Tuesday, July 17, 2012

रेशमबहादुर पाण्डेले किरातीहरुलाई कुशल र राजा नभई बलिया सरदार भने

Profile Picture

दिपेन योङहाङ लिम्बु

by Purbeli Gaunle > नेपालको राजनीति
रेशमबहादुर पाण्डेले किरातीहरुलाई कुशल र राजा नभई बलिया सरदार भने । राममणी आचार्यले स्वाँठे, तिघ्रे, खपर्ने भनेर मोसो दल्ने प्रयास गरे । बि० सं० २००७ साले क्रान्तिमा एकतन्त्रीय राणा शासनको बिरुद्धमा आदिवासी जनजाति “मुक्तिसेना”ले देखाएको सहास र इमान्दारीका ईतिहासलाई चिहान खनेर पुरियो ।

मुक्तिसेनाको कमाण्डर रामप्रसाद राई, नारदमुनी थुलुङ, जनरल खडगबहादुर गुरुङ, बि०बि० चेम्जोङ, कप्तान पञ्चवीर राई, कर्णेल सुरविर राई, आई०जि०पी०, जि०बी० याक्थुङ्बा, सि०बी० बान्तावा, बाबुलाल मोक्तान, चित्रबहादुर गुरुङ र कप्तान कमानसिंह लिम्बुको नाम मसानघाट जस्तै चिसियो । यस्तै २०१५ सालको आम चुनावमा “वि०पी० कोइराला” बराबर मत प्राप्त गर्ने किरात जातिका प्रतिभाशाली व्यक्ति “भुदेव राई”लाई पनि पुरियो । प्रशासनिक क्षेत्रमा समानुपतिंक नियुक्तिको आवाज उठाउने “भुइदल राई”को जायज मांगलाई कुल्चने, दबाउने प्रयास गरियो । लमजुङ्मा विद्धालय खोल्ने कुरा गर्दा “खगेन्द्रजंग गुरुङ”लाई साम्प्रादायिककोआरोप लगाएर जाँतोमा पिस्ने काम भयो । ‘भाषा र लिपी’को आवाज उठाउदा “वीर नेम्वाङ” जेल जानुपर्योि । तीनसय वर्ष अगाडी भाषा र लिपिको उज्यालो बत्ती बाल्ने श्रीजंगालाई वाण हानेर निभायो ।

देशमा प्रजातन्त्रको घाम चाहने “लखन थापा”लाई झुण्डयाएर मारियो । आदिवासी जनजातिको अध्यारो बस्तिमा उज्यालो बाल्न खोज्ने चितवनका “लालध्वज गुरुङ’, मोरङका ‘दिवानसिंह राई’, तनहुँका ‘धर्मध्वज गुरुङ’लाई पनि हावाले टुकी निभाए झै निभायो । राणा “प्रधानमन्त्री रणोद्दीप”को शासनकालमा प्रजातन्त्रको लागि आवाज उठाउने “सुपति गुरुङ”को नाम ईतिहासमा लेखेनु पर्नेमा उसको नाम नै मेटायो । नेपाललाई सिंङ्गो राष्ट्र बनाउन सहयोग गर्ने “झागलसिंह गुरुङ”को नाम कतै उल्लेख छैन । यस्तै बेवास्ता मगरकाजी “विराज थापा”को भएको छ ।

बहादुर शाहको नायबी कालमा गोर्खा राज्य बिस्तारका निम्ती गोर्खा सेनामा समर्पित भएर लड्दा बि०सं० १८४४ मा घाइते भई बन्दी बनाएका “नरराज लामा’, नेपाल र भोटको लडाइमा बि०सं० १८४८ मा वीरगती प्राप्त गर्ने ‘सरदार युवराज लामा’ तथा नेपाल र भोटको लडाइ हुँदा भोटको सहयोगको निमित्त कारीब ७० हजार चिनिया फौजदेखि नेपालको केही नलाग्ने देखेर बि०सं० १८४९ मा आपसी सम्झौता गर्ने महत्वपुर्ण भूमिका खेल्ने ‘मणिराम लामा” को नाम कतै उल्लेख भएको भेटिंदैन ।
तर “शिवजंग राणा, विश्वबन्धु थापा, गेहेन्द्रहरि शर्मा, केशवप्रसाद कोइराला, कालु पाँडे, दामोदर पाँडे, अभिमनसिंह बस्नेत, पारथ भण्डारी”ले थालिमा फुल भरिए झै नेपालको ईतिहास भरिएको छ । त्यसैले ईतिहास लेख्दा पनि पक्षपात भएन त ? - (साभर: देश सुब्बा)

No comments:

Post a Comment