Sunday, December 16, 2012

>>>>>मथिंगल र तिम्मक<<<<<
          ============
         आज धेरै नै लामो लिम्बुवानि संघर्ष हरेक उत्तर चढाव संगै गुज्ज्रिने सिलसिलालाई कसैले संघर्षको रणभुमि बाट नियालेका छौं त कसैले लिम्बुवानी मातृभूमिको न्यानो महसुस संगै नियालेका छौं बास्तबिकताको स्वाद! बास्तबिकताले छचल्किएको लिम्बुवानी रगत हरेक लिम्बुवानी सन्तानको नसा-नसामा भक-भक उम्लिएर मस्तिष्कमा केन्द्रकृत भई आज आवाज भएर बिष्पोट भइरहेको यो स्वणिम परिपेक्ष हो!
         लिम्बुवानी हरेक सन्तानले यो स्वणिम अध्यायलाई पूर्ण रुपमा अध्यायन गरेर एउटा निश्चित आकार दिनु हाम्रो अति नै महत्वपूर्ण कर्तब्य हो,हामी लिम्बुवानी सन्तानहरु यो कर्तब्यबाट चुक्यौं भने न हामीलाई लिम्बुवानी माटोले नै माफी दिने छ न त हाम्रो लिम्बुवानी इतिहासले नै,हामी यति पछाडी हुत्तिएर जानेछौं कि त्यो काल रात्री 240 वर्ष त के युग -युग सम्म यी एकात्मक सामन्ती चैते बाहुनबादी र हिन्दु बर्च्व्स्व्को दासी भएर दासत्वको अचानो हुनु पर्नेछ।
         आज हामी समग्र लिम्बुवानी सन्तानलाई एकापसमै लडाउन र फुटाएर क्षतबिक्षत गराउने प्रयत्न सत्ता बादी अहंकारले मात्तिएका चैते बाहुनबादी हिन्दु बर्च्व्स्वलाई जारी बाट उखेलेर मिल्कायेनौ भने र अबसरको तिर्खाले छुलुक-छुलुक स्खलित भएका छुल्याहा बिसर्जन बादी झोले विद्वानहरुको मक्कारी भरौटेहरु,,,,,यस्ता हाम्रो लिम्बुवानका प्रतिगामी तत्वहरुलाई गाउँ-गाउँ बाट लखेतेनौ भने हाम्रो लिम्बुवानी आँगनमा जहिल्यै खिचातानी भइरहने आंकलन सच् हुनेछ।
         [कमीलाको ताँती हेरेर साथी,,,,,,,उही कमिलाको परिश्रम हेरेर साथी,,,,,,,,लिम्बुवानी माटोको संरक्षण  गरौँ है साथी,,,,,पान मेन्दङ्ग लिम्बुवानी सत्रुहरुलाई चेप्तुम्सिरो साथी,,,,,](मेरो डाएरी बाट एक टुक्रा) म भन्दैछु यहाँ...........लिम्बुवानका हरेक लिम्बुवानी सन्तानले लिम्बुवानी माटोमा एक जुट भई कमिलाको ताँती झैं मिलेर यी भौचक्के कात्तिके अहंकारी सामन्ती बाहुनबादको घिच्च्वा आडम्बरको प्रतिकार गरौँ,कमिलाको एकापसको सहयोगी चेतना र परिश्रमी धारणालाई आत्मसाथ गरेर हाम्रो लिम्बुवानी माटोलाई उर्बर बनौँ,शुन्दर बनौं,हाम्रो एकता,विकास र परिबर्तनको टट्कारो हिर्काइले यहाँ निश्चित जात कै टुङ्गो नभाका अहंकारी बाहुनबादी र हाम्रै लिम्बु जात र थर कै कलंक झोड़े हैकमबादी बन्दुके गोथे विद्वान भनाउंदाहरुको एउटै चिहान खनौं जो युगौं सम्म प्रतिगामी तत्वहरुको चिच्याहट मै समाहित रहोस।
