Sunday, January 13, 2013

[नहुनु मामा भन्दा कानुमामा जाति]

नेपाल र नेपालीहरुको निम्ति दुर्भाग्य भन्ने या सत्तिको सराप?"नेपालको राजनीति"र बागमती-विष्णुमति को पानीमा के फरक होला र?आजको यो घडीमा आएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको निम्ति यहि बागमती-विष्णुमति बाट छानिएर (purified)भएर स्वच्छ पार्टी उदाएको छ, गर्वको कुरा यहि छ, "नहुनु मामा भन्दा कानुमामा जाति" 
            एमाले-कांग्रेस-माओबादी का बाहुनबादी नश्लियति जातिवादीहरुको दलदल बाट तैरिएर आदिबासी-मुलबासी जनजाती मुलका अग्रज नेता,विद्वानहरु बाहिरिएर आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको प्रतिनिधित्व गर्दै "संघिय समाजबादी"पार्टी र "सामाजिक लोकतान्त्रिक समाजबादी" पार्टी को उदय हुनु अहोभाग्य नै ठान्नु पर्छ।
        तर यहाँ हामीले देखिरहेको कुरा आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुको नेतृत्व पक्ष, कर्यदिसा, कार्यसंचालन मा भने बागमती-विष्णुमति को पानीमा purifying भएको आभास सुन्य छ,त्यहि साम्यवाद र त्यहि समाजबादको जजमानी ढोल बज्दैछ,"त्यही मुलाको सिन्की त्यहि मुलाको चाना" आज सदियौं पछि आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरु फेरी झुक्कीन्दै त छैनौं?तर पनि हाम्रो सपोर्ट,हाम्रो झिनो आशा सहितको आस्था भने लाखौँ करोडौंमा एक छ किनकि हामी समानताको पर्खाइमा छौं,पहिचान सहितको अग्राधिकारको पर्खाइमा छौं,ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्त संघीय राज्य सह:अस्तित्वबाद को पर्खाइमा छौं,एकात्मक बाहुनबादीको हालीमुहाली रहेको राज्य प्रणालीको अन्त्य गर्न हामी क्रान्तिको मैदानमा छौं।
         आज आएर हामी आदिबासी-मुलबासी जनजाती असमान नेपालीहरुलाई आफ्नो धर्म,संस्कार, संस्कृति, भाषा-लिपिको संरक्षण,र समनाधिकार राज्यमा चाहिएको छ, लिम्बुवान,खम्बुवान, तमासेलीङ्ग, नेवा, तमुवान, थरुहट,मैथिल, खसान ,जडान,शेर्पावानलाई "संघिय समाजबादी"पार्टी र "सामाजिक लोकतान्त्रिक समाजबादी" पार्टी ले सहकार्य हात बधाई सम्बोधन गरियोस, लिम्बुवान, खम्बुवान, तमासेलीङ्ग, नेवा, तमुवान, थरुहट,मैथिल, खसान ,जडान,शेर्पावान संग आफ्नो मुद्दा आफै संग छ उनीहरुको मुद्दा माथि हस्तक्षेप गरेर फुटाउने प्रयास नगरियोस,लिम्बुवान,खम्बुवान, तमासेलीङ्ग, नेवा, तमुवान, थरुहट,मैथिल, खसान ,जडान,शेर्पावान का कुनै पनि कार्यकर्तालाई बाध्य पारि  "संघिय समाजबादी"पार्टी र "सामाजिक लोकतान्त्रिक समाजबादी" पार्टीमा प्रवेश गराएर प्रचार-प्रसार गर्न बन्द गरियोस,,,,,,,,,,,,, आदिबासी-मुलबासी जनजाती असमान नेपाली र लिम्बुवान, खम्बुवान, तमासेलीङ्ग, नेवा, तमुवान, थरुहट,मैथिल, खसान ,जडान,शेर्पावान नङ र मासु हो, जबर्जस्ति छुटाएर टुक्राएर तेरो-मेरो नबनाइयोस,यसलाई न त साम्यवादको खाँचो छ न त समाजबाद कै खाँचो छ।
          आदिबासी-मुलबासी जनजाती असमान नेपाली, दलित,मुश्लिम,महिला र शोषित पिडितको हकहित र मुक्तिको प्रतिनिधित्व गर्न र भाषिक,संस्कृतिक,लैङ्गिक समानताको क्रान्ति गर्न सह:अस्तित्ववादको बैज्ञानिक र ब्यबहारिक ढंग काफि छ,जसले हरेक भाषिक,संस्कृतिक,लैङ्गिक समानताको मुद्दालाई खुलम- खुल्ला सम्बोधन गरेको छ,साम्यबाद र समाजबाद त  एकादेशमा बुढो गोरुले गाई ओगट्यो रे,,,,,,भन्ने कथा भइसक्यो!!
जय आदिबासी-मुलबासी जनजाती असमान नेपाली समाज अनि जय लिम्बुवान, खम्बुवान, तमासेलीङ्ग, नेवा, तमुवान, थरुहट,मैथिल, खसान ,जडान,शेर्पावान,,,,,सेवारो,सेवा,सेमुन्ना,सेप्टुमा,झोर्ले, जोजोलाप्पा,फ्याफुल्ला,टासीदेले,छेझोलो>>>>दिपेन योङहाङ<<<<क्याम्बोडिया>>>>  










No comments:

Post a Comment