Wednesday, October 3, 2012

‘दसैँ चाड किरातहरूको थिदै थिएन, हुँदै होइन’


मञ्जुल याक्थुम्बा
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमनअगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफूसँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दसैँ भन्ने चाड किरात प्रदेशमा बलात थोप
रिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम् धार्मिक तथ्यले प्रष्ट पारेको छ।
१. ऐतिहासिक तथ्य
(क) रणबहादुर शाह र ५२ सुब्बाहरूः
पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमानानजिक परेकाले त्यसताका विदशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो। पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैंले गर्नका लागि काठमाडौँ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे। यङयाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राजा रणबहादुरले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दुक, कर्नाल, शङ्ख, डमरु, नरसिङ्गा आदिकासाथ दसैँको नवमीमा मौलो थापी बलि पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी पठाएकाले ती ५२ सुब्बाहरू काठमाडौँबाट फर्केपछि दसैँमा याङरूपको टुँडीखेलमा यङयाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगरा, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए।
तर, २०२१ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एकपक्षीय रूपले हनन् भएको महसुस गरी लिम्बूवान क्षेत्रमा दसैँ मान्नुको औचित्य समाप्त भयो।
(ख) रणबहादुर शाहबाट दसैँया कर असुली प्रारम्भः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे श्री फागो राय श्री देउ राय के हिङवा खोला सिद्धिपुर वाधा खोला उत्तर तेरा बाजे, जिजुका खायल जमिन खेत प्रजा गाउँ मकुवानी हिन्दूपतिले बक्स्याको रीतिथिति दण्डकण्ड अपुताली चाक चकुई छिनहारी रहता बहता सब अङ्क माफ बक्स्याको रहेछ सो हामी पनि दसैँको भाग सुब्बा पिछे रु ५ साउन्या फागु समेत राज अङ्कबाहेक माफ गरी बक्स्यौँ हाम्रा निमकको सोझो रही आफ्ना थिति जानी भोग्य गर इति सम्बत १९३९ साल माघ वदी ६ रोज शुभम्।
यो लिखतबाट दसैँको भाग सुब्बापिच्छे रु. ५ साउन्या फागु समेत राजअङ्क (राजकीय कर) नयाँ करप्रणाली थपिनुले (किरातहरू) लिम्बूहरू शाहीवंशी राजतन्त्रअगाडि नै दसैँ चाड मान्दैनथे भन्ने कुरा प्रष्टै हुन्छ। दसैँमा सुब्बापिच्छे रु. ५ लगाउनुको तात्पर्य अझ यसरी प्रष्ट हुन्छ, दुर्गाहाङ याक्खाराईको लेखाईबाट गैरहिन्दू प्रदेशका किरात जनसमुदायमा पनि शाही इष्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा स्तुतियुक्त बडादसैँलाई राष्ट्रव्यापी चाड पर्व तुल्याउने उद्देश्यले यो हिन्दू संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको प्रष्ट प्रमाण हुन्छ।
राजा पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किरातका अमाली, राई, मझया, जिमिदार, तालुकदार, थरी मुखिया आदि र पल्लो किरात प्रदेशका किपटिया लिम्बू सुब्बालाई बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएका थिए। उनीहरूले दसैँमा आआफ्नो रैतीका घरमा काटिने बोका, खसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिएका थिए। वि. सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किरातका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार (रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः– गाउँ १ को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका हिसाबले (अमालीलाई) तिर्नु यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याएको प्रष्ट हुन्छ।
(ग) राजेन्द्र विक्रम शाह र दसैँमा राँगा बोका काट्नै पर्ने टण्टाको अन्त्यः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे अरूण पूर्व मेची पश्चिमभर लिम्बुवानका सुब्बा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्म दसैँमा सुब्बाहरूलाई राँगा काट्नमा ट48टा लागेको थिएन। ६२ सालमा हेमकर्ण थापा सुब्बा भै आउँदा तिमीहरूले राँगा काट्न पर्छ भनी ट48टा लगाउँदा ६२ सालदेखि ट48टा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले राँगा काट्न सक्दैनौँ अघिदेखि चलिआएको हाम्रै थिति चलाइ बक्स्या हामीहरू खुशी छौँ भनी काजी नरसिंह थापामार्फत् हाम्रा हजुरमा जाहेर भयो। तसर्थ अब उप्रान्त अघिदेेखि थुमथुम थिति मोहरबमोजिम लिई दसैँ गरी राँगा काट्नु सुब्बाको घरमा सक हुनेले राँगा बोका काट्नु सक नहुनेले नकाट्नु भनी थिति बाँधी बक्स्यौँ इति सम्बत १८९१ साल मिति बैशाख वदी १४ रोज ४ शुभम्।
वि. सं. १८४३ देखि १८६१ सालसम्म दसैँमा मौलो थापी बोको बलि दिई पूजा गरेमा पनि हुनेमा वि. सं. १८६२ सालमा हेमकर्ण थापा सुब्बा भै लिम्बुवानमा गएपछि दसैँको मौलोमा सुब्बाहरूले राँगा काट्नै पर्ने ट48टा लगाएको कुरा राजेन्द्रविक्रम शाहमा जाहेर हुँदा सक्नेले राँगा बोका काटनु र नसक्नेले नकाटे पनि हुन्छ भनी लिखित प्रमाण पाएपछि मात्र राँगा बोको काट्ने झ48झटबाट सुब्बाहरू मुक्त भए तापनि दसैँया शोषण चाहिँ यथावत नै कायम भयो।
(घ) लिम्बूवानमा तिलिङ्गा आतङ्कः
एकधर्म, एक संस्कृति, एक भाषा कायम गर्न तथाकथित एकिकरणको सिलसिलामा किरात प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर सरकारद्वारा असुलियो भनेे ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि निर्वाध रूपमा विकसित हुँदै गयो। यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ गरिएका (खटाइएका) तिलिङ्गाहरूले (सिपाहीहरूले) राई अमाली, सुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात खुट्टाका रक्तरञ्जित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ माने नमानेको प्रमाणित गर्नु पर्थ्यो। यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको नभेटिएमा त्यस्तो राई अमाली, सुब्बालाई आर्थिकदेखि शारीरिक द48ड लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो। अब अमाली सुभाङ्गी प्रथा किरात प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा मार काटिएको पशु पंक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा छाप लगाउने चलन भने यदाकदा अझैं पनि देखिन्छ। त्यसताका ती तिलिङ्गाहरूको आतङ्क सम्झेर लिम्बूवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन्।
(ङ) दसैँ नमान्दा रिदामा र रामलीहाङ शहीद भएः
किरात प्रदेशमा दसैँया पर्वलाई निरन्तरता दिँदै जाने सिलसिलामा श्री ३ जङ्गबहादुरको शासनकालमा धनकुटाको पालो आयो। त्यसताका छथर थुम धनकुटामा आठपहरिया राईहरूमा नेतृत्व गर्ने रिदामा र रामलीहाङ दुई साहसी पुरुषहरूले दसैँ हाम्रो चाड होइन, हामी दसैँ मान्दैनौँ भनी प्रतिवाद गरे। यो कुरा जङ्गबहादुर राणामा जाहेर भएपछि रिदामा र रामलीहाङको बध गरेर तिनका अनुयायीहरूलाई धनकुटामा रहेका सेनाद्वारा घेराउ गरी राँगा, बोका काटी ठूलो भोज गरी जमरा, टीका लगाइदिई दसैँ मान्न वाध्य गराए। तर त्यस बलजफ्ती कार्यको परिणाम ज्यादै नराम्रो निक्ल्यो। हामी सबैजना बलिदान हुन तयार छौँ तर हाम्रो संस्कार छोडेर बलात लादिएको दसैँ चाड मान्न तयार छैनौँ भनी ठूलो विद्रोह गरेपछि अर्को वर्षदेखि दसैँ चाड मान्न वाध्य गराउन सकिएन। त्यहाँका आठपहरिया किरात राईहरूले आजसम्म पनि दसैँ तिहार मान्दैनन् यिनीहरूका महिलाहरूले आफ्नो पहिरन मेख्ली (म्याक्सी जस्तो) लगाउन अझै पनि छोडेका छैनन्। मङ्सीर पूर्णेदेखि औँसीसम्म ढोल झ्याम्टा वादनका साथ नाचगान र खानपिनमा पाहुनाहरूको आदानप्रदान गरेर धुमधामले १५ दिनसम्म आफ्नो मौलिक राष्ट्रिय चाड मनाउछन्। यही चाड नै हामी समस्त किरातहरूको मौलिक राष्ट्रिय चाड पनि हो। साँच्चै भन्ने हो भने यिनै आठपहरिया किरात राईहरू मात्र किरात प्रदेशमा आफ्नो मौलिक चाडलाई बचाइराख्न सफल भएका छन्। धन्य हुन् यी धनकुटाका खाँटी आठपहरिया किरात राईबन्धुहरू – यिनीहरूको जति प्रशंसा गरे पनि पुग्दैन।
२. धार्मिक तथ्यः
हिन्दूहरूको वेद, बौद्धहरूको धम्मपद, इसाईहरूको बाइबल, इस्लामहरूको कुरान झैं किरातहरूको मूल धर्मग्रन्थ मुन्धुम हो। इसाई धर्ममा उल्लिखित कुरा बौद्ध धर्मावलम्बीले र इस्लाम धर्मका कुरा हिन्दू धर्मावलम्बीहरूले नमान्ने जस्तै ती सबै धर्महरूमा उल्लिखित कुराहरू किरात धर्मावलम्बीहरूले पनि मान्दैनन्। किनभने प्रत्येक धर्मावलम्बीले आआफ्नो धर्मको महान्तामा गर्व गर्छन् र आआफ्नो धर्मग्रन्थले निर्दिष्ट गरेको नियम तथा अनुशासनको पालनगरी जीवन यापन गरेका हुन्छन्। नेपालमा शाहकालभन्दा हजारौँ वर्ष अगाडिदेखि किरात प्रदेशमा दसैँ भन्ने चाड अपरिचित थियो भन्ने कुरा ऐतिहासिक सवुद प्रमाणहरूबाट प्रष्ट भैसकेको छ। अव धार्मिक तथ्यको आधारमा पनि यो चाड किरातहरूको थिएन, होइन भन्ने कुरा यसरी प्रष्ट हुन्छ।
(क) मुन्धुममा राम र रावणको कथा छैनः
