Friday, November 23, 2012

पूर्ब प्रधानमन्त्री माधव कुमार नेपाल साउदीमा

 ==================================================
माधब कुमार नेपालको सैलिहिन नाटक,,,,,,,,बिदेश मा बस्ने नेपालीहरु शोषित पिडित त नेपाल मै थिए त्यो माथि बिदेशमा दश थरिको दुख खेप्नु भन्या बिदेशीको अन्याय र अत्याचार ले मर्माहित हुनु बिदेशिएका नेपालीहरुको आफ्नो पिडा हो माधब कुमार नेपाल ले जुन सुकै देश मा गएर दाल भात चिकेन तन्दुरी हसुरेर मस्ती गरोस तर नेपाली पिडितहरुको मुद्धा छ भने त्यो त उनको लागि सोस्थानीको कथा सुन्या झैं मात्र हो।
यो माथिको कथा क्याम्बोडियाको हो र क्याम्बोडियामा पनि 18 महिना अगाडी आउनु भएर दाल भात चिकेन तन्दुरी हसुरेर फर्किनु भो तर एउटा निरिह नेपाली बिना कसुर जेलमा सड़ी रहेको छ खोइ त वहाँको लागि त्यो सोस्थानी कै कथा मात्र भो,हामीले वहाँ लाई  कुरा राख्न को लागि लन्च कार्यक्रम भेटघाट कार्यक्रम गर्य थियौं,,,,अरु बिर्सिनु भएनी नागा वोर्ल्ड र क्याम्बोदियाना होटेल त याद होलानी? ,,,,,नमच्चिने पीङ्को सय झड्का,,,,,,,,,संबिधान बिनाको हाम्रो देशको मुल्यांकन गर्न नसक्ने ले बिदेश घुमेर दाल भात चिकेन तन्दुरी हसुर्नु सिबाय केहि होइन।
==================================================
"अनन्तमा बिलिन क्रन्दन"
October 12, 2012 at 2:16pm
==================
"रुँदैछ नेपाल प्राइस जेलभित्र
छैनन् सुन्ने देख्ने त्यहाँको बिचित्र
छतमुनी चार गोठालोछन भित्ताहरु
लाग्छ त्यो खामेरुजको भट्किएको आत्माहरू
अनगिन्ति भाषामा कोरियेकाछ्न अक्षरहरु ति आत्मा भित्र
आफ्नै मानचित्र खोज्दैछन नजरले अक्षरहरुको भीडभित्र
निस्तायेका छन आँखाहरु सुस्ताएका हरेकका पाइलाहरु
अत्तासियेकोछ नेपाल प्राइस जेलभित्र"
========================
"अनन्तमा बिलिन क्रन्दन"
========================
सम्पूर्ण देश-विदेश भरि छरिएर रहनु हुने नेपाल आमाको सन्तानहरु,बिश्वप्रसिद्ध सगरमाथाको छत्रछायाँले ओतप्रोत सम्पूर्ण नेपाली दाजु-भाई दिदी -बाहिनी, अग्रज मान्य सबै समक्ष मैले लेखिरहेको यो सत्य कथा "अनन्तमा बिलिन क्रन्दन" भित्र बाट "एक अन्जुली"पस्केको छु मनन गर्नुस है, अंकित छन, अन्याय, असहयोग, दोष,द्वेष,व्यक्ति,व्यक्तित्व, कायर, कायेरता,वर्ण,बर्ग,हाक्किम,कामदार,मालिक,नोक्कर,{डक्टर (औषधिको नाम नजान्ने)गँवार(नपढेको काली गण्डकीको जलहारी)}जात सानो र ठुलो....यिनै बिषय-बस्तुहरु अंकित छन "अनन्तमा बिलिन क्रन्दन" भित्र....!
