Sunday, December 30, 2012

"साँढे को जुधाई बाछा-बाछिको मिचाई "

मेरो विचार यहाँ यस्तो छ,,,,,,म हर्षित छु, नव घोषित दुवै पार्टीसंग,,,मेरो समर्थन तलमाथि छैन,यहाँ मैले "संघीय समाजबादी पार्टी"र "लोकतान्त्रिक समाजवादी पाटी" यी दुबैलाई एउटै सिक्काको दुइ पाटो भन्छु,यहाँ कसैलाई चिट् मन पर्छ कसैलाई पट?यहाँ जुन कुरा हामीले यी पार्टीहरु घोषणा गर्नु भन्दा अगाडी आशा-भरोशा राख्या थ्यौं;आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको प्रतिनिधित्व गर्नलाई एउटै मुकुट ओढेर आउने छन र हाम्रो प्रतिनिधित्व गर्ने छन तर त्यो भएन,संघीयता बिरोधि बाहुनबादी पार्टी त्यागेर आउने बुद्धिजिबी अग्रज नेता ज्यु हरुले त पृथ्बी नारायण शाह को पालामा निस्केको तामाको सिक्का पो साथ् मै लिएर आउनु भाको रैछ आखिर चिट र पट भएर पल्टी छाड्नु भो, यहाँ साँढे को जुधाई बाछा-बाछिको मिचाई नहोला भन्ने ठाउँ नै छैन त्यसैले मा त भन्दै आइरहेको छु,,,,,,,,,,,,,,,,,

एउटै डुङ्गामा सवार गर्न नसक्ने नेताहरुले आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको प्रतिनिधित्व गर्लान त? 
जर्जर सामन्ती बाहुनबादको चङ्गुल बाट खोसेर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई मुक्ति  देलान त?
नव घोषित "संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"विद्वानहरुको कसरत बाहुनबाद भन्दा कति इन्च फरक होला?
"संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"भबिस्यमा एकीकृत हुने सम्भावना कति भित्ता(कुरेत)होला?
"संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"को अन्त्येष्टि काँसीमा हुन सक्ला कि चोमुलुलुङमा,फक्तालुङ को सिरमा हुन सक्ला?  
=========================================================
नव घोषित "संघीय समाजबादी पार्टी "र"सामाजिक लोकतान्त्रिक पार्टी"प्रतिको मेरो धारणा,साम्यबादी र समाजबादी मार्क्स-लेनिनका पादरीहरु,दासीहरु दासत्व बिना अछुत रहेर राजनैतिक पृष्ठभूमि सिर्जना गर्नै  सक्दैनन् या गर्नै चाहंदैनन् भन्ने कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई प्रष्ट हुनु जरुरीछ।यी पादरिहरुले यदि साच्चैको आदिबासी-मुलबासी जनजाती असमान नेपालीको हकहित र मुक्ति नै चाहेका हुन् भने र प्रतिनिधित्व नै गर्ने हुन् भने लिम्बुवान,खम्बुवान,तमासेलीङ्ग,नेवा, तमुवान,थरुहट,मगरात,मैथिल, खसान,जडान,शेर्पावान भनेर सम्बोधन गर्न किन हिचकिचाउन्छन् ?किन चाहिं कन्जुस्याई गरिराछन् हाम्रा उच्च साम्यबादी र समाजबादी पादरीहरु? लिम्बुवान,खम्बुवान, तमासेलीङ्ग,नेवा,तमुवान, थरुहट,मैथिल, खसान ,जडान,शेर्पावान भनेर सम्बोधन गर्दैमा साम्यबाद र समाजबाद कै अपमान ठान्ने पादरी दासीहरु "संघीय समाजबादी" र"सामाजिक लोकतान्त्रिक"पार्टीको लगाम समाएर आदिबासी-मुलबासी जनजाती असमान नेपाली,दलित,मुश्लिम,महिला र शोषित पिडितको हकहित र मुक्तिको  प्रतिनिधित्वको नाटक गरेर एक्कल सामन्ती बाहुनबादीहरु कै असली दासी नहोलान भन्ने ठाउँ पनि अत्यन्तै साँघुरो छ र यिनीहरु लिम्बुवान, खम्बुवान, तमासेलीङ्ग,नेवा, तमुवान, थरुहट,मगरात,मैथिल, खसान,जडान,शेर्पावानको माग प्रति बुझ पचाउने काम गर्दैनन् भन्ने संका छैन।हाम्रो नेपालका जनजाती उपल्ला नेताहरुले संघियता बिरोधि पार्टी त्यागेर आदिबासी-मुलबासी जनजातीको आँगनमा आउनु भनेको नै साम्यबाद र समाजबाद भनेको हाम्रो जस्तो देशमा अपाङ्ग को भाँचिएको बैसाखी भन्नु नै हो।
====================================================
 हाम्रा अग्रज बुद्धिजिबी,विद्वान,नेताहरु आफैं मार्क्स-लेनिन या माओत्से तुङ् भएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको प्रतिनिधित्व हुने गरि किन कुनै एउटा "सिद्धान्त"को प्रतिस्थापन गर्न ताम्सिन्दैनन् ? किनकि साम्यबाद र समाजबादको अपबादमा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरु को हकहित र मुक्तिको नेतृत्व गर्ने सिद्धान्तको प्रतिस्थापन गर्नु भनेको नै बाहुनबादको अन्त्य हो,बाहुनबादको अन्त्य भयो भने देश सुध्रन्छ,देशमा विकास हुन्छ,देशले विकासक्रममा छलाङ्ग मारिसके पछी बुझेर या बुझ पचाएर गनिएका पादरिहरुको झोले राजनीति पनि साँढे गोरु कै हुन्छ भन्ने डरले ग्रसित छन दासिहरु,बाहुनबादी दासत्वको झोलमा पल्केका पादरीहरु,,,,,,,,,
==================================================== 
यहाँ मेरो बुझाइलाई भनिरहँदा कम्युनिष्ट साम्यवादीहरु होस या कांग्रेसी समाजबादीहरु आखिर मर्क्सिज्म कै सिद्धान्तमा चलखेल गर्दै आएका कपुरी "क"हरु हुन् कसैलाई बाहुनबादी इन्द्रेले स्वर्ग बाट बरदान दिएको होइन।
एमाले त्याग्नु या कांग्रेस त्याग्नु भनेको क्षेत्री-बाहुन त्याग्नु हुँदै होइन, त्यागेर बाहिरिनु भनेको साम्यबाद र समाजबाद अनि एमाले र कांग्रेस भित्र भएको संघियता बिरोधि सिद्धान्त हो।यानी कि यी तत्वहरु आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको निम्ति कुनै माने राख्दैन।हो साम्यबाद र समाजबादको आधारमा प्रतिनिधित्वको "ढाचा"तयार गर्दा नहुने भन्ने चाही होइन तर यहाँ एउटै सिक्काको दुइ पाटा भएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको हकहित र मुक्तिको प्रतिनिधित्व गर्छु भन्दै ताम्सिरहनु भनेको दमाई(मास्टर-दर्जी)को घरमा हसिया~खुकुरी अर्जाप्न जानु भन्दा गतिलो बुद्धिमता हुँदै होइन।,,,,,,,,,,,,,,,जय आदिबासी-मुलबासी जनजाती,,,,,,,,,,,,,!





No comments:

Post a Comment