हिन्दू ग्रन्थ रामायणमा रावणद्वारा सीता हरण भएपछि राम र रावणको युद्धमा रामले रावणलाई बध गरी विजय प्राप्त गरेकोले सो विजयोल्लासको प्रतीक दसैँ चाड हिन्दूहरूले मनाउने गरेको कथा जोडिएको छ। हिन्दूग्रन्थका आर्य पात्रहरूको युद्धकथासँग हामी अनार्य किरातहरूको कुनै सम्बन्ध नभएको र हाम्रो मुन्धुममा कहीं पनि त्यस्तो कुरा उल्लेख नभएकोले यो दसैँ चाड किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
(ख) मुन्धुममा नव दुर्गा र महिषासुरको कथा छैनः
हिन्दूहरूको देवी भागवत ग्रन्थमा नवदुर्गा र महिषासुरको युद्धमा महिषासुरको बध नवदुर्गाद्वारा गरिएकोले त्यही विजयोल्लासको सम्झना स्वरूप दसैँ चाड मान्न शुरु गरिएको कथा आउँछ। तर त्यस्तो कथा र नवदुर्गा महिषासुर भन्ने शब्द हाम्रो मुन्धुममा उल्लेख नभएकोले यो दसैँ चाड हामी किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
(ग) मुन्धुममा दसैँ शब्दै छैनः
हामी किरातहरूको मौलिक धर्मग्रन्थ मुन्धुममा दसैँ भन्ने शब्द छदै छैन। त्यसकारण यो दसैँ चाड हामी किरातहरूको हुदै होइन भन्ने प्रमाणित हुन्छ। यो दसैँ चाड किरात प्रदेशमा शाहकालमा सरकारले बलात थोपरेको भन्ने कुरामा शङ्कै छैन। यो चाड हाम्रो हुदै हाइन भन्ने ऐतिहासिक एवम् धार्मिक तथ्यका आधारमा प्रष्ट हुँदाहुदै पनि जान्ने बुझ्नेले देखाएको सही बाटोबाट नहिँडी दनदन बलिरहेको विशाल आगोको ज्वालामा पुतली होमिए झैं हाम्रा किरात बन्धुहरू होमिन चाहन्छन् भने भीरबाट लडेको गाईलाई माङ माङ मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न। विवशता र वाध्यतावश् बलात भिराइएको दसैँरूपी जुवालाई फ्याँकेर आफ्नो मौलिक अस्तित्वको खोजी नगर्ने किरातलाई कसरी जीउँदो किरात भन्ने? यस प्रसङ्गमा दुर्गाहाङ याखाराई एक ठाउँमा यसरी लेख्नुहुन्छ – यो दसैँया संस्कार मान्नेवित्तिकै किरातहरू हिन्दू वर्ण व्यवस्थाको (वर्ण विभाजन भित्रको) सबैभन्दा हेय र तुच्छ शूद्रवर्णमा स्वतः गणना हुने हुन्छन्। किनकि नेपालको जनजाति, आदिबासी पश्चिमी नेपालका गुरुङ, मगर तथा पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक वैदिक पूजाहरूमा तयार गरिएको शाही अभिलेख अनुसार शूद्रमै गणना गरिएको प्रमाण खडा छ। यसैले अबका जनजाति, आदिवासीले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मान खातिर धार्मिक, सांस्कृतिक दासत्व एवम् जातीय हीनताको प्रमाणपत्र स्वरूप दसैँया “विजया टीकालाई” निधार भरी टाँसेर प्रदर्शनी गराउन चाहदैनन् भने त्यो उनीहरूको आस्थाको कुरा हो। उनीहरू दसैँमा टीका नलगाउन स्वतन्त्र छन्। उनीहरूको यस्तो आचरणमा अरूले विरोध र आश्चर्य मान्नु पर्ने उचित देखिँदैन। उनीहरू हिन्दू बनेर “शूद्र वर्गमा” नै रही अझै ब्राम्हणपूजन गरिरहुन् भन्ने स्वघोषित हिन्दू उच्च जातिका मानिसहरूबाट दुराशय राखिनु पनि हुन्न।
आफूलाई मन परेको कुनै पनि धर्म संस्कार ग्रहण गर्ने नैसर्गिक अधिकार र स्वतन्त्रता प्रत्येक ब्यक्तिलाई छ। तर बिवशता र बाध्यतामा पारेर आफ्नो धर्म संस्कार अरूलाई बलात लाद्ने अधिकार कसैलाई छैन। आफ्नो अस्तित्वको खोजी गर्नु प्रत्येक ब्यक्तिलाई अधिकार छ। दसैँलाई बहिस्कार गर्नु हामी कसैलाई भन्दैनौँ तर दसैँ हामीमा बलात् लादिएको हो र यो चाड हाम्रो थिदै थिएन, हुँदै होइन भनी सबुत प्रमाणका साथ ठोकुवा गर्ने अधिकार हामीलाई छ। अतः ऐतिहासिक एवम् धार्मिक तथ्य तथा सबुत प्रमाणका आधारमा दसैँ चाड हामी अनार्य जनजाति, आदिवासी किरातहरूको थिदैथिएन, हुदैहोइन भन्ने कुरा किरात लगायत सम्पूर्ण जनजाति, आदिवासी बन्धुहरूले बुझदिनु पर्‍यो, मनन् गरी दिनु पर्‍यो, प्रत्येक जनजाति, आदिबासीको घरदैलोमा सन्देश पुर्‍याउनु पर्‍यो।
१.माथि उल्लिखित अकाट्य प्रमाणहरूको आधारमा दसैँ चाड हामी किरातहरूको थिदैँथिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगिएकाले नै हामीमा बलात् लादिएको हिन्दूमात्रको दसैँ चाड मान्न हामीले २०४६ सालदेखि नै छोड्दै आएका हौँ। यो कार्य पूर्वाग्रह, घृणा र द्धेषवश भएको होइन। किनभने यस देशका सम्पूर्ण जात/जाति र धर्मावलम्बीहरूसँग सदभाव कायम गरेर राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान पुर्‍याउने भन्ने चुम्लुङको मूल नीति छ। त्यसैले हामीले दसैँ बहिस्कार पनि भनेका छैनौँ। मान्नु नमान्नु आफ्नो स्वेच्छाको कुरा हो। तर दसैँ चाडचाहिं हाम्रो थिदैँथिएन हुँदैहोइन भनेर ठोकुवाका साथ भनेका छौँ, भन्छौँ पनि।
२.आफ्नो मौलिक चाड हुँदाहुदै हिन्दू मात्रको दसैँचाड किरातहरूले मान्नै पर्छ भन्ने छैन भने हामीले आफ्नो चाडलाई महत्व दिँदा हिन्दूहरू रिसाउनु पर्ने कुरा पनि छैन। नजान्दाको अवस्थामा वालकले फोहोर टिपेर मुखमा हाल्छ तर ऊ जान्ने बुझ्ने भएपछि फोहोर टिपेर खाँदैन। त्यस्तै कति कुरा हामीले लहै लहैमा अङ्गाल्यौँ भने कति कुरा वलात् पनि ग्रहण गर्नबाध्य भयौँ। अव हामीले कुरा बुझ्यौ । आफ्नो बाटो लाग्यौँ। किरात प्रदेशमा बस्ने कुनै पनि अल्पसङ्ख्यक हिन्दूलाई हामीले हाम्रो किरात चाड मान्नु पर्छ कहिल्यै भनेनौँ र भन्दैनौँ पनि। तर किरातहरूले जानीबुझी दसैँ मान्न छोड्दा यी हिन्दूहरू किन रुष्ट हुन्छन् र नाना भाति प्रसङ्गहरू जोडेर किरातहरूप्रति दुराशय ओकल्छन्? यस कार्यले उनीहरूको असहिष्णुता, अमिलनसारिता र विखण्डनवादी नीति छर्लङ्गिगएन र?
३. परंपरादेखि हामीले मानी आएको मङ्सिर पूर्णिमामा पर्ने लिम्बूहरूको ‘चासोक तङनाम’ राईहरूको ‘साकेला’ याख्खाहरूको ‘चासुवा’ र सुनुवारहरूको ‘फोलष्याँदर’ मौलिक किरात चाड (न्वागीपूजा)लाई किरात चाड मनाउन त्रयोदशी, चतुर्दशी र पूर्णेसम्म ३ तीन दिन किरात चाड घोषणा गरी अधिराज्यव्यापी विदादिने व्यवस्थाको लागि चारै किरात संस्थाहरूको संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक दिन मात्र अधिराज्यका सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट किरात चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको विभिन्न सञ्चार माध्यम र ख48ड ५१ संख्या ५० नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा सर्वविदितै छ।
४. विभिन्न जातजाति/जनजाति आदिवासी र उत्पीडित/ दलितहरूको साझा फूलबारी हाम्रो नेपालमा सत्ताधारी हिन्दू धर्मावलम्बीहरूको लागि अनगिन्ती चाडहरूले मान्यता प्राप्त गरिरहेकै छन्। त्यसमा पनि गौरापर्व मनाउन सुदुर पश्चिमेली हिन्दूहरूले थप १ दिन छुट्टै विदा पनि पाएका छन्। प्रजातन्त्रको पुनर्वहाली भए पश्चात तराईबासीहरूले ‘छठपर्व’ इस्लामहरूले ‘इद पर्व’ भोटे, सेर्पा, तामाङ, गुरुङहरूले ‘ल्होसार पर्व’ मनाउन १/१ दिन विदा पाएजस्तै हामी किरात धर्मावलम्बीहरूले पनि किरात चाड अर्थात लिम्बूहरूले चासोक तङनाम मनाउनु मङ्सिर पूर्णिमाको दिन १ दिन विदा पाएका छौँ।
५. माल पाएपछि चाल पाउन सक्नु पर्छ। अधिकार पाए पछि त्यसको सदुपयोग पनि गर्न सक्नु पर्छ। अर्काको अधिकार लाई सम्मान गरेर मात्र आफ्नो अधिकारको प्रयोग गर्नु पर्छ। अतः यस देशका सवै धर्मावलम्बीहरूसँग सद्भाव राखेर हाम्रो चाडलाई हामीले भब्यताका साथ मनाएर यसलाई निरन्तरता दिन सकेनौँ भने हामी कालान्तरमा पुनः परधर्मावलम्बीहरूको अतिक्रमण वा प्रभावमा पर्न सक्छौँ। वितेका अनुभव र व्यवहारबाट हामीले शिक्षा लिन सक्नु पर्छ। यदि यस्ता कुरामा होसियार भएनौँ भने हिन्दू धर्मावलम्बीहरूले गैर हिन्दू शिवलाई देवाधिदेव, महादेव आदि र अर्का गैरहिन्दू बुद्धलाई हिन्दू धर्मका नवौँ अवतार भनी हिन्दूकरण गर्न खोजिए जस्तै हाम्रो किरात चाडलाई पनि “नामाकरण मात्र लिम्बू भाषामा चासोक तङनाम भनिएको हो वास्तवमा न्वागीपूजा पनि हाम्रै हिन्दू चाड हो” भनी यो चाड अर्थात किरात चाड ‘चासोक तङ्नाम’लाई पनि हिन्दूकरण गरिनु बेर छैन।
हाम्रो काम हामी आफैले गर्नुपर्छ। अरूले गरिदिँदैन। गरेर पनि हुँदैन। भाषा, धर्म, संस्कृति भनेको जातीय अस्तित्व हो। यो लोप भएपछि जाति स्वतः अस्तित्वहीन हुन्छ। अतः जसरी हामीले हाम्रो धर्मग्रन्थ मुन्धुम र ऐतिहासिक तथ्यलाई खोतलेर दसैँ चाड हाम्रो थिँदै थिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगेर हिन्दू मात्रको चाड दसैँलाई मान्न छोड्दै आयौँ, त्यसरी नै अव हाम्रो मौलिक मुख्य चाड चासोक तङ्नाम हो भनी मान्यतासमेत पाइसकेपछि यसलाई निरन्तरता दिने अभियानमा अहम भूमिका खेल्दै अघि बढ्यौँ भने मात्र हाम्रो महान् चाडलाई बचाउन सक्छौँ। चारै किरात संस्थाहरूको अथक प्रयासले यो मौलिक चाडलाई सरकारी मान्यता दिलाएपछि अव यसलाई हरप्रयासबाट बचाइराख्न हामी सम्पूर्ण किरातहरूको परम कर्तव्य भएकोले हाम्रो चासोक तङनामलाई मङ्सिर पूर्णेको त्रयोदशी, चर्तुदशी र पूर्णेसम्म तीन दिन प्रत्येक वर्ष भव्यताको साथ मनाऔँ भनी सम्पूर्ण याक्थुङ बन्धुहरूमा हार्दिक निवेदन गर्दछु। किनभने हाम्रो सानो दुःखले मान्यता दिलाइएको चासोक तङनाम होइन, सबै लिम्बूहरूलाई चेतना भया। समयमै बुद्धिविवेक पुर्‍याऔँ। पछि न्याउरी मारी पछुतो नपरोस्।
(किरात याक्थुङ चुम्लुङका भूपू केन्द्रीय अध्यक्ष तथा वर्तमान केन्द्रीय सल्लाहकार श्री मञ्जुल याक्थुम्बाद्वारा लिखित यो लेख ‘दसैँ चाड किरातहरूको थिदै थिएन, हुँदै होइन’ भन्ने शीर्षकमा यसअघि तान्छोप्पा र पालाम पत्रिकाहरूमा प्रकाशित भइसकेको भए पनि यसका केही तथ्यगत सान्दर्भिकतालाई ध्यानमा राखेर सामान्य सम्पादनसहित पुनः प्रकाशित गरिएको छ ।
– सम्पादक)

