Monday, July 2, 2012

के खसहरुमा पहिले वर्ण व्यवस्था थियो त?

Dravin Bahadur Shrestha
Deepen Yonghang jee, Your article is superb, flawless. But, please allow me to correct you.

खस भन्नाले अहिलेका कथित ब्राह्मण, क्षेत्रिय, ठकुरी, दशनामी, अनि दलित हुन| यहि यिनीहरुको पहिचान हो| तर बिचरा कथित दलित लाई यिनीहरु खसमा राख्दैनन| यहि बिडम्बना छ|

के खसहरुमा पहिले वर्ण व्यवस्था थियो त?
"खसमा पहिले वर्णव्यवस्था थिएन। हिन्दूहरूको प्रभावमा आएपछि उनीहरूले पनि वर्णव्यवस्थाको अनुकरण गर्न थाले। उनीहरूमा पनि ब्राह्मण, ठकुरी, क्षेत्री, दलितका रूपमा बाँडिन थाले। निश्चय नै कैयौं शताब्दीहरूको विकासक्रम वा हिन्दूहरूसितको हेलमेलको क्रममा नै उनीहरूले त्यस प्रकारको वर्णव्यवस्थालाई अपनाउँदै गएका थिए। गढवाल, कुमाउँ वा कर्णाली प्रदेशका विभिन्न गाउँहरूका नामहरू अनुसार उनीहरूको थरहरूको नामाकरण हुँदै गयो। हिन्दू धर्मको असरमा परेर खस जातिभन्दा हीन ठानिने भएकाले सत्तामा पुगेपछि वा केही सम्पन्न भएपछि कैयौं मानिसहरूले हिन्दू वर्णाश्रम अनुसार आफ्नो उच्च जाति देखाउन थाले। कतिपय राजाहरूले चितौडका राजपुतहरूसित जोडेर आफ्ना वंशावली तयार पार्न थाले।" - http://khas-people.blogspot.com.au/

के हो त्रुटिपूर्ण हिन्दु वेदिक बर्नाश्रम भनेको?
जात भनेको आज भन्दा ३५०० बर्ष अगाडि कुनै मुर्खले मनुस्मृति पुरुषासुत्तमा यसरी बर्णन गरेका थिए| ब्राह्मण मुखबाट उत्पत्ति भयो, क्षेत्रिय पाखुराबाट, वैस्य तिघ्रा बाट, अनि शुद्र पाउ बाट उत्पत्ति भएको हो रे| अनि त्यो भन्ने मुर्ख चाही कताबाट निक्लेको त? अहिलेको जीव विज्ञानले मानवको उत्पत्ति माथि बर्णन गरिएका मध्ये कुनै एक बाट हुन्छ भनेको छैन होला|

जंग बहादुरलाई "खस" भन्न लाज लागेको भनेर कसरी बुझ्ने?
"जंगबहादुरले एउटा इस्तिहार पनि जारी गरे जसअनुसार कुनै पिन खसले स्वयंलाई खस भन्न नपाउने त्यसको सट्टा क्षत्री भन्नुपर्ने बाध्यात्मक व्यवस्था तोकिएको कुरा बाबुराम आचार्यले 'नेपालको सांस्कृतिक परम्परा' नामक पुस्तकमा उल्लेख गरेका छन् । स्वभावतः यसपछि यिनलाई आफ्नो जातीय पहिचान प्रस्तुत गर्नमा कानुनी अड्चन पैदा भयो किनभने हुकुमी शासनमा जंगबहादुरको आदेश नमान्नेतर्फ कल्पनासम्म गर्न सकिन्नथ्यो|" - http://khas-people.blogspot.com.au/
12 minutes ago ·

No comments:

Post a Comment