यहाँ कुनै काल्पनिक पात्र छैन---यो दन्ते कथा पनि होइन--प्रश्तुत स्थान र सामग्री काल्पनिक होइनन् -सम्बाद र चिठी हु-बहु प्रश्तुतछन - नेपाली देवनागरी,इंगलिस रोमनमा,..."अनन्तमा बिलिन क्रन्दन"लाई परिमाण दिने क्रममा मेरो ध्यानाकर्षण कुनै व्यक्तिको नामको इट्टा खर्च नगरी आचरणको सिमेन्ट र बालुवा मात्र प्रयोग गरेको छु जसमा मैले भन्नै पर्ने हुन्छ मेरो यो बिसुद्ध चलिरहेको कलममा खोट देखियो र असामयिक ठेस लागेको महसुस गर्ने मेरो नजिकै बाट होस् या टाढा बाट माथि उल्लेखित डक्टर मित्र महोदयहरुलाई हजुरहरुको कन्ट्याक्ट लिस्ट बाट या मेरो प्रोफाइल बाट मेरो इ-मेइल ठेगाना या फोन नम्बर लिएर म संग ठाडै कुरा गर्न सक्नु हुनेछ येसो गरेमा मलाई नाम सार्बजनिक गर्ने दुख नहुने तपाईलाई पनि मानसिक झन्जट नहुने......!
--------------------------------------------------------------------------------
कथा,मनोबाद,अक्षरका अंसहरु यहाँबाट सुरु हुन्छन...एक म असाहय रमिते साथी र वहाँ जो क्याम्बोडियाको प्राइस जेलभित्र बेकसुर ८ सालको जेल यातनामा व्यस्त हुनु हुन्छ,बिहान हुन्छ रात पर्छ उज्यालो हुन्छ दिन महिना आइरहेकोछ बितिरहने क्रम पनि जारि नै छ यस्तै रहेछ यो स्वार्थी दुनियाको थिति...आज आज भोलि भोलि-- यसो होला कि उसो होला कि?? यसो गर्दा हुने हो कि उसो गर्दा हुने हो?यहाँ बाट पो सहयोग हुने हो कि वहाँ बाट पो सहयोग हुने हो कि`,?! नेपाल बाट फलाना मन्त्रि आयो,आएको छ,ह्युमेन राइट्सका फलाना ढिस्काना आयो,आएका छन,........ल वहाँको केश(मुद्धा) को बिषयमा कुरा राखौं लन्च या डिनरको प्रबन्ध गरौं भन्यो गरियो! मान्य डक्टर सापहरुको तछाड-मछाड गोडा मल्न पल्केका सैंद्वा महोदयहरु बंसिभुतको मकुण्डो मन्त्रि साहेबहरुको स्वार्थी मुखडा सामु प्रस्तुत भए---- केश(मुद्धा) को बिषयमा कुरा राखे या राखेनन् भगवानै जाने- सबै---धेरै देशद्रोही नेता-मन्त्रि आए लन्च डिनर खाए टन्न भए खिचिक्क-खिचिक्क फोटो खिचे तछाड मछाड गर्दै डक्टर मित्रहरुले,त्यस्ता थुप्रै लन्च-डिनर हावामा गए खेर गए तर वहाँको क्रन्दन खोइ कसले सुन्यो? आशा लाग्थ्यो---अब त एक नेपाल आमाका सन्तान दुर्भाग्यले भनुँ या त दसाले बेकसुर जेल यातनामा निस्सासिरहेको क्रन्दनले राहत पाउने हो कि भन्दा भन्दै सुनिदिने कोहि भएन भएर पनि नसुने झैं भएसी त्यो निस्सासिएको क्रन्दन निरिह-निस्साहार अनन्तमा बिलिन भयो बिना ठोस प्रमाण नेपाल आमाको सन्तान माथि अन्यायपूर्ण कोर्टबाट आठ सालको सजाय सुनवाई भयो,स्वस्थ स्थिति तनावको जिम्मा लागिसकेको, त्यति खेरका हृष्ट-पुष्ट व्यक्ति फुक्कीढल भैसकेको बिबश आँखाहरु आशा र अनुनयको मरिकुच्चे भारीले लोलाएको कुनै झाँक्रीलाई कम्पन सुरु भए झैं थुरुर्र काँप्दै लालाक्लुलुक असक्त पाइलाहरु प्राइस जेल तिर मानिनमानी अगाडी बढ्यो----त्यो पनि आज दुई बर्ष पो बिती सकेछ....