         यहाँ सम्म आइपुग्दा हाम्रा लिम्बुवान विद्वान नेता महोदयहरुमा पनि कतै कुर्सि र पद गन्हायेको आभासले कुनै पनि लिम्बुवानी सन्तानको मन अमिलो नभैराख्या भने छैन,म त भन्छु कुर्सि र पदको लागि टुक्रिनु हाम्रो लिबुवानी मुक्ति होइन, सिंह दरबारको सैतान सिरमा चढाएर बौलाहा जस्तो बक-बकाइ रहनु हामी लिम्बुवानि सन्तानको इज्जत होइन,अरुले बोलेको सालिन भएन सभ्य भएन र मेरै कखरा उच्चकोटी को भन्ने अहमता अगर हामी कुनै लिम्बुवानी सन्तान संग छ भने त्यो आफुमा भएको अहम्तालाई पहिले आफै सुधारौं त्यस पश्चात आफु भलो जगत भलो,एकार्कालाई सम्मान गर्न सिकौं,हरेकलाई सम्मान चाहिन्छ तर त्यो सम्मान फाउमा पाउने चिज होइन,सम्मान पाउन सम्मान दिन पनि सिकौं।
         लिम्बुवानमा जन्म्युं,लिम्बुवान मै हुर्कियौं,लिलिम्बुवानी कहलायौं,अब बाँकि लिम्बुवानी महान क्रान्तिकारी भएर देखौं,,,,,,,मेरो भनाइ यो होइन कि खुकुरीदल चलाउँ निर्दोष क्षेत्रि-बाहुन खेदौं,काटौं आफु-आफै असहमतिको निहुँ निकाल्दै काटाकाट गरौँ,,,, मेरो बुझाइमा यसलाई क्रान्ति भनिन्दैन मात्र "झोड़े बक्थके  हैकमबादी फौदारी" भनिन्छ, क्रान्ति र क्रान्तिकारीलाई शान्ति र संयमता अनि ज्ञान र बैज्ञानिक चेतनाले सह्दी प्रतिनिधित्व गरेको हुन्छ भन्ने मेरो आँकलन छ, अर्थ अरुको अर्कै हुन पनि सक्छ मेरो कुनै ख्याँस-ख्याँस छैन।
       यहाँ बिषय बस्तुलाई नै समाएर भन्नु पर्दा देश-बिदेशमा छरिएर बसेका हरेक लिम्बुवानी सन्तानले हाम्रो लिम्बुवान भुमि (याक्थुङ्ग लाजे)को लागि 5 मिनेट-10मिनेट-15मिनेट-20मिनेट एबमरितले कति सकिन्छ  खर्च गर्ने बानि बसालौं,चोक तिर निस्केर त्यतिकै हल्ली रहनु भन्दा पल्लो गाउँले "मङ्गकेदेम्ब कान्छा" ले लिम्बुवानको अर्थ बुझेको छैन त्यहाँ गएर बुझाउनुस,तास र क्यारम्बोड़ खेलेर दिन गाल्नु भन्दा लिम्बुवान मुक्ति को क्रान्ति कसरि ससक्त हुन्छ भनेर साथीहरु संग बैज्ञानिक ढंगले सरसल्लाह गर्नुस,दिनभरी ठेस-ठेस सुतेर बहानाबाजी गर्नु भन्दा आफ्नो गाउँ टोल बाट बिदेशमा रहनु भएका आफ्ना आफन्तहरु र साथी-भाई संग (सधै)  सम्पर्कमा रहनुस र राख्नुस,अप्पिस-काम-पारिबारिक समस्या लिम्बुवान मुक्ति होइन लिम्बुवानको मुक्ति त तपाईले 10 जना लिम्बुवानी सन्तानलाई सक्षम बनाउनुस ति 10 जनाले अरु 10x10 गरेर सयौं जना सक्षम हुन्छन त्यो पो हो त लिम्बुवानको मुक्ति,,,,,,,,,,,,,अप्पिसमा व्यस्त थिएँ,कामले भ्याइन,मेरो गृहमन्त्रीलाई ज्वरो आएछ,यस्ता कुराहरु सामान्य हुन् ,यहि सामान्य कुराहरु भित्रै हामी सबै कैद रहेर पनि लिम्बुवानी भुमिप्रतिको एकात्मक गिद्धे दृष्टिलाई बुद्धि र बैज्ञानिक बिबेकले कोपरेर फुटाई दिने कोसिस गरौँ, लिम्बुवान माथि उठेका ति एकात्मक औंलाहरू लिम्बुवानी कर्कस आवाज र राजनैतिक,नैतिक क्रान्तिको झटारोले हानेर डुंडे बनाउने कोसिस गरौँ  यो हो हाम्रो मुक्ति,,,,,!!!