किराँत परदेश मा दसैँ : गोर्खा राज्य को आन्तरिक उपनिवेश को परिणाम !!!!
खोज तलास

न्रीबंस विद्वान धरणी धर दाहाल ले दुर्गा लाइ आर्य हरु को अति क्रमण पस्चात जंगल र पहाड बास गरेका गङ्गा तट का किराँत हरु कै लडाकु गुरिल्ला महिला भएको अनुमान गर्नु भएको छ !
साथै, उहाँले दुर्गा लाइ सिंह बाहिनी भनिनु सिंह माथि चड्ने नभएर सिंह को जस्तो फुर्ती र युद्ध कौसल भएको कुरा लाइ पर्तिकात्मक ढंग बाट अभि व्यक्त गरिएको हुन् सक्ने बताउनु भएको छ !
यो कुरा किराँत चरित्र अनुकुल भएको ले अनुसन्धनिय छ ! तर यहाँ पनि कुरा हिन्दुकरण छ !
ऋगबेद का प्रारम्भिक संस्करण मा लिंग पुजक भनि हेला घृणा गर्दै दुत्कारियेका किरातेस्वर पारु हाँग लाइ पछिल्ला संस्करण मा देवादिदेव महादेव रुद्र को रुप् मा हिन्दु धर्म मा स्थान दिएझैँ दुर्गा देवी लाइ पनि हिन्दु करण नै गरिएको हुन् सक्ने प्रबल सम्भावना रहेको छ ! त्यसैले प्रारूप र प्रागोत्पति लाइ भन्दा तेस्को सुवार्थ पूर्ण प्रयोग लाइ दृष्टिगत गर्नु अनिबार्य छ ! पहिले किराँत देबी नै भए पनि अहिले दुर्गा देबी हिन्दु आर्य हरु को एक मात्र आरध्य देबी भएर दसैँ को पौराणिक कथा अनुसार आदि बासि (असुर ) मार्ने देबी को देबी को रुप मा प्रतिस्ठाटित भएकी छिन !नेपाल मा दसैँ को उत्पति लाइ हेर्दा लिच्छवि काल मै यो भित्रिएको देखिन्छ !

किराँत इतिहाँस बिद दुर्गा हाँग याक्खा राइ का अनुसार हिन्दुस्थान मा ३ देखि साढे ४ इ. सताब्दी मा लिच्छवि हरु को समकालीन सासक हरु प्रतापी गुप्त सम्राट हरु को देखा सिकी नेपाल मा दुरुस्त उतारेका थिए !लिच्छवि कालिन नेपाल को इतिहाँस लाइ सिंहाबलोकन गर्ने हो भने कति पय लिच्छवि कालिन धार्मिक तथा संस्कृतिक परम्परा आज सम्मै जिबन्त छन ! टि मध्य दसैँ एक हो भारतेली गुप्तकालमा सिर्जित नारि र अस्त्र सक्ति उपासना को नयाँ अबधारणा लाइ देबी दुर्गा पुजन को अर्थ मा रुपातन्त्रित भएको छ ! यसरी लिच्छवि काल मा भित्रिएको दसैँ आज को जस्तो भने थिएन ! आज को रुप त पृथिबी नारायण शाह ले आन्तरिक उपनिवेसी करण (तथा कथित एकीकरण )
को क्रम मा विक्रम सम्बत १८२४ मा काठ मांडू खाल्डो (किराँत भासा मा यला खोम )कब्जा जमाए पछी मात्र सिर्जना गरिएको हो !

गोर्खा का राजा पिर्थीबी नारायण शाह ले राज्य बिस्तार गर्ने क्रम मा १८३१ मा किरारांत पर्देस मा आक्रमण गरे पछी गोर्खाली शाह राजा का आराध्य इस्ट देबी दुर्गा देबी लाइ रास्ट्रीय देबी को रुप मा इस्थापित गर्न दसैँ चाड लाइ राज्य सक्ति को वल मा सर्बत्र लादिएको हो ! राजा पिर्थीबी नारायण शाह ले वि.स. १८३१ आश्विन १० मा पुर्बी किराँत हान्न खटिएका अभिमान सिंह बस्नेत लाइ लेखिएको पत्रको सिरान मा श्री .दुर्गा सहायक 'उल्लेख गरिएको ले दुर्गा देबी (भवानी ) शाह राज खलक हरुको इस्ट देबी भएको प्रस्टिन्छ !दुर्गा देबी र दसैँ चाड पनि राजेन्द्र बिक्रम शाह ले पिर्थीबी नारायण साहकै सासन काल देखि स्थानीय प्रसासनको एजेन्ट बनाइ राखिएका वल्लो र माझ किराँत प्रदेश का अमाली राइ ,मझिया ,मुखिया,जिमिदार,तालुकदार, आदि र पल्लो किराँत प्रदेश का लिम्बु (सुब्बा) लाइ बडा दसैँ मा पसु पन्क्षि को मार हानि दुर्गा पुजा गर्न पर्लोभन सहित लालमोहर गरिदिएका थिए !

