Monday, July 2, 2012

जानी-जानी हलो अड्काएर गोरुको चाक घोच्ने किन??---दिपेन योङहाङ

Profile Picture
>>>>>>>>दिपेन योङहाङ<<<<<<<
लिम्बुवानको आफ्नै ऐतिहासिक पृष्टभूमि छ,भौगोलिक,प्राकृतिक सम्पदाको मालिक हाम्रो लिम्बुवान यहि ऐतिहासिक पृष्टभूमिको आधारमा अग्राधिकार र आत्मनिर्णय सहितको पहिचान लिम्बुवान लाई चाहिएको हो,यानी कि मेची,कोशी,सगरमाथालाई पहिचान चाहिएको होइन,अरुण-सप्त कोशी पुर्व ९ जिल्लाहरु लिम्बुवानी भुमिहरु हुन्.यी भुमिहरुलाई ऐतिहासिक नामकरण "लिम्बुवान"ले नै सम्बोधन गर्छ-गरेको थियो र गर्ने छ र लिम्बुवानले यी लिम्बुवानी भूमिमा बसोबास गर्ने हरेक जातजातिलाई सम्बोधन गर्छ र गर्नेछ, जस्तै लिम्बुवानी भूमिमा बसोबास गर्ने लिम्बुवानी सन्तानहरु.....मगर,नेवार,गुरुङ,क्षेत्री,बाहुन,शेर्पा,तामांग,दलित,महिला,
मुस्लिम,थारु,धिमाल,कोचे,मेहेचे,मधिसे,राई,लिम्बु मुख्य हुन् ,लिम्बुवान कुनै एउटा लिम्बु जातिको प्यावा होइन भन्ने अभिव्यक्ति लिम्बुवानी हरेक नेता,बुद्धिजिबी लगाएत अग्रज,मान्य मित्रहरुले दिइन्दै आइरहेको अबस्थामा पनि नसुनेको या नबुझेको नाटक गर्दै जानीजानी हलो अड्काएर लठ्ठीले गोरुको चाक घोची रहने किन?तपाई सच्चा संघीय प्रेमी हुनु हुन्छ?तपाई आदिबासी,मुलबासी जनजातीको पहिचान धर्म,संस्कार, संस्कृति, भाषा-लिपि को संरक्षण हुनु पर्छ भन्ने चाहनु हुन्छ?अगर चाहनु हुन्छ भने हाम्रो प्यारो लिम्बुवानको नाम संग किन तपाईलाई  ज्वोरो आउंदै छ? आफुलाई संघीयबादी अनि खसानको खस जबर्जस्ति भन्दै हुनु हुन्छ कि?अगर जबर्जस्ति हो भने तपाईलाई खसानका खसहरुको आँसु अबस्य लाग्ने छ र मेरो भनाइ यहाँ धेरै क्षेत्री-बाहुन मित्रहरु जो बाहुनबादी नश्लियती सत्तालिप्सीहरुलाई २४० बर्षे हालीमुहालीमा पर्या  धोतीको गुइय्हे लिखाले किटीक्क -किटीक्क टोकि रहेछ यहाँ मतभेद गर्नु नै के छ? पहिचान त लिम्बुवानलाई चाहिएको हो मेची,कोशी,सगरमाथा लाई होइन..... हेक्का रहेस.....माकुँण्डोधारी गड्यौलाधारी मित्र हरु....
मेची,कोशी,सगरमाथा,हिमाल,पहाड,मधेस लिम्बुवानको भौगोलिक प्राकृतिक सम्पदा हो यो सम्पदा माथि कसैले  दमननीतिपूर्ण गिद्धे दृष्टि लगाउँछ भने त्यो लिम्बुवानलाई र लिम्बुवानी सन्ततिलाई सहिय हुने छैन र लिम्बुवानी सन्तान चुप लगेर बस्ने छैनन्,त्यस्ता नश्लियती जीवाणु,पिपासुहरुको खुलेआम सिकार खेल्नेछ
त्यति खेर नै मित्र हरुलाई खुलस्त थाहा हुने छ कि पृथ्बी नारायण शाहले लिम्बुवान संग आकाशको चन्द्र-सुर्य भाकेर कसम खायेकै रहेछ र लिम्बुवानको ताम्रपत्र-लालमोहर कुनै चन्दनेले  खाने काट्टो होइन रहेछ भनेर......!!!
---------------------------------------------------------------
जय लिम्बुवान....जय खम्बुवान....जय तमासेलिंग....जय नेवा.....जय थारुहट... जय तमुवान....जय मगरात....
जय खसान....जय आदिबासी-मुलबासी जनजाती.....
=================दिपेन योङहाङ================

No comments:

Post a Comment