Wednesday, October 31, 2012

मुर्गाहरुको संगठन भित्रको खिचलो र पन्तको अपमान

Wednesday, October 31, 2012


एनआरएन एनसीसी युएसए यसका बर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरुका कारण मुर्गाहरुको संगठनमा परिबर्तन भएको छ
यहि अक्टोबरदेखि २ बर्षे कार्यकाल सकिएका मुर्गा पदाधिकारी तथा सदस्यहरुको निर्बाचन सम्बन्धि नाटक हेरेर नेपाली मूलका अमेरिकाबासी मानिसहरु तिन छक्क मात्र परेका छैनन् त्यहि संगठनमा स्थापना कालदेखि संलग्न, संगठनको स्पन्सर र लिग्यासी फण्डका दाताहरुको अपमान गर्ने बर्तमान बोर्डका मुर्गाहरुको गतिविधिले अमेरिकामा सामाजिक सेवा क्षेत्र गन्धाम्य पारेको छ
 
 
मुर्गाहरुद्वारा अपमानित पन्त
एनआरएन एनसीसी युएसए यसका बर्तमान कार्य समितिका त्यहि पदाधिकारी तथा सदस्यहरु हुन्, जसले एनआरएन युएसएको बिधान निर्माण देखि हरेक २ बर्षे निर्बाचन स्वतन्त्र ढंगले सम्पन्न गर्दै आएका अग्रज प्रल्हाद पन्तलाई ४ महिना अघि २०१३-२०१४ को अवधिका लागि निर्बाचन गर्न निर्बाचन आयुक्त नियुक्त गरेको थियो, त्यहि कार्य समितिले पन्तलाई बर्खास्त गरि अहिले एकजना बिबादास्पद व्यक्तिलाई संगठनको उक्त निर्बाचन सम्पन्न गर्न निर्बाचन आयुक्त तोकेको खबर सार्बजनिक गरेको छ
 