वि.स.१८७७ मा गरिएको सो लालमोहर मा माझ किराँत का जिमिदार लाइ रैती बाट बेठी (रकम वा खेताला पात बेगार (जियाला नदिई लगाउने काम ) सिसार ,आदि सित्तै मा उपभोग गर्न पाउने ब्यबस्था गर्दै एक ठाउँमा लेखिएको छ : गाउँ एक को दसैँ मा भेडा मार ( पगरी राइ ले ४ माना ,रैती राइ ले १ माना का दरले अमाली राइ लाइ बुझाउनु पर्ने दस्तुर बालिका बोको १ को रुपिया १ खाड पुजा दसैँ )को घरही चामल माना १ का हिसाब ले अमाली लाइ तिर्नु !यसरी किराँत भुमि मा इस्थानिय प्रसासनिक एजेन्ट किराँत हरु ( राइ अमाली र सुब्बा )हरु लाइ पर्लोभन देखाएर प्रयोग गर्दै दसैँ चाड फैलाउने कार्य गरियो गरिएको थियों !

एस बाट गोर्खाली राजा को फुटाउ र सासन गर ,भन्ने सिदान्त अनुरुप हिन्दुकृत दसैँ किराँत परदेश मा फैलाउने काम सफल भयो !गोर्खाली शाह राजा हरु को कालमा किराँत परदेश मा हिन्दु चाड दसैँ पर्लोभन को आधार मा फैलाउने सड्यन्त्र भए पनि प्रकृति पुजक किराँत हरु ले तेस्लाई पूर्ण रुप मा सुइकार गरि सकेका थिएनन ! जब नेपालि राजनिती इतिहाँस मा १९०३ को कोतपर्ब घटना घट्यो त तेस्को रक्त रंजित आहाल बाट जंग बहादुर राणा को उद्य भयो !तेस पछी किराँत परदेश लाइ हिन्दु करण गर्ने र हिन्दू चाड दसैँ लाइ राज्य सक्ति को वल मा लाद्ने कामलाई तिब्रता पारीयो ! गोर्खाली शाह राजा हरु ले प्रलोभन का आधार मा राइ अमाली र सुब्बा हरु मार्फत खाड पुजा को रुपमा दसैँ लाइ किराँत प्रदेश मा घुसाइए पनि तेस्को बिरोध किराँत हरु ले गरि रहेका थिए ! तेस्को एइतिहासिक घटना रुपी प्रमाणको रुप मा छथर थुम धनकुटा का आठ पहरिया किराँत राइ हरु ले दसैँ हामि किराँत राइ हरु को चाड होइन हामि मान्दैनौ भनि दसैँ बहिस्कार गर्ने २ जना योद्धा हरु रिदामा र राम्लिहांग लाइ जंग बहादुर का तिलंगा सेना (कालो लबेदा सुरुवाल मा सेतो पटुका सेतै फेटा लगाउने तत्कालिन साही सिपाही ) हरु ले हत्या गरेका थिए ! यो घटना पछी तिलंगा हरु ले दुइ किराँत सहिद हरुको रगतले घरको भित्ता मा पन्जा छाप अंकित गर्दै बिजय उत्सब रुपी टिका चलाउने उर्दी गरेका थिए सो घटना पछी बोका र अन्य पशु पंछी काटेर घरको भित्ता मा पन्जा मात्रै होइन पाउ ( खुट्टा) रक्त छाप समेत लगाई दसैँ मानेको संकेत देखाइनु पर्ने अन्यथा दुइ किराँत सहिद हरु को नियति भोग्नु पर्ने कुरा पनि उर्दी मा समाबेश गरिएको थियों !

तिलंगा हरु को भएको मनोबैज्ञानिक प्रभावको अबसेस अझै पनि किराँत प्रदेश का घर हरुमा दसैँ मा मार हानेका पशु पंछी हरुको रगतको पंजा छाप देख्न सकिन्छ !यस्तै किसिमको घटना संग साद्रिस्य राख्ने घटना गोर्खाली राजा द्रब्य साहले लिग लिग्कोट बिजय गर्दा घटीत भएको मगर हरु बताउछन !राजा हुने दौड प्रतियोगिता मा संग्लग्न भएका सोझा सिधा मगर हरु माथि अचानक आक्रमण गरेर द्रब्य शाह का सेना हरुले मगर योद्धा हरुलाई मारेर राज्य हत्याईएको थियों !र मगर योद्धा हरुको रगतमा चामल मुछी रातो टिका लगाई बिजयउत्सब मनाएका थिए तेही कारण मगर हरुले दसैँ मा अधापी आफ्ना पुर्खा हरुको रगत मुछेको रातो टिकाको सट्टा सेता टिका लगाउदै आएको बताइन्छ !
उता जंग बहादुर राणा ले राइ लिम्बु को मात्र छुटै भैरब नाथ पल्टन खोलि वि.स. १९१२ मा कुती भोट युद्ध र १९१७ मा भारतको लखनौ लुटमा ब्रिटिश को पक्ष बाट संलग्न गराई २ डोरो को जनाई दिएर किराँत लाइ हिन्दू क्षेत्रि बनाउन खोजेको प्रसंग अझै छर्लंग छ !

माथिका यावत चर्चा परिचर्चा तथा एइतिहासिक तथ्य प्रमाण हरुलाई दृष्टि गत गर्दा बडा दसैँ वा दसैँ किराँत चाड नभएको पुस्टि हुन्छ अरु तार्किक अधार हरु पनि छन् ! जस्तो कि नेपालको साह्बंग्सिय दसैँ र भारतको दसैँ बिच धेरै अन्तर भिन्नता हुनु ,भारत मा दश्हराको रुपमा मनाउने दसैँ मा हिन्दू पौराणिक कथा समान भएता पनि भारतमा टिका लाउने र मार हान्ने चलन छैन! एसले के देखाउछ भने यो चाड अस्त्र्सक्ति पुजा को रुप मा भए पनि शाह बंशिय राज्य बिस्तारको क्रम मा आदिबासी जनजाती हरु माथि भएका आक्रमण हरुलाई समेत समाबेश गर्दै देशलाई हिंग्सात्मक बनाइएको हो र सोहि क्रममा किराँत प्रदेश मा लादिएको थियों ! अर्को कुरा इतिहासविद सिरोमणि बाबुराम आचार्य ले मकवानपुरमा मुकुन्द सेनले राज्य गरेको अबस्था मा पुर्बी नेपालमा एक जना पनि बाहुन क्षेत्रिले पाइला नटेकेको कुरा पृथिबी नारायण साहको जीवनी मा उल्लेख गरेका छन ! किराँत चौतारिया (प्रधान मन्त्रि ) हुने र राय उपाधिकारी हिन्दु सेन राजाहरुको इतिहाँस मा कहिँ दसैँ को उल्लेख नहुनुले पनि दसैँ शाह बंसिय राजा हरुको भएको र गोर्खा राज्यको आन्तरिक उपनिवेश बिस्तार संगै किराँत प्रदेश माथि जबर्जस्त लादिएको प्रस्ट हुन्छ !

अझ यो कुराको प्रमाणको रुपमा फुलपातिको दिन गोर्खा दरवार बाट जमरा र फूलपाती बाजा गाजा का साथ बढाई गर्दै नारायण हिटी दरवारमा लियाइने परम्परा लाइ उभ्याउन सकिन्छ ! दसैँ चाड किराँत हरुको होइन भन्ने कुराको सबै भन्दा दह्रो प्रमाण किराँत हरुको जिबन दर्शन र धर्म आचरण को संग्रह मानिने मुन्धुम ( ऋतु बेद ) मा दसैँ कतै उल्लेख नहुनु नै हो ! विद्वान लेखक बैरागी काइला मुन्धुमको बारेमा भन्नु हुन्छ मुन्धुम सामाजिक र धार्मिक चलन ब्यबहार मा समानता तथा सृस्टि ,उत्पति ,पापाचार,दुराचार,इस्र्या ,र आँखी डाही मा आख्यान र श्रुति परम्परा मात्रै होइन ,यसले किराती हरुको जन्म बिबाह र मृत्यु का कर्मकाण्ड वा संस्कार बिधि मा नजिक को समानता राख्दछ !
युगौ देखि परम्परागत रुपमा सुन्दै जातीय स्मृति गर्दै आएका मिथक आख्यान र गाथा हरु केवल कल्पना लोकको कुरा मात्र नभएर भाकै सत्य घटना हरु सृंखला बद्ध घटनावलि हो ,मुन्धुम ! यस्तो महत्व को मुन्धुम मा कतै दसैँ को उल्लेख नभएको हुँदा दसैँ लाइ ठोकुवा को साथ किराँत चाड होइन भन्न सकिन्छ !