बिष्णुप्रसाद चापागाई, दमाम
२१ नोभेम्बर २०१२
नेपाली दूतावास रियादसंगको सहकार्यमा गैर आवासीय नेपाली संघ साउदी अरबले आज एक अनौपचारिक भेटघाटको कार्यक्रमको आयोजना गरेको छ । मुख्य गन्तब्य अजरबैजान र लेबनान रहे पनि खाडीमा रहेका नेपाली कामदारहरूको यथार्थ अबस्थाको अध्ययन गर्न पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल कुवेत पछि साउदी अरबको भ्रमणमा आउनुभयो । गतः आइतबार (१८ नोभेम्बरमा) वहांले नेपाली दूतावास रियादकै प्रांगनमा त्यहांका नेपालीहरूसंग अन्तरकृया गर्नुभयो भने मंगलबार (२० नोभेम्बरमा) साउदी अरबको पुर्बी शहर खोबरमा । 
खोबरको गल्फ दरबार रेष्टुरेण्टको सभाकक्षमा आयोजित बिशेष अन्तरकृया कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै पुर्ब प्र.म. नेपालले भन्नुभयो – आंफूलाई २२ दलहरूको समर्थन रहेको भएता पनि एउटा पार्टीलाई खुशी पार्न आंफूले प्रधानमन्त्रीबाट राजिनामा दिएको अर्थात सहमतिका लागि कुर्सी परित्याग गरेको तर बर्तमान प्रधानमन्त्रीले कुर्सीका लागि सहमतिलाई परित्याग गर्नुभएको छ । “उधारो प्रेमको कैंची हो” यसैले उधारोमा सहमति हुननसक्ने धारणा ब्यक्त गर्दै भन्नुभयो सहमतिका लागि पहिला प्रधानमन्त्रीले बाटो छोडिदिनुपर्छ ।

रियादमा केही कृषी तथा डेरी फार्मको स्थलगत अध्ययण गरेको प्रसंग निकाल्दै साउदीको कृषी तथा पशुपालनमा प्रयोग भएको उन्नत प्रबिधी नेपालमा प्रयोग गर्दै नेपालले कृषी उपज, मासु तथा डेरी उत्पादनलाई निर्यात गर्न सक्ने बिचार ब्यक्त गर्नुभयो ।

पूर्ब प्रधानमन्त्रीको उक्त मन्तब्य पश्चात एनआरएनए साउदी अरबका तर्फबाट अध्यक्ष धरम के.सी.ले ५ बुंदे लिखित ध्यानाकर्षण (अनुरोध) पत्र प्रस्तुत गर्नुभएको थियो जसको पुर्ण पाठ यस प्रकार छः
मितिः २० नोभेम्बर २०१२पत्र संख्याःNRNAKSA/2011-13/064
पूर्ब प्रधानमन्त्री श्री माधव कुमार नेपालसमक्ष एनआरएनए साउदी अरबको प्रस्तुती
आदरणीय पूर्ब प्रधानमन्त्रीज्यु,
साउदी अरबको नेपाली श्रमिक समुदायका बीच नेपालका पूर्ब प्रधानमन्त्रीज्युसंग साक्षात्कार गर्न पाउंदा हामी खुशी छौं । बिगत लामो समयदेखि साउदी अरबमा नेपालका कुनै पनि सरकारी तथा राजनैतिक उच्च ब्यक्तित्वहरूको भ्रमण हुननसकेको पृष्ठभूमिमा हालैका दिनमा दूरगामी महत्व राख्ने यस्ता भ्रमणहरू गराउनुभएको र ती भ्रमणहरू नेपाल र नेपालीहरूका लागि उपलब्धिमुलक समेत रहेको पाइएकाले बिशेष पहल र भूमिकाका लागि महामहिम राजदूत उदयराज पाण्डेयज्युलाई पनि धन्यवाद दिन चाहन्छौं ।
