चा गरिसकेका छौ \ अस्तित्वबाद भन्नाले "म पनि केहि हो" भन्ने सोच हो \ सबैले "म पनि केहि हो " भन्ने सोचियेपछी समाजमा प्रतिस्पर्धा ,जिबन्तता आउछ \तर "म पनि केहि हो " भन्ने सोच मात्र बढी भयो भने समाजमा हिङ्सा र द्वन्द शुरु हुन्छ \यसलाई सह-अस्तित्वबादले निर्देशित गर्नुपर्छ - "म पनि केहि हो,उ पनि केहि रहेछ ,लिम्बु पनि केहि हो र बाहुन पनि केहि हो ,बिश्वकर्मा पनि केहि हो त् क्षेत्रि पनि केहि हो , लिम्बुवान पनि केहि हो र काठमान्डू पनि केहि हो" सबैको आ आफ्नो ठाउमा अस्तित्व छ ,ति अस्तित्वहरुलाई एक आपसमा सम्मान गर्नुपर्छ ,सह-अस्तित्व को वातावरण शृजना गर्नुपर्छ \

दोस्रो बिश्व्युद्दपछी दुइ महा आख्यानहरु पुजिबाद र साम्यबाद दबदबा विश्वभर फैलियो \अन्य राष्ट्रहरुले त आफ्नो अस्तित्व नै गुमाउलान कि जस्तै भयो \यसै क्रममा ,इन्डोनेशियाको वाङ्डुंगमा सन् १९५६ मा भारत ,पाकिस्तान ,युगोस्लाभिया ,चीन आदि देशहरु मिलेर येइतिहासिक सम्मेलन गरे \ उक्त सम्मेलनमा भाग लिने राष्ट्र हरुलाई पत्रकार हरुले "तेस्रो बिश्व " भने \ उक्त सम्मेलन को मूल मर्म - " हामी बाकि राष्ट्रहरु दुवै महा आख्यान /दुवै ध्रुबमा नलाग्ने ,असंग्लग्न बस्ने ,हामी तिमीहरु दुइलाई पनि सम्मान गर्छौ तर तिमीहरुले पनि हाम्रो अस्तित्व स्विकार्नु पर्छ ,सह-अस्तित्वको वातावरण बनाउनु पर्छ \" त्यहि सम्मेलन देखि "सह-अस्तित्व र असंग्लग्न " भन्ने शब्दहरु चर्चित भएर गयो ,पछी उक्त राष्ट्रहरुको समुहलाई असंग्लग्न राष्ट्रहरु (Non-Alliance Countries) भनिन थाल्यो ,यो असंग्लग्न आन्दोलन मा नेपालको पनि सक्रिय सहभागिता थियो \

सह-अस्तित्वबाद जति ठुलो र महान दर्शन यो संसारमा केहि छैन \जति बाझे -जुझे पनि अन्तमा मिलेर त बस्नु पर्यो नि ! सह-अस्तित्वबाद्लाई राजनैतिक रुपमा वा संरचनात्मक रुपमा ब्यबस्थापन गर्न संघियेता चाहिन्छ \ त्यसैले ,संघीय सह-अस्तित्वबादमा मात्रै हामी सबै अटाउन सक्छौ \
अहिले पनि विश्व मा सयौ देश हरु छन् ,बिभिन्न देश हरुमा आन्तरिक रुपमा बिभिन्न दर्शनहरु आपसमा संघर्ष गरिरहेका छन \ तर विश्वका देशहरु समग्र रुपमा सयुक्त राष्ट्रसंघ (UNO)को छातामुनी एउटा ल एंड अडर मा रहेका छन \ यु,एन .ओ . मा नेपालको प्रतिनिधिले पनि एक भोट र अमेरिका को प्रतिनिधिले पनि एक भोट हाल्न पाउछ ,देशको आकार प्रकारले भोटमा कुनै असर पर्दैन ,प्रत्येक देशलाई एउटा अस्तित्व मानिएको छ \अहिले यु .एन .ओ. सबैभन्दा ठुलो संघीय नमुना हो \ युरोप का राष्ट्र हरुले पनि युरोपियन युनियन (EU) बनाएर अर्को ठुलो संघियेता को कसरत शुरु गरेकाछ्न,उनीहरुको मुद्रा पनि एउटै हुन् थालेको छ \संघीय सह-अस्तित्वबाद लाइ साच्चिकै इमान्दारिता पुर्बक लागु गर्दै जाने हो भने कुनै समयमा बिश्व धेरै खुकुलो र उदार हुनेछ \त्यसो त राजनितिशाश्त्रका विद्वान हरुले कुनैदिन बिश्व एउटै संघीय देश जतिकै हुनेछ भनिरहेका छन \
अहिले यु.एन.ओ ले विश्वलाई कम्तिमा यतिको मिलाएर राखेको छ भन्ने हो भने उक्त यु.एन,ओ चाहि सह-अस्तित्वबादले चलिरहेकै छ \ त्यसैले ,आजको बिश्व नै संघीय सह-अस्तित्वबाद ले चलेको छ \
त्यहि भएर लिम्बुवान ले समृद्द नेपालको लागि संघीय सह-अस्तित्वबाद को दर्शन लाइ अघि बढाई रहेको छ \
जय लिम्बुवान ,जय संघीय ,जय नेपाल

No comments:

Post a Comment