Thursday, December 20, 2012

"डक्टर: दाउपारे"

आज बिहान ओछ्यान बाट सबेरै उठेर "डक्टर: दाउपारे" को सम्झना आयो:-
================================================
"डक्टर: दाउपारे" पूर्वेली गाउँ, बस्ति, पहाड, खोला, नाला, जंगल, समाज,दिदि,बहिनि,फुपू,भाउजु,बुहारी,काकी, आमा,आफ्ना-आफन्तको को लागि साह्रै परिचित नाम,,,,,,,,,,,,,,,,,,,उस बेला "डक्टर: दाउपारे"स्वर्ग बाट भगवानले मनुष्यको लागि पठाई दिएका दुत भन्दा कम थिएनन्,हुन पनि हो,,,,वहाँ अति दक्ष र सक्षम पनि हुनु हुन्थ्यो,वहांको फिल्ड र सेवा महिला डेलिभरी गराउने(सुत्केरी गराउने)(सुडेनी) अनि सुटुक्क एबोर्शन कतिकति!?
सौ धर्मको भिड भित्र हजारौं पापको कुनै गन्ति हुदैन या नेपालका बाहुनबादी राजनेता(राष्ट्र नेता भन्न मिल्दैन)ले हिन्दु बर्च्व्स्व अठ्ठ्यायेर ठुलो-सानो,छुत-अछुत,पाप-धर्म सबैलाई भारि पुग्ने गरि बोकाएर आफुले चाहिं बुहारीलाई तोरीको तेलमा मेथी पड्काएर सुत्ने बेलामा गोडा मालिस गर्न लगाए जस्तो भनुँ  या हिजो-अस्ति देखि आज सम्म चलेको हुइयाँ 21/12/2012 मा संसार प्रलय???
"डक्टर: दाउपारे" ले पनि 21/12/2012 को हुइयाँ जस्तै भन्ने गर्नु हुन्थ्यो ल,,,,,,बहिनि,बुहारी,,,,,,,तिमीले यो महिना को यो गते यो समय मा तिमि सुत्केरी हुन्छेउ लेखेर राखे भो भनेर "डक्टर: दाउपारे" ले भबिष्यवाणी गर्ने गर्थ्यो अन्त्य मा यो पनि भन्न भुल्नु हुन्न थ्यो "एक दिन या दुइ दिन, 5/7 घण्टा तलमाथि हुन सक्छ माल्बाँसले हानेर मलाई खबर गर्नु " (वहाँ को फिस घन्टाको 70 रुपैयाँ थ्यो उस्बेलाँ)हा,,,,हा,,,,हा,,,,अरु त सबै त्यस्तै हो तर यो "माल्बाँस" (के चिज हो?)भनेको अहिले सम्म यो पङ्तिकारले बुझेको छैन,साएद यो 21/12/2012 को संसार प्रलय लाई पनि माल्बाँसले  नै पो हानि पठाएछ कि क्या हो?भनेसी मित्रहरु यो "माल्बाँस" भन्ने चिज निकै भरपर्दो पो रहेछ,,,,,,!!!यसको खोजीनिती गरेर संरक्षण गर्दा कसो होला?







No comments:

Post a Comment