जुनसुकै पृष्ठभूमि रहेपनि, जुनसुकै राजनैतिक बिचारधारा अंगाले पनि, जुनसुकै संघ संस्थामा आबद्ध रहेपनि साउदी अरबमा हामी सबै नेपालीहरूको एउटै पहिचान रहेको छ र त्यो हो – श्रमिक अर्थात कामदार । राष्ट्रिय राजनीतिले कुनै सकारात्मक निकास पाउन नसक्दा, मुलुकभित्र बिकास, निर्माण र रोजगारका अवसरहरू सांघुरिदै जांदा निर्बिकल्प (बाद्यता) जस्तै बनेको बैदेशिक रोजगार पनि आफैमा कति बिसंगतिपुर्ण, ठगी, बेइमानी, शोषण र अन्यायले ग्रस्त छ भन्ने यथार्थ बुझिदिन आग्रह गर्दछौं । सामाजिक, राजनैतिक र सरकारी सबै तहबाट बैदेशिक रोजगारलाई सांचो अर्थमा सुरक्षित, ब्यवस्थित र मर्यादित बनाउन बिशेष पहल गरिदिन पनि अनुरोध गर्दछौं । साउदी अरबको बैदेशिक रोजगार गर्दै गर्दा एउटा श्रमिकका हैसियतमा हामीले भोगेका, देखेका, बुझेका र साट्न, बांड्न चाहेका केही अनुभूतिहरू यसप्रकार छन्-
  1. साउदी अरबको रोजगारका लागि अधिकतम खर्च रू. ७०,००० तोकिएको भएता पनि र कतिपय रोजगारदाता कम्पनीहरूले नै फ्रि भिषा र फ्रि टिकट दिने भएता पनि अधिकांश कामदारहरूले तोकिएको भन्दा बढी नै रकम तिर्नुपरेको र तिरेको रकमको रसिद (भर्पाई) समेत नपाउने गरेको तितो यथार्थ छ । यस्तो ठगी र शोषणका अतिरिक्त कैयौं कामदारहरूले करारनामा बमोजिमको काम तथा तलब सुविधाहरू नपाई बिचल्लीमा पर्ने र तिरेको रकमको रसिद नहुंदा नेपालमा क्षतिपूर्ति समेत नपाउने नियति बिद्यमान छ, यसको अन्त्यका लागि पहल गरिदिनुपर्यो ।
  2. साउदी अरबमा नेपाली कामदारहरूको न्युनतम तलब साउदी रियाल ८००+ २०० या फ्रि खाना भनी तलब बढाउने निर्णय त भयो तर यथार्थ (ब्यवहार)मा भने अधिकांश नेपाली कामदारहरूले हाल तोकिएको न्युनतम तलब पाउन नसकेको अर्को तितो यथार्थ पनि छ । साउदी रोजगारदाताहरू नेपाली कामदारहरूलाई हाल तोकिएको न्युनतम तलब सुविधा दिन तयार रहेको र अन्य मुलुकका कामदारहरूलाई सो वा सो भन्दा पनि माथिल्लो स्तरको तलब सुविधा दिइपनि रहेको बर्तमान अवस्थामा नेपाली म्यानपावर ब्यवसायीहरूकै बिच अस्वस्थ प्रतिस्पर्द्धा हुंदा र बिदेशी बिचौलिया कमिशन एजेन्ट (दलाल)हरूले चर्को कमिशनको खेल गर्दा नेपाली कामदारहरूमाथि ठूलो जालझेल हुंदै आएको छ । नक्कली कागजात र दोहोरो करारनामा तयार पारी बैदेशिक रोजगार बिभाग र सोझा सिधा नेपाली कामदारहरूलाई नेपाली म्यानपावर कम्पनीहरूले झुक्याइरहेकै छन, ठगिरहेकै छन । यस्तो जालझेल र ठगीको अन्त्यका लागि पनि पहल गरिदिनुहुन पुर्ब प्रधानमन्त्रीज्युलाई गैर आवासीय नेपाली संघ साउदी अरब हार्दिक अनुरोध गर्दछ ।
  3. साउदी अरबमा नेपाली कामदारहरू भाग्ने क्रम अझै जारी छ । भनिए बमोजिमको तलब सुबिधा नपाउंदा र समस्याको सुनुवाई तथा समाधान प्रयाप्त र तदारूकताका साथ नहुंदा देखिने गरेको भाग्ने प्रबृत्ती झांगिदै हाल हुंदा खांदाको राम्रै रोजगार छोडेर पनि प्रलोभन र बहकाउमा परी नेपाली कामदारहरू भाग्ने गरेका छन । यसरी कामदारहरू भाग्दा बहुआयामिक जोखिम र समस्याहरू पैदा हुन्छन जसको मारमा स्वयम नेपाली कामदारहरू र साउदी रोजगारदाताहरू समेत पर्नेगर्छन भने फाइदामा स्वदेशी र बिदेशी दलालहरू रहन्छन । यसरी सिमित ब्यक्तिहरूको फाइदा तर ठूलो संख्यामा नेपाली समुदाय नै जोखिम र समस्यामा परिरहने यो प्रबृत्तीमा तत्काल नियन्त्रण र सुधारको खांचो छ । यस्तो सुधारका लागि पनि उच्चस्तरमा नै सम्बन्धित पक्षको ध्यानाकर्षण गरिदिनु हुन अनुरोध गर्दछौं ।