अन्तमा दसैँ किराँत चाड नभए पनि एस्लाई मान्ने धार्मिक आस्थाका जाति हरु ,नेपालि हरु छन् उनि हरुलाई दसैँ मान्ने स्वतन्त्र छ र तेस्को निर्पेक्ष बिरोध गरिनु हुन्न ! तर दसैको नाममा राज्यले अझै अतिक्रमण गर्न खोजेमा वा दसैलाई अझै बिदा र पेस्की मा बिसेसाधिकार दिई रहेमा तेस्को खुलेर बिरोध गर्न सक्नु पर्छ !राज्यले अब धार्मिक वा संस्कृतिक एकाधिकारलाई बन्द गरेर नेपालका सबै जाति हरुको चाड पर्ब हरुलाई धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता र समानताको सिदान्त अनुसार दसैँ लाइ जतिकै मान्यता दिनु पर्दछ !यसो भएमा मात्रै नेपालि हरुको मुल्प्र्बाहिकरण हुन् सक्दछ र नेपाल बास्तबिक रुपमा सबै जातिको फुलबारी बन्न सक्छ ! अन्यथा एक दुइ जाति ( ब्रम्हाण क्षेत्रि ) मात्रै फुल र अरु जाति चाही मूलबासी आदिबासी हरु चै झार पात अन्य धर्मालम्बी हरु चै झारपात हुने स्थिति ले नेपाल रास्ट्र हरु को रास्ट्रियता नै कम्जोर बन्न पुग्ने छ ! समाप्त !

=============================================
"दशैं (दसि)"

लिम्बूवानमा तिलिङ्गा आतङ्कः
एकधर्म, एक संस्कृति, एक भाषा कायम गर्न तथाकथित एकिकरणको सिलसिलामा किराँत प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर सरकारद्वारा असुलियो भने ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि निर्वाध रूपमा विकसित हुँदै गयो। यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ गरिएका (खटाइएका) तिलिङ्गाहरूले (सिपाहीहरूले) राई अमाली, सुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात खुट्टाका रक्तरञ्जित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ माने नमानेको प्रमाणित गर्नु पर्थ्यो। यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको नभेटिएमा त्यस्तो राई अमाली, सुब्बालाई आर्थिकदेखि शारीरिक दन्डा लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो। अब अमाली सुभाङ्गी प्रथा किराँत प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा काटिएको पशु पंक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा छाप लगाउने चलन भने यदाकदा अझैं पनि देखिन्छ। त्यसताका ती तिलिङ्गाहरूको आतङ्क सम्झेर लिम्बूवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन्।
मन्जुल याक्थुङ्बा


लेखक : पत्रकार एबं किराँत याक्खा छुम्मा २००९ मा सुनसरी का अधक्ष हुनुहुन्थियो )

प्रस्तुतकर्ता ( साभार ) घले तमु !!

======================
 Jeki ChapchaJeki Chapcha
'''' दशैं अनि रिदामा-राम्लिहांग १८६७ ''''

गोर्खाली हिन्दु राजा, पृथिवी नारायण शाहले गोर्खा राज्य बिस्तार गर्ने अभियानमा निस्किनु अघाडी

" म बाहुन र हिन्दु धर्मको रक्षक हुनेछु " भन्ने प्रतिज्ञा गरेर, रक्तपातपूर्ण अभियानको थालनी गरिएको रहेछ |

त्यसै कारण जहाँ-जहाँ गोर्खालीहरुले जित्दै गयो त्यहाँ-त्यहाँ डर, त्रास, लोभ देखाएर हिन्दुकरण गरिने काम तिब्र पारियो |

पूर्वमा किराती समुदायमा, माँझ-किरात सप्पै भन्दा नराम्रोसंग हिन्दुकृत भयो |

विशेषगरी वान्तवा-राई समुदायमा अत्यधिक नै !

वल्लो-किरात र माँझ-किरातहरु, गोर्खाली राज्यमा गाभिएपछि,

उनेरको हिन्दु दशैं पर्व अनिवार्यरुपमा मानिनु पर्ने भयो | नमानिएमा मृत्यु-दण्ड सजायसम्म भोग्नु पर्दथ्यो |

यसैक्रममा,

भारतीय बिक्रम सम्बत १८६७ मा, जंगेको सेनाहरु दशैं मान्नु नै पर्ने उर्दी जारीगर्दै अहिलेको धनकुटामा पर्ने आठ-पहरिया गाउँमा पुग्दा

आठ-पहरिया किराती-राईहरुले " हामी हिन्दु होइनौ र यो हिन्दुको दशैं मान्दैनौं " !!! भनेर,

स-शक्त बिरोध गर्दा, बिरोधको नेतृत्व गर्ने, दुई किराती दाजुभाई

*** रिदामा र राम्लीहांगलाई ,... गोली ठोकेर मारियो |

त्यसो गर्दापनि ,. गाउँहरुले सप्पैले " लौउ ,.. हामी सप्पैलाई मार ! तर हामी दशैं मान्दै-मान्दैनौं " भनेर समुहगत प्रतिकार गरिएपछि अन्तमा जंगेको सेनाहरु लाचार भएर फर्किएको ईतिहास छ |

कालन्तरमा समग्र किराती भूमीमा, धनकुटेली आठ-पहरिया गाउँ र त्यहाँको किरातीहरुले मात्रै अहिलेसम्म हिन्दु पर्व दशैं मानेर, हिन्दु शासकहरुको अगाडी घुंडा टेकेको ईतिहास छैन |

बाँकी हामी अन्य ठाँउको किराती राई, लिम्बु, याक्खा, सुनुवारहरु सप्पै सप्पै हिन्दु धर्मको धार्मिक-सांस्कृतिक दासी भएकै हौं !!!

के हामी अहिन्दु आदिवासी जनजातीहरुकोलागी यसरी साँच्चो ईतिहास बुझ्दा पनि,

यो हाम्रो रगत खाने कालो दशैं के ,... ' ' नै रहेछ त ?

असली कुराहरु बुझ्ने बेला अब सप्पैको आएकोछ |

भ्रम अनि दास मानसिकता पालेर कोहि पनि अब नबाँचौं |

हिन्दु धर्मशास्त्रहरुमा, आर्यहरुको अनार्य (मंगोल वर्ण, किराती) हरु माथीको बिजय प्राप्तीमा मनाईने,
दशैं नेपाली बाहुन-क्षेत्रि हिन्दुहरुको मात्रै पर्व हो |

दशैं हिन्दुको हो भनौं भने, भारतीयहरुले दशैं बुझ्दैन-मान्दैन ! दुर्गा पुजा भन्छ |

गोर्खाको बाहुनवादी हिन्दु अतिवादी शासकहरुले,
आदिवासी जनजातीहरुको नाकको टुप्पामा बन्दुकको संगीन तेर्स्याई~तेर्स्याई
''' दशैं मान्नु ''' चै लगाएको हो |

आदिवासी जनजाती अ-समान नेपालीहरुकोलागी चै
' दशैं एक कालो शोक पर्व ' हो |

अब यहाँ एउटा प्रश्न तेर्सिन्छ :

प्रश्न : हामी आदिवासी जनजातीहरुले, बाहुन-क्षेत्रिहरुलाई जबर्जस्ती गाई-गोरु काटेर खुवाउनु मिल्छ कि मिल्दैन ?
त्यसो गरिनु अपराध हो कि होईन ?

उत्तर : त्यसो गरिनु मिल्दैन ! अपराध हुन जान्छ त्यो |

ठिक त्यस्तै ! हिन्दुहरुको दशैं, जो ईतिहासमा हिन्दु शासकहरुले, आदिवासी जनजातीहरुलाई हिन्दु बनाईनु प्रयोग गरिएको कुटिल धार्मिक अस्त्र थियो |
जो दशैं मान्नु चाहदैन थियो, उसको ज्यान जान्थ्यो |

त्यसैले हामी आदिवासी जनजातीहरुले यसलाई, ''' रक्तपातपूर्ण कालो दशैं ' भनिएको हो |
हामीले सप्पै हिन्दु चाडपर्वहरुलाई घृणा गर्ने भए, रामनवमी, शिवरात्री, आदिलाई पनि त्यसै गरिनुपर्ने त !

यहाँ किन दशैं मात्र यत्रो बिना विवादित हुन्छ ? भन्दा खेरि ,..
हिन्दु दशैं पर्व, हिन्दु शासकहरुबाट कुटिलतापुर्वक नेपाली अ-हिन्दु समाजमा लादिने काम भयो | जुन जघन्य अपराध थियो |

के अन्याय र अपराधहरुको बिरोध गरिनु गलत हो ???
हिन्दु शासकहरुले ईतिहासमा गरिएको अन्याय र अपराधलाई, अहिलेको बाहुन-क्षेत्रिहरुले समर्थन गरिनु पर्दछ कि बिरोध ?
यदि समर्थन गरिनु पर्छ भनिन्छ भने,

हिजो आदिवासी जनजातिहरुलाई हुकुम जारी गराएर, उर्दी लगाएर जबर्जस्ती दशैं मान्नु लगाए जस्तै
भोलीको दिनमा,
हामीले पनि हिन्दु बाहुन-क्षेत्रिहरुलाई, खम्बामा बाँधेर गाई-गोरुको मासु मुखमा कोचारी दिँदा त्यसलाई पनि अन्याय, अपराध भनिनु, ठानिनु हुन्न |

दशैं हिन्दु बाहुन-क्षेत्रिहरुको हो ! हामीलाई समस्या छैन ! उनेरले मज्जासंग मान्नु !
तर ,...
हामीले, हाम्रो आदिवासी जनजाती अ-समान नेपालीहरुलाई
दशैं आदिवासी जनजातिहरुको चांड होईन | यसले ईतिहासमा एस्तो डरलाग्दो रक्तपात, बर्बण्डा, उत्पातहरु मच्याएको थियो |
त्यसैले यो हाम्रोलागी ''' कालो दशैं हो ''' खुल्म्म-खुल्ल्ला भन्नु पाएर सामाजिक चेतना फैल्याउँदा बाहुन-क्षेत्रिहरु चुपचाप बस्नु |

