Wednesday, November 14, 2012

आदिवासी जनजातिको परिभाषा तथा वर्गिकरणः

Kaji Kisan Sherpa ..आदिवासी जनजातिको परिभाषा तथा वर्गिकरणः विश्वव्यापी परिभाषा अनुसार

1) कुनै पनि राष्ट्र वा देश स्थापना हुनुभन्दा अगाडी त्यहाँको भूभागमा वसोवास गर्दै आएकालाई आदिवासी जनजाति भनिन्छ ।
2) विश्वका सबै आदिवासी जनजातिको पृथक भाषा, धर्म, संस्कृति, रितिरिवाज र मौलिक परम्परा हुन्छनु
3) विश्वका सबै आदिवासी जनजाति राज्यसत्तामा प्रभुत्व विहिन अवस्थामा हुन्छन् ।
4) नेपालको सन्र्दभमा गोर्खा राज्य (नेपाल राज्यको प्रारम्भिक नाम) स्थापना हुनुभन्दा अगाडी नै नेपालको भूभागमा वसोवास गर्दै आएका हिन्दु वर्णाक्रममा नपर्नेलाई नेपालका आदिवासी जनजाति भनिन्छ ।
5) नेपाल सरकारले सूचीकृत गरेका कुमाल, गुरुङ, चेपाङ, जिरेल, तामाङ, तोक्पेगोला, मार्फली थकाली, थामी, थारु, दुरा, , नेवार, पहरी, बराम, भुजेल, मगर, याक्खा, लिम्बु, राई, , लार्के, वालुङ, ल्होमी (सिङ्सा), शेर्पा, , सियार, सुनुवार, ह्योल्मो, डोल्पो, थुदाम, धानुक, राउटे, कुसुण्डा्र, किसान, गन्गाई, उराँव, ताजपुरिया, तांबे, दनुवार, दराई, धिमाल, बोटे, भोटे, माझी, मुगाल, मेचे, राजवंशी, राजी, लेप्चा ब्याँसी, छन्त्याल, हायु, मार्फाली थकाली, तीन गाउँले थकाली, सुरेल, कुचबाडिया, बाह्रगाउँले र ल्होपा नेपालका ५६ आदिवासी जनजाति हुन । छैरोतन र फ्रि फेला नपरेको र वनकरिया चेपाङमा गाँभिएकोले नेपालका आदिवासी जनजातिको संख्या ५९ बाट घटेर ५६ मा पुगेकाछन् । आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले २०६६ फागुनमा बुझाएको प्रतिवेदनमा थप २५ सहित जम्मा ८१ आदिवासी जनजातिको सूची पेश गरिएकोछ ।

आदिवासी जनजातिको परिभाषा “मूलवासी” भनेर परिभाषित हुनु पर्ने सुझाव दोस्रो संघीय परिषदको वैठकमा विशेष प्रस्तावको रुपमा महासंघको उपाध्यक्ष नोर्भु घले बुद्धले राख्नु भएको थियो । संविधानको मस्यौदहरुमा आदिवासी जनजातिको परिभाषालाई थप भ्रमित बनाउने शव्दहरु “आदिवासी÷जनजाति”, “जनजाति”, “जातजाति” लाई हटाएर “आदिवासी जनजाति” मात्र भनेर उल्लेख गरिनु पर्ने दावी आदिवासी जनजाति सभासद ककस र महासंघले ज्ञापनपत्र मार्फत गरिसकेकोले आदिवासी जनजातिलाई अन्य थप शब्दहरुले परिभाषित गरेमा आदिवासी जनजातिको परिभाषामा थप अन्यौलता आउन सक्ने भएकोले आदिवासी जनजाति मात्र प्रयोग गर्नु पर्ने देखिन्छ । भावअर्थमा आदिवासी जनजातिलाई मूलवासी, भुमी पुत्रपुत्री र धर्ती पुत्रपुत्रीको रुपमा बुभ्mन सकिन्छ ।

भौगोलिक दृष्टिकोणले नेपालका आदिवासी जनजातिलाई ४ क्षेत्रमा विभाजन गरिएकोछ ।
१) हिमालका आदिवासी जनजातिमाः व्यासी शौका, भोटे, थुदाम, डोल्पा्े, ह्योल्मो, मुगाल, मार्फली थकाली, तिनगाउँले, वाह्रा गाउँले, सियार, शेर्पा, ताङवे, ल्होमी, तोक्पेगोला (ढोक्प्या) र वालुङ पर्दछन्
२) पहाडका आदिवासी जनजातिमाः कुचवाडीया, बराम, छन्थ्याल, सुरेल, मगर, हायु, चेपाङ, गुरुङ, पहरी, लार्के, नेवार, तामाङ, सुनुवार, जिरेल, भुजेल, थामी, याक्खा, राई, लिम्बु र लेप्चा,
३ं तराईका आदिवासी जनजातिमाः धानुक, धिमाल, गन्गाई, उराँव, दराई, किसान, हायु, थारु, मेचे, ताजपुरिया, सन्थाल र राजवंशी र कुचवाडीया
४) भित्रीतराईका आदिवासी जनजातिमाः राउटे, राजी, माझी, दनुवार, कुसुण्डा, वोटे, दुरा र कुमाल पर्दछन् ।

विकासको दृष्टिकोणले आदिवासी जनजातिलाई ५ वर्गमा विभाजन गरिएकोछ ।
१) लोपोन्मुख आदिवासी जनजातिमा कुसुण्डा, राउटे, सुरेल, हायु, राजी, लेप्चा, किसान, मेचे, र कुचवाडीय पर्दछन
२) अतिसिमान्तकृतमा माझी, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सन्थाल, उराँव, थामी, बोटे, दनुवार र बराम,
३ं) सिमान्तकृतमा सुनुवार, थारु, तामाङ, भुजेल, कुमाल, राजवंशी, गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोक्पेगोला (ढोक्प्या), डोल्पो, मुगाल, लार्के, ल्होपा, दुरा, वालुङ,
४) सुविधा वञ्चितमा ताङवे, तिनगाउँले, वाह्रागाउँले, मार्फली थकाली, मगर, राई, लिम्बु, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्यासी र ह्योल्मो र
५)ंंं उन्नत समुहमा नेवार र थकाली पर्दछन्

No comments:

Post a Comment