  4. बैदेशिक रोजगार बिभागले नै अबैध र अनधिकृत ठहर्याएका कतिपय नेपाली म्यानपावर ब्यवसायीहरू साउदी अरबमा समाजसेवी र नेता नै बन्ने अभ्यासमा देखिन्छन । एनआरएनए साउदी अरबले यस्ता नक्कली ब्यबसायीहरूलाई सामाजिक बहिस्कार गर्ने निर्णय गरेको ब्यहोरा जानकारी गराउंदै नेपाल सरकारलाई पनि यस सम्बन्धमा ब्यबस्था भएको बैदेशिक रोजगार नियमावलीको पुर्ण पालना गर्न गराउन दबाव दिलाउन अनुरोध गर्दछौं ता कि सबै म्यानपावर ब्यवसायीहरू बैध, इमान्दार, जिम्मेवार, जबाफदेही र सेवामुखी बन्नसकून ।
  5. नेपालीहरूको साउदी अरबको बैदेशिक रोजगारको एउटा ठूलो र अति सम्वेदनशील पाटो घरेलु महिला कामदारहरूको पनि छ । पुरूष कामदारहरूकै राम्रो लेखाजोखा हुननसकेको साउदी अरबमा नेपाली महिला कामदारहरू कति संख्यामा छन र तिनीहरूको रोजगारीको यथार्थ अवस्था के कस्तो छ भन्ने ठ्याक्कै अनुमान गर्न निकै गाह्रो छ । अधिकांश भारत हुंदै आउने र केही कुवेतबाट यता भित्रिदै आउने भएकाले पनि नेपाल सरकारसंग समेत कुनै खास रेकर्ड नहुने हुंदा पनि अवस्था अनुगमन गर्न असम्भव प्राय बनेको स्थिती छ । यसर्थ आइसकेका नेपाली महिलाहरूलाई दलालकेन्द्रित बन्दै उद्धारलाई निरन्तरता दिनुपर्ने, भारतिय तथा कुवेती नाकाबाट आउन पुर्णतः बन्द गर्नुपर्ने साथै नेपालमै महिला बेचबिखनमा कृयाशिल सबै दलालहरूलाई खोजी खोजी कार्बाही गर्नुपर्ने र ब्यापक रूपमा सामाजिक जनचेतना जगाउंदै महिलाहरूलाई नेपालमै जिबिकोपार्जन (आय आर्जन)को ब्यवस्था मिलाउन पहल गर्न जरूरी ठान्दछौं ।
हामी आशा गर्दछौं कि ने.क.पा. एमाले लगायत सबै राजनैतिक दलहरूले मुलुकको अर्थतन्त्रकै अभिन्न र महत्वपुर्ण हिस्सा बनिसकेको बैदेशिक रोजगार र यसबाट प्राप्त रेमिटान्स भित्रको नेपालीहरूको पसीना, रगत र आंशुको मूल्य र मर्मलाई हृदयंगम गर्दै नेपालीहरूले नेपालमै गरिखान पाउने बातावरण निर्माण गर्नका लागि हाल बिद्यमान अन्यौल र गतिरोधलाई अन्तगर्दै मुलुकलाई छिट्टैनै निकासदिनुहुनेछ र नेपाललाई शान्ति र सम्बृद्धीको दिशामा अघि बढाउनुहुनेछ ।
भवदीय
धरम के.सी.                                                                                                           रमेश भण्डारी
  अध्यक्ष                                                                                                             महासचिव