तर त्यसो गरिंदा, कुरै नबुझि हाम्रो बिरोधमा आउने बाहुन-क्षेत्रिहरु फेरि, हाम्रो टाउकोमा दन्केको ज्वालामुखीमा डढेर खरानी नहुनु |

PART - I : Gopal Dewan :
गोर्खाली आन्तरिक उपनिवेशसँगै किरात प्रदेश भित्रिएको दशैँ किरातहरुको चाड होइन

गोपाल देवान
सम्पादक÷प्रकाशक
विश्वस्त सूत्र साप्ताहिक, धरान

हिन्दू पौराणिक कथाअनुसार देवतागणको विधान नमानेवापत वा देउता गणका मानिसहरुलाई दुःख दिएवापत ब्रम्हा, विष्णु र महेश्वर (हिन्दूकरण गरिएका किरातेश्वर, पारोहाङ) को त्रिशक्तिद्वारा निर्मित नवदुर्गा (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्
याय
नी, कालरात्री, महागौरी र सिद्धिदात्री) ले असुर (अनार्य. आदिवासी) योद्धा महिषासुरलाई वध गरेको हँुदा देउता गणले विजयोत्सवको रुपमा ‘दशैँ’ चाड मनाउँदै आएको प्रचार गरिएको छ । नवदुर्गाको आराधना गरी ‘दशैँ’ दिनमा ‘रावणको वध’ रामद्वारा गरिएको अर्को कथा पनि ‘दशैँ वा विजया दशमी’ को प्रसङ्गमा जोडिने गरिन्छ । ‘हिन्दूहरुको एकमात्र महान् चाड’ को रुपमा रहेको दशैँलाई राज्य शक्तिको प्रयोग गरी खसजातीय अन्धजातिवादी÷ब्राम्हणवादी हिन्दू शासक वर्गले सबै नेपालीहरु (आदिवासी जनजातिहरुलाई समेत) लाई जबर्जस्ती सो ‘दशैँ’ लादेर ल्याएको हो । यहीँ कारण २०४६ सालको परिवर्तनपश्चात् सदियौँदेखि आफ्नो राज्य, भाषा, संस्कृति, धर्मबाट बञ्चित आदिवासी जनजातिहरुले ‘दशैँलाई बहिष्कार’ गर्ने अभियान पूर्वबाट थाले । आदिवासी जनजातिहरुले ‘दशैँ’ आदिवासी जनजातिको नभई ‘हिन्दूधर्मावलम्वी आर्यजातीय चाड’ भएको भन्दै बहिष्कार गर्दै आएका छन्, जसलाई हिन्दूधर्म–संस्कृतिको विशेषाधिकारयुक्त एकाधिकारविरुद्धको ‘धार्मिक वा सांस्कृतिक विद्रोह’ मान्न सकिन्छ । पूर्वका आदिवासी जनजातिहरुले ‘दशैँ’ बहिष्कार गर्न थालेपछि अहिले यो राष्ट्रिय–अन्तर्राष्ट्रियव्यापी बन्न पुगेको छ ।

यस सन्दर्भमा दशैँको बारेमा यो कसको चाड हो ? कहिलेदेखि, कसरी पूर्वीक्षेत्र अर्थात् किरात प्रदेशमा प्रचलित भयो र यसलाई बहिष्कार गर्ने कुरा कतिको तर्क एवं तथ्यसङ्गत छ ? भन्ने कुरा छ्यान–ब्यान गर्न यहा“ आवश्यक ठानिएको छ । दशैँको छ्यानब्यान गर्नुअघि के कुरा बुझ्न जरुरी छ भने पूर्वका आदिवासी जनजातिहरु भन्नाले मूलतः किरात हुन् । पहिलेको सभ्यतासूचक मानिने ‘किरात’ को अर्थ खुम्चिएर हाल जातिवाचक हुनुका साथै यसअन्र्तगत नेपालका सुनुवार, याक्खा, राई र लिम्बूले मात्रै घोषित रुपमा आफूलाई स्वीकारेका छन्, बा“की बौद्ध धर्मावलम्बी र भारोपेली भाषी हुन पुगेका छन् । यो कुरा भारतका प्रसिद्ध प्रगतिवादी विचारक, विद्वान, यायावर–पण्डित राहुल सांकृत्यायनले समेत प्रष्ट्याउनु भएको छ । उहाँका अनुसार ‘हिमाली जातिहरुको भाषा तथा अन्य कुराहरुको अध्ययनबाट के थाह हुन्छ भने हिमालय र त्यस क्षेत्रमा पञ्जाबदेखि काश्मीरसम्म बसोबास गर्ने आदिवासी किरात थिए, जो पूर्वमा आसाम, वर्मा हँुदै कम्बुज (कम्बोडिया) साथै फैलदै गए ।....पहाडका किरात–लाहुल, मिलाणा (कुल्लु भारत), कनोर (किन्नर) मरिछा (गढवाल), मगर, गुरुङ, सुनुवार, तामाङ, नेवार, राई, लिम्बू, याखा (याक्खा–कलमी), लेप्चा (सिक्किम) ले आफ्नो भाषा बोल्दछन्, तर तराईका किरातले आफ्नो मातृभाषा बिर्सेर दक्षिणी छिमेकीको भाषा (भारोेपेली–कलमी) भाषा बोल्दछ–त्यहीं थारु जाति हो ।’(१)

PART - II : ,................
किरातबारे यति संक्षिप्त जानकारीपछि अब जाउँ, दशैँ चाड कसको हो ? यो चाड ‘किरात चाड’ हो कि हैन र यो नेपालमा कहिलेदेखि कसरी प्रचलित भयो ? हिन्दू पौराणिक कथाका अधारमा सोही धर्मानुकूलका विधिविधान अपनाइने दशैँलाई शुरुमै यो ‘किरात चाड’ हैन भनेर किटानीसाथ बुझ्दा हुन्छ । तर, दशैँंमा लगाइने ‘टीका’ र ‘मातृशक्ति पूजा’ले यो चाड विवादास्पद भने भएको छ र यसमा यदाकदा ‘किरात आभास’ मिसिएको पाउन सकिन्छ । तर, गाँठी कुरा भनेको हिन्दूकरणको सवाल हो । यो पूर्णतया हिन्दूकृत र हिन्दूधर्मद्वारा अनुप्राणित चाड हो, जसमा मातृसत्ता र महिलालाई समान दृष्टिले हेर्ने आदिवासीय किरात प्रवृत्ति, संस्कार र भावना अभिनिहित भने रहेको छ । त्यसैले दशैँलाई बहिष्कार गर्दा वा विश्लेषण गर्दा यसको स्वरुपलाई केलाउन आवश्यक छ । रातो रङ्गबाहेक आदिवासी जनजातिहरुले दशँैमा लगाउने दही–चामलको सेतो टीकामा उभौलीउधौलीको ‘अन्नपूजा’को प्रभाव वा लक्षण रहेको पाउन सकिन्छ अर्थात् त्यहाँसम्म दशँैलाई किरात चाडको रुपमा मान्न सकिएला । त्यस्तै मातृशक्ति वा सत्ताको पूजा गरिने कुरा पनि किरातीय नै देखिन्छ । तर, त्यतिकै आधारमा कविताराम श्रेष्ठले (२) ‘दशैँ’लाई ‘किरात चाड’ नै भन्ने दलील गर्नु कुनै महिलासँग आफ्नो आमाको अलिकति अनुहार मिल्छ भन्दैमा उसलाई आफ्नै आमा मान्नु बराबर हो तर त्यसो गर्न सकिंदैन । त्यसमा पनि ‘दुर्गा देवी’ लाई असुर जाति महिषासुर, शुम्भ, निशुम्भजस्ता आदिवासी योद्धाहरुलाई मारेको हिन्दूूआर्य मिथक उनेर फूलको होइन, काउछोको माला बनाइएको यस चाड दशैँलाई स्वीकार गर्नु आदिवासी जनजातिहरुले स्वअस्तित्वमाथि नै बञ्चरो प्रहार गर्नुसरह हो ।

