Monday, August 13, 2012

नेपाल कस्तो देश हो?

Profile Picture
 
 
 
 
 
  
 
 

ल मित्रहरु यस्लाई पनि अलिकत्ति नजर पो लगाउने हो कि
नेपाल कस्तो देश हो? नेपाल एक बहुल-रास्ट्रिय देश हो।
नेपाल कस्तो देश हो?
आउनुहोस् आफ्नो देश बारे थोरै अध्ययन गर्नुहोस्। हामीलाई बिद्यालयमा सामाजिक शिक्षा बिषयमा पढाईनु पर्थ्यो यी कुराहरु, तर, खैर, ढिलै भए पनि बुझ्ने प्रयास गरौ।
नेपाल एक देश हो। राजनैतीक भाषामा नेपाल एक राज्य हो। नेपाल राज्य भित्र धेरै धेरै राष्ट्र हरु छन। जस्तै मधेश एक राष्ट्र हो, लिम्बुवान एक राष्ट्र हो, किरात एक राष्ट्र हो, नेवा: एक राष्ट्र हो, गुरुङ एक राष्ट्र हो, शेर्पा एक राष्ट्र हो, थकाली एक राष्ट्र हो आदी आदी । नेपालमा उठिरहेको संघियता र पहिचानको बिषय नेपाल देश भित्रका यिनै राष्ट्रहरुको राष्ट्रियताको बिषय हो। नेपाल भित्र रहेका यी बिभिन्न राष्ट्रहरुको राष्ट्रिय पहिचानको सुनिस्चितता हुनुपर्दछ अनिमात्र नेपालका सम्पूर्ण भाषा,सन्स्क्रिती हरुको सम्रक्षण र प्रवर्धन सम्भव हुन्छ ।
हामीले राष्ट्र भनेको नै देश हो भनेर पढ्दै आएका थियौ, अझ भनौ देश भनेको नै राष्ट्र हो भनेर हामीलाई पढाईएको थियो। यो गलत हो। त्यसो भए के हो त आखिर राष्ट्र र राज्य भनेको, आउनुहोस् विद्वान लेखक बाबुराम भट्टराईको राष्ट्र र राज्य सम्बन्धी लेखबाट हामी पनि बुझौ र अरुलाई पनि बुझाऔँ । आफ्नो देशको बारेमा अध्ययन गर्नु हरेक नागरिक को नागरिक धर्म हो।
सबभन्दा पहिले हामीले राष्ट्र र राज्यबीचको विभेदलाई बुझ्न जरुरी छ ।
राष्ट्र वा राष्ट्रियता भनेको साझा भूगोल, साझा जनसंख्या (जाति, भाषा, संस्कृतिसमेत), साझा अर्थव्यवस्था र साझा मनोभावनाको समष्टिगत अभिव्यक्ति हो, जुन समाज विकासको प्रवाहसँगै गतिशील ढंगले विकसित भइरहन्छ । राज्य भनेको निश्चित भूगोलभित्र ऐतिहासिक रूपले विकसित समाज व्यवस्था कायम गर्ने संगठित राजनीतिक शक्ति हो । अर्थात् राष्ट्र वा राष्ट्रियता ऐतिहासिक रूपले विकसित स्थीर मानवीय वा सामाजिक तत्त्व हुन् भने राज्य एउटा राजनीतिक तत्त्व हो ।
राष्ट्र र राज्य कतै एकै ठाउँ र एकै रूपमा समायोजित हुन्छन् भने कतै एउटा राज्यमा धेरै राष्ट्र/राष्ट्रियता र कतै एउटै राष्ट्र/राष्ट्रियता धेरै राज्यमा विभाजित हुन सक्छन् ।
एकल राष्ट्रिय राज्यमा बाह्य राष्ट्रियता -वा राज्यको अर्को राज्यसँगको सम्बन्ध) को प्रश्न स्वतः प्रमुख भएर आउँछ भने बहुल राष्ट्रिय राज्यमा आन्तरिक राष्ट्रियता -वा देशभित्रका विभिन्न राष्ट्रियताहरूसँग राज्यको सम्बन्ध) र बाह्य राष्ट्रियता दुवै महत्त्वपूर्ण भएर आउँछन् ।
हिजोको राजतन्त्रात्मक राज्यसत्ताले आफ्नो संकीर्ण सत्ता स्वार्थका निम्ति लामो समयसम्म नेपाललाई खस-आर्य एकल राष्ट्रिय राज्यका रूपमा प्रस्तुत गरेर आन्तरिक राष्ट्रियताको प्रश्नलाई ओझेलमा पार्न एकपक्षीय रूपले बाह्य राष्ट्रियताको मात्र कुरा गरिरह्यो ।
वर्तमान नेपाललाई हिजोसम्मका शासकहरूले जतिसुकै बल लगाएर एकल राष्ट्रिय -खस-आर्य) राज्य हो भने पनि धरातलीय यथार्थले यो बहुल राष्ट्रिय राज्य भएको नै पुष्टि हुन्छ ।
हिमाल, पहाड, उपत्यका र तराई-मधेसको विविधतायुक्त भौगोलिक परिवेशमा हजारौं वर्षदेखि बसोवास गर्दै आएका विविध जाति/भाषाका मानव समूहहरूले समयक्रममा राष्ट्र/राष्ट्रियताका रूपमा विकास गरेको कुरालाई अस्वीकार गर्नु भनेको दिउँसै आँखा चिम्लेर रात परेको भ्रम पाल्नु मात्रै हो ।
बाबुराम भट्टराई का यी भनाइहरु र हाम्रो आफ्नै देशको अबलोकनबाट यो कुरो प्रस्ट हुन्छ कि नेपाल एक बहुल-रास्ट्रिय देश हो।

No comments:

Post a Comment