 
एनआरएन एनसीसी युएसए कै बर्तमान कार्यसमितिका एक मुर्गाका अनुसार नेपालदेखि संसारका कुना कुनासम्म छाएको नेपालीको जाति, सम्प्रदाए बिशेस साम्प्रदायिकता जस्ता घृणित मनोरोगले ग्रस्त मुर्गाहरुको संगठन फिफ्नाका पदाधिकारी तथा सदस्यहरुको संगठन बनाउने ध्येयले प्रल्हाद पन्तलाई निर्बाचन आयुक्तबाट बलात हटाईएको हो । यहिनेर प्रश्न उठाउने ठाउ बनेको छ - प्रल्हाद पन्त कुन जाति बिशेष र सम्प्रदायको मान्छे थियो अनि बलात हटाईयो ?
प्रल्हाद पन्त कुनै जाति र सम्प्रदाए बिशेषका मान्छे होइनन । उनि पारिबारिक नाउ पन्त भएका व्यक्ति मात्र हुन्, थेप्चो नाक, चुच्चो नाक, उठेको वा धसिएको आँखा, कालो वा गन्हुगोरो छाला वा यो समुदाय वा त्यो समुदाएका मान्छे भन्ने होइनन । पन्त सिंसीन्याटी बिस्व बिद्यालयमा सन् १९८० देखि सन् २००३ सम्म इन्जीनियरिंग अध्यापन गराई निवृत्त प्राध्यापक हुन्, हाल उनि जर्जियामा आफ्नै पिडिपी एसोसिएट्स इनक नामक संस्थामा आबद्द छन । एनआरएन एनसिसि युएसका उनि खासमा संस्थापक पनि हुन्, एनसिसिका बिधान निर्माणकर्ता पनि हुन् र निरन्तर संस्थाको संरक्षक रही आएका समाजसेवी पनि हुन् उनि अहिले आफ्नी पत्नी बिन्दु सहितको नाउमा संचालित टुहुरा बालबालिकाहरुका लागि कोष मार्फत नेपाली बालबालिकाहरुका लागि कार्यरत छन । समग्रमा पन्त अमेरिकाबासी नेपालीहरु मध्ये कहिल्यै बिबादमा नरहेका नपरेका समाजका आदरणीय व्यक्ति हुन् । एनआरएन एनसीसी युएसए भित्रका उनि सबैका भरोशाका व्यक्ति हुन, तर नेपाली मूलका मानिसहरुको दुर्भाग्य बन्न गयो अहिले र पन्तको अपमान त्यो पनि सार्बजनिक रुपमा मुर्गाहरुले गरे
नेपाली मूलका अमेरिकामा रहेका मानिसहरुलाई आकर्षण गराउन र सबैलाई सामेल गराउन पन्तले एनसीसी भित्र लिग्यासी फण्डको स्थापना गरे मे २३, २००३ मा र नेपाली मूलका मानिसहरुलाई आकर्षण गर्न ठुलो भूमिका निभाए । सन् १९७६ मा अमेरिका पसेका पन्तले नेपाली समाजमा दिएका अनेकानेक योगदान छन ति सबैको लेखाजोखा गरिरहन सम्भव छैन तर नेपाली समाजभित्र उनलाई अपमान गर्न कुनै नेपाली टाउकोलाई अधिकार पनि छैन, यस्तो अबस्थामा उनलाई बलात हटाईएको छ, यसबारे एनसिसिका अध्यक्ष केसी, बरिस्ठ उपाध्यक्ष रंजित, महासचिव राई, सचिव खतिवडा र कोषाध्यक्ष शाहसंग पन्तको बर्खास्ती बारे सोधनी गरियो तर एकले अर्कालाई दोष थुपार्ने र आफु चोखिने प्रयत्न गरे र सान्दर्भिक प्रश्नबाट उम्कने बाटो पहिल्याए अनि सम्पर्क बिच्छेद भए
एनआरएन संगठन भित्र संस्थापक उपेन्द्र महतोको संरक्षणमा मौलाउदै गरेको जातिएता, साप्रदायिकता, मधेस वा तराईएन आन्दोलनजस्ता समाजका दुर्घंदित तत्वको घुसपैठले एनआरएन एनसीसी युएसए यतिखेर वाशिंगटन डिसीमा सम्पन्न नेपाली तराइएन मुभमेन्टको सिकार भैरहेछ अनि जातिएता र साम्प्रदायिकताको जन्मदाता फिफ्नाका कारण थला परिरहेछ, प्रल्हाद पन्त माथिको घोर अपमान यसैको उदाहरण मात्र हो तर पन्त कसैका आँखामा बिझाउने थिएनन