PART - III : ,.................... असुर, अनार्य, दानव, दैत्यहरुलाई नै किन किराती वा जनजातिहरुले आफ्ना पूर्वज मानेर आफूलाई ‘राक्षसको सन्तान’ भन्न रुचाउँछन् ? भन्ने प्रश्न पनि यहाँनेर अक्सर उठाउने गरिन्छ वा उठाएको पाइन्छ । यससम्बन्धमा पनि प्रष्ट हुनु जरुरी छ । हिन्दूधर्मका यजुर्वेद, अथर्व वेद र वैदिक साहित्यिक कृतिहरुमा असुरहरुले आर्यहरुविरुद्ध लडाइँ लडेको हुनाले यिनीहरुलाई आर्यहरुले प्रेत (शैतान, राक्षस) जस्तै कुकर्मी भएको सोचाई राखेको कुरा Keith को THE RELION AND PHYLOSOPHY OF VEDA AND UPANISHED को पृष्ट नं. २३१ मा उल्लेख गरिएको कुरालाई मध्येनजर गर्दा आज ‘असुर’ वा ‘दानव’ भनिएका प्राचीन आदिवासीहरु नै भएको पुष्टि हुन्छ । (३) त्यस्तै, नेपालका प्रसिद्ध नृवंश विद्वान जनकलाल शर्माले ‘त्रिगर्त अर्थात् काँगडा उपत्यकामा किराती जातिको अनेक अश्वमयी किल्ला भएको र त्यसमध्ये आर्यहरुले लुटेर लिएको वर्णन ऋग्वेदको छैठौँ मण्डलको सत्चालिसौँ सूक्तको दोस्रो, एक्काइसौँ र बाइसौँ मन्त्रमा स्पष्टसँग उल्लेख भएको’ बताउनुभएको छ । उहाँका अनुसार ऋग्वेदमा प्रयुक्त ‘किलात’ (किरात) तथा ‘आकुलि’ असुरका पुरोहितलाई भनिन्थ्यो भन्ने कुराको उल्लेख शतपथब्राम्हण, मैत्रायणी संहिता, काठकसंहिता त्तैत्तरीय संहितामा आउँछ र किरातहरु पनि ‘असुर’ थिए भन्ने कुरामा कुनै सन्देह छैन । उहाँ अगाडि भन्नुहुन्छ–“ईसाको एघारौँ शताब्दीसम्म काँगडा उपत्यकाको वैजनाथलाई ‘किरग्राम’ भनिन्थ्यो भन्ने कुरा त्यहीँको शिलालेखले बताउँछ । ‘किर’ शब्दले मूल अर्थमा सुँगुरलाई बुझाउँछ । ...........वैजनाथको शिलालेखमा प्रयोग गरिएको ‘किरग्राम’ मा ‘किर’ शब्द किरातको छोटकरी रुप हो । कारण सुँगुरको गाउ“ हु“दैन, पाल्नेको गाउँ हुन्छ । यहाँ किरग्राम भन्नाले किरातको गाउँ संिझनु पर्छ । ‘किर’ अर्थात् किरातहरु आर्यका लागि दस्यु (असुर), दुश्मन थिए ।” (४) उपयुक्र्त भनाइहरुले एकातिर आर्यहरुले बलात् किरातहरुको किल्लाहरुमाथि आक्रमण गरेर लुटपाट मच्चाएको र अर्कोतिर आफ्ना स्वार्थलाई टक्कर दिने वा आफ्ना समूहको हित र अस्तित्वका लागि लड्नहरुलाई उल्टै असुर, दस्यु र दुश्मनजस्ता कुविशेषणहरु जथाभावी दोषारोपित गरेको प्रष्ट हुन्छ र यसबाट के सिद्ध हुन्छ भने आर्यहरुले ‘वध’ वा ‘हत्या’ गरेका ‘असुरहरु’ भनेका उसकालका ‘किरात’ वा ‘आदिवासीहरु’ नै हुन् ।

PART - IV : ,........... अब जाउँ, नेपालमा दशैँ कहिलेदेखि प्रारंभ भयो र कसरी नेपालभरि फैलाइयो भन्ने बारेमा लुकाइएका इतिहासको उत्खननतर्फ † नेपालमा दशैंको उत्पत्तिलाई हेर्दा लिच्छिवी कालमै यो भित्रिएको देखिन्छ । किरात इतिहासविद् दुर्गाहाङ याक्खा राईका अनुसार ‘हिन्दूस्तानमा ३ देखि साढे ५ इ. शताब्दीसम्ममा लिच्छिवीहरुको समकालिन शासकहरु प्रतापी गुप्त सम्राटहरुको देखासिकी नेपालमा दुरुस्त उतारेका थिए ।....लिच्छिवीकालिन नेपालको इतिहासलाई सिंहावलोकन गर्ने हो भने कतिपय लिच्छिवीकालिन धार्मिक तथा सांस्कृतिक परम्परा आजसम्मै जीवन्त छन्, तीमध्ये दशैँ एक हो । भारतेली गुप्त कालमा सिर्जित नारी र अस्त्रशक्ति उपासनाको नया अवधारणालाई ‘देवी दुर्गा’ पूजनको अर्थमा रुपान्तरित भएको छ ।’ (५) यसरी लिच्छिवी कालमा भित्रिएको दशँैैं आजको जस्तो भने पक्कै थिएन । आजको रुप त पृथ्वीनारायण शाहले नेपालमा तथाकथित एकीकरणको नाममा आन्तरिक उपनिवेश विस्तार गर्नेे क्रममा वि.सं.१८२५ मा काठमाडौं खाल्डो (किरात भाषामा ‘यलाखोम’) माथि कब्जा जमाएपछि मात्र सिर्जना गरिएको हो । गोर्खाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा वि.सं. १८३० मा किरात प्रदशेमाथि आक्रमण गरेपछि गोर्खाली शाह राजाखलकको आराध्य इष्टदेवीको रुपमा रहेको ‘दुर्गा देवी’ लाई ‘राष्ट्रिय देवी’ को रुपमा स्थापित गर्दै ‘दशँै“ चाड’लाई राज्यशक्तिको बलमा सर्वत्र लादिएको हो ।

राजा पृथ्वीनारायण शाहले वि.सं.१८३१ आश्विन वदी १० मा पूर्वी किरात हान्न खटिएका अभिमानसिंह बस्नेतलाई लेखिएको पत्रको शिरानमा ‘श्री दुर्गा सहायक’ उल्लेख गरिएकोले ‘दुर्गा देवी (भवानी)’ शाह राजखलकको ‘इष्टदेवी’ भएको प्रष्टिन्छ । दुर्गादेवी र दशँैैं चाड पनि राजेन्द्र शाहले पृथ्वी नारायण शाहकै शासनकालदेखि स्थानीय प्रशासनक ‘एजेन्ट’ बनाई राखिएका वल्लो र माझ किरात प्रदेशका अमाली राई, मझिया, थरी, मुखिया, जिमीदार तालुकदार आदि र पल्लो किरात प्रदेशका लिम्बू ‘सुब्बा’लाई बडादशँैंमा पशुपंक्षीको मार हानी दुर्गा पूजा गर्न प्रलोभनसहित लालमोहर गरिदिएका थिए । वि.सं.१८७७ मा गरिएको सो लालमोहरमा माझ किरातका जिमिदारलाई रैतीबाट बेठी (रकम वा सित्तैमा खेताला पात), बेगार (ज्याला नदिई लगाइने काम) ‘सिसार’ आदि सित्तैमा उपभोग गर्न पाउने व्यवस्था गर्दै एक ठाउ“मा लेखिएको छ–“...गाउ“ १ को दर्शै“मा भेडामार (पगरी राईले ४ माना, रैती राईले १ मानाका दरले अमाली राईलाई बुझाउनु पर्ने दस्तुर) वलकका बोको १ को रुपया १, खाँड पूजा (दशैं“) को घरही चावल माना १ का हिसाबले अमालीलाई तिर्नु...........।’ (६)

PART - V : ,................ यसरी किरात भूमिमा स्थानीय प्रशासनिक ‘एजेण्ट’ किरातहरु (राई अमाली र सुब्बा) हरुलाई प्रलोभन देखाएर प्रयोग गर्दै दशँैं चाड फैलाउने कार्य गरिएको थियो । यसबाट गोर्खाली राजाको ‘फुटाउ र शासन गर’ भन्ने सिद्धान्त अनुरुप ‘हिन्दूकृत दशँैं किरात प्रदेशमा फैलाउने काम सफल भयो । यसमा हाम्रा पुर्खाहरुको पनि गल्ती देखिन्छ, उनीहरुले पृथ्वीनारायणका विभिन्न पगरी र पदको लोभमा फसेर दशँैलाई फैलाउने काममा सहयोग गरेका थिए । यसरी गोर्खाली शाह राजाहरुको कालमा किरात प्रदेशमा हिन्दू चाड–दशँैं प्रलोभनका आधारमा फैलाउने षड्यन्त्र भए पनि प्रकृतिपूजक किरातहरुले त्यसलाई पूर्णरुपमा स्वीकार गरिसकेका थिएनन् । जब नेपाली राजनीतिक इतिहासमा १९०३ को कोतपर्वको घटना घट्यो र त्यसको रक्तरञ्जित आहालबाट जंगबहादुर राणाको उदय भयो, त्यसपछि किरात प्रदेशलाई हिन्दूकरण गर्ने र हिन्दू चाड दशै“ंलाई राज्यशक्तिको बलमा खूनी तवरले लाद्ने कामलाई तीव्रतर पारियो । गोर्खाली शाह राजाहरुले प्रलोभनका आधारमा ‘राई अमाली’ र ‘सुब्बा’ हरुमार्फत् ‘खाँडपूजा’को रुपमा दशँैलाई किरात प्रदेशमा भित्रयाइए पनि त्यसको विरोध किरातहरुले गरिरहेका थिए । त्यसको ऐतिहासिक घटनारुपी प्रमाणको रुपमा ‘छथर थुम’ धनकुटाका अठपहरे राईहरुले “दशँैं हामी किरातीहरुको चाड हैन, हामी दशँै मान्दैनौ” भनी बहिष्कार गर्दा त्यसरी त्यतिबेलै दशँै बहिष्कार गर्ने अभियानको नेतृत्व गर्ने दुई किराती नेताहरु रामलीहाङ र रिदामालाई जंगबहादुरका ‘तिलङ्गा सेना’ (कालो लबेदा सुरुवालमा सेतो पटुका र सेतै फेटा लगाउने तत्कालिन अत्याचारी सीपाही) हरुले हत्या गरेका थिए । (७)

