Tuesday, July 17, 2012

कविता : ' आकाशको कथा ' - स्व.स्वप्निल स्मृति Swapnil Smriti


कविता : ' आकाशको कथा ' - स्व.स्वप्निल स्मृति Swapnil Smriti

उहिले त आकाश सा¥है नजिक थियो नि !
कस्तो शासै थुन्थ्यो,

त्यतिखेर त ताराहरु पनि खड्कुडा जत्रा देखिन्थे
घाम र जून त घुमाउने खेत भन्दा विशाल..
धर्ती खासै सुन्दर देखिँदैनथ्यो

ठूल्दिदी तरुनी पुग्दै गइन् र पो त !

ओखल कुट्दा
जहिल्यै मुसलको टुप्पामा ठोक्किने आकाश
मुसलको तीखो टुप्पोले लागेर
जून त खुर्पा भइसक्यो
ताराहरु पनि कुच्चिएर पाँच-छ कुने भएछ

हेत् यो आकाश पनि...
दिदीचाहिँ मुसलभन्दा अग्ली हुँदै गइन्
मस्त तरुनी दिदी
भाले खोज्दै नाच्ने मयुरलाई पक्रिन सक्थिन्
पेवा कुखुरा चार्ने घोर्लेस्याललाई उछिन्न सक्थिन्
तर यो आकाश चाहिँ जैल्यै मुसल ठोकी बस्छ हौ !

एक साँझ
मच्चिमच्ची किनामा कुट्दै थिइन् दिदी
आकाश अलिक तलतल झर्दै थियो
आकाशमा मुसल ठोक्कि गो

दिदीको पालो
रिसले मुसल उल्टाएर आकाशतिर ड्याम्म हानिपठाएको
झर्यामझुरुम फुट्यो आकाश
धर्तीमा उज्यालै उज्यालोको वर्षा भयो
घाम, जून, ताराहरु
धेरै टाढा
माथि माथि पुगे
र संसार यति फराकिलो भयो !
यति सुन्दर भयो !

No comments:

Post a Comment