Wednesday, July 11, 2012

काका श्री आज्ञा गर्नु हुन्छ:....


  • Gajen Yakthungba
    काका श्री आज्ञा गर्नु हुन्छ:
    हामीले किराँत प्रदेशको कुरो उठाउदा के के भनेर चेतावनी दिए लिम्बुहरुले ??

    (१) राइहरुलाई किराँत राज्य चाहिए काठमाण्डौ जाउ त्यहि हो तिमर्ले ८ सौ वर्ष राज्य गरेको यहाँ लिम्बुवानमा होइन|

    ..अब यो मूर्खले चाहीं कसरी यस बारे टिप्पणी दिन्छ भने: काका श्री हो, हामीले हाम्रो पहिचान र इतिहासलाई खोज्नु पर्छ| तर त्यसरी आफ्नो पहिचान खोज्दा सिधै अरुको पहिचान र ईतिहास लाई अवहेलना र मिच्ने काम गर्नु हुन्न| १७ औँ पटक को हार पछि विक्रम सम्बत १८३१ श्रावणको दिन पृथ्बीनारायण शाह ले लिम्बू राजाहरु सँग शान्ति सम्झौता ( लाल मोहोर,ताम्र पत्रमा) के भन्याछन् भने:अगी दस पुस्ता चक्रवती सम्राट हो| माङ्घ वंशी राजा,हिन्दु अघि राजा भएका कारण तिमीलाई केहि राजाले मसाउँन सक्दैन|अघि चिन तिब्बत र अरु राजा बासाहरु बाट पनि अनादिकाल देखिन तिम्रो वंशमा समर्थन लिया दिया आयाको मैले जानेको,हेरेको हुँ|म मेरो लालमोहोर ताम्र पत्रमा बाँधी बाचा बोल कबोल गरि सदाका लागि बक्सेको हुँ|यसको आधारमा अरुण पूर्वका हालको जिल्लामा राइहरुको पहिचान देखिन आउँदैन| त्यसैले किरात राइ यायोक्खाहरुले इटहरीमा गरेको आमसभामा के कस्ता ब्यानर सँग राइहरु प्रस्तुत भएका थिए...त्यसलाई हेरेर तुरुन्त लिम्बुवान मुक्ति मोर्चा ले प्रेश मार्फत् किन र के का लागि बिज्ञप्ति दिए...त्यसलाई यहाँ पुन: प्रस्तुत गरेकोछु| हुन त यस बारे यसै वाल मा होला,Pakash Sunuwar सर ले राख्नु भएको पोस्ट मा पहिले नै बहस गरि सकिएको अवस्था हो...तर यो, चाहीं विशेष गरि हाम्रा महाशय मुसाफिर काका ज्यू को लागि राखेको छु..कृपया एक नजर अन्दाज गरि दिन हार्दिक अनुरोध गर्दछु:

    किरात राइ यायोक्खालाई लिम्बुवान विरुद्द नबोल्न चेतावनी:-
    .अन्नपूर्ण साप्ताहिक_

    धरान,१० वैशाख: सुनसरीको इटहरीमा जनसभा गरेको चौबिस घण्टा नबित्दै लिम्बुवान मुक्ति मोर्चाले किरात राइ यायोक्खालाई लिम्बुवान विरुद्द नबोल्न चेतावनी दिएकोछ |

    मोर्चाले आइतबार धरानमा पत्रकार सम्मेलन गरी लिम्बुवानको अस्तित्व मेटिने गरी लाखौँ लिम्बुवानीको भावना बिपरित लिम्बुवान भूमिलाई किरात राज्यमा प्रस्ताब गर्ने यायोक्खालाई लिम्बुवान विरुद्द जथाभाबी नबोल्न चेतावनी दिएकोहो| यायोक्खाले शनिबार इटहरीमा गरेको आमसभामा राइ नेताहरुले दिएको अभिव्यक्ति र विभिन्न व्यानरमा रामेछाप देखि मेची सम्म किरात राज्यको प्रस्ताब गरि प्रदर्शन गरिएकाले यायोक्खाको गतिविधिबारे मोर्चाले आपत्ति जनाएकोहो|

