Saturday, August 11, 2012

मनमोहक गोसाईकुण्ड (फोटो फिचर)

 Profile Pictureदिपेन योङहाङ

राजेन्द्र बहादुर लामा
२७ साउन, काठमाडौं । गोसाई कुण्ड धार्मिक हिसावले हिन्दुहरुका लागि प्रख्यात रहेको छ । तर गोसाईकुण्डले धार्मीक हिसावले मात्र नभएर पर्यटकीय हिसावले पनी त्यतिनै ख्याती कमाएको छ । विशेष गरी हिन्दुहरुले मनाउने जनैपूणिर्माको दिनमा मनाईने मेला नै गोसाईकुण्डको प्रमुख आकर्षण हो । यो क्षेत्र कुण्डै कुण्डैको क्षेत्र भन्दा पनि हुन्छ । गोसाईकुण्ड क्षेत्रमा भैरव कुण्ड, सुर्यकुण्ड लगाएत १०८ वटा कुण्ड रहेका छन् ।
यो क्षेत्रको सुन्दरता जति छ त्यति पर्यटकको आँखा पुग्न नसके पनि फाट्ट फुट्ट पर्यटक तथा पर्यटन ब्यबसायीको आँखा पुगेको छ । समुन्दि्र सतहबाट ४ हजार ७ सय मिटर उचाईमा अवस्थित ताल हो गोसाईकुण्ड ताल । यो ताल हिन्दुधर्मावलम्बीहरुको लागी निकै महत्वपूर्ण मान्निछ ।
यो तालमा नुहाएमा मोक्ष प्राप्ति हुनुका साथै आफ्नो मनले चिताएको पुराउने तथा परिवार जनलाई समेत राम्रो हुने जनविश्वस रहेको छ । यो क्षेत्रमा ५ थरिका लालीगुराँस पाउनुका साथै जनावरहरुमा हिम चितुवा, विश्वमै दुलर्भ मानिएको रातो पाण्डा, डाँफे मुनाल लगाएतका दुर्लभ जनावरका साथै चराचुरगीको पाइन्छन् । यो क्षेत्रबाट लाडटाड रेन्ज, मनास्लु हिमाल, धौलागीरी हिमाल, बुद्ध हिमाल र अन्नपूर्ण हिमाल लगाएत धेरै पिकहरु समेत हेर्न पाईन्छ । तामाङ संस्कृति बाहुल्यता रहेता पनि यो क्षेत्रमा अन्य जात जातीको पनि बसोबास रहेको छ । तामाङ जातीको बाहुल्यता भएका कारण पनी यो पदमार्गलाई तामाङ हेरिटेज टे्रल भनेर प्रख्यात रहेको छ ।
जनै पुणिर्मा भक्तजनहरुको अत्याधिक चाप हुने भएका कारण बस्न खानको लागि केही समस्या भएता पनि अन्य समयमा भने खान बस्नको लागि त्यति समस्या हुँदैन् । जनै पुणिर्मा होटलहरुको चाप भन्दा पनि भक्तजनहरुको चाप अध्याधिक हुने भएकाले त्यस्तो समस्या भएको हो । यस समयमा केही ब्यापारीहरुले तात्कालिक फाईदा हेरर भक्तजनहरुबाट अध्याधिक महँगो मुल्यमा बास बस्न तथा खान खुवाउने गरेका कारण पनी केही नराम्रो सन्देस भक्तजनहरुमा गएको गुनासो छ ।
गोसाईकुण्ड जानका लागि तीनवटा बाटो छन् । सुन्दरीजल हुँदै गोसाईकुण्ड, रसुवाको धुन्चे हुँदै र हेलम्बु हुँदै पनि गोसाईकुण्ड जाने गरिन्छ । तर अहिले रसुवाको धुन्चेसम्म यातायातको सुविधा भएका कारण यो बाटो अलि छोटो पर्दछ भने पैदल यात्रा गर्न रुचि हुनेलाई सुन्दरीजलको बाटो राम्रो हुन्छ ।

No comments:

Post a Comment