Sunday, October 14, 2012

एनआरएन दिवसका द्वय नौटंकीहरु

एनआरएनमा विद्वताको परिचय
उनको विद्वताको परिचय के हो ? भनेर छेवैमा बसेकी बडेमानकी एनआरएनले कानेखुसे झैँ गरी सोधी। म नाजवाफ भएँ। अड्कल काट्दै उनको कानमै गुन्जाएं - होला बाह्र कक्षा, नभए हाई स्कूल डिप्लोमा त्यो पनि फेयरफ्याक्स काउन्टीस्थित एडल्ट स्कूलबाट । उनले बुझिनन कहा हो त्यो स्कूल ? मैले जबाफ दिएँ वाशिंगटन डिसीबाट ३० माईल दक्षिण पश्चिम । उनको मस्कोको भोड्का भरिएको भुत्ते दिमागले पटक्कै ठम्याएन । ह्युस्टनको भ्रमण गरेको कहानी तीन पटक सुनाउन भ्याईन तर फेयरफ्याक्स उनको दिमागले सम्झनायोग्य बनेन । मैले सन्दर्भ बदलें ।
मैले बडेमानकी तर स्लिम गर्ललाई सोधे कहा गएछन क्यानाडाका प्रमोद ढकाल? अस्ट्रेलियाका राजु अधिकारि? बेलारुसका सुरेन्द्र महतो? अमेरिकाका रतन झा? र मुकेश सिंह? भनी । उनको मुख बायो तर जिब्रो पड्केन । लामिछानेको वृद्धाश्रम, महतोको क्रियापुत्री घर, भट्टको प्लेन, साराको सारा मागी खाने भाँडाहरुको उद्घाटन र पतन सबैमा भ्याटिकन सिटि नजिकैको भत्केको गिर्जाघर जस्तो अनुहार भाकी स्लिम गर्ल र टोक्योको सिन माई चोस्थित सेभेन इलाभेन्को फुट्ला जस्तो पर्सनालिटी भएको स्लम डगको अनुहार गैआनेसंघको प्रत्येक क्यामरामा कैद भाको देख्दा र संसारभर हालीमुहाली हुँदा ओमानका मास्केको दिमाग खाँदै खाँदैन किनकी एनआरएनमा विद्वताको प्रमाणपत्र नै चाहिदैन केवल काठमान्डूदेखि १४ नटिकल माईलस्थित पर्साको सीमारेखा काटेको तीन महिना पुगेको प्रमाणपत्र एनआरएन हेडक्वाटरका राजेश राणाको हातमा थमाए पुग्छ अनि अर्कैको एउटा पासपोर्ट अनि भिसामा बीबी एएरवेज चढेर नारिता एयरपोर्ट पार गर्ने एकै परिवारका सात दिदि बहिनीलाई पालैपालो स्वागत गर्ने भट्टका एयरवेजका पार्टनरहरु जापान र मलेसियामा फूलगुच्छा लिई लाइन लागि बस्नु पर्दैन भन्दा स्लिम गर्ल अवाक भइन र भनिन- अब तपाईसंग म बोल्दिन, मैले भने ठिकै छ अहिले नबोले पनि एक बर्ष पछी निर्बाचनमा काठमान्डूमा बोलौंला भन्दै मैले बिदा लिएँ । स्लिम गर्ल र स्लम डग दुवै एनआरएनका तस्बिरका भोका, पुच्छर नभएका, चारखुट्टा नभएका, बाह्रकक्षा पढेका प्राणि हुन् ।
झन्डै १० बर्ष अघि तत्कालिन श्री पाँचको सरकारको बाणिज्य मन्त्रालयमा एउटा कार्यक्रममा भेटिएका अहिलेका बाबुराम सरकारका मुख्यसचिव लिलामणिको कार्यकक्षमा विद्वताको प्रमाणपत्र झुनड्याइएको थिएन तर उनको एउटा निर्णयले तत्कालिन प्रधानमंत्री गिरिजाको दिमागको तार खुस्काएथ्यो । राजनीतिका धुरन्धुर पण्डित गिरिजा ब्युरोक्रेसी बुझ्ने पनि अर्का पुरोहित हुन् नै तर पण्डित पुरोहितको पनि दिमागले कहिलेकाही हावा खाँदो रहेछ, किनकी ब्यबहारिकता मात्रै तर गिरिजाको दिमागमा बिस्वब्यापी सिद्दान्त सुन्य थियो किनकी उनी पनि भारु सर्टिफिकेटधारी नै हुन्, बनारस हिन्दु बिस्वबिध्यालयको उबेलाको सर्टिफिकेटमा धमिरा लागिसकेथ्यो । गिरिजाको दिमाग चाट्ने त्यस्ता विद्वान चाहिँ उनि पक्कै हुन् नभए डाक्टर बाबुराम भट्टराईले मुख्य सचिवमा पक्कै छान्दैन थिए होलान । एनआरएन दिबसको एउटा कार्यक्रममा यिनै विद्वान लिलामणि र उनका छेउका एनआरएन विद्वानको विद्वताको प्रतिस्पर्धा चलिरहेथ्यो । डायस मुन्तिरबाट दर्शकगणमा स्लिम गर्ल र म मुस्कुराई रहेथ्यौं तर हामि अवाक थ्यौं ।



