Wednesday, July 4, 2012

लिम्बु मुन्धुम

 Profile Picture"दिपेन"


अब नयाँ ढँगले मुन्धुमको आत्मसात गर्ने बाटोतिर लाग्नु उत्तम हुन्छ। परम्परागत फेदाङमा प्रथाबाट मुन्धुम आत्मसात गर्नु अब त्यति सम्भव हुदैन। निङवाफू माङले पहिले जस्तो लिम्बु समाजमा आफ्ना दुतहरू पठाउने क्रम क्रमश: घट्दो छ या त नयाँ पुस्ताले उहाँको बोलावटलाई अस्वीकार गरिरहेका छौं। सायद निङवाफुमाङले फरक र समय सापेक्ष तरिकाले लिम्बु समाजमा काम गर्न खोज्दै हुनुहुन्छ कि भन्ने पनि मलाई लागि रहेको छ। नयाँ तरिका अपनाउँदा निम्न कुराहरू गर्न सकिन्छ:
१. सबै अनुष्ठानका मुन्धुमहरूलाई,लिपिबध्द गर्ने र आधिकारि समिति बनाई उक्त लिपिवध्द संकलित मुन्धुमहरूमा छाँटकाँट गरि अबउप्रान्त परिवर्तन हुन नसक्ने गरी आधिकारिकता दिने।
२. लिम्बु पुजारि (फेदाङमा) सम्बन्धी तालिमहरू सण्चालन गर्ने। यस्ता पजारिहरू पुराना (काम्ने खालका) र नयाँ ( नकाम्ने (विशेष शिक्षाबाट तालिमप्राप्त पुजारि वा पण्डित वा पाष्टर) दुवै खालका हुन सक्छन।
३. हरेक गाँउमा माङहिम बनाउने, त्यसको विकासका निम्ति समिति बनाउने, हप्ताको १ पल्ट आराधनाका निम्ति मुन्धुम विश्वासीहरू भेट हुने, निङवाफुको भजन गाउने , पुजारी वा सम्बन्धित अगुवाहरूबाट मुन्धुमको व्याख्या र प्रवचन सुन्ने। यसो गर्नाले मुन्धुमको व्याख्यामा पनि योगदान हुन्छ र मुन्धुमको पालन पनि हुन्छ।
४. मुन्धुमलाई व्यवाहारिक बनाउने, अन्ध-विश्वासमा जोड नदिने, मुन्धुमसम्बन्धि तालिमकेन्द्रहरू स्थापित गर्ने।
५. पुजारीहरूलाई तलबको व्यवस्था गर्ने र सो कोषका निम्ति माङहिमले नियमित भेटि, दान र कर उठाउने।
६. माङ्हिममा संकलित कोषबाट मानब हितका र सेवाका कामहरू गर्ने।
७. मुन्धुम दर्शनलाई व्यापक फेलाउन अन्य स्थान र जातिहरूमाझ यसकको प्रचार-प्रसार गर्ने र यसमा आस्था राख्न गैर लिम्बुहरूमाझ पनि माङहिम बनाई बाँकि माङहिमकै जस्तो काम गर्ने।

यसरी योजना पुर्वक गरिएको माङसेवाले छिट्टैनै विस्तारित रूप लिनेछ र मुन्धुमी परम्परा नयाँ शेलिमा जिवित रहनेछ।
===================================================
by  Bhuwan Limbu
राई लिम्बु याखा सुनुवार र अन्य गैर किरातहरुको (ब्रम्हाण सन्सकार को बेद) रचना हुनु भन्दा अगाडि कुन धर्म सस्कार थियो।
१। मन्त्र रिसि।
२। यन्त्र पुजन्ते।
३। तन्त्र देवता।
यसको अर्थ के हो। माङ्पा-फेदाङ्मा पन्थि थियो र अहिले पनि छन्दाई छ। हाम्रो (स्तृ) जातिलाई (देउता) सरह मान्ने चलन् पनि थिएछ। र कोहि चाहि (मङ्पा-फेदाङ्मा) पन्थि पनि थिएछ। र अहिले पनि छन्दाई छ।
यो नै गैरजनजाति र जन्जातिहरुले प्राचिन धर्म सन्कारको रुपमा (तन्तृक-येनिमिस्युम) लाई मानेका छ्न र मान्दाई आएका छ्न। यो हिन्दु र बुद्ध धर्म जन्मिनु भन्दा अगाडिको हो। र त्यो चलन छन्दाई छ र मुन्धुम गायन सैलिमा थिएछ। र मुन्धुम सब्द (माङ्ग-धुप-मन्त्र) ३ सब्दले बनेको बुझिन्छ।

बेदको रचना:ब्रम्हाण सन्स्कार।।।
१।रिगबेद २।यजु ३।साम ४।अथर्ब।।।
यो ईपुको २४००-१४०० सम्म हेगले गरेको र मेकस-मुलरले १५००-१२०० सम्म गरेको र त्यो पछडि (बेद-ब्यास) ले गरेको र माहाभारत समेतको रचना (बेद-ब्यासले) गरेको हुन्दा, रिग्बेद-माहाभारत-रामायण्-पुरा ग्रन्थहरु (बेद-ब्यास) ले गरेको बुझिन्छ।
(लिम्बु-राई-याखा-सुनुवार-गैर जनजातिहरु यो बेदहरुमा समाबेस र अधयनरत थिन्दाई थियेनन)।।।
यो लेखहरु:
ब्रमहार सन्स्कार र रछ्यक:
धर्म सान्तृ-मानब सास्तृ:अर्थ सास्तृ-ईतिहासकार र ४ बेदहरुको बणन:)।।।

No comments:

Post a Comment