यो घटनापछि ‘तिलङ्गा’हरुले दुई किरात शहीदहरुको रगतले घरको भित्ता वा ढोकामा ‘पञ्जाछाप’ अंकित गर्दै दशँैलाई अनिवार्य रुपमा मानी टीका चलाउने र प्रत्येक दशँैमा दशँै मानेको प्रमाण वा सूचनास्वरुप घरको भित्ता वा ढोकामा कुनै पशुपंक्षी मार हानी त्यसको रगतले ‘पञ्जाछाप’ लाउनुपर्ने उर्दी जारी गरेका थिए । सो घटनापछि नै बोका र अन्य पशुपंक्षी काटेर घरको भित्तामा ‘पञ्जाछाप’ लगाउने चलन चलेको हो । कतिपय गाउँमा ‘पञ्जाछाप’ मात्रै होइन, पाउ (खुट्टा) को रक्तछापसमेत लगाई ‘दशँै मनाएको’ प्रमाण देखाइनुपर्ने उर्दी गरिएको थियो । उर्दी नमानेमा दशँै बहिष्कारवादी दुई किरात शहीदहरुको नियति भोग्नुपर्ने कुरा पनि उर्दीमा जनाइएको थियो । ‘तिलङ्गाहरु’ को भयको प्रभाव अझै पनि किरात प्रदेशका घरहरुमा दशँैमा मार हानेका पशुपंक्षीहरुको रगतको ‘पञ्जाछाप’ लगाउने प्रचलन यदाकदा देख्न सकिन्छ । यस्तै किसिमको घटनासँग सादृश्य राख्ने अर्को घटना गोर्खाली राजा द्रव्य शाहले लिगलिग कोट विजय गर्दा घटित भएको मगरहरु बताउ“छन् । राजा हुने दौड प्रतियोगितामा सम्लग्न भएका सोझा सीधा मगरहरुमाथि अचानक आक्रमण गरेर द्रव्य शाहका सेनाहरुले मगर योद्धाहरुलाई मारेर राज्य हत्याएका थिए र मगर योद्धाहरुको रगतमा चामल मुछी ‘रातोटीका’ लगाई ‘खाँडपूजा’ (दशँैको पूर्व रुप) मान्दै विजयोत्सव मनाएका थिए । त्यहीँ कारण मगरहरुले दशँैमा अद्यापि आफ्ना पूर्खाहरुको रगतले मुछिएको प्रतीकस्वरुपको ‘रातोटीका’ लगाउँदैनन्, त्यसको सट्टा ‘सेतोटीका’ लगाउँदै आएका छन् ।

PART - VI : ,.......... माथिका यावत् चर्चा÷परिचर्चा तथा ऐतिहासिक तथ्य प्रमाणहरुलाई दृष्टिगत गर्दा ‘बडाददशँै’ वा ‘दशँै’ं किरात चाड नभएको पुष्टि हुन्छ । अरु तार्किक आधारहरु पनि छन्, यसमा । जस्तो कि–नेपालको शाह वंशीय दशँै“ र भारतको दशँैंमा भिन्नता । भारतमा ‘दशहरा’को रुपमा मनाउने दशँैमा हिन्दू पौराणिक कथा समान भए तापनि भारतमा ‘टीका’ लाउने र ‘मार’ हान्ने प्रचलन छैन । यसले के देखाउ“छ भने यो चाड अस्त्रशक्ति पूजाको रुपमा भए पनि शाहवंशीय राज्य विस्तारको क्रममा आदिवासी जनजातिहरुमाथि भएका आक्रमणहरुलाई समेत समावेश गर्दै दशँैलाई हिंसात्मक बनाई किरात प्रदेशमा लादिएको थियो । तर किरात धर्मको अन्नपूजा (उधौली–उभौली) र अग्रज–पुर्खालाई आदर, सम्मान र आसिरवाद लिने किरात संस्कारलाई पनि समावेश गर्दै गएका थिए । इतिहास शिरोमणि बाबुराम आचार्यले मकवानपुरमा मुकुन्द सेनले राज्य गरेको अवस्थासम्म पूर्वी नेपालमा एकजना पनि बाहुन–क्षेत्रीले पाइला नटेकेको कुरा “पृथ्वीनारायण शाहको जीवनी”मा उल्लेख गरेका छन् । (८) यो कथन र किरात चौतरिया (प्रधानमन्त्री) हुने र ‘राय’ उपाधिधारी हिन्दू सेनराजाहरुको इतिहासमा पनि कहीँ कतै दशैँंको उल्लेख नहुनुले पनि दशैँं शाहवंशीय राजाको भएको र तथाकथित एकीकरणको नाममा आन्तरिक उपनिवेश विस्तार (राज्य विस्तार) सँगै किरात प्रदेशमाथि लादिएको प्रष्ट हुन्छ । दशैँ किरात अथवा नेपालका आदिवासी जनजातिको चाड होइन भन्ने कुराको प्रमाणको रुपमा फूलपातीको दिन गोर्खा दरबारबाट जमरा र फूलपाती बाजागाजाका साथ ‘बढाइ“’ गर्दै नारायणहिटी दरबारमा ल्याइने परम्परालाई उभ्याउन सकिन्छ ।

PART - VII : ,............ (Last Part) ,................ दशैँ चाड किरातहरुको होइन भन्ने कुराको सबैभन्दा द¥हो प्रमाणको रुपमा किरात मुन्धुमलाई उभ्याउन सकिन्छ । किरातहरुको जीवनदर्शन र धर्मआचारणको सङ्ग्रह मानिने ‘मुन्धुम’ (श्रुतिवेद) मा दशैँंको कहीँ कतै उल्लेख छैन । विद्वान लेखक बैरागी काइला ‘मुन्धुम’को सम्बन्धमा यसो भन्नुहुन्छ–“मुन्धुम सामाजिक र धार्मिक चलन व्यवहारमा समानता तथा सृष्टि, उत्पत्ति, पापाचार, दुराचार, इष्र्या र आ“खीडाहीका आख्यान र श्रुति परम्परामात्रै होइन, यसले किरातहरुको जन्म, विवाह र मृत्युका कर्मकाण्ड वा संस्कार–विधिमा नजीकको समानता राख्दछ । ...युगौंदेखि परम्परागत रुपमा सुन्दै जातीय स्मृति गर्दै आएका मिथक, आख्यान र गाथाहरु केवल कल्पनालोकको कुरामात्र नभएर भएकै सत्यघटनाहरुको श्रृंखलाबद्ध घटनावली हो– मुन्धुम ।” (९) यस्तो महत्वको र किरात जीवनदर्शन र धर्मआचरणको दस्तावेज ‘मुन्धुम’मा कहीँ कतै ‘दशैँ“’ को उल्लेख छैन भने दशैँलाई ठोकुवाका साथ ‘किरात चाड’ होइन भन्न सकिन्छ । तर, यो ‘किरात चाड’ नभए तापनि यसलाई मान्ने धार्मिक आस्थाका मान्छेहरु, नेपालीहरु छन्, उनीहरुलाई दशैँ“ मान्ने स्वतन्त्रता छ । त्यसमा जातीय समानता र सम्मान अनि आप्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनु हुँदैन भन्ने लोकतान्त्रिक सिद्धान्तको अनुसरण भने गर्नु पर्दछ । तर अहिलेको समयमा राज्यपक्षले पनि ‘दशैँं’लाई मात्र एकाधिकार वा विशेषाधिकार दिने विभेदकारी नीति परित्याग गर्नु पर्दछ । दशैँझैं नेपालमा मनाइने आदिवासी जनजातिका सबै चाडहरुलाई पनि उत्तिकै महत्वका साथ फैलने वातावरण दिनु आवश्यक छ । यसो भएमा मात्र नेपालीहरुको मूलप्रवाहीकरण हुन सक्छ र नेपाल वास्तविकरुपमा सबै जातिको फूलबारी बन्न पुग्छ अन्यथा दिवंगत आदिवासी विद्वान तथा इतिहासविद डा. हर्क गुरुङले भन्नु भएजस्तै ‘दुई जाति’हरुमात्रै ‘फूल’ र बा“की (आदिवासी जनजातिहरु) ‘झारपात’ हुने स्थिति नै रहनेछ र त्यसले नेपालको ‘राष्ट्र’ र ‘राष्ट्रियता’ नै कमजोर बन्न पुग्नेछ ।

सन्दर्भ सूचि
१. सूचना विभागद्वारा प्रकाशित ‘मेचीदेखि महाकालीसम्म’ पुस्तकको पृष्ठ ६७९ मा उल्लेखित पं. राहुल सांकृत्यायनको उद्धरण ।
२. कविताराम श्रेष्ठ, कान्तिपुरमा प्रकाशित लेख, २०५९, शीर्षक–‘दशैँं“ किरातहरुकै चाड हो”
३. सि.एम. देवान, “याखा कविलाका किरात लाम्बिछोङ खलकको बंशावली”, मुगा–धनकुटा, २०५६,
४. जनकलाल शर्मा–“हाम्रो समाज एक अध्ययन”, प्रकाशक–साझा प्रकाशन, काठमाडौं, २०३९,
५. दुर्गाहाङ याक्खा राई “ब्राम्हणवाद विरुद्ध जनजाति ं उत्पीडित वर्ग”, २०५३
६. उही.., दुर्गाहाङ याक्खा राई “ब्राम्हणवाद विरुद्ध जनजाति +उत्पीडित वर्ग”
७. क्रान्ति सुब्बा+शुभचन्द्र राई, यलम्बर त्रैमासिक, धरान असोज २०४८ ।
८. सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बू, भूपेन्द्रनाथ शर्मा ढुंगेल, संक्षिप्त नेपाल इतिहास, २०४७
९. वैरागी काइला, सिक्किमबाट प्रकाशित निर्माण (संस्कृति विशेषाङ Dhanpal Kirati Jiban Chamling Rai Gokarna Chamling Samrat Kalyan Subas Chamling Rai

No comments:

Post a Comment