Monday, July 2, 2012

फरक प्रसङ्ग !! रन्जना लिपि बारे !!

Profile Pictureदिपेन योङहाङ



  • फरक प्रसङ्ग !!
    रन्जना लिपि बारे !!
    १४ डिसेम्बर १९५५ ,
    तत्कालिन नेपाल सरकारले UN को कार्यालमा नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनका लागि निबेदन गर्यो !सो निबदनमा नेपालको राष्ट्र भाषा खस नेपाली र राष्ट्रिय लिपि 'देवनागरी लिपि' प्रयोग भएको थियो !! तर , भाषा भारतीय भाषा संग मिल्दो जुल्दो र लिपि त झन् हुबहु भारतीय लिपि संग मेल खाएको कारणले नेपाललाइ स्वतन्त्र राष्ट्र बनाउन नमिल्ने जवाफ UN को कार्यालयले तत्कालिन नेपाल सरकार लै दियो !नेपाल कतै भारतकै भू-भाग पो हो कि भन्ने शंका लागेको रहेछ उनीहरुलाई !

    तेस्पछी नेपाल सरकारले पुनः निबेदन लेखे , एसपटक भने 'रन्जना लिपि' लाइ राष्ट्रिय लिपि भनि उल्लेख गरियो !! तेस्पची UN ले नेपाललाइ स्वतन्त्र राष्ट्रको मान्यता दियो !
    यसरि नेपाललाई एक छुट्टै स्वतन्त्र , सार्वभौम राष्ट्रको रुपमा स्तापित गर्न योगदान गरेको ''रन्जना लिपि'' आज ओझेलमा परेको छ ! देशको राष्ट्रिय लिपिको अवस्था त यस्तो छ भने अरु लिपिहरुको अवस्था कस्तो होला? सहजै अनुमान गर्न सकिन्छ !! हाम्रो देशका यी अनमोल रत्नाहरुलाई जोगाउनु के हामि युवाको कर्तव्य होइन ?कुनै बेला उत्तरमा जापान , कोरिया ,चिन,तिब्बत देखि दक्षिणमा भारत , श्री-लंका सम्म प्रयोग मा आएको यस सुन्दर लिपि को संरक्षण गर्न हामी के कस्ता कार्य हरु गर्न सक्छौं ?
    — with Chini Maya M.


No comments:

Post a Comment