      बिदेशमा रहनु हुने सम्पूर्ण लिम्बुवानी सन्तानहरु जुर्मुराएर उठौं, स्वदेशका हाम्रा लिम्बुवानी क्रान्तिकारी हातहरु संग हात मिलाउ,,,,,चोमुलुङ्मा थाम्ने काँधहरुमा होस्टे मा हैसे गरौँ, हामी लिम्बुवानी हरुको आवाज अझ ससक्त बनौं समयलाई ख्याल राखेर लेख्न सकिन्छ भने लिम्बुवान भुमि (याक्थुङ्ग लाजे)को निम्ति दुइ अक्षर लेखेरै आवाज बुलन्द गरौँ।
       आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्तिको लागि न त साम्यबादको आबस्यकता छ न त समाजबाद कै आबस्यकता छ।मात्र कुर्सिको लालची गिद्धे दृष्टिमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीलाई कैद गर्ने दुष्प्रयास हो।यहाँ मैले यो भन्नु को अर्थ हो लिम्बुवान, खम्बुवान,तमासेलिंग,नेवा,मगरात, तमुवान,खसान,मैथिल,थरुहट लाई न त साम्यवादको खाँचो छ न त समाजबाद कै खाँचो छ,,,,लिम्बुवानको लागि साम्यवाद र समाजबादले कुनै माने राख्दैन,लिम्बुवान क्रान्ति र प्राप्ति को निम्ति कुनै मर्क्सिज्मका किताबका ठेली पल्टाउनु पर्दैन, 240 वर्ष सम्मको एकात्मक बाहुनबादी हिन्दु बर्च्व्स्व्को दमनपूर्ण पिंडा  मर्क्सिज्मका किताबका ठेली भन्दा हजारौं गुणा महत्वपुर्ण छ,देश र समाजको मुक्ति को लागि साम्यबाद र समाजबाद नै हुनु पर्छ भन्ने मुर्ख पण्डितहरुलाई साम्यबाद र समाजबाद बिना नै लिम्बुवान सिंगापुर-अस्ट्रेलिया बनाएर देखाउने च्यालेन्ज गर्न लिम्बुवानी सन्तानहरु एक जुट हौँ।
        नव घोषित "संघीय समाजबादी" पार्टी प्रतिको मेरो धारणा पनि एक टुक्रा यहाँ राख्न जरुरि सम्झेँ,साम्यबादी   र समाजबादी मार्क्स-लेनिनका पादरीहरु,दासीहरु दासत्व बिना अछुत रहेर राजनैतिक पृष्ठभूमि सिर्जना गर्नै  सक्दैनन् या गर्नै चाहंदैनन् भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई प्रष्ट हुनु जरुरीछ।यी पादरिहरुले यदि साच्चैको आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्ति नै चाहेका हुन् भने र प्रतिनिधित्व नै गर्ने हुन् भने लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मगरात,मैथिल, खसान भनेर सम्बोधन गर्न किन हिचकिचाउन्छन् ?किन चाहिं कन्जुस्याई गरिराछन् हाम्रा उच्च साम्यबादी र समाजबादी पादरीहरु? लिम्बुवान,खम्बुवान, तमासेलीङ्ग,नेवा,तमुवान, थरुहट,मैथिल, खसान भनेर सम्बोधन गर्दैमा साम्यबाद र समाजबाद कै अपमान ठान्ने पादरी दासीहरु "संघीय समाजबादी"पार्टीको लगाम समाएर आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितको हकहित र मुक्तिको  प्रतिनिधित्वको नाटक गरेर एक्कल सामन्ती बाहुनबादीहरु कै असली दासी नहोलान भन्ने ठाउँ पनि अत्यन्तै साँघुरो छ र यिनीहरु लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मगरात,मैथिल, खसानको माग प्रति बुझ पचाउने कम गर्दैनन् भन्ने सनक छैन।हाम्रो नेपालका जनजाती उपल्ला नेताहरुले संघियता बिरोधि पार्टी त्यागेर आदिबासी-मुलबासी जनजातीको आँगनमा आउनु भनेको नै साम्यबाद र समाजबाद भनेको हाम्रो जस्तो देशमा अपाङ्ग को भाँचिएको बैसाखी भन्नु नै हो।
           अन्त्यमा सम्पूर्ण लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट,मगरात,मैथिल, खसान का  भुमि पुत्रहरूलाई साबधान रहन र पहिचान्न नभुलौं भन्दै मेरो जय खम्बुवान,तमासेलीङ्ग,नेवा,तमुवान,थरुहट, मगरात,मैथिल, खसान,,,,,, जय लिम्बुवान संघीय अभिबादन !
             








No comments:

Post a Comment