एनआरएनएको यस प्रस्तुतीमा समर्थन जनाउंदै तमुधीं साउदी अरबका अध्यक्ष ओम घलेले ऐक्यबद्धता जनाउनुभएको थियो भने अन्य सहभागीहरूले पनि प्रस्तुत बिषय बस्तुलाई तालीले स्वागत गर्नुभएको थियो । साउदीमा महिला कामदार पठाउन हुन्छ कि हुंदैन त भनी पुर्ब प्र.म.बाट सोधिएको प्रश्नको जबाफमा उपस्थित सबै महिला सहभागीहरूबाट “घरेलु कामदार” का रूपमा त पठाउनै हुंदैन भन्ने जबाफ आएको थियो । एनआरएनए साउदी अरबका प्रमुख सल्लाहकार तारा भण्डारी, सह-कोषाध्यक्ष नारायण पासवान, लेबर टास्क फोर्स कमिटी, खोबार संयोजक तेज थापा, स्थानिय समन्वय समिति खोबरका प्रकाश थापा लगायतका सहभागीहरूले पनि समसामयिक बिषयहरूमा राख्नुभएको जिज्ञासाको पूर्ब प्र.म.ले जबाफ दिंदै सहमती जुटाउन नसकी उल्टै राष्ट्रपतिलाई नै दबाव र धम्की दिन थालिएको छ र मुलुक अन्योलग्रस्त नै छ भन्नुभयो ।
बदमासी गर्ने म्यानपावर कम्पनीहरूलाई सजाय दिनैपर्छ, कुनै संरक्षण दिनुहुंदैन भन्नेमा हाम्रो पनि सहमति छ भन्दै सही सुझाव दिनुभएकोमा एनआरएनएलाई धन्यवाद दिनुभएको थियो ।

अन्तमा आफ्नो मन्तब्य राख्दै साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेयले महिला समस्यालाई निर्मूल गर्न दलालहरूलाई खोजी खोजी जेल हाल्ने काम शुरू गरिएकोले ती दलालहरू अब धेरै समय बांच्न (टिक्न) नसक्ने, १५ महिनामा करीब ५०० पीडित महिलाहरूलाई उद्धार गरी नेपाल पठाउनुपर्यो, यो पात छिमल्ने जस्तो कुरा भयो, अब समस्याको जरैमा पुग्न ८६ जना दलालहरूको लिष्ट कार्बाहीका लागि नेपाल पठाइएकोमा अब चैं कार्बाही हुने भएको छ भन्ने जनाउ दिनुभयो । वहांले अगाडी भन्नुभयो – बढेको नयां तलबमान लागू गर्न खासै कुनै समस्या छैन, ब्यवसायीहरू समेत सहमत छन, फरक परेमा उजुरी गर्नुहोस, त्यो म्यानपावर कम्पनीले कडा कार्बाही भोग्नुपर्नेछ । वहांले बिदेशमा कृयाशिल म्यानपावर ब्यवसायी (प्रतिनिधी)हरू बैदेशिक रोजगार नियमावली मुताविक दर्ता हुन आवश्यक ठान्दै हाल नेपाल सरकारको एउटा टीम सांच्चै नै बैदेशिक रोजगारमा सुधार गर्नुपर्छ, त्यसका लागि बिद्यमान नीति, ऐन र नियमावलीमा संशोधन गर्नपरे त्यो पनि गरिहाल्नुपर्छ भनी सुधारका खातिर लागि परेको पाएकोले आंफू अपेक्षित सुधारप्रति आसावादी रहेको पनि बताउनुभयो ।

सबै सहभागीहरूको परिचयबाट शुरू भएको यो अनौपचारिक कार्यक्रमलाई नेपाली दूतावासका उप नियोग प्रमुख हरिश्चन्द्र घिमिरेले सञ्चालन गर्नुभएको थियो । करीब २ घण्टा चलेको यो अन्तरकृया कार्यक्रममा ५० भन्दा बढीको सहभागिता रहेको थियो । नेकपा एमालेका स्वास्थ्य, जनसंख्या तथा बातावरण बिभागका केन्द्रिय सदस्य डा. बुद्धीमान श्रेष्ठ र पूर्वप्रधानमन्त्रीका सल्लाहकार तथा इन्जिनियर अलि अख्तर मिकरानी सम्मिलित यो भ्रमणदल कार्यक्रमपश्चात अजरबैजान तथा लेबनानका लागि प्रस्थान गरेको थियो ।

No comments:

Post a Comment