एनआरएनको सामाजिक सेवा परियोजन
सन् २०११ को एनआरएन निर्बाचनले पर्दामा ह्वात्त ल्याएका एक धनाड्य मनुवा हुन् - भवन भट्ट । अनन्त धन तर मुसाको दुलोभित्र नाम कोचि बसेका भट्टको थर समेत अक्टोबर २०११ देखि ह्वात-हुत्तई नेपाली बजारमा देखापर्यो । नाउ कमाउन महतोलाई धन कमाउन भन्दा ३० बर्ष बढी लाग्यो, लामिछानेलाई १५ बर्ष लाग्यो, हिराचनलाई दश बर्ष लाग्यो तर भट्टलाई एक बर्ष पनि लागेन । काठमान्डू पोस्ट दैनिकमा बीबी एयरवेजको एउटा समाचार छापिए पछी त्यसका उपर कमेन्टको बाढी आयो, एकजना नेपालीले ठोकेरै भनि दिए- टोक्योमा चेली व्यापारको नतिजा र जापानी माफियासंगको उनको हिमचिमले बीबी एयरवेज नारिता र क्वालालम्पुर बिमानस्थलमा बिना रोकटोक ल्याण्ड गर्छ । बीबी एयरवेजको बिओ कोड आईकाओले प्रमाणित गरे पनि, ४० बर्ष पुरानो बडीमा रंग विद्वान हरि शर्माको डिजाइनले लेपन गरेपनि, बिमान भित्रको ब्रेकफास्ट, लन्च, डिनर र ड्रिंक्सको क्वालिटी मेन्टेन उही राजा रजौटाको शानेबानीको जस्तो गरे पनि आइकाओले लछारपाटो लाउने होइन भन्ने कुरो भट्ट र उनका जापानी पार्टनरले राम्ररि बोध गरेका कारण चरा ठोकिएर प्लेन धावन मार्गमै लम्पसार परे पनि पाइलटकै कमजोरी देखाउन पाइने नेपाली आकासयात्राको नबिन सिकार बनेका सिता एयरका एक मृतकका आफन्तले भने- नेपाली आकाशमा देखिने जुनसुकै प्लेन किन नहोस इन्सुरेन्स असुल्न पाई हालिन्छ, इन्जिन बिनाको ढ्वांग नै उड़ाए पनि पैसै कमाउने मूल मन्त्र न हो, कसको के मतलव?
यहि मतलव बुझ्न गाह्रो भैरहेको कमाई खाने बाटोको जोर जुलुम गरे भवन भट्टले । देशी विदेशीले कमाउन हुने भट्टले नहुने भन्ने केहि होइन केहि छैन । भट्टले कमाई हुने बैंक ब्यबसाय गरेर पनि दाम कमाएकै हुन् । ओसाकाका एक नेपालीले लेखेका छन-कुनचाहि ब्यबसायको काम सामाजिक सेवा गर्ने छ? कुनै ब्यबसायको छैन । सबै कमाउन नै बसेका हुन्, उठेका हुन् । सबै लाभको ब्यापार गर्न चाहान्छन, को गर्छ घाटाको ब्यापार? को गर्छ सामाजिक सेवा? को छ दिल शोभा जस्ता? भवन भट्ट र दिल शोभा नेपाली समाजका बिपरित चरित्रका दुई पात्र हुन् । एक बर्ष अघि लामिछानेको सत्तारोहण हुँदा देखि बहुचर्चित सामुहिक लगानी र नेपालमा एकसय मेगावाटको बिजुली जस्ता महान गन्तब्य हावा ख्वाउने षड्यन्त्रका पछाडी बीबी एयरवेजको समुद्घाटन हुन् सक्दैन भनेर कसले भन्न सक्छ? चालु गैआनेसंघ दिवसमा १०० मेघावाट बिजुलीको शिला गाढ्नु भन्दा बीबी एयरवेजको समुद्घाटन गर्न पाउँदा महतो र लामिछाने गद्गद् भए तर रसियाका दोहोरो नागरिकता कुर्ने गैर नेपालीहरुको लाखौँ डलर कता हावा खाई रहेछ अत्तोपत्तो रहेन ।


गैआनेसंघ दिवसका उल्लेखित द्वय नौटंकी हेरीहेरी पचाउनु सिबाय केहि छैन ।

No comments:

Post a Comment