    मोर्चाका केन्द्रीय अध्यक्ष वीर नेम्बाङ्ले लिम्बुवान भूमिलाई बिभाजित गर्ने अधिकार किरात राइ यायोक्खालाई नभएकाले यायोक्खाको नेतृत्व गर्ने राइ नेताहरु लाई सचेत हुन चेतावनी दिए|

    'ऐतिहासिक पृष्ठभूमिको आधारमा किरातीले राज्य संचालन गरेको काठमाण्डौ हो,त्यसैले राइहरु किरात राज्य माग्न काठमाण्डौ जानु,' 'लिम्बुवान भूमिमा बसेर किरात राज्य माग्न पाइदैन|'

    यायोक्खाले आफ्नो अधिरकारको रक्षा गर्न अर्काको पहिचान समाप्त पार्ने एकात्मकबादी षड्यन्त्र गरेको उनले आरोप लगाए|

    मोर्चाको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णय समेत सार्बजानिक गरिएकोछ| लिम्बुवान मुक्ति मोर्चालाई छिट्टै निर्वाचन आयोगमा दर्ता गर्ने मोर्चाका महासचिब पदम अधिकारीले जानकारी दिए|

    पत्रकार सम्मेलनमा जेठ १४ गते आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान राज्य नयाँ संबिधानमा घोषणा नगरिए संयुक्त लिम्बुवान मोर्चाको तर्फ बाट अन्तरिम संबिधान घोषणा गरी लिम्बुवान क्षेत्रमा सम्पूर्ण कामकारबाही अगाडी बढाउने अधिकारीले बताए...////////

  • Gajen Yakthungba
    Gajen Yakthungba बुँदा नम्बर(२) मा यसो भानु हुन्छ: पेनिहाङ् (क्षेत्री राजा) ले लखेट्दा टाउकोमा पोको पुन्तुरो बोकी बाँदर जस्तो कुप्रो परेर लिम्बुवानमा शरण लिएका शरणार्थी हो,यो तिमर्को भूमि होइन|......यस बारे फेरी यो मूर्खले यसो भन्छ: निश्चय पनि बृहत नेपालको एकीकरणको क्रममा शाह राजा सँग माझ किरातको हार भए पछि आफ्नो ज्यान जोगाउँन माझ किरात छोडेर कतिपय राइहरु पल्लो पूर्व लिम्बुवान तिर लागेको ईतिहास साक्षीछ| तर तपाइले यहाँ उल्लेख अर्नु भए झैं, टाउकोमा पोको पुन्तुरो बोकेर बाँदर जस्तो कुप्रो परेर शरणार्थी को रुपमा छिरेको भन्ने लेख वा ईतिहास मैले आज सम्म पढ्न पाएको छैन...यदि कुनै लिंक भए मलाई पनि पढ्ने मौका, शेयर गर्नु होला काका ज्यू| तर यो माथिको तपाको पोस्ट नै मेरो लागि त उग्रजातिवादको गन्ध भेट्छु...किन भने ( कसरी चेतावनी दिए लिम्बुहरुले) यो भनाइ नै पुर्वाग्रहीछ| अहिले लिम्बुवान ले उठाएको मुद्दा लिम्बू राज्यको लागि हुँदै होइन...र, लिम्बुले यसो भन्यो भन्नु ठिक देख्दिन| त्यो बेलाको त्यो भूमि लिम्बू राज्य भए पनि अहिलेको मिश्रित समाज भइ सकेको कुरालाई यहाँका लिम्बुहरुले राम्ररी बुझी सकेकोछ| र, हाल उठाइएको लिम्बुवान भनेको भूमि हो, लिम्बू भन्नु र लिम्बुवान भन्नु एकै होइन| यस्तै पोस्ट हरु खोजी खोजी राखेर खाली राइ लिम्बुको खून तताएर केहो बोलोस् र त्यसलाई यहाँ रत्यौली बनाएर आफू स्याबासी बटुल्न मा तल्लिन तपाइको यहीं प्रबृत्ति देखेर नै मैले म भन्दा महा मूर्ख उपनाम दिएको हो| ...अन्तत: उहीं हो....''टस को नाश, बेट्रीको खर्च,,,सत्यानाश...!!!''....///

